जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

कोरोना महामारी बीच राष्ट्र बैंकले ग¥यो विदेशी विनिमय विनियमावली संशोधन, बैंक र वित्तिय संस्थाहरुलाई ठूलो राहत

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय विनियावली संशोधन गर्दै बैंक र वित्तिय संस्थाका प्रत्येक शाखा पिच्छे अनुमती लिनु पर्ने झनझटिलो र अपारदर्शीतालाई अन्त्य गरेको छ । कोरोना महामारी बीच नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले एउटा साच्चै चर्चा कमाउने काम गरेका छन् भन्न अब चाहि पछि पर्नु हुँदैन ।

नेपाल राष्ट्र बैंकले गरेको विदेशी विनियम विनियावली संशोधन पछि अब औद्योगिक उत्पादकका लागि आवश्यक पर्ने कच्चा पदार्थ मेसिन औजार खरिद गर्न चाहे बैंकहरुले एलसीको भुक्तानी १८० दिन सम्मको लागि आयातकर्तालाई विदेशी मुद्रामा कर्जा दिन सक्ने भएका छन् । भने यस्तो कर्जाको ब्याज बैंक आफैले निर्धारण गर्न पाउने भएका छन् । अब ५० हजार विदेशी मुद्राको सामान आयात गर्न सकिने छ ।

यससंगै बैंकहरुले अब उप्रान्त इजाजतप्राप्त बैंक तथा वित्तिय संस्थाहरुले विदेशी विश्वविद्यालयको सम्बन्धमा नेपाल सरकारको अनुमति लिई खुलेका नेपालस्थित शिक्षण सस्थाहरुलाई सम्बन्ध, परीक्षा लगायत शुल्कहरुको भुक्तानीको लागि देहाय बमोजिमका कागजात दिई अमेरिकी डलर १० हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्मको सहटी सुविधा उपलब्ध गराउन सक्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले यस अगाडीको बैंक र वित्तिय संस्थाहरुको शाखा पिच्छे विदेशी मुद्राको अनुमति लिनुपर्ने बाध्यबारी नियमलाई यसै संशोधन मार्फत परिमाजित गर्दै सहज बनाएको देखिन्छ । यसले अब विदेशी मुद्र लिन चाहने सबैलाई थप सहजीकरण भएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले कारोबार इजाजत तथा निरिक्षण विनियमावली संशोधनपछि अब बैंक तथा वित्तीय संस्थाहरुले विदेशी मुद्राको कारोबार गर्न शाखापिच्छे स्वीकृति लिनु नपर्ने भएको देखिन्छ । राष्ट्र बैंकले विदेशी बिनिमय कारोबार इजाजत तथा निरिक्षण विनियमावली–२०७७ लागू गरेको जनाएको छ ।

यसअघि बैंक तथा वित्तीय संस्थाहरुले शाखैपिच्छे विदेशी मुद्राको कारोबार गर्न लाइसेन्स लिनु पर्ने झनझट र अपारदर्शीतालाई नयाँ गर्भनर महाप्रसाद अधिकारीले समाप्त नै गरेका छन् । यसको चासो र चर्चा अहिले बढेको देखिन्छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सञ्चालन इजाजत दिइसकेपछि शाखैपिच्छे विदेशी मुद्राको कारोबा गर्न अर्को लाइसेन्स लिनु पर्ने ब्यवस्था नै अव्यहारिक रहेकोभन्दै चौतर्फि विरोध भइरहेको थियो । राष्ट्र बैंकले पछिल्लो समय २०६७÷६८ देखि कार्यान्वयन भइरहेको विनियमावली यसपाली फेरि संशोधन गरेको देखिन्छ ।

अब बाणिज्य बैंकहरुले एकमुस्ट ५ लाख तिरेर लाइसेन्स लिन पाउने छन् । विकास बैंकहरुले २ लाख र फाइनान्स कम्पनीले २० हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ । राष्ट्र बैंकले बिनियमावलीमा निरिक्षणमा जाने अधिकृतहको आचारसंहिता पनि निर्धारण गरेको छ । यो नयाँ ब्यवस्था हो । यसबाहेक पहिलो पटक क्यासिनोलाई समेत सम्बोधन गरिएको देखिन्छ ।
क्यासिनोले विदेशी मुद्राको कारोबार गर्ने लाइसेन्स पाउन प्रति कारोबार स्थान २५ लाख र शुल्क बापत एक लाख रुपैयाँ राष्ट्र बैंकलाई तिर्नु पर्ने हुन्छ । यसको अवधि २ बर्षको हुने छ ।

तर आधुनिक मेशिन वा उपकरणबाट खेलाइने खेलको हकमा प्रति कारोबा स्थान १० लाख तिरे हुन्छ । शुल्क पनि ५० हजार रुपैयाँ मात्र लाग्ने राष्ट्र बैंकले जनाएको छ ।

विदेशी विश्वविद्यालयको सम्बन्धनमा खुलेका विश्वविद्यालयहरुलाई १० हजार अमेरिकी डलरसम्म विदेशी मुद्रा सटही सुविधा दिने राष्ट्र बैंकले संशोधन गरेको विनियमवालीमा उल्लेख छ । तर, विदेशी विश्वविद्यलयको सम्बन्धनको एओयू, संस्था दर्ता प्रमाण,नो अब्जेक्सन लेटर लगायतका कागजात उपलब्ध गराउन पर्ने छ । यसबाट विदेश पढ्न जाने विद्यार्थीहरुलाई समेत सहजता प्रदान गरेको देखिन्छ । यस कार्यबाट नेपालका बैंक र वित्तिय संस्थाहरुलाई थप राहत पक्कै मिलेको देखिन्छ । सचेत भया ।

भाद्र २० गते पछिको नयाँ अर्थमन्त्री गौतम, पाण्डे की शर्मा ?

नेपालको सत्ताधारी दल नेकपा भित्र सत्ता र शक्ति बाँडफड पछि मिलेको सहमतीले अर्थमन्त्री डा.युवराज खतिवडाको पद जाने पक्का पक्की जस्तै भएको एक स्थायी कमिटि सदस्यले पंक्तिकारसंग बताए ।
अर्थ एवं सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाको यही भाद्र २० गते राष्ट्रिय सभाको सदस्य पद सकिदै छ । यस ठाउँ सचिवालय सदस्य एवं नेकपाका नेता वामदेव गौतमलाई लगी उपप्रधान एवं अर्थमन्त्री बनाउने तयारी भएको उनीले दाबी गरे ।

सत्तारुढ नेकपा भित्र उत्पन्न पछिल्लो शक्ति सन्तुलनका घट्ना क्रमहरुलाई आधार मान्दा डा. युवराज खतिवडालाई राष्ट्रिय सभा सदस्य बनाएर पुनः अर्थमन्त्रीमा कायम राख्ने सम्भावना टर्दै गएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पार्टीको आन्तरिक शक्ति सन्तुलनलाई व्यवस्थित गर्न पनि अब डा. खतिवडालाई विदई गर्नुपर्ने बाध्यता बढेको छ ।
डा. खतिवडा घर जाने निश्चित भएपछि भावी अर्थमन्त्रीको लेखाजोखा सुरु भएको छ ।

स्वभाविक रुपमा भावी अर्थमन्त्रीको दौडमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे उर्जा र गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दा वाहवाही कमाएका जनार्दन शर्माले पनि आफुलाई अर्थमन्त्रीको आकांक्षीका रुपमा उभ्याएका छन् । त्यस बाहेक नेकपा सचिवालय सदस्य बामदेव गौतम पनि उपप्रधानमन्त्री सहितको अर्थमन्त्रीको दावेदारका रुपमा आएका छन् ।

गौतम पछिल्लो समय प्रधानमन्त्रीका रोजाईका पात्र बनेका छन् । पार्टीमा आफु विरुद्ध महागठबन्धन खडा भएका बेला ६ बुँदे प्रस्ताव मार्फत पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पद जोगाइदिने बामदेव गौतमको गुन तिर्नुपर्ने बाध्यतामा केपी ओली रहेका छन् । राष्ट्रिय सभा सदस्य बन्दिन भनेर घोषणा गरि बसेका गौतमले अर्थमन्त्री बन्ने शर्तमा पनि राष्ट्रिय सभा स्वीकार गर्ने र उप्रधानमन्त्री सहित अर्थमन्त्री बन्ने पक्का पक्की जस्तै देखिन्छ ।

बामदेव गौतमलाई मनाउन सक्दा पार्टी सचिवालयमा आफु बहुमतमै रहने भएकाले प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रिय सभामा ल्याएर उपप्रधानमन्त्री सहितको अर्थमन्त्री बनाउन सक्ने उच्च स्रोतको दाबी छ ।

जो होस, भदौ २० गते अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडाको कार्याकाल सकिँदैछ । डा. खतिवडालाई प्रतिस्थापन गरेर आउने अर्थमन्त्री भने केपी ओलीको गोजीबाट पक्कै पनि आउने छैनन् किन भने पार्टी कार्यदलले नै अब सरकारले गर्ने हरेक नियुक्ती पार्टीको निर्णयबाट मात्रै हुने भनिसकेको छ । त्यसकारण बामदेब गौतमनै अबको उपप्रधानमन्त्री सहितको अर्थमन्त्री हुने देखिन्छ ।

गौतम उपप्रधानमन्त्री सहित अर्थमन्त्री बन्दा ओली बलियो हुने छन् । भने प्रचण्ड र नेपाल पार्टी भित्र खासगरि सचिवालय भित्र कमजोर हुने विश्लेषण गर्दै प्रधानमन्त्री ओलीले बामदेव गौतमलाई चुन्ने सम्भावना उच्च रहेको नेकपा उच्च स्रोतको दाबी छ । सचेत भया ।

प्रभु बैंकको आधारदर घट्यो, सस्तोमा कर्जा पाइने

प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रस्तुत गरेको विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब ७८ करोडरुपैयाँ खुद नाफा कमाएको यस बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ३६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको गत आवको नाफा अघिल्लो आवको तुलनामा ४१ करोड रुपैयाँ कम हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २४ करोेड ७७ लाख रुपैयाँ बढेर ४ अर्ब ६४ करोड ५८ लाख रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा १७ करोड ८० लाख रुपैयाँ घटेर २ अर्ब ९ करोड २६ लाख रुपैयाँमा सीमित भएको छ । कर्मचारी खर्च, अन्य सञ्चालन खर्च लगायतका खर्चमा वृद्धि हुँदा बैंकको सञ्चालन मुनाफा घटेको छ भने खुद ब्याज आम्दानी सामान्य बढेको छ । ब्याज आम्दानी बढेपनि खर्च नियन्त्रण गर्न नसक्दा बैंकको खुद नाफा घटेको हो ।

अघिल्लो आवको चौथो त्रैमासको अन्त्यसम्ममा १ अर्ब ७३ करोड रुपैयाँ रहेको बैंकको वितरण योग्य मुनाफा गत आवको सोही अवधिमा घटेर १ अर्ब ८ करोड रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ १ पैसा घटेर १३ रुपैयाँ ९३ पैसा कायम भएका छ । बैंकको मूल्य आम्दानी अनुपात १५.८७ गुणा र प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ २९ पैसा कायम भएको छ ।

अघिल्लो आर्थिक वर्षको मुनाफाबाट १६ प्रतिशत बोनस सेयर वितरण गरी चुक्ता पूँजी १० अर्ब ३१ करोड ५५ लाख रुपैयाँ पुर्याएको यस बैंकको जगेडा कोष २७ करोड ८४ लाख रुपैयाँ बढेर ४ अर्ब १८ करोड रुपैयाँ रहेको छ ।

असार मसान्तसम्ममा १ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९९ अर्ब ६९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको निष्क्रिय कर्जा ३.२६ प्रतिशतबाट घटेर २.८१ प्रतिशतमा सीमित भएको छ । समीक्षा अवधिमा बैंकको आधारदर ९.३६ प्रतिशतबाट घटेर ८.३२ प्रतिशतमा झरेको छ भने स्प्रेड दर ४.७० प्रतिशतबाट ३.५७ प्रतिशतमा झरेको छ ।

एन आई सी एशियाले ल्यायो ‘सुपर सिक्स योजना’

एन आई सी एशिया बैंकले समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रममा विश्वब्यापी कोभिड–१९ महामारीको समयमा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्नका निम्ति ‘सुपर सिक्स योजना’ सार्वजनिक गरेको छ ।

यस ‘सुपर सिक्स योजना’ अनुरुप ग्राहक महानुभावहरूले यस बैंकको मोबाइल बैंकिङ्गमार्फत हप्तामा ६ वटा कारोबार गर्दा छैटौं कारोबार रकमको ६ प्रतिशत वा रू. ५०० सम्म रकम फिर्ता प्राप्त गर्न सक्ने छन् । यो योजना २०७७ भाद्र ८ देखि २७ गतेसम्म गरिएको कारोबारका लागि मात्र मान्य हुने र न्यूनतम रू. १०० सम्मको कारोबार ग्राहक महानुभावहरूले गर्नुपर्ने व्यवस्था रहेको छ ।

डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस बैंकले १५ हजार भन्दा बढी त्तच् ःभचअजबलतक मार्फत उत्साहजनक विद्युतीय कारोबार हुंदै आएकोमा कोरोना भाइरसको यस विषम परिस्थितिमा जुनसुकै स्थानबाट जुनसुकै समयमा सम्पूर्ण कारोबार मोबाइल बैंकिङ्गमार्फत गर्न ग्राहकहरूलाई प्रोत्साहन लागि यस्तो योजना ल्याएको बैंकले जनाएको छ ।

यस असाधारण समयमा ग्राहक महानुभावहरूको सुरक्षाका निमित्त बिजुली एवं खानेपानीको महसुल, मोबाइल रिचार्ज खरिद, बीमा प्रिमियम भुक्तानी, टेलिभिजनको बील लगायतका घरायसी बीलको जुनसुकै स्थानबाट जुनसुकै समयमा विद्युतीय भुक्तानी गर्न मिल्ने व्यवस्था बैंकले गरेको छ । यस योजनामा मोबाइल बैंकिङ्गमार्फत गरिने वालेट लोड, रकम ट्रान्सफर र क्रेडिट कार्ड भुक्तानीलाई समावेश गरिएको छैन ।

यस बैंकले डिजिटल बैंकिङ्गलाई प्राथमिकतामा राख्दै समयअनुरुप ग्राहकमैत्री एवं प्रोत्साहनमुलक योजनाहरू ल्याउदै आएको सर्वविदितै छ । यसै क्रममा बैंकले आफ्ना मोबाइल बैंकिङ्ग वा कार्ड (डेबिट÷क्रेडिट) प्रयोगकर्ताहरूलाई देशभरका २,३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ ।

डिजिटल फस्ट बैंक बन्ने आफ्नो दिर्घकालीन रणनीति अनुरूप ग्राहक महानुभावहरूको संख्यामा विस्तार गर्ने लक्ष्यलाई मुर्तरूप दिँदै आएको यस बैंकले गत आर्थिक वर्षमा मात्रै ४ लाख ८४ हजार नयाँ ग्राहक संख्या थप्न सफल भइ कुल २२ लाख ग्राहकहरूमाझ यस बैंकले डिजिटल सेवा विस्तार गर्न सफल भएको छ । जुन वाणिज्य बैंकहरूले सो आर्थिक वर्षमा गरेको वृद्धिहरूमध्ये उच्चतम वृद्धि हो । गत आर्थिक वर्षमा मात्रै बैंकले डिजिटल बैंकिङ्गतर्फ उल्लेखनीय उपलब्धी हासिल गर्दै हाल ८ लाख ६६ हजार डेबिट कार्ड, १२ लाख १ हजार मोबाइल बैंकिङ्ग र १ लाख १२ हजार इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताहरू पु¥याएको छ भने १५ हजार भन्दा बढी त्तच् ःभचअजबलतक र करिब ४ हजार एइक् ःभचअजबलतक मार्फत आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

उक्त बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा उपेन्द्र कोइराला नियुक्त

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारी स्वामित्वको वित्तीय संस्था राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति सदस्यमा प्राडा. उपेन्द्र कोइरालालाई नियुक्त गरेका छन्।

शुक्रबार कोइरालालाई सञ्चालक नियुक्त गरिएको हो। सोमबार नियुक्तिको पत्र राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिमा पुगेको छ।

पत्र पुगेपछि बैंकले बुधबारका लागि सञ्चालक समितिको बैठक डाकेको छ। बैठकले कोइरालालाई सञ्चालक समिति अध्यक्ष चयन गर्नेछ।

निर्मलहरि अधिकारीलाई सरकारले राजस्व बोर्डको सदस्यमा नियुक्त गरेपछि बैंकको अध्यक्ष पद रिक्त छ। त्यसमा पदपूर्तिका लागि कोइरालालाई सञ्चालकका रूपमा नियुक्त गरिएको हो।

अधिकारीको पालादेखि बैंक सञ्चालक समितिले अध्यक्ष चयन गर्न थालेको हो। त्यसअघि अर्थमन्त्रालयले सोझै बैंकको अध्यक्ष तोकेर पठाउने गर्दै आएको थियो। बैंक तथा वित्तीय संस्था सम्बन्धी नयाँ ऐन आएपछि सरकारले सञ्चालक तोकेर पठाउन पाउँछ। प्रक्रिया पुर्‍याउन अध्यक्ष भने सञ्चालक समितिले चयन गर्छ।

विराटनगरको महेन्द्र मोरङ क्याम्पसका प्रमुख रहिसकेका कोइराला नेपाल आयल निगमको कार्यकारी निर्देशकसमेत भइसकेका छन्। उनी मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपतिसमेत हुन्। उनी पूर्वएमाले निकट हुन्। एमाले सत्तामा आउँदा उनले कुनै न कुनै पद पाउँदै आएका छन्।

सिडिएस एण्ड क्लियरिङको प्रमुख कार्यकारी अधिकृतमा पुर्णप्रसाद आचार्य नियुक्त

नेपाल स्टक एक्सचेञ्जले आफ्नो सहायक कम्पनी सिडिएस एण्ड क्लियरिङको प्रमुख कार्यकारी अधिकृतमा पुर्णप्रसाद आचार्यलाई नियुक्त गरेको छ।

आइतबार छनौट समितिले आचार्य, कृष्ण गिरी र भीष्म चालिसेको नाम सिफारिस गरेको थियो। सोमबार बसेको बैठकले आचार्यलाई नियुक्त गरेको हो।

आचार्य कृषि विकास बैंकका अवकाश कर्मचारी हुन्। उनी पूर्व सभामूख तथा नेकपा संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङ् निकट मानिन्छन्।

सिडिएससीले असार १६ गते सिइओको लागि आवेदन माग गरेको थियो। त्यसमा सात जनाको आवेदन परेको थियो। पूर्व प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताको कार्यकाल गत असोज ९ मा सकिएपछि सिइओ चयन नहुन्जेलसम्मको लागि कायम मुकायम सिइओको काम कञ्चन सापकोटाले गर्दै आएकी थिइन्।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सिइओको नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट गर्न पाँच सदस्यीय छनोट समिति गठन गरेको थियो। नेप्सेका उपप्रबन्धक निरन्जन फुयाँलको संयोजकत्वमा रहेको समितिमा अर्थ मन्त्रालयका तर्फबाट उपसचिव मुकुन्द पोखरेल, नेपाल धितोपत्र बोर्डबाट निर्देशक नारायणप्रसाद शर्मा, नेप्सेका गिरिराज दाहाल सदस्य थिए।

कोरोना बीमामा निजीवन बीमा कम्पनीहरुको चमत्कार !

नेपालमा कोरोना महामारी फैलिएपछि नेपालका निजीवन बीमा कम्पनीहरुले (राहत बीमा) कोरोना बीमामा चमत्कारनै गरेका छन् भन्दा अब चाहि फरक पर्दैन । करिब ३ करोड भन्दा बढि दाबी भुक्तानी हुँदा ४२ करोड भन्दा बढि बीमा शुल्क उठाएको देखिन्छ ।

यससंगै जीवन बीमा र निजीवन बीमा कम्पनीहरुले कोरोनाका बीच भएको ३ महिना भन्दा बढि लकडाउनमा समेत लोभलाग्दो नाफा कमाएको भेटिएको छ, भन्दा पत्याउन गाह्रो होला । तर, यो सत्य हो । नेपाली भूमिमा दर्ता भई कारोबार गरिरहेको ३६ वटा बीमा र १ वटा पुर्नबीमा कम्पनीहरुले कमाएको नाफा र उठाएको बीमा शुल्कले राज्यलाई ठूलो मात्रामा कर दिएका मात्रै छैनन् । बीमा बजार बढाएर करिब २६ प्रतिशतको हाराहारीमा पु¥याएका छन् । यो आफैमा खुशी र गौरबको कुरा मान्न सकिन्छ ।


सुन्दा अचम्म लाग्ने गतवर्ष भन्दा यस वर्ष यस्तो विपत र विषम अवस्थाका बेला पनि करिब १५ प्रतिशतले मुनाफा नेपालका बीमा कम्पनीहरुले गरेको उनीहरुकै वित्तिय विवरणबाट देखिन्छ । यो अर्को राम्रो पक्ष मान्न सकिन्छ ।
३६ वटा बीमा कम्पनीहरुले कूल सात अर्ब ५४ करोड ८३ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन् । गत वर्षको तुलनामा नेपाली बीमा कम्पनीहरुको मुनाफा १५ प्रतिशतले बृद्धि भएको छ ।

गत वर्ष छ अर्ब ५६ करोड ८५ लाख रुपैयाँ मुनाफा आर्जन गरेका थिए । हालसम्म प्रकाशित भएका वित्तीय विवरणमा खुद नाफा सात अर्ब ८७ करोड ६२ लाख रुपैयाँ आर्जन गरेका छन् । अघिल्लो वर्ष सात अर्ब १२ करोड ६६ करोड रुपैयाँ मुनाफा आर्जन गरेकोमा यस वर्ष १०.५१ प्रतिशतले बृद्धि भएको हो ।

नाफा कमाउनेहरुमा पहिलो राष्ट्रिय बीमा कम्पनी छ भने नेपाल लाईफ इन्स्योरेन्स दोस्रो, शिखर इन्स्योरेन्स तेस्रो, नेको इन्स्योरेन्स चौथो र नेशनल लाईफ पाँचौं हुन सफल भएका छन् । राष्ट्रिय बीमा कम्पनीको पुँजि २६ करोड मात्रै भएपनि बीमा कोषमा ठूलो रकम संचित छ । त्यस्तै नेपाल लाईफ इन्स्योरेन्स जीवन बीमा क्षेत्रको पहिलो कम्पनी हो भने शिखर इन्स्योरेन्स निर्जिवन बीमा तर्फको सबैभन्दा ठूलो कम्पनी हो । यसका सीइओ दीप प्रकास पाण्डे आफैमा बीमा विज्ञ मानिन्छन् ।


राष्ट्रिय बीमा कम्पनीले ६३ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने नेपाल लाईफले ५३ करोड तीन लाख, शिखरले ४५ करोड एक लाख, नेको इन्स्योरेन्सले ४४ करोड ३५ लाख र नेशनल लाईफले ३९ करोड १२ लाख रुपैयाँ नाफा कमाएको छ । सगरमाथा इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, मेट लाईफ र सिद्धार्थ इन्स्योरेन्सले ३० करोड भन्दा बढि मुनाफा आर्जन गरेका छन् ।

प्राईम लाईफ, सूर्या लाईफ, प्रभु इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, रिलायबल नेपाल लाईफ, आईएमई जनरल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र सिटिजन लाईफले २० करोड भन्दा बढि नाफा कमाएका छन् ।
सबैभन्दा कम मुनाफा आर्जन गर्ने कम्पनीहरुको अन्तिम सूचिमा युनाईटेड इन्स्योरेन्स रहेको छ भने रिलायन्स लाईफ, जनरल इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, राष्ट्रिय बीमा संस्थान, महालक्ष्मी लाईफ, सानिमा लाईफ, गुराँस लाईफ र युनियन लाईफको मुनाफा १० करोड भन्दा कम छ ।

सबैभन्दा कान्छो बीमा कम्पनी महालक्ष्मी लाईफ ३३ औं स्थानमा उक्लिएको छ भने नयाँ कम्पनी भएर पनि सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनी युनियन लाईफ ९ करोड ७० लाख मुनाफा सहित २८ औं कम्पनीका रुपमा अगाडी देखिन्छ ।

पछिल्लो समय आएका केही बीमा कम्पनहिरुले आक्रमक रुपमा व्यवसाय विस्तार गरेपछि पूराना कम्पनीहरुलाई आफ्नो शाख जोगाउन धौ धौ परेको प्रस्टै देखिएको छ ।

नयाँ कम्पनीहरुको आक्रमक व्यापार देखेपछि पूरान कम्पनीहरुले पनि अहिले व्यापार बढाउन अभिकर्तालाई सुविधा बढाउँदै उच्च तहका कर्मचारीनै मार्केटिङ्ग गर्न बजार पुगेको देख्दा साच्चै बीमा बजारले कोल्टो त फेरेको होइन भन्ने भान हुन थालेको छ । बीमा दुखको साथी भएका कारण अबको आवश्यकता बीमा गर्नु नै हो कि कसो ?

डिसहोम क्रेडिट सर्भिस अब १० दिनसम्म पाइने

डिश मिडिया नेटवर्कको ‘डिशहोम क्रेडिट सर्भिस’मा अब १० दिनसम्म क्रेडिट सुविधा पाइने भएको छ । कम्पनीले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा दिने क्रममा यो थप सेवा प्रदान गरिएको बताएको छ ।

यस अन्तर्गत डिसहोमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसकेपछि पनि ५ दिनसम्म थप म्याद दिँदै आएकोमा अब उक्त सेवाको म्याद थप गरि १० दिन पुर्याएको छ । यो सेवाका साथ ग्राहकहरुले एकपटक किनेको नियमित सेवाको अवधि समाप्त भएपछि थप १० दिनको क्रेडिट सेवा प्राप्त गर्न सक्नेछन् ।

यसरी नियमित सेवाको अवधि समाप्त भएपछि थप गरिएको क्रेडिट अवधि ग्राहकहरुले आफ्नो सेवा नवीकरण गर्दा सोही नवीकरण अवधिमा मिलान गरिनेछ । यो प्रक्रिया झन्झट रहित स्वचालित सेल्फ–सर्भिस मोडल प्रणालीमार्फत् संचालित हुने र यो सेवा सुविधा प्राप्त गर्नका लागि ग्राहकले कुनै प्रकारका अतिरिक्त व्ययभार व्यहोर्नु नपर्ने डिशहोमको भनाई छ ।

डिसहोम क्रेडिट सर्भिस खुलाउनको लागि मोबाइलको मेसेज बक्समा गई क्रेडिट कस्टोमरआईडी  टाईप गरि उक्त मेसेजलाई ३२५०० मा पठाउनुपर्नेछ । १० दिनको क्रेडिट प्राप्त भएको जानकारी मोवाइलमा प्रप्त हुनेछ । साथै, मिस्ड कलबाट क्रेडिट सेवा लिन लिन ९८०१११२२३३ मा मिस्ड कल दिएर पनि थप १० दिनका लागि टिभी सिग्नल खुलाउन सकिन्छ ।

यो सर्भिस सुचारु गर्नुको उद्देश्य ग्राहकहरुलाई व्यवधान रहित सेवा उपलब्ध गराउनु रहेको डिशहोमको भनाई छ ।

बैंकका कर्मचारीहरुलाई कोरोना पोजेटिभ देखिनु र कर्जाका साँवा व्याज नउठ्नुले सीइओ साबहरु तनावमाः छुट र दान दिने बैंक मात्रै हुन्, गर्भनर साब ?

नेपाल अहिले कोरोना भाइरसको महामारीमा फस्दै गरेको छ भन्दा अब चाहि फरक पर्दैन । करिब ५० जिल्लामा अहिले राज्यले निषेधाज्ञा जारी गरेको अवस्था छ । व्यापार व्यवसाय ठप्प छ । जनता घर भित्रै छन् । अधिकाशं सरकारी कार्यालय बन्द छन् । देशका प्राय मालपोत कार्यालय खुलेका छैन भन्दा फरक पर्दैन ।

यस्तो विपत, विषम र अप्ठ्यारोमा कर्जाका साँवा, व्याज नउठेपछि २७ वाणिज्य बैंकका सीइओ सावहरु तनावमा रहेको देखिन्छ । केही दिन अगाडी लकडाउन खुलेसंगै कर्जाका सावाँ, व्याज उठेपनि फेरि निषेधाज्ञा जारीसंगै कर्जा लिने पनि छैन । व्याज तिर्ने पनि छैन । एक बैंकरले पंक्तिकारलाई बताए । खास गरि उपत्यकामा ह्वात्तै कोरोना संक्रमित बढेपछि व्यापार व्यवसाय बन्द भए । कर्जा उठ्ने कुरा पनि ठप्प झै छन् । साना तथा मझैला कर्जा पनि अहिले नगएको ती बैंकरको दाबी छ ।

कर्जा नउठेपछि बैंकहरुले कर्जा लाई खराब कर्जामा परिणत गरि कर्जा प्रोभिजन गर्नु पर्ने वाध्यता बढेर गएको प्रस्टै देखिन्छ । मुख्य शहर बीरगञ्ज, विराटनगर उपत्यकाका ३ जिल्लामा नै निषेधाज्ञा लागु भएपछि कर्जा नउठ्ने र कर्जा लिन नआउने क्रम बढेको देखिन्छ ।

झापा, नेपालगञ्ज, भैरहवा, काकडभितासंगै तराईका अधिकाशं जिल्लामा कोरोना संक्रमित बढेसंगै निषेधाज्ञा जारी छ । बैंक प्रायः बन्द जस्तै छन् । यति मात्रै होइन प्रायः सबै जस्तो बैंकका शाखाका केही कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको छ । यसले गर्दा त्रासको बीचनै बैंक सञ्चालन गरेका बैंकका कर्मचारी थप कोरोना फैलिने डरका बीच दिन विताई रहेका छन् भन्दा चाहि फरक पर्दैन ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण चालु आर्थिक वर्षको ऋण उठ्नमा पनि समस्यामा आउन बैंकहरुको ठम्याई छ । कोरोना कहिले अन्त्य हुने हो कसैलाई थाहा छैन । यसको असर अब बैंक भित्र पनि देखापर्न थालेको कृषि विकास बैंकका सीइओ अनिल कुमार उपाध्यायको दाबी छ । सीइओ उपाध्यायले अगाडी भनेः– जीवन बचाउन कठिन भएको बेला कर्जा दिने र उठाउने कुरा गुण छन् । साना कर्जा गएका छन् । तर, ठूलाले मागेका छैन नि ।
पछिल्लो समय आक्रमकरुपमा व्यवसाय विस्तार गरेका ठुला दर्जनौ बैंक पनि अहिले थन्किएर बसेको अवस्था छ । कारण हो कोरोना संक्रमित बढ्दै जानु र मालपोत कार्यालय बन्द हुनु ।

एनआईसी एशिया बैंकबाट १ करोड २० लाख कर्जा लिएका एक ऋणीले नाम नलेख्ने शर्तमा पंक्तिकारसंग भने यस्तो बेला कहाँबाट ल्याएर तिर्ने । व्यवसाय बन्द छ । सरसापटी दिने मित्र घटेका छन् । कोरोना भाइरसको संक्रमण बढेको छ । हामी त घर न घाटको हुने बेला आयो । उनीकै शब्द सापटी लिने हो भने अब बैंकहरुको खराब कर्जा बढ्ने र कर्जा ऋणीले तिर्न नसके घर जग्गानै बैंकले लिलाम गर्ने अवस्था नआउला भन्न सकिदैन ।
नेपालका बैंक र वित्तिय संस्थाहरुले हालसम्म ३२ खर्ब २२ अर्ब रुपैया कुल ऋण लगानी गरेका छन् । भने यस मध्ये आधाको पनि कर्जाको साँवा, व्याज गत लकडाउन पछि उठेको छैन । यस मध्ये २९ खर्ब चाहि घर जग्गामा बैंकहरुले कर्जा दिएको केन्द्रीय बैंकको तथ्याङ्कमा उल्लेख छ ।

वाणिज्य बैंकका सीइओ साबहरुलाई लगानीकर्तालाई प्रतिफल दिनै पर्ने वाध्यता एकातिर छ भने अर्को तिर राष्ट्र बैंकका पछिल्ला निर्देशन पालना गर्ने पर्ने वाध्यता पनि छ । यी वाध्यता बीच जागिर नै जाने अर्को खतरा पनि छ । यहि कारणले सीइओ साबहरुले तनाब नलिने त कुनै हुँदैन नि एक सीइओले पंक्तिकारसंग बताए ।

नेपालमा कोरोनाका कारण भएको लकडाउन बीच ब्याज छुट सेवा शुल्कमा छुट जस्ता दर्जनौ छुट बैंकहरुले दिएपछि करिब ५ प्रतिशत नाफा स्वतः घटेको ती बैंकरको दाबी छ । जीवन बचाउने तनाव त छदैछ । तर, पनि बैंकका सूचकलाई बचाउने दायित्व पनि हामी बैंकरलाई नै भएका कारण रातमा निन्द्रा र दिनमा भोक छैन । अबका दिन बैंकहरुका लागि दुखद र पीडादायी बन्ने ती सीइओले दाबी गरे ।
राज्यले जताततै राहत दिने नाममा बैंक र वित्तिय क्षेत्र नै रोज्यो यति मात्रै होइन कोरोना राष्ट्रिय रोगथाम कोषमा पनि बैंकहरुले नै पैसा दिनुपर्ने दायित्व थप गरेपछि बैंक नाफा होइन अब घाटाको व्यापार तीर पुगेको बैंकरहरुकै दाबी छ । जे भएपनि जीवनलाई जीवित राख्दै समय अनुसार नै चल्नुको विकल्प छैन । श्रीमान् गर्भनर साब यो देशमा कोरोना भाइरसको रोगथामका लागि ठूलो धनराशी दिने र सबैलाई छुट दिने बैंक मात्रै हुन् । यसको उत्तर अब जनतालाई कसले दिने हो । सचेत भया ।

अब बैंकले एक दिनमा ५० जना कर्मचारी मात्र परिचालन गर्न पाउने

बैंक तथा वित्तीय संस्थाहरुले काठमाडौं उपत्यकामा एक दिनमा ५० जना कर्मचारी मात्र परिचालन गर्न पाउने भएका छन्।

आइतबार अन्य दिनभन्दा राजधानीमा बढी नै भिडभाड देखिएपछि कर्मचारी संख्या तोकिएको हो। लघुवित्त, जलविद्युत र बीमा कम्पनीको सेयर भर्नका लागि आइतबार भिडभाड भएको थियो।

राष्ट्र बैंक, प्रहरी र बैंकर्स संघबीच भएको छलफलमा एक दिनमा एक बैंकले ५० जनाभन्दा बढी कर्मचारी परिचालन गर्न नपाउने सहमति बनेको हो।

हेड अफिसमा कम कर्मचारी परिचालन गर्दा बैंकहरुले राजधानीमा केही बढी शाखा कार्यालय खोल्न पाउँछन्। अहिले हेड अफिससहित बढीमा चार वटा कार्यालय खोल्न पाइन्छ। अर्थात हेड अफिस, भक्तपुर, ललितपुर र काठमाडौंमा एक/एक शाखा खोल्न पाइन्छ।

एउटा शाखा खोल्न मोटामोटी ४ देखि ६ जना कर्मचारी आवश्यक पर्छ। अहिले नगद झिक्ने र राख्ने मात्र सेवा दिइने भएकाले ३ जना भए पनि पुग्छ। यो सुरक्षा गार्डबाहेकको हिसाब हो।

हरेक दिन कुन कुन कर्मचारी काममा जाने हुन् त्यसको सूची बैकहरुले प्रहरी र राष्ट्र बैंकलाई पठाउनु पर्छ

सिभिल बैंकले बचत खातामा वार्षिक ६ प्रतिशत ब्याजदर दिने

सिभिल बैंक लिमिटेडले सर्वाधिक ब्याजदर पाइने बचत खाता योजना ‘प्रिमियम बचत खाता’ सञ्चालनमा ल्याएको छ ।

उक्त बचत खातामा बैंकले वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ । यस वचत खाताको न्युनतम मौज्दात १० हजार रहेको छ भने यस बचत खाता खोल्दा बैंकले ग्राहकहरुका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, एसएमएस बैंकिङ् सेवा पनि प्रदान गर्नेछ । यसको अतिरिक्त बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा पनि ८.७५ प्रतिशतको सर्वाधिक ब्याजदर प्रदान गर्दै आइरहेको छ ।

विद्यमान कोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थामा अन्य वित्तीय संस्थाहरुद्वारा निक्षेपमा प्रदान गरिएको न्यून ब्याजदरको तुलनामा ग्राहकको मेहनतको कमाईलाई कदर गर्दै आकर्षक ब्याज प्रदान गरिएको कारणले ग्राहकहरु लाभान्वित हुने कुरा बैैंकले जनाएको छ । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा÷योजनाहरु प्रदान गर्दै जाने पनि बताएको छ ।

४२ करोड कोरोना बीमा शुल्क उठ्यो

विश्वव्यापीरुपमा अदृश्य शक्तिबाट आएको अदृश्य रोग कोरोना भाइरसबाट नेपालमा १४६ जनाले ज्यान गुमाएका छन् भने करिब ३२ हजार यस महामारीबाट बिरामी परेका छन् । नेपालको जीवन बीमा कम्पनी र निजीवन बीमा कम्पनीका नियमनकारी निकाय बीमा समितिले ल्याएको कोरोना बीमा अहिले कोरोना पीडितका लागि बरदान नै सावित भएको देखिन्छ ।

कोरोनाको पिसिआरको रिपोर्टमा पोजेटिभ आएपछि तत्कालै पाइने यस बीमाबाट कोरोना पिडितका आफ्न्त र परिवारले औषधी मुलो देखि खानपानमा खर्च गर्ने गरेको देखिन्छ । बिरामी कुरुवा देखि परिवारसम्मलाई कोरोना बीमाको रकमले केही भएपनि दुखमा साथ दिएको एक कोरोना पोजेटिभ भएका व्यक्तिले पंक्तिकारलाई बताए । उनीले थपेः– बीमा समितिका अध्यक्ष चिरनजीवी चापागाईको जय होस् । उनीले भने यस्तो विपत र विषमका बेला कोरोना बीमाको प्रोडक्ट ल्याएर कोरोना पीडित हामी जस्ता गरिबलाई राहत दिनु भनेको हाम्रो लागि बरदान स्वरुप नै हो नि ।

कोरोना पोजेटिभ ती पिडितले थपेः– मेरो बीमा नेपाल इन्स्योरेन्सबाट भएको थियो । मेरो परिवाले १ लाख पाएको छ । बीमा दुखको साथी रहेछ, बल्ल बुझे । विगत १० दिन देखि कोरोना पोजेटिभ देखिएपछि उपचार गराईरहेका यी पिडितले भावुक हुँदै भने तपाईहरुले पनि समयमै कोरोना बीमा गर्नु होला । यसको महत्व ठूलो छ ।

अहिले नेपालमा कोरोना बीमा शुल्क वापत ४२ करोड भन्दा बढि निजीवन बीमा कम्पनीहरुले संकलन गरेको देखिन्छ भने करिब तीन करोड दाबी भुक्तानी भईसकेको बीमा समितिको दाबी छ । नेपालमा पछिल्लो समय कोरोना बीमा गर्नेहरु ह्वातै बढेका छन् भने दाबी भुक्तानी पनि बढेको देखिन्छ । बीमा समितिका अध्यक्ष चिरजीवी चापागाईको दिनरातको

प्रयास, सरकारको साथ र बीमा कम्पनीहरुको सकृयताले नेपालमा कोरोना बीमा प्रोडक्ट आउन सफल भएको देखिन्छ ।
बैंक देखि सरकारी कार्यालयका कर्मचारीहरुले समेत कोरोना बीमा गराएपछि निजीवन बीमा कम्पनीहरु डराएका थिए । तर, सरकारले साथ दिने भनेपछि निर्धक्क भएर अहिले प्रत्येक नेपालीहरुको कोरोना बीमा भएको देखिन्छ ।

सरकारले कोरोना महामारीमा जनतालाई राहत दिने उद्देश्यले ल्याएको कोरोना बीमा शुल्क बापत हालसम्म ४२ करोड भन्दा बढि रकम संकलन भएको छ । बीमा पुलमा संकलन भएको सो रकम मध्ये तीन करोडभन्दा बढि दावी भुक्तानीको लागि आवेदन परेको बीमा समितिले जनाएको छ ।

कोरोना बीमामा हालसम्म सात लाख ४६ हजार ८५० जनाले गरेका छन् । नेपालमा सञ्चालित २० वटा बीमा कम्पनीहरुले २० हजार ३०३ वटा बीमा पोलिसीमार्फत ४२ करोड १० लाख २९ हजार ९८२ रुपैयाँ कोरोना बीमा शुल्क संकलन भएको बीमा पुलको कार्यालयले जनाएको छ । यो केहीदिन अगाडीको तथ्याङ्क हो ।

पछिल्लो समय कोरोना बीमा गर्नेको संख्या औषतमा दैनिक आठ हजारभन्दा बढि रहेको छ । सरकारले ५० प्रतिशत अनुदान दिएपछि कोरोना बीमा गर्नेहरुको संख्या अत्याधिक रुपमा बढेको देखिन्छ ।

त्यस्तै, सरकारी कर्मचारीहरुलाई कोरोना बीमा निशुल्क गर्ने व्यवस्था मिलाएपछि विभिन्न सरकारी कार्यालयहरुले पनि कोरोना बीमा गर्ने क्रम जारी छ । कोरोना बीमा पोलिसी बिक्री गर्नेहरुमा सबैभन्दा अगाडि शिखर इन्स्योरेन्स रहेको छ । सो कम्पनीले हालसम्म आठ करोड १० लाख भन्दा बढि रुपैयाँको बीमा पोलिसी बिक्री गरिसकेको देखिन्छ । त्यस्तै, दोस्रोमा सिद्धार्थ इन्स्योरेन्स रहेको छ भने तेस्रोमा सगरमाथा इन्स्योरेन्स रहेको छ । सिद्धार्थले साढे तीन करोड र सगरमाथाले तीन करोड ४० लाख रुपैयाँ भन्दा बढिको कोरोना पोलिसी बिक्री गरिसकेको देखिन्छ ।

बीमा कम्पनीहरुले कोरोना बीमामाथि तीन करोडभन्दा बढि दावी भुक्तानी परेको छ । हालसम्म ३२३ जना बीमितलाई कोरोना संक्रमण पुष्टि भएको छ । सो मध्ये ६७ जनाको दावी भुक्तानी भइसकेको छ भने २५६ जनाको दावी भुक्तानी बाँकी छ । सो मध्ये दुई करोड ४५ लाख रुपैयाँ अबको केही दिनभित्रैमा भुक्तानी हुने छ भने ६३ लाख ५० हजार रुपैयाँ भुक्तानी भइसकेको देखिन्छ ।

कोरोना महामारी बीच पनि २० वटा निजीवन बीमा कम्पनीहरुले उच्च जोखिम मोलेर कोरोना बीमा गराएको देखिन्छ । १ हजार तिर्दा १ लाखको बीमा हुने भएपछि अहिले कोरोना बीमामा आकर्षण बढेको देखिन्छ ।

यसले भोलि भविष्यमा जीवन बीमा गर्न र बीमाको जनचेतना फैलाउन मद्दत पुग्ने नेपाल इन्स्योरेन्सका सीइओ बिजय बहादुर शाहको ठम्याई छ ।

बीमाको प्रचार प्रसार कोरोना बीमाबाट भएको मात्रै छैन । बीमा के हो र यसले कस्तो बेला मद्दत गर्दछ भन्ने कुरा कोरोना बीमाले बजारलाई चिनाउने काम गरेको सीइओ शाहको दाबी छ ।

कोरोन बीमाको प्रोडक्ट र यसको सुत्रधार बीमा समिति र यसका अध्यक्ष पछिल्लो समय चर्चामा छन् ।
आपत पर्दा जनतालाई राज्यको निकाय बीमा समितिले गरेको सानो प्रयासलाई सबैले धन्यवाद दिनै पर्दछ । सचेत भया ।