जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • एआईजी विश्वराज पोखरेलको नेतृत्वमा ३७ सदस्यीय निर्वाचन सुरक्षा परिचालन टोली गठन

एआईजी विश्वराज पोखरेलको नेतृत्वमा ३७ सदस्यीय निर्वाचन सुरक्षा परिचालन टोली गठन

प्रहरी प्रधान कार्यालयले ३७ सदस्यीय निर्वाचन सुरक्षा परिचालन टोली गठन गरेको छ । कार्यालयले मंगलबार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको नेतृत्वमा ३७ सदस्यीय निर्वाचन सुरक्षा परिचालन टोली गठन गरेको हो ।

आगामी वैशाख १७ र २७ गते हुने आमनिर्वाचनको तयारीस्वरुप उक्त टोली गठन गरिएको स्रोतले जानकारी दियो । एक उच्च प्रहरी अधिकृतकाअुनसार गठन गरिएको टोलीले सम्पूर्ण सुरक्षा चुनौतीलगायतका विषयमा प्रतिवेदन तयार गर्नेछ ।

उक्त टोलीमा एआईजी पोखरेलसहित प्रहरी नायब महानिरीक्षक (डीआईजी)द्वय दिवेश लोहनी र सुनिलकुमार श्रेष्ठ, १२ जना र अन्य एसएसपी, एसपी र डएसपी रहेका छन् ।

5630
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?