जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • “गरिमा सुनौलो भविष्य बाल निक्षेप योजना”

“गरिमा सुनौलो भविष्य बाल निक्षेप योजना”

गरिमा विकास बैंकले अघि सारेको “सुनौलो भविष्य बाल निक्षेप योजना” बालबालिकाहरुको सुन्दर भविष्य निर्माणको लागी अत्यन्त प्रभावकारी छ । यस योजना अन्तर्गत न्युनतम 500 मा खाता खोलेर निक्षेप योजना भरी मुद्घतीको ब्याज पाउनुको साथै समय समयमा थप वचत थप्दै जान पनि सकिनेछ । यस योजनामा भर्खर जन्मेका शिशु देखि अधिकतम १५ वर्षसम्मका बालबालिकाहरुको खाता खोल्न सकिनेछ । ‘आजको बचत भोलीको आधार’ नारा रहेको यस बचत योजनामा हरेक महिना बचतको केहि भाग आफ्नो बच्चाको सुनौलो भविष्यको लागि जम्मा गर्न सकिनेछ ।

बालबालिकाहरुले भविष्यमा डाक्टर, ईन्जीनियर, पाईलट तथा अन्य लक्ष्य लिदा सोही वमोजिमको अध्ययनका लागि आवश्यक पर्ने खर्चहरुलाई मध्यनजर राखेर आजैवाट योजनावद्घ तवरले वचत गर्न आफ्ना अभिभावकहरुलाई प्रेरित गर्न सक्नेछन् भने वचत गर्ने बानीको समेत विकास हुनेछ । प्रत्येक ३ महिनामा खातामा ब्याज पाउने र त्यो ब्याजले पनि ब्याज कमाईरहने भएकोले यो योजना अत्यन्तै लाभदायक छ ।

खातावालाले आफू नागरिकता लिएर सम्बन्धित वैंक शाखामा उपस्थित भए पश्चात यो खाता स्वतः वन्द भई साधारण खातामा परिवर्तन हुनेछ । आवश्यक परेको खण्डमा बचतको ८०% सम्म कर्जा सुविधा लिन पनि सकिने छ भने यस योजनामा समय पुगेपछि आफैं निःशुल्क खाता बन्द हुनेछ । यो योजना गरिमा विकास बैंकको सबै शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछ ।

9155
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका