जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

हालको खबर

सनराइजले ल्यायो नारी बचत खाता

डिजिटल माध्यममा नयाँ नयाँ सेवा र सुबिधाहरु प्रदान गर्दै अघि बढिरहेको सन्राइज बैंकले महिलाहरुलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सनराइज नारी बचत खाता सुरुवात गरेको छ ।

तीजको विशेष अवसर पारेर सुरुवात गरेको उक्त खाताले महिलाहरुको सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बैंकको विश्वास छ ।

उत्सवको मौसमलाई मध्यनजर गर्दै बैंकले उक्त खाता शुन्य मौज्दातमा खोल्न सकिने व्यवस्थाका साथै पहिलो वर्ष निःशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ्ग र निःशुल्क डिम्याट खाता, लकर चार्जमा ५० प्रतिशत छुट र केही गर्ने उद्देश्य राखेका महिलाहरुलाई प्रोत्साहन पुगोस् भनी कर्जा लिदाको प्रकि्रयागत खर्चमा विशेष छुटको व्यवस्था समेत गरेको छ ।

साथै महिलाहरुले डिजिटल भुक्तानी गर्दा भुक्तानी रकमको १० प्रतिशत वा रु २,००० सम्मको क्यास व्याक दिने व्यवस्था समेत गरेकोे छ । विभिन्न स्वास्थ्य बीमा समेत समावेश रहेको उक्त खाता हाल यस लकडाउनको अवस्थामा ग्राहकहरुले घर बसीबसी अनलाइनबाट खोल्न सकिने बैंकले जनाएको छ ।

एनएमबी बैंकमा कञ्चन डेभलपमेन्टको विलय, एकिकृत कारोबार सुरु

एनएमबी बैंक र कञ्चन डेभलपमेन्ट बैंकले आईतबार (आज) देखि एकिकृत कारोबार गरेका छन । नेपाल राष्ट्र बैंकले साउन २५ गते कञ्चनलाई एनएमबीमा विलय हुन स्वीकृति दिएपछि आइतबारदेखि एकिकृत कारोबार गरेका हुन ।

आइतबारदेखि औपचारिक रुपमा वित्तीय कारोबार सुरु भएको एनएमबीले जानकारी दिएको छ । कञ्चनलाई विलग गरेपछि एनएमबीले सुदुरपश्चिममा आफनो उपस्थितीलाई अझ बलियो बनाएको छ ।

एनएमबीले कञ्चनलाई १००स्८५ कित्ताको अनुपातमा विलय गरेको हो । जेठ २५ गते विलयका लागि दुई बैंकबीच अन्तिम सम्झौतामा हस्ताक्षर गरेको थियो।

सुदूरपश्चिममा रहेका कञ्चनलाई विलय गरेपछि एनएमबीको चुक्तापूँजी १४ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ । यसैगरी जगेडा कोषको आकार बढेर ७ अर्ब ५ करोड रुपैयाँ पुग्ने छ ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा नक्कली कर्जा लिने सीइओ महर्जनलाई किन कारवाही हुँदैन बीमा समिति अध्यक्ष ज्यू ?

करिब ४ वर्ष अगाडी प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका तत्कालीन अध्यक्ष रहेका अशोक अग्रवालले हालका सीइओ बीर कृष्ण महर्जनलाई १ करोड कर्जा दिएको खुलेको छ । जनताको बीमा लेखबाट उठेको सम्पत्तीबाट तत्कालीन अध्यक्षलाई खुशी बनाई १ करोड नक्कली कागज बनाई कर्जा दिलाउने र दुरुपयोग गर्ने कम्पनीका हालका सीइओ मर्हजनलाई किन कारवाही हुँदैन, बीमा समितिका अध्यक्ष चिरनजीवी चापागाई ज्यू ? यसको उत्तर अब कसले दिने हो ?

केही समय अघि हामीहरुले बैंक तथा वित्तिय संस्थामा मात्रै यस्ता ठगीका घटनाहरु पढ्न सुन्न र हेर्न पाइन्थ्यो । अब यस्था घटना इन्स्योरेन्स कम्पनीहरुम पनि हुन थालेको छ भन्दा पत्याउन गाह्रो होला तर यो प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा सीइओ बीरकृष्ण मर्हजनले सत्य सावित गरिदिएका छन् । कथा यस्तो छः–

सीइओ मर्हजनले आफ्नै कम्पनीबाट अन्य कम्पनीमा शेयर लगानी गर्नका निम्ति नियम विपरित १ करोड कर्जा लिएको एक सञ्चालकले नाम नलेख्ने सर्तमा बताए । कम्पनीमा नयाँ अध्यक्ष बनेपछि सो काण्ड बीमा समितिमा पुगेको र मौखिक रुपमा सल्टाएको उनीले थपे । नियम विपरित तत्कालीन अध्यक्ष अशोक अग्रवालले एकल निर्णय गर्दै सञ्चालक समितिलाई थाहै नदिई सीइओ मर्हजनलाई १ करोड रुपैया ऋण उपलब्ध गराएको थिए । यसरी जनताको लगानीमा लुट मच्चाएको देखिन्छ ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले नियमविपरित एक करोड रुपैयाँ ऋण प्रवाह गरेको खुलेको छ । तत्कालिन सञ्चालक समितिका अध्यक्ष अशोक अग्रवालको कार्यकालमा वर्तमान सीईओ बीर कृष्ण महर्जनलाई चार वर्ष अगाडि एक करोड रुपैयाँ ऋण उपलब्ध गराएका थिए । तत्कालिन सञ्चालक समितिका एक सदस्यले दिएको जानकारी अनुसार अन्य सञ्चालकलाई थाहै नदिई अध्यक्षले सिधैं निर्णय गरेर सीईओ महर्जनलाई एक करोड रुपैयाँ ऋण उपलब्ध गराइएको थियो ।

नियम विपरित १ करोड कर्जा लिएका सीइओ आजसम्म पनि त्यही इन्स्योरेन्स कम्पनीमा सीइओ पदमा कार्यरत छन् । यो कहाँको संस्थागत सुसासन भयो बीमा समितिका अध्यक्षज्यू ? यसरी संस्थागत सुसासन कायम गर्न नसक्ने प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका सञ्चालक समितिका अध्यक्ष लगायत अन्य सदस्यहरुलाई कारबाही कसले गर्ने बीमा समिति अध्यक्ष चिरनजीवी चापागाई ज्यू ?

नियम विपरित ऋण लिएका व्यक्ति अझै प्रुडेन्सियल इन्स्योरेन्सको सिईओ पदमा कार्यरत छन् । उनको पदावधी अझै करिब दुई वर्ष बाँकी छ । बीमा समितिका अनुसार सिईओ नियुक्त हुँदा दिइएको पत्रमा उल्लेख भएको बाहेकका कुनै पनि सुविधा बीमा कम्पनीका सिईओले लिन पाउँदैनन् । त्यसरी थप सेवा सुविधा लिए/दिएमा बीमा समितिले कारवाही गर्न सक्दछ । तर, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा १ करोड रुपैयाँ ऋण दुरुपयोग भएको सम्बन्धमा बीमा समितिले कुनै कारवाही गरेको देखिदैन ।

नियम बिपरित सीइओले आफ्नो दैनिक कामहरु गरिरहेका छन् । नियम सम्बत् हुने हो भने सीइओ मर्हजनलाई तुरुन्तै पदबाट हटाई कारवाही अगाडी बढाउनु पर्ने देखिन्छ । यसमा बीमा समितिले कही गरेको देखिदैन कारण के हो बीमा समितिका अध्यक्ष चिरजीवी चापागाईज्यू ? यसको उत्तर लगानीकर्ता बिमित र शेयरधनीलाई दिनु पर्दछ कि पर्दैन ।

उत्कृष्ट कम्पनीको सूचिमा शिखर इन्स्योरेन्स

शिखर इन्स्योरेन्स देशकै उत्कृष्ट कम्पनीको रुपमा क्रेडिट रेटिङ एजेन्सी इक्राबाट ए रेटिङ पाउन सफल भएको छ । बीमा व्यवसायको आधारमा शिखर इन्स्योरेन्स पहिलो नम्वरको कम्पनी हो ।

इक्रा नेपालले सन् २०२० को फ्रेबुअरीसम्मको वित्तीय विवरण विश्लेषण गरेर रेटिङ गरेको जनाएको छ । कम्पनीको जोखिम, मुनाफा र तरता लगायतका वित्तीय विवरण अध्ययन गरेर सार्वजनकि गरेको रेटिङ अनुसार शिखर इन्स्योरेन्सले ए प्राप्त गरेको जनाइएको छ ।

क्रेडिट रेटिङ एजेन्सी इक्राले शिखर इन्स्योरेन्समा जोखिम न्यून रहेको, पर्याप्त पुनर्बीमाको व्यवस्था गरेको तथा सोल्भेन्सी रेसियो २.५ रहेको भन्दै ए लागि योग्य भएको इक्राले विवरण दिएको छ । इक्राले भनेको छ, ‘नियमनकारी निकायले सोल्भेन्सी रेसियो १.५ वा सो भन्दा माथि हुनुपर्ने निर्धारण गरेको अवस्थामा शिखर इन्स्योरेन्सको सन् २०१९ को मध्य जुलाईसम्ममा सोल्भेन्सी रेसिया २.५ गुणा भएको उल्लेख छ । इक्राले सन् २०१६ देखि २०१९ सम्मको तीन वर्षमा लगानीकर्ताहरुलाई दिएको प्रतिफललाई समेत ए रेटिङको लागि योग्य भएको उल्लेख गरेको छ ।

इक्राले बजारमा बलियो उपस्थिति, कुशल व्यवस्थापन, पुनर्बीमाको व्यवस्था, सोल्भेन्सी रेसियो र तरलताको अवस्था, कम्पनीले दिने प्रतिफलको विश्लेषणको आधारमा ए रेटिङ गरिएको जनाएको छ । इक्राले शिखरले पुनर्बीमा गरेको भारतीय कम्पनीको समेत रेटिङ राम्रो रहेकोले समेत पुनर्बीमामा समस्या नरहेको जनाएको छ ।

इक्रा नेपालले नेपालका ठूला र बढि प्रतिफल दिने बैंकहरु नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नविल बैंकलगायतका सीमित कम्पनीलाई मात्रै ए वा सो भन्दा बढि रेटिङ दिएको छ । ए रेटिङ पाएसँगै कम्पनीको बलियोपना, विश्वासनीयता, प्रतिफल सुनिश्चित गर्ने कम्पनीको शिखर इन्स्योरेन्सले आफूलाई स्थापित गर्न सफल भएको छ । कम्पनीले कोरोना महामारीका बीचमा पनि बीमा बजारमा आफ्नो हिस्सा बढाउन सफल भएको छ ।

शिखर इन्स्योरेन्स राजधानी उपत्यकामा आधार बनाएर विभिन्न उद्योग व्यवसाय गर्दै आएका चर्चित उद्यमीहरुको मुख्य लगानी रहेको छ । कम्पनीमा दिप प्रकाश पाण्डे सिईओ छन् ।

एनएमबि बैंक र कञ्चन डेभलपमेन्ट बैंकको एकीकृत कारोबार आइतबारदेखि

एनएमबि बैंकमा कञ्चन डेभलपमेन्टको एकीकृत कारोबार आइतबार(भोलि)बाट हुने भएको छ । दुवै बैंकले आइतबारबाट सफ्ट एकीकृत कारोबार शुरु गर्ने भएको बैंकले जनाएको छ । दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले साउन २५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले साउन २८ गते अन्तिम स्वीकृति दिइसकेका छन् ।

अब कञ्चन डेभलपमेन्टलाई एनएमबि बैंकले अक्वायर गरेपछि एनएमबि बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । दुवै बैंकको असार २१ गते भर्चअल माध्यमबाट सम्पन्न विशेष साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः०.८५ सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिइएको हो ।

कञ्चनको १०० सय कित्ता सेयर हुनेले अब एनएमबिको नाममा ८५ कित्ता सेयर पाउनेछन् । एनएमबि र कञ्चनले जेठ २५ गते एक्वायर सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

कञ्चन एक्वायरपछि एनएमबिको चुक्ता पुँजी १४ अर्ब ४५ करोड भन्दा बढी हुनेछ । एनएमबिले केही समयअघि ओम डेभलपमेन्ट बैंक गाभेको थियो । एकीकृत कारोबारका सार्वजनिक सूचना आजको गोरखापत्र दैनिकमा प्रकाशित समेत गरेको छ ।

राष्ट्र बैंक माथी चुनौती दिँदै अध्यक्ष दाहालले भदौ ४ गते विहिबार बैंक बन्द गर्न दिएको ठाडो आदेश भित्रको रहस्य यस्तो थियो ?

कथा हो भदौ ४ गते विहिबार ११ः१५ बजेको नेपाल बैंकर्स संघका सधै चर्चा र विवादमा आउने गरेका अध्यक्ष भुवन दाहाललाई एउटा फोन आयो । सर मलाई प्रहरीले बैंक आउन दिएन । मोटरसाइकल प्रहरीले राखिदियो । म के गरौं । ती महिला कर्मचारीको फोनकै कारण २७ वाणिज्य बैंक विहिबार बन्द भए । कारण थियो आफ्नै सानिमा बैंककी ति कर्मचारीलाई प्रहरीले जमल नजिक रोक्नु र मोटरसाइकल (स्कुटर) राखी दिनु । भन्दा पत्याउन गाह्रो होला । तर, यो सत्य हो ।

आफ्नै सानिमा बैंकका कर्मचारीलाई प्रहरीले अफिस आउन नदिएको झोकमा नेपाल बैंकर्स संघका अध्यक्ष दाहालले सबै सीइओ सावहरुलाई एउटा म्यासेज गरेर लेख यो प्रहरीको दादागिरी हद नाग्यो । आज विहिबार सबै बैंक बन्द गरौं । उनको ठाडो आदेश पाएपछि २७ वाणिज्य बैंकहरुले राष्ट्र बैंकलाई चुनौती दिँदै बैंक बन्द गरे र घर गए ।
यसबीच प्रभु बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, ग्लोबल आईएमई बैंक लगायत दर्जनौ बैंकले सेवा सुरु गरिसकेका थिए । तर, कर्मचारी प्रहरीले रोकेको बहाना गर्दै विहिबार सबै बैंक बन्द रहे ।

बैंक अत्यावश्यक सेवा भित्र पर्ने सेवा हो । यस्तो विपत र विषम अवस्थामा अत्यावश्यक सेवा बन्द गर्दा कस्तो सजाय हुन्छ । त्यसको ख्याल नै नेपाल बैंकर्स संघका अध्यक्ष दाहालले गरेनन् । आवेशमा आएर राज्य र राष्ट्र बैंकलाई देखाई दिन्छु भन्दै ठाडो आदेश दिए र बैंक बन्द गराए ।

नेपालका २७ वाणिज्य बैंकहरुको नियमनकारी निकाय राष्ट्र बैंक हो । उसले असहज अवस्थामा सिमित शाखा खोल्न अघिल्लो दिन दिएको निर्देशनलाई बैंकर्स संघका अध्यक्ष दाहालले चुनौती मात्रै दिएनन् । गर्भनर महाप्रसाद अधिकारीमाथी पूरानो रिसिबी साधेर देखाई दिए । एक सीइओले नाम नलेख्ने शर्तमा पंक्तिकारलाई बताए ।

नेपालका २७ वाणिज्य बैंकको छाता संस्था नेपाल बैंकर्स संघ राष्ट्र बैंकले राहतको नाममा दिएको छुट देखि खुशी छैनन् । बैंकहरुको नाफा घटेको छ । सीइओको जागिर नै धरापमा पर्ने अवस्थामा आएको भन्दै राष्ट्र बैंकलाई दबाबमा राख्ने बैंकरहरुको भित्री योजना समेत रहेको ती सीइओले पंक्तिकारसंग प्रस्टै बताए ।

विहिबार एकाएक यस्तो घटना बाहिर आयो कि केही सीइओ साबहरुनै छक्क परे । म भुवन दाहाल बोल्दै छु । सबै बैंक बन्द गरौं । हामीलाई प्रहरीले चुनौती दिने ?

त्यसपछि एक्कासी बैंक शाखाका म्यानेजरको मोवाइलमा फोन आयो । अनि हत्तपत्त बैंक बन्द गर्न लगाइयो । कारण थियो बैंकर्स संघका अध्यक्षको ठाडो निर्देशन । विहीबार सानिमा बैंकका कर्मचारीलाई जमलमा प्रहरीले रोक्यो । सानिमा बैंकका कर्मचारीले बैंकका सिइओ भुवन दाहाललाई फोन गरेर सुचना दिए । उनले यत्तिकैमा बैंकका केही सिइओहरुलाई फोन गरे र बैंकहरुको सेवा बन्द गर्न निर्देशन दिए । बैंकका कर्मचारीलाई प्रहरीले रोकेको बहानामा बैंकहरुले सेवा नदिने निर्णय बेंकर्स संघले पछि गर्यो ।

सानिमा बैंकका सिइओ दाहाल बैंकर्स संघका अध्यक्ष छन् । यो सुचना नेपाल राष्ट्र बैंक समक्ष पुग्यो । राष्ट्र बैंकले यसबारेमा गृह मन्त्रालयसँग समन्वयन गर्यो । तत्पश्चात केही ठाउँमा रोकीएका बैंकका कर्मचारीलाई घर पठायो । राष्ट्र बैंकले गृहमन्त्रालयलाई बैंक अत्याबश्यक सेवा भएका कारण कर्मचारीमाथि हिडडुलमा रोक नलगाउन भन्यो । फलस्वरुप प्रहरीले बैंकका कर्मचारीलाई बैंककै परिचयपत्रबाट हिडडुल गर्न पाउने सहमति भयो । तर यस्तो सहमति आउँदा आउँदै बैंकहरुले भुवन दाहालको ठाडो आदेशमा सेवा बन्द गरीसकेका थिए ।

आफु र आफ्ना कर्मचारीलाई रोकेकै आधारमा बैंकर्स संघका अध्यक्ष भुवन दाहालले एकाएक आफु खुसी बैंक बन्द गराउनु राष्ट्र बैंकलाई चुनौती दिनु हो कि होइन गभर्नर साब ? सहमतिको बाटोलाई छाडेर राष्ट्र बैंकसँग समन्वयन गर्दै नगरी बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकहरुलाई सेवा बन्द गर्न लगाउनु र ठाडो आदेश दिनु कानुन विपरीत हो । यसको उजुरी परे कारवाही हुन सक्दछ ।

उनले आफ्ना कर्मचारीलाई रोकेका आधारबाट सबै बैंकलाई सेवा बन्द गर्न लगाउनु व्यक्तिगत रिसिबी र गैर जिम्मेवार पन मात्रै होइन, गभर्नरलाई असफल बनाउने भित्री खेल पनि हो । बैंकिङ सेवा सुचारु गर्ने वा नगर्ने राष्ट्र बैंकको अधिकारभित्र पर्दछ । यसबारेमा नेपाल राष्ट्र बैंकका प्रबक्ता गुणाकर भट्ट भन्दछन् । बैंकङ सेवा बन्द गर्न नमिल्ने बताउँदै हिडडुलमा आएको समस्या समाधान भइसकेको थियो । तर, बैंक खोलिएन यो गैर कानुनी काम भएन र ?
के भन्दछ राष्ट्र बैंक ?

नेपाल राष्ट्र बैंकका प्रबक्ता गुणाकर भट्टले बैंकिङ क्षेत्र अत्याबश्क सेवा भित्र पर्ने भएका भएका कारण बेंकहरु बन्द गर्न नमिल्ने हो । असहज अबस्थामा सिमित शाखाबाट सेवा सुचारु गर्ने राष्ट्र बैंकले निर्णय गरेको थियो । हिडडुलमा समस्या परेका कर्मचारीलाई राष्ट्र बैंकले समन्वयन गरीरहेको छ । गृह मन्त्रालयसँगको समन्वयनमा हिडडुलमा आएको समस्या समाधान भइसकेको बताए । तर, एकाएक विहिबार बैंक बन्द गरियो । यसबारे राष्ट्र बैंकले छलफल गर्ला नि त ।
राष्ट्र बैंकको निर्देशनमा के थियो ?

राष्ट्र बैंकले यसअघि नै सूचना निकालेर सेवा सुचारु राख्न बैंकहरुलाई निर्देशन दिएको थियो । राष्ट्र बैंकले नगद जम्मा, भुक्तानी, बैंक ट्रान्सफर, चेक क्लियरिङ जस्ता कामहरु सुचारु राख्न भनेको थियो । नेपाल राष्ट्र बैंकले सूचना जारी गरी आधारभूत सेवा निरन्तर राख्न सम्पूर्ण बैंकवित्तहरुलाई निर्देशन दिएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाहरुमा निषेधाज्ञा जारी गरेपछि अन्य सेवाहरु ठप्प प्राय छ ।

व्यापार व्यबसायहरु पनि बन्द छन् । बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने आधारभूत बैंकिङ सेवा स्वास्थ्य सुरक्षाका मापदण्ड कायम राखेर संचालन गरिएका छन् । राष्ट्र बैंकले विद्युतीय कारोबार बढाउन जोड दिएको छ ।

त्यसैगरी अत्यावश्यक वस्तुको आपूर्तिका लागि ड्राफ्ट, टीटी, प्रतीतपत्र, ग्यारेन्टी जस्ता कारोबारहरु पनि संचालन हुने राष्ट्र बैंकले जनाएको थियो । बैंक वित्तको खुल्ला रहने शाखाको विवरण र सम्पर्क व्यक्तिको फोन नम्बर संस्थाको वेबसाइटमा उल्लेख गर्न राष्ट्र बैंकले निर्देशन दिएको देखिन्छ । तर, भाद्र ४ गते विहिबार एउटा कर्मचारीको निउँमा सारा वाणिज्य बैंक बन्द गरिनु पर्ने कारण राष्ट्र बैंकले अब खोजी गर्नुपर्दछ कि पर्दैन गर्भनर साब ?

यता विहिबार दिनभरी नै विकास बैंकहरुले भने सेवा सुचारु राखेका थिए । डेभलपमेन्ट बैंकर्स एशोसियसनका अध्यक्ष गोविन्द ढकालले पंक्तिकारसग भनेः– विकास बैंकहरु खुल्ला रहेको र सेवा दिएको छन् । उनले राष्ट्र बैंकको निर्देशन अनुसार विकास बैंकहरुले सिमित शाखा संचालन गरेको बताए ।

विकास बैंकका केही कर्मचारीहरु हिडेर बैंकसम्म आएर पनि सेवा दिएका छन् । तर, वाणिज्य बैंकहरु विहिबार भाद्र ५ गते बन्द रहेको कारण बैंकरहरु र गर्भनरबीचको इगो । त्यही इगोकै कारण विहिबार ग्राहकले सेवा पाएनन् । यो कस्तो बैकिङ्ग हो, गर्भनर सब ?

कहिले राष्ट्र बैंकका कर्मचारीको तलब घटाउनु पर्ने माग गर्ने त कहिले राष्ट्र बैंकले दिएको राहत छुट बिरुद्ध बोल्दै हिड्ने नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालको अबैं सम्पत्ति चाहि कहाँबाट आयो ? तलब बढि भएर नै आएको हो कि भित्री सालिन स्वभाव बाहिर कमाउने धन्दा यसबारे पनि आर्थिक बजार न्यूज डटकमले खोजी शुरु गरेको छ । हेक्का होस् ।

अप्ठ्यारो पर्दा ग्राहकलाई साथ दिनुको साटो दुख दिने काम पटक/पटक कोरोना महामारी बीच नेपाल बैंकर्स संघका अध्यक्ष दाहालबाट भएको देखिन्छ । यो अब अन्त्य हुनै पर्दछ । ७० प्रतिशत सम्पत्ति सर्वसाधरण जनताको बैंकमा छ । ३० प्रतिशत केही हुने खानेहरुको प्रमोटर शेयर होला । त्यसकारण जनताको सम्पत्तीमा तलब भत्ता (मासिक १० लाख) भन्दा बढि खाने सीइओ साबहरुले अब २१ औं शताब्दीमा सचेत र सजक भएर बैंक चलाउने बेला पक्कै आएको देखिन्छ ।
अब बैंकरहरुले जनताले भन्दै आएको टाई लगाएका गुण्डाको आरोप चिर्नु पर्दछ । नत्र पछुताउनु पर्ने दिन नआउला भन्न सकिदैन । सचेत भया।

सर्तसहित यी देशबाट नियमित हवाई उडान

सरकारले भदौ १६ गतेदेखि नियमित हवाई उडान गर्ने भएको छ । सरकारले पीसीआर परीक्षण सहज भएका मुलुकबाट सर्तसहित नियमित हवाई उडान गर्न पाउने निर्णय गरेको हो ।

जसमा दैनिक ५ सयभन्दा बढी यात्रु नकट्ने गरी उडान तालिका बनाइनेछ । यसका लागि पर्यटन मन्त्रालयले जिम्मेवारी लिनेछ । यसरी हुने उडानमा कुटनीतिक नियोगमा कार्यरत कर्मचारी, नेपाली नागरिक आउन सक्नेछन् ।

यसरी आउँदा यात्रुले ७२ घण्टा अघिको नेगेटिभ नतिजा आएको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ । त्यसै गरी नेपाल आएपछि ७ दिन होटलमा अनिवार्य क्वारेन्टिन बस्नुपर्नेछ ।

बिहीबार बसेकाे मन्त्रिपरिषद बैठकले मलेसिया, यूएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, युरोप तथा अमेरिकामा रहेका नेपाली नागरिक मात्रै बोक्ने गरी नियमित उडान गर्न अनुमति दिएको हाे। त्यसैगरी पीसीआर गर्न सहज नहुने देशमा भने चार्टर्ड उडान मात्रै हुनेछन् ।

कोरोना भाइरसको महामारी दुई वर्षभित्र सकिन सक्छ: डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लू.एच.ओ) का प्रमुख टेड्रोस एधानोम घेब्रेएससले कोरोना भाइरस महामारी दुई वर्षभित्र साम्य हुन सक्ने बताएका छन्।

शुक्रवार जेनेभामा बोल्दै टेड्रोसले सन् १९१८ मा देखिएको स्पेनिस फ्लू सकिन दुई वर्ष लागेको सम्झिँदै भने,’तर हाल प्रविधि र विज्ञानको विकास भएको छ। त्यसैले कोभिड-१९ झन् छोटो समयमा सकिन सक्छ।‘

विश्वको संयुक्तताका कारण भाइरस एउटा देशबाट अर्को देशमा चाँडै फैलन सक्ने सम्भावना भए पनि प्रविधिले संक्रमण नियन्त्रणमा लिन सहयोग पुर्‍याउने बताए। भने,’संक्रमण रोक्न राष्ट्रिय एकता र राष्ट्रव्यापी ऐक्यवद्धताको अवधारणा अपनाउनु पर्छ।‘

कोरोना भाइरसका कारण हालसम्म ८ लाख मानिसले ज्यान गुमाइ सकेका छन्। त्यस्तै २ करोड २७ लाखभन्दा बढी मानिस संक्रमित छन्।

बीबीसीका अनुसार टेड्रोसले यस्तो महामारीको समयमा पीपीई लगायत अन्य सुरक्षा उपकरणमा भ्रष्टाचार गर्नेहरूलाई अपराधीको संज्ञा दिए। भने,’यो परिस्थितिमा कुनै पनि किसिमको अपराध स्वीकार्य छैन।‘

व्यक्ति एक प्रतिभा अनेक- रन्जना सितिखु ‘जोय रन्जु’

नरम स्वभाव, हसिलो अनुहार भएकी बहुप्रतिभाकी धनि संचारकर्मी, आर्जे/भिजे, नेपालभाषाकि नायिका तथा मोडल, कोरियोग्राफर, सिनेमेटोग्राफर, खेलाडि र सौन्दर्यकर्मलाइ एकै साथ अघि बढाएर पनि समाजमा आफ्नो छुट्टै पहिचान स्थापना गर्न सफल भक्तपुरकि रन्जना सितिखु सामाजिक क्षेत्रमा पनि उतिकै सक्रिय छन ।

बिगत १३ बर्ष देखि विभिन्न क्षेत्रमा सक्रिय रहेर देश र जनतालाइ सेवा गर्दै आएकी मिडिया पर्सानालिटि रन्जनाले संचार क्षेत्रको माध्यम बाट जनतालाई सुसुचित गर्दै हजारौं पिडित नेपालीहरु दु:खको घाउमा मलम पट्टि लगाउन सफल भएकी छिन।

सडकमा छ्ट्पटिरहेका पिडित देखि आश्रममा आश्रित अनाथ होस्, भुकम्पको दर्दानाक अबस्था होस् या कोभिड-१९ को पिडा हरेक समय सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएकी लाखौं जनताको ढुकढुकी बन्न सफल बहुप्रतिभामुखी रन्जना सितिखु भक्तपुरकि शान हुन् भन्दा अतियुक्ति नहोला।

आफ्नो कर्मलाई बिश्वास गर्ने रन्जना पाँच वटा बिद्यालयमा नृत्य प्रशिक्षण गराउदैं आएकी छिन। नृत्य विधामा अब्बल रन्जना थिएटर आर्टिस्ट हुन् भने विभिन्न संचारगृहमा काम गर्दै लामो अनुभब संगालेकी उनले आफ्नो आवाजको माध्यम बाट बिकृति र विसंगति बिरुद्ध लड्दै समेत आएकी छिन। विभिन्न राष्ट्रिय सम्मान बाट सम्मानित भईसकेकी रन्जनाले दर्जनौ रियालिटी सो कार्यक्रमहरुमा निर्णायकको भूमिका निर्बाह गर्दै आएकी छिन।

महिला सशक्तीकरण, सम्मान र स्वतन्त्रतालाई प्रबर्धन गर्दै नारि हकहितमा दरिलो आवाज बनेकी ‘रन्जना सितिखु’ बहुप्रतिभाशाली, भर्सलटाइल व्यक्तित्वको रुपमा परिचित छिन। भबिष्यमा सामाजिक कार्यमानै आफ्नो जिबन व्यतित गर्ने सोच बनाएकी रन्जना निरन्तर समाज परिबर्तनमा प्रयासरत छिन।

दिपक मल्होत्रा भरसेज नरेश श्रेष्ठ !

नेपाल चेम्बर अफ कमर्शका यी दुई उपाध्यक्षः अर्बपति व्यापारी दिपक मल्होत्रा र पत्रकार एवं उद्योगपति नरेश श्रेष्ठको भित्री कथा के हो त ?

दिपक मल्होत्रा सामसुस मोबाइल फोनमा ५ प्रतिशत कमशितले अर्बपति बने त यो सबैलाई थाहा छ । होइन उनीका अरु दर्जनौ विावदास्पद उद्योगधन्दा र व्यापार अझै छन् । शक्ति र सत्ताको आँडमा गरिने यी व्यापारको कथा डरलाग्दो छ ।
सबै उद्योगपतिहरुलाई थाहै नै छ भन्दा फरक पर्दैन । यी तलका समाचारबाटै थाहा हुन्छ । यी दुई बीच चुरोको कुरो चाहि के हो भनेर । अर्बपति व्यापारी मल्होत्राले एउटा समाचारबारे अहिले प्रेस काउन्सील नेपालमा उजुरी दिएका छन् ।
नेपालको सबैभन्दा पुरानो व्यावसायीक छाता संगठन नेपाल चेम्बर अफ कमर्समा उपाध्यक्षद्वय दिपक मल्होत्रा र नरेश श्रेष्ठबीचको विवादले उग्र रुप लिएको देखिन्छ ।

चेम्बर उपाध्यक्ष मल्होत्राले आफ्नो मानहानी गर्ने उद्देश्यसहित नरेश श्रेष्ठले सञ्चालन गरिरहेको मिडियामार्फत बदनाम गर्ने प्रयास गरेको, झुटा समाचार प्रकाशित गरेको भन्दै गत हप्ता प्रेस काउन्सिल नेपालमा उजुरी दिँदै हदैसम्मको कारबाहीको माग गरेका थिए । उक्त विवादपछि प्रेस काउन्सिल नेपालले समाचार प्रकाशन भएको उक्त मिडियाका सम्पादकलाई सम्बोधन गरेर सो सम्बन्धमा पत्र समेत काटेको खुलेको छ ।

प्रेस काउन्सिल नेपालको चिठ्ठी पछि दुई उपाध्यक्षमध्ये एक गलत भएको भन्दै चेम्बर अफ कमर्श भित्र छलफल चलेको देखिन्छ । यही विषयलाई लिएर यसै हप्ता चेम्बर सदस्यहरुबीच छलफल समेत भएको थियो । उक्त छलफलमा सो समाचारले चेम्बरको गरिमामा समेत आँच आएकाले दुई उपाध्यक्ष मध्ये जो दोषी देखिन्छ, उसले पदबाटै तत्कालै राजिनामा दिनुपर्ने विषय उठेको देखिन्छ ।

‘चेम्बरको एक उपाध्यक्षको विषयमा अर्को उपाध्यक्षले लान्छाना लगाएर समाचार प्रकाशित गर्दा दुईमध्य पक्कै पनि एउटाको गल्ती छ भन्ने विषय छलफलमा उठेको छ,’ छलफलमा सहभागी एक सदस्यले पंक्तिकारलाई बताए । ‘यदि समाचार वास्तविक हो भने गलत काम गर्ने उपाध्यक्षले चेम्बर छाड्नु पर्छ यदि होइन भने आफ्नै संस्थाभित्रको उपाध्यक्षलाई अनावश्यक लान्छना लगाएर समाचार लेखाउनेले छाड्नु पर्छ ।’ अनावश्यक र गैर जिम्मेवार प्रकृतिका व्यक्तिलाई चेम्बरमा स्थान दिन नहुने उनीले बताए ।

छलफलमा उपाध्यक्ष एवं अर्बपति व्यवसायी दिपक मल्होत्राले पनि यदि आफुले गल्ती गरेको भए तुरुन्तै पदबाट राजिनामा दिने र यदि आफू गलत नभएमा आफू विरुद्ध गलत र भ्रामक समाचार लेखेर मानहानी गर्ने अर्का उपाध्यक्ष श्रेष्ठलाई तत्काल पदबाट बर्खास्ती गर्नुपर्ने माग राखेको छलफलमा सहभागीको दाबी छ । दिपक मल्होत्रा आफैमा सधैं विवादमा आउने अर्बपति व्यवसायी हुन् । कहिले सुन काण्ड त कहिले ठेक्का पट्टा काण्डमा उनी सधै चर्चामा रहने व्यक्ति मध्ये एक मानिन्छन् । सचेत भया ।

एनएलजी इन्स्योरेन्सद्वारा डिजिटल कार्यालय सञ्चालन

एनएलजी इन्स्योरेन्सले आजबाट डिजिटल कार्यालय सञ्चालनमा ल्याएको जनाएको छ । कम्पनीले कोभिड–१९ को महामारीको नेपालमा समेत बढिरहेको सन्दर्भमा जोखिम न्यूनिकरणका लागि घरैमा बसेर बीमा सुविधा प्रदान गर्ने उद्देश्यले डिजिटल कार्यालय सञ्चालमा ल्याएको जनाएको छ ।

कम्पनीले बीमा पोलिसी र दावी भुक्तानीको लागि छुट्टाछुट्टै समुहको टेलिफोन नम्वरसहितको डिजिटल कार्यालय संयोजन गरी सञ्चालनमा ल्याएको जनाएको छ । बीमा पोलिसी समुहको लागि चार जना कर्मचारी व्यवस्था गरिएको छ भने दावी भुक्तानीको लागि ३ जना कर्मचारी व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रशासन प्रमुख तथा सूचना अधिकारी नौमिनाथ अधिकारीका अनुसार अब सेवाग्राहीहरुले टेलिफोन, इमेल तथा अनलाईनबाटै बीमा सम्बन्धी सेवा लिन सक्ने छन् ।

नेपाल पुनर्बीमाको संचालकमा लम्साल नियुक्त

नेपाल पुनर्बीमा कम्पनीको संचालकमा रमेश लम्साल नियुक्त भएका छन् । अर्थमन्त्रलयले सरकारी प्रतिनिधिको रुपमा लम्साललाई संचालकमा नियुक्त गरेको हो ।

लम्साल पुनर्बीमा कम्पनीको संस्थापक प्रमुख कार्यकारी अधिकृत हुन् । लम्सालले बीमा एशोसिएटसिप डिग्री हासिल गरेका छन् ।