जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

जनरल इन्स्योरेन्सका महाप्रबन्धक टमोटले बुझे नियुक्ती पत्र

जनरल इन्स्योरेन्स कम्पनीमा महाप्रबन्धक पदमा नियुक्त भएका एसके तमोटले हिजो नियुक्ती पत्र बुझेका छन् । साथै उनले हिजै अपरान्ह ३ बजेबाट कार्यभार सम्हालेका छन् । उनले आगामी माघ १८ गतेसम्म काम गर्नेछन् ।

जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले सिईओ नियुक्ती गर्न ढिलाई भएकोले स्थापनाकालदेखिका महाप्रबन्धक तमोटलाई कार्तिक १८ गतेदेखि लागू हुने गरी ३ महिना कार्यकाल थप गर्ने निर्णय गरेको थियो ।

स्वास्थ्य तथा उमेरका कारण काम नगर्ने भन्दै विदा लिइसकेका तमोटले सञ्चालक समितिले सिईओ नियुक्त गर्ने समय माग गर्दै तीन महिना काम गर्न अनुरोध गरेपछि कम्पनी फर्केको बताए ।

अमेरिकाको पछिल्लो मत परिणाम, चार राज्यले गर्ने छ निर्णय

एजेन्सी । अमेरिकाको नयाँ राष्ट्रपतिका को बन्ने भन्ने लडाई अब अन्तिममा आइपुगेको छ । अहिलेसम्म चुनावी परिणामले को राष्ट्रपतिको कुर्सीमा बस्छ भन्ने तय गरिसकेको भने छै ।

हालसम्मको मत परिणाम अनुसार २६४ इलेक्टोरल मतका साथ  डेमोक्रेट्स पाटीका जो बाइडेन अगाडि बढिरहेका छन् । उनलाई अब केबल ६ इलेक्टोरल मतको आवश्यककता छ । तर, वर्तमान राष्ट्रपति रिपब्लिकन पाटी डोनाल्ड ट्रम्पले भने २१४ इलेक्टोरल मत मात्र पाएका छन् ।

पेन्सिलभेनिया राज्यमा कुल २० इलेक्ट्रोरल भोटको छ । यहा डोनाल्ड ट्रम्पको मत बढीरहेको न्यूयोर्क ताइम्सले समाचार प्रकाशन गरेको छ । जहा जो बाइडेल पनि निकट नै रहेका छन् । उक्त राज्यमा ९४ प्रतिशत मत गणना भइसक्दा ट्रम्पले ४९.७ प्रतिशत र बाइडेनले ४९ प्रतिशत मत पाएका छन् ।

जर्जियाः यो राज्यमा कुल १६ इलेक्टोरल भोटहरू छन् । यस राज्यमा पनि ट्रम्प जम्मा २ हजार मतले मात्र अघि रहेका छन् । यस राज्यमा ८८ प्रतिशत मतगणना भइसकेको छ । नोर्थ क्यारोलिना यस राज्यमा कुल १५ इलेक्टोरल भोटहरू छन् । ५ प्रतिशतमात्र भोट गन्न बाँकी रहेको छ । जसमा ५० प्रतिशत ट्रम्प र ४८ प्रतिशत बाइडेनले पाएका छन् ।

एरिजोनाः यस राज्यमा कूल ११ इलेक्ट्रोल भोटहरू छन् । अहिले ९० प्रतिशत मतगणना सकिदासम्म ट्रम्प ५० प्रतिशत र बाइडेन ४८.५ प्रतिशत मत ल्याउन सफल भएका छन् ।

लुम्बिनी विकास बैंकको खुद नाफा साढे १५ प्रतिशतले बढ्यो

लुम्बिनी विकास बैंकको खुद नाफा १५.४६ प्रतिशतले वृद्धि भएको छ ।

बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा खुद नाफा १ करोड ४९ लाख रुपैयाँले बढाएको हो ।

गत आवको पहिलो त्रैमासमा बैंकले ९ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालु आवको सोही अवधिमा ११ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।

सो अवधिमा बैंकको वितरणयोग्य नाफा भने २ करोड ११ लाख रुपैयाँ छ ।

बैंकद्वारा सार्वजनिक चालु आवको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय अनुसार सो अवधिमा बैंकले ३२ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ४५ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा बैंकको खुद ब्याज आम्दानी भने १८.७० प्रतिशतले घटेको छ । गत आवको पहिलो त्रैमासमा ३० करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको चालु आवको सोही अवधिमा खुद ब्याज आम्दानी ५ करोड ७४ लाख रुपैयाँले घटेर २४ करोड ९५ लाख रुपैयाँमा सीमित भएको छ ।

गत आवको पहिलो त्रैमासको तुलनामा खराब कर्जा अनुपात ०.३६ प्रतिशतले बढेर २.३६ प्रतिशत पुगेको छ । साथै, सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ४५ पैसा कायम भएको भने प्रतिसेयर नेटवर्थ १ सय ६० रुपैयाँ ९८ पैसा कायम भएको छ ।

बैंकको बेसरेट ९.६७ प्रतिशत छ भने स्प्रेड रेट ५.१५ प्रतिशत र सीसीडी रेसियो ७३.१५ प्रतिशत कायम गरेको छ ।

नेपाल पुनर्बीमा कम्पनीद्वारा नेपाल लाईफ र शिखर इन्स्योरेन्स पुरस्कृत

नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले ७ औं बार्षिकोत्सवको अवसरमा जीवन बीमा र निर्जिवन बीमा समुहबाट नेपाल लाईफ इन्स्योरेन्स कम्पनी र शिखर इन्स्योरेन्सलाई पुरस्कृत गरेको छ ।

नेपाल पुनर्बीमा कम्पनीका सिईओ शंकर रायमाझीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, शिखर इन्स्योरेन्स गुणस्तरीय नाफामूलक व्यवसाय दिएर उत्कृष्ट योगदान पुर्याएको पुरस्कृति गरिएको घोषणा गरेका छन् । कम्पनीको ७ औं बार्षिकोत्सवको अवसरमा आयोजित डिजिटल समारोहमा कम्पनीका दुई जना उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गरिएको छ ।

नेपाल पुनर्बीमा कम्पनीका सहायक प्रबन्धक उत्तम पनेरु, बरिष्ठ सहायक सरिता श्रेष्ठलाई यस वर्षको उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरिएको छ ।

नेपाल बैंक र चौतारा साँगाचोकगढी नगरपालिकाबीच सम्झौता

चौतारा साँगाचोकगढी नगरपालिका र नेपाल बैंक लिमिटेडबीच बैंकको केन्द्रीय कार्यालय काठमाडौँमा बुधबार २ प्रतिशत ब्याजदरमा उपलब्ध हुने ‘सहुलियतपूर्ण कर्जा’का लागि सम्झौता भएको छ ।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको कार्यालयमा एक कार्यक्रम आयोजना गरी चौतारा साँगाचोकगढी नगरपालिका नगर प्रमुख अमानसिं तामाङ, उपप्रमुख जानुका पराजुली, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पाण्डे, बैंकका वाग्मती प्रदेश प्रमुख सुन्दर पन्थी, नेबैली सिन्धुपाल्चोक शाखा प्रबन्धक समीककुमार दाहाललगायतको उपस्थितमा कर्जा सम्झौता गरिएको हो ।

यसबाट कृषि, पशुपालन, घरेलु उद्योग तथा अन्य नयाँ व्यवसाय सञ्चालन गर्न चाहने नगरवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । चौतारा साँगाचोकगढी नगरपालिकाले युवा स्वरोजगार प्रवद्र्धनका लागि विनियोजन गरेको १ करोड र नेपाल बैंक लिमिटेडले थप १ करोड गरी यस वर्ष २ करोड ऋण प्रवाह हुनेछ ।

ऋण लिन चाहने नगरवासीले २ प्रतिशत ब्याजदरमा ५ लाखसम्म बैंकको नियमानुसार बिनाधितो ऋण लिन सक्नेछन् । नगरपालिकाले कोरोना भाइरसका कारण आफ्नो रोजगारी गुमाएका, विदेशबाट फर्किएका, कृषि तथा लघुउद्यमको क्षेत्रमा स्वदेशमै व्यवसाय गर्ने योजना बनाएका युवालाई लक्षित गरी ‘स्वरोजगार तथा उद्यम प्रवद्र्धन कार्यविधि, २०७७’ बनाएर सहुलियतपूर्ण ऋण उपलब्ध गर्न लागेको हो ।

स्थानीय स्रोत, साधन र सीपलाई सदुपयोग गरी स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न, आत्मनिर्भर अर्थतन्त्रको विकास गरी सुन्दर नगर र सुखी नगरवासीको आकांक्षा पूरा गर्न नगरपालिकाले नेपाल बैंक लिमिटेडसँग सम्झौत गरी सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान उपलब्ध गराउन लागेको उपप्रमुख पराजुलीले जानकारी दिइन् । उनले भनिन ‘ हामीले यस वर्षदेखि यो कार्यक्रमको शुरूआत गरेका छौँ । यसको नतिजा हेरेर आगामी वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिनेछौँ ।’

यसले नगरभित्र नयाँ उद्यमी तथा व्यवसायीको सङ्ख्या बढ्ने र नगरलाई थप समृद्ध बनाउन सहयोग पुग्ने अपेक्षा राखिएको उनले जानकारी दिइन । नगर प्रमुख तामाङले यस्ता प्रकारको कार्यक्रमले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न, आत्मनिर्भर अर्थतन्त्रको विकास गरी सुन्दर नगर र सुखी नगरवासीको आकांक्षा पूरा हुने विश्वास व्यक्त गरे ।

उनका अनुसार अब नगरपालिकाको प्रत्येक बस्तीमा पुगेर जनतासँग प्रत्यक्ष छलफल गरी नयाँ कार्यक्रम बनाएर विकासका काम सञ्चालन गरिने छन् । त्यसको शुरुआत भइसकेको समेत उनले जानकारी दिए । सोही कार्यक्रमअनुसार सोमबार इर्खुको चिलाउने गाउँमा नगर प्रमुख, नेकपा नगरकमिटी इञ्चार्जलगायतको उपस्थितिमा एक कार्यक्रम आयोजना गरिएको थियो ।

भोजपुरको झ्याउपोखरी र धनुषाको हाथमुण्डामा ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा संचालन

ग्लोबल आइएमई बैंकले भोजपुरको झ्याउपोखरी र धनुषाको हाथमुण्डामा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

थप २ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २३१ पुगेको छ ।

बैंकले भोजपुरको जिल्लाको सदानन्द गाँउपालिका–११, झ्याउपोखरीमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा ङंदिरा घले र धनुषा जिल्लाको कमला नगरपालिका–७, हाथमुण्डामा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा धर्मेन्द्र कुमार महतोलाई नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिस होम, सिडिएमए, यूटिएल र एनटिसीकोे महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २६१ शाखा सञ्जाल सहित २३७ एटिएम, ४३ एक्सटेन्सन काउण्टर तथा राजस्व संकलन काउण्टर, २३१ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि-सम्र्पक कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

रकम नभएको चेक दिने रौनियार पक्राउ, ७० लाख जरिवाना

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिरगंज घर भई हाल काठमाडौंमा बस्दै आएका ५८ वर्षिय सत्य नारायण प्रसाद रौनियार रहेका छन् ।

उनले आफ्नो खातामा पर्याप्त रकम नभएको थाहा हुँदा हुदै पनि मन्दीप कुमार थापा र सन्तोष कुमार चौधरीलाई झुक्यानमा पारी सापटी लिएको रकम फिर्ता गर्नका लागि बिभिन्न बैंकको ७० लाखको चेक काटी दिएका थिए । उनी विरुद्ध थापा र चौधरीले जाहेरी दिएका थिए । उच्च अदालत पाटनले रौनियारलाई  ४५ दिन कैद र ७० लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।

उल्लेखित सजाय वेरुजू रही फरार रहेका उनलाई विशेष सुचनाका आधारमा प्रहरीले बुधबार काठमाडौंको रोतोपुलबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि बिहीबार पर्सा जिल्ला अदालतमा पेश गरिएको जनाइएको छ ।

रिलायन्स लाइफले ल्यायो नयाँ बीमा योजना

रिलायन्स लाइफ इन्स्योरेन्सले ‘लिमिटेड ईण्डोमेन्ट’ बीमा योजना सार्वजनिक गरेको छ । बीमीतले सिमित वर्षकोलगि बीमा शुल्क भुक्तानी गरी बीमालेख अवधिभर सुरक्षा पाउने यो योजना कम्पनीले बुधबार सार्वजनिक गरेको हो ।

योजनाको मुख्य विशेषता भनेको यदि बीमाअवधिमा बीमीतको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई बीमाजारी र बीमादावीको समयावधि हेरी बीमाङ्क रकमको अधिकतम २२५ प्रतिशतसम्म र आर्जित बोनस भुक्तानी हुने कम्पनीले जनाएको छ । योजनामा बीमा अवधि समाप्तिपश्चात् बीमाङ्क रकम र आर्जित बोनस भुक्तानी गरिने जनाएको छ ।

योजना १६ देखि ६५ वर्षउमेरकाले लिन सक्नेछन् । न्यूनतम बीमाङ्क रकम ५० हजार रहेको छ भने अधिकतम कम्पनीको नियम बमोजिम हुनेछ । योजनामा बीमा अवधि न्युनतम १० बर्ष र अधिकतम २५ बर्ष रहेको छ भने बीमाशुल्क भुक्तानी अवधि ८, १२, १६ र २० वर्ष रहेको छ ।

यससंगै थप न्यूनतम शुल्क भुक्तानीमा दुर्घटना मृत्यु सुविधा, स्थायी अशक्तता र बीमा शुल्क मिनाहा जस्ता अतिरिक्त सुविधाहरु पनि लिन सकिने छ ।

डिशहोमको डवल धमाका अफर दिपावलीको अवसरमा पनि निरन्तर

डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले ‘डिशहोममा डिलर दाईको डिस्काउण्ट अफर’ संचालन गरिरहेको छ । उक्त अफरमा डिशहोमले वडा दशैंसंगै दिपावलीको उपलक्ष्यमा पनि निरन्तरता दिदै २४ महिना रिचार्जमा डबल धमाका अफर ल्याएको छ ।

अफरमा डिलरदाई मार्फत फाण्ड पटान्फरबाट बार्षिक रिचार्ज गर्दा साप्ताहिक लक्की ड्र मा भाग लिने अवसर प्राप्त हुनेछ भने २ बर्षे रिचार्जमा साप्ताहिक लक्की ड्र मा डबल मौका प्राप्त हुने कम्पनीले जनाएको छ । जसमा हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रति व्यक्ति रु एक ÷ एक लाख नगद उपहार जित्न सक्ननेछन् ।

साप्ताहिक लक्की ड्र को बिजेताको घोषणा डिजिटल प्रणालीबाट ग्राहकहरुको डिशहोम सेट–टप बक्सको सीएएस आइडी को आधारमा हुनेछ । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको सो केश च्यानल नम्बर १००, र रमाईलो टिभीमा लक्की ड्र को प्रत्यक्ष प्रशारण हुन्छ ।
अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो अफरमा सहभागी गराईने छ ।

एनसेलको सामाजिक अभियान, कोरोना नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालय र युनिसेफसँग सहकार्य

एनसेल आजियाटाले स्वास्थ्य मन्त्रालय र युनिसेफसँगको सहकार्यमा कोरोना भाइरसबाट बच्ने उपायसहितको जनचेतना अभियान संचालन गरेको छ।

अभियानमा सरकारद्वारा प्रमाणित तथा सिफारिस गरिएको कोरोना भाइरसबाट बच्न र बचाउन अपनाउनुपर्ने तीन मुख्य उपायलाई सन्देशसहित प्रचारप्रसार गरिरहेको छ। कम्पनीले व्यक्ति व्यक्तिबीच कम्तीमा दुई मिटर दूरी कायम गर्ने, घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्ने र बेलाबेलामा साबुन पानीले मिचिमिची कम्तीमा २० सेकेण्डसम्म हातधुने सन्देशलाई कम्पनीले व्यापक बनाएको छ।

TaTaमास्कको सही प्रयोग, मास्क कसरी लगाउने, कस्तो किसिमको मास्क प्रयोग गर्ने भन्ने लगायतका विभिन्न जान्नै पर्ने जानकारीहरु समावेश गरी जनचेतना जगाउने कार्य गरिरहेको छ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने-‘यस विषम परिस्थितिमा,स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै कोरोना संक्रमण रोक्नका लागि जनचेतना फैलाउन हामी प्रतिबद्ध छौं। निजी क्षेत्रको एक जिम्मेवार व्यवसायिक कम्पनीका रूपमा एनसेलले जनमानसमा कोरोनाका बारेमा जनचेतना जगाउन र यस महामारी र यसको प्रतिकार्य तयारीका निमित्त सचेत गराउँदै आफ्नो तर्फबाट अभिन्न भूमिका निर्वाह गर्दै आएको छ।

उनले कोरोनाविरुद्ध एनसेलले गरेको योगदान निजी क्षेत्रले आफ्नो विशेषज्ञता, अनुभव, क्षमता तथा दक्षताका आधारमा कसरी सहयोग गर्न सक्छ भन्ने उदाहरण भएको बताउँदै नेपाली जनताको सेवा गर्ने प्रतिबद्धतामा कुनै सम्झौता नहुने धारणा राखे।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना महामारीको संक्रमण नियन्त्रण तथा रोकथामको लागि एनसेलले जनस्वास्थ्य सम्बन्धी जनचेतना फैलाउन पुर्‍याएको सहयोगको सराहना गरे। नेपालका लागि युनिसेफका प्रतिनिधि एल्के विस्चले एनसेल जस्ता निजी संस्थासँगको सहकार्यले कोरोना विरुद्धको अभियानमा ठूलो महत्व राख्ने बताइन्।

एनसेलले जनस्वास्थ्य सम्बन्धी जनसचेतना अभिवृद्धिमा सहयोग गर्ने प्रतिबद्धतासहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ। एनसेलले जनसचेतना जगाउने कार्यका लागि युनिसेफ नेपालसँग पनि समझदारी पत्रमा हस्ताक्षर गरेको छ।

कोरोना भाइरस सम्बन्धी जनसचेतना अभिवृद्धि अभियानमा एनसेलले बहिरा कलाकार सुजल बमको साथ लिएर महत्वपूर्ण तीन सन्देशलाई अझै फराकिलो रूपमा समाजमा पुर्‍याउने काम गरिरहेको छ ।

ब्रोकर एसोसिएशनमा सन्तोष मैनाली अध्यक्षमा सर्वसम्मत

ब्रोकर एसोसिएशन अफ नेपालको अध्यक्षमा ब्रोकर नम्बर ३६ सेक्योक्योर्ड सेक्युरिटका सञ्चालक सन्तोष मैनाली सर्वसम्मत निर्वाचित हुनेभएका छन् । बिहीबारका लागि तोकिएको निर्वाचन कार्यतालिका अघि नै कार्यसकमिति चयन भएको छ।

आज (शुक्रबार) भर्चुअल माध्यामबाट हुने साधारणसभाले मैनालीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गर्ने भएको स्रोतको दाबी छ ।

कार्यसमितिको उपाध्यक्षमा धर्मराज सापकोटा, महासचिवमा गुणानिधि भुसाल, सचिवमा रणदेव पन्त, कोषाध्क्षमा भक्तिराम घिमिरे र ५ जनामा

रवीन्द्र श्रेष्ठ, फणीन्द्र ढकाल, सुयोग खनाल, मित्रलाल श्रेष्ठ र मदन पौडेल रहेका छन् ।

 

जावा बाइकको माग बढ्दा बजार विस्तारमा कम्पनी आक्रामक

विभिन्न मुलुकमा ‘जावा’का बाइकको माग बढेपछि उत्पादक एवं बिक्रेता क्लासिक लिजेण्डसले एक महिनामै थप ४२ वटा आधिकारिक डिलर थप्ने भएको छ।

हाल एक सय ६३ वटा आधिकारिक डिलर भएको यो कम्पनीले आउँदो डिसेम्बरसम्ममा थप ४२ वटा आधिकारिक डिलर सञ्चालनमा ल्याउन लागेको हो। सन् २०२१ देखि यो कम्पनी अन्तर्गत दुई सय पाँचवटा आधिकारिक डिलर सञ्चालनमा आउने भएका छन्।

क्लासिक लिजेण्ड्सले अक्टोबर (फेस्टिभ सिजन) मा मात्र दुई हजार युनिट जावा बिक्री गर्न सफल भएको जनाएको छ। आउँदो तिहारमा कम्पनीले थप अधिकतम संख्यामा जावाको बिक्री हुने प्रक्षेपण गरेको छ।  सन् २०१९ मा यो कम्पनीले ९० हजार बाइक बिक्रीको दाबी गरेको थियो। सन् २०१८ मा इन्टरनेट सर्च इन्जिन गुगलमा बाइक सेग्मेन्टमा सबैभन्दा बढी खोजी गरेकोमा जावा नै परेको थियो।

‘कम्पनीले आफ्नो क्षमता विस्तारका क्रममा डिलरसिप नेटवर्क बढाउन लागेको हो। कोभिड-१९ सुरु हुन अगाडि भारत बाहेकका मुलुकमा जावाको एक सय पाँचवटा आधिकारिक डिलर सञ्चालनमा आइसकेका थिए,’ कम्पनीका सीइओ आशिष सिंह जोशीले भनेका छन्, ‘हाल विभिन्न मुलुकमा कम्पनी अन्तर्गतका एक सय ६३ वटा आधिकारिक डिलर संचालनमा आइसकेका छन्। सन् २०२० भित्रै दुई सयभन्दा बढी डिलरसिप विस्तार गर्ने योजना बनाएका छौं।’

कम्पनीले दसैंमा मात्र दुई हजार युनिट जावा पेराक बिक्री गरेको जनाएको छ। जावा, जावा-४२, जावा पेराक लगायत तीन मोडलका बाइक बिक्रीका लागि कम्पनीले आफ्नो सेवा विस्तारमा सुदृढीकरण गर्दै अगाडि बढ्ने सीइओ जोशीले बताएका छन्।  हावाले नेपालमा पनि डिलर विस्तार गर्दै बिक्री थालिसकेको छ।

२१ दिनअघि नेपालमा बिक्री थालेको जावाको बजार यस्तो छ
जावा बाइकको बिक्री नेपालमा सुरु भएको तीन साता भयो।  नेपालको आधिकारिक बिक्रेता अग्नि मोटो इंकले बिक्री सुरु गरेको हो। नेपालमा जावा बाइकको माग निकै राम्रो रहेको कम्पनीका महाप्रबन्धक शरद मिश्रले बताए।

‘हामीले बिक्री सुरु गरेसँगै जावाको माग दैनिक बढ्दै छ। ग्राहकबाट राम्रै रेस्पोन्स आइरहेको छ। माग अनुसार हामीले प्रमुख शहरमा आफ्नो सञ्जाल विस्तार गरिसकेका छौं,’ उनले भने। कम्पनीले बिक्री गर्दै आएको जावा र जावा-४२ लगायत दुई मोडलका बाइकको बराबरी रूपमा माग आएको उनले बताए।

सुरुमा काठमाडौंको टेकु र उत्तरढोकामा आधिकारिक शोरुममार्फत बिक्री वितरण सुरु गरेको कम्पनीले यतिखेर पोखरा, भैरहवा, बुटवल, विराटनगर र नारायणगढ लगायतमा आफ्नो सञ्जाल विस्तार गरिसकेको उनले जानकारी दिए।
नेपालमा जावाका बाइक बिक्रीको जिम्मा लिएको अग्नि कम्पनी महिन्द्रा टु ह्वीलर्स एण्ड जेनेरेटर्सको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी हो।

कम्पनीका अनुसार नेपाली बजारमा जावा सिंगल च्यानल एबीएस मोडलको मूल्य ६ लाख ४८ हजार ५ सय रुपैयाँ र जावा डुअल च्यानल एबीएसको मूल्य ६ लाख ७६ हजार ५ सय रुपैयाँ छ। जावा–फोर्टी टु सिंगल च्यानल एबीएस र जावा–फोर्टी टु डुअल च्यानल एबीसीएसको मूल्य क्रमशः  ६ लाख २० हजार रुपैयाँ र ६ लाख ४८ हजार रुपैयाँ मूल्य छ।