जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • एनएमबि बैंक र कञ्चन डेभलपमेन्ट बैंकको एकीकृत कारोबार आइतबारदेखि

एनएमबि बैंक र कञ्चन डेभलपमेन्ट बैंकको एकीकृत कारोबार आइतबारदेखि

एनएमबि बैंकमा कञ्चन डेभलपमेन्टको एकीकृत कारोबार आइतबार(भोलि)बाट हुने भएको छ । दुवै बैंकले आइतबारबाट सफ्ट एकीकृत कारोबार शुरु गर्ने भएको बैंकले जनाएको छ । दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले साउन २५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले साउन २८ गते अन्तिम स्वीकृति दिइसकेका छन् ।

अब कञ्चन डेभलपमेन्टलाई एनएमबि बैंकले अक्वायर गरेपछि एनएमबि बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । दुवै बैंकको असार २१ गते भर्चअल माध्यमबाट सम्पन्न विशेष साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः०.८५ सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिइएको हो ।

कञ्चनको १०० सय कित्ता सेयर हुनेले अब एनएमबिको नाममा ८५ कित्ता सेयर पाउनेछन् । एनएमबि र कञ्चनले जेठ २५ गते एक्वायर सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

कञ्चन एक्वायरपछि एनएमबिको चुक्ता पुँजी १४ अर्ब ४५ करोड भन्दा बढी हुनेछ । एनएमबिले केही समयअघि ओम डेभलपमेन्ट बैंक गाभेको थियो । एकीकृत कारोबारका सार्वजनिक सूचना आजको गोरखापत्र दैनिकमा प्रकाशित समेत गरेको छ ।

9585
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका