जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

सिभिल बैंकले बचत खातामा वार्षिक ६ प्रतिशत ब्याजदर दिने

सिभिल बैंक लिमिटेडले सर्वाधिक ब्याजदर पाइने बचत खाता योजना ‘प्रिमियम बचत खाता’ सञ्चालनमा ल्याएको छ ।

उक्त बचत खातामा बैंकले वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ । यस वचत खाताको न्युनतम मौज्दात १० हजार रहेको छ भने यस बचत खाता खोल्दा बैंकले ग्राहकहरुका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, एसएमएस बैंकिङ् सेवा पनि प्रदान गर्नेछ । यसको अतिरिक्त बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा पनि ८.७५ प्रतिशतको सर्वाधिक ब्याजदर प्रदान गर्दै आइरहेको छ ।

विद्यमान कोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थामा अन्य वित्तीय संस्थाहरुद्वारा निक्षेपमा प्रदान गरिएको न्यून ब्याजदरको तुलनामा ग्राहकको मेहनतको कमाईलाई कदर गर्दै आकर्षक ब्याज प्रदान गरिएको कारणले ग्राहकहरु लाभान्वित हुने कुरा बैैंकले जनाएको छ । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा÷योजनाहरु प्रदान गर्दै जाने पनि बताएको छ ।

४२ करोड कोरोना बीमा शुल्क उठ्यो

विश्वव्यापीरुपमा अदृश्य शक्तिबाट आएको अदृश्य रोग कोरोना भाइरसबाट नेपालमा १४६ जनाले ज्यान गुमाएका छन् भने करिब ३२ हजार यस महामारीबाट बिरामी परेका छन् । नेपालको जीवन बीमा कम्पनी र निजीवन बीमा कम्पनीका नियमनकारी निकाय बीमा समितिले ल्याएको कोरोना बीमा अहिले कोरोना पीडितका लागि बरदान नै सावित भएको देखिन्छ ।

कोरोनाको पिसिआरको रिपोर्टमा पोजेटिभ आएपछि तत्कालै पाइने यस बीमाबाट कोरोना पिडितका आफ्न्त र परिवारले औषधी मुलो देखि खानपानमा खर्च गर्ने गरेको देखिन्छ । बिरामी कुरुवा देखि परिवारसम्मलाई कोरोना बीमाको रकमले केही भएपनि दुखमा साथ दिएको एक कोरोना पोजेटिभ भएका व्यक्तिले पंक्तिकारलाई बताए । उनीले थपेः– बीमा समितिका अध्यक्ष चिरनजीवी चापागाईको जय होस् । उनीले भने यस्तो विपत र विषमका बेला कोरोना बीमाको प्रोडक्ट ल्याएर कोरोना पीडित हामी जस्ता गरिबलाई राहत दिनु भनेको हाम्रो लागि बरदान स्वरुप नै हो नि ।

कोरोना पोजेटिभ ती पिडितले थपेः– मेरो बीमा नेपाल इन्स्योरेन्सबाट भएको थियो । मेरो परिवाले १ लाख पाएको छ । बीमा दुखको साथी रहेछ, बल्ल बुझे । विगत १० दिन देखि कोरोना पोजेटिभ देखिएपछि उपचार गराईरहेका यी पिडितले भावुक हुँदै भने तपाईहरुले पनि समयमै कोरोना बीमा गर्नु होला । यसको महत्व ठूलो छ ।

अहिले नेपालमा कोरोना बीमा शुल्क वापत ४२ करोड भन्दा बढि निजीवन बीमा कम्पनीहरुले संकलन गरेको देखिन्छ भने करिब तीन करोड दाबी भुक्तानी भईसकेको बीमा समितिको दाबी छ । नेपालमा पछिल्लो समय कोरोना बीमा गर्नेहरु ह्वातै बढेका छन् भने दाबी भुक्तानी पनि बढेको देखिन्छ । बीमा समितिका अध्यक्ष चिरजीवी चापागाईको दिनरातको

प्रयास, सरकारको साथ र बीमा कम्पनीहरुको सकृयताले नेपालमा कोरोना बीमा प्रोडक्ट आउन सफल भएको देखिन्छ ।
बैंक देखि सरकारी कार्यालयका कर्मचारीहरुले समेत कोरोना बीमा गराएपछि निजीवन बीमा कम्पनीहरु डराएका थिए । तर, सरकारले साथ दिने भनेपछि निर्धक्क भएर अहिले प्रत्येक नेपालीहरुको कोरोना बीमा भएको देखिन्छ ।

सरकारले कोरोना महामारीमा जनतालाई राहत दिने उद्देश्यले ल्याएको कोरोना बीमा शुल्क बापत हालसम्म ४२ करोड भन्दा बढि रकम संकलन भएको छ । बीमा पुलमा संकलन भएको सो रकम मध्ये तीन करोडभन्दा बढि दावी भुक्तानीको लागि आवेदन परेको बीमा समितिले जनाएको छ ।

कोरोना बीमामा हालसम्म सात लाख ४६ हजार ८५० जनाले गरेका छन् । नेपालमा सञ्चालित २० वटा बीमा कम्पनीहरुले २० हजार ३०३ वटा बीमा पोलिसीमार्फत ४२ करोड १० लाख २९ हजार ९८२ रुपैयाँ कोरोना बीमा शुल्क संकलन भएको बीमा पुलको कार्यालयले जनाएको छ । यो केहीदिन अगाडीको तथ्याङ्क हो ।

पछिल्लो समय कोरोना बीमा गर्नेको संख्या औषतमा दैनिक आठ हजारभन्दा बढि रहेको छ । सरकारले ५० प्रतिशत अनुदान दिएपछि कोरोना बीमा गर्नेहरुको संख्या अत्याधिक रुपमा बढेको देखिन्छ ।

त्यस्तै, सरकारी कर्मचारीहरुलाई कोरोना बीमा निशुल्क गर्ने व्यवस्था मिलाएपछि विभिन्न सरकारी कार्यालयहरुले पनि कोरोना बीमा गर्ने क्रम जारी छ । कोरोना बीमा पोलिसी बिक्री गर्नेहरुमा सबैभन्दा अगाडि शिखर इन्स्योरेन्स रहेको छ । सो कम्पनीले हालसम्म आठ करोड १० लाख भन्दा बढि रुपैयाँको बीमा पोलिसी बिक्री गरिसकेको देखिन्छ । त्यस्तै, दोस्रोमा सिद्धार्थ इन्स्योरेन्स रहेको छ भने तेस्रोमा सगरमाथा इन्स्योरेन्स रहेको छ । सिद्धार्थले साढे तीन करोड र सगरमाथाले तीन करोड ४० लाख रुपैयाँ भन्दा बढिको कोरोना पोलिसी बिक्री गरिसकेको देखिन्छ ।

बीमा कम्पनीहरुले कोरोना बीमामाथि तीन करोडभन्दा बढि दावी भुक्तानी परेको छ । हालसम्म ३२३ जना बीमितलाई कोरोना संक्रमण पुष्टि भएको छ । सो मध्ये ६७ जनाको दावी भुक्तानी भइसकेको छ भने २५६ जनाको दावी भुक्तानी बाँकी छ । सो मध्ये दुई करोड ४५ लाख रुपैयाँ अबको केही दिनभित्रैमा भुक्तानी हुने छ भने ६३ लाख ५० हजार रुपैयाँ भुक्तानी भइसकेको देखिन्छ ।

कोरोना महामारी बीच पनि २० वटा निजीवन बीमा कम्पनीहरुले उच्च जोखिम मोलेर कोरोना बीमा गराएको देखिन्छ । १ हजार तिर्दा १ लाखको बीमा हुने भएपछि अहिले कोरोना बीमामा आकर्षण बढेको देखिन्छ ।

यसले भोलि भविष्यमा जीवन बीमा गर्न र बीमाको जनचेतना फैलाउन मद्दत पुग्ने नेपाल इन्स्योरेन्सका सीइओ बिजय बहादुर शाहको ठम्याई छ ।

बीमाको प्रचार प्रसार कोरोना बीमाबाट भएको मात्रै छैन । बीमा के हो र यसले कस्तो बेला मद्दत गर्दछ भन्ने कुरा कोरोना बीमाले बजारलाई चिनाउने काम गरेको सीइओ शाहको दाबी छ ।

कोरोन बीमाको प्रोडक्ट र यसको सुत्रधार बीमा समिति र यसका अध्यक्ष पछिल्लो समय चर्चामा छन् ।
आपत पर्दा जनतालाई राज्यको निकाय बीमा समितिले गरेको सानो प्रयासलाई सबैले धन्यवाद दिनै पर्दछ । सचेत भया ।

ग्लोबल आइएमई बैंकद्वारा ट्राफिक प्रहरीलाई संकेत बोर्ड हस्तान्तरण

ग्लोबल आइएमई बैंकले ट्राफिक प्रहरीलाई जनचेतना मुलक ट्राफिक संकेत बोर्ड तथा पोलहरु हस्तान्तरण गरेको छ । बैंकको गाइघाट शाखाका प्रबन्धक रविन राज दाहालले जिल्ला ट्राफिक प्रहरी कार्यालय,उदयपुरका प्रमुख प्रहरी नायव निरीक्षक होमप्रसाद खनाललाई उक्त जनचेतना मुलक ट्राफिक संकेत बोर्ड तथा पोलहरु हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै प्रहरी नायव निरीक्षक खनालले बैंकले प्रदान गरेको ट्राफिक संकेत बोर्ड तथा पोलहरु जिल्ला भरिका आवश्यक स्थानहरुमा राखिने र उक्त संकेत बोर्डले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पुर्याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्याउने बताए ।

बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुलाई निरन्तरता दिंदै आएको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओमा २ अर्ब ४ करोड भन्दा बढिको आवेदन

रिलायन्स लाइफ इन्स्योरेन्सले बिक्रीमा ल्याएको आइपीओमा आइतबारसम्म ३ गुणा भन्दा धेरै शेयर खरिदको लागि आवेदन परेको छ। विक्री प्रबन्धक सानिमा क्यापिटलले दिएको जानकारी अनुसार आइतबार ४ बजेसम्ममा ३.६० गुणा धेरै शेयर खरिदको लागि आवेदन परेको छ।

४ बजेसम्ममा ५ लाख ३ हजार ८०२ जना आवेदकबाट २ अर्ब ४ करोड १४ लाख १९ हजार रुपैयाँ बराबरको २ करोड ४ लाख १४ हजार १९० कित्ता शेयर खरिदको लागि आवेदन परेको हो।

इन्स्योरेन्सले बिहीबारदेखि ६३ लाख कित्ता शेयर बिक्रीमा ल्याएको छ। जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। बाँकी ५६ लाख ७० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

सर्वसाधारणले कम्पनीको आईपीओ भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन्। त्यस अवधिसम्ममा सम्पूर्ण शेयरको लागि आवेदन नपरेमा निष्काशन अवधि भदौ २२ गतेसम्म लम्बिनेछ।

इच्छुक लगानीकर्ताहरु न्यूनतम १० कित्तादेखि अधिकतममा ६३ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा अनुमति पाएका बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्सले निष्काशन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ्ग दिएको छ। यसले इन्स्योरेन्सको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ।

इन्स्योरेन्सको अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब १० करोड रूपैयाँ छ। एक अर्ब ४७ करोड रूपैयाँ संस्थापक शेयरधनीबाट चुक्ता पूँजी कायम गरिसकेको इन्स्योरेन्सले ६३ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। आईपीओ निष्काशन पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब १० करोड पुग्नेछ।

प्राइम लाइफको बोनस शेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्राइम लाइफ इन्स्योरेन्स (PLIC) को १२.५० प्रतिशत बोनस शेयर सूचीकृत भएको छ । आइतबार कम्पनीको २५ लाख ९ हजार ९२५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७४/७५ सम्म सञ्चित नाफाबाट शेयरधनीहरुलार्य १२.५० प्रतिशत अर्थात २५ लाख ९ हजार ९२५ कित्ता बोनस शेयर वितरण गरेको थियो । उक्त शेयर नेप्सेमा सूचीकरण भएको हो ।

लगानीकर्ताले दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरी उक्त बोनस शेयर सूचीकृत भएको हो ।

लिवर्टिको आइपीओमा २ गुणा बढी आवेदन

लिवर्टिको आइपीओमा आइतबार साँझ पाँच बजे सम्ममा २ गुणा बढी शेयर खरिदको लागि आवेदन परेको छ।

बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले दिएको जानकारी अनुसार आइतबार पाँच बजेसम्ममा कम्पनीको आइपीओमा १ लाख ९१ हजार ४७ वटा आवेदनबाट ७३ लाख १७ हजार ७०० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। यो सर्वसाधारणमा बिक्रीमा ल्याएको शेयरको २.०५ गुणा धेरै हो।

कम्पनीले जारी पूँजीको २५ प्रतिशतले हुन आउने रकम ३७ करोड ५० लाख बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ३७ लाख ५० हजार कित्तामध्ये स्थानिय बासिन्दाहरुको लागि निष्काशन गरि बिक्री नभएको १३ लाख १५ हजार ९३० कित्ता समेत थप गरी ३५ लाख ६४ हजार ९३० कित्ता आईपीओ सर्वसाधारणमा बिक्रीमा ल्याएको हो।

प्रतिकित्ता १०० अंकित दरका सो शेयरमा न्यूनतम १० कित्ताका देखि अधिकतम १० हजार कित्ता सम्मको लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा भदौ ७ गते हुनेछ भने यस अवधिमा पर्याप्त आवेदन नपरे भदौ १७ गते सम्म आवेदन खुल्नेछ ।

ग्लोबल आईएमई बैंकद्वारा कल सेन्टरको सुरुवात

ग्लोबल आईएमई बैंकले बढ्दो डिजिटल प्रविधिको विकास र व्यस्त जीवन शैलीसँगै ग्राहकहरुको बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले एकद्वार प्रणाली अनुरुप ग्लोबल कनेक्ट नामक कल सेन्टरको सुरुवात गरेको छ ।

ग्लोबल कनेक्टले अहिलेको डिजिटल युगको आवश्यकता अनुसार बैंकका ग्राहकहरुको मागलाईसम्बोधन गर्ने बैंकले जनाएको छ । ग्लोबल कनेक्टमार्फत ग्राहकहरुले सुरुवाती चरणमा बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म फोन गरी आफ्ना विभिन्न जिज्ञाशाहरुको समाधान, गुनासो, सूचना, तथा सुझावका लागी सम्पर्क गर्न सक्नेछन् । ग्लोबल कनेक्टको सुरुवातले आफ्ना सेवाग्राहीहरुलाई थप टेवा पुग्ने विश्वास बैंकले लिएको जनाएको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको शाखा सञ्जाल सहित २३४ एटिएम, ४१ एक्सटेन्सनकाउण्टर तथाराजश्व संकलनकाउण्टर, २१८शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि-सम्पर्क कार्यालयमार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।

बीमा समितिले जारी गर्यो नयाँ निर्देशिका

बीमा समितिले जीवन बीमा कम्पनीहरूको बीमांकीय मूल्यांकन सम्बन्धी नयाँ निर्देशिका जारी गरेको छ । समितिले बुधवार यसअघिको बीमांकीय मूल्यांकन सम्बन्धी निर्देशिका, २०७६ र सोल्भेन्सी मार्जिन निर्देशिका, २०७० लाई एकीकृत गरी नयाँ निर्देशिका जारी गरेको हो । समितिले उक्त निर्देशिकालाई समय सापेक्ष परिमार्जन गरिएको बताएको छ ।

आव २०७६/७७ को बीमांकीय मूल्यांकनदेखि नै लागू हुने गरी नयाँ निर्देशिका ल्याएको हो । निर्देशिका अनुसार जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष सकिएको ५ महीनाभित्र नै बीमांकीय मूल्यांकनको प्रतिवेदन समितिमा पेश गर्नुपर्नेछ । बीमांकीय मूल्यांकन प्रतिवेदनमा कम्पनी सञ्चालकले बीमितलाई दिन चाहेको बोनसदर पनि समावेश गर्नुपर्ने बताइएको छ । उक्त अवधिमा बीमांकीय मूल्यांकनको प्रतिवेदन पेश नभएमा समितिले आवश्यक कदम उठाउन सक्ने व्यवस्था निर्देशिकामा गरिएको छ ।

अब गणितीय कोष र कुल बीमाशुल्क विधिबाट बीमांकीय मूल्यांकन गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । निर्देशिका अनुसार वास्तविक बचत र ६ प्रतिशत ब्याजदरको आधारमा लगानीबाट प्राप्त हुने रकममध्ये जुन कम हुन्छ, त्यसैको आधारमा बीमांकीय मूल्यांकन गर्नुपर्नेछ ।
बीमांकीय मूल्यांकन मार्फत व्यवसायमा भएको बचतको घटीमा ९० प्रतिशत रकम बीमितको कोषमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिवेदन प्राप्त भएपछि समितिले सेयरधनीको कोषबाट थप रकम बीमितको कोषमा सार्न निर्देशन दिन सक्ने व्यवस्था पनि गरिएको छ । यसरी बीमित कोषमा गएको रकम सेयरधनीको कोषमा भने सार्न नपाइने व्यवस्था गरिएको छ । निर्देशिकामा बीमांकीय मूल्यांकन गर्दा अपनाउनुपर्ने मापदण्ड र खाकालाई समय सापेक्ष बनाइएको छ । विशेषगरी अब जीवन बीमा कम्पनीको आफ्नो सोल्भेन्सी मार्जिन अनुपात १ः५ भन्दा माथि कायम गर्नुपर्ने छ ।

समितिका अनुसार नयाँ निर्देशिकामा अधिकांश विषयवस्तु यसअघिको निर्देशिका बमोजिम नै छन् । समयसापेक्ष बनाइ निर्देशिका परिमार्जन मात्र गरिएको हो । त्यसैगरी निर्देशिकामा जीवन बीमातर्फ अनुभव भएको व्यक्तिलाई बीमांकी नियुक्ति गर्नुपर्ने व्यवस्था गरिएको छ । कम्पनीले जीवन बीमामा नै न्यूनतम ५ वर्षको अनुभव भएकालाई मात्र बीमांकी नियुक्त गर्नुपर्ने व्यवस्था निर्देशिकामा छ ।

इन्स्टिच्युट एन्ड फ्याकेल्टी अफ एक्च्युरी, इन्स्टिच्युट अफ एक्च्युरी अफ इन्डिया, सोसाइटी अफ एक्च्युरी अफ यूएसए, क्यानडियन इन्स्टिच्युट अफ एक्च्युरी र इन्स्टिच्युट अफ एक्च्युरिज अफ अस्ट्रेलियाको सदस्य रहेका बीमांकीलाई नियुक्त गर्नुपर्ने व्यवस्था गरिएको छ । नेपालको हकमा एउटा कम्पनीमा काम गरिरहेको बीमांकीलाई अर्काे कम्पनीमा नियुक्त गर्न नपाइने व्यवस्था पनि निर्देशिकामा छ ।

बीमांकीय मूल्यांकन भनेको बीमा कम्पनीको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन गर्ने कार्य हो । अन्य कम्पनीहरूलाई लेखापरीक्षण गराए मात्र पुग्छ । तर, जोखिमको क्षेत्रमा काम गर्नुपर्ने भएकाले बीमा कम्पनीले बीमांकीय मूल्यांकन अनिवार्य रूपमा गर्नुपर्ने हुन्छ । बीमांकीले विगतको तथ्यांक अनुसार सम्भावित जोखिम निर्धारण गर्ने, नयाँ बीमा योजना बनाउने तथा बीमितका लागि बोनसदर निर्धारण गर्ने जस्ता कामहरू गर्नुपर्ने हुन्छ ।

नेपालमा भने यस्तो जनशक्ति नहुँदा बीमा कम्पनीहरूले विदेशी बीमांकी मार्फत यस्तो मूल्यांकन गराउँदै आएका छन् । विदेशी बीमांकी मार्फत यस्तो मूल्यांकन गराउँदा समयमा कम्पनीहरूले वार्षिक साधारणसभा समेत गर्न सकिरहे

साल्ट ट्रेडिङले सोमबारदेखि युरिया मल वितरण गर्ने

रासायनिक मलको हाहाकार भइरहेको बेलामा साल्ट ट्रेडिङ विराटनगरले केही हदसम्म युरिया मलको अभावलाई टार्ने भएको छ । आइतबार वा सोमबारदेखि पूर्व क्षेत्रका १६ जिल्लामा २६० कृषि सहकारीमार्फत रासायनिक मल युरिया वितरण गर्ने तयारीमा साल्ट जुटेको छ ।

कार्यालयमा आजै ३० मेट्रिक टन युरिया प्राप्त हुने र दुई दिनभित्र पाँच हजार ६०० मेट्रिक टन युरिया कार्यालयसम्म आइपुग्ने प्रमुख राधेश्याम चौधरीले जानकारी दिए ।

उनले अनुसार उच्च गुणस्तरको उक्त युरिया मल प्रतिबोरा मूल्य रु ७०० कायम भएको छ भने सहकारीले प्रति बोरामा १२ रुपैयाँ ५० पैसा छुट पाउने व्यवस्था गरिएको छ । विगतदेखि नुन, चिनी र रासायनिक मल किसानलाई उपलब्ध गराउँदै आएको यो कार्यालयले केही दिन पहिले छ हजार मेट्रिक टन युरिया मल किसानलाई उपलब्ध गराइसकेको कार्यालय प्रमुख चौधरीले जानकारी दिए ।

साल्ट ट्रेडिङले आफ्ना मातहतका झापाको विर्तामोड, सिरहाको लहान र सप्तरीको राजविराज तथा आफनै कार्यालयबाट मोरङ, सुनसरी, धनकुटा, भोजपुर, सङ्खुवासभा र तेह्रथुम जिल्लाका किसानलाई मल उपलब्ध गराउँदै आएको छ ।

विगत दुई दशकको अवधिमा यसै वर्ष धान रोपाइँ पूर्वी क्षेत्रमा ९५ प्रतिशतभन्दा बढी अर्थात तीन लाख २२ हजारभन्दा बढी हेक्टर जमिनमा किसानले धान लगाएका छन् । धान रोपेको १३ दिनपछि किसानले खेतमा युरिया हाल्ने गर्दछन् ।

यस वर्ष मलको अभावमा किसानले युरिया मल हाल्न सकेका छैनन् । किसानले आफ्नै हिसाबले भारतबाट युरिया मल खरिद गरेर खेतमा हाल्ने गरेका छन् । भारतबाट खरिद गरिएको युरिया मलको गुणस्तर निकै निम्न रहेको कृषि विज्ञहरुको भनाइ छ ।

सनराइजले ल्यायो नारी बचत खाता

डिजिटल माध्यममा नयाँ नयाँ सेवा र सुबिधाहरु प्रदान गर्दै अघि बढिरहेको सन्राइज बैंकले महिलाहरुलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सनराइज नारी बचत खाता सुरुवात गरेको छ ।

तीजको विशेष अवसर पारेर सुरुवात गरेको उक्त खाताले महिलाहरुको सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बैंकको विश्वास छ ।

उत्सवको मौसमलाई मध्यनजर गर्दै बैंकले उक्त खाता शुन्य मौज्दातमा खोल्न सकिने व्यवस्थाका साथै पहिलो वर्ष निःशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ्ग र निःशुल्क डिम्याट खाता, लकर चार्जमा ५० प्रतिशत छुट र केही गर्ने उद्देश्य राखेका महिलाहरुलाई प्रोत्साहन पुगोस् भनी कर्जा लिदाको प्रकि्रयागत खर्चमा विशेष छुटको व्यवस्था समेत गरेको छ ।

साथै महिलाहरुले डिजिटल भुक्तानी गर्दा भुक्तानी रकमको १० प्रतिशत वा रु २,००० सम्मको क्यास व्याक दिने व्यवस्था समेत गरेकोे छ । विभिन्न स्वास्थ्य बीमा समेत समावेश रहेको उक्त खाता हाल यस लकडाउनको अवस्थामा ग्राहकहरुले घर बसीबसी अनलाइनबाट खोल्न सकिने बैंकले जनाएको छ ।

एनएमबी बैंकमा कञ्चन डेभलपमेन्टको विलय, एकिकृत कारोबार सुरु

एनएमबी बैंक र कञ्चन डेभलपमेन्ट बैंकले आईतबार (आज) देखि एकिकृत कारोबार गरेका छन । नेपाल राष्ट्र बैंकले साउन २५ गते कञ्चनलाई एनएमबीमा विलय हुन स्वीकृति दिएपछि आइतबारदेखि एकिकृत कारोबार गरेका हुन ।

आइतबारदेखि औपचारिक रुपमा वित्तीय कारोबार सुरु भएको एनएमबीले जानकारी दिएको छ । कञ्चनलाई विलग गरेपछि एनएमबीले सुदुरपश्चिममा आफनो उपस्थितीलाई अझ बलियो बनाएको छ ।

एनएमबीले कञ्चनलाई १००स्८५ कित्ताको अनुपातमा विलय गरेको हो । जेठ २५ गते विलयका लागि दुई बैंकबीच अन्तिम सम्झौतामा हस्ताक्षर गरेको थियो।

सुदूरपश्चिममा रहेका कञ्चनलाई विलय गरेपछि एनएमबीको चुक्तापूँजी १४ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ । यसैगरी जगेडा कोषको आकार बढेर ७ अर्ब ५ करोड रुपैयाँ पुग्ने छ ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा नक्कली कर्जा लिने सीइओ महर्जनलाई किन कारवाही हुँदैन बीमा समिति अध्यक्ष ज्यू ?

करिब ४ वर्ष अगाडी प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका तत्कालीन अध्यक्ष रहेका अशोक अग्रवालले हालका सीइओ बीर कृष्ण महर्जनलाई १ करोड कर्जा दिएको खुलेको छ । जनताको बीमा लेखबाट उठेको सम्पत्तीबाट तत्कालीन अध्यक्षलाई खुशी बनाई १ करोड नक्कली कागज बनाई कर्जा दिलाउने र दुरुपयोग गर्ने कम्पनीका हालका सीइओ मर्हजनलाई किन कारवाही हुँदैन, बीमा समितिका अध्यक्ष चिरनजीवी चापागाई ज्यू ? यसको उत्तर अब कसले दिने हो ?

केही समय अघि हामीहरुले बैंक तथा वित्तिय संस्थामा मात्रै यस्ता ठगीका घटनाहरु पढ्न सुन्न र हेर्न पाइन्थ्यो । अब यस्था घटना इन्स्योरेन्स कम्पनीहरुम पनि हुन थालेको छ भन्दा पत्याउन गाह्रो होला तर यो प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा सीइओ बीरकृष्ण मर्हजनले सत्य सावित गरिदिएका छन् । कथा यस्तो छः–

सीइओ मर्हजनले आफ्नै कम्पनीबाट अन्य कम्पनीमा शेयर लगानी गर्नका निम्ति नियम विपरित १ करोड कर्जा लिएको एक सञ्चालकले नाम नलेख्ने सर्तमा बताए । कम्पनीमा नयाँ अध्यक्ष बनेपछि सो काण्ड बीमा समितिमा पुगेको र मौखिक रुपमा सल्टाएको उनीले थपे । नियम विपरित तत्कालीन अध्यक्ष अशोक अग्रवालले एकल निर्णय गर्दै सञ्चालक समितिलाई थाहै नदिई सीइओ मर्हजनलाई १ करोड रुपैया ऋण उपलब्ध गराएको थिए । यसरी जनताको लगानीमा लुट मच्चाएको देखिन्छ ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले नियमविपरित एक करोड रुपैयाँ ऋण प्रवाह गरेको खुलेको छ । तत्कालिन सञ्चालक समितिका अध्यक्ष अशोक अग्रवालको कार्यकालमा वर्तमान सीईओ बीर कृष्ण महर्जनलाई चार वर्ष अगाडि एक करोड रुपैयाँ ऋण उपलब्ध गराएका थिए । तत्कालिन सञ्चालक समितिका एक सदस्यले दिएको जानकारी अनुसार अन्य सञ्चालकलाई थाहै नदिई अध्यक्षले सिधैं निर्णय गरेर सीईओ महर्जनलाई एक करोड रुपैयाँ ऋण उपलब्ध गराइएको थियो ।

नियम विपरित १ करोड कर्जा लिएका सीइओ आजसम्म पनि त्यही इन्स्योरेन्स कम्पनीमा सीइओ पदमा कार्यरत छन् । यो कहाँको संस्थागत सुसासन भयो बीमा समितिका अध्यक्षज्यू ? यसरी संस्थागत सुसासन कायम गर्न नसक्ने प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका सञ्चालक समितिका अध्यक्ष लगायत अन्य सदस्यहरुलाई कारबाही कसले गर्ने बीमा समिति अध्यक्ष चिरनजीवी चापागाई ज्यू ?

नियम विपरित ऋण लिएका व्यक्ति अझै प्रुडेन्सियल इन्स्योरेन्सको सिईओ पदमा कार्यरत छन् । उनको पदावधी अझै करिब दुई वर्ष बाँकी छ । बीमा समितिका अनुसार सिईओ नियुक्त हुँदा दिइएको पत्रमा उल्लेख भएको बाहेकका कुनै पनि सुविधा बीमा कम्पनीका सिईओले लिन पाउँदैनन् । त्यसरी थप सेवा सुविधा लिए/दिएमा बीमा समितिले कारवाही गर्न सक्दछ । तर, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा १ करोड रुपैयाँ ऋण दुरुपयोग भएको सम्बन्धमा बीमा समितिले कुनै कारवाही गरेको देखिदैन ।

नियम बिपरित सीइओले आफ्नो दैनिक कामहरु गरिरहेका छन् । नियम सम्बत् हुने हो भने सीइओ मर्हजनलाई तुरुन्तै पदबाट हटाई कारवाही अगाडी बढाउनु पर्ने देखिन्छ । यसमा बीमा समितिले कही गरेको देखिदैन कारण के हो बीमा समितिका अध्यक्ष चिरजीवी चापागाईज्यू ? यसको उत्तर लगानीकर्ता बिमित र शेयरधनीलाई दिनु पर्दछ कि पर्दैन ।