जोडिनुहोस
बिहिबार, पुस ३, २०८२
बिहिबार, पुस ३, २०८२

प्रभु लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान

प्रभु लाइफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज २९ गते बिहिबार काठमाडौँको होटेल मेरियटमा सभा आह्वान गरेको हो ।

सभामा आर्थिक वर्ष ७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, वित्तीय विवरणहरु स्वीकृत गर्ने, लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने, संचालक समितिका निर्णय अनुमोदन गर्ने लगायतका साधारण प्रस्ताव पेश हुने छ ।

त्यस्तै विशेष प्रस्ताव अन्तर्गत कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने र उक्त संशोधनमा फेरबदल आवश्यक परेमा आवश्यक संशोधन तथा परिमार्जनको कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ ।

२ अर्ब चुक्ता पुंजी रहेको कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन। कम्पनीले छिट्टै नै सर्वसाधारणलाई ६० करोड रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्ने अत्यारी गरेको छ।

नबिल बैंकद्वारा नबिल ग्रीन पिन सेवा शुरु

नबिल बैंकले नबिल ग्रिन पिन सेवाको सुरुवात गरेको छ । नबिल बैंकले ग्रिन पिन सेवा मार्फत आफ्ना नयाँ ग्राहकलाई नयाँ पिन सेट गर्न र पूराना ग्राहकहरुलाई बिर्सिएको पिन स्वयम्ले रिसेट गर्ने सुबिधा प्रधान गरेको हो ।

यस सन्दर्भमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, “अब हाम्रा ग्राहक महानुभावहरुले बैंकद्वारा जारी गरिएको कुनै पनि कार्डको पिन सेट गर्नु परेमा वा पिन बिर्सनुभए बैंक शाखामा आएर पिन रिसेटका निम्ति आवेदन दिईरहनु पर्दैन । अब ग्राहक महानुभावहरुले नजिकैको नबिल बैंकको एटिएमबाट सहजै आफैले पिन रिसेट गर्न सक्नुहुनेछ ।”

बैंकका प्रमुख कार्यकारी अधिकृत  शाहले भने,’ग्रिन पिन मार्पmत पिन सेट अथवा रिसेट गर्न ग्राहकहरुले नजिकैको नबिल बैंकको टिएममा गई कार्ड मसिनमा राखेर Generate OTP for PIN मेनु छान्न बैंकले जनाएको छ  । ग्राहकले बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा २४ घण्टाको म्याद रहेको OTP प्राप्त हुने बैंकले जनाएको छ । ग्राहकले “Enter OTP to Change Your Pin” मेनु छनौट गरि प्राप्त भएको OTP राखेर पिन सेट अथवा रिसेट गर्न सकिने छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले ग्रिन पिन सेवा मार्पmत बैंकले पिन प्रिन्ट गर्न प्रयोग हुने कागजको र पिनलाई प्याक गर्न प्रयोग हुने प्लास्टिकको उपभोग घटाउ“दै वातावरण मैत्री सेवाको सुभारम्भ गरेको विज्ञप्ति दिएका छन् ।

नबिल बैंकका देश भरी ११९ शाखाहरु र १८५ एटिएम काउण्टरहरु रहेका छन् । नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ । देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना गरेको हो ।

यूनियन लाइफ चौथो बर्षमा प्रवेश

यूनियन लाइफ इन्स्योरेन्स  तेश्रो बर्ष पुरा गरी चौथो बर्षमा प्रवेश गरेको छ। यस अवसरमा युनियन लाइफले विभिन्न कार्यक्रम गरी तेश्रो वार्षिकोत्सव मनाएको छ।

कम्पनीले आगामी दिनमा अझ बढि सशक्त र आक्रामक रुपमा ब्यवसाय बृद्धि गर्ने प्रतिवद्धता जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले भने कम्पनीको व्यावसाय र ब्राण्डलाई अझ उचाइमा बिस्तार गर्दै लैजाने बताए ।

बीमा समितिबाट २०७४ असोज ४ गते कारोवार संचालनको अनुमती पाएको युनियन लाइफको जारी पुंजी २ अर्ब १५ करोड छ। जारी पुंजीको ३० प्रतिशतले हुने साधारण शेयर (आइपीओ) चाडै नै निश्कासन गर्ने कम्पनीले जनाएको छ।

कम्पनीको संचालक समितिको अध्यक्षमा शुलभ अग्रवाल र संचालकहरुमा शेखर गोल्छा, संदिप कुमार अग्रवाल र जीवन कुमार अग्रवाल छन् । यसैगरी कम्पनीको मुख्य लगानीकर्ताहरुमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, राजेश हार्डवेयर र टिवडेवाल ग्रुप छन्।

एन आई सी एशिया बैंकमा २०७७ श्रावण मसान्तसम्म ३ महिना वा बढीले भाखा नाघेका कर्जाहरूको ब्याजदर ८.९९ प्रतिशत कायम गर्न २३ दिन बाँकी

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ लाखौं ग्राहक महानुभावहरूमाझ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस एन आई सी एशिया बैंकले ऋइख्क्ष्म्(ज्ञढ बाट आफ्ना ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न विभिन्न सहुलियतका योजनाहरू ल्याइरहेको अवस्थामा २०७७ श्रावण मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको २०७७ आश्विन मसान्तसम्मको साँवा तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको ब्याजदरलाई घटाई १ कात्र्तिक २०७७ देखि लागू हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिने योजना ल्याएको सर्वविदितै छ । यस असाधारण समयमा ग्राहक महानुभावहरूमा परेको आर्थिक भारलाई कम गर्ने हेतुले बैंकले ल्याएको यस योजनामा सहभागी हुन २३ दिन बाँकी रहेको हुँदा समयमै मौकाको फाइदा उठाउनु हुन बैंक सम्पूर्ण योग्य ऋणीहरूमा हार्दिक आह्वान गर्दछ । यस बैंकबाट मासिक तथा त्रयमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गर्नुभएका सम्पूर्ण योग्य ग्राहक महानुभावहरूले यस योजनामा सहभागी भई समयमै अतुलनीय फाइदाको लाभ उठाउन सक्नुहुनेछ ।

यस असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हित रक्षाको निमित्त आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले आफ्नै प्रयासबाट ऋणीहरूका लागि कर्जामा आकर्षक छुटको व्यवस्था गरेको हो । उक्त योजनाबाट कोरोना भाइरसबाट आक्रान्त यस विषम परिस्थिति पश्चात् देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं सबलीकरणमा टेवा पुगी आम ग्राहक महानुभावहरूको आवश्यकतालाई परिपूर्ति गर्न सफल हुने बैंकले विश्वास लिएको छ ।

यस बैंकबाट कर्जा उपभोग गर्नु भईरहेको तथा भविष्यमा यस बैंकसँग जोडिने ग्राहक महानुभावहरूको सहजता तथा आवश्यकतालाई महशुस गरी कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा ग्राहक महानुभावहरूको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरुप यस बैंकले ‘कर्जा सहायता केन्द्र’ को स्थापना गरेको छ । यस ‘कर्जा सहायता केन्द्र’ को स्थापना पश्चात् बैंकका ग्राहक महानुभावहरूले आफ्नो कर्जा सम्बन्धी जिज्ञासा तथा गुनासोहरू जस्तै कर्जाको लागि योग्यता, कर्जाको फारम, ब्याजदर, नवीकरण, नयाँ कर्जा लगायतको सम्बन्धमा सम्पूर्ण जानकारी तथा समाधानको लागि घरमै बसी सहज तरिकाले यस सुविधाको फाईदा लिन सक्नुहुनेछ । ग्राहक महानुभावहरूले ज्भ्ीए टाइप गरी ३४४८८ मा एसएमएस ९क्ःक्० मार्फत वा बैंकको वेबसाइट धधध।लष्अबकष्बदबलप।अयm मा राखिएको ँभभमदबअप ँयचm मा आफ्नो कर्जा सम्बन्धी जिज्ञासा वा गुनासो लेखेर पठाउन वा बैंकको टोल फ्रि नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी बैंकको प्रतिनिधिसँग सिधा कुरा गर्न सकिने व्यवस्था बैंकले गरेको छ । यस ‘कर्जा सहायता केन्द्र’ मा ग्राहक महानुभावहरूले पहिलो सम्पर्क गरेपछि बैंकको प्रतिनिधिले तीन घण्टाभित्र सम्पर्क गरी विस्तृत जानकारी लिई सम्बन्धित जिज्ञासा तथा गुनासोको प्रकृति हेरी दुई कार्य दिनभित्र समाधान गर्ने बैंकले व्यवस्था मिलाएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६७ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.१ अर्ब ८७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

बोलिमा सुशासन, व्यवहारमा कुशासनतर्फ मुलुक

संविधानसभाबाट संविधान निर्माण गरी लागु भएको ५ वर्ष पुरा भएर छैठौं वर्षमा लागेको छ । असोज ३ गते सरकारले सरकारी सुरक्षामा संविधान दिवस मनाएको छ । तर जनतामा संविधान दिवसले कुनै उत्साह उमंग जगाउन सकेको देखिएन । एक प्रकारले भन्ने हो भने संविधानलाई सरकारले व्यक्तिको घरजग्गाको लालपुर्जा जस्तो बनाएको छ ।

संविधानको प्रावधान अनुसारका काम कारबाही हुन सकेका छैनन् । संविधान भनेको राज्य सञ्चालनका मुख्य आधार भएपनि सरकारी स्तरबाटै त्यसको उल्लंघन गरिँदै आएको छ । राजनीतिक दलहरु त्यसमा पनि सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीले संविधानलाई आफ्नो स्वार्थ अनुसारको व्याख्या गरिएको हुनाले संविधानसभाबाट निर्माण गरी लागु गरिएको संविधानले समेत जनताका इच्छा र आकांक्षा पुरा गर्न सकेको देखिएको छैन । संविधान निर्माण हुनुअघि राजनीतिक दलहरुले जनतालाई ठुला ठुला आश्वासनका सपनाहरु बाँडेका थिए संविधानसभाबाट संविधान निर्माण गरी संविधान जारी भएपछि मुलुकमा उत्पन्न भएका सबै समस्याहरु समाधान हुन्छ भनेर जनतालाई आश्वासन दिएका थिए तर संविधान जारी भएको ५ वर्ष भइसक्दा पनि जनताका समस्याहरु जस्ताको तस्तै रहेका छन् भने केही व्यक्तिहरुलाई सत्तामा पु¥याउने र राज्यकोषमा ब्रह्मलुट मच्चाउने काम बाहेक अन्य केही हुन सकेको छैन ।

राजनीति भनेको सत्ता र शक्तिको लागि खेलिने एक प्रकारको खेल हो । खेलमा भाग लिएपछि त्यसबाट आउने परिणामलाई सबैले स्वीकार गर्नुपर्ने विश्वव्यापी सिद्धान्त नै हो । तर खेल खेलाउने व्यक्ति अर्थात आमपाएर वा रेफ्रीले निष्पक्ष भूमिका निभाउनुपर्दछ । रेफ्रीले निष्पक्ष भूमिका निभाउन नसकेको खण्डमा त्यस्तो खेलको कुनै अर्थ रहँदैन । अहिले नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष मध्येका एक केपी ओली प्रधानमन्त्रीको हैसियतमा रेफ्रीका भूमिकामा रहेका छन् । उनी पार्टी अध्यक्षमात्र नभएर मुलुकको कार्यकारी प्रधानमन्त्री समेत रहेकाले उनको भूमिका निष्पक्ष हुनुपर्दथ्यो तर त्यसो हुन सकेको छैन ।

पार्टीगत स्वाथ र व्यक्तिगत स्वार्थभन्दा माथि नेपाल कम्युनिष्ट पार्टी उठ्न सकेको अवस्था देखिएको छैन । पार्टीका अध्यक्ष हुँदा पार्टीको स्वार्थका लागि काम गर्न कुनै अनौठो विषय नभएपनि प्रधानमन्त्री भै सकेपछि उनी सबै जनताका प्रधानमन्त्री हुन् । आफ्नो पार्टी बाहेकका पार्टीहरुका नीति तथा कार्यक्रमहरु पनि जनताको पक्षमा रहेका छन् भने त्यसलाई सहज रुपमा सरकारले स्वीकार गर्न सक्नुपर्दछ । राजनीतिक दलहरुले गर्ने काम कारबाही र सरकारले गर्ने काम कारबाहीमा आकाश जमिनको फरक हुन्छ । पार्टीका नेता प्रधानमन्त्री, मन्त्री भइसकेपछिउनीहरु मुलुककै प्रधानमन्त्री र मन्त्रीको हैसियतमा रहनुपर्नेमा अहिले केपी ओली नेतृत्वको सरकारले त्यस्तो हैसियत देखाउन सकेको छैन । पार्टीगत स्वार्थका लागि विभिन्न कदमहरु चालिएको भएपनि त्यस्तो कदमले जनतालाई कुनै फाइदा पु¥याउन सकेको छैन । सत्ता प्राप्तिका लागि राजनीतिक दलहरुले विभिन्न खालका तानावाना बुन्न सक्छन् ।

आफ्नो पार्टीको नेता तथा कार्यकर्ताहरुलाई ध्यानमा राखेर पार्टीले नीति बनाउन सक्छ तर सरकारले समेत पार्टीकै जस्तो नीति बनाउन थाल्यो भने त्यसमा जनताको वितृष्णा बढ्दै जाने धेरै सम्भावना रहेको हुन्छ जसरी अहिले सरकारप्रति जनतामा एक प्रकारको वितृष्ण बढ्दै गएको छ । सरकारले कोरोना भाइरसलाई समेत आफ्नो पार्टीको हितका लागि उपयोग गरिरहेको छ । गत चैत्र ११ गतेदेखि कोरोना भाइरसलाई रोकथाम र नियन्त्रण गर्न भनेर मुलुकभर लकडाउन गरियो । लकडाउनको बेला सरकारले जति काम गर्नुपर्ने थियो त्यति काम गरेन । अर्थात सरकार लकडाउन लागु गरिएको छ भनेर ढुक्कले बस्यो । कोरोना भाइरस आफैँ ठीक हुन्छ भनेर उ समेत लकडाउनमै बस्यो ।

आम जनतालाई बाँच्नसम्म मुस्किल हुने गरी कहिले लकडाउन कहिले सटडाउनमै बस्यो र कहिले निषेधाज्ञा मात्रै गर्न जान्ने शासकहरुमा लाज भन्ने जिनिस भएको भए कोरोनाकालमा संविधान दिवस सरकारी स्तरमा मनाउनुपर्ने थिएन स्वयम् जनताले नै मनाउन सक्थे, खुल्लामञ्चमा भोका जनतालाई राखेर सरकारी स्तरमा सरकारी कडा सुरक्षाका बीचमा मनाइनुपर्ने आवश्यकता थिएन, भोका जनतालाई संविधान दिवसको उपलक्ष्यमा एकछाक खान समेत खुवाउन नसक्ने सरकारले मनकारी हातहरुले भोका जनतालाई खाना खुवाउँदा अवरोध पु¥याउने काममा काम गर्नुपर्ने थिएन होला । पञ्चायतीकालमा समेत संविधान दिवस मनाइने गरिएको थियो । त्यही खुलामञ्चमा त्यसबेला नेपाली जनतालाई खुलामञ्चमा भेला हुन कुनै अवरोध हुँदैन थियो । तर, संविधान सभाले निर्माण गरेको संविधान लागु भएको अवस्थामा समेत सरकारले सरकारी सुरक्षा बीचमा जनताको उपस्थितिलाई शुन्यमा राखेर संविधान दिवस मनाउनुले गर्दा जनतामा सविधान दिवस प्रति कुनै आस्था नरहेको प्रष्ट भएको छ ।

त्यसैले भन्न सकिन्छ अहिलेको संविधालाई समेत जनताले अपनत्व लिन सकेका छैनन् भनेर । एकातिर संविधान दिवसको उपलक्ष्यमा राष्ट्रपति देखि लिएर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका लगायत अन्य सरकारी उच्चस्तरीय व्यक्तिहरुको उपस्थिति सुरक्षा घेरामा रहेको थियो भने अर्कोतिर भोका पेट भएका जनता खाना खानको लागि मनकारी हातहरुलाई कुरिरहेका थिए । के त्यो दृष्य राष्ट्रपति र प्रधानमन्त्रीले देखेका थिएनन् ?भोका पेट भएका जनतालाई खाना खुवाउन पुगेका व्यक्तिहरुमाथि प्रहरीद्वारा कुटपिट गरियो ।

प्रहरीहरु भन्दै थिए जनताको अवस्था देख्दा हामीलाई पनि लाज लाग्छ तर के गर्नु माथिको आदेश छ, राष्ट्रपति, प्रधानमन्त्री आउने कार्यक्रममा कसैलाई हिडडुल गर्न नदिनु, उहाँहरुलाई डिस्ट्रब हुन्छ अरे भनेर हामीलाई आदेश दिएका छन्, त्यसैले हामीहरुले जनतालाई रोक्नैपर्दछ भनेर । विचरा तल्ला तहका प्रहरी कर्मचारीहरुले आदेश पालना गर्नु उनीहरुको धर्म र कर्तव्य थियो । आदेशको पालना गरे तर आदेश दिने व्यक्तिले समेत खुलामञ्चमा खाना पाइने आशामा आएका भोका पेटका जनतालाई देखेनन् ।

२०४६ सालको आन्दोलन र २०६२÷६३ सालको आन्दोलनमा अहिले सत्तामा रहेकै दलका नेता तथा कार्यकर्ताहरुले सडकमा नारा लगाउँथे, तत्कालिन राजा सडकमा हिँड्दा जनतालाई किन हिडडुल रोकिन्छ, के जनताभन्दा राजा ठुला हुन् र भनेर तर आज तिनै आन्दोलनकारी सत्तामा पुगेका छन् । अनि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री सडकमा निस्किँदा सर्वसाधारण जनतालाई हिडडुल गर्न रोक लगाइन्छ त्यसैको प्रत्यक्ष प्रमाण हो संविधान दिवसको उपलक्ष्यमा राष्ट्रपति प्रधानमन्त्री लगायत अन्य व्यक्तिहरु सडकमा निस्किए सर्वसाधारण जनतालाई हिडडुल गर्न रोक लगाउनु ।

सर्वसत्तावादी राज्यमा दैनिक सयौं बेरोजगार र भोका आम नागरिकले सडकमा मागेर खानुपर्ने अवस्थामा राजकीय सवारी चलाउने र संविधान दिवसको उपलक्ष्यमा दिवस मनाउनेहरुलाई कुनै लाज लागेन । दिवस मनाइरहेकै ठाउँमा पर्खालसँगै जोडिएको खुल्ला मञ्चमा खाना पाइने आशामा बसेका भोका जनताका आग्रहलाई किन वेवास्ता गरियो ? के संविधान भनेको ठुला बडाहरुको लागि मात्र हो ? के सत्तामा पुग्ने र सत्तामा बस्नेहरुको लागि मात्र संविधान निर्माण गरिएको हो त ? कोरोना भाइरसका कारण हजारौँं हजार मानिसहरु संक्रमित भएका छन् सयौं व्यक्तिले ज्यान गुमाईरकेका छन् ।

गरिब र निमुखा भनेर संविधानले उनीहरुलाई कुनै अधिकार दिएको छैन । ठुला बडाहरुको घर घर र कार्यालयमै पुगेर कोरोना भाइरसको निःशुल्क परीक्षण गरिएको छ तर गरिब जनताले आफूँले पैसा तिरेर पनि परीक्षण गर्न पाएका छैनन् । सरकारले जनतालाई देखाउनका लागि परीक्षणको शुल्क निर्धारण गरेको भएपनि त्यसको पालना भएको छैन । छिमेकी मुलुक भारतमा भारतीय ७ सय रुपैँयामा परीक्षण गरिँदै आएको छ । तर हामीकहाँ भने पहिलो ६४ सय रुपैँया पु¥याइयो । पछिल्लो समयमा सरकारले २ हजार परीक्षण शुल्क तोकेको भएपनि अधिकांश अस्पतालहरुले ४४ सय रुपैँया लिइरहँदा पनि ओली नेतृत्वको सरकार त्यो नदेखे झैँ गरी लुटलाई साथ दिइरहेको छ ।

प्रधानमन्त्री ओलीले केही समयअघि राष्ट्रको नाममा सन्देश दिँदै कोरोना भाइरसको परीक्षण शुन्यबाट सुरु भएर अहिले दैनिक २४÷२५ हजारसम्म पु¥याइएको सगौरव उद्घोष गरेका थिए । तर आजसम्म पनि ११÷१२ हजार भन्दा बढीको दैनिक परीक्षण हुन सकेको छैन । अझ अहिले त त्यो संख्या घटाइँदै आएको छ भने दिनहुँ कोरोना भाइरसका संक्रमितहरु थपिँदै गएको छन् भने निधन हुनेको संख्यामा समेत बृद्धि भएको छ । प्रधानमन्त्री ओलीले प्रत्येक भाषणमा मुलुकमा सुशासन कायम भएको बताउँदै आएका छन् तर उनैको पार्टी र सरकारले नै संविधानको उल्लंघन गर्दै मुलुकलाई कुशासनतर्फ अग्रसर भइरहेको छ ।

त्यसको प्रत्यक्ष प्रमाण हो प्रतिनिधिसभा र प्रदेशसभामा एउटै पार्टीका सभामुख र उपसभामुख हुन हुँदैन भन्ने व्यवस्था संविधानमा प्रष्ट गरिएको भएपनि अहिले ६ वटै प्रदेशसभामा सभामुख र उपसभामुख सत्ताधारी दल नेकपाकै रहेका छन् भने झण्डै ८ महिनादेखि प्रतिनिधिसभाका उपसभामुख पद रिक्त राखिएको छ । संविधान अनुसार प्रतिनिधिसभाको उपसभामुख विपक्षी दलबाट हुनुपर्ने सम्वैधानिक व्यवस्था रहेको र प्रतिनिधिसभाको उपसभामुख समेत सम्वैधानिक परिषद्को सदस्य हुने व्यवस्थाले गर्दा भोली सम्वैधानिक निकायमा सरकारले एकलौटी नियुक्ति गर्न अप्ठ्यारो अवस्था आउन सक्ने भएकाले उपसभामुख पद रिक्त राखिएको छ ।

सम्वैधानिक परिषद्का अध्यक्ष स्वयम् प्रधानमन्त्री हुने र सदस्यहरुमा सर्बोच्च अदालतका प्रधानन्यायाधिश, प्रतिनिधिसभा सभामुख, राष्ट्रिय सभामा अध्यक्ष, प्रमुख विपक्षी दलका नेता र प्रतिनिधिसभाका उपसभामुख रहने सम्वैधानिक व्यवस्था भएकाले विपक्षी दलका व्यक्ति सदस्य रहेको अवस्थामा आफ्नो पक्षमानिर्णय हुन नसक्ने अवस्था आउन सक्ने भएकाले उपसभामुख पद रिक्त राखिएको छ । यसरी सत्ताधारी दल र सरकारले जतिसुकै सुशासनका कुरा गरेपनि व्यवहारमा भने मुलुक कुशासन तर्फ अग्रसर भएको छ ।

मुलुकमा ओली सरकार गठन भएपश्चात् भ्रष्टाचार बढेको छ । साना तिना भ्रष्टाचारीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गरेपनि ठुला ठुला भ्रष्टाचारा काण्डहरुमा अख्तियार मौन बसेको छ । अख्तियारका प्रमुख आयुक्त र आयुक्तहरु समेत सरकारकै सुरक्षा कवच बन्दै गएका छन् । एक हजार घुस खाएको आरोपमा मालपोत कार्यालय कलंकीका रामहरि सुवेदीलाई अख्तियारले ४१ दिन थुनामा राखेर विशेष अदालतमा मुद्दा दर्ता ग¥यो तर आफू निर्दोष रहेको बताउँदा बताउँदै उनले आत्महत्या गरे ।सुवेदीले आत्महत्या गरेको १० महिनापछि विशेष अदालतले उनलाई सफाई दियो यदि प्रकरणले समेत प्रष्ट हुन्छ अख्तियार समेत सरकारको छायाँमा परेको र आफ्ना विरोधीलाई तह लगाउने र सत्ताधारी दलका भ्रष्टाचारीहरुलाई क्लिन चीट दिने हतियारका रुपमा अख्तियार आलोचित बन्दै गएको छ ।

सत्ताधारी दलका नेताहरुले आफ्नो हैसियत बेगरको रवाफ देखाईरहेका छन् । सत्ताको स्वादमा रमाउँदै उनीहरु जनतालाई वेवास्ता गरिरहँदा समेत संविधानले ग्यारेन्टी गरेका कतिपय प्रावधानहरु जनताले प्रयोग गर्न पाइरहेका छन् । सत्ताधारी दल र सरकारले संविधानको उल्लंघन गर्दै जबरजस्ती रुपमा राज्यकोषमाथि ब्रह्मलुट मच्चाईरहेका छन् । पार्टीका बैठकहरु समेत सरकारी खर्चमा हुन थालेका छन् । प्रधानमन्त्रीको सरकारी निवासलाई पार्टी कार्यालय जस्तो बनाइएको छ ।

विविध विधानलाई वेवास्ता गर्दै राम्रा भन्दा हाम्रालाई नियुक्ति गरिँदै आएको छ । कसैलाई कानुन देखाएर तर्साउने गरिएको छ भने कसैलाई कानुनलाई लत्याउँदै महत्वपूर्ण पदमा नियुक्ति गरिएको छ । नियुक्ति गर्दा समेत दोहोरो मापदण्ड अपनाइएको छ, यसरी सुशासनको नारा दिएर कुशासनका कामहरु सरकारले गरिरहेको छ । यी सबै कारणहरुले गर्दा संविधान समेत विस्तारै कागजको खोस्टोका रुपमा परिणत हुँदै गएको छ । संविधानले व्यवस्थ गरेनुसार काम कारबाही समेत हुन सकेका छैनन् । महत्वपूर्ण कार्यहरु गरिसक्नुपर्ने र संविधानले नै मिति निर्धारण गरेको कार्यहरु समेत अहिलेसम्म पुरा नभएकाले सत्ताधारी दल र केपीओली नेतृत्वको सरकारले सक्कली लालपुर्जाका मालिकहरु जनतालाई नक्कली लालपुर्जा भिडाएर सार्वभौमसत्ता सम्पन्न नभएको प्रमाणित गरिदिएका छन् ।

संविधानमा नेपाली जनतामा सार्वभौमसत्ता सम्पन्नता रहनेछ भनिएको भएपनि आजसम्म नेपाली जनता सार्वभौमसत्ता सम्पन्न नभएको प्रमाणित हुँदै गएको छ । यदि जनता सार्वभौमसत्ता सम्पन्न थिए भने किन जनताले चुनाव हराईदिएका व्यक्तिलाई राष्ट्रियसभाको सदस्य बनाइयो ? जनताभन्दा माथि न त संविधान हुन्छ न त सरकार नत राजनीतिक दल, राजनीतिक दलले निर्णय गरेको भरमा जनताले हराईदिएका व्यक्तिलाई विज्ञहरुको कोटामा सरकारको सिफारिसमा राष्ट्रपतिलेनियुक्त गर्नुले राष्ट्रपति पदकै अपमान भएको छ । राष्ट्रपति नै संविधानको संरक्षक समेत भएकाले र राष्ट्रपति संस्था समेत भएकाले किन राष्ट्रपतिसमेत कुशासनको मार्गतर्फ उन्मुख हुँदै गएको छ त्यो नै रहस्यको विषय बनेको छ ।

इन्भेष्टमेन्ट बैंकले ४ अर्बको ऋणपत्र निष्कासन गर्ने, सात वर्ष अवधि

नेपाल इन्भेष्टमेन्ट बैंकले चार अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । ऋणपत्र निष्कासनका लागि इन्भेष्टमेन्टले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा असोज ५ मा निवेदन दिएको छ ।

बैंकले ८.५ प्रतिशत प्रतिफल दिनेगरी सात वर्षे परिवक्व अवधिको ऋणपत्र  जारी गर्न बोर्डको अनुमति मागेको हो ।

बोर्डबाट अनुमति पाएसँगै बैंकले प्रतिएकाइ एक हजार रुपैयाँ दरका ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ। सोमध्ये १६ लाख कित्ता सर्वसाधारणका लागि र २४ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गर्ने बैंकको योजना छ ।

बैंकले ऋणपत्रको  बिक्री प्रबन्धकमा आरबीबी मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको जनाएको छ ।

प्रभु बैंकले कोभिड प्रभावित शिक्षकलाई बिना धितो चार लाख ऋण दिने

प्रभु बैंकले सहयात्रा समृद्धिको नामक नयाँ कर्जा योजनामार्फत कोभिडबाट प्रभावितहरुलाई बिना धितो ऋण उपलब्ध गराउन थालेको छ।

बैंकले सरकारको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धि एकीकृत कार्यविधि २०७५ अन्तर्गत रहेर आइडिया स्टुडियोसँगको सहकार्यमा नयाँ ऋण योजना ल्याएको प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताएका छन्।

बैंकले कोरोनाका कारणले प्रभावित र समस्यामा परेका साना उद्यमी तथा व्यबसायी, स्वरोजगार उद्यमी, शिक्षित बेरोजगार युवा, विदेशबाट फर्केका बेरोजगार युवा, परम्परागत पेशा र व्यबसायमा संलग्न उद्यमीको आर्थिक कठिनाईलाई व्यवस्थापन गर्न ऋण योजना ल्याएको हो।

सरकारबाट जारी लामो समयसम्मको बन्दाबन्दीको कारण उपत्यकामा टेम्पोलगायत अन्य सार्वजनिक सवारी साधनहरुमा रोक लगाएसँगै विशेषगरी महिला सफा टेम्पो चालकहरु आर्थिक संकटका बीच बाँचिरहेका छन्। नियमित रूपमा भइरहेको आम्दानी गुमाउनु परेसँगै दैनिक रोजीरोटीका लागि आर्थिक जोहो गर्न नसक्दा अहिले निकै ठूलो आर्थिक दबाबका बीच आफ्नो घर व्यवहार चलाउन उनीहरु बाध्य छन्।

अर्कोतिर,  विद्यालयहरुले विद्यार्थीहरुका लागि अनलाइन कक्षाहरु संचालन गरिरहेका छन् तर शिक्षकहरुले अनलाइन कक्षा संचालनका लागि आवश्यक पर्ने इन्टरनेट पहुँच, कम्प्यूटर तथा फर्निचर जस्ता न्यूनतम आवश्यकताहरुको जोहो गर्न सकेका छैनन्।

नयाँ कर्जा योजना अन्तर्गत प्रथम चरणमा बैँकले काठमाण्डौं उपत्यका भित्रका महिला सफा टेम्पो चालकहरुलाइ अधिकतम १ लाख रुपैयाँ  र बिद्यालय शिक्षकहरुलाई अधिकतम ४ लाख कर्जा सुविधा उपलब्ध गराउने छ।

लाभांश दिन सिटिजन्स बैंकका दुवै योजनाले तोके बुक क्लोज

सिटिजन्स बैंकको प्रवर्द्धक रहेको सिबिआई क्यापिटद्धारा संचालित सिटिजन्स म्युचुअल फण्ड १ र २ ले इकाइधनीहरुलाई लाभांश वितरण गर्नका लागि बुक क्लोजको मिति तय गरेका छन्।

क्यापिटलले लाभांश वितरणको लागि असोज १५ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। असोज १४ गतेसम्म कायम इकाइधनीले लाभांश पाउन सक्ने छन्। दुवै योजनाले इकाइधनीहरुलाई कुल १७ करोड ९० लाख रुपैया नगद लाभांश वितरण गर्नेछन्।

विजुलीका गाडीमा १० लाख देखि २० लाख बढि लिएर लुट मच्चाएको खुलासा ?

सुन्दा पनि अचम्म लाग्ने हेर्दा पनि जीउ नै सिरिङ्ग हुने काम हुण्डाई गाडीको नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्ट प्रा.लि.ले गर्दै आएको छ भन्दा पत्याउन गाह्रो होला । तर, यो सत्य हो । राज्यलाई नै चुनौती दिँदै हुण्डाईको नेपालको विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टले गत बजेटमा विजुली गाडीको भन्सार दर बढे अगाडी नै नेपाल भित्र्याएका करिब २०० गाडी अहिले चाडवार्डको अफर भन्दै १० लाख देखि २० लाख मुल्य बढाएर विक्री गरि ग्राहक ठगी गर्दै आएको उसकै कम्पनीका एक उच्च कर्मचारीले पंक्तिकारसंग बताए ।

यति मात्रै होइन पुरानै हुण्डाईको क्रेटा (CRETA) गाडी नयाँ भनेर लञ्च गरि १२ देखि १५ लाख बढाएर बिक्री गरेको देखिन्छ । यस बारेमा यातायात विभागमा उजुरी समेत परेको भेटिएको छ । २० प्रतिशत भन्दा बढि नाफा लिएर गाडी बेच्न नेपालमा पाइदैन । तर, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले ३०÷४० प्रतिशत नाफा लिएर गाडी विक्री गरेकोदेखिन्छ । स्टाफ खर्च, अफिसको भाडा देखि सबै खर्च गाडीमै जोडेर चर्को मुल्यमा गाडी बिक्री गरेको देखिन्छ । राज्य कहाँ छ ? लक्ष्मी इन्टरकन्टिनेन्टलाई कसले कारबाही गर्ने हो, प्रधानमन्त्रीज्यू ?

नेपालमा विगत लामो समयदेखि विश्व बजारमा उत्कृष्ट ठहरिएको हुण्डाई गाडी विक्री वितरण गर्दै आएको लक्ष्मी इन्टरकन्टिनेन्ट प्रा.लि.हुण्डाई अटो मोबाइल नेपालले आफ्ना ग्राहकहरुलाई गाडी विक्री गरेपछि दिइने सेवा र सुविधामा समेत ठगी गर्दै आएको फेला परेको छ ।

पोखराका व्यवसायी आजाद श्रेष्ठका भतिजद्वय अञ्जन श्रेष्ठ र निराकर श्रेष्ठले समाल्दै आएको लक्ष्मी इन्टरकन्टिनेन्टलले गाडी विक्री गरेको ४÷५ महिना पछि गाडीमा चर्को आवाज आउने इन्जिनबाट कालो धुवा आउने समस्या देखिएको हुण्डाई गाडी खरिदकर्ता एक पूर्व डिआईजीले नाम नलेख्ने शर्तमा पंक्तिकारसंग भने । मेरो गाडीमा समस्या आएपछि नयाँ गाडी दिइएको थियो । त्यसकारण हुण्डाईका गाडी नकिन्न पनि उनीले आम नेपालीलाई आग्रह गरेका छन् ।

नयाँ गाडीमै समस्या देखिएपछि ग्यारेन्टी र वारेन्टी भएपनि समयमै सेवा नदिने फोन नउठाउने र ग्राहकलाई उल्टै धम्की दिनेकाम कम्पनीका प्रमुख अञ्जन श्रेष्ठले गर्दै आएको उनीले पंक्तिकारलाई बताए । अञ्जन श्रेष्ठ नाडाका पूर्व सभापति पनि हुन् । यस अगाडी हुण्डाईका गाडीमा लागत मुल्य भन्दा १०÷१२ लाख बढिमा गाडी विक्री गरेको आरोप उनी माथी लागेको थियो ।

आइन्दा यस्तो नगर्ने शर्तमा यातायात व्यवस्था विभागले उनीलाई माफी दिएको थियो । फेरि हुण्डाईले यस्तै व्यवहार गर्दै आएपछि यातायत व्यवस्था विभागमा उजुरी परेको फेला परेको छ ।

नेपालीहरुको महान चार्ड दशैं तिहार अफरको नाममा मंहगोमा गाडी विक्री गरि केही छुट दिएको देखाउदै आएको लक्ष्मी इन्टरकन्टिनेन्टल माथी कर छली गरेको उजुरी समेत कर कार्यालयमा पुगेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका एक उपाध्यक्ष उम्मेदवार समेत रहेका अञ्जन श्रेष्ठको ठगी धन्दाका कारण उनीले चुनाव जित्ने कुरामा आशंका देखिन्छ । विजुलीका गाडीमा चर्को कर लगाएको भन्दै सरकारको चर्को विरोध गर्दै आएका नाडाका पूर्व अध्यक्ष श्रेष्ठ माथी राज्यले कर छलीमा अब छानवीन गर्नुपर्ने आवज उठेको छ ।

हुण्डाई गाडी विक्री गर्दै आएको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले गाडी बिक्री भएपछि समस्या आए फोन नउठाउने देखि ग्राहकलाई धम्की दिने काम समेत गर्दै आएको कारण हुण्डाई गाडी देखि होसियार । उद्योग वाणिज्य महासंघको आगामी चुनावमा उपाध्यक्ष उम्मेदवार बनेका हुण्डाई गाडीका नेपालका प्रमुख अञ्जन श्रेष्ठको ठगी धन्दा र दादागिरीले उनीलाई अधिकाशं मतदाताले मन नपराएको उनी निकट केही सदस्यले पंक्तिकारसंग बताए ।

अर्को कुरा के छ भने गाडीको पुरस्कार राख्ने अनि आफ्नै नजिकको ग्राहकलाई पुरस्कार दिने गरेकोले पुरस्कार र छुट दिएको हुण्डाई गाडी नकिन्न आम ग्राहकलाई भुक्तभोगीहरुले आग्रह गर्दै आएका छन् ।

यति सम्मकी लक्ष्मी इन्टरकन्टिनेन्टलको अफिसमा गुनासो लिएर गए भेट नदिने गुनासो भए तल कुरा गर्ने भन्दै महंगोमा गाडी किनेका ग्राककलाई त्रसित बनाउने काम गरेको समेत खुलेको छ । सचेत भया ।

सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो मुस्कान होम अफ होपलाई २ लाख ५० हजार सहयोग

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मुस्कान होम अफ होपलाई सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुरको धोबिघाट स्थित मुस्कान होम अफ होपलाई दुई लाख पचास हजारको चेक हस्तान्तरण गरेको हो ।

यस डेभलपमेन्ट बैंकले मुस्कान होम अफ होपलाई गरेको यस आर्थिक सहयोगले मुस्कान होममा आश्रित बौद्धिक तथा शारीरिक अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाहरुका लागि निःशुल्क खाना, आवास तथा शिक्षामा सहयोग पुग्ने छ ।

उक्त चेक हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट नायव महाप्रबन्धक अपुर्व प्रसाद जोशीज्यूले मुस्कान होमका अध्यक्ष श्रीमती सुमती कर्माचार्यज्यूलाई चेक हस्तान्त्तरण गरे ।

बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ९१ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आइरहेको छ ।

महालक्ष्मी विकास बैंकका ऋणीहरुलाई व्याज रकममा १० प्रतिशत छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले ऋणीहरुलाई व्याज रकममा छुट दिने भएको छ । कोरोना भाइरसका कारणले उत्पन्न असहज परिस्थितिमा यस बैंकबाट कर्जा सुविधा लिएका ग्राहकहरुलाई राहत पु¥याउने उद्देश्यले ऋणिहरुले असोज मसान्त भित्र तिनुपर्ने व्याज भुक्तानी गरेमा भुक्तानी भएको व्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ ।

ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता÷ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै बैंकले केही कर्जाहरुमा व्याजदर समेत घटाएको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३४ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या करिब ५ लाख भन्दा बढी रहेको छ ।

सानिमा बैंकको क्रेडिट कार्ड अनलाईनबाटै आवेदन दिन मिल्ने

सानिमा बैंकले (SANIMA) ग्राहकहरुको सुविधा र सुरक्षालाई ध्यानमा राखी अनलाईन मार्फत् क्रेडिट कार्ड आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।

ग्राहकहरुले क्रेडिट कार्ड आवेदन दिनका लागि बैंकको वेवसाइट (www.sanimabank.com) मा गई “क्रेडिट कार्ड आवेदन” मा क्लिक गरी फारममा उल्लेखित आवश्यक विवरण भरी सरल रुपमा आवेदन दिन सकिनेछ । फारम भरेसँगै क्रेडिट कार्ड स्वीकृत भएकोबारे र कार्ड उपलब्ध गराइने समय सम्बन्धी जानकारी इमेल तथा फोन मार्फत् गराइनेछ । क्रेडिट कार्ड आवेदनका लागि बैंकसम्म भौतिक रुपमा पुग्नु नपर्ने भएका कारण यो प्रक्रिया सरल, सुरक्षित हुनुका साथै समयको पनि बचत हुन्छ । यो सुविधा यही असोज ६ गतेदेखि संचालनमा ल्याएको बैंकले जनाएको छ । सानिमा बैंकको क्रेडिट कार्ड प्रयोग गरी अनलाइन सपिङ्ग गर्दा छुट प्राप्त गर्नुका साथै मासिक किस्तामा सामान खरिद गर्न सकिन्छ ।

सानिमा बैंकले हाल ८२ शाखा कार्यालय १५ विस्तारित काउन्टर तथा ८१ एटिएम रहेको छ ।