जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

चार वटा संस्थाले धितो र ब्याज रहित १८ महिनाका लागि ऋण दिने घोषणा

एनएमबि, लक्ष्मी बैंक, स्विस सरकार विकास सहयोग (एसडीसी) र वान टु वाचको साझेदारीमा कोभिड–१९ एमएसएमई कोषको घोषणा गरेका छन् । यो कोषको मूल उद्देश्य कोभिड–१९ बाट प्रभावित लद्यु, साना तथा मझौला व्यावसायहरुलाई सहयोग दिने रहेको छ ।

कोषबाट व्यवसायहरुलाई छोटो अवधिका लागि कर्जा प्रदान गर्नुका साथै व्यवसायअनुकूल परामर्श र तालिम पनि प्रदान गरी व्यवसायको दीर्घायु निरन्तरतामा सहयोग पुर्याउन र रोजगारी जोगाउन मद्दत गर्ने रहेको छ। यो कोषद्वारा करिब १०० व्यवसायलाई सहयोग पुर्याउने र करिब १ हजार रोजगारी जोगाउने अपेक्षा गरिएको जनाइएको छ ।

कोभिड–१९ बाट प्रभावित तर व्यवसाय गर्ने क्षमता भएका व्यवसायलाई धितोरहित कर्जा र १८ महिनासम्मका लागि ब्याज पनि मिनाहा गरिने जारी विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी, व्यवसायहरुमध्ये छनोटमा परेका व्यवसायीहरुले आफ्नो व्यवसायअनुकूल परामर्श पनि प्राप्त गर्ने संस्थाको भनाइ छ ।

एनएमबी बैंकका सीईओ सुनील केसीले एनएमबी बैंकको प्राथमिकता भनेको दिगो बैंकिङ रहेको बताए। ‘एमएसएमई नै अर्थतन्त्रको दिगो बृद्धिको प्रमुख चालक हुन भन्ने हाम्रो धारणा हो। सम्पूर्ण व्यावसायिक क्षेत्रहरु विशेषगरी एमएसएमई अहिले कमजोर छ र घाटा व्यहोरिरहेको छ’, उनले भने, ‘यस्ता व्यवसायहरुको पुनरुद्धार योजनालाई साथ दिन, एनएमबी बैंक, एक साझेदार बैकंका रुपमा अतिप्रभावित व्यवसायलाई धितोरहित कर्जा प्रदान गर्न प्रतिबद्ध छ। एनएमबी बैंकले यस्तो अन्य पहलहरुलाई समर्थन प्रदान गर्न प्रतिबद्ध छ।’

लक्ष्मी बैंकका सीईओ अजय विक्रम शाहले लक्ष्मी बैंक एक खुद्रा तथा एमएसई केन्द्रित बैंक रहेको स्पष्ट पारे। ‘हामी आशावादी छौं कि यो सहकार्यले ऋण योग्य साना उद्यमीहरुलाई बैकं ऋणको पहुँचले यस विषम परिस्थितिमा, व्यवसाय र जिविका चलाउन सहयोग पुर्याउनेछ’, उनले भने, ‘हाम्रो धारणा यो छ कि एमएसईहरुलाई यस समय विशेष ध्यान र सहयोगको आवश्यकता छ र यस क्षेत्रले देशको अर्थतन्त्र पुनः चलायमान गर्नका साथै दीर्घकालीन अवधिमा अर्थतन्त्रलाई गति दिएर टेवा पुर्याउनेछ।’

‘यस्तो विषम परिस्थितिमा, यो कोषले वान टु वाचको लगानी र व्यवसाय परामर्शको विशेषज्ञताको प्रयोग गर्दै उच्च क्षमता भएका व्यवसायलाई पहिचान गरी सहयोग गर्नेछ’, वान टु वाचका प्रबन्ध निर्देशक सुमन जोशीले भने, ‘आशा छ कि यो पहल एक ‘पायलटरप्रयोगात्मक’ हुनेछ, जसमा अरु बैंक साझेदारहरुको सहभागिता बढ्दै जानेछ ।’

नेपालका लागि स्विस राजदूत एलिजाबेथ भोन क्यापेलरले लद्यु, साना तथा मझौला व्यावसायहरु नेपालको अर्थतन्त्रको मेरुदण्ड रहेको उल्लेख गरिन्। ‘यी व्यवसायहरुले धेरै रोजगारी प्रदान गर्छन् र नवीनताका चालक हुनुका साथै नयाँ रोजगारी पनि प्रदान गर्दछन’, उनले भनिन्, ‘तसर्थ यी व्यवसायहरुको आथिक अवस्थामा सुधार ल्याउँदा समग्र अर्थतन्त्र नै पुनः चलायमान गर्न बलियो जग खडा गर्न सकिनेछ। लामो समयदेखि नेपालको विकास साझेदारका रुपमा रहेको एसडीसीले निजी क्षेत्रसँगको साझेदारीमा गरिने यस पहललाई सहयोग गर्दा गर्व महसुस गरेका र्छौं।’

सांग्रिला डेभलपमेन्ट बैंकको असनमा नयाँ शाखा संचालनमा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडौंको असनमा विहीबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट ग्राहकलाई अझ सरल र सहज तरिकाले बैकिंङ सेवा दिने बैंकले जनाएको छ ।  ।

बैंकका मुलुकभर ९२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

सिटिजन्स बैंकको ‘डिजिटल दक्षिणा दिऊँ, क्यासव्याक लिऊँ’ योजना सार्वजनिक

सिटिजन्स बैंक इन्टरनेशनलले ‘डिजिटल दक्षिणा दिऊँ, क्यासव्याक लिऊँ” योजना सार्वजनिक गरेको छ ।

बैंकका ग्राहकहरुले मोबाइल बैकिङ्ग मार्फत दशैमा दक्षिणा पठाउँदा २५ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्ने भएका छन् । बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरुले दशैंको दिन देखि द्वादशीसम्म तीन पटक गरी ५ सय भन्दा बढी दक्षिणा पठाएमा सो क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यसरी दक्षिणा पठाउँदा बिबरणमा भने ‘दक्षिणा’ भनी खुलाउनपर्ने छ ।

दशैलाई लक्षित गरि ल्याइएको यो योजनाबाट डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने र कोभिड नियन्त्रण बिरुद्धको यात्रामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकलले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा एटिएम र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवा दिँदै आएको छ । कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ ।

कोरोनाको त्रास अझै कायम रहेको अवस्थामा ग्राहकलाई सकेसम्म बैंकमा नआइ बैकिङ्ग सुबिधा प्राप्त गर्न सहज होस् भनी बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग-ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सक्ने व्यवस्था गरेको छ ।

नेपाल बङ्गलादेश बैंकद्वारा मुस्कान सेवा नेपाललाई सहयोग प्रदान

नेपाल बङ्गलादेश बैंकले भक्तपुर जिल्ला सिपाडोल-८, सूर्यविनायकमा रहेको मुस्कान सेवा नेपाल नामक अनाथालयलाई ३ लाख रुपैयाँ सहयोग गरेको छ ।

अनाथालयमा हाल ५ छात्र तथा ७ छात्राहरु रहेका छन् । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द« भुषण श्रेष्ठले मुस्कान सेवा नेपालकी अध्यक्ष भवानी गुरुङ्गलाई उक्त रकम हस्तान्तरण गरेका छन् ।

मुस्कान सेवा नेपालले सिपाडोल-८, सूर्यविनायक, भक्तपुर आफ्नै भवन निमार्ण गरिरहेको छ । सोही भवन निमार्णका लागि उक्त रकम प्रदान गरिएको बैकले जनाएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिक्तामा राख्दै आएको र आगामी दिनमा यस्ता सहयोग गर्दै जाने जनाएको छ ।

बैँकले आफ्नो संस्थागत नारा नै “हामी सबैको बैँक” भन्ने रहेकोले सो नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवन स्थरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।

माछापुच्छ्रे बैंकको दशैं अफरः डिजिटल दक्षिणा पठाउँदा क्यासब्याक पाइने

माछापुच्छ्रे बैंकले नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा माछापुच्छ्रे मोवाइल मनि मार्फत डिजिटल दक्षिणा पठाउने ग्राहकलाई आकर्षक क्यासब्याक प्रदान गर्ने भएको छ ।

कोरोनाको जोखिम बढ्दै जादाँ नगदरहित कारोबारलाई जोड दिँदै बैंकले दशैमा दिइने दक्षिणा डिजिटल माध्यमबाट दिन आग्रह गर्दै डिजिटल दक्षिणा दिने ग्राहकलाई अधिकतम १०० रुपैयाँसम्म क्यासव्याक दिने भएको हो ।

विजया दशमीको दिनदेखि पूूर्णिमासम्म बैंकको मोबाइल बैंकिङ्ग एप माछापुच्छ्रे मोवाइल मनि (एम थ्री) मार्फत जुुनसुुकै बैंकको खातामा दक्षिणा पठाउँदा ग्राहकहरुले उक्त क्यासव्याक प्राप्त गर्न सक्नेछन् । क्यासव्याक प्राप्त गर्न ग्रांहक महानुुभावहरुले पैसा ट्रान्सफर गर्दा प्रोमो कोड मा दक्षिणा लेख्नुुपर्नेछ ।

उक्त क्यासव्याक पूूर्णिमापछि ग्राहकमहको खातामा सिधै जम्मा हुुनेछ । क्यासव्याक प्राप्त गर्न न्यूूनतम २०० वा सो भन्दा बढिको दक्षिणा कारोबार गर्नुुपर्नेछ । बैकले आफ्ना ग्राहकहरुलाई स्मार्ट सुुविधा दिने उद्देश्यले विभिन्न समयमा विभिन्न अफरहरु संचालनमा ल्याएको छ ।

बैंकले २० औं वार्षिकोत्सवको अवसरमा डिजिटल दक्षिणाको साथमा बैंकको २०-२० अफर संचालन गरिरहेको छ । जसअन्तर्गत बैंकले कार्ड तथा क्युुआर कोडबाट गर्ने कारोबारमा ग्राहकलाई २० प्रतिशतसम्म क्यासव्याक प्रदान गरिरहेको छ ।

आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा आउने

नेपाल राष्ट्र बैंकले आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा ल्याउने भएको छ । साविकको आकार, रंग र बाह्रसिङ्गेको चित्र रहेको २० रुपैयाँको नयाँ नोट आजदेखि चलनचल्तीमा ल्याउन लागेको बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

विभागका अनुसार नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, तत्कालिन गभर्नर डाक्टर चिरञ्जीवी नेपालको दस्तखत तथा तल्लो भागको बोर्डरमा सिरिज नम्बर नेपालीमा वि.सं. २०७६ लेखिएको हुनेछ ।

यस्तै पृष्ठ भागमा नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा Nepal Rastra Bank लेखिएको, मध्य भागमा बाह्रसिङ्गे चित्र रहेको, तल्लो भागको बोर्डरमा अंग्रेजीमा Rupees Twenty लेखिएको र सिरिज नम्बर अंग्रेजीमा 2020 A.D लेखिएको हुनेछ ।

उद्यमी बन्न स्टार्टअप आइडिया कलः निशुल्क तालीम र तीन प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा

उद्यमी बन्न चाहने युवाका लागि बागमती प्रदेश सरकार, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा नवप्रवद्र्धन प्रस्ताव आह्वान(स्टार्ट अप आईडिया कल) आयोजना गर्ने भएको छ ।

युवाहरुको ज्ञान, सीप र क्षमतालाई नवप्रवद्र्धन प्रस्ताव आह्वान गरी संकलन गर्ने, उत्कृष्ट आइडिया पठाउने युवाहरुलाई उद्यमशीलता सम्वन्धी निशुल्क तालिम प्रदान गरी राष्ट्रिय वाणिज्य बैंक मार्फत युवा उद्यमीका लागि सहुलियतपूर्ण कर्जा प्रवाहका लागि बुधवार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय अरुण नेपालको उपस्थितिमा मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गाना, राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र विशाल फाउण्डेशनका अध्यक्ष नरेशप्रसाद श्रेष्ठबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

यस कार्यक्रम मार्फत प्रवाह गरिने कर्जा न्युनतम एकदेखि अधिकतम तीन प्रतिशत ब्याजदर कायम गरिएको र अधिकतम १५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा प्रवाह गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बताए ।

समझदारी पत्र हस्ताक्षर समारोहमा बोल्दै मन्त्री अरुण नेपालले ज्ञान, सीप र क्षमता भएका युवालाई देशमै उद्यमी बनाउन निःशुल्क रुपमा तालीम प्रदान गर्ने बताए । ज्ञान, सीप र प्रविधि सहित निकै सस्तो ब्याजदरमा बिना धितो युवाहरुले कर्जा समेत प्राप्त गर्ने भएकाले यो आर्थिक वर्षमा एकसय भन्दा बढी नयाँ स्टार्टअप कम्पनीहरु स्थापना हुने मन्त्री नेपालले विश्वास व्यक्त गरे ।

नवप्रवद्र्धन प्रस्ताव आह्वान, तालीम सञ्चालन र सहुलियतपूर्ण कर्जा प्रवाह कार्यक्रमको समन्वय गरिरहेको विशाल फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले नयाँ युवा उद्यमीका पूर्ण प्याकेज सहितको कार्यक्रम डिजाइन गरिएको जानकारी दिए । नयाँ नयाँ आइडिया भएर पनि कहाँ जाने, कस्लाई भेट्ने, लगानी कसरी खोज्ने, तालीम कसरी लिने भनेर दुविधा मा भएका युवाहरुलाई निःशुल्क रुपमा सरकार, निजी क्षेत्र सहितको साझेदारीमा यो कार्यक्रम अगाडि सारेको फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेको भनाई रहेको छ ।

समझदारी अनुसार मङ्सिर पहिलो हप्ताबाट आइडिया कल सुरु हुने छ । पुस र माघ महिनामा आइडिया पठाउने युवाहरुलाई तालीम प्रदान गरी फागुन र चैत्र महिनामा सहुलियतपूर्ण कर्जा प्रवाह हुने छ । नेपालमा उद्यमी बन्न चाहने युवाका लागि यो स्टार्टअप आइडिया कल निकै उपयोगी हुने आयोजकहरुले बताएका छन् ।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २४२ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

गोर्खा ब्रुअरीको गोदामा सील, ४ लाख ३७ हजार कार्टुन वियर बिक्रीमा समेत रोक, ९० करोड अन्तशुल्क तिर्न आन्तरिक राजश्व विभागको निर्देशनः वियर होकि लोकल रक्सी ?

बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रअरीले आम नेपालीको स्वास्थ्य माथी गम्भीर खेलवाड गर्दै गुणस्तरहिन वियर उत्पादन गरि बिक्री वितरण गरेको पुष्टी भएको छ । विदेशी लगानीकर्ता काल्सवर्ग समूहको ९० प्रतिशत र राजेन्द्र खेतानको मात्रै १० प्रतिशत शेयर रहेको गोर्खा ब्रअरीले नेपालमा फरक÷फरक नामका ४ वियर उत्पादन गर्दै आएको छ ।

यी चारवटै काल्सवर्ग, टुवर्ग, गोर्खा र सानमिगल बियर गुणस्तरहिन र हानिकारक भएको भन्दै कारवाही गर्ने प्रक्रिया शुरु भएको भेटिएको छ ।
यी चारवटै वियरमा गुणस्तरहिन र हानिकारक भएको भन्दै उत्पादनलाई बिक्री वितरणमा रोक लगाईएको आन्तरिक राजश्व विभागले जनाएको छ ।

विभागले गोर्खा ब्रअरकिो उत्पादन सानमिगल, टुवर्ग, गोर्खा, काल्सवर्ग वियरमा न्यूनतम हुनुपर्ने गुणस्तर पनि नभेटिएपछि ४ लाख ३७ हजार कार्टुन वियर भण्डारण गरिएको नवलपरासी स्थित गोदाममा नै सील गरिदिएको खुलेको छ । नेपालीहरुको महान चार्डपर्व दशैं, तिहार र छठमा बढि वियर विक्री हुने मौका छोपी जनताकै स्वास्थ्यमा हानी पु¥याउने किसिमका वियर भेटिएपछि विभागले बिक्रीमै रोक लगाएको भए पनि बजारमा वियर विक्री भइरहेको पाइन्छ ।

तोकिएको र आवश्यकता भन्दा कम गुणस्तरमा ५० प्रतिशतभन्दा कम जौको मात्रा प्रयोग गरी कम्पनीले वियर उत्पादन गरेपछि गोदाम नै सिल गरिदिएको हो । गुणस्तर कम भएका वियरहरु सिल गरिएको र सोही अनुसारको अन्तशुल्क दाखिला नगरेसम्म सिल कायम रहने विभागका महानिर्देशक विनोदबहादुर कुँवरले पंक्तिकारसंग टेलिफोनमा बताए ।

‘गोर्खा ब्रुअरीले उत्पादन गर्ने सबै खालका वियरमा गुणस्तर कम भेटिएपछि हामीले नवलपरासी गोदाम सिल गरेका छौ’, विभागका महानिर्देशक कुँवरले भने, ‘गुणस्तर कम पाईएका कारण अब अन्तशुल्क नतिरेसम्म सिल यथावत रहन्छ । उनीले दाबी गरे ।

वियरको लागि ५० प्रतिशतभन्दा बढी जौको मात्रा राख्नुपर्नेमा गोर्खा ब्रुअरीले ५० प्रतिशतभन्दा बढी कनिका राखेर उत्पादन गरेको निरीक्षणमा भेटिएको देखिन्छ । विभागले गरेको निरीक्षणमा कनिका राखेर वियर उत्पादन गरेको पाईएपछि गोदाम सिल गरिएको हो । गोदाम सिल भएपछि मापदण्ड कायम गरेर उत्पादन गरिएको भनिएका वियरमा पनि विभागले सुक्ष्म अध्ययन गरिरहेको विभाग उच्च स्रोतको दाबी छ ।
कानुनमा भएको व्यवस्था अनुसार ५० प्रतिशतभन्दा बढी जौको मात्रा राखेर बनेको वियरमा प्रतिलिटर १६५ रुपैयाँ अन्तशुल्क लाग्छ । ५० प्रतिशतभन्दा कम जौको मात्रा प्रयोग भए प्रतिलिटर ४२३ रुपैयाँ अन्तशुल्क लाग्ने प्रावधान छ ।

आन्तरिक राजश्व विभागले सिल गरेको गोर्खा ब्रुअरीको गोदाममा भएको ४ लाख ३७ हजार बक्सको अतिरिक्त अन्तशुल्क ९० करोड रुपैयाँ लाग्ने भएको छ । विभागले ’जरीवाना’ स्वरूप लगाएको ९० करोड रुपैयाँ अन्तशुल्क नतिरेसम्म सिल गरिएको नवलपरासीको उक्त गोदाम नखोल्ने भएको हो ।

यसबारेमा उद्योगले भने अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएको र बरु मापदण्ड पूरा गरेको भन्दै नयाँ उत्पादन थालेको छ । खेतान समूह र काल्सवर्ग समूहले सन् १९८९ मा गोर्खा ब्रअरीको सुरुवात गरेका इतिहास छ । गोदाम भण्डारमा रहेका ४ लाख ३७ हजार कार्टुन वियरमा आन्तरिक राजश्व विभागले अनुगमन पछि गुणस्तर घटेकाले उच्च अन्तःशुल्क लगाउने निर्णय गरेको हो ।

गोर्खा ब्रुअरीले भने अन्तःशुल्कमा असन्तुष्टि जनाउँदै आएको छ । उसले थप अन्तःशुल्क नतिर्ने भन्दै ‘मिलाउन’ उच्च अधिकारी र नेताहरुसँग भेटेर लविङ गरिरहेको उच्च स्रोतको दाबी छ । सन् १९८९ मा खेतान समूह र काल्सबर्ग समूहको संयुक्त लगानीमा गोर्खा ब्रुअरी सुरु भएको हो। सन् २०१० देखि काल्सबर्ग समूहले अधिकांश शेयर खरिद गरेर व्यवस्थापन सम्हाल्दै आएको देखिन्छ ।

आन्तरिक राजश्व विभागले ‘गुणस्तर नपुगेको भन्दै वियरबाट लोकल रक्सी’मा घटुवा गरेको गोर्खा ब्रुअरीले ९० करोड नयाँ दर अनुसारको अन्तःशुल्क चुक्ता नगरेसम्म बजारमा लैजान रोक लगाएको भएपनि बजारमा वियर बिक्री भइरहेको पाइन्छ ।
आन्तरिक राजश्व विभागले वियरको गुणस्तर नपुगेर थप गरेको अन्तःशुल्कसहितको रकम चुक्ता गरेपछि मात्रै बजारमा लैजान अनुमति दिने शर्तसहितको पत्र पठाएको भेटिएको छ । हेक्का होस् प्रधानमन्त्रीज्यू ।

गोर्खा ब्रुअरीले उत्पादन गर्ने चारै नामको वियरको रेसिपीमा ५० प्रतिशतभन्दा बढी कनिका भेटिएको छ । वियरका लागि शुद्ध जौ नै हुनुपर्छ । नेपालमा राम्रो बजार हिस्सा ओगटेको गोर्खा ब्रुअरीका वियरहरुमा कनिकाको मात्रा बढी हुँदा त्यसले स्वास्थ्यमा पनि बढी असर गर्छ । ‘गोर्खा ब्रुअरीले उत्पादन गर्ने वियरहरुमा जौको गुणस्तर नपुगेकाले वियरको अन्तःशुल्क नभई अन्य स्थानिय रक्सी सरहको अन्तःशुल्क तिर्नुपर्ने निर्देशन हामीले दिएका छौं’, आन्तरिक राजश्व विभाग उच्च स्रोतको दाबी छ ।

वियरमा हुनुपर्ने गुणस्तर नभएपछि आन्तरिक राजश्व विभागले अन्तःशुल्कको मूल्य बढाइ दिएको छ । वियर बनाउन कनिकाको मात्रा प्रयोग गर्नु भनेको लोकल रक्सी बनाउने प्रविधि हो । यसले गुणस्तर पनि कम हुने, सस्तो पनि पर्ने र जनस्वास्थ्यमा पनि असर गर्ने विभागको दाबी छ ।
वियरमा सरकारले प्रतिलिटर १ सय ६५ रुपैयाँ अन्तःशुल्क तोकेको छ । तर, कनिका बढी हालेका कारण विभागले गोर्खा ब्रुअरीका उत्पादनलाई वियरको मान्यता नदिई अन्य सरहको अन्तःशुल्कका लागि कम्पनीलाई निर्देशन दिएको छ । लोकल रक्सी सरहको मान्यता पाएपछि अब गोर्खा ब्रुअरीले उत्पादन गर्ने चारवटा वियरले प्रतिलिटर ४ सय ३० रुपैयाँ अन्तःशुल्क तिर्नुपर्ने हुन्छ ।

अहिले मुलुक कोरोना महामारीको चर्को चपेटामा फसेको मौका छोपी बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रअरीले गुणस्तरहिन वियर उत्पादन गरि बजार पठाएर आम नेपाली जनताको स्वास्थ्यमा खेलवाड गरेको भएपनि शक्ति र पैसाको भरमा कारवाहीबाट बच्ने प्रपन्च रचिरहेको देखिन्छ । सचेत भया ।

कुमारी बैंकले प्रस्ताव गर्यो १४ प्रतिशत लाभांस, १० प्रतिशत बोनस सेयर, चार प्रतिशत नगद

कुमारी बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशत लाभांस  दिने प्रस्ताव गरेको छ।

बैंकको बुधवार बसेको संचालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर तथा चार प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।

बैंकले गरेको लाभांसको प्रस्ताव नेपाल राष्ट्र बैंकको अनुमति र बैंकको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि वितरण हुनेछ।

बैंकको अहिले चुक्ता पुँजी १२ अर्व ५२ करोड रुपैयाँ छ। बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी १३ अर्व ७५ करोड रुपैयाँ पुग्नेछ।

२० वर्ष देखी बैंकिङ सेवा दिंदै आएको कुमारी बैंकसँग अहिले एक खर्व २२ अर्ब निक्षेप र एक खर्व १५ अर्ब रुपैयाँ कर्जा लगानी छ।

नबिल इन्भेष्टमेन्ट बैकिङले बोलायो ११ औं वार्षिक सभा, नबिल बैंकले ४ करोड नगद लाभांश पाउने

नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले एघारौं वार्षिक साधारण सभा  कात्तिक २६ गते बोलाएको छ। कम्पनीले उक्त सभा नक्सालस्थित आफ्नै सभाकक्षमा बिहान ११ बजे गर्ने भएको हो।

कम्पनीको साधारणसभाले करसहित २० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

लाभांश नबिल बैंकले पाउने भएको छ। यो कम्पनी नबिल बैंकको सहायक कम्पनी भएकोले लाभांशको हिस्सेदार बैंक भएको हो।

त्यस्तै सभाले आर्थिक वर्ष ७६/७७ को संचालक समितिको प्रतिवेदन तथा वित्तीय विवरण छलफल गरि पारित गर्नेछ भने आगामी आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक पनि तोक्नेछ।

बैंक वित्तीय संस्थाको वित्तीय विवरण प्रकाशन गर्ने समय थप

बैंक तथा वित्तीय संस्थाको त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्ने समय थप भएको  छ । बुधबार नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थालाई वित्तीय विवरण सार्वजनिक गर्ने अवधि थप गरिदिएको हो  ।

राष्ट्र बैंकले बुधबार जारी गरेको सूचना अनुसार अब बैंक वित्तीय संस्थालाई चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय प्रतिवेदन कात्तिक मसान्तभित्र प्रकाशन गरे हुने बताएको छ ।

राष्ट्र बैंकबाट अनुमति प्राप्त क, ख र ग वर्षका वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशन गर्ने म्याद कात्तिक मसान्तसम्म कायम गरिएको जनाएको हो । तर, लघुवित्तहरुलाई भने राष्ट्र बैंकले त्रैमासको विवरण प्रकाशन गर्ने समय थप गरेको छैन ।

बैंक तथा वित्तीय वित्तीय संस्थाले हरेक त्रैमास अन्त्य भएको १५ दिन भित्र अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशन गर्नु पर्ने व्यवस्था छ । अब वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने समय १५ दिन थप पाएका छन् ।

प्रभु बैंकले रुपन्देही जिल्ला प्रशासन कार्यालयमा एक्सटेन्सन काउन्टर खोल्यो

प्रभु बैंकले रुपन्देहीको जिल्ला प्रशासन कार्यालयमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ।

एक्स्टेन्सन काउण्टरबाट जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यालयको काम गर्न सहज र सरल हुने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैंकको  २ सय १० वटा शाखा कार्यालय, १ सय ९४ वटा एटीएम र ५५ वटा एक्सटेन्सन काउन्टर छ।