जोडिनुहोस
बिहिबार, पुस ३, २०८२
बिहिबार, पुस ३, २०८२

प्रभु बैंकको नेतृत्वमा सुपर आँखुखोलामा बहुपक्षीय लगानी सम्झौता

धादिङ जिल्लाको रुबीभ्याली गाउँपालिकामा आयोजनास्थल रहेको सुपर आँखुखोला जलविद्युत् आयोजनामा प्रभु बैंकको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले संयुक्त लगानी गर्ने भएका छन् ।

कूल २५.४ मेगावाट क्षमताको सो आयोजनामा ऋण लगानी गर्नेसम्बन्धी बहुपक्षीय सम्झौतामा हस्ताक्षर भएको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए । आयोजनाको कूल लागत रु. चार अर्ब ५६ करोड रहेको छ । सोमध्ये रु. तीन अर्ब ४२ करोड रकम ऋण लगानी हुनेछ । आयोजना गोरक्ष हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको हो ।

आयोजनामा प्रभु बैंकले रु. एक अर्ब ८२ करोड, सञ्चय कोषले रु. ८५ करोड र कृषि विकास बैंकले ७५ करोड ऋण लगानी गर्ने सम्झौतामा उल्लेख छ । आयोजनामा कूल लागतको २५ प्रतिशत अर्थात् रु. एक अर्ब १४ करोड भने लगानीकर्ता  कम्पनी र सर्वसाधारणमार्फत उठाउने लक्ष्य राखिएको छ ।

ऋण सम्झौतामा प्रभु बैंकको तर्फबाट प्रमुख बिजनेस अफिसर रेनुप्रसाद पाण्डे, कर्मचारी सञ्चय कोषका तर्फबाट ट्रेजरी तथा लगानी शाखा प्रमुख अर्जुनकुमार गौतम, कृषि विकास बैंकका तर्फबाट कर्जा लगानी शाखा प्रमुख मिनराज पोखरेल तथा गोरक्ष हाइड्रोपावरका तर्फबाट प्रबन्ध सञ्चालक रघुनाथ पुरीले हस्ताक्षर गरेको आज प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

आयोजनाले सुख्खायाममा ४१.६३ गिगावाट घण्टा र वर्षायाममा ९६.६३ गिगावाट घण्टा गरी कुल वार्षिक १३८.२६ गिगावाट घण्टा ऊर्जा  उत्पादन गर्नेछ । प्रवद्र्धक कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद सम्बन्धी द्विपक्षीय सम्झौता हस्ताक्षर भइसकेको छ । विद्युत्तमा आत्मनिर्भर बनाउने सरकारको लक्ष्यमा साथ दिँदै विद्युत् तथा ऊर्जा विकास जस्ता राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी बढाउँदै जाने बैंकको लक्ष्य बमोजिम विभिन्न ४० भन्दा बढी जलविद्युत् आयोजनामा लगानी गरिसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनको भनाइ छ ।

४० मेगावाटको चमेलिया बनाउन अपि पावरले जुटायो लगानी, हिमालय बैंकको अगुवाईमा ६ संस्थाको ५१८ करोड लगानी

अपि पावरले ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन गरेको छ । अपिले आफ्नो तेस्रो जलविद्युत आयोजनाका रुपमा माथिल्ला चमेलिया जलविद्युत आयोजना निर्माणका लागि आज फाइनान्सियल क्लोजर गरेको हो ।

सो आयाजनामा हिमालयन बैंकको अगुवाईमा ६ ओटा बैंक तथा वित्तीय संस्थाले ५ अर्ब १८ करोड रुपैयाँ लगानी गरेका हुन् । हिमालयन बैंकको अगुवाईमा कर्मचारी संचय कोष, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल बङ्गलादेश बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेड सहभागी भई आयोजनाको सह–वित्तियकरण बनाई ऋण प्रवाह गर्ने गरी आज (आईतबार) सम्झौता भएको हो ।

माथिल्लो चमेलिया निर्माणका लागि ७ अर्ब ४० करोड रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ । कुल लागत मध्ये ३० प्रतिशतले हुने रकम अर्थात २ अर्ब २२ करोड कम्पनीले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी गरी २ चरणमा रकम संकलन गर्नै भएको छ ।

सो आयोजना निर्माणका लागि सेयरधनीहरुबाट स्वपूँजी जुटाउनका लागि (२०७५ साल आषाढ मसान्तमा कायम) चुक्ता पूँजी १ अर्ब १३ को १ः०.४७ को अनुपातमा ५६ करोड ७० लाख रुपैयाँको हकप्रद सेयर जारी गर्नका लागि २०७६ साल फाल्गुण १२ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरिसकेको छ ।

हाल अपि पावरले ८.५ मेगावाट क्षेमताको नौगड गाढ जलबिद्युत आयोजना र ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजना निर्माण गरी राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गरिरहेको छ ।

ग्लोबल आइएमई बैंकले ल्यायो, मेरी उनीलाई मुद्दति खाता योजना

ग्लोबल आइएमई बैंकले महिलाहरुलाई आर्थिकरुपमा शसक्त र स्वतन्त्र बनाउने उद्देश्यले ‘मेरी उनीलाई’ मुद्दति खाता योजना सञ्चालनमा ल्याएको छ । ‘मेरी उनीलाई’ मुद्दति योजनाले, महिलाहरुका नाममा बचत गर्न, महिलाहरुलाई बचतमा अभ्यस्त बनाउन, व्यक्तिगत खाता बाहक महिलाहरुलाई राम्रो प्रतिफल प्रदान गर्न र आर्थिक रुपमा महिलाहरुलाई सबल बनाउन, सहयोग पु¥याउने बैंकले जनाएको छ ।

एकलाख रुपैयाँभन्दा बढी रकममा खोल्न सकिने ‘मेरी उनीलाई’ मुद्दति योजनामा वार्षिक ९ प्रतिशतसम्म ब्याज पाइनेछ । यो मुद्दति योजनामा ६ महिनादेखि ५ वर्षसम्मको अवधिको लागि खोल्न सकिनेछ । बचत गर्ने बानीलाई प्रोत्साहन गर्ने यो योजनामा आवश्यकता अनुसार पटकपटक रकम थप गर्न पनि सकिने व्यवस्था छ ।

बैंकले यो खातासँगै निशुल्क डेबिट कार्ड, लकर शुल्कमा शतप्रतिशत छुट, मुद्दति बचतको ९० प्रतिशतसम्म ऋण सुविधा र दश लाख भन्दा बढी रकमको मुद्दति खाता खोल्ने ग्राहकहरुलाई प्रिभिलेज कार्ड उपलब्ध गराउनेछ ।

यस योजना अन्तर्गत मुद्दति खाता खोल्ने ग्राहकहरुले होम लोनको प्रोसेसिङ्ग शुल्कमा शतप्रतिशत छुट पाउनुहुनेछ भने निश्चित रकमसहित मुद्दति खाता खोल्ने प्रतिवद्धता गरेमा ग्राहककै घरदैलोमै पुगेर सेवा उपलब्ध गराइनेछ । यो मुद्दति खाता खोल्दा महिलाको आत्मविश्वास बढ्ने, परिवारमा सन्तुष्टि र खुशी ल्याउने र महिलाहरुलाई सामाजिक, आर्थिक र मानसिक रुपमा सबल बनाउने कुरामा पनि बैंक विश्वस्त रहेको छ ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवामा अतिरिक्त सुविधाहरु प्रदान गर्ने उद्देश्यले समय–समयमा यस्ता योजनाहरु ल्याउने गरेको छ ।

नबिल बैंकले ७.७५% ब्याजदरमा सेयर कर्जा दिने

नेपाल धितोपत्र बजार (नेप्सेमा कारोबार हुने शेयरहरु धितो राखी नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने भएको बैंकले जानकारी दिएको  

बैंकका अनुसार ५० लाख रुपैयाँ अथवा सोभन्दा बढीको नबिल शेयर कर्जा वार्षिक .७५को आकर्षक ब्याजदरमा पाइनेछ 

आगामी दशैंको अवसरना राष्ट्र बैंकको मार्गनिर्देशनभित्र रही नबिल बैंकका सम्पूर्ण शाखाहरुबाट शेयर धितो कर्जा प्राप्त गर्न सकिन्छ 

नबिल बैंक निजी क्षेत्रको अग्रणी बैंक हो  यसका देशभरी ११९ शाखाहरु  १८५ एटिएम काउण्टरहरु छन् 

नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको बैंकको दावी  

देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना गरेको छ।

साथै यसले नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको   यसले ग्राहकको सन्तुष्टि सहितआधुनिक बैंकिङ्ग युगको शुरुवात गर्नु आफ्नो व्यवसायलाई ग्राहकहरुको उच्च सन्तुष्टि प्रदान गर्ने तर्फ केन्द्रित  

एनआईसी-संचय कोष सम्झौता, ‘नागरिक पेन्सन योजना’ को किस्ता बैंकका शाखाबाट भुक्तानी गर्न मिल्ने

एनआईसी एसिया बैंक र नागरिक लगानी कोषबीच कोषको ‘नागरिक पेन्सन योजना’ का सहभागीहरूले मासिक किस्ता रकम बैंकमार्फत जम्मा गर्न सक्ने समझदारी भएको छ ।

 

उक्त समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र कोषका कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका छन् ।

‘जवानीमा कमाऔं, जमाऔं र बुढेसकालमा रमाऔं’ भन्ने नाराको साथ नागरिक लगानी कोषले ल्याएको यस योजनामा विभिन्न संघसंस्था एवम् प्रतिष्ठानमा कार्यरत श्रमिक/कर्मचारीका साथै स्वरोजगार सर्वसाधारण र गैर आवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने जनाइएको छ ।

यस योजनाका सहभागीले  न्यूनतम मासिक पाँच सयदेखि बढिमा आय क्षमताअनुसार १० ले भाग जाने बराबरको रकम जम्मा गर्नसक्ने छन् ।

कोष र बैंकबीच भएको सम्झौता बमोजिम उक्त योजनामा सहभागी हुनेले बुझाउनुपर्ने रकम एनआइसी एसिया बैंकका देशभरका सम्पूर्ण शाखा कार्यालयहरूबाट कोषको खाता नम्बर ०५४४१५१०३५२१७०१२ मा जम्मा गर्न सक्नेछन् ।

यसका साथै बैंकले निकट भविष्यमा कोषसँगको सहकार्यमा विद्युतीय भुक्तानी सेवामार्फत पनि नागरिक पेन्सन योजनाका सहभागीहरूले बैंक नगई कुनै पनि स्थानबाट अनलाइन किस्ता रकम  भुक्तानी गर्न मिल्ने बनाउने तयारी गरिरहेको पनि जनाएको छ ।

अष्ट्रेलियाबाट पनि रेमिट्यान्स भित्राउँदै मुक्तिनाथ रेमिट

मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट मुक्तिनाथ रेमिटले अष्ट्रेलियाबाट पनि रेमिट सेवा सञ्चालन गरेको छ । अष्ट्रेलियामा रहेका नेपालीहरुले अष्ट्रेलियामा रहेको मुक्तिनाथ रेमिट अष्ट्रेलियाको कार्यालय तथा मुक्तिनाथ रेमिट अष्ट्रेलियाको वेवसाइटमा लगइन गरी गरी वा मोबाईल एप्सबाट नेपालमा रहेका कुनैपनि बैंकको खातामा रकम पठाउन सक्नेछन् ।

साथै, मुक्तिनाथ रेमिट मार्फत पठाएको पैसा नेपालमा रहेको मुक्तिनाथ रेमिटको ४ हजार भन्दा बढी एजेन्ट मार्फत पनि प्राप्त गर्न सकिनेछ । थप विस्तृत विवरणका लागि मुक्तिनाथ रेमिट अष्ट्रेलियाको वेवसाइटमा पनि हेर्न सकिने जनाएको छ ।

कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार प्रोत्साहन गर्न बैंकको ग्राहकले भिसा नेटवर्क अन्तर्गत जुनसुकै बैंकको एटीएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले बताएको छ ।

जनरल इन्स्योरेन्सको आइपीओमा पहिलो दिन नै मागभन्दा बढी आवेदन

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आजदेखि खुलाएको आइपीओमा पहिलो दिन नै मागभन्दा बढी आवेदन परेको छ ।

यो कम्पनीको आइपीओमा आइतबार अपरान्ह ५ बजेसम्म ३२ लाख ४४ हजार ६३० कित्ता खरीदका लागि आवेदन परेको हो ।

सिडिएससीका अनुसार कुल ९७ हजार १७० आवेदकले आइपीओ खरीदका लागि आवेदन हालेका छन् । आवेदन दिने ‘मेरो सेयर’को वेबसाइटमा बारम्बार समस्या आउँदा समेत परेको आवेदनलाई उत्साहजनक मान्नुपर्ने सिडिएससीका अधिकारीहरु बताउँछन् ।

यो कम्पनीले प्रतिकित्ता १०० दरका रु. ३० करोडबराबरको आईपीओ बिक्री खुल्ला गरेकोमा सर्वसाधारणका लागि भने २७ लाख ५० हजार कित्ता मात्र छुट्याइएको छ ।

कम्पनीले प्रतिकित्ता रु. १०० दरका ३० लाख कित्ता सेयरमध्ये ४ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता सेयर बाँडफाँड गरी बाँकी रहेको २७ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

हाल कम्पनीको चुक्तापुँजी ७० करोड रुपैयाँ छ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब रुपैयाँ पुग्नेछ।

यो आईपीओमा न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्म सेयर आवेदन दिन सकिनेछ। आईपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरुले आस्वा सेवाप्राप्त बैंक तथा वित्तीय संस्थाहरु वा ‘मेरो सेयर’मार्फत पनि आवेदन दिन सक्नेछन्।

जनरल इन्स्योरेन्स कम्पनीलाई केयर रेटिङ नेपालले डबल बी प्लस रेटिङ प्रदान गरेको छ। यो रेटिङले यस्ता संस्थाहरु वित्तीय दायित्वहरुको समयमै सेवा पुर्याउने सम्बन्धमा मध्यम जोखिम भएको मानिन्छ। यस्तै कम्पनीको आईपीओले केयर एनपी आईपीओ ग्रेड ४ प्रमाणपत्र प्राप्त गरेको छ। ग्रेडमा प्रयोग गरिने प्लस चिह्नले यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँदछ।

आश्विन ११ गतेदेखि ३० करोडको आईपिओ बजारमा ल्याउने तयारीमा छौंः आईपिओमा २ गुण बढि आवेदन पर्ने विश्वास लिएको छु

एसके तमोट बीमा क्षेत्रमा नामै काफी छ भन्दा फरक पर्दैन ४ दर्शक भन्दा बढि बीमा क्षेत्रमा विताएका तमोटलाई विमा विज्ञको उपाधी दिँदा फरक पर्दैन । २०२४ साल नेशनल इन्स्योरेन्स कम्पनीबाट विमा क्षेत्रमा प्रवेश गरेका एसके तमोटले नेशनल इन्स्योरेन्समा २० वर्ष, हिमालयन जनरल इन्स्योरेन्समा ३ वर्ष, यूनाइटेड इन्स्योरेन्समा १० वर्ष, सिद्धार्थ इन्स्योरेन्समा ८ वर्ष, रिलायन्स इन्स्योरेन्समा २ वर्ष उच्च व्यवस्थापन टिममा बसेर काम गरेको अनुभव बटुलेका छन् । उनी हाल नेपालका सीभिल बैंक, बेष्ट फाइनान्स कम्पनी, सेञ्चुरी बैंक, साइन रेसुङ्गा विकास बैंक, मेगा बैंक नेपाल लिमिटेड, मुक्तिनाथ विकास बैंक, गोर्खाज फाइनान्स कम्पनी लिमिटेड र ग्लोबल आईएमई बैंक लगायत दर्जनौ प्रतिष्ठित संस्था र व्यक्तिहरुको लगानी रहेको पछिल्लो निजीवन बीमा कम्पनी जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका महाप्रबन्धक छन् ।
करिब १ सय ८२ जना संस्थापक शेयरधनीहरु रहेको जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आश्विन ११ गते देदि ३० करोड बराबरको २७ लाख ३० हजार कित्ता साधारण शेयर निश्कासन गर्न लागेको छ । पछिल्लो समय बजारमा आएको नयाँ निजीवन बीमा कम्पनी जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको हालको चुक्ता पुँजी ७० करोड रहेको छ । भने आईपीओ ३० करोडको जारी पछि १ अर्ब पुग्ने देखिन्छ । देशभरी करिब ४० शाखा सञ्जालबाट सेवा दिएको यो कम्पनी २०७५ असार ६ गतेबाट कारोबार शुरु गरेको थियो ।
यस कम्पनीमा बैंक वित्तिय संस्था र व्यवसायी घर घरानाबाट प्रतिनिधित्व भएको सञ्चालक समितिमा अध्यक्ष कुनाल कयाल छन् भने सञ्चालकहरुमा रामचन्द्र खनाल शशिराज बज्राचार्य, कृष्ण बोहोरा र दिपेन्द्र अग्रवाल रहेका छन् ।
पछिल्लो समय निजीवन बीमा कम्पनीमा राम्रो व्यापार गर्दै आएको यस कम्पनीले कोरोना महामारी बीच आएको कोरोना बीमा २ करोड १५ लाखको गरेको देखिन्छ । आश्विन ११ गते ३० करोडको साधारण शेयर बजारमा पठाउदै गरेको जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका महाप्रबन्धक एसके तमोटसंग सम्पादक भूपेन्द्र आचार्यले गरेको लामो कुराकानीको केही अंशः

० पछिल्लो समय बजारका आएको निजीवन बीमा कम्पनी जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको वित्तिय अवस्था चाहि कस्तो छ ?
जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको पछिल्लो वित्तिय अवस्था अत्यन्तै राम्रो छ । ७० करोडको पुँजी अहिले छ । अब आश्विन ११ गते ३० करोडको आईपीओ बजारमा लैजादै छौं यसपछि १ अर्ब पूँजी पुग्ने छ । गत साल ५३ करोड व्यापार भएको छ । खर्च सबै कटाएर ५ करोड हामीले यो छोटो समयमै नाफा आर्जन गरेको अवस्था चाहि छ । हाम्रो विभिन्न बैंक र वित्तिय संस्थामा करिब करिब ९५ करोड निक्षेप छ । सबै लगानी राम्रा छन् । कर्पोरेट सुशासन हाम्रोमा अत्यन्तै राम्रो छ । हामी ढाटेर व्यापार कहिले पनि गर्दैनौ । यो हाम्रो विशेषता नै हो ।

० आगामी आश्विन ११ गते ३० करोडको साधारण शेयर बजारमा ल्याउदै हुनुहुन्छ यो सर्वसाधारण जनताले किन्नुपर्ने कारण चाहि के हो ?
बीमाको बजार दिन प्रतिदिन बढ्दै गएको छ । बीमा दुखको साथी हो । यसमा लगानी गर्दा निकट भविष्यमा अन्यन्तै राम्रो प्रतिफल पाइन्छ । त्यसकारण म आम जनतालाई हाम्रो आईपीओ लिन आग्रह गर्दछ । जनताहरुसंग पैसा छ । हामीले लगानी गर्न आग्रह गरेका छौं । यो जनरल इस्योरेन्स कम्पनी नेपाल लिमिटेड दर्जनौ बैंक विकास बैंक, फाइनान्स कम्पनी र लब प्रतिष्ठित घर घरानाको प्रमोटर शेयरबाट स्थापना भएको र २ वर्षमा धेरै चाडो प्रगति गरेको नाम चलेको कम्पनी भित्र पर्दछ । मलाई लाग्दछ आगामी दिनमा जनरल इन्स्योरेन्स कम्पनीले राम्रो प्रतिफल दिन्छ । त्यसकारण साधारण शेयर सर्वसाधारणले खरिद गर्ने कुरामा म विश्वस्त र ढुक्क छु ।

० तपाईको कम्पनीमा के कस्ता प्रोमोटरहरु छन् र शाखा सञ्जाल कति छ ?
यस कम्पनीमा ग्लोबल आईएमई बैंक, मेगा बैंक नेपाल लिमिटेड, सिभिल बैंक, सेञ्चुरी बैंक, मुक्तिनाथ विकास बैंक, सांग्रीला डेभलपमेन्ट बैंक र केही फाइनान्स कम्पनी र लव प्रतिष्ठित घर घरानाका व्यक्तिहरुको लगानी रहेको छ । देश भरि २ वर्षको अन्तरालमा हामीले करिब ४० शाखा सञ्जालबाट सेवा प्रदान गरेका छौं । त्यसबाट हाम्रो प्रगति राम्रो छ । हाम्रो आईपीओमा २ गुणा बढि आवेदन आउने संकेत मैले पाएको छु । अर्को कुरा हामीमा कर्पोरेट सुशासन अत्यन्तै राम्रो छ । हामी कसैलाई पनि ढाटेर लुकाएर काम गर्दैनौ । बीमितका दाबी भुक्तानी हामी ७ दिन भित्रै भुक्तानी गर्दछौं । हामी नियतबस कसैलाई दुख दिने काम गर्दैनौं । यो मेरो प्रतिबद्धता पनि हो । आज यो जीवनको उत्तरार्धमा आएर मैले नयाँ कम्पनी चलाएको छु । यसको उचाई थप बढाउने योजना मेरो छ ।

० करिब ४ दर्शक बीमा कम्पनीहरुको उच्च पदमा रहि कार्य सम्पादन गरि सक्नु भएको तपाई यो जीवनका उत्तरार्धमा पनि सकिृय रहनु भएको छ काम गर्ने जोस अझै छ तपाईमा ?
मैले सानै उमेरमा बीमा कम्पनीमा काम गरे दिन प्रतिदिन सफलता हासिल गर्दै आए र यसबाट प्रेरणा मिल्दै गयो र आजका दिनसम्म पनि बीमा बजारमा रमाई राखेको छु । सबै साथीभाईले हौसला दिनु भएको छ । अझै केही वर्ष बीमा क्षेत्रमै विताउने योजना पनि छ नि ।

० पूरानो बीमा कम्पनीमा काम गरेको मान्छे नयाँ कम्पनीमा प्रमुख भएर काम गर्दा चुनौती र अवसर दुबै हुन्छ होइन र ?
चुनौती नयाँ छ । तर, अवसर पनि छन् । यसलाई आफ्नै ढङ्गले अरु बीमा कम्पनीसंग प्रतिस्पर्धा गराउने र नेपालको निजीवन बीमा कम्पनीमा टप १० भित्र यस कम्पनीलाई पार्ने योजना मेरो छ ।

० बीमा बजारमा तपाईको नाम कहिले काँही चर्चाको विषय पनि बन्ने गरेको छ । कारण चाहिँ के होला ?
सबै बीमा कम्पनीहरुले आ–आफ्नो तरिकाबाट काम गरेका छन् । साथीभाईहरुले बेलाबखत नाम लिनु स्वभाविक नै हो । जसले जे जानेको छ । त्यही गर्ने हो मेरो ४ दर्शक विमा बजारमै जीवन वित्या । म कस्तो मान्छे सबैलाई थाहा नै छ । कसले के भन्दछ के गर्दछ । म त्यसका खासै चासो राख्दिन । आफ्नो कम्पनी र कामलाई ध्यान दिएर अगाडी बढ्ने गर्दछु ।

० बीमा के हो र यो किन जरुरी छ  ?
बीमा अनिवार्य छ । यसले रिक्स शेयर गर्दछ । हामी केही पैसा तिरेर अरु कम्पनीलाई जिम्मा लगाउने हो । त्यसकारण भूकम्प, बाढी पहिरो र उच्च जोखिमबाट भएको क्षतीको मुल्याकन गरेर बिमितलाई रकम दिन्छ बीमा कम्पनीले । त्यसकारण बीमितको बोझ कम हुने, ऋणको भारबाट मुक्त हुने गर्दछ । त्यसकारणले बीमा अनिवार्य छ । र बीमा दुखको साथी पनि हो भूपेन्द्रजी ।

० तपाईले बीमा अनिवार्य छ भनिरहँदा बीमा गर्ने बीमितहरुले दाबी भुत्तानी नपाएका, दुख पाएका र बीमा समितिमा पुगेर उजुरी दिएका प्रसस्त उदाहरण छन् नि यसलाई कसरी लिनु हुन्छ ?
बीमा गर्ने वित्तिकै मान्छे खुशी हुन्छ । तर, जब क्षती भएपछि त्यसको मुल्याकनबाट दिइने रकमबाट उ खुदी हुँदैन र उसले बीमा कम्पनी बदमास हो भन्ने गरेको उदाहरण छन् । तर, यो गलत हो ।
अर्को कुरा सबै कागज पत्र बुझाउनु पर्दछ । विमितले भुक्तानी लिँदा क्षतीको अनुमान हुनुप¥यो । धेरै कुरा छ । तुरुन्तै बीमा गर्ने अनि क्षती भएपछि तत्कालै चाहिन्छ भन्नु गलत हो । बीमा कम्पनीहरुले २ हजारमा १० लाखको बीमा गरेको हुन्छ । १० लिन त प्रमाण सबै चाहिन्छ नि । बीमा कम्पनीहरुमा पनि जनताको पैसा लगानी छ । त्यसकारण जनताको पैसमा जे पायो त्यही गर्न पाइदैन । जनताको पैसा हेर्न र बढाउन नै हामीलाई नियुक्ती दिएको हो । त्यसकारण प्रमाण सहित आए बीमाले तुरुन्तै भुक्तानी दिन्छ । यसमा दुई मत छैन ।

० निजीवन नयाँ बीमा कम्पनी हो जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, यो कम्पनीमा अरु कम्पनी यसमा अरु भन्दा फरक के छ त ?
नेपालमा पूराना १७ वटा निजीवन बीमा कम्पनी छन् । ३ वटा नयाँ हामी बजारमा अमाएका छौं । नयाँलाई ब्यापार बढाउन गाह्रो छ । त्यसकारण हामीमा छिटो दाबी भुक्तानी दिने गुणस्तरीय सेवा दिनु पर्ने दायित्व बढेको छ । हामीलाई पूराना कर्मचारी साथीहरुलाई नयाँ कम्पनी भए पनि एउटा विश्वासको आधारमा व्यापार दिने हो । त्यसकारण त्यो विश्वासलाई हामीले सधै कायम राख्नु जरुरी छ । अर्को कुरा दाबी भुक्तानी छिटो र छरितो ढंगबाट हामी सबै बीमा कम्पनीले गर्नु पर्दछ र ग¥यौ भने बीमा बजार अझै बढेर जान्छ ।

० पूँजी अब आईपीओ बजारमा गएपछि निकट भविष्यमै १ अर्ब पुग्ने छ । त्यसपछि चुनौती बढ्ने र व्यापार बढाउने अवसर पनि आउला नि ?
सहि हो । पैसा बैंकमा फिक्स डिपोजिटमा राख्न काम पहिला हुन्छ । त्यसपछि त्यसबाट ब्याज आउने त भयो नि त्यसपछि बैंकहरुले पनि विजनेश दिनु हुन्छ । अर्को कुरा शाखा सञ्जाल बढाउने दक्ष कर्मचारी ल्याउने तालिम दिने र व्यवसाय बढाउने अवसरहरुको खोजी गर्ने दायित्व कम्पनीमा बढेर जाने निश्चित छ नि ।

० कोरोना बीमालाई चाहि कसरी लिनु भएको छ त ?
यो राम्रो पक्ष मान्नै पर्दछ । सरकारको सहयोगमा हामीले कोरोना बीमा गरेका छौं । पछि रिवाईज भएर आयो । यो अर्को राम्रो पक्ष हो । केही राहत कोरोना विरामीलाई दिन यो बीमा ल्याएको देखिन्छ । पछिल्लो समय परिमार्जित भएर आएको कोरोना बीमामा उपचार खर्च, डाक्टरको खर्च दिने कुरा पनि राम्रो छ । विलको आधारमै दिइने हो ।

० पछि परिमार्जित भएर आएको कोरोना बीमाले बीमा प्रति मान्छे प्रति नकारात्मक सोच आएको जस्तो देखिन्छ नि ?
यसलाई राम्रो सोच्नु प¥यो । बीमा कम्प्नीहरुमा पनि जनताकै शेयर छ । पैसा छ । त्यसकारण नकारात्मक सोच राख्नु उचित हुँदैन । घाटा हुनेगरी काम गर्दा लगानीकर्ताले के पाउने हो । त्यसकारण सोच विचार गर्नु जरुरी भयो र बीमा समितिले ग¥यो नि ।

० पछिल्लो समय बीमा कम्पनीहरु नै टाट पल्टिने देखिएर कोरोना बीमा परिमार्जित गरेको त होइन ?
यस्तो होइन । कोरोना महामारी आयो राज्यले केही राहत दिन कोरोना बीमा ल्याएको पक्कै हो । संसारमा काही पनि यस्तो बीमा हुँदैन र छैन पनि । कम्पनी डुवाएर जनताको पैसा डुवाएर कसरी बीमा गर्न सकिन्छ । राज्यले ल्याएको पोलिसीमा हामीले साथ दिएको हो । त्यसकारणले अहिले आएको कुरा चहि ठीक छ ।

० अहिलेसम्म कति जति कोरोना बीमा गर्नु भएको छ त ?
आजका मितिसम्म हामीले २ करोड १५ लाखको कोरोना बीमा गरेको छौं । यो राम्रो प्रगति हो ।

० दाबी भुक्तानी चाहि कोरोना बीमाको कति गर्नु भयो ?
१५/२० वटा दाबी भुक्तानीका निवेदन हाम्रोमा आएका छन् । हामी ७ दिन भित्रै भुक्तानी गर्ने पक्षमा छौं । कागजपत्र मिलेको भए १÷२ दिनमै भुक्तानी गर्ने मैले निर्देशन नै दिएको छु ।

० अन्त्यमा केही छ ।
जनरल इन्स्योरेन्स कम्पनीको साधारण शेयर आश्विन ११ गतेबाट बजारमा आउँदै छ । लगानीलाई बढाएर प्रतिफल दिने छौं । ढुक्क भएर हाम्रो आईपीओ लिन म आग्रह गर्दछु । आर्थिक बजार मासिकको आश्विन अंकबाट

नबिल बैंकद्वारा नबिल ग्रिन पिन सेवा सुभारम्भ

आफ्ना डेविट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरुलाई सहज र सुरक्षित रुपमा बंैकको कुनै पनि एटिएमबाट कार्डको पिन सेट अथवा रिसेट गर्ने सुबिधा प्रधान गर्न नबिल बंैकले नबिल ग्रिन पिन सेवाको सुरुवात गरेको छ । नया पद्धतीको बैंकिङ्ग सेवा र सुविधा आºना ग्राहक महानुभावहरुलाई उपलब्ध गराउन सधैं तत्पर नबिल बैंकले ग्रिन पिन सेवा मार्फत आफ्ना नयां ग्राहकलाई नयां पिन सेट गर्न र पूराना ग्राहक महानुभावहरुलाई बिर्सिएको पिन स्वयम्ले रिसेट गर्ने सुबिधा प्रधान गरेको छ ।

यस सन्दर्भमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भन्नुभयो, “अब हाम्रा ग्राहक महानुभावहरुले बैंकद्वारा जारी गरिएको कुनै पनि कार्डको पिन सेट गर्नु परेमा वा पिन बिर्सनुभए बैंक शाखामा आएर पिन रिसेटका निम्ति आवेदन दिईरहनु पर्दैन । अब ग्राहक महानुभावहरुले नजिकैको नबिल बैंकको एटिएमबाट सहजै आफैले पिन रिसेट गर्न सक्नुहुनेछ ।”

ग्रिन पिन मार्फत पिन सेट अथवा रिसेट गर्न ग्राहक महानुभावहरुले नजिकैको नबिल बैंकको एटिएममा गई कार्ड मसिनमा राखेर Generate OTP for PIN मेनु छान्नु पर्नेछ । त्यस पश्चात ग्राहक महानुभावहरुले बैंकमा दर्ता गर्नु भएको मोबाइल नम्बरमा २४ घण्टाको म्याद रहेको OTP प्राप्त हुनेछ । त्यस पश्चात ग्राहक महानुभावहरुले Enter OTP to Change Your Pin मेनु छनौट गरि प्राप्त भएको OTP राखेर पिन सेट अथवा रिसेट गर्न सक्नुहुनेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले ग्रिन पिन सेवा मार्फत बैंकले पिन प्रिन्ट गर्न प्रयोग हुने कागजको र पिनलाई प्याक गर्न प्रयोग हुने प्लास्टिकको उपभोग घटाउदै वातावरण मैत्री सेवाको सुभारम्भ गरेको विज्ञप्ति दिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा यसरी जुनसुकै स्थान र समयमा पिन सेट तथा रिसेट गर्न सकिने सुविधाले ग्राहक महानुभाहरुलाई सुरक्षित र सहज सेवा प्राप्त हुने भन्ने बैंकको अपेक्षा छ ।

नबिल बैंक निजि क्षेत्रको अग्रणी बैंक हो । यसका देश भरी ११९ शाखाहरु र १८५ एटिएम काउण्टरहरु रहेका छन् । नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ । देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना गरेको हो । साथै यसले नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ र यसले ग्राहकको सन्तुष्टि सहित आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्नु आºनो व्यवसायलाई ग्राहकहरुको उच्च सन्तुष्टि प्रदान गर्ने तर्पm केन्द्रित गरेको छ ।

नेपाल फाईनान्सको साधारणसभा सम्पन्न

नेपाल फाईनान्सको २० देखि २७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीले आज शनिवार शेयरधनीहरुको भौतिक तथा अभौतिक (भच्र्युअल) उपस्थितिमा सभा सम्पन्न गरेको हो ।

साधारणसभाले संंस्थाको अधिकृत पूजी १ अर्ब र जारी तथा चुक्ता पूजी ८४ करोड २ लाख बनाउने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकले ग बर्गका वित्तीय संस्थाको चुक्ता पूँजी ८० करोड पु¥याउन दिएको निर्देशन बमोजिम सो निर्णय गरेको हो । साधारण सभाले यसका लागि आजैका मिति देखि सो प्रकृयालाई अगाडि बढाउने प्रस्तावलाई समेत पारित गरेको छ ।

कम्पनीले चुक्ता पुँजी ८२ करोड पुर्याउन  १ः१.७५ को अनुपातमा हकप्रद शेयर जारी गर्ने बिशेष प्रस्ताव फेरी पारित गरेको छ।

सिप्रदीले ल्यायो टाटा मोटर्स दसैं अफर

टाटा मोटर्सको नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटा मोटर्स दसैं अफर ल्याएको छ। योजना अन्तर्गत टाटा प्यासेन्जर भेहिकलको खरिदमा चार लाख रुपैयाँसम्मको नगद छुट दिने कम्पनीले जनाएको छ।

यो बाहेक निःशुल्क एक वर्षको सवारी कर, प्रत्येक गाडीको मूल्यांकनमा सरप्राइज गिफ्ट, प्रत्येक टेस्ट ड्राइभमा आकर्षक उपहार तथा जुनसुकै गाडीको एक्सचेन्जमा ५० हजार सम्मको एक्सचेन्ज बोनस दिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कम्पनीका अनुसार टाटा एच फाइभ, नेक्सन, टियागो, टिगोर र अल्ट्रोजमा यो छुट पाइनेछ।

तीन वटा लघुवित्त मर्जर जाने सहमति

तीन वटा लघुवित्तीय संस्थाहरु मर्जमा जाने निर्णय गरेका छन् । काभ्रेपलान्चोक केन्द्रिय कार्यालय रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लि., बागलुङमा केन्द्रिय कार्यालय रहेको सिवाईसी नेपाल लघु वित्तवित्तीय र रम्याग्दीमा केन्द्रिय कार्यालय रहेको शालीग्राम लघु वित्तवित्तीय बीच एक् आपसमा गाभ्ने÷गाभीने (मर्जर) कोे सहमति भएको हो ।

गाभ्ने/गाभीने (मर्जर)सम्वन्धि समझदारी पत्रमा आरम्भ चौतारी लघुवित्तवित्तीयका अध्यक्ष जगतवहादुर पोखरेल,सिवाईसीका अध्यक्ष पद्मनाथ शर्मा र शालीग्रामका अध्यक्ष् ाकृष्णवहादुर थापाले शुक्रबार बागलुङ बजारमा हस्ताक्षर गरेका छन् ।

गाभ्ने/गाभीने (मर्जर)सम्वन्धमा नेपाल राष्ट्र बैंकबाटजारी बैंक तथावित्तीय संस्थाहरुले एक आपसमा गाभ्न/गाभिने तथाप्राप्ति (एक्विजिसन) र विलय (मर्जर) सम्वन्धी नियमावली २०७३ (चौथो संशोधन २०७५) को विनियमावली ५ बमोजिम त्रीपक्षीय रुपमा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

हाल आरम्भ चौतारी र सिवाईसी नेपालको राष्ट्रिय स्तरको कार्यक्षेत्र छ भने शालीग्रामको गण्डकी प्रदेशका ११ जिल्लामा कार्यक्षेत्र रहेको छ । गाभ्ने/गाभीने (मर्जर)पश्चात एकिकृत संस्थाको चुक्तापुँजी ३५ करोड २ लाख ६५ हजार रुपैयाँ हुने छ । आरम्भ चौतारीले यस पूर्वनै सर्वसाधारणका लागि आई.पी.ओ. निश्कासन गरिसकेको छ भने सिवाईसी नेपाल र शालिग्रामको सर्वसाधारणका लागि छुट्टाएको शेयर रकमएफ.पि.ओ. को माध्यमद्धारा पुरा हुनेछ ।

वित्तीय संस्थाको संयुक्त कारोवार माघ महिनाभित्र गर्ने समझदारी पत्रमा उल्लेख गरिएको छ । समझदारी पत्रमा हस्ताक्षर समारोहमा बोल्दै सिवाईसीका अध्यक्ष पद्मनाथ शर्माले मर्जर पश्चात संस्थाएक सबल सक्षमएवं लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुने धारणा राखेका थिए ।

आरम्भ चौचारीका अध्यक्ष पोखरेलले एकीकृत संस्थालाई देशकै नमुना संस्थाको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए  । सोही अवसरमा सिवाईसीको मुख्य प्रवद्र्धक संस्था चारतारे युवाक्लव नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले संस्थालाई नीतिविधि र प्रविधिको प्राधानताभित्र सञ्चालन गर्नुपर्ने बताए । त्यस्तै शालिग्रामका अध्यक्ष कृष्णवहादुर थापाले गरिव तथा विपन्न सदस्यहरुको आर्थिक उत्थान र दुवै संस्थाको विकासका लागि मर्जर समझदारी कोशेढुङ्गा सावितहुने कुरा विचार राखेका थिए ।