जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • ४० मेगावाटको चमेलिया बनाउन अपि पावरले जुटायो लगानी, हिमालय बैंकको अगुवाईमा ६ संस्थाको ५१८ करोड लगानी

४० मेगावाटको चमेलिया बनाउन अपि पावरले जुटायो लगानी, हिमालय बैंकको अगुवाईमा ६ संस्थाको ५१८ करोड लगानी

अपि पावरले ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन गरेको छ । अपिले आफ्नो तेस्रो जलविद्युत आयोजनाका रुपमा माथिल्ला चमेलिया जलविद्युत आयोजना निर्माणका लागि आज फाइनान्सियल क्लोजर गरेको हो ।

सो आयाजनामा हिमालयन बैंकको अगुवाईमा ६ ओटा बैंक तथा वित्तीय संस्थाले ५ अर्ब १८ करोड रुपैयाँ लगानी गरेका हुन् । हिमालयन बैंकको अगुवाईमा कर्मचारी संचय कोष, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल बङ्गलादेश बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेड सहभागी भई आयोजनाको सह–वित्तियकरण बनाई ऋण प्रवाह गर्ने गरी आज (आईतबार) सम्झौता भएको हो ।

माथिल्लो चमेलिया निर्माणका लागि ७ अर्ब ४० करोड रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ । कुल लागत मध्ये ३० प्रतिशतले हुने रकम अर्थात २ अर्ब २२ करोड कम्पनीले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी गरी २ चरणमा रकम संकलन गर्नै भएको छ ।

सो आयोजना निर्माणका लागि सेयरधनीहरुबाट स्वपूँजी जुटाउनका लागि (२०७५ साल आषाढ मसान्तमा कायम) चुक्ता पूँजी १ अर्ब १३ को १ः०.४७ को अनुपातमा ५६ करोड ७० लाख रुपैयाँको हकप्रद सेयर जारी गर्नका लागि २०७६ साल फाल्गुण १२ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरिसकेको छ ।

हाल अपि पावरले ८.५ मेगावाट क्षेमताको नौगड गाढ जलबिद्युत आयोजना र ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजना निर्माण गरी राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गरिरहेको छ ।

5230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका