जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

नेपाल बैंकको वितरणयोग्य नाफा ६ करोड रुपैयाँ बढी

यो बैंकको वितरणयोग्य नाफा ६ करोड रुपैयाँ बढी ऋणात्मक भएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार सो अवधिको बैंकको वितरणयोग्य मुनाफा ६ करोड १९ लाख ८२ हजार रुपैयाँ ऋणात्मक रहेको हो ।

तेस्रो त्रैमासको समीक्षा अवधिमा बैंकको खुद नाफा ११ प्रतिशतले घटेको छ । गत आवको चैत मसान्तसम्म २ अर्ब २४ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले चालु आवको सोही अवधिमा नाफा २४ करोड ८९ लाख रुपैयाँले घटेर १ अर्ब ९९ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ ।

सार्वजनिक वित्तीय विवरणअनुसार बैंकले सो अवधिमा १ खर्ब २२ अर्ब ७० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १ अर्ब ६७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकको ब्याज आम्दानी पनि १० प्रतिशतले घटेको छ ।

बैंकले गत आवको चैत मसान्तमा ४ अर्ब ७२ करोड ५२ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेकोमा चालु आवको सोही अवधिमा ५० करोड ७० लाख रुपैयाँले ब्याज आम्दानी घटेर ४ अर्ब २१ करोड ८२ लाख रुपैयाँमा सीमित भएको छ ।

साथै सो अवधिमा बैंकका बैंकको सञ्चालन मुनाफा ४७ करोड २८ लाख रुपैयाँ घटेर २ अर्ब ६५ करोड ५ लाखमा सीमित भएको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात २।६४ प्रतिशत, कष्ट अफ फण्ड १५.९० प्रतिशत, बेसरेट ७.४९ प्रतिशत र स्प्रेडरेट ४.४९ प्रतिशत छ । सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ १३ पैसा, प्रतिसेयर नेटवर्थ २९६ रुपैयाँ ६३ पैसा र मूल्य आम्दानी अनुपात ९.२५ गुणा छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको खुद नाफा १ अर्ब ७३ करोड ४४ लाख रुपैयाँ

यो बैंकको नाफामा सामान्य वृद्धि देखिएको छ । बैंकद्वारा सार्वजनिक चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार सो अवधिमा बैंकले नाफामा ३.९२ प्रतिशतले वृद्धि गरको हो ।
गत आवको चैत मसान्तमा १ अर्ब ७३ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले चालु आवको सोही अवधिमा नाफा ६ करोड ८१ लाख १७ हजार रुपैयाँले बढाएर १ अर्ब ८० करोड २५ लाख रुपैयाँ पुर्याएको छ ।
चालु आवको चैत मसान्तसम्म बैंकको वितरण योग्य मुनाफा भने १ अर्ब ३१ करोड ३५ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकले ८५ अर्ब ५१ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरी ५७ अर्ब ५७ करोड ३१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । जसबाट बैंकले २ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरको छ ।
जुन गत आवको चैत मसान्तको तुलनामा ९.३४ प्रतिशत अर्थात २३ करोड ८७ लाख रुपैयाँ बढी हो । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ५५ करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । साथै बैंकले सो अवधिमा २ अर्ब ५७ करोड ५१ लाख रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ ।
यसैगरी, सो अवधिमा बैंकको खराब कर्जा अनुपात ०.२२ प्रतिशत, बेसरेट ७.२७ प्रतिशत, स्प्रेडरेट ५.३२ प्रतिशत, कष्ट अफ फण्ड ४.९७ प्रतिशत र सीसीडी रेसीयो ७७.४७ प्रतिशत रहेको छ ।
साथै चैत मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी ३० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १ सय ८५ रुपैयाँ ७८ पैसा छ ।

लकडाउन संगै बढ्दो कोरोना त्रास: कहां चुक्यौ हामी अब के गर्ने?

आपद विपद नै नपरे सम्म नआत्तीने र ठूलो छाती भएका हामी गोर्खालीहरु हिजो कोरोना संक्रमित स्वाट्टै बढेर 217 पुगेपछि बल्ल अली तर्सेका छौ। शुरुवाती देशहरुमा र लकडाउनको पचासौं दिन काटिसक्दा पनी हामीले निम्न गल्ती गरिरह्यौ ।
1. शुरुवाती दिनहरुमै हामी होशियार भएर अन्तराष्ट्रीय उडान
बन्द गरी नाकाहरुमा कडाई गर्नु पर्ने बेला उल्टै भिजिट नेपाल 2020 को प्रचार गरिरह्यौ।
2.देशमा लकडाउन गर्यो तर भारतवाट जमात का जमात मानीसहरु र धार्मिक गुरु चेलाहरु नेपाल भित्रीने क्रम रोक्न सकेनौ।
3. पासहरु वितरण भए र कतिपय पेशाकर्मीहरुको परिचय पत्र नै पास बन्यो। पास या पास जस्तै परिचय पत्र हुने पेशाकर्मी काम होस नहोस लखर लखर बाहिर निस्केर भिड़ बढाउन थाले। 2 दिन अघि त काठमाण्डौंमा कति ठांउमा सवारी जाम का तस्वीरहरु पत्र पत्रीकामा देखिए ।
3. बैकिङलाई अत्यावश्यक सेवा भन्दै शुरु मा अली अली खोलियों भने पछि त कस्ले बढि शाखा खोलेर बढि कर्मचारी कार्यालय बोलाउने भन्ने होडबाजी नै चल्यो। ग्राहक को जरुरत भन्दा  पनी बैंकहरुको घर मै राखेर कर्मचारीलाई तलब दिनु भन्दा कि जबरजस्ती बिदा लीन लगाउने की बोलाउने मानसिकता हावी भयो। औषधी लीन जांदा सम्म पुलीसले लठ्ठी हान्ने बेलामा ग्राहकलाई बैंकीङ सेवा लीन जान छुट थिएन; तर खै कसको लागी हो हामीले बैंकिङ खोल्यौ।
4. प्रभावित क्षेत्र मै पर्याप्त जांच भएको छैन हामीहरु संक्रमित संख्या कम छ भनेर बढि ढुक्क भयौ र सोहि अनुसार लकडाउन बिस्तारै खुकुलो पारेर अघि बढ्ने निर्णयमा पुग्यौं।
5. भारतबाट आउने नाकामा कडाई गर्यों तर खुला सिमाका  हजारौ चोर बाटो  बाट हजारौं मानीस नेपाल लुकिछिपी प्रवेश गरेको न रेकर्ड न जानकारी रह्यो।
6.शहर तिर अली साबधानी र कडाई भएपनी बाहिर तीर एकदम लापरवाही भएको छ चाहे सुरक्षा अपनाउने कुरामा होस या मान्छेहरु अनाबश्यक भेट्ने कुरामा होस।
7. लकडाउन जनसाधारण लाई भयो तर अलीकति मात्रै राजनैतिक या प्रशासनिक सम्बन्ध भएका राजनैतिक या धार्मिक नेता वा उनका आसेपासेहरु भारत भरी घुमेर पनी नेपाल पुरै घुम्न भ्याए।
9. पत्रकार, प्रदर्शनकारी तथा बैंकरहरु कोरोनाप्रूफ छन जस्तै उचित सावधानी बिना आ आफ्नो काममा जुटे। यसको असर अझै देखिन बांकी नै छ।
10. सरकारको ध्यान पुर्णतया कोरोना नियन्त्रण भन्दा अध्यादेश बनाउने र खारिज गर्ने,  सरकार परिवर्तन गर्ने र बचाउने, डाक्टरको सरुवा गर्ने, सांसदहरु को हस्ताक्षर संकलन गर्ने  अनी अनावश्यक काममा बढि गयो। प्रभावित ठांउमा टेस्ट किट छैन, कुनै लक्षण देखिएको सबै सांसदको PCR बिधी मै परिक्षण गरी किट सकियो। लडकाउन बाहेक सरकारको कुनै जिम्मेवारी छैन जस्तो देखियो। ब्रह्राश्त्र नै लकडाउन घोषणा मानीयो।  हामी नागरिकको चेतनाको त कुरा गर्नु परेन।

यसरी एउटा मान्छे नी मरेको छैन। जावो रुघाखोकी त हो भनेर हामीले कोरोनाले हेप्यौ कति  जनाले । संक्रमित बढ्दै छन र कति संक्रमित त संक्रमण छ भन्ने थाहा नपाई अरुलाई सार्दै हिडिरहेका छन। हामीलाई हाम्रो स्वास्थ्य सेवा को सीमा र भोली यसै गरी संक्रमित बढेमा बाटो मै  ज्यान जान्छ  थाहा छ तर पनी संवेदनशीलता मा कमी भयो। रोजनामा कमी भयो। अब निम्न काम गरौं।
1. प्रभावित जिल्ला र स्थान बिशेषलाई पुरै सिल गरौ। बढि प्रभावित स्थान को सबै स्वास्थ्य स्थीती लाई चेक जांचलाई कुनै बिलम्ब नगरी रातारात बढाऔं।
2. भारतले नेपालीहरु फर्कीन खोजेमा लुखुर लुखुर छोड्ने अबस्था छ। उनीहरुलाई चोर बाटो छिरेर गांउ गांउमा संक्रमण फैलाउन दिनु भन्दा आधिकारिक डाटा राखि सिमा क्षेत्र कै होटल, स्कुल, पार्टि प्यालेसलाई क्वारेन्टाईन बनाऔं। क्वारेटाईनको शर्तहरु कडाई बनाउन र उल्लंघन गर्नेलाई जेलकै ब्यबस्था गरौं।
3. अत्यावश्यक सेवा को नाममा धेरै संघ संस्था खोल्ने काम बन्द गरौं। जीविकोपार्जनका लागी चाहिने न्युनतम सेवा दिने संस्था, स्वास्थ उपचार गर्ने र हिडडुल गर्ने पर्ने वाहेकलाई आवतजावत बन्द गरौ। यस्तै आवश्यक संस्था का कर्मचारी पनी आवश्यक परेमा बोलाईने शर्तमा घर मै राखौं।
4. कम्प्युटर बाटै, फोन बाटै सम्पन्न हुन सक्ने र अनलाइन मिटिङ बाटै सम्पन्न हुन सक्ने कामको लागी पनी लखर लखर गर्दै आउ भनेर अफीस मै बोलाउने प्रवृति बन्द गरौं।
5. भारतमा बढ्दो संक्रमण हामीलाई सबैभन्दा बढि खतरा हो।  बढि प्रभावित क्षेत्रका नाका र चोर बाटोहरुमा कडाई गरौं।
6 . अत्यावश्यक काम पारेर निस्किनै पर्ने अबस्था बाहेक बाहिर ननिस्किउ।
7. कोरोना राहतको नाममा जहां पारो त्यही जाने गरी कुनै कोष र संस्था को पैसा बितरण गर्ने गरी राज्य र नियामकले निर्दैशन नदेओस। जती हुनसक्छ रकम एउटा कोषमा राखौं, पहिला स्वास्थ र गासबास को लागी जोहो गरिने रकम अनुमानीत छुट्याई,  प्रभावित व्यक्ति र प्रभावित क्षेत्र को सहि तथ्याङ्क संकलन गरी बचाउने कुरालाई प्राथमिकतामा राखी राहत नगद मै दिंउ।
8. प्रभावित क्षेत्र या स्थानमा भेटघाट गरी प्रभाव नभएको ठांउमा आउने नागरिकले स्थानीय निकायमा अनिवार्य सूचीकरण गराउनु पर्ने र स्व क्वारेन्टाईनमा बस्नु पर्ने । यतीमात्र साबधानी नअपनाएर कोरोना संक्रमणको कारक बन्ने नागरिकलाई अपराध कायम गरी सजाय घोषणा गरौं। यति नगरे सम्म हामी यस्तै त हो नी..।
9. स्वास्थ मन्त्रालयले स्वास्थ्य सम्बन्धी उपकरणहरु, टेस्ट किन र अन्य ब्यबस्थाको सही तथ्याङ्क राखी  सार्वजनिक पनी गरोस।
10. एकले अर्को को जिम्मेवारी देखाउदै पन्छिने र गाली गर्ने होईन। हरेक परिवार र हरेक नागरिक जिम्मेवार होऔं।

कोरोनालाई नहेपौ। कोरोनाको संख्या यसरी नै बढ्यो भने घर मै मर्नु को बिकल्प हुने छैन। भेन्टिलेटर होईन अस्पतालमा बेड पाईनेवाला छैन।  अहिले बाच्नु र बचाउनु पहिलो प्राथमिकता हो। संवेदनशील, संयमित र दूरदर्शी होऔं।

जय होस, शुभ होस!!

साउदीमा ६७४ नेपालीमा कोरोना सङ्क्रमण

नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६७४ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३३६, पश्चिम क्षेत्रमा १४८, रियादमा क्षेत्रमा १७५, कसिम र हायल क्षेत्रमा तीन÷तीन तथा अन्य स्थानमा नौ नेपालीमा सङ्क्रमण देखिएको छ । साउदीको पूर्व क्षेत्रमा नेपाली श्रमिकको बाक्लो उपस्थिति रहेको छ ।

सङ्क्रमितमध्ये कैयौँ निको भई काममा फर्किसकेको रियादस्थित नेपाली दूतावासले जनाएको छ । सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको साउदी सरकारले पुष्टि गरेको छ । साउदीमा कोरोना सङ्क्रमितको सङ्ख्या ४२ हजार ९२५ पुगेको छ । सङ्क्रमितमध्ये हालसम्म १५ हजार २५७ निको भएका छन् । हालसम्म २६४ सङ्क्रमितको मृत्यु भएको छ ।

कामना सेवा बैंकमा बचत खाता खोल्दा कोरोना बीमा सित्तैमा

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) कोे कारणले आम जनमानसमा ठूलो प्रभाव पारेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै कामना सेवा विकास बैंकले कोरोना उपचार खर्चमा सहयोग गर्ने हेतुले बीमा सुविधा सहितको कोरोना सुरक्षा बचत खाता संचालनमा ल्याएको छ।

नेको इन्स्योरेन्ससँगको सहकार्यमा खोलिने यस खाताको न्यूनतम मौज्दात रकम ५ हजार रुपैयाँ रहने बैंकले जनाएको छ । यो खाता खालेका ग्राहकलाई कोरोना संक्रमण भएको कुरा पि.सि.आर टेष्टद्धारा पुष्टि भएमा ५० हजार रुपैयाँको बीमा रुकम प्रदान गरिने बैंकले जनाएको छ । साथै कामना सेवाको वेबसाईटमा गई अनलाईनबाट पनि यो खाता सजिलै खोल्न सकिनेछ । खाता खोल्ने व्यक्तिको नाममा बैंकले रकम भुक्तामनी गरेर कोरोना बीमा गर्ने जनाइएको छ ।

शिखर इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ४६ रुपैयाँ

शिखर इन्स्योरेन्स (SICL) ले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा वार्षिक प्रतिशेयर आम्दानी ४६.०९ रुपैयाँ कायम गरेको छ। गत आवको यसै अवधिमा खुद नाफा दुई करोड ४२ लाख वृद्धि हुँदा इपिएसमा ३.६९ रुपैयाँले सुधार आएको हो।

चुक्ता पूँजी १ अर्ब ५ करोड ७३ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको पूँजी स्थिर रहेका कारण पनि इपिएस बलियो बनेको हो। समीक्षा अवधिमा कम्पनीको जगेडा कोष ४१ करोड ९ लाखबाट ६३ करोड ७३ लाख रुपैयाँमा, बीमा कोष १ अर्ब १ करोडबाट १ अर्ब २३ करोड ७५ लाख रुपैयाँमा र महाविपत्ती कोष ५ करोड २९ लाखबाट ७ करोड ३३ लाख रुपैयाँमा बढोत्तरी भएको छ।

चैत्र मसान्तसम्ममा कम्पनीले ३६ करोड ५ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको यहि अवधिसम्ममा इन्स्योरेन्सले ३३ करोड ६२ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

चालु आवको ९ महिना अवधिमा इन्स्योरेन्सले १ अर्ब २१ करोड ६० लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। कोरोना संक्रमणका लागि देश लकडाउनमा गएसँगै २ करोड ७६ लाख २१ हजार रुपैयाँले घटेको हो।

यस अवधिमा इन्स्योरेन्स कम्पनीले पुनर्बीमा कमिशनबाट ३६ करोड ६३ लाख रुपैयाँ र लगानी, कर्जा तथा अन्यबाट १३ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको छ।

तेस्रो त्रैमासमा इन्स्योरेन्सको ४० हजार ८९२ वटा बीमालेख नवीकरण भएको कम्पनीले कूल २ लाख २५ हजार ५२२ वटा बीमालेख जारी गरेको छ। इन्स्योरेन्सले २ अर्ब ६० करोड ९ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ। गत आवको यसै अवधिमा २ अर्ब ५० करोड कुल बीमाशुल्क आर्जन गरेको थियो।

चालु आवको ९ महिना अवधिमा कम्पनीले ९ हजार ४६० वटा संख्यामा दाबी बापत परेको १ अर्ब २६ करोड ८७ लाख रुपैयाँ भुक्तानी गर्दा ४ हजार १५७ वटा दाबी बापत ७२ करोड १८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

इन्स्योरेन्सको वार्षिक प्रतिशेयर नेटवर्थ २८४.२६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १८.३३ गुणा रहेको वित्तीय विवरणमा उल्लेख छ ।

भारतले कोरोना भाइरसले पारेको प्रभाव कम गर्नका लागि २०० खर्बको आर्थिक प्योकज

भारतले कोरोना भाइरसले पारेको प्रभाव कम गर्नका लागि २०० खर्ब अर्थात् २० लाख करोड भारतीय रुपैयाँको आर्थिक प्योकज,,?
घोषणा गरेको छ । मंगलबार देशलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २० लाख करोड रुपैयाँको आर्थिक प्याकेज घोषणा गरेका हुन् । मोदीले भारतलाई आत्मनिर्भर बनाउने अभियानको लागि नयाँ प्रोत्साहन दिन उक्त प्याकेज ल्याइएको बताए।
यसैगरी, मोदीले लकडाउको चौँथो चरण पनि लागू गरिने तर नयाँ नियमहरु लागू गरिने बताएका छन् ।मोदीले सम्बोधनका क्रममा आर्थिक प्याकेज भारतको श्रमिक र किसान, मध्यमवर्ग र उद्योगहरुका लागि ल्याइएको बताए । भारतले ल्याएको राहत प्याकेजको रकम भारतको जीडीपीको आकारको १० प्रतिशत हो । नेपालका धेरै मन्त्रीले जे पनि भारतको सिको गर्ने गरेका छन् । यस विषयमा पनि सोचिदिए राम्रै हुने थियो नि ।

कामना सेवा बिकास बैंकको तेश्रो त्रैमास : नाफासँगै प्रति सेयर आम्दानी बढ्यो

कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक बर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले २१ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २१ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
प्रकाशित विवरण अनुसार समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५ करोड ४९ लाख रुपैयाँ बढेर ८५ करोड ७१ लाख रुपैयाँ पुगेको छ भने खुद नाफा पनि बढेको छ । बैंकको सञ्चालन मुनाफा ४३ लाख ९० हजार रुपैयाँ बढेर ३० करोड ६३ लाख रुपैयाँ पुगेको छ। विवरण अनुसार समिक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा १.०७ प्रतिशतबाट बढेर १.४० प्रतिशत पुगेको छ।
बैंकको प्रतिशेयर आम्दानीमा पनि झिनो सुधार भएको छ । गत आर्थिक बर्षको तेश्रो त्रैमासको अन्त्यसम्ममा बैंक प्रति सेयर आम्दानी ११ रुपैयाँ १३ पैसा थियो भने अहिले प्रति सेयर आम्दानी ११ रुपैयाँ ३१ पैसा पुगेको छ । २ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको वितरण योग्य मुनाफा चैत मसान्तसम्ममा ५८ लाख ४२ हजार रुपैयाँ रहेको छ भने बैंकले सो अवधिसम्ममा ७० करोड ५८ लाख रुपैयाँ जगेडा कोषमा र ४ करोड ६२ लाख रुपैयाँ अन्य शेयरधनी कोषमा सञ्चय गरेको छ।
बैंकले चालु आवको चैत मसान्तसम्ममा २८ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

महालक्ष्मी लाइफको खुद नाफा साढे ६ करोड बढी

जीबन बीमा कम्पनीहरुमध्ये कान्छो कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी (MLIL) ले आर्थिक वर्ष ०७६/०७७ तेस्रो त्रैमाससम्ममा ६ करोड ५८ लाख १७ हजार रुपैयाँ खुद नाफा गरेको छ ।

यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.७२ प्रतिशतले धेरै हो । गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले ६ करोड २२ लाख ५४ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

चालु आवको यो अवधिमा कम्पनीले ३९ करोड ३१ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । यो बीमाशुल्क गत वर्षको सोही अवधिको तुलनामा १६.३७ प्रतिशतले धेरै हो।

गत आवको सोही अवधिमा कम्पनीले ३३ करोड ७८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

हाल १ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले समीक्षा अवधिसम्ममा जगेडा कोषमा ७ करोड २ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको सञ्चित कोषमा ६ करोड ९७ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको जीवन बीमा कोषमा ४९ करोड १९ लाख ५२ हजार रुपैयाँ छ। गत आवको सोही अवधिमा जीवन बीमा कोषमा १ करोड ६९ लाख ७३ हजार रुपैयाँ रहेको थियो।

चालु आवको चैत मसान्तसम्म कम्पनीले १ अर्ब ७० करोड १३ लाख दीर्घकालीन कर्जा र ८ करोड ७५ लाख २४ हजार अल्पकालीन लगानी गरेको छ। पुनबीमा कमिशन वापत कुनैपनि आम्दानी नगरेको कम्पनीले लगानी कर्जा तथा अन्यबाट ३ करोड १५ लाख ४७ हजार रुपैयाँ आम्दानी गरेको छ।

बीमालेख धितोमा १२ करोड ५४ लाख ७३ हजार रुपैयाँ कर्जा प्रवाह गरि ६० लाख ८७ हजार रुपैयाँ आम्दानी गरेको छ। यस अवधिसम्म कम्पनीले १४ लाख ८९ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ।

हालसम्म ८ हजार ८७२ बीमालेख जारी गरेको कम्पनीले ६४ करोड ९६ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ भने २ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी परेकोमा भुक्तानी हुन बाँकी छ

समृद्धि फाइनान्सको नाफा २९०% ले बढ्यो, खराब कर्जा शतप्रतिशत

चालू आर्थि वर्ष ०७६/०७७ को तेस्रो त्रैमासमा समृद्धि फाइनान्सको नाफा २९० प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले सो अवधिमा २ करोड ४८ लाख नाफा कमाएको छ। गत आवको तेस्रो त्रैमासमा फाइनान्सको नाफा ६३ लाख ७३ हजार थियो ।
चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । तेस्रो त्रैमासमा कम्पनीको वितरणयोग्य नाफा १ करोड ९८ लाख छ ।

फाइनान्सको प्रतिशेयर आम्दानी १८ रुपैयाँ २२ पैसा,मूल्य आम्दानी अनुपात ५.२९ प्रतिशत र प्रतिशेयर नेटवर्थ ६८ रुपैयाँ १२ पैसा छ ।

समस्याग्रस्त रहेको साविकको वल्ड मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्समा नयाँ समुह प्रवशे गरेपछि फाइनान्सको नाम परिवर्तन गरेर समृद्धि बनाइएको हो। यस कम्पनीले अर्को समस्याग्स्त फाइनान्स क्रिष्टल फाइनान्सलाई प्राप्ती गर्ने निर्णय समेत गरेको छ।

राष्ट्र बैंकले निक्षेप संकलन तथा कर्जा प्रवाह गर्न अनुमति दिई नसकेका कारण फाइनान्सको निक्षेप १९ करोड २ लाख र कर्जा परिचालन १३ लाख ९५ हजार रुपैयाँ मात्र रहेको छ।

१८ करोड १९ लाख ८० हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सको जगेडा कोषमा २३ करोड ५० लाख छ

यस अवधिमा फाइनान्सको खराब कर्जा अनुपात शतप्रतिशत नै रहेको छ। फाइनान्सकोे पुस २९ गते सम्पन्न साधारण सभाबाट चुक्ता पूँजीको १२० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।

लुम्बिनी विकास बैंकको १६.५६% बढोत्तरी

लुम्बिनी विकास बैंक (LBBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफा गत आवको यसै अवधिको तुलनामा १६.५६ प्रतिशतले बढाएको छ।

गत आर्थिक वर्षको चैतसम्ममा ३७ करोड ५४ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा ४३ करोड ७६ लाख २३ हजार रुपैयाँ नाफा कमाएको छ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा बैंकको वितरण योग्य नाफा १० करोड ३२ लाख रुपैयाँ छ।

गत आर्थिक वर्षको तुलनामा बैंकको कर्मचारी, सञ्चालन खर्च बढेको छ । यद्यपी बैंकले लकडाउनकाबीच पनि आफ्नो खराब कर्जा अनुपात घटाएपनि नोक्सानी व्यवस्थामा रकम घटेको छ भने ब्याज आम्दानीमा भएको बढोत्तरीले सञ्चालन नाफासँगै खुद नाफा पनि बढेको हो। बैंकको खराब कर्जा अनुपात २.१३ प्रतिशतबाट घटेर १.६० प्रतिशतमा झरेको छ।

समीक्षा अवधिमा बैंकमा २४ अर्ब ७८ करोड ४१ लाख रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब ८२ करोड ६७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११ करोड ३५ लाख रुपैयाँले बढेर ९० करोड १४ लाख रुपैयाँ पुगेको छ।

हाल २ अर्ब ७१ करोड ६३ लाख ११ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ सञ्चित छ। गत आवको सोही अवधीमा बैंकको जगेडा कोषमा १ अर्ब ४६ करोड १९ लाख रुपैयाँ सञ्चित थियो ।

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानीमा सामान्य संकुचन आएको छ। गत आर्थिक वर्षको यसै अवधिमा २२.६३ रुपैयाँ रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २१.४८ रुपैयाँ रहेको छ।

बैंकको प्रतिशेयर नेटवर्थ १५७.७२ रुपैयाँ, आधारदर ११.०२ प्रतिशत, कोषको लागत ८.६० प्रतिशत, पूँजीकोष अनुपात १२.९७ प्रतिशत र मूल्य आम्दानी अनुपात ८.२९ गुणा रहेको छ

एनआईसी एशियाको नाफा ३ अर्ब ६० करोड

एनआईसी एशिया बंैक लिमिटेडले चालु आ.व. २०७६/७७ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणका अनुसार ३ अर्ब ६० करोड सञ्चालन मुनाफा गरेको छ ।

यसैगरी खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा १० प्रतिशत ( २६ करोड रुपैयाँ) को वृद्धि सहित  २ अर्ब ५० करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधीको खुद मुनाफा  २ अर्ब २८ करोड रुपैयाँ रहेको थियो ।

विश्वव्यापी महामारीको कारण सृर्जित असहज परिस्थितिको बाबजुद बैंकले चालु आ. व. को तेस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा १२ प्रतिशत ( ३८ करोड रुपयाँ) ले वृद्धि गरी  ३ अर्ब ६० करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको हो ।

यस आ.व.को तेस्रो त्रैमाससम्ममा कर्जातर्फ २५ अर्ब रुपैयाँले वृद्धि गरी  १७५ अर्ब रुपैयाँ र निक्षेप संकलनतर्फ १५ अर्ब रुपैयाँले वृद्धि गरी १९६ अर्ब रुपैयाँ पु¥याउन बैंक सफल भएको छ ।

बैंकले कुल कर्जा लगानीको हाल ७४ प्रतिशत कर्जा यस्ता क्षेत्रमा गरेको छ । त्यसैगरी प्राथमिकता क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम २५ प्रतिशत कर्जा लगानी पुर्ण रूपले पालना गरेको छ । विविधिकरण कै रणनीति अनुरूप बैंकको उच्चतम दश ग्राहक महानुभावहरूको कुल कर्जा बैंकको कुल कर्जाको ५ रुपैयाँभन्दा कम रहेको छ, जुन बैंकिङ्ग क्षेत्रको उत्कृष्ट मध्ये पर्दछ ।

बैंकको कल निक्षेप हाल कुल निक्षेपको ८ दशमलब ७ प्रतिशत रहेको छ । यसरी कल निक्षेप घट्दा पनि बैंकको निक्षेप यस अवधिमा १५ अर्बले बढेको बैंकको वित्तीय विवरणमा उल्लेख छ ।
बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।