जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सात कर्मचारीको नक्कली शैक्षिक प्रमाणपत्र, अख्तियारद्वारा मुद्दा दायर..?

सात कर्मचारीको नक्कली शैक्षिक प्रमाणपत्र, अख्तियारद्वारा मुद्दा दायर..?

शिक्षक, विद्युत् प्राधिकरण र स्थानीय तहका कर्मचारीविरुद्ध मुद्दा
नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सरकारी सेवामा प्रवेश गरेका सातजना कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । आयोगले शुक्रबार तीन शिक्षक, नेपाल विद्युत् प्राधिकरणका तीन कर्मचारी तथा एक स्थानीय तहका कर्मचारीविरुद्ध मुद्दा चलाएको हो ।

तनहुँको भानु नगरपालिकाका कार्यालय सहयोगी हेलन गुरुङविरुद्ध आयोगले मुद्दा चलाएको छ । उनले जागिर खाँदा तनहुँको हिमालय बोर्डिङ स्कुलबाट ८ कक्षा पास गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका थिए । साझापुर मावि मेघौली–४ चितवनका पूर्वशिक्षक नारायण शर्मालाई पनि मुद्दा चलाइएको छ । उनले त्रिविकै नाममा नक्कली प्रमाणपत्र पेस गरेर ०६५ देखि ०६७ सालसम्म राहत दरबन्दीमा जागिर खाएका थिए ।

नेपाल विद्युत् प्राधिकरण जलेश्वरका सुपरभाइजर महन्थ मण्डल भारतको बिहार संस्कृत शिक्षा बोर्ड पटनाबाट मध्यम तह उत्तीर्ण गरेको प्रमाणपत्र पेस गरेर जागिर खाएका थिए । ०५० सालमा तेस्रो तहमा जागिर खाई उनी बढुवा भएर पाँचौँ तहमा पुगेका थिए । उजुरी परेपछि उनको पनि प्रमाणपत्र नक्कली भएको पुष्टि भएको छ । सूर्याेदय मावि हुम्लाका शिक्षक जितेन्द्रकुमार झाविरुद्ध पनि आयोगले मुद्दा चलाएको छ । उनले बिहारमा बिएस्सी पढेको भनेर नक्कली सर्टिफिकेट पेस गरेका थिए ।

विद्युत् प्राधिकरणको हेटाैंडा शाखामा कार्यरत हेल्पर लोकनाथ खनालको समेत प्रमाण नक्कली भएको आयोगले जनाएको छ । उनले नेपाल मावि बाराबाट ९ कक्षा पास गरेको झुटो शैक्षिक प्रमाणपत्र पेस गरेका थिए । माध्यमिक विद्यालय सिराहामा कार्यरत रामनारायण यादवविरुद्ध पनि मुद्दा दायर भएको छ ।

उनले बिहारको सर्टिफिकेट पेस गरेका थिए । विद्यत् प्राधिकरणको हेटौँडा सेवा केन्द्रका इलेक्ट्रिसियन नारायण तामाङले त्रिभुवन मावि नवलपुलको नाममा नक्कली प्रमाणपत्र पेस गरेको खुलेपछि आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

6620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?