जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • एनसेलको सामाजिक अभियान, कोरोना नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालय र युनिसेफसँग सहकार्य

एनसेलको सामाजिक अभियान, कोरोना नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालय र युनिसेफसँग सहकार्य

एनसेल आजियाटाले स्वास्थ्य मन्त्रालय र युनिसेफसँगको सहकार्यमा कोरोना भाइरसबाट बच्ने उपायसहितको जनचेतना अभियान संचालन गरेको छ।

अभियानमा सरकारद्वारा प्रमाणित तथा सिफारिस गरिएको कोरोना भाइरसबाट बच्न र बचाउन अपनाउनुपर्ने तीन मुख्य उपायलाई सन्देशसहित प्रचारप्रसार गरिरहेको छ। कम्पनीले व्यक्ति व्यक्तिबीच कम्तीमा दुई मिटर दूरी कायम गर्ने, घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्ने र बेलाबेलामा साबुन पानीले मिचिमिची कम्तीमा २० सेकेण्डसम्म हातधुने सन्देशलाई कम्पनीले व्यापक बनाएको छ।

TaTaमास्कको सही प्रयोग, मास्क कसरी लगाउने, कस्तो किसिमको मास्क प्रयोग गर्ने भन्ने लगायतका विभिन्न जान्नै पर्ने जानकारीहरु समावेश गरी जनचेतना जगाउने कार्य गरिरहेको छ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने-‘यस विषम परिस्थितिमा,स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै कोरोना संक्रमण रोक्नका लागि जनचेतना फैलाउन हामी प्रतिबद्ध छौं। निजी क्षेत्रको एक जिम्मेवार व्यवसायिक कम्पनीका रूपमा एनसेलले जनमानसमा कोरोनाका बारेमा जनचेतना जगाउन र यस महामारी र यसको प्रतिकार्य तयारीका निमित्त सचेत गराउँदै आफ्नो तर्फबाट अभिन्न भूमिका निर्वाह गर्दै आएको छ।

उनले कोरोनाविरुद्ध एनसेलले गरेको योगदान निजी क्षेत्रले आफ्नो विशेषज्ञता, अनुभव, क्षमता तथा दक्षताका आधारमा कसरी सहयोग गर्न सक्छ भन्ने उदाहरण भएको बताउँदै नेपाली जनताको सेवा गर्ने प्रतिबद्धतामा कुनै सम्झौता नहुने धारणा राखे।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना महामारीको संक्रमण नियन्त्रण तथा रोकथामको लागि एनसेलले जनस्वास्थ्य सम्बन्धी जनचेतना फैलाउन पुर्‍याएको सहयोगको सराहना गरे। नेपालका लागि युनिसेफका प्रतिनिधि एल्के विस्चले एनसेल जस्ता निजी संस्थासँगको सहकार्यले कोरोना विरुद्धको अभियानमा ठूलो महत्व राख्ने बताइन्।

एनसेलले जनस्वास्थ्य सम्बन्धी जनसचेतना अभिवृद्धिमा सहयोग गर्ने प्रतिबद्धतासहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ। एनसेलले जनसचेतना जगाउने कार्यका लागि युनिसेफ नेपालसँग पनि समझदारी पत्रमा हस्ताक्षर गरेको छ।

कोरोना भाइरस सम्बन्धी जनसचेतना अभिवृद्धि अभियानमा एनसेलले बहिरा कलाकार सुजल बमको साथ लिएर महत्वपूर्ण तीन सन्देशलाई अझै फराकिलो रूपमा समाजमा पुर्‍याउने काम गरिरहेको छ ।

4555
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?