जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राष्ट्र बैंक माथी चुनौती दिँदै अध्यक्ष दाहालले भदौ ४ गते विहिबार बैंक बन्द गर्न दिएको ठाडो आदेश भित्रको रहस्य यस्तो थियो ?

राष्ट्र बैंक माथी चुनौती दिँदै अध्यक्ष दाहालले भदौ ४ गते विहिबार बैंक बन्द गर्न दिएको ठाडो आदेश भित्रको रहस्य यस्तो थियो ?

कथा हो भदौ ४ गते विहिबार ११ः१५ बजेको नेपाल बैंकर्स संघका सधै चर्चा र विवादमा आउने गरेका अध्यक्ष भुवन दाहाललाई एउटा फोन आयो । सर मलाई प्रहरीले बैंक आउन दिएन । मोटरसाइकल प्रहरीले राखिदियो । म के गरौं । ती महिला कर्मचारीको फोनकै कारण २७ वाणिज्य बैंक विहिबार बन्द भए । कारण थियो आफ्नै सानिमा बैंककी ति कर्मचारीलाई प्रहरीले जमल नजिक रोक्नु र मोटरसाइकल (स्कुटर) राखी दिनु । भन्दा पत्याउन गाह्रो होला । तर, यो सत्य हो ।

आफ्नै सानिमा बैंकका कर्मचारीलाई प्रहरीले अफिस आउन नदिएको झोकमा नेपाल बैंकर्स संघका अध्यक्ष दाहालले सबै सीइओ सावहरुलाई एउटा म्यासेज गरेर लेख यो प्रहरीको दादागिरी हद नाग्यो । आज विहिबार सबै बैंक बन्द गरौं । उनको ठाडो आदेश पाएपछि २७ वाणिज्य बैंकहरुले राष्ट्र बैंकलाई चुनौती दिँदै बैंक बन्द गरे र घर गए ।
यसबीच प्रभु बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, ग्लोबल आईएमई बैंक लगायत दर्जनौ बैंकले सेवा सुरु गरिसकेका थिए । तर, कर्मचारी प्रहरीले रोकेको बहाना गर्दै विहिबार सबै बैंक बन्द रहे ।

बैंक अत्यावश्यक सेवा भित्र पर्ने सेवा हो । यस्तो विपत र विषम अवस्थामा अत्यावश्यक सेवा बन्द गर्दा कस्तो सजाय हुन्छ । त्यसको ख्याल नै नेपाल बैंकर्स संघका अध्यक्ष दाहालले गरेनन् । आवेशमा आएर राज्य र राष्ट्र बैंकलाई देखाई दिन्छु भन्दै ठाडो आदेश दिए र बैंक बन्द गराए ।

नेपालका २७ वाणिज्य बैंकहरुको नियमनकारी निकाय राष्ट्र बैंक हो । उसले असहज अवस्थामा सिमित शाखा खोल्न अघिल्लो दिन दिएको निर्देशनलाई बैंकर्स संघका अध्यक्ष दाहालले चुनौती मात्रै दिएनन् । गर्भनर महाप्रसाद अधिकारीमाथी पूरानो रिसिबी साधेर देखाई दिए । एक सीइओले नाम नलेख्ने शर्तमा पंक्तिकारलाई बताए ।

नेपालका २७ वाणिज्य बैंकको छाता संस्था नेपाल बैंकर्स संघ राष्ट्र बैंकले राहतको नाममा दिएको छुट देखि खुशी छैनन् । बैंकहरुको नाफा घटेको छ । सीइओको जागिर नै धरापमा पर्ने अवस्थामा आएको भन्दै राष्ट्र बैंकलाई दबाबमा राख्ने बैंकरहरुको भित्री योजना समेत रहेको ती सीइओले पंक्तिकारसंग प्रस्टै बताए ।

विहिबार एकाएक यस्तो घटना बाहिर आयो कि केही सीइओ साबहरुनै छक्क परे । म भुवन दाहाल बोल्दै छु । सबै बैंक बन्द गरौं । हामीलाई प्रहरीले चुनौती दिने ?

त्यसपछि एक्कासी बैंक शाखाका म्यानेजरको मोवाइलमा फोन आयो । अनि हत्तपत्त बैंक बन्द गर्न लगाइयो । कारण थियो बैंकर्स संघका अध्यक्षको ठाडो निर्देशन । विहीबार सानिमा बैंकका कर्मचारीलाई जमलमा प्रहरीले रोक्यो । सानिमा बैंकका कर्मचारीले बैंकका सिइओ भुवन दाहाललाई फोन गरेर सुचना दिए । उनले यत्तिकैमा बैंकका केही सिइओहरुलाई फोन गरे र बैंकहरुको सेवा बन्द गर्न निर्देशन दिए । बैंकका कर्मचारीलाई प्रहरीले रोकेको बहानामा बैंकहरुले सेवा नदिने निर्णय बेंकर्स संघले पछि गर्यो ।

सानिमा बैंकका सिइओ दाहाल बैंकर्स संघका अध्यक्ष छन् । यो सुचना नेपाल राष्ट्र बैंक समक्ष पुग्यो । राष्ट्र बैंकले यसबारेमा गृह मन्त्रालयसँग समन्वयन गर्यो । तत्पश्चात केही ठाउँमा रोकीएका बैंकका कर्मचारीलाई घर पठायो । राष्ट्र बैंकले गृहमन्त्रालयलाई बैंक अत्याबश्यक सेवा भएका कारण कर्मचारीमाथि हिडडुलमा रोक नलगाउन भन्यो । फलस्वरुप प्रहरीले बैंकका कर्मचारीलाई बैंककै परिचयपत्रबाट हिडडुल गर्न पाउने सहमति भयो । तर यस्तो सहमति आउँदा आउँदै बैंकहरुले भुवन दाहालको ठाडो आदेशमा सेवा बन्द गरीसकेका थिए ।

आफु र आफ्ना कर्मचारीलाई रोकेकै आधारमा बैंकर्स संघका अध्यक्ष भुवन दाहालले एकाएक आफु खुसी बैंक बन्द गराउनु राष्ट्र बैंकलाई चुनौती दिनु हो कि होइन गभर्नर साब ? सहमतिको बाटोलाई छाडेर राष्ट्र बैंकसँग समन्वयन गर्दै नगरी बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकहरुलाई सेवा बन्द गर्न लगाउनु र ठाडो आदेश दिनु कानुन विपरीत हो । यसको उजुरी परे कारवाही हुन सक्दछ ।

उनले आफ्ना कर्मचारीलाई रोकेका आधारबाट सबै बैंकलाई सेवा बन्द गर्न लगाउनु व्यक्तिगत रिसिबी र गैर जिम्मेवार पन मात्रै होइन, गभर्नरलाई असफल बनाउने भित्री खेल पनि हो । बैंकिङ सेवा सुचारु गर्ने वा नगर्ने राष्ट्र बैंकको अधिकारभित्र पर्दछ । यसबारेमा नेपाल राष्ट्र बैंकका प्रबक्ता गुणाकर भट्ट भन्दछन् । बैंकङ सेवा बन्द गर्न नमिल्ने बताउँदै हिडडुलमा आएको समस्या समाधान भइसकेको थियो । तर, बैंक खोलिएन यो गैर कानुनी काम भएन र ?
के भन्दछ राष्ट्र बैंक ?

नेपाल राष्ट्र बैंकका प्रबक्ता गुणाकर भट्टले बैंकिङ क्षेत्र अत्याबश्क सेवा भित्र पर्ने भएका भएका कारण बेंकहरु बन्द गर्न नमिल्ने हो । असहज अबस्थामा सिमित शाखाबाट सेवा सुचारु गर्ने राष्ट्र बैंकले निर्णय गरेको थियो । हिडडुलमा समस्या परेका कर्मचारीलाई राष्ट्र बैंकले समन्वयन गरीरहेको छ । गृह मन्त्रालयसँगको समन्वयनमा हिडडुलमा आएको समस्या समाधान भइसकेको बताए । तर, एकाएक विहिबार बैंक बन्द गरियो । यसबारे राष्ट्र बैंकले छलफल गर्ला नि त ।
राष्ट्र बैंकको निर्देशनमा के थियो ?

राष्ट्र बैंकले यसअघि नै सूचना निकालेर सेवा सुचारु राख्न बैंकहरुलाई निर्देशन दिएको थियो । राष्ट्र बैंकले नगद जम्मा, भुक्तानी, बैंक ट्रान्सफर, चेक क्लियरिङ जस्ता कामहरु सुचारु राख्न भनेको थियो । नेपाल राष्ट्र बैंकले सूचना जारी गरी आधारभूत सेवा निरन्तर राख्न सम्पूर्ण बैंकवित्तहरुलाई निर्देशन दिएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाहरुमा निषेधाज्ञा जारी गरेपछि अन्य सेवाहरु ठप्प प्राय छ ।

व्यापार व्यबसायहरु पनि बन्द छन् । बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने आधारभूत बैंकिङ सेवा स्वास्थ्य सुरक्षाका मापदण्ड कायम राखेर संचालन गरिएका छन् । राष्ट्र बैंकले विद्युतीय कारोबार बढाउन जोड दिएको छ ।

त्यसैगरी अत्यावश्यक वस्तुको आपूर्तिका लागि ड्राफ्ट, टीटी, प्रतीतपत्र, ग्यारेन्टी जस्ता कारोबारहरु पनि संचालन हुने राष्ट्र बैंकले जनाएको थियो । बैंक वित्तको खुल्ला रहने शाखाको विवरण र सम्पर्क व्यक्तिको फोन नम्बर संस्थाको वेबसाइटमा उल्लेख गर्न राष्ट्र बैंकले निर्देशन दिएको देखिन्छ । तर, भाद्र ४ गते विहिबार एउटा कर्मचारीको निउँमा सारा वाणिज्य बैंक बन्द गरिनु पर्ने कारण राष्ट्र बैंकले अब खोजी गर्नुपर्दछ कि पर्दैन गर्भनर साब ?

यता विहिबार दिनभरी नै विकास बैंकहरुले भने सेवा सुचारु राखेका थिए । डेभलपमेन्ट बैंकर्स एशोसियसनका अध्यक्ष गोविन्द ढकालले पंक्तिकारसग भनेः– विकास बैंकहरु खुल्ला रहेको र सेवा दिएको छन् । उनले राष्ट्र बैंकको निर्देशन अनुसार विकास बैंकहरुले सिमित शाखा संचालन गरेको बताए ।

विकास बैंकका केही कर्मचारीहरु हिडेर बैंकसम्म आएर पनि सेवा दिएका छन् । तर, वाणिज्य बैंकहरु विहिबार भाद्र ५ गते बन्द रहेको कारण बैंकरहरु र गर्भनरबीचको इगो । त्यही इगोकै कारण विहिबार ग्राहकले सेवा पाएनन् । यो कस्तो बैकिङ्ग हो, गर्भनर सब ?

कहिले राष्ट्र बैंकका कर्मचारीको तलब घटाउनु पर्ने माग गर्ने त कहिले राष्ट्र बैंकले दिएको राहत छुट बिरुद्ध बोल्दै हिड्ने नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालको अबैं सम्पत्ति चाहि कहाँबाट आयो ? तलब बढि भएर नै आएको हो कि भित्री सालिन स्वभाव बाहिर कमाउने धन्दा यसबारे पनि आर्थिक बजार न्यूज डटकमले खोजी शुरु गरेको छ । हेक्का होस् ।

अप्ठ्यारो पर्दा ग्राहकलाई साथ दिनुको साटो दुख दिने काम पटक/पटक कोरोना महामारी बीच नेपाल बैंकर्स संघका अध्यक्ष दाहालबाट भएको देखिन्छ । यो अब अन्त्य हुनै पर्दछ । ७० प्रतिशत सम्पत्ति सर्वसाधरण जनताको बैंकमा छ । ३० प्रतिशत केही हुने खानेहरुको प्रमोटर शेयर होला । त्यसकारण जनताको सम्पत्तीमा तलब भत्ता (मासिक १० लाख) भन्दा बढि खाने सीइओ साबहरुले अब २१ औं शताब्दीमा सचेत र सजक भएर बैंक चलाउने बेला पक्कै आएको देखिन्छ ।
अब बैंकरहरुले जनताले भन्दै आएको टाई लगाएका गुण्डाको आरोप चिर्नु पर्दछ । नत्र पछुताउनु पर्ने दिन नआउला भन्न सकिदैन । सचेत भया।

7730
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका