जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

मेगा बैंको डिजिटल दक्षिणा : ‘तीनमा तीन सय’ रुपैंया

मेगा बैंक नेपाल लिमिटेडले दशैंमा दक्षिणा दिनका लागि ‘तीनमा तीन सय’ नामक आकर्षक अफर ल्याएको छ ।

कोरोनाको असहज परिस्थितिमा नोटबिहीन बैंकिङ कोरोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैंकले ल्याएको ‘डिजिटल दक्षिणा’ अफरमा दक्षिणा दिनेले पनि तीन सय रुपैंया पाउनेछन् । त्यसका लागि मेगा बैंकका ग्राहकले मेगा स्मार्ट बैंकिङ एप प्रयोग गरेर फोन पेमार्फत कुनै पनि बैंकको तीन वटा खातामा दक्षिणा स्वरुप रकम पठाउनुपर्नेछ । दक्षिणा बापत रकम पठाउनेको खातामा मेगा बैंकबाट ३ सय रुपैंया ‘क्यासब्याक’को व्यबस्था गरिएको छ । तर, रकम पठाउँदा विवरण (रिमार्कस्) मा ‘दक्षिणा’ भनी खुलाउन बैंकले अनुरोध गरेको छ ।

दशैंको टीकाको दिनदेखि पूर्णिमासम्म रहने यो अफरमा ग्राहकहरुले तीन वटा खातामा गरी न्यूनतम ५ सय रुपैंया दक्षिणा स्वरुप रकमान्तर गर्नुपर्ने मेगा बैंकले जनाएको छ ।

एन आई सी एशिया बैंकद्वारा २० प्रतिशत लाभांश प्रस्ताव

एन आई सी एशिया बैंक लिमिटेडको संचालक समितिको ४६० औं बैठकको निर्णयानुसार यस बैंकको आ.व. २०७६÷७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २० प्रतिशत लाभांश (रू. १ अर्ब ९४ करोड ३५ लाख) वितरण गर्ने प्रस्ताव गरिएको छ ।

बैठकले उक्त प्रस्तावित लाभांश मध्ये १९ प्रतिशत बोनश शेयर (रू. १ अर्ब ८४ करोड ६३ लाख) र १ प्रतिशत नगद लाभांश (रू. ९ करोड ७२ लाख) लाभांश कर प्रयोजनार्थ प्रदान गर्ने निर्णय गरेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २३ औं वार्षिक साधारण सभाको स्वीकृत पश्चात् आवश्यक नियमनकारी प्रक्रिया पुरा गरी बैंकका शेयरधनी महानुभावहरूलाई वितरण गरिनेछ ।

बैंकले गत आ.व. २०७६÷७७ मा प्रति शेयर आम्दानी रू. ३१.८९ आर्जन गर्न सफल भएको थियो भने खुद मुनाफातर्फ वार्षिक बिन्दुगत आधारमा ज्यादै कम वाणिज्य बैंकहरू मध्ये यस बैंकले २.४९ प्रतिशत (रू. ७.५२ करोड) को वृद्धि सहित रू. ३ अर्ब ९ करोड आर्जन गर्न सफल भएको थियो । बैंकको स्व–पुँजीमा प्रतिफल (च्यभ्) १९.२६ प्रतिशत रहेको छ र यस बैंक स्व–पुँजी प्रतिफलमा मुलुकका निजी क्षेत्रका बैंकहरू मध्ये प्रथम बैंक रहन सफल भएको छ ।

बैंकको आ.व. २०७६÷७७ मा कुल कर्जामा बजार अंश ६.२० प्रतिशत रहेको छ भने वार्षिक बिन्दुगत आधारमा रू. २४ अर्बले वृद्धि गरी कुल कर्जा रकम रू. १७४ अर्ब पुगेको छ । जुन वाणिज्य बैंकहरूको गत आर्थिक वर्ष ०७६÷०७७ मा भएको कुल कर्जा वृद्धि रकमको ७.४१ प्रतिशत रहेको छ ।

समग्र वाणिज्य बैंकहरूमा गत आर्थिक वर्षमा १३ प्रतिशत (करिब रू. ३२१ अर्ब मर्जरको कारणले भएको वृद्धि समायोजन पश्चात्) ले कर्जा वृद्धि भएकोमा यस बैंकले १६ प्रतिशत (रू. २४ अर्ब) ले कर्जा वृद्धि गर्न सफल भएको छ । जुन वाणिज्य बैंकहरूले सो आर्थिक वर्षमा गरेको वृद्धि मध्ये सबैभन्दा उच्चतम वृद्धि हो । साथै बैंकको स्वदेशी मुद्राको निक्षेप संकलनतर्फ गत आर्थिक वर्षको अन्त्यमा बजार अंश ६.२० प्रतिशत रहेको छ भने वार्षिक बिन्दुगत आधारमा रू.३८ अर्बले वृद्धि गरी स्वदेशी मुद्राको निक्षेप संकलन रू. २११ अर्ब पु¥याउन बैंक सफल भएको छ ।

जुन वाणिज्य बैंकहरूमा गत आर्थिक वर्ष ०७६÷०७७ मा भएको कुल वृद्धिको ७.३ प्रतिशत रहेको छ । साथै समग्र वाणिज्य बैंकहरूमा गत आर्थिक वर्षमा १६ प्रतिशत (करिब रू.४८३ अर्ब मर्जरको कारणले भएको वृद्धि समायोजन पश्चात्) ले स्वदेशी मुद्राको निक्षेप वृद्धि भएकोमा यस बैंकले २२.५० प्रतिशत (रू.३८ अर्ब) ले स्वदेशी मुद्राको निक्षेप वृद्धि गर्न सफल भएको छ ।

बैंकले आफ्नो रणनीति अनुसार कर्जा पोर्टफोलियोमा न्यून जोखिम कायम गर्ने उद्देश्य अनुरूप गत आर्थिक वर्षसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला कर्जा, रिटेल कर्जा र प्रत्यक्ष विपन्न वर्ग कर्जामा रणनीतिक क्षेत्रहरूमा विस्तार गरेको छ ।

बैंकले अवलम्वन गरेको सो रणनीतिको परिणाम स्वरूप बैंकको प्रमुख १० ग्राहक महानुभावहरूको कुल कर्जा अंश बैंकको कुल कर्जाको ५ प्रतिशत भन्दा कम रहेको छ, जुन समग्र बैंकिङ्ग क्षेत्रकै सबैभन्दा उत्कृष्ट किसिमको र अत्यन्त न्यून जोखिम भएको मध्ये पर्दछ । गत आर्थिक वर्षमा बैंकले चल्ती तथा बचत निक्षेप तर्फ रू. २२.१२ अर्बले वृद्धि गरी CASA  मिश्रणको प्रतिशत ४५ पु¥याउन सफल भएको छ जुन समग्र वाणिज्य बैंकहरूको औषत करिब ४४ प्रतिशतको तुलनामा १ प्रतिशत विन्दुले बढी हो ।

बैंकले निक्षेप तर्फ पनि साना साना निक्षेप एवम् व्यक्तिगत निक्षेप वृद्धि गर्दै जाने रणनीति अवलम्वन गरी अगाडि बढिरहेको छ । जसको परिणाम स्वरूप प्रमुख १० निक्षेककर्ताहरूको अंश बैंकको कुल निक्षेपमा केबल १० प्रतिशत मात्रै रहेको छ, जुन बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट मानिन्छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३२७ शाखा कार्यालयहरू, ४७० एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ७० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।

२२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.१ अर्ब ८७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

दशैं विदामा बैंकहरु नखुल्ने

स पटकको दशैं विदामा बैंकहरुले आफ्नो शाखाहरु सुचारु नगर्ने भएका छन्। कोभिड १९ को बढ्दो जोखिमलाई मध्यनजर गरेर यस पटक शाखा खोलेर सेवा नदिने निर्णय भएको बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले जनाएको छ।

सिमित शाखा खोलेर बैकिङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने भएकाले यस पटक दशैं विदामा बाणिज्य बैंकहरुका सबै शाखा बन्द गर्ने निर्णय भएको बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बिजपाटीलाई बताए। सिमित शाखा नखोल्दा ग्राहकलाई धेरै मर्का नपर्ने र कोरोना सर्ने जोखिम पनि नहुने भएकाले यो निर्णय लिइएको उनले बताए।

‘अन्य बैंकिङ कारोबार अनलाइन तथा डिजिटल माध्यम मार्फत भईहाल्छ, सिमित शाखा खोल्दा बैंकका कर्मचारी र ग्राहकमा पनि कोरोना सर्ने जोखिम रहन्छ, त्यहि भएर दशैं विदामा बाणिज्य बैंकहरुले शाखा खोलेर काउन्टरबाट दिने सेवा नदिने निर्णय गरेका हुन्’ उनले भने।

गत बर्षसम्म बैंकहरुले दशैं विदामा पनि उपत्यका तथा बाहिरका शाखा सिमित समय खोलेर काउन्टरबाट हुने सेवा दिँदै आएका थिए। तर कोभिड १९ को विश्वब्यापी महामारीका कारण बाणिज्य बैंकहरुले यस पटक डिजिटल बैंकिङलाई प्रोत्साहन गरि शाखा खोलेर दिने सेवालाई  दशैंको विदामा  बन्द गरेका हुन्।कात्तिक ७ देखि ११ गतेसम्मलाई दशैं विदा रहेको छ।

साइबर एलायन्स फर म्यूचल प्रोग्रेस ( क्याम्प) को सदस्यमा नेपालको सेन्टर फर साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन

साइबर एलायन्स फर म्यूचल प्रोग्रेस (क्याम्प) को पाँचौँ वार्षिक बैठकबाट नेपालको प्रतिनिधित्व गर्दै सेन्टर फर साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन सदस्यमा निर्वाचित भएको छ ।

क्याम्पको मुख्यालय सोल, दक्षिण कोरियामा सेप्टेम्बर १४-२०, २०२० मा आयोजना भएको साइबर एलायन्स फर म्यूचल प्रोग्रेस (क्याम्प) को पाँचौँ वार्षिक बैठकबाट सिएसराआई सदस्यमा निर्वाचित भएको हो।

साइबर एलायन्स फर म्यूचल प्रोग्रेस (क्याम्प)ले अक्टोबर, २०२० को आफ्नो आधिकारिक क्याम्प न्यूजलेटर नं. १९ सार्वजनिक गर्दै सिएसराआई सदस्यमा निर्वाचित भएको जानकारी दिएको हो ।

सो आधिकारिक क्याम्प न्यूजलेटरमा उल्लेख भए अनुसार सेन्टर फर साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन नेपाललाई नयाँ सदस्यमा स्वागत गरिएको छ । यसअघि नेपालका तर्फबाट नेपाल सरकारका निकायहरु राष्ट्रिय सूचना प्रविधि केन्द्र र राष्ट्रिय अनुसन्धान विभाग मात्र सदस्य रहेका थिए ।

साइबर एलायन्स फर म्यूचल प्रोग्रेस (क्याम्प)को सदस्यमा हाल ४६ वटा देशहरुको ६० वटा सरकारी, सार्वजनिक निकाय तथा मूनाफा रहित संगठित संस्थाहरु सदस्य रहेका छन् ।

उक्त पाँचौँ वार्षिक बैठकमा सिएसराआईका उपाध्यक्ष मिलन राज नेपाली अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा सदस्य प्राप्तका लागि सिएसराआईको तर्फबाट नेतृत्व गर्नुभएको थियो । साथै, उक्त कार्यका लागि सिएसराआईका अध्यक्ष प्रा. डा. सुवर्ण शाक्य, निवर्तमान अध्यक्ष चिरञ्जीवी अधिकारी  र महासचिव ई. शालीग्राम पराजुली समेत विशेष प्रतिनिधित्व गर्नुभएको थियो ।

नेपाल लघुवित्त बैंकर्स संघको उपाध्यक्षमा दाहाल चयन

नेपाल लघुवित्त बैंकर्स संघको उपाध्यक्षमा रामहरी दाहाल चयन भएका छन् । मेरोमाइक्रोफाइनान्स लघुवित्तका प्रमुख कार्यकारी अधिकृत दाहाल निर्विरोध निर्वाचित भएको संघका अध्यक्ष बसन्त लम्सालले वेबिनार मार्फत जानकारी दिए ।

संघको १४ औं साधारण सभामा उपाध्यक्ष पद रिक्त रहेकोले आगामी कार्यकालका लागि उपाध्यक्षमा मेरो माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत दाहालका साथमा कोषाध्यक्षमा स्वाबलम्बन लघुवित्तका भोज राज बस्याल, सदस्यहरुमा उन्नती सहकार्य लघुवित्त प्रेम पाठक, समता लघुवित्तका मदन घिमिरे, गणपती लघुवित्तका अच्युत सापकोटालाई चयन गरिएको संघले जनाएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको दुई वटा एक्सटेन्सन काउण्टर सञ्चालनमा

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले दुई नयाँ एक्सटेन्सन काउन्टर शुकुलधोका, भक्तपुर र माच्छेगाउँ, चन्द्रगिरी वडा न ९  मा  विस्तार गरेको छ। शुकुलधोका एक्सटेन्सन काउन्टर एनआईबीएलका उप महाप्रबन्धक विजेंद्र सुवालले उद्घाटन गरेका थिए।

मच्छेगौं एक्सटेन्सन काउन्टरको संयुक्त रुपमा कार्यवाहक वार्ड प्रमुख  रामकृष्ण श्रेष्ठ र एनआईबीएल बागमती प्रान्त प्रमुख बरुन श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका थिए । नवस्थापिते  एक्सटेन्सन काउन्टरहरूले स्थानीय मागलाई पूरा गर्न बैंकिग सेवाहरू प्रदान गर्नेछ र ग्राहकहरूलाई वित्तीय पहुँच पु¥याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्नेगरी बैंकिङ सेवा प्रदान गर्नेछ ।

एनआईबीएलले ८३ शाखा, १२५ एटीएम, १९ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र  ५६ शाखाविहीन बैंकिंग काउन्टरबाट ग्राहकलाई सहयोग पुर्‍याइरहेको छ।

अनुकरणीय सेवा र व्यवसायका लागि बैंकलाई पाँचवटा बैंक अफ इयर अवार्ड प्राप्तकर्ता भएको यो बैंकलाई अन्तर्राष्ट्रिय प्रकाशन यूरोमीबाट “बेस्ट बैंक द्दण्ज्ञड” को लागि यूरोमोनी पुरस्कारबाट मान्यता प्राप्त थियो। यसबाहेक, आईसीआरए नेपाल ९अन्तर्राष्ट्रिय क्रेडिट रेटिंग एजेन्सी ( नेपाल) ले बैंकलाई ए को क्रेडिट रेटिंग दिएको छ।

कोरोना कहर बीच बैंकहरुमा कर्जा खोसाखोसले बढायो बिकृत्ती र विसंङ्गती, बैंकहरु विग्रेका ऋणीलाई भित्र्याउदै, धितो मुल्याङ्कनमा समेत मनपरीः नेपाल राष्ट्र बैंक बेखबर ?

नेपालको बैकिङ्ग क्षेत्रमा कोरोना कहरबीच एकले अर्कोको कर्जा खोस्ने काम तिब्ररुपमा बढेको छ भन्दा अब चाहि फरक पर्दैन । विगत ७/८ महिना देखि कोरोना भाइरसका कारण व्यापार विस्तारमा सुस्तता आएसंगै र लकडाउन खुलेसंगै २७ वाणिज्य बैंकहरु व्यापार बढाउन ऋण नै खोसाखोस गर्दै छन् भन्दा अन्यथा नहोला ।

एउटा बैंकमा विग्रिएका कर्जा अर्को बैंकले खोसेपछि असल वर्गमा वर्गिकरण गरिने परम्परा फेरि मौलाएको भेटिएको छ । कोरोना महामारी बीच सम्स्यामा परेर विग्रेको कर्जालाई अर्को बैंकले खोस्दै असल र राम्रो भन्दै कर्जा दिनु कति उचित होला । यो चाहि खोजीकै विषय बन्दै गएको छ ।

एक वाणिज्य बैंकका सीइओले आक्रोशित हुँदै पंक्तिकारसंग नाम नलेखिदिने शर्तमा भनेः हाम्रो बैंकले वाच लिष्ट भन्दा माथी राखेको कर्जाका ऋणीलाई अर्को वाणिज्य बैंकले खोसेर असल वर्गमा देखाएको छ । यो कस्तो बैंकिङ्ग हो ? उनीले दाबी गर्दै भने हो बैंकहरुमा तरलता छ भन्दैमा कर्जा नै खोसाखोस गर्दा निकट भविषयमा विकृत्ती र बिसंगती बैंकिङ्ग क्षेत्रमा भित्र्याउनु हो । भनिन्छ यसरी खोसाखोस गरेर दिएका कर्जाले भोलि बैकिङ्ग इतिहासमै खतरा हुने छ र बैंकिङ्ग प्रणालीमै उच्च जोखिम बढ्ने देखिन्छ ।

अहिले नेपालका २७ वाणिज्य बैंकहरुले घरजग्गाको मुल्याङ्कननै पहिला भन्दा बढि गरि कर्जा दिएको भेटिएको छ । एक ठुलो बैंकका सीइओले दशैंको शुभकामना दिन फोन गरेको भन्दै पंक्तिकारलाई भने मेरो बैंकले २० करोड कर्जा दिएको धितोमा फरक बैंकले बढि मुल्याङ्कन गरि ठिक डबल ४० करोड दिएको भेटिएको छ । उनीले थपे यसबाटै प्रस्ट हुन्छ नेपालको बैंकिङ्ग प्रणाली कता जान खोजिरहेको छ भनेर ।

हिजो डिपोजिट ब्याजदरमा २७ वाणिज्य बैंकहरुबीच बोलचाल समेत बन्द जस्तो अवस्था आयो । आज कर्जा खोसाखोसले फेरि बैंकर, बैंकर बीच चिसोपन पलाएको भेटिएको छ । कोरोना कहरबीच २७ वाणिज्य बैंकहरुमा उच्च तरलता (पैसा) थुप्रिएको छ । यसैको मौका छोपी बैंकहरुले एउटाको खराब बन्दै गएको कर्जा खोसी असल ऋणी भनी कर्जा दिनु कत्ति जायत होला ?

पछिल्लो समय प्रभु बैंकले एग्रेसीभ ग्रोथका लागि अन्दाधुन्द कर्जा विस्तार गरेको उसैको पछिलो वित्तिय विवरण बाटै प्रस्ट देखिन्छ । यतिसम्मकी प्रभु बैंकले नयाँ ऋणी मात्र होइन अर्को बैंकमा भएका खराब बन्दै गएका ऋणीहरुलाई खोसी आफ्नो व्यापार बढाउने नाममा कर्जा प्रवाह गरेको खुलेको छ । भनिन्छ प्रभु बैंकले कर्जा नै खोसाखोस गर्न आधार ब्याजदर घटाएको भेटिएको छ ।

प्रभु बैंकले ६ प्रतिशत सम्मको बचतकर्ताहरुको ब्याज घटाएर ४ प्रतिशत पु¥याएको देखिन्छ । यो कस्तो बैकिङ्ग हो । यसै आधारमा ब्याजदरमाथी टेकेर प्रभु बैंकले अर्को बैंकको कर्जा खोसेको एक बैंकरले पंक्तिकारसंग बताए । अधिकाशं बैंकहरुले ब्याजस्प्रेट ४.४ भन्दा माथी नहुने व्यवस्था गरेको भेटिएको छ । राष्ट्र बैंकले दिएको निर्देशन पालना गरेका यी बैंकहरुले ऋण लगानीमा ब्याज घटाएर अर्को बैंकको विग्रीएको कर्जा खोसी असल भन्दै कर्जा दिएको देखिन्छ । कहाँ छ नेपाल राष्ट्र बैंक किन बोल्दैन ।

यतिसम्मकी आफूलाई ठूला र राम्रा भन्ने बैंकहरुले ८÷१० प्रतिशत होइन आधारदरमै बसेर ऋण दिएको भेटिएको छ । यो ऋाणीका लागि बम्पर उपहार होला तर, उस्तै उस्तै यापार गर्ने बैंक बीच चाहि कडा प्रतिस्पर्धा मात्रै होइन विकृती समेत पैदा गरेको भन्न सकिन्छ । कोरोना कहरबीच ब्यापार घटेको र आउँदा दिनमा नाफा घट्ने र आफ्नो महंगो सीइओ पद संकटमा पर्ने भएपछि नयाँ ऋणी नपाएपछि २७ वाणिज्य बैंकहरु पूरानै ऋणीलाई ब्याजदरको लोभ देखाउँदै कर्जा खोसाखोसमा लागेको देखिन्छ । यो राम्रो पक्ष पटक्कै होइन ।

ठूला नबिल र नेपाल इन्भेष्टमेण्ट बैंकले फिक्स डिपोजिटमा ९ प्रतिशत भन्दा बढि ब्याज दिएका छन् । कारण के हो भविष्यमा यसले अन्य बैंकहरुमा तरलताको कस्तो प्रभाव पार्दछ अनुमान गर्न कठिन छ । एकातीर डिपोजिट ब्याजदरमा तानातान अर्कोतिर कर्जा खोसाखोसमा यसले कोरोना कहरबीचको बैकिङ्ग प्रणालीलाई कता लैजाने हो । यो चाहि सोचनीय विषय बनेको देखिन्छ । सचेत भया ।

 

प्रम र मन्त्रीको दशैंँखर्च कोरोना उपचार कोषमा जम्मा गरिने

सरकारले प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको यस वर्षको दशैंँखर्चवापत प्राप्त रकम कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रदेश र स्थानीय तहका पदाधिकारीलाई पनि मन्त्रिपरिषद्ले गरेको निर्णयको मर्मअनुसार यस वर्षको दशैंँखर्चवापत प्राप्त रकम कोरोना उपचार कोषमा जम्मा गर्न अनुरोध गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
सरकारले सबै नागरिकको स्वास्थ्य उपचारको व्यवस्था मिलाएको, स्वास्थ्य संरचनाको विस्तार गरेको, परीक्षणको दायरा फराकिलो बनाएको र आर्थिक रुपले विपन्न, असहाय, अशक्त, एकल महिला, अपाङ्गतायुक्त, ज्येष्ठ नागरिकलगायत वर्गका निम्ति निःशुल्क उपचारको व्यवस्था गरेको सरकारका प्रवक्ता गुरुङले बताउनुभयो । राज्यले कसैलाई पनि उपचारबाट वञ्चित नहुने नीति लिएको उल्लेख गर्दै मन्त्री गुरुङले सरकारले त्यसको प्रबन्ध मिलाएकोसमेत स्पष्ट गर्नुभयो । मन्त्रिपरिषद्ले सरकारका प्रवक्तामा मन्त्री गुरुङलाई तोकेको छ ।

गत असोज २९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालभरका श्रमसम्बन्धी मुद्दा हेर्ने अधिकारक्षेत्र तोक्ने र काठमाडौंँ मुकाम रहने गरी तीन सदस्यीय श्रम अदालत गठन गर्ने निर्णय गरेको छ । उच्च अदालत तुल्सीपुर, बुटवल इजलासका न्यायाधीश रामप्रसाद ओलीका अध्यक्षतामा गठित श्रम अदालतका सदस्यमा प्रेमकुमार राई र निशा बानियाँ सदस्य रहनुभएको जनाइएको छ ।

सरकारले विदेशस्थित नेपाली नियोगको सार्वजनिक खरीद कार्यविधि, २०७३ संशोधन गर्ने तथा नेपाली सेनाका प्राविधिक महासेनानी गजेन्द्रनाथ कर्माचार्यको पदावधि आगामी २०८० साल मङ्सिर २३ गतेसम्म र रथी सागरबहादुर केसीको पदावधि २०७८ साल पुस १९ गतेसम्म थप गर्ने निर्णय गरेको छ ।
यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन (पहिलो संशोधन) निर्देशिका, २०७७ स्वीकृत तथा औषधि दर्ता (तेस्रो संशोधन) नियमावली, २०७७ स्वीकृत गर्ने निर्णय भएको छ ।
सरकारले निजामती सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका अधिकृतलाई विभिन्न मन्त्रालयमा सरुवा गरेको छ । सोअनुसार मधुसूदन अधिकारी ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिवमा, खगराज बराल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवमा, देवेन्द्र कार्की नेपाल ट्रष्टको कार्यालयको कार्यकारी सचिवमा, डा रमेशप्रसाद सिंह शहरी विकास मन्त्रालयका सचिवमा, यादवप्रसाद कोइरालालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवमा, केदार न्यौपानेलाई उपराष्ट्रपतिको कार्यालयका सचिवमा, सूर्यप्रसाद गौतमलाई सार्वजनिक खरीद अनुगमन कार्यालयको कार्यालय प्रमुखमा, रवीन्द्रनाथ श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवमा, एकनारायण अर्याललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवमा र सागरकुमार राईलाई जल तथा ऊर्जा आयोगको सचिवालयका सचिवमा सरुवा हुनुभएको छ ।

प्रस्तावित राजदूत डा खतिवडा र रेग्मीविरुद्ध चार उजुरी

संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यका लागि प्रस्तावित नेपाली राजदूतविरुद्ध सङ्घीय संसद् संसदीय सुनुवाइ समितिमा चार उजूरी परेका छन् अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत डा युवराज खतिवडाविरुद्ध तीन र बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीविरुद्ध एक उजूरी परेका छन् ।
सरकारले असोज १५ गते संयुक्त राज्य अमेरिकाका लागि प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा खतिवडा, बेलायतका लागि पूर्वमुख्यसचिव रेग्मी र दक्षिण अफ्रिकाका लागि निर्मलकुमार विश्वकर्मालाई राजदूतमा प्रस्ताव गरी संसदीय सुनुवाइका लागि समितिसमक्ष नाम पठाएको थियो ।
समितिको गत असोज २१ गतेको बैठकले प्रस्तावित राजदूत सम्बन्धमा कुनै गुनासो, उजुरी वा सिकायत भएमा १० दिनभित्र समितिसमक्ष उजूरी दिन सर्वसाधारणसँग आह्वान गर्दै सूचना प्रकाशन गरेको थियो ।
उजूरीकर्ताको ठेगाना र सम्पर्क नम्बर नखुलेकाले सार्वजनिक सूचनामार्फत उहाँहरुलाई बोलाउनुपरेकाले त्यसको सूचना मङ्गलबा प्रकाशन गरिने समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । समितिले प्राप्त उजूरीमाथि छलफल गर्न यही कात्तिक १७ गते समितिको बैठक डाकेको छ ।
योग्यता, क्षमता, अनुभव कार्ययोजना र सोचसम्बन्धी जानकारी लिएपछि प्रस्तावित व्यक्ति राजदूतका लागि उपयुक्त हो ÷होइन ठह¥याई आवश्यक निर्णय लिनेइ छ । प्रस्तावित नाम अनुमोदनपछि सरकारको सिफारिशमा राष्ट्रपतिबाट राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

सिटिजन्स बैंकद्वारा लाभांश दिने घोषणा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले  शेयरधनीलाई ११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७मुनाफाबाट शेयरधनीहरुलाई लाभांशदिने घोषणा गरेको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत लाभांश दिने भएको  बैंकले जनाएको छ ।  सोमबार  बसेको ३४५औं सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ७.७० प्रतिशत बोनस शेयर र कर सहित ३.३०प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको बैंकले जनाएको छ । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृतितथा बैंकको आगामीवार्षिक साधारण सभाले पारित गरेपछि प्रस्तावित लाभांश वितरण गरिने बैंक जानकारी दिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिव साढे ६ लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

प्रभु बैंकको नयाँ शाखा रोल्पाको लिवाङमा

प्रभु बैंक लिमिटेडले नयाँ शाखा रोल्पा जिल्लाको रोल्पा नगरपालिका वडा नं. ०४ स्थित लिवाङमा सञ्चालनमा ल्याएको  छ । बैंकको लिवाङ शाखा कार्यालयको उद्घाटन  रोल्पा नगर पालिका कामेयर पुर्ण केसीले सोमबार गरेका छन ।

बैंकको लिवाङमा शाखा कार्यालयको उद्घाटन गर्दै मेयर केसी प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिङ्ग सेवा विस्तार गर्न सफल भएको बताए  ।

प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधि युक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले लिवांङका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले आग्रह गरेको  छ ।

कृषि विकास बैंकको डिजिटल भुक्तानीका लागि खल्तीसँग सहकार्य

कृषि विकास बैंक लिमिटेडले ईन्टरनेट र मोबाइल बैंकिग सेवा प्रयोग गर्ने ग्राहकहरुलाई डिजिटल भुक्तानीमा सघाउन खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ। कृषि विकास बैंकका प्रमुख वित्त अधिकृत यज्ञप्रकाश न्यौपाने  र खल्तीका निर्देशक  अमित अग्रवालले बैंकको मुख्य कार्यालयमा यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे।

खल्तीसँगको सम्झौतापछि कृषि विकास बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिग र इन्टरनेट बैंकिक सेवा प्रयोग गरेर उनीहरूको खल्ती वालेटमा रकम लोड गर्न सक्नेछन् । खल्तीमा लोड गरिएको रकमबाट खल्तीको प्लेटफर्ममा रहेका सबै प्रकारका डिजिटल भुक्तान सेवा उपयोग गर्न सक्नेछन् ।

यस साझेदारीले नेपालमा डिजिटल भुक्तानीको अवधारणामा अझ बढी सहयोग पुर्‍याउने अपेक्षा कृषि विकास बैंकले गरेको छ ।  ग्राहकहरूले डिजिटल डिजिटल बैंकिंगमा अझ धेरै सुविधा पाउँले बैंकले जनाएको छ।

सम्झौता अनुसार बैंकले खल्ती डिजिटल वालेटलाई भर्चुअल मेसिन अपरेटिंग प्रणाली प्रदान गर्नेछ । यसको माध्यमबाट ग्राहकहरूले अनलाइन र अफलाइनबाट खल्तीमा रकम लोड गर्न सक्नेछन्। कृषि विकास बैंकका ग्राहकले ई(बैंकिंग, मोबाइल बैंकिंग, बैंक स्मार्ट, बैंकिंग चेकआउट जस्ता विभिन्न माध्यमहरूमार्फत खल्टीमा रकम लोड गर्न सक्नेछन् ।

खल्ती सन् २०१७ जनवरीमा सुरू भएको नेपालको उदाउँदो मोबाइल भुक्तानी सेवा प्रदायक हो । यसबाट विभिन्न उपयोगिता बिल भुक्तानी सेवाहरू, मोबाइल रिचार्ज, डीटीएच रिचार्ज, आन्तरिक हवाइ उडानको टिकट बुकिंग, चलचित्र टिकट बुकिंग, विभिन्न कार्यक्रमको टिकट बुकिँग, होटल बुकिंग, अखबारको ग्राहक शुल्क तिर्ने लगायतका विभिन्न डिजिटल भुक्तान सेवाहरूका सथै विभिन्न अनलाइन साइटहरूबाट किनमेल गरेको बिल तिर्न सकिन्छ । खल्ती नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त भुक्तानी सेवा प्रदायक हो । खल्तीको प्रयोग गरेर नियमित रूपमा १० लाखभन्दा बढी व्यक्तिले विभिन्न बिल भुक्तानी गर्दैआएका छन् ।

खल्ती कसरी डाउनलोड गर्ने ? 

खल्तीको मोबाइल एप एन्ड्रोइड प्लेटफर्ममा प्ले स्टोर, एप्लका डिभाइसहरूमा एप स्टोर र जततउकस्ररपजबतिष्।अयmरबउउ बाट डाउनलोड गर्न सकिन्छ ।