जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • लुम्बिनी विकास बैंकको खुद नाफा साढे १५ प्रतिशतले बढ्यो

लुम्बिनी विकास बैंकको खुद नाफा साढे १५ प्रतिशतले बढ्यो

लुम्बिनी विकास बैंकको खुद नाफा १५.४६ प्रतिशतले वृद्धि भएको छ ।

बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा खुद नाफा १ करोड ४९ लाख रुपैयाँले बढाएको हो ।

गत आवको पहिलो त्रैमासमा बैंकले ९ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालु आवको सोही अवधिमा ११ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।

सो अवधिमा बैंकको वितरणयोग्य नाफा भने २ करोड ११ लाख रुपैयाँ छ ।

बैंकद्वारा सार्वजनिक चालु आवको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय अनुसार सो अवधिमा बैंकले ३२ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ४५ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा बैंकको खुद ब्याज आम्दानी भने १८.७० प्रतिशतले घटेको छ । गत आवको पहिलो त्रैमासमा ३० करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको चालु आवको सोही अवधिमा खुद ब्याज आम्दानी ५ करोड ७४ लाख रुपैयाँले घटेर २४ करोड ९५ लाख रुपैयाँमा सीमित भएको छ ।

गत आवको पहिलो त्रैमासको तुलनामा खराब कर्जा अनुपात ०.३६ प्रतिशतले बढेर २.३६ प्रतिशत पुगेको छ । साथै, सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ४५ पैसा कायम भएको भने प्रतिसेयर नेटवर्थ १ सय ६० रुपैयाँ ९८ पैसा कायम भएको छ ।

बैंकको बेसरेट ९.६७ प्रतिशत छ भने स्प्रेड रेट ५.१५ प्रतिशत र सीसीडी रेसियो ७३.१५ प्रतिशत कायम गरेको छ ।

7565
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका