जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • ४२ करोड कोरोना बीमा शुल्क उठ्यो

बीमा

४२ करोड कोरोना बीमा शुल्क उठ्यो

दाबी भुक्तानी लिने कोरोना पोजेटिभ बिमित भन्दछन्ः हाम्रा लागि बरदान नै सावित भयो कोरोना बीमा !

४२ करोड कोरोना बीमा शुल्क उठ्यो

विश्वव्यापीरुपमा अदृश्य शक्तिबाट आएको अदृश्य रोग कोरोना भाइरसबाट नेपालमा १४६ जनाले ज्यान गुमाएका छन् भने करिब ३२ हजार यस महामारीबाट बिरामी परेका छन् । नेपालको जीवन बीमा कम्पनी र निजीवन बीमा कम्पनीका नियमनकारी निकाय बीमा समितिले ल्याएको कोरोना बीमा अहिले कोरोना पीडितका लागि बरदान नै सावित भएको देखिन्छ ।

कोरोनाको पिसिआरको रिपोर्टमा पोजेटिभ आएपछि तत्कालै पाइने यस बीमाबाट कोरोना पिडितका आफ्न्त र परिवारले औषधी मुलो देखि खानपानमा खर्च गर्ने गरेको देखिन्छ । बिरामी कुरुवा देखि परिवारसम्मलाई कोरोना बीमाको रकमले केही भएपनि दुखमा साथ दिएको एक कोरोना पोजेटिभ भएका व्यक्तिले पंक्तिकारलाई बताए । उनीले थपेः– बीमा समितिका अध्यक्ष चिरनजीवी चापागाईको जय होस् । उनीले भने यस्तो विपत र विषमका बेला कोरोना बीमाको प्रोडक्ट ल्याएर कोरोना पीडित हामी जस्ता गरिबलाई राहत दिनु भनेको हाम्रो लागि बरदान स्वरुप नै हो नि ।

कोरोना पोजेटिभ ती पिडितले थपेः– मेरो बीमा नेपाल इन्स्योरेन्सबाट भएको थियो । मेरो परिवाले १ लाख पाएको छ । बीमा दुखको साथी रहेछ, बल्ल बुझे । विगत १० दिन देखि कोरोना पोजेटिभ देखिएपछि उपचार गराईरहेका यी पिडितले भावुक हुँदै भने तपाईहरुले पनि समयमै कोरोना बीमा गर्नु होला । यसको महत्व ठूलो छ ।

अहिले नेपालमा कोरोना बीमा शुल्क वापत ४२ करोड भन्दा बढि निजीवन बीमा कम्पनीहरुले संकलन गरेको देखिन्छ भने करिब तीन करोड दाबी भुक्तानी भईसकेको बीमा समितिको दाबी छ । नेपालमा पछिल्लो समय कोरोना बीमा गर्नेहरु ह्वातै बढेका छन् भने दाबी भुक्तानी पनि बढेको देखिन्छ । बीमा समितिका अध्यक्ष चिरजीवी चापागाईको दिनरातको

प्रयास, सरकारको साथ र बीमा कम्पनीहरुको सकृयताले नेपालमा कोरोना बीमा प्रोडक्ट आउन सफल भएको देखिन्छ ।
बैंक देखि सरकारी कार्यालयका कर्मचारीहरुले समेत कोरोना बीमा गराएपछि निजीवन बीमा कम्पनीहरु डराएका थिए । तर, सरकारले साथ दिने भनेपछि निर्धक्क भएर अहिले प्रत्येक नेपालीहरुको कोरोना बीमा भएको देखिन्छ ।

सरकारले कोरोना महामारीमा जनतालाई राहत दिने उद्देश्यले ल्याएको कोरोना बीमा शुल्क बापत हालसम्म ४२ करोड भन्दा बढि रकम संकलन भएको छ । बीमा पुलमा संकलन भएको सो रकम मध्ये तीन करोडभन्दा बढि दावी भुक्तानीको लागि आवेदन परेको बीमा समितिले जनाएको छ ।

कोरोना बीमामा हालसम्म सात लाख ४६ हजार ८५० जनाले गरेका छन् । नेपालमा सञ्चालित २० वटा बीमा कम्पनीहरुले २० हजार ३०३ वटा बीमा पोलिसीमार्फत ४२ करोड १० लाख २९ हजार ९८२ रुपैयाँ कोरोना बीमा शुल्क संकलन भएको बीमा पुलको कार्यालयले जनाएको छ । यो केहीदिन अगाडीको तथ्याङ्क हो ।

पछिल्लो समय कोरोना बीमा गर्नेको संख्या औषतमा दैनिक आठ हजारभन्दा बढि रहेको छ । सरकारले ५० प्रतिशत अनुदान दिएपछि कोरोना बीमा गर्नेहरुको संख्या अत्याधिक रुपमा बढेको देखिन्छ ।

त्यस्तै, सरकारी कर्मचारीहरुलाई कोरोना बीमा निशुल्क गर्ने व्यवस्था मिलाएपछि विभिन्न सरकारी कार्यालयहरुले पनि कोरोना बीमा गर्ने क्रम जारी छ । कोरोना बीमा पोलिसी बिक्री गर्नेहरुमा सबैभन्दा अगाडि शिखर इन्स्योरेन्स रहेको छ । सो कम्पनीले हालसम्म आठ करोड १० लाख भन्दा बढि रुपैयाँको बीमा पोलिसी बिक्री गरिसकेको देखिन्छ । त्यस्तै, दोस्रोमा सिद्धार्थ इन्स्योरेन्स रहेको छ भने तेस्रोमा सगरमाथा इन्स्योरेन्स रहेको छ । सिद्धार्थले साढे तीन करोड र सगरमाथाले तीन करोड ४० लाख रुपैयाँ भन्दा बढिको कोरोना पोलिसी बिक्री गरिसकेको देखिन्छ ।

बीमा कम्पनीहरुले कोरोना बीमामाथि तीन करोडभन्दा बढि दावी भुक्तानी परेको छ । हालसम्म ३२३ जना बीमितलाई कोरोना संक्रमण पुष्टि भएको छ । सो मध्ये ६७ जनाको दावी भुक्तानी भइसकेको छ भने २५६ जनाको दावी भुक्तानी बाँकी छ । सो मध्ये दुई करोड ४५ लाख रुपैयाँ अबको केही दिनभित्रैमा भुक्तानी हुने छ भने ६३ लाख ५० हजार रुपैयाँ भुक्तानी भइसकेको देखिन्छ ।

कोरोना महामारी बीच पनि २० वटा निजीवन बीमा कम्पनीहरुले उच्च जोखिम मोलेर कोरोना बीमा गराएको देखिन्छ । १ हजार तिर्दा १ लाखको बीमा हुने भएपछि अहिले कोरोना बीमामा आकर्षण बढेको देखिन्छ ।

यसले भोलि भविष्यमा जीवन बीमा गर्न र बीमाको जनचेतना फैलाउन मद्दत पुग्ने नेपाल इन्स्योरेन्सका सीइओ बिजय बहादुर शाहको ठम्याई छ ।

बीमाको प्रचार प्रसार कोरोना बीमाबाट भएको मात्रै छैन । बीमा के हो र यसले कस्तो बेला मद्दत गर्दछ भन्ने कुरा कोरोना बीमाले बजारलाई चिनाउने काम गरेको सीइओ शाहको दाबी छ ।

कोरोन बीमाको प्रोडक्ट र यसको सुत्रधार बीमा समिति र यसका अध्यक्ष पछिल्लो समय चर्चामा छन् ।
आपत पर्दा जनतालाई राज्यको निकाय बीमा समितिले गरेको सानो प्रयासलाई सबैले धन्यवाद दिनै पर्दछ । सचेत भया ।

19410
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका