जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

वान टु वाचले एनएमबि र लक्ष्मी बैंकको सहकार्यमा साना उद्योगीलाई धितोरहित कर्जा दिने

वान टु वाचले एनएमबि बैंक र लक्ष्मी बैंकको साझेदारीमा कोभिड-१९ एमएसएमई कोषको घोषणा गरेको छ। स्वीस सरकार विकास सहयोग एसडिसीको सहयोगमा सो संस्थाले दुई बैंकसँग सहकार्य गर्दै  लघु, साना तथा मझौंला व्यवसायलाई सहयोग गर्ने भएको हो।

यो कोषबाट व्यवसायलाई छोटो अवधिको लागि  कर्जा प्रदान गर्नुको साथै परामर्श र तालिम समेत दिनेछ। कोषबाट करिब सय व्यवसायलाई सहयोग पुर्‍याउने र करिब एक हजार रोजगारी जोगाउने अपेक्षा गरिएको छ। कोभिड प्रभावित तर व्यवसाय गर्ने क्षमता भएका व्यवसायलाई धितोरहित कर्जा र १८ महिनासम्मको ब्याज मिनाहा गरिने सो संस्थाले जनाएको छ।

‘यस्तो विषम परिस्थितिमा कोषले वान टु वाचको लगानी र व्यवसाय परामर्शको विशेषज्ञताको प्रयोग गर्दै उच्च क्षमता भएका व्यवसायलाई पहिचान गरेर सहयोग गर्नेछ। यो पाइलट प्रोजेक्ट हो। योसँगे अरु बैंक पनि साझेदार बन्ने विश्वास लिइएको छ,’ वान टु वाचका प्रवन्ध निर्देशक सुमन जोशीले भने।

नेपालका लागि स्वीस राजदूत एलिजावेथ भोन क्यापेलरले साना तथा मझौंला उद्योग नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै यो व्यवसायलाई सुधार ल्याउँदा अर्थतन्त्रनै चलायमान बन्ने विश्वासका साथ एसडिसीले निजी क्षेत्रको साझेदारीमा पहल अगाडि बढाएको बताए। लक्ष्मी बैकका प्रमुख कार्यकारी अधिकृत अजयबिक्रम शाहले आफ्नो बैंक खुद्रा तथा एमएसई केन्द्रित बैंक भएको बताउँदै यो सहकार्यले ऋणयोग्य साना उद्यमीलाई बैंक पहुँचबाट जिविका चलाउन सहयोग पुग्ने बताए।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले आफ्नो बैंकको प्राथमिकतानै दिगो बैकिङ भएको बताउँदै कोभिडका कारण संकटमा परेका साना तथा घरेलु उद्योगलाई धितोरहित कर्जा प्रदान गर्न प्रतिवद्ध रहेको बताए।

महासंघ वरिष्ठ उपध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गराएका छन्। उनी अहिले उपाध्यक्ष छन्।

बुधबार महासंघको केन्द्रीय कार्यालय टेकुमा ढकालसहित उनको प्यानलका सबै उपाध्यक्ष पदका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन्। ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला-नगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोशियट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दर्ता गराएका हुन्।

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११ बाट १३ गतेसम्म काठमाडौंमा हुँदैछ।

गत चैतमा हुनुपर्ने महासंघको साधारणसभा कोभिडका कारण स्थगित भएको थियो। वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने महासंघको विधानमा उल्लेख छ। त्यसो हुँदा वरिष्ठ उपाध्यक्षको प्यानल बन्ने गर्छ।

ढकालको प्रतिष्पर्धीका रूपमा अर्का उपाध्यक्ष किशोर प्रधान छन्।

ग्लोबल आइएमई बैंकको शान्तिनगर र टोखामा नयाँ शाखा, भक्तपुर र चितवनमा एक्सटेन्सन काउन्टर

ग्लोबल आइएमई बैंकले बुधबार काठमाडौंको शान्तिनगर र टोखामा नयाँ शाखा सञ्चानमा ल्याएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज ब्रजाचार्यले नयाँ शाखाहरुको भर्चुअल्ली उद्घाटन गरेका हुन्।

बैंकले भक्तपुरको गाम्छा र चितवनको सप्तगण्डकी कलेज परिसरमा नयाँ एक्सटेन्सन काउण्टर पनि सञ्चालनमा ल्याएको छ। नयाँ शाखा तथा एक्सटेन्सन काउण्टरहरु सञ्चालन आएसँगै बैंकको शाखाहरुको संख्या २६१ र एक्सटेन्सन काउण्टरको संख्या ४५ पुगेको छ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २६१ शाखा सञ्जाल सहित २३७ एटिएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलनका काउण्टर, २२९ शाखारहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत सेवा दिँदै आएको छ।

इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्बको सेयर जारी गर्न एजीएमबाट स्वीकृति लिँदै, मंसिर ३ गते डाक्यो सभा

नेपाल इन्फ्रास्ट्रकचर बैंकले साधारणसभा आह्वान गरेको छ । बैंकले मङ्सिर ३ गते बानेश्वर स्थित आफ्नै कार्यलातयमा सभा आह्वान गरेको हो ।

सभामा बैंकले आईपिओ निष्काशन सहितका विभिन्न प्रस्ताव पारित गर्ने छ । बैंकले सर्वसाधारणको लागि ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने छ । बैंकले यस अघिको साधारणसभा बाट नै सो प्रस्ताव पारित गरेपनि शेयर निष्काशन कार्यले मुर्त रुप नलिएको हुनाले फेरी प्रस्ताव पारित गर्ने जनाएको हो । हाल बैंकको चुक्ता पुँजी १२ अर्ब रहेकोमा आईपिओ निष्काशनपछि पुँजी २० अर्ब पुग्ने छ ।

त्यस्तै सभाले कम्पनीको प्रबन्धपत्र र नियमावली गर्नु संशोधन गर्नु परेमा सो को अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पारित गर्ने छ । सभाले आर्थिक वर्ष ७६/७७ को संचालक समितिको प्रतिवेदन तथा वित्तीय विवरण छलफल गरि पारित गर्ने छ भने आगामी आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने छ ।

image.png

सनराइज बैंकको ५१ औं शाखारहित बैंकिङ्ग सेवा तिलोत्तमा–६,गणेशपुर, रुपन्देहीमा सुरु

सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ तिलोत्तमा, वडा नं.–६, गणेशपुर, रुपन्देहीमा ५१ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

उक्त सेवा बुधवार आयोजित एक कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाको कार्यपालिका सदस्य तथा तिलोत्तमा वडा नं. ६ को सदस्य संगिता गुरुङ्गले गर्नु भएको थियो ।

समारोहमा प्रमुख अतिथि संगिता गुरुङ्ग र कार्यक्रमका सभापती तथा मणिग्राम शाखाका शाखा प्रवन्धक अरुण पाण्डेले संयुक्त रुपमा बैंकको शाखारहित बैंकिङ्ग सेवा प्रतिनिधि प्रशान्त न्यौपानेलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्नुभएको थियो । उक्त कार्यक्रममा बैंकका अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ ।

हालसम्म सनराइज बैंकले १३५ वटा शाखा, ५१ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।

नबिल बैंकका अध्यक्षबाट शपथ ग्रहण

नबिल बैंकको नव नियुक्त अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले शपथ ग्रहण गर्नु भएको छ । नव नियुक्त अध्यक्षलाई आज (२०७७ कार्तिक ५ गते) आयोजित एक भर्चुअल समारोह बीच नेपाल राष्ट्र बैंककँ गभर्नर महँप्रसाद अधिकारीले शपथ ग्रहण गराउनु भएको थियो । शपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंक तथा नबिल बैंकका उच्चपदस्थ कर्मचारीहरुको भर्चुअल उपस्थिति थियो ।

२०७४ मंसिर १५ गतेदेखि सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गर्नुभएका पौड्याल २०७७ आश्विन २० गते बैंक सञ्चालक समितिको अध्यक्षमा नियुक्त हुनु भएको हो ।

बैंक अफ काठमाण्डूको मोबाईल बैंकिङ्गबाट दक्षिणा पठाउँदा ३ सय फिर्ता

बैंक अफ काठमाण्डूले आफ्ना मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको छ । बैंकले दशैंलाई लक्षित गर्दै मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएका हो ।

व्यक्तिगत दुरी कायम राख्न सहयोग पुग्ने हेतुले बैंक अफ काठमाण्डूले “तिनमा तिन सय” नगद उपहार योजना ल्याएको हो । यस योजना अनुसार ग्राहकले तिन पटक भिन्न भिन्न ब्यक्तिलाई बैंकको मोबाईल बैंकिङ्ग प्रयोग गरी दक्षिणा प्रदान गर्दा रु. १००० वा सो भन्दा बढि भएमा रु. ३०० नगद उपहार लागि ग्राहक महानुभावहरु योग्य हुनेछन् ।

यस योजनामा सहभागी हुनको लागि ग्राहकले यस बैंकको मोबाईल बैंकिङ्गको प्रयोग गरी कम्तिमा ३ पटक रकमान्तर गर्नुपर्नेछ, रकमान्तर गर्दा दक्षिणा प्राप्त गर्ने व्यक्ति फरक फरक हुनुपर्नेछ, उक्त दक्षिणा प्रदान गर्दा ग्राहक महानुभावहरुले ३ कारोबार गर्दा रु. १,००० वा सो भन्दा बढी हुनुपर्नेछ । यसका साथै ग्राहक महानुभावहरुले दक्षिणा दिदा बैंकको मोबाइल बैंकिङ्गमा भएको फोनपे मार्फत आफ्नै बैंक तथा अन्य बैंकमा भएको खातामा दक्षिणा स्वरुप रकमान्तर गर्नुपर्ने, दक्षिणा कारोबारको विबरणमा दक्षिण राख्नुपर्नेछ ।

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै यस वर्षको बडा दशैंमा व्यक्तिगत दुरी कायम गरी चाडपर्व मनाउन बैंकले अनुरोध गरेकाे छ ।

एनआईसी बैंकको मोबाइल बैंकिङ्गबाट दशैँमा दक्षिणा दिँदा १० प्रतिशत रकम बैंकले थपिदिने

एनआइसी एशिया बैंकले डिजिटल दक्षिणा योजना ल्याएको छ । ‘सोच बदलौं’ भन्ने नारालाई आत्मसात गर्दै आइरहेको यस बैंकले दशैंमा ग्राहकले आफ्ना आफन्तजनलाई दिने दक्षिणा यस बैंकको मोबाइल बैंकिङ्गमार्फत प्रदान गरेमा दक्षिणा रकमको थप १० प्रतिशत वा अधिकतम रू. १०० सम्म बैंकले आफ्नो तर्फबाट थप गरिदिनेबैंकले जनाएको छ ।

यो योजना यस बैंकमा आबद्ध ग्राहक महानुभावहरूलाई विजया दशमी टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म लागू गरिएको छ भने यस योजना अवधीभर बैंकको तर्फबाट एक जनाले अधिकतम रू. ५०० सम्म दक्षिणा प्राप्त गर्न सक्नेछ । उक्त १० प्रतिशत रकम बैंकले योजना सम्पन्न भएको ७ दिनभित्र दक्षिणा प्राप्त गर्ने ग्राहक महानुभावको बैंक खातामा जम्मा गर्नेछ । यस योजनाअन्तर्गत मोबाइल बैंक एप प्रयोग गरी दक्षिणा दिँदा बैंकका ग्राहकले मोबाइल बैंक एपमा रहेको ‘डिजिटल दक्षिणा’ मा ट्याप गरी आफुले दिन चाहेको रकम, एकाउन्ट नम्बर, खातावालाको नाम तथा रिमार्कमा दक्षिणा जस्ता विवरण अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने हुन्छ ।

साथै बैंकले ल्याएको आकर्षक एवं अतुलनीय फाइदाले भरिपूर्ण ‘डिजिटल उत्सव’ योजनामा ग्राहकहरूले १ कात्र्तिक देखि ५ मंसीर २०७७ सम्म विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत किनमेल गरी मोबाइल बैंकिङ्ग तथा कार्डबाट डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म आकर्षक नगद छुट तथा नगद फिर्ताको लाभ लिन सक्नेछन् ।

मिसियोका ग्राहकलाई फाइनान्स सुविधा, ‘वयर नाउ पे लेटर’ अफर सुरु

प्रशिद्ध अन्तर्राष्ट्रिय ब्राण्डको कपडा मिसियोले ‘वयर नाउ पे लेटर’ अफर ल्याएको छ । ६ वटा बैंकसँग सहकार्य गरी मिसियोले यो अफर ल्याएको हो । अफर अन्तर्गत ग्राहकले ९ हजार ९ सय ९९ रुपैयाँ भन्दा बढीको मिसियो कपडा किन्दा शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा प्राप्त गर्नेछन् ।

मिसियोले यसका लागि नबिल बैंक, स्टाण्डर्ड चार्टर बैंक, इन्भेष्टमेन्ट बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक र हिमालय बैंकसँग सम्झौता गरिसकेको छ । यी बैंकका क्रेडिट कार्ड होल्डर ग्राहकले शून्य प्रतिशत ब्याजदरमा ९ महिनाका लागि फाइनान्स सुविधा प्राप्त गर्नेछन् ।

अहिले कपडा लगाएर पछिसम्म तिर्न सक्ने गरी मिसियोले ल्याएको यो अफरले धेरै ग्राहकलाई राहत हुने कम्पनीले विश्वास लिएको छ । आरभ मल्टिनेशनल हाउस प्रा.लि. अन्तर्गतको मिसियो शोरुम काठमाडौं नयाँबानेश्वर र सुन्धारास्थित सिभिल मलमा छ । दुवै शोरुममा मिसियो खरिद गर्ने ग्राहकले यो सुविधा प्राप्त गर्ने प्रवन्ध निर्देशक रज्जु तण्डुकारले जानकारी दिइन् ।

‘शून्य प्रतिशत ब्याजदरमा ९ महिने किस्ता सुविधामा ब्राण्डेड कपडाहरु किन्ने सुवर्ण अवसर हाम्रा ग्राहकलाई मिलेको छ,’ उनले भनिन्, ‘यो अफरको भरपुर लाभ लिन म मिसियो ब्राण्ड मन पराउने सम्पूर्ण ग्राहक वर्गमा अनुरोध गर्दछु ।’

महिला र पुरुष दुवैका लागि आवश्यक ब्राण्डेड कपडा मिसियो ब्राण्डमा नेपाली बजारमा उपलब्ध छ । सिभिल मलमा फेब्रुअरी २ बाट र नयाँ बानेश्वरमा सेम्टेम्बर २४ बाट मिसियोको शोरुम स्थापना भएको हो । नेपालमा बिक्री सुरु भएदेखि नै मिसियो ब्राण्डप्रति ग्राहकको आकर्षण देखिएको कम्पनीले जनाएको छ । ‘धेरै राम्रो रेस्पोन्स पाएका छौं,’ तण्डुकारले भनिन्, ‘मेट्रियल्स र ब्राण्ड अनुसार मूल्य पनि सस्तो छ ।’

१५ वर्षदेखि ५० वर्षसम्मकालाई लक्षित गरी नेपाली बजारमा मिसियो भित्र्याए पनि राम्रो ब्राण्ड भएकाले बालबालिकादेखि ५० वर्षभन्दा माथिका ग्राहकसमेत कपडा किन्न आउने गरेको तण्डुकारले बताइन् । ‘फेसनेवल र क्वालिटी मन पराउनेहरुका लागि मिसियो रोजाईमा परेको छ,’ उनले भनिन् । बैंकहरुसँगको सहकार्यमा सुरु गरिएको किस्ताबन्दी सुविधाले मिसियोप्रति ग्राहकको आकर्षण अझै बढ्ने कम्पनीले विश्वास लिएको छ ।

मिसियोको लागि नेपालको मास्टर फ्रेन्चाइज कम्पनी आरभ मल्टिनेशनल हाउस हो । शतप्रतिशत जेन्युन र अन्तर्राष्ट्रिय ब्राण्डको कपडा नेपाली ग्राहकहरुमाझ ल्याउन पाउँदा निकै खुसी लागेको तण्डुकारले बताइन् ।

मिसियो चीनको उत्कृष्ट ब्राण्डमा पर्छ । चीनको फेसन उद्योगको प्रतिष्ठित समूह इस्योन ९थ्क्ष्क्ज्क्ष्इल्० को स्वामित्वमा रहेको यो ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा मिसियोबाट परिचित छ । चीनमा मिसियोका ३२ वटा फ्याक्ट्री छन् भने ५ हजार भन्दा बढी स्टोर्स छन् ।

ग्लोबल आइएमई बैंकको २ नयाँ शाखारहित बैंकिङ्ग सेवा

ग्लोबल आइएमई बैंकले रोल्पाको ताप्लाबजार र सिराहाको कल्याणपुरमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप २ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २२९ पुगेको छ ।

बैंकले रोल्पा जिल्लाको गंगादेव गाँउपालिका वडा नं. ७, ताप्लाबजारमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा कमला ओली र सिराहा जिल्लाको कल्याणपुर गाँउपालिका वडा नं. ६, कल्याणपुरमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा किरण कुमारी साहलाई नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, DISH HOME/CDMA/UTL/NTC को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २५९ शाखा सञ्जाल सहित २३५ एटिएम, ४३ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २२९ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको २४२ औं शाखा बाग्लुङको शेराबजारमा

राष्ट्रिय वाणिज्य बैंकले बाग्लुङ जिल्लाको जैमिनि नगरपालिका-१ स्थित शेराबजार शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

उक्त शाखाको जैमिनि नगरपालिकाका प्रमुख ईन्द्रराज पौडेलले बैंकको २४२ औं शाखा कार्यालयको उदघाट्न गरेका हुन् ।

कार्यक्रममा जैमिनि नगरपालिकाका नगर प्रमुख पौडेलले महामारीको समयमा बैंकले शाखा स्थापना गरी नगरवासीलाईलाई बैंकिङ सेवा उपलब्ध गराएको बताए ।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २४२ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ सेवा रहेको छ ।

सेन्चुरी बैंकले ऋणपत्र जारी गर्ने

सेन्चुरी बैंकले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ‘सेन्चुरी बैंक ९% सेन्चुरी ऋणपत्र २०८५’ जारी गर्नको लागि अनुमति लिन धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

बैंकले प्रति कित्ता एक हजार रुपैयाँको दरले २ अर्ब २० करोड रुपैयाँको २२ लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो । २२ लाख कित्तामा ८ लाख ८० हजार कित्ता सर्वसाधारण र १३ लाख २० हजार कित्ता सेयर बैंक आफैले विभिन्न संघ संस्थालाई बिक्री गर्ने भएको छ ।

१० वर्षको लागि जारी हुन लागेको ऋणपत्रको वार्षिक ब्याजदर ९ प्रतिशत रहेको छ । बैंकको ऋणपत्रको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । बोर्डले अनुमति दिएपछि बैंकले ऋणपत्र जारी गर्ने छ ।