जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

कुमारी बैंक द्धारा सहारा नेपाललाई सहयोग

कोरोना भाइरस (COVID-19) नियन्त्रण र रोक्थामका लागि सरकारले देशब्यापी लकडाउन घोषणा गरेको कारण दैनिक ज्यालादारीमा काम गर्ने तथा आर्थिक अवस्था कमजोर भएका परिवारहरुलाई कुमारी बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत देशको विभिन्न स्थानहरुमा सहयोग गर्दै आइरहेको छ ।

यसैक्रममा कुमारी बैंकको चन्द्रगढी शाखाले “एकका लागि एक ” अभियानका साथ झापा जिल्लामा क्वारेन्टाइनमा क्रमिक रुपले खाद्य सामाग्री वितरण गर्दै आएको सहारा नेपालको नेत्रितोमा रहेका विविन्न संसन्थालाई १००० किलो खाद्य हस्तान्तरण गरेको छ । यहि बुधवार चन्द्रगढी शाखाका शाखा प्रमुख उशितपा पाण्डेले सहारा नेपाल संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीलाई सो खाद्य सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

कोरोनाको प्रकोपलाई फैलन नदिने र क्वारेन्टाइन व्यवस्थापन लगायतका लागी आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको बैंकले जनाएको छ ।

लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई आफ्ना शाखा र एटिएम मार्फत निरन्तर बैंकइङ सुभिधा प्रदान गरी रहेको छ ।

सात कर्मचारीको नक्कली शैक्षिक प्रमाणपत्र, अख्तियारद्वारा मुद्दा दायर..?

शिक्षक, विद्युत् प्राधिकरण र स्थानीय तहका कर्मचारीविरुद्ध मुद्दा
नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सरकारी सेवामा प्रवेश गरेका सातजना कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । आयोगले शुक्रबार तीन शिक्षक, नेपाल विद्युत् प्राधिकरणका तीन कर्मचारी तथा एक स्थानीय तहका कर्मचारीविरुद्ध मुद्दा चलाएको हो ।

तनहुँको भानु नगरपालिकाका कार्यालय सहयोगी हेलन गुरुङविरुद्ध आयोगले मुद्दा चलाएको छ । उनले जागिर खाँदा तनहुँको हिमालय बोर्डिङ स्कुलबाट ८ कक्षा पास गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका थिए । साझापुर मावि मेघौली–४ चितवनका पूर्वशिक्षक नारायण शर्मालाई पनि मुद्दा चलाइएको छ । उनले त्रिविकै नाममा नक्कली प्रमाणपत्र पेस गरेर ०६५ देखि ०६७ सालसम्म राहत दरबन्दीमा जागिर खाएका थिए ।

नेपाल विद्युत् प्राधिकरण जलेश्वरका सुपरभाइजर महन्थ मण्डल भारतको बिहार संस्कृत शिक्षा बोर्ड पटनाबाट मध्यम तह उत्तीर्ण गरेको प्रमाणपत्र पेस गरेर जागिर खाएका थिए । ०५० सालमा तेस्रो तहमा जागिर खाई उनी बढुवा भएर पाँचौँ तहमा पुगेका थिए । उजुरी परेपछि उनको पनि प्रमाणपत्र नक्कली भएको पुष्टि भएको छ । सूर्याेदय मावि हुम्लाका शिक्षक जितेन्द्रकुमार झाविरुद्ध पनि आयोगले मुद्दा चलाएको छ । उनले बिहारमा बिएस्सी पढेको भनेर नक्कली सर्टिफिकेट पेस गरेका थिए ।

विद्युत् प्राधिकरणको हेटाैंडा शाखामा कार्यरत हेल्पर लोकनाथ खनालको समेत प्रमाण नक्कली भएको आयोगले जनाएको छ । उनले नेपाल मावि बाराबाट ९ कक्षा पास गरेको झुटो शैक्षिक प्रमाणपत्र पेस गरेका थिए । माध्यमिक विद्यालय सिराहामा कार्यरत रामनारायण यादवविरुद्ध पनि मुद्दा दायर भएको छ ।

उनले बिहारको सर्टिफिकेट पेस गरेका थिए । विद्यत् प्राधिकरणको हेटौँडा सेवा केन्द्रका इलेक्ट्रिसियन नारायण तामाङले त्रिभुवन मावि नवलपुलको नाममा नक्कली प्रमाणपत्र पेस गरेको खुलेपछि आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

स्याङ्जाबाट गाविस सचिवमा जागिर शुरु गरेका ऋषिराम अर्यालले ३७ वर्षे जागीरे जीवनमा २६ करोड कमाई गरेको र त्यसमध्ये ८ करोड ७७ लाख रुपैयाँ बराबरको मात्र आयस्रोत खुलेको ..?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गा.वि.स. सचिवमा सेवा प्रवेश गरी शाखा अधिकृतको पदबाट अवकाश प्राप्त ऋषिराम अर्यालविरुद्ध भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत रहेका उनको १७ करोड ८३ लाख रुपैयाँ बराबर सम्पत्तिको स्रोत नखुलेपछि अख्तियारले भ्रष्टाचारको मुद्दा चलाएको हो ।

आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचार मार्फत् अकूत सम्पत्ति कमाएका अर्यालविरुद्ध विशेष अदालत काठमाडौंमा १७ करोड ८३ लाख रुपैयाँ बिगो र जरिवानाको माग गर्दै मुद्दा दायर गरिएको छ।
स्याङ्जाबाट गाविस सचिवमा जागिर शुरु गरेका ऋषिराम अर्यालले ३७ वर्षे जागीरे जीवनमा २६ करोड कमाई गरेको र त्यसमध्ये ८ करोड ७७ लाख रुपैयाँ बराबरको मात्र आयस्रोत खुलेको उल्लेख गरिएको छ।
२०३९ साल साउनबाट जिल्ला विकास समितिको कार्यालय स्याङ्जाबाट गाविस सचिव पदमा नियुक्ति लिई ३७ वर्ष सेवा गरेका अर्यालले २०७६ असार मसान्तसम्म २६ करोड ६० लाख ६९ हजार ६२ रुपैयाँको कारोबार गरेको र ८ करोड ७७ लाख २७ हजार ४८३ रुपैयाँ मात्रै वैद्य ढंगबाट सम्पत्ति आर्जन भएको निष्कर्ष अख्तियारको छ ।
अर्यालले काय गरेको स्थानपिच्छे जग्गाजमिन, शेयर बजारमा लगानी र घर जोडेको र श्रीमती लक्ष्मीदेवी उपाध्याय अर्याल तथा छोराहरु सुशील अर्याल र सुनिल अर्यालको नाममा राखिएको पाइएपछि अर्यालसँगै श्रीमती र छोराहरुलाई सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाई मुद्दा दायर गरिएको छ ।

अर्यालले काठमाडौँको धापासी, टोखा सरस्वती र भीमढुङ्गा गाविस तथा टोखा नगरपालिकाको कार्यकारी अधिकृत भएर काम गरेका थिए ।
अर्याललाई भ्रष्टाचार निवारण ऐन, बमोजिम अकुत सम्पत्ति जफत गरी जफत गरिएका सम्पत्तिबाट नपुग हुन आएको बिगोसमेत कानून बमोजिम असुल गरी पाउन माग गरिएको छ ।

टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्यालले विभिन्न तवरले अकुत सम्पत्ति कमाएको र ठाउँ ठाउँमा घर जग्गा जोडी आफ्नो कार्यकालका कर्मचारीलाई समेत दवावमा पारी नगरपालिकालाई भ्रष्टाचारको अखडा बनाई गैरकानूनी सम्पत्ति आर्जन गरी उच्च जीवनयापन गरिरहेको भन्ने आयोगमा प्राप्त हुन आएको उजुरी उपरको अनुसन्धानमा निज मिति २०३९।०४।०१ मा जिल्ला विकास समितिको कार्यालय स्याङ्जाबाट गा.वि.स. सचिव/ रा.प.अनं.द्वितीय श्रेणी पदमा स्थायी नियुक्ति प्राप्त गरी निजामती सेवामा प्रवेश गरी ना.सु.पदमा बढुवा हुँदै काठमाण्डौ जिल्ला साविक भिमढुंगा गा.वि.स. लगायत टोखा नगरपालिकाका कार्यालयहरु समेतमा कार्यरत रही शाखा अधिकृतको पदबाट अनिवार्य अवकाश प्राप्त गरी सेवानिवृत्त रहेको देखिन आयो ।निजले अधिकांश जग्गाहरु आफू कार्यरत गा.वि.स. तथा नगरपालिका अन्तर्गतका स्थानहरुमा कार्यरत अवधिमा जोडेको देखियो ।

सार्वजनिक सेवामा प्रवेश मितिदेखि आ.व. २०७५।०७६ सम्मको अवधिलाई जाँचअवधि लिएर गरिएको अनुसन्धानमा संकलित प्रमाणका कागजातहरुबाट निज ऋषिराम अर्याल तथा निजकी श्रीमती लक्ष्मीदेवी उपाध्याय अर्यालको नाममा दर्ता कायम रहने गरी घर तथा जग्गा खरिदमा रु. ५,४४,८५,८५४।-, घर निर्माणमा रु. ४१,१०,४२५।-, पुँजीगत लाभ तथा आयकर रु.४,९६,१२६।- विभिन्न बैंक तथा वित्तीय संस्था एवं कम्पनीहरुका साधारण तथा संस्थापक शेयर खरिदमा रु.९,१३,७८,१२१।-, विभिन्न बचत तथा सहकारी संस्थाहरुमा भए गरेको लगानी रु. २,५०,०००।-, छोरी छोराहरुको अध्ययनमा रु. २०,३२,३६६।-, छोराछोरीहरुको विवाहमा रु. २८,००,०००।-, जीवन बीमा वापतको प्रिमियम शुल्कमा रु. ४,१०,१५९।-, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएका कर्जा चुक्तामा रु.१,७६,४६,२६३।-, न्यू लिङ्क कापी उद्योग र एल.डि.इन्टरप्राइजेज फर्मसमेतमा लगानी रु.४,४२,५०,०००।-, सवारी साधन खरिदमा रु.१२,००,०००।-, सुन खरिदमा रु. ४,००,०००।-, दान र सरसापटी व्यवहारमा रु.४,५०,३३,०००।- र बैंक खाताहरुमा अन्तिम मौज्दात रकम रु. १५,७६,७४८।- समेत गरी अनुसन्धानमा लिइएको जाँचअवधिमा सम्पत्ति सिर्जना तथा लगानी गर्नमा निजले रु. २६,६०,६९,०६२।- (छब्बीस करोड साठी लाख उनान्सत्तरी हजार बैसठ्ठी रुपैयाँ) खर्च तथा लगानी गरेको देखिन्छ ।

सोही जाँचअवधिमा निज ऋषिराम अर्यालले निज र छोरा सुशिल अर्यालसमेतको तलब पारिश्रमिक बचत आयबाट रु.५८,७५,५८७।-, अवकाश पश्चात प्राप्त सुविधा वापत रु. १९,३०,७२४।-, विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा तथा सापटी आय रु. ३,९०,६३,५८१।-, शुरु खरिद तथा प्रारम्भिक लगानीको स्रोत खुलेको जग्गा बिक्रीबाट प्राप्त वैध आय रु. ६८,५३,४९१।-, निवृत्तिभरण आय रु. ६,७९,३५३।-, विप्रेषण आय रु. १७,९१,५०८।-, ऋषिराम अर्यालले श्रीमती लक्ष्मीदेवी उपाध्याय अर्यालको एकल स्वामित्वमा लगानी गरी संचालित एल.डि.इन्टरप्राइजेज फर्मबाट रु. २५,६२,८३९।-, बीमाबाट रु. १,०७,५९६।-, विभिन्न बैंक तथा वित्तीय संस्था एवं कम्पनीहरुका खरिद साधारण तथा संस्थापक शेयरहरु (शुरु खरिद तथा प्रारम्भिक लगानीको स्रोत खुल्न आएका) बिक्री र नगद लाभांशसमेतबाट प्राप्त वैध आय रु.४१,४५,५३४।- र सरसापटी व्यवहारबाट फिर्ता रु.२,४७,१७,०००।- समेत गरी जाँचअवधिमा निज ऋषिराम अर्यालले जम्मा रु. ८,७७,२७,४८३।- (आठ करोड सतहत्तर लाख सत्ताइस हजार चार सय त्रियासी रुपैयाँ) आय आर्जन गरेको देखिन्छ ।
निज ऋषिराम अर्यालले सार्वजनिक सेवामा प्रवेश गरे देखि मिति २०७६ आषाढ मसान्तसम्मको जाँच अवधिमा आर्जन गरेको वैध आय रु. ८,७७,२७,४८३।- को तुलनामा सोही अवधिमा निजले विभिन्न शीर्षकहरुमा लगानी तथा खर्च गरेको रु. २६,६०,६९,०६२।– को विश्लेषणबाट रु. १७,८३,४१,५७९।–(सत्र करोड त्रियासी लाख एकचालीस हजार पाँच सय उनासी रुपैयाँ) को आय भन्दा बढी खर्च गरेको रकमहरुको स्रोत खुल्न आएको देखिदैन ।

निज ऋषिराम अर्याल राष्ट्रसेवक कर्मचारीको रुपमा लामो समय काठमाण्डौ जिल्लाका साविकको धापासी गा.वि.स., टोखा सरस्वती गा.वि.स. र भिमढुंगा गा.वि.स.मा गा.वि.स. सचिवको रुपमा कार्यरत रही टोखा नगरपालिकामा निमित्त कार्यकारी अधिकृतको रुपमा समेत कार्यरत रहेका निजले आफू कार्यरत रहेका गा.वि.स. तथा कार्यक्षेत्र अन्तर्गतका स्थानहरुमा अधिकांश घरजग्गाहरु सिर्जना गरेको पाइनुका साथै अनुसन्धानमा लिइएको जाँचअवधिमा निजले आफू र आफ्नो परिवारका सदस्यहरुको नाममा दर्ता कायम रहने गरी सिर्जित अधिकांश चल/अचल सम्पत्ति तथा खर्च लगानीहरुलाई निजको त्यस बेलाको वैध आय तथा बचत मौज्दातले खामेको नपाइएका त्यस्ता सम्पत्तिहरु प्राप्त गर्दा भए गरेका खर्च लगानीहरुको स्रोतका सम्वन्धमा निज ऋषिराम अर्यालले अनुसन्धानको क्रममा बयान गर्दा समेत सम्पत्ति आर्जनको वैधानिक स्रोत एवं वस्तुनिष्ठ आधार प्रमाणहरु प्रस्तुत गरी आय भन्दा बढी देखिएका व्यय रकमहरुको स्रोत पुष्टि गर्न नसकेबाट विद्यमान सम्पत्तिको स्रोत नखुलेको हुँदा निजको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिएकोले आफ्नो हैसियत भन्दा बढी रकम खर्च लगानी गरी आफू तथा श्रीमती र छोराहरुको नाममा घर जग्गाहरु खरिद¸ विभिन्न बैंक तथा वित्तीय संस्थाहरु तथा कम्पनीहरुका संस्थापक एवं साधारण शेयरहरु खरिद लगानी लगायतका चल/अचल सम्पत्तिहरु खरिद, विभिन्न उद्योग तथा फर्म एवं सहकारीहरुमा लगानी, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा रकम जम्मा एवं घर निर्माण लगायतका शीर्षकहरुमा भए गरेका खर्च लगानीहरु रु. २६,६०,६९,०६२।– मा रु.१७,८३,४१,५७९।–(सत्र करोड त्रियासी लाख एकचालीस हजार पाँच सय उनासी रुपैयाँ) बराबरको सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेको पुष्टि हुन आएकोले निज ऋषिराम अर्याललाई बिगो रु.१७,८३,४१,५७९।–(सत्र करोड त्रियासी लाख एकचालीस हजार पाँच सय उनासी रुपैयाँ) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय हुन माग दावी लिई निज ऋषिराम अर्यालले जाँच अवधिमा आर्जन गरेको स्रोत नखुलेको गैरकानूनी रुपमा आर्जित सम्पत्तिहरु साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग., दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम जफत गरी जफत गरिएका सम्पत्तिबाट नपुग हुन आएको बिगोसमेत कानून बमोजिम असुल गरी पाउन निज ऋषिराम अर्यालकी श्रीमती लक्ष्मीदेवी उपाध्याय अर्याल र छोराहरु सुशिल अर्याल, सुनिल अर्यालसमेतलाई सम्पत्तिहरु जफत प्रयोजनार्थ प्रतिवादी कायम गरी आज विशेष अदालत काठमाण्डौमा आरोप-पत्र दायर गरिएको छ।

सनराइज बैंकद्घारा चितवन मेडिकल कलेज र महाभारत गाउँपालिकालाई पिपिई सहयोग

सनराइज बैंकले चितवन मेडिकल कलेज र महाभारत गाउपालिकालाई व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ सहयोग गरेको छ । बिहिबार बंैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले २० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ चितवन मेडिकल कलेजका सम्पर्क अधिकारी बिमल ज्ञवालीलाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा सिमित स्रोत साधनका साथ अस्पतालका डाक्टर र नर्सहरुले संक्रमण नियन्त्रणका लागि निभाउनु भएको भूमिका अतुलनीय रहेको बताउनु भयो । यस सहयोगले अस्पतालका स्वास्थ्यकर्मीहरुको सुरक्षामा सहयोग पुग्ने बैंकको बिश्वास छ ।

त्यसैगरी बैंकले महाभारत गाउँपालिकालाई १० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ र १००० थान मास्क हस्तान्तरण गरेकोे थियो । उक्त सामाग्री बैंकका महाभारत शाखा अधिकृत राजकुमार थापाले गाउँपालिकाका मेयर हरि सिंह बिष्टलाई हस्तान्तरण गर्नुभएको थियो ।

दुई चर्चित अलग अलग प्रसङ्ग

प्रसङ्ग नं. १
तत्कालिन संविधानसभाले गरेको गल्तीलाई नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको केपी ओली सरकारले सच्चाएको छ । प्रधानमन्त्री ओलीको अध्यक्षमतामा जेष्ठ ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले संविधान सभाले स्वीकार गरेको तर नेपालको प्रशासनिक नक्सामा नेपालका केही भूभागलाई छुट्टाएको नेपालको केही भूभागलाई समेटेर नयाँ नक्सा प्रकाशित गर्ने, अध्यावधिक गर्ने निर्णय गरेको थियो ।

त्यसरी छुट्टाएको भूभागलाई दक्षिणी छिमेकी मुलुक भारतले आफ्नो राजनीतिक नक्सामा राखेर नक्सा प्रकाशित गरेपछि त्यस विषयमा नेपालमा व्यापक विरोध भएको थियो । गत कार्तिकमा भारतले त्यसरी नेपालको भूभागलाई आफ्नो नक्सामा राखेर नक्सा प्रकाशित गरेपनि सरकारलाई नेपालको नक्सा प्रकाशित गर्न जनताबाट व्यापक दबाब दिइदै गरेको बेला भारत सरकारले लिपुलेक हुँदै मानसरोबर सम्म पुग्ने सडक निर्माण गरि उक्त सडकको उद्घाटन समेत गरेको थियो । संविधान जारी गर्दा संविधानसभाले नेपालको पुरानै नक्सालाई स्वीकृत गरी त्यसैलाई नेपालको नक्सा भन्दै प्रचार प्रसार गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णयलाई संसदले दुई तिहाईको मतमार्फत स्वीकार गरेपछि अब नेपालका सबै प्रशासनिक कार्यालयहरु विदेशमा रहेका नेपाली नियोगहरु र पाठ्यक्रममा समेत समावेश गरिनु उपयुक्त हुनेछ । यसरी प्रधानमन्त्री ओलीले अहिले सम्मकै राम्रो काम यहि एउटा गरेको हुनाले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा उनको यही विषयलाई लिएर प्रशंसा भइरहेपनि त्यस विषयमा छिमेकी मुलुक भारतले नेपालले प्रकाशित गरेको नक्सालाई अस्वीकार्य भनि प्रतिक्रिया जनाएकोले सो विषयमा ओली सरकारले कस्तो रवैया अपनाउँछ भन्ने अहिले चर्चाको विषय बनेको छ । यो त भयो ओली सरकारको राम्रो काम ।

उक्त विषयमा केही राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यमहरुले समेत सरकालाई नयाँ नक्सा प्रकाशित गर्न दबाब दिईरहेका बेला सरकारले संविधान सभाले गरेको गल्तीलाई सच्चाउँदै लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नेपालको नयाँ नक्सा प्रकाशित गरेको छ । सरकारले गरेको निर्णयलाई अब संसदमा लगेर दुई तिहाईको मत बाट पारित गर्नुपर्ने अवस्था देखिन्छ । संविधान मै नेपालको केही भूगभा छुटाएको नक्सालाई मान्यता दिइएकोले नयाँ नक्सा प्रकाशित गरेपछि त्यसलाई मान्यता दिलाउन संविधान नै संशोधन गर्नुपर्ने आवश्यकता देखिन्छ ।

संसदको दुई तिहाई मतले संविधान संशोधन गरेपछि नयाँ नक्सा अनुसार संविधानको निसाना छाप रहेको अनुसूचि ३ पनि संसदबाट संशोधन गरिनुपर्ने भएको छ । नयाँ नक्सा अनुसार लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रको करिब ३५३ किलोमिटर जमिन नयाँ नक्सामा समेटिने भएको छ । सरकारले स्वीकृत गरेको नयाँ नक्सा अनुसार समेटिएको कालापानी क्षेत्रको करिब ६० वर्ग किलोमिटर भूमि भारतले अतिक्रमण गरेको छ ।

प्रधानमन्त्री ओली दोस्रो पटक प्रधानमन्त्री भएको २७ महिना २ दिनपछि नेपालको नयाँ नक्सा सम्बन्धी मन्त्रिपरिषद्को बैठकले एउटा महत्वपूर्ण निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णयलाई संसदले दुई तिहाईको मतमार्फत स्वीकार गरेपछि अब नेपालका सबै प्रशासनिक कार्यालयहरु विदेशमा रहेका नेपाली नियोगहरु र पाठ्यक्रममा समेत समावेश गरिनु उपयुक्त हुनेछ । यसरी प्रधानमन्त्री ओलीले अहिले सम्मकै राम्रो काम यहि एउटा गरेको हुनाले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा उनको यही विषयलाई लिएर प्रशंसा भइरहेपनि त्यस विषयमा छिमेकी मुलुक भारतले नेपालले प्रकाशित गरेको नक्सालाई अस्वीकार्य भनि प्रतिक्रिया जनाएकोले सो विषयमा ओली सरकारले कस्तो रवैया अपनाउँछ भन्ने अहिले चर्चाको विषय बनेको छ । यो त भयो ओली सरकारको राम्रो काम ।

अब लागौँ अन्य समसामयिक विषयतर्फ
प्रसङ्ग नं. २
कोरोना भाइरस फैलिकेपछि मात्र सरकारले केही सजगता अपनाएको भएपनि त्यतिनै पूर्ण थिएन । भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले बेलैमा औषधी र उपकरण समेत ल्याउन सकेन । औषधी र उपकरण ल्याउने क्रममा समेत भ्रष्टाचार भयो । भ्रष्टाचारमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक नै मुछिए । सरकारका नजिक रहेको ओम्नी ग्रुपलाई महंगो मूल्यमा औषधी र उपकरण ल्याउने ठेक्का दिएपछि त्यसको सञ्चारमाध्यमले व्यापक विरोध गरे ।

व्यापक विरोध पछि ओम्नी ग्रुपसँग भएका सम्झौता रद्द गरियो । कोरोना भाइरस परिक्षणका लागि ल्याइएका किटहरु समेत विश्व स्वास्थ्य संगठनले स्वीकृत नगरेको किटहरु नेपालमा ल्याएर रोगीहरुको परीक्षण गर्न थालियो । कोरोना भाइरस निदानको लागि द्रुत परीक्षण किटको सट्टा पीआरसी परीक्षणलाई बेलैमा नेपालमा ल्याएर परीक्षण गरिएको भए अहिलेको जस्तो जटिल परिस्थिति नै आउने थिएन । आरडीटी किटले संक्रमण विस्तारमा सघाउँछ विश्व स्वास्थ्य संगठनले सामान्यता रोग परीक्षणमा प्रतिरोधात्मक क्षमता (एन्टिवडी) पत्ता लगाउने मात्र भएको बताएको छ । नेपालमा भने पहिला त्यही आरडिटी किट ल्याएर संक्रमितहरुको परीक्षण गर्न थालियो । यस किटले कोरोना भाइरस भए नभएको पत्ता लगाउन सक्दैन ।

नेपालमा अहिलेसम्म कोभिड १९ संक्रमण र रोग प्रतिरोधात्मक क्षमता बारे स्वास्थ्यकर्मीहरुले बुझ्न सकेका छैनन् । विज्ञहरुका अनुसार एन्टिवडी विकास भएको हुनाले केही अहिले केही व्यक्तिहरु कोभिड १९ बाट सुरक्षित रहेका छन् तर कलिहेसम्म भन्न सकिने अवस्था नभएको हुनाले नेपालमा कोरोना भाइरसले विकराल परिस्थिति मच्चाउन सक्ने सम्भावना भने जिउँदै रहेको छ ।

आरडिटी किटले परीक्षण गरिएका व्यक्तिहरुमा कति नतिजा पोजेटिभ र कति नेगेटिभ आयो भनेर स्वास्थ्य मन्त्रालयले स्पष्ट पार्न सकिरहेको छैन । त्यसैले प्रष्ट हुन्छ आरडीटी किट कोरोना भाइरस परीक्षणको लागि उपयुक्त हुन सक्दैन भनेर । कोरोना भाइरस पहिला फैलिएको मुलुक चीनले नै समुदायमा रोगको पहिचान गर्न चिनियाँ स्वास्थ्यकर्मी र विज्ञहरुले आरडीटी किटको प्रयोग नगरेको बताएका छन् । आरडीटी किट चीनमा प्रयोग नभएकै कारण चीनमा कोरोना भाइरस नियन्त्रणमा आएको हो भन्ने मान्यतामा चीन सरकार पुगेको छ । अहिले आरडीटी किट अमेरिका, क्यानडामा उत्पादन भएका किटहरु नेपालले प्रयोग गरिरहेको छ ।

विश्व स्वास्थ्य संगठनले समेत आफ्ना सबै सदस्य राष्ट्रहरुलाई कोभिड १९ को परीक्षणमा आरडिटीको सट्टा पीसीआर परीक्षण गर्न निर्देशन जारी गरिसकेको र त्यही पीसीआर परीक्षण नै उपयुक्त हुने सल्लाह दिइसकेका अवस्थामा सरकारले किन, के र कस्को स्वार्थका लागि धमाधम आरडीटी किट खरिद गरी त्यही किटबाट परीक्षण गरिरहेको छ ? अहिले त्यही नै आरडीटी किट नै मुख्य समस्या हो ।

विश्वका धेरै देशहरुले आरडीटी किटको विश्वास नभएको भन्दै त्यसलाई प्रयोग गरेका छैनन् भने नेपालमा भने त्यही किटलाई बढी प्रयोगमा ल्याइएको हुनाले त्यही कारण नेगेटिभ देखिएकोमा सरकार भने आफूलाई कोरोना भाइरस रोक्न सफल भएको डम्फु बजाउँदै आएको छ । तर वास्तविकता त्यो होइन । स्वास्थ्य मन्त्रालयले आरडीटी किटबाट पोजेटिभ देखिएका संक्रमितहरुको मात्र पीसीआर परीक्षण गर्ने गरेको हुनाले आरडीटीले नै नेगेटिभ थोरै देखाएकाले नेपालमा सो रोगको संक्रमितको संख्या थोरै देखिएको हो । आरडिटी किटबाट नेगेटिभ देखिएको व्यक्तिहरुमा फल्स नेगेटिभ भएमा त्यस्ता व्यक्तिहरुबाट आफू निकट साथीभाई र घरपरिवारमा कोरोना सहज रुपमा सर्न सक्ने प्रवल सम्भावना रहन्छ । यदि त्यसो भएमा यस कोभिड १९ ले महामारीको रुप लिन सक्ने भएकाले यसतर्फ सरकारले आवश्यकता कदम चाल्न अब ढिला गर्नु हुँदैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेष्ठ ४ गते एक निर्देशन जारी गर्दै अब स्वास्थ्य सेवा विभागको अनुमतिमा निजी तथा सामुदायिक अस्पतालहरुले आरडिटी किटबाट कोरोना भाइरसको परीक्षण गर्न पाउने अनुमति दिएको छ । काठमाडौ उपत्यकामा स्वास्थ्य सेवा विभाग र काठमाडौ उपत्यका बाहिर सम्बन्धित प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयको स्वीकृत्तिमा परीक्षण गर्न पाउँने अनुमति दिएको छ । त्यस्ता अस्पतालहरुले परीक्षण गर्न आउनेहरुसँग किटको मूल्यबाहेक बढीमा २० प्रतिशत शुल्क लिन पाउने व्यवस्था गरेकोले सरकार आफ्नो दायित्वबाट पन्छिँदै गएको जस्तो देखिएको छ । सर्वसाधारण जनताले उक्त आरडीटी किटको मूल्य कति पर्दछ भन्ने जानकारी नै नपाउने र अस्पतालले जति मूल्य भन्यो त्यसैलाई पत्याउनु बाहेक जनतासँग अर्को विकल्प नहुने भएकाले असजह अवस्थामा समेत सरकार आफ्नो दायित्व र कर्तव्यबाट पन्छिन खोजेको छ ।

नेपालको संविधानले नै जनतालाई सहज स्वास्थ्य सेवा दिने ग्यारेन्टी गरेको छ । सरकारले संविधानले दिएको अधिकार खोस्न सक्दैन । त्यही संविधान अनुसार गठन भएको सरकारले त्यही संविधानको उल्लंघन गर्ने अधिकार सरकारलाई छैन । विश्व स्वास्थ्य संगठनले समेत आफ्ना सबै सदस्य राष्ट्रहरुलाई कोभिड १९ को परीक्षणमा आरडिटीको सट्टा पीसीआर परीक्षण गर्न निर्देशन जारी गरिसकेको र त्यही पीसीआर परीक्षण नै उपयुक्त हुने सल्लाह दिइसकेका अवस्थामा सरकारले किन, के र कस्को स्वार्थका लागि धमाधम आरडीटी किट खरिद गरी त्यही किटबाट परीक्षण गरिरहेको छ ? अहिले त्यही नै आरडीटी किट नै मुख्य समस्या हो । आरडीटी किट भरपर्दो नभएको र त्यसबाट परीक्षण नगर भनि विश्व स्वास्थ्य संगठनले भनिरहेको बेला विश्व स्वास्थ्य संगठनको सदस्य राष्ट्र भएको नेपालले त्यही आरडीटी किटको प्रयोग गरिरहनु भनेको जनतामाथिको खेलवाड गर्नु हो ।

लाखौं व्यक्तिले ज्यान गुमाउनु परेको छ । उक्त भाइरसबाट नेपाल अछुतो रहन सकेन । त्यही कारण नेपाल समेत आक्रान्त भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले चीनमा भाइरस फैलिएकै समयमा ओली नेतृत्वको सरकारले सजकता अपनाउन सकेन । भाइरस नेपालमा आइपुग्दैन भन्नेजस्ता अभिव्यक्ति स्वयम् प्रधानमन्त्री ओली र उनका मन्त्रीहरुले दिइरहे ।

सरकारले बनाएका क्वारेन्टाइनहरु समेत मानिस बस्न योग्य नभएका र आवश्यक सामाग्री समेतको अभाव भएकाले क्वारेन्टाइनमा बस्न मानिसले चाहिरेका छैन त्यहाँ बसेका मानिसहरु समेत भाग्ने गरेका छन् । संघ, प्देश सरकार र स्थायी तहले निर्माण गरेका कतिपय क्वारेन्टाइनहरु त गाईगोरुका गोठजस्तै भएका र एउटै कोठामा ५÷७ जना व्यक्तिलाई राखिने गरेको हुनाले त्यहीबाट कोरोना भाइरस अर्को व्यक्तिलाई सर्न सक्ने सम्भावना समेत देखिएको भएपनि संघीय सरकार भने आफूँले धेरै काम गरेको बताइरहेको छ । सरकारले ल्याएको सरकारको नीति तथा कार्यक्रममा समेत कोरोना भाइरसलाई नियन्त्रण र रोकथाम गर्ने उपाएहरु के के हुन् र कोभिड १९ समाप्त भएपछि जनतालाई कसरी सहयोग गर्ने भन्नेमा केही उल्लेख नगरिएको हुनाले कम्युनिष्ट पार्टी नेतृत्वको ओली सरकार पनि गफ गरेरै जनतालाई झुक्याउन चाहिरहेको छ भन्ने प्रष्ट हुँदै गएको छ । त्यसैको प्रमाण हो लकडाउनमा समेत जनता भोकै बस्नु परेको छ । सरकार भने भाषणमै सिमित रहेको छ ।

मुलुक २०७६ साल चैत्र ११ गते देखि लकडाउनमा परेको छ । उत्तरी छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरसका कारण यहि भाइरसका कारण विश्वका धेरै देशहरु अहिले कोरोना भाइरस (कोभिड १९) का कारण आक्रान्त भइरहेको छ । लाखौं व्यक्तिले ज्यान गुमाउनु परेको छ । उक्त भाइरसबाट नेपाल अछुतो रहन सकेन । त्यही कारण नेपाल समेत आक्रान्त भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले चीनमा भाइरस फैलिएकै समयमा ओली नेतृत्वको सरकारले सजकता अपनाउन सकेन । भाइरस नेपालमा आइपुग्दैन भन्नेजस्ता अभिव्यक्ति स्वयम् प्रधानमन्त्री ओली र उनका मन्त्रीहरुले दिइरहे ।

पर्यटन तथा संस्कृतिमन्त्री योगेश भट्टराईले त सार्वजनिक कार्यक्रममै नेपाल कोरोना मुक्त देश भएकाले विदेशी पर्यटकहरुलाई नेपाल भ्रमण गर्न निम्तो नै दिए । त्यही दिनबाट नेपालको गल्ती भएको थियो । विदेशी पर्यटकहरु नेपाल भित्रिएसँगै कोरोना भाइरस समेत नेपाल भित्रियो । त्यस बेला त्रिभुवन एयरपोर्टमा कुनै सजगता अपनाइएन सयौं विदेशी पर्यटकहरु खुल्ला रुपमा नेपाल भित्र्रिए । अहिले त्यसको परिणाम हामी नेपालीहरुले भोग्दै आएका छौँ । कोरोना भाइरस नेपालमा फैलिनुको कारण सरकारको असफलता र नालायकीपन पनि जिम्मेवार रहेको छ । सरकारले बेलैमा सजगता अपनाएको भए अहिलेको जस्तो जटिल अवस्थामा हामी नेपालीहरु रहनुपर्ने थिएन ।

प्रभु बैंकको बैंकिङ सेवा चार दिन बन्द हुने

प्रभु बैंकले चार दिन सम्मको लागि आफनो सम्पूर्ण बैंकिङ सेवा बन्द गर्ने भएको छ। बैंकले हाल प्रयोग गर्दै आइरहेको बैंकिङ सफट्वयर प्रतिस्थापन गर्ने प्रायोजनका लागि ४ दिनको लागि आफनो बैंकिङ सेवा बन्द गर्ने गर्ने जनाएको छ ।

बैंकले जेठ १५ गते (बिहिबार) अपरान्ह ५ बजेदेखि जेठ १८ गते (आईतबार) बिहान ८ बजेसम्म सम्पूर्ण सेवा बन्द गर्ने जनाएको छ

 

आर्थिक पत्रकारहरुको कोरोना बीमा युनाइटेड इन्स्योरेन्समा

नेपाल आर्थिक पत्रकार समाज (सेजन) मा आवद्ध आर्थिक पत्रकारहरुको कोरोना बीमा गरिएको छ । युनाईटेड इन्स्योरेन्स मार्फत सेजनमा आवद्ध सदस्यहरुको कोरोना बीमा गरिएको हो ।

सेजनले आफ्ना प्रत्येक सदस्यहरुको पचास हजार रुपैयाँ बराबरको वीमाङ्क रकमको कोरोना बीमा गराएको छ । बीमा पछि सेजनमा आवद्ध विभिन्न सञ्चार माध्यममा कार्यरत आर्थिक पत्रकारहरुलाई कोरोनाले पर्ने आर्थिक व्ययभारमा कम जोखीम हुनेछ ।

युनाईटेड इन्स्योरेन्सले यस बन्दावन्दीको अवधीमा डिजिटल प्रविधिको माध्यमवाट बीमा सेवा प्रवाह गरिरहेको जनाएको छ । कम्पनीका अनुसार, हाल आफ्नो २९ वटै शाखा कार्यालयमार्फत मोटर बीमा अग्नी बीमा, इन्जीनियरिङ्ग वीमा, कृषि तथा पशुपन्छी बीमा लगायतका बीमालेखहरु जारी गर्दै आएको छ ।

नेपाल बैंकका ऋणीले २% विन्दुले छुट पाउने

नेपाल बैंक लिमिटेडले गत चैत मसान्तमा कायम ब्याजदरमा दुई प्रतिशत विन्दुले छुट दिने भएको छ ।

कोरोना सङ्क्रमणका कारण सरकारले देशव्यापी बन्दाबन्दी गर्दै आइरहेको र सो कारणले आर्थिक तथा व्यावसायिक गतिविधि हुन नसक्दा उद्योगी, व्यवसायी तथा अन्य ऋणीमा परेको असर न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंकद्वारा वैशाख १६ गते सूचना जारी गरी ब्याज छुट नपाउने भनी वर्गीकरण गरेका कर्जाका क्षेत्रबाहेक अन्य सबै कर्जामा छुट दिन निर्देशन दिइएको थियो ।

नेपाल बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीका अनुसार यस्तो छुट त्रैमासिक ब्याज, किस्ता तथा अन्य दैदस्तुर तिर्ने ऋणीको हकमा २०७६ पुस मसान्त तथा मासिक किस्ता, ब्याज तथा अन्य दैदस्तुर तिर्नेहरुको हकमा २०७६ फागुन मसान्तको त्यस्ता रकम तिर्न बाँकी भएका ग्राहकले चौथो त्रैमासभित्र कर्जा नियमित गरेमा समेत वैशाखदेखि असारसम्मको अवधिको ब्याजमा २ प्रतिशत विन्दुले छुट पाउनेछन् ।

विसं २०७७ वैशाखमा किस्ता तिरिसकेका ग्राहकले पनि यस्तो छुट सुविधा पाउने र सोको हिसाब मिलान बैंकद्वारा गरिनेछ । यस प्रकारको छुट सुविधा प्रदान गर्दा कतिपय ग्राहकले बैंकको आधारदर बराबरकै अर्थात् ७.८२ प्रतिशतकै न्यूनतम ब्याजदर सुविधा प्राप्त गर्न सक्नेछन् ।

बीमा प्रिमियममा छुट दिन इन्स्योरेन्स कम्पनीहरुलाई बीमा समितिको निर्देशन !

बीमा समितिले सवारीसाधनका बीमितलाई प्रिमियममा केही राहत दिने भएको छ । समितिको मङ्गलबार बसेको बैठकले देशभर बन्दाबन्दी भएर सवारी साधन नचल्दा बीमा जोखिम न्यून हुन गएकाले प्रिमियममा राहत दिने निर्णय गरेको हो ।

बन्दाबन्दीको अवधिभर बीमा शुल्क आगामी वर्षको बीमा नवीकरण छुट दिने निर्णय गरेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । समितिले ‘मोटर बीमा दरसम्बन्धी निर्देशिका–२०७३’ को परिच्छेद–७ को दफा ७ र ९ बमोजिम उक्त निर्णय गरेको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बीमा समितिको निर्णयले यातायात व्यवसायीलाई थोरै भए पनि राहत मिलेको बताए । सवारी साधनको कूल वार्षिक बीमा शुल्कको एकतिहाइ रकम थन्किएको अवस्थाको जोखिमको लागि कट्टा गरी बाँकी दुईतिहाइमा समानुपातिक रकम छुट दिन समितिले निर्देशन दिएको छ ।

समितिले कूल प्रिमियम हिसाब गर्दा तेस्रो पक्ष, यात्रु तथा कर्मचारीको बीमालगायत जोखिम समूहको हिसाब गर्नुपर्ने व्यवस्था गरेको छ ।

राहत दिनबाट कहाँ चुके बैंक र वित्तिय संस्थाका सीइओ साबहरुः आफ्नै चुलोबाट काटेर राहत दिने यी चार बैंकर

नेपालमा पछिल्लो समय २ जनाले कोरोना भाईरसका कारण ज्यान गुमाएका छन् । ५०० को हाराहारीमा कोरोनाका कारण विरामी भई कोरोना बिरुद्ध लडिरहेका छन् । नेपाली दाजुभाई दिदीबहिनी भन्दा अब चाहि फरक नपर्ला । यस्तो अदृश्य शक्तिबाट आएको अदृश्य रोग कोरोना भाईरसले विश्वका सम्पन्न र शक्तिशाली राष्ट्रहरु रोहिरहेका छन् । लाखौ लाख मानिसहरुले ज्यान गुमाएका छन् ।

नेपाल विगत ५८ दिन देखि लकडाउनमा छ । नेपाली कोरोना महामारी बिरुद्धको लडाई जित्न घर भित्रै पीडादायी जीवन विताई रहेको छन् । उद्योगधन्दा व्यापार व्यवसाय देखि नेपालीहरुको चुलो सम्मलाई लकडाउनले पूर्ण रुपमा असर पारेको छ ।
गरिब विपन्न, मजदूर मात्रै होइन । अव चाहि मध्यम वर्गको पनि चूलो बल्न कठिन बन्दै गएको छ । भनिन्छ यो बेला कमाउनेले दिने हो नहुनेलाई ? देश रोहिरहेका बेला देशलाई बचाउने र जनतालाई साथ दिने हो हुनेखाने र धेरै कमाउनेले तर आज धेरै कमाउनेहरु मुठठी खोल्न तयार देखिएका छैनन् ।

संस्थका प्रमुख, सीइओहरुले आफ्नो मंहगो तलब भत्ता र अन्य सुविधाबाट कोरोना कोषमा १० प्रतिशत मात्रै दिने हो भने अर्बै पैसा जम्मा हुने देखिन्छ । तर, यी महंगो तलब भत्ता र अन्य सुविभा लिने मध्ये बैंक अफ काठमाण्डूका सीइओ सोभन देव पन्त, १ महिना, महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका सीइओ रमेश कुमार भट्टराईले २ महिनाको तलब क्रमश ५ लाख ५१ हजार ४ सय १४ र ५ लाख ८४ हजार कोरोना कोषमा दिएका देखिन्छ ।

नेपालका केही बैंक र वित्तिय कम्पनीहरुले नाफाको १ प्रतिशतबाट जम्मा भएको संस्थागत सामाजिक उत्तरदायित्व कोषमा राज्यले स्थापना गरेको कोरोना कोषमा रकम दिए पनि लाखौ लाख मासिक तलब खाने ४ जना बैंकर बाहेक अरु कसैले दान गर्न सकेका अवस्था देखिदैन । दान गरौ पुण्य कमाउन, मौका सधै आउँदैन यो हुनेले नहुनेर्लाइ दिने बेला हो । राज्यलाई विश्वास नभए नदिए ती गरिब मजदूरलाई १ छाक खाना त खुवाउ । तर, नेपालमा हुनेले नहुनेलाई दिने कुरा अन्र्तवार्ता र सामाजिक सञ्जालमा मात्रै सीमित देखिन्छ ।

नेपालमा २७ वाणिज्य बैंक, २४ विकास बैंक, २२ फाइनान्स कम्पनी ९० माइक्रो फाइनान्स कम्पनी, १९ जीवन वीमा कम्पनी, २० निजीवन बीमा कम्पनी, १ वटा पुर्नबीमा कम्पनी छन् । यी संस्थका प्रमुख, सीइओहरुले आफ्नो मंहगो तलब भत्ता र अन्य सुविधाबाट कोरोना कोषमा १० प्रतिशत मात्रै दिने हो भने अर्बै पैसा जम्मा हुने देखिन्छ । तर, यी महंगो तलब भत्ता र अन्य सुविभा लिने मध्ये बैंक अफ काठमाण्डूका सीइओ सोभन देव पन्त, १ महिना, महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका सीइओ रमेश कुमार भट्टराईले २ महिनाको तलब क्रमश ५ लाख ५१ हजार ४ सय १४ र ५ लाख ८४ हजार कोरोना कोषमा दिएका देखिन्छ ।

नाफामा होडवाजी गर्दै ब्याजको बम्पर छुटको वर्ष दिने र सामाजिक सञ्जालमा ठूला कुरा गर्ने भिडियो नै बनाएर जनतालाई देखाउने बैंकहरुले आफ्नो मंहगो तलबबाट १० प्रतिशत रकम कोरोना कोषमा किन राख्न सक्दैनन् । के जनता नै नरहे बैंक र वित्तिय संस्था चल्दछन् ? नाफा हुन्छ, व्यापार हुन्छ, मंहगो तलब भत्ता लाखौ लाखका गाडी उहाँहरुले चढ्न पाउन हुन्छ । यो चाहि सोचनिय बिषय कोरोना भाईरसले ल्याएको देखिन्छ ।

प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका सीइओ गणेश राज पोखरेलले तलबबाट १÷१ लाख दिएको देखिन्छ तर अरु कुनै पनि बैंक र वित्तिय क्षेत्रका मंहगो तलब भत्ता खानेहले हातको मुठ्ठी खोल्न सकेका छैनन् ।
आफूलाई ठूला बैंकका बैंकर हुँ भन्ने कहाँ छन् । नाफामा होडवाजी गर्दै ब्याजको बम्पर छुटको वर्ष दिने र सामाजिक सञ्जालमा ठूला कुरा गर्ने भिडियो नै बनाएर जनतालाई देखाउने बैंकहरुले आफ्नो मंहगो तलबबाट १० प्रतिशत रकम कोरोना कोषमा किन राख्न सक्दैनन् । के जनता नै नरहे बैंक र वित्तिय संस्था चल्दछन् ? नाफा हुन्छ, व्यापार हुन्छ, मंहगो तलब भत्ता लाखौ लाखका गाडी उहाँहरुले चढ्न पाउन हुन्छ । यो चाहि सोचनिय बिषय कोरोना भाईरसले ल्याएको देखिन्छ ।

जनता बचाउन औषधी मूलो उपकरण किन्न राज्य कोषमा केही दान गरौं । स्वर्ग जाने बाटो आजैबाट तयार गरौं । नेपालमा अहिले पीडा सबैमा छ । यो सत्य हो तर, हुने खाने वर्ग किन चुप छ । यो चाहि खोजीकै विषय बन्ने पर्दछ । नेपालमा २७ वाणिज्य बैंकका सीइओ साबहरुले मासिक १० लाख भन्दा बढि तलब खाने गर्दछन् । यस्तै विकास बैंक ५ लाख भन्दा बढि, फाइनान्स कम्पनी ४ लाख भन्दा बढि, सबै जीवन बीमा कम्पनी लाइफ, ननलाईफका सीइओहरुको तलब ५ लाख भन्दा बढि छ । उनीहरुले १ महिनाको दिन नसके पनि तलबको १० प्रतिशत कोरोना कोषमा दिने आट अब गर्नु पर्ने बेला पक्कै आएको छ ।

आफ्नो चुलोबाट केही रकम जनताको चुलो बाल्न दिने परम्परा शुरु गर्नुपर्दछ कि पर्दैन ? बैंक, विकास बैंक, वित्तिय कम्पनी र बीमा कम्पनीका सीइओ सावहरुले कोरोना कोषमा दान गर्दा घरवारी नै जादैन १ महिनाको तलब दिँदा परिवार भोकै हुँदैनन् होला ।

यस्तै माईक्रो फाइनान्सको २ लाख भन्दा बढि छ । संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट केही रकम कही बैंक र वित्तिय संस्था, केही बीमा कम्पनीहरुले राज्य कोषमा दिए पनि जनताकै डिपाजिटबाट नाफा कमाउने र लाखौ लाख माथी उल्लेखित संस्थाका सीइओहरुले बुझ्ने तलबबाट किन दिइरहेका छैनन् कोरोना राहत ?

जनता रहे देश रहे अनि मात्रै अर्थतन्त्र रहने होला । बैंक, बीमा वित्तिय कम्पनी र अन्य कुरा रहने होला । त्यसकारण आफ्नो चुलोबाट केही रकम जनताको चुलो बाल्न दिने परम्परा शुरु गर्नुपर्दछ कि पर्दैन ? बैंक, विकास बैंक, वित्तिय कम्पनी र बीमा कम्पनीका सीइओ सावहरुले कोरोना कोषमा दान गर्दा घरवारी नै जादैन १ महिनाको तलब दिँदा परिवार भोकै हुँदैनन् होला । यो विषम र विपतमा प्रधानमन्त्रीज्यू ।
कोरोनाबाट बच्न र अरुलाई बचाउन हातको मुठ्ठी खोलौ र केही दान गरौं, पुण्य कमाऊ हैं । आजलाई यत्ति ।

आरडिटी परीक्षण गर्न निजीलाई अनुमति दिने निर्देशिका

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी तथा सामुदायिक अस्पताललाई कोभिड–१९ परीक्षणका लागि आरडिटीबाट परीक्षण गर्न अनुमति दिनेसम्बन्धी अन्तरिम निर्देशिका २०७७ जारी गरेको छ । निर्देशिकाअनुसार मन्त्रालयमा दर्ता भएका निजी तथा सामुदायिक अस्पतालले मात्र आरडिटी परीक्षण गराउन पाउने भएका छन् । यसअघि मङ्गलबार मन्त्रालयले सार्वजनिक स्वास्थ्य संस्थाले पनि पिसीआर परीक्षण गर्न दिने निर्णय गरेको थियो ।

आरडिटी परीक्षण गराउँदा परीक्षण शुल्क खरिद गरिएको मूल्यको २० प्रतिशत नबढ्ने गरी लिन अस्पतालले पाइने निर्देशिकामा उल्लेख गरिएको छ । अस्पतालले आरडिटी परीक्षणका लागि उपत्यकाभित्रका स्वास्थ्य संस्थाले स्वास्थ्य सेवा विभागबाट अनुमति लिनुपर्ने छ र उपत्यका बाहिरका स्वास्थ्य संस्थाले सम्बन्धित प्रदेश स्वास्थ्य निर्देशनालयबाट अनुमति लिनुपर्ने छ । आरडिटी परीक्षण गराउने चाहने अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले चीनका सात, अमेरिकाको एक र क्यानडा एक सूचीकृत गरिएका कम्पनीको मात्र आरडिटी किट प्रयोग गर्न पाउने मन्त्रालयले जारी गरेको निर्देशिकामा उल्लेख गरिएको छ ।

अस्पतालले आरडिटी परीक्षणको नतिजा पोजेटिभ देखिएपछि पिसीआर गर्न अस्पतालले सिफारिस गनुपर्ने छ । आरडिटी परीक्षण अस्पताल प्रयोजनका लागि मात्र प्रयोग गर्न सकिने, आरडिटी परीक्षणको अभिलेखीकरण चुस्तदुरुस्त राख्नुपर्ने र आरडिटी परीक्षणको प्रतिवेदन दैनिकरूपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पेश गर्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ । यसैगरी अस्पतालले जनस्वास्थ्य प्रयोजनका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले माग गरेबमोजिम सूचना उपलब्ध गराउनुपर्ने छ ।

लिम्पियाधुरासहित नेपालको नक्सा सार्वजनिक

सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक गरेको छ । यही जेठ ५ गतेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्रस्तावित नेपालको अद्यावधिक नक्सा स्वीकृत गरेको थियो । नयाँ नक्सामा अन्तर्राष्ट्रिय सिमानामा खासगरी पश्चिम उत्तरी क्षेत्रमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र तथा सङ्घीयतानुरुप प्रदेश र स्थानीय तह पनि समेटिएको छ ।

सिंहदरबारस्थित मन्त्रलायमा भूमि व्यवस्थामन्त्री पद्मकुमारी अर्यालले आज पत्रकार सम्मेलन गरी सो नक्सा सार्वजनिक गर्नुभएको हो । सो नक्सामा नेपालको उत्तरी, पूर्वीय, पश्चिमी र दक्षिणी अन्तर्राष्ट्रिय सीमासहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटिएको छ । सरकारले सो नक्साका आधारमा निशानछाप र प्रतीकचिन्हसमेत प्रयोगमा ल्याउने निर्णय गरेको छ । सोका लागि संविधानको अनुसूचीमा संशोधन गर्न संसद्मा विधेयक पेश गर्ने तयारी पनि गरिएको छ ।