जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

नेपाल एसबिआई बैंकको २७ औँ साधारणसभा सम्पन्न

नेपाल एसबिआई बैंक लि. का शेयरधनीहरुको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले बैंकको आ.व. २०७६÷७७ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७७ को वासलात, आ.व. २०७६÷७७ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।
सभाले बैंकका शेयरधनीहरुलाई चुक्ता पूँजीमा ९.४७ प्रतिशतका दरले लाभांश (६% बोनश शेयर र ३.४७% नगद लाभांश) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

साधारणसभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७६÷७७ को वित्तीय विवरण सहितको एकीकृत  वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।

उक्त साधारणसभाले आ.व. २०७७÷७८ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स एस.ए.आर. एसोयिसट्स्, चाटर्ड एकाउण्टेन्ट्स्लाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफा÷नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने (मर्जर) वा प्राप्ती (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने (मर्जर) वा प्राप्ती (एक्विजिसन) गर्ने÷गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न÷गराउन सक्ने अख्तियारी सञ्चालकसमितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

लक्ष्मी बैंकले लाभांश पारित गर्यो

लक्ष्मी बैंकको साधारणसभाले बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश प्रस्ताव पारित गरेको छ । मंगलबार लक्ष्मी बैंक लिमिटेडको बिसौं वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको हो ।

साधारण सभाले बैंकको चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी १० अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७५/७६ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट विश्वकरण जैन तथा स्वाती रुङ्गटालाई बैंकको सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ ।

आ.व. २०७६/७७ मा रु १००.७६ अर्ब निक्षेप र ८९.८९ अर्ब रुपैयाँ कर्जा पु¥याएको यस बैंकको वासलातको आकार १२८ अर्ब रुपैयाँ रहेको छ । सो आ.व.मा बैंकले १ अर्ब ४१ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ । यसका साथ साथै सम्पूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुप नै राम्रो अवस्थामा रहेका छन् ।

सन् २००२ मा स्थापनाभएको लक्ष्मी बैंकले आज आफ्ना शाखाहरु तथा सूचना प्रविधिको माध्यमबाट बृहत स्तरमा सेवा प्रदान गर्न सफल भएको छ । तुलनात्मक रुपमा छोटो इतिहासको बाबजुद पनि रिटेल, कर्पाेरेट तथा ट्रेजरी जस्ता सम्पूर्ण वित्तीय सेवाको क्षेत्रमा सेवा पु¥याउने एक प्रमुख बैंकिङ्ग सेवा प्रदायकको रुपमा बंैक अगाडी आएको छ ।

उच्चस्तरीय संस्थागत सु–शासन संस्कार, जोखिम व्यवस्थापन प्रणाली र सक्षम प्रविधी लगायत उत्तम व्यवस्थापन भएको बैंकको रुपमा लक्ष्मी बैंक नेपालमा सर्वत्र परिचित छ । लक्ष्मी बैंक एक हरित कम्पनी हो र यसले इन्टरनेट, कार्ड तथा मोवाइल फोन जस्ता प्रविधिका माध्यमको उच्चतम प्रयोग मार्फत हरियाली मैत्री बैंकिङ्ग सेवा प्रदान गर्न सक्षम भएको छ ।

लक्ष्मी बैंकको इन्भेष्टमेन्ट बैंकिङ्ग सेवा प्रदान गर्ने सहायक कम्पनी ‘लक्ष्मी क्यापिटल मार्केट लि.’ सन् २००९ देखि संचालनमा रहेको छ । यसैगरी देस्रो सहायक कम्पनी ‘लक्ष्मी लघुवित्त वित्तीय संस्था लि.’ ले सन् २०१२ बाट कारोबार शुरु गरी लघुवित्त सेवा प्रवाह गरिरहेको छ । लक्ष्मी बैंकले लक्ष्मी भ्यालु फण्ड १, लक्ष्मी इक्विटि फण्ड तथा लक्ष्मी उन्नति कोष नामक म्यूचुअल फण्ड समेत सफलतापूर्वक जारी गरिसकेको छ ।

होटल माउण्टेनका रवीन्द्र मल्लको एक अर्ब ३५ करोड र थापाको ५१ करोडको सम्पत्ति लिलामीमा

कृषि विकास बैंकले द ल्याण्डमार्क अपार्टमेन्ट प्रालि र होटल माउण्टेन प्रालि लिलामीमा राखेको छ। बैंकले फागुन २ गतेसम्म ऋण चुक्ता नगरे फागुन ३ गते सम्पत्ति लिलाम गर्ने भएको छ।

कम्पनीको सञ्चालक रवीन्द्रमान मल्ल हुन्। ब्यवसायिक भवन निर्माणका लागि लिएको ऋण लामो समयदेखि नतिरेपछि बैंकले लिलामीमा चढाएको हो।

बैंकले लिलामीबाट कम्तिमा एक अर्ब ३५ करोड ३९ लाख रुपैयाँ उठाउने छ। सबै धितो सम्पत्ति काठमाडौंस्थि दरबारमार्ग वरपर छ। पाँच वटा कित्ताको जग्गामा दुई वटा घर छन्।

बैंकका अनुसार, एउटा जग्गा २ रोपनी १५ आनाको छ भने अर्को एक रोपनी ४ आनाको छ। बाँकी जमिन चानचुन चार आनाको छ। एउटा घरको क्षेत्रफल ५५ हजार ५३७ वर्ग फिटको छ भने अर्को १६ हजार ९३७ वर्गफिटको छ।

‘पहिले राम्रै पृष्ठभूमिको मान्छे हो। जग्गा जमिनमा केन्द्रित हुँदा समस्या भएको हो,’ बैंक स्रोतले भन्यो, ‘यो निकै पुरानो ऋण हो।’ बैंकले १६/१७ वर्ष अगाडि यो ऋण प्रवाह गरेको थियो।

यद्यपि मल्ल अहिले कर्जा तिर्न नसकेपछि बैंकको कालोसूचीमा छन्। उनी सात वर्षअघि नै कालोसूचीमा परेका थिए।

यसअघि पनि अन्य बैंकले मल्लको अन्य सम्पत्ति लिलाम गरेको थियो। उनको गाडीसमेत लिलामीमा परेको थियो।

यसैगरी बैंकले बीएन सुपरमार्केट प्रालिका सञ्चालक वीरेन्द्र थापा र निशा थापाको सम्पत्ति पनि लिलामी प्रक्रिया अगाडि बढाएको छ।

बैंकले ५१ करोड २६ लाख ९० हजार रुपैयाँ उठाउन बाँकी छ। उनले पनि ब्यवसायिक भवन निर्माणका लागि ऋण लिएका थिए। यो पनि पुरानो ऋण हो। बैंकले यी ऋणहरुको नोक्सानी ब्यवस्थापन गरेर अप-लेखन गरिसकेकोछ ।

काठमाडौंका विभिन्न स्थानमा रहेको आठ वटा कित्ता बैंकले लिलाम गर्दैछ। यसमध्ये दुई वटामा घर छन्। एउटा घर १७ सय २६ वर्ग फिटको छ भने अर्को १९ हजार २३७ वर्ग फिटको छ। वडा नम्बर १८ र र ३२ मा गरेर कुल ५५ आना जति जग्गा छ।

सेञ्चुरी कमर्सियल बैंकका गौतमले बुझे एक करोड ५४ लाख पारिश्रमिक

सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत तुलसीप्रसाद गौतमले एक बर्षमा एक करोड ५४ लाख ५६ हजार रुपैयाँ तलब सुविधा बुझेका छन्।

बैंकले आगामी साधारणसभामा प्रस्तुत गर्न लागेको बार्षिक प्रतिवेदन अनुसार, उनले एक करोड २६ लाख रुपैयाँ तलब मात्र बुझेका छन्।

दसैं खर्च बापत १० लाख ५० हजार, संचय कोष योगदान बापयत ७ लाख ५६ हजार र अन्य सुविधा बापत १० लाख ५० हजार रुपैयाँ बुझेका छन्। यद्यपी उनले यसबाट ३६ प्रतिशत कर पनि बुझाएका छन्।

बैंकले माथिल्लो ब्यवस्थापनका कर्मचारीहरुलाई एक बर्षमा १५ करोड ३६ लाख ९१ हजार रुपैयाँ तलब भत्ता बापत भुक्तानी गरेको छ।

बैंकले गत बर्ष सम्पूर्ण कर्मचारीका लागि ७६ करोड ३८ लाख रुपैयाँ भुक्तानी गरेको छ। यसमा नाफाबाट बाँडिने बोनस जोडिएको छैन। बैंक सञ्चालन खर्चसमेत गर्दा कुल ब्यवस्थापन खर्च एक अर्ब ३९ करोड ५८ लाख रुपैयाँ पुगेको छ।

बैंकले पुस २९ गते साधारणसभा डाकेको छ। सभाले ५.२५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस प्रस्ताव अनुमोदन गर्ने छ।

संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जनाको निर्वाचन पनि हुने छ। सभाले मर्जर तथा प्राप्तिको एजेण्डा पारित गर्ने छ

इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारीले बुझे ३ करोड ६ लाख पारिश्रमिक

नेपाल इन्भेष्टमेन्ट बैंकले प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई ३ करोड ६ लाख रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ।

बैंकले सार्वजनिक गरेको बार्षिक प्रतिवेदन अनुसार, पाण्डेले तलब बापत एक करोड ६० लाख ७६ हजार, भत्ता एक करोड ७ लाख १७ हजार, दसैं भत्ता २२ लाख ३३ हजार, सञ्चय कोष १६ लाख ८ हजार रुपैयाँ बुझेका छन्। यसको ३६ प्रतिशत पाण्डेले आय कर तिरेका छन्।

अघिल्लो बर्ष पाण्डेले कुल तीन करोड ६ लाख रुपैयाँ बुझेका थिए। बैंकले माघ ८ गते साधारणसभा डाकेको छ। स

भामा प्रस्तुत गर्न लागेको बार्षिक प्रतिवेदन अनुसार, बैंकका अन्य कार्यकारी पदाधिकारी/ब्यवस्थापकहरुले बर्ष दिनमा २१ करोड ७० लाख १३ हजार रुपैयाँ बुझेका छन्। बैंकमा यस्ता कर्मचारी ११४ जना छन्। उनीहरुको तलबमा मात्र ११ करोड २३ लाख रुपैयाँ गएको छ।

प्रमुख कार्यकारी अधिकृत र कार्यकारी कर्मचारीहरुले बुझेको तलबमा बार्षिक नाफाबाट वितरण गरिने बोनस जोडिएको छैन।

बैंकको साधारणसभाले सर्वसाधारण सेयरधनीबाट दुई जना सञ्चालक चुन्ने छ। यसबाहेक साढे ५ प्रतिशत नगद लाभांस र १३ प्रतिशत बोनस सेयरको प्रस्ताव अनुमोदन गर्ने छ। बैंकले मर्जर तथा प्राप्तिको एजेण्डा पनि साधारणसभामा लैजाँदैछ

प्रभु बैंकबाट बाहिरिए देवीप्रकाश भट्टचन

प्रभु बैंकको सञ्चालक समितिबाट देवीप्रकाश भट्टचन बाहिरिएका छन्। आइतबार भएको वार्षिक साधारणसभामा उनले सञ्चालक समितिका लागि उम्मेदवारी दिएनन्।

भट्टचनले प्रभु फाइनान्सलाई वाणिज्य बैंक बनाएका थिए। २००५ मा फाइनान्स स्थापना भएको थियो। त्यसको दुई वर्षपछि उनी फाइनान्सको अध्यक्ष भएका थिए। त्यसअघि उनी तत्कालिक ग्लोबल बैंकको सञ्चालक थिए।

प्रभु फाइनान्समा आएपछि उनकै पहलमा थुप्रै संस्थाहरुसँग मर्ज भएको थियो। मर्जरका कारण प्रभु विकास बैंक हुँदै बैंक बनेको थियो। भट्टचनको नेतृत्वमा प्रभुमा दुई वटा वाणिज्य बैंकहरु नै गाभिए। किस्ट बैंक र ग्राण्ड बैंक नेपाल भट्टचनले प्रभुमा गाभेका थिए।

उनको पहलमा प्रभु समूह अन्तर्गत अन्य वित्तीय संस्थाहरु पनि खुलेका छन्। प्रभु लाइफ, प्रभु जनरल इन्स्योरेन्स, प्रभु क्यापिटल लगायतका वित्तीय संस्था भट्टचनको अगुवाइमा खुलेका हुन्। भट्टचन प्रभु लाइफलाई नयाँ उचाइमा पुर्‍याउन आगामी दिनमा क्रियाशील हुने छन्।

बैंकको आइतबारको बसेको सञ्चालक समितिमा चार जना पुरानै अनुहार छन् भने दुई जना नयाँ थपिएका छन्। बैंकले एक/दुई दिनमा स्वतन्त्र सञ्चालक चयन गर्ने छ।

बैंकको सञ्चालक समिति सदस्यमा ऋषिराम गौतम, अञ्जु अधिकारी, रमेशसिंह खड्का र शंकरप्रसाद कालिकोटे पुनः चयन भएका छन्। अन्य दुईमा प्रमोद घिमिरे र रामेश्वर सापकोटा चयन भएका छन्। सबै जना निर्विरोध निर्वाचित भएका हुन्।

बैंकको वार्षिक साधारणसभाले गत वर्षको नाफाबाट १०.५३ प्रतिशत लाभांश पारित गरेको छ। यसमध्ये १० प्रतिशत बोनस सेयर हो।

आइएमई लाइफको ब्राण्ड एम्बासडरमा मनिषा कोइराला

आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बासडरमा देश तथा विदेशमा ख्याति प्राप्त नेपाली सेलिब्रेटी नायिका मनिषा कोइराला नियुक्त भएकी छिन् । यस सँगै अब कोइराला आई.एम.ई. लाइफ जीबन बीमाको ब्राण्ड दुतको भुमिकामा रहने छिन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल र नायिका मनिषा कोइरालाले हालै राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकावीच सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

अग्रणी एवं जीवन्त सेलिब्रेटी कोइरालाले आई.एम.ई. लाइफको ब्राण्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्ने छिन । हस्ताक्षर कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै नायिका कोइरालाले मानब जगतमा जीवन बीमाको निक्कै ठूलो महत्त्व रहेको औंल्याउँदै नेपाली जनताहरुलाई आर्थिक सुरक्षा प्रदान गरि देशैभरि छरिएर रहेको पुँजिलाई एकिकृत गरि राष्ट्र निर्माणमा टेवा पु¥याउने अवधारण बोकेको आई.एम.ई. लाइफसँग साझेदारी गर्न पाउँदा खुसि रहेको कुरा बताउनुभयो । साथै, कम्पनीको उत्तरोत्तर प्रगतिमा आफुले उत्कृष्ट भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कोइरालासँगको सहकार्य घोषणा गर्दै आई.एम.ई. लाइफका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले भन्नुभयो मनिषा कोइरालासँग सहकार्य गर्न पाउँदा हामी धेरै उत्साहित छौं । उहाँ दृढ विश्वासी, क्षमतावान, प्रेरणाको स्रोत, भरोसायोग्य, अग्रणी, सरल, आत्मविश्वासले भरिएको तथा हरेक नेपालीका लागि आदर्श हुनुहुन्छ, जुन यो सहकार्यको भित्री अभिप्राय हो । आई.एम.ई. लाइफ परिवारमा उहाँलाई स्वागत गर्न पाउँदा हामी खुसी छौं । देश भरका जनताहरुमा जीवन बीमाको बारेमा जागरुकताका साथै कम्पनीको ब्राण्ड निर्माण गर्न र ग्राहकहरुको विश्वास लिन सहयोग पु¥याउने कुरा कम्पनीले जनाएको छ । कम्पनीले यो सम्झौता २०७७ पौष २४ गतेबाट लागु हुनेगरी हस्ताक्षर गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री कवि फुयाँलले जानकारी दिनुभएको छ ।

ग्लोबल आइएमई बैंकद्वारा कञ्चनपुरमा नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात

ग्लोबल आइएमई बैंकले कञ्चनपुरको कलुवापुर बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २४४ पुगेको छ ।

बैंकले कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका वडा नं. ७, कलुवापुर बजारमा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन कलुवापुर बजार व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर गैराल तथा बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मुकुन्द प्रसाद भट्टले, संयुक्तरुपमा गर्नुभयो । उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि गंगाराम रानालाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, NTC /DISH HOME/ CDMA/ UTL/ NCELL/ NEA को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४४ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्पर्क कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

पीबीएस आइटी करियर कन्क्लेभ सम्पन्न

‘आर यु फ्युचर रेडी’ स्लोगन सहित प्रेसिडेन्सियल बिजनेस स्कूलमा आयोजित दुईदिने आइटी करियर कन्क्लेभ सम्पन्न भएको छ । प्रेसिडेन्सियल बिजनेस स्कूल र लिभिङ विथ आइसिटीको संयुक्त आयोजनामा पुस २५ र २६ गते आयोजना भएको कार्यक्रममा विभिन्न ५ सेसनमा २५ भन्दा बढी वक्ताहरूको सहभागिता रहेको थियो ।

आइटीमा भविष्य खोज्नेहरूलाई लक्षित गरेर आयोजना गरिएको यो आइटी करियर कन्क्लेभमा वक्ताहरूले अबको भविष्य प्रविधिसँगै जोडिएको हुँदा सोही अनुकूल सरकार र सर्वसाधारण पनि प्रविधमैत्री वातावरणमा रूपान्तरण हुनुपर्नेमा जोड दिएका थिए । अहिलेको इमर्जिङ प्रविधिहरूबारे छलफल गर्दै सुरु भएको कन्क्लेभ अबको १० वर्षभित्र नेपालमा आइटीको विकास कस्तो हुन सक्छ भन्ने विषयमा गएर टुंगिएको थियो ।

कार्यक्रमको अन्तिम सेसनमा बोल्दै पूर्वमन्त्री गणेश शाहले स्टार्टअप, इन्नोभेसन र उद्यमशीलतामा अबको भविष्य खोज्नुपर्ने बताए । यसैगरी आइटी विज्ञ मनोहर भट्टराईले सरकार पोलिसी निर्माणमा अघि रहे पनि कार्यान्वयन पक्ष फितलो हुँदा यो क्षेत्रमा अपेक्षाकृत प्रगति हुन नसकेको बताए । उनले अझै पनि युवाका समस्याहरू नबुभ्mने र नेपाली इन्नोभेसनलाई सहजीकरण नगर्ने हो भने १० वर्षमा ठूलो परिवर्तन देख्न नसकिने बताए । यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले अबको १० वर्षमा ई–गभर्नेन्सको क्षेत्रमा बदलाव आउने बताए ।

प्रधानमन्त्रीका आइटी सल्लाहकार अश्गर अलीले विगत केही वर्षदेखि सरकारले आइटीलाई प्राथमिकतामा राखेर काम गरिरहेको हुँदा परिवर्तन सम्भव रहेको बताए । नागरिक अधिकार एपले चाँडै मूर्तरूप लिने भन्दै उनले अब डिजिटल प्रविधिले अन्य क्षेत्रलाई ड्राइभ गर्नुपर्नेमा जोड दिए । मेडसफ्टकी सीईओ प्रनिता उपाध्यायको अनुसार अबका दश वर्षमा घरबाटै काम गर्ने रणनीतिले प्रोत्साहन पाउनेछ । त्यसैगरी भौतिक पूर्वाधार र साइबर सुरक्षामा पनि एकदमै बदलाव आउने उनले बताएकी थिइन् । कार्यक्रममा कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्यले आफ्नो अनुभवहरू बाँडेका थिए । नलेज स्पेसियलिस्ट हेमपाल श्रेष्ठले सञ्चालन गरेको उक्त सेसनमा डिजिटल नेपाल र यसका एजेन्डाको विषयमा पनि छलफल भएको थियो ।

यो महत्वपूर्ण सेसनसँगै कार्यक्रममा इन्नोभेसन र टेक्नोलोजिकल उद्यमशीलता, इमर्जिङ टेक्नोलोजी र कनेक्टिङ ट्यालेन्ट्स टु दि वल्र्ड विषयमा पनि प्यानल डिस्कसन सञ्चालन भएको थियो । कार्यक्रममा धेरै सहभागीहरू भर्चुअल रूपमा पनि सहभागी भएका थिए र भौतिक रूपमा भने स्वास्थ्य मापदण्ड अपनाएर विभिन्न सरोकारवाला तथा मिडियाको उपस्थिति रहेको थियो ।

पहिलो सेसन ‘इमर्जिङ टेक्नोलोजी इन आइटी इन्डष्ट्री’ मा योङ इन्नोभेसनका सिइओ विभूषण विष्ट, क्लाउड फ्याक्ट्रीकी वरिष्ठ सफ्टवेयर इन्जिनियर माधुरी श्रेष्ठ, नेपाल खुल्ला विश्वविद्यालयका कार्यक्रम संयोजक डा. भोजराज घिमिरे र फ्यूज क्लासरुमका निर्देशक पराग श्रेष्ठ सहभागी भएका थिए । त्यसैगरी इ सत्यका इन्चार्ज रुचिन सिंह मोडरेटरको भूमिकामा रहेका थिए । दोस्रो सेसन ‘इन्नोभेसन एण्ड टेक्नोलोजिकल आन्ट्रप्रेनरसीप’ विषयमा सञ्चालन भएको थियो । यो सेसनमा खल्तीका सहसंस्थापक मनीष मोदी, फुडमाण्डूका संस्थापक मनोहर अधिकारी र जीवीका प्रबन्ध निर्देशक आभुसन ज्योती कंसाकार सहभागी भएका थिए ।

त्यस्तै तेस्रो सेसनमा आइटीमा करियर सम्भावनाको बारेमा पनि प्रश्न उत्तर अर्थात् क्युएनए सेसन सञ्चालन भएको थियो । यस सेसनमा मेरो लगानीका सिईओ अतितलाल श्रेष्ठ र लिफ्रग टक्नोलोजीकी स्वेच्छा विष्ट सहभागी भएका थिए ।

त्यसैगरी कार्यक्रमको दोस्रो दिन ‘कनेक्टिङ ट्यालेन्ट्स विथ ग्लोबल अपर्चुनिटी’ विषयमा भर्चुअल सेसन सञ्चालन भएको थियो । यस सेसनमा किम्बु टेक्नोलोजीकी सीईओ कार्भिका थापा, सिम्प्लिफाई ३६० का सीईओ लक्ष्मी खतिवडा र जेनस सोलुसनका सीटीओ अञ्जनी फुँयाल, ग्रोवाईडेटाका सहसंस्थापक प्रशन्न ढुंगेल लगायतको सहभागिता थियो ।

अमेरिकन बिजनेश डिग्री सञ्चालन गरिरहेको प्रेसिडेन्सियल बिजनेस स्कुलले यसै वर्षदेखि आइटी अन्तर्गत बिएससी आइटी र एमएससी आइटीका शैक्षिक कार्यक्रमहरू सञ्चालनको तयारी गरेको छ । कलेजले पहिलोपटक आइटी करियर कन्क्लेभ सफलतापुर्वक सम्पन्न गरेको कार्यकारी निर्देशक लक्ष्मण केसीले बताए । आगामी दिनमा आइटीको भविष्य सुमधुर रहेको बताउँदै केसीले यसको लागि योग्य र दक्ष विद्यार्थी उत्पादनमा जोड दिने र आइटी उद्योगसँग सहकार्य गर्दै अघि बढ्ने बताए ।

एभरेष्ट बैंक लिमिटेडको 5 % लाभांश पारित

एभरेष्ट बैंक लिमिटेडको २६ औं बार्षिक साधारण-सभा सम्पन्न भएको छ | भर्चुअल माध्यमबाट सम्पन्न साधारण-सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक बर्ष २०७६/०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र बार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ |

साधारण-सभाले शेयरधनीहरुलाई आ.ब २०७६/०७७ का लागि ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (बोनस शेयर र नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ |

बैंकले प्रस्तावित बोनस शेयर जारी भए पश्चात चुक्ता पुँजी बृद्धि हुने र नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम संस्थापक समूहको ९.९१ प्रतिशत शेयर सर्वसाधारण समूहमा परिणत भए पश्चात संस्थापक समूह र सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गर्न प्रबन्धपत्र संशोधन गर्नु पर्ने प्रस्ताव छलफल गरि पारित गरेको छ |

कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै जुममार्फत शेयरधनीहरुका धारणासमेत सामवेश गरेको बैंकले जनाएको छ |

साधारण-सभाबाट आगामी ४ बर्षका लागि सर्वसाधारण शेयरधनिहरुका तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना संचालक नबिन भक्त श्रेष्ठ र उर्मिला श्रेष्ठ निर्विरोध निर्वाचित भएको भनि निर्वाचन अधिकृतले घोषणा गर्नु भयो |

नेपाल बङ्गलादेश बैंकको छब्बिसौं वार्षिक साधारण सभा सम्पन्न

नेपाल बङ्गलादेश बैंक लिमिटेडको छब्बिसौं वार्षिक साधारण सभा पौष २६ गते आइतबार नेपाल बङ्गलादेश बैंक लिमिटेडको सभा कक्ष, कमलादी, काठमाण्डौँबाट बिहान ११ः३० बजेदेखि ZOOM Webinar मार्फत भिडियो कन्फेरिन्सङद्धारा सम्पन्न भएको छ ।

बैंकको सञ्चालक समितिका अध्यक्ष ए.आर.एम नजमुस शकिबले ZOOM Webinar मार्फत नै अध्यक्षता गर्नुभएको उक्त कार्यक्रममा सञ्चालकहरू इन्द्र बहादुर थापा, मुकुन्दनाथ ढुंगेल, मोहमद साहआलम सरवर, दीपक कार्की कमरुननहर अहमदका साथै प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानालगायत बैंकका उच्च पदस्थ अधिकारीहरू, लेखापरीक्षकहरू, कानुनी सल्लाहकार एवम् नियमनकारी निकायका अतिथिहरूको उपस्थिति रहेको थियो ।

बैंकका कम्पनी सचिव विश्व प्रकाश पौडेलले दिएको जानकारी अनुसार उक्त साधारण सभामा बैंकको चुक्ता पुँजीको झण्डै ५५% भन्दा बढी शेयरधनीको प्रतिनिधित्व हुने गरी २५ जना मात्र शेयरधनीको भौतिक उपस्थिति रहेको थियो भने ९० जना भन्दा बढी शेयरधनीहरू ZOOM Webinar मार्फत जोडिनुका साथै बैंकको अफिसियल फेसबुक पेजबाट पनि शेयरधनीहरू सो कार्यक्रममा जोडिएका थिए । उक्त साधारण सभाले आ.ब. २०७६/०७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, बैंकको लेखापरीक्षण प्रतिवेदन सहितको आ.व. २०७६/०७७ को वार्षिक वित्तीय विवरणहरु पारित गर्नुका साथै बैंकका सहायक कम्पनीहरू नेपाल बंगलादेश क्यापिटल लिमिटेड र एनबीबीएल सेक्युरिटिज लिमिटेड सहितको आ.व. २०७६/०७७ को एकीकृत वार्षिक वित्तीयविवरण पारित गरेको थियो । बैंकले आ.ब. २०७७/७८ को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिश गरिए बमोजिम लेखापरीक्षक सुधिर कुमार शर्मा, S&S Associates, Chartered Accountants लाई पुन : नियुक्ति गरेको छ । आ.ब. २०७६/०७७ को मूनाफा रकमबाट २०७७ आषाढ मसान्तमा कायम रहेको चूक्ता पूँजीको २.४२ प्रतिशत (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत गरी) का दरले नगद लाभांश वितरण गर्न स्वीकृति दिनुका साथै ६ प्रतिशतका दरले बोनस शेयर जारी गर्ने निर्णय समेत सर्वसम्मतिबाट पारित गरेको थियो । साथै बैंकको साधारण सभाले प्रबन्धपत्रमा संशोधन गरी अधिकृत पुँजी १५ अरब पु-याउने र जारी तथा चुक्तापुँजीमा बोनस शेयर जारी भएअनुरूप समसामयिक संशोधन गर्ने प्रस्ताव समेत सर्वसम्मतिबाट पारित भएको छ । शेयरधनीहरूले उठाएका विभिन्न जिज्ञासा तथा सुझावहरूका सम्बन्धमा अध्यक्षको अनुमतिले बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले जवाफ दिनुभएको थियो ।

सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा जाजरकोटको कालीमाटी बजारमा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।  बैंकले जाजरकोटको नलगाड नगरपालिका, कालीमाटी बजारमा यहि शनिबार १०७ औँ शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको हो ।

उक्त शाखामा बैंकले संचालनका लागि स्थानीय व्यवसायी अमर बहादुर बोहरालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ । यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम र १०७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।