जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सर्तसहित यी देशबाट नियमित हवाई उडान

सर्तसहित यी देशबाट नियमित हवाई उडान

सरकारले भदौ १६ गतेदेखि नियमित हवाई उडान गर्ने भएको छ । सरकारले पीसीआर परीक्षण सहज भएका मुलुकबाट सर्तसहित नियमित हवाई उडान गर्न पाउने निर्णय गरेको हो ।

जसमा दैनिक ५ सयभन्दा बढी यात्रु नकट्ने गरी उडान तालिका बनाइनेछ । यसका लागि पर्यटन मन्त्रालयले जिम्मेवारी लिनेछ । यसरी हुने उडानमा कुटनीतिक नियोगमा कार्यरत कर्मचारी, नेपाली नागरिक आउन सक्नेछन् ।

यसरी आउँदा यात्रुले ७२ घण्टा अघिको नेगेटिभ नतिजा आएको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ । त्यसै गरी नेपाल आएपछि ७ दिन होटलमा अनिवार्य क्वारेन्टिन बस्नुपर्नेछ ।

बिहीबार बसेकाे मन्त्रिपरिषद बैठकले मलेसिया, यूएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, युरोप तथा अमेरिकामा रहेका नेपाली नागरिक मात्रै बोक्ने गरी नियमित उडान गर्न अनुमति दिएको हाे। त्यसैगरी पीसीआर गर्न सहज नहुने देशमा भने चार्टर्ड उडान मात्रै हुनेछन् ।

7025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?