जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • शिखर इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ४६ रुपैयाँ

शिखर इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ४६ रुपैयाँ

शिखर इन्स्योरेन्स (SICL) ले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा वार्षिक प्रतिशेयर आम्दानी ४६.०९ रुपैयाँ कायम गरेको छ। गत आवको यसै अवधिमा खुद नाफा दुई करोड ४२ लाख वृद्धि हुँदा इपिएसमा ३.६९ रुपैयाँले सुधार आएको हो।

चुक्ता पूँजी १ अर्ब ५ करोड ७३ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको पूँजी स्थिर रहेका कारण पनि इपिएस बलियो बनेको हो। समीक्षा अवधिमा कम्पनीको जगेडा कोष ४१ करोड ९ लाखबाट ६३ करोड ७३ लाख रुपैयाँमा, बीमा कोष १ अर्ब १ करोडबाट १ अर्ब २३ करोड ७५ लाख रुपैयाँमा र महाविपत्ती कोष ५ करोड २९ लाखबाट ७ करोड ३३ लाख रुपैयाँमा बढोत्तरी भएको छ।

चैत्र मसान्तसम्ममा कम्पनीले ३६ करोड ५ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको यहि अवधिसम्ममा इन्स्योरेन्सले ३३ करोड ६२ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

चालु आवको ९ महिना अवधिमा इन्स्योरेन्सले १ अर्ब २१ करोड ६० लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। कोरोना संक्रमणका लागि देश लकडाउनमा गएसँगै २ करोड ७६ लाख २१ हजार रुपैयाँले घटेको हो।

यस अवधिमा इन्स्योरेन्स कम्पनीले पुनर्बीमा कमिशनबाट ३६ करोड ६३ लाख रुपैयाँ र लगानी, कर्जा तथा अन्यबाट १३ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको छ।

तेस्रो त्रैमासमा इन्स्योरेन्सको ४० हजार ८९२ वटा बीमालेख नवीकरण भएको कम्पनीले कूल २ लाख २५ हजार ५२२ वटा बीमालेख जारी गरेको छ। इन्स्योरेन्सले २ अर्ब ६० करोड ९ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ। गत आवको यसै अवधिमा २ अर्ब ५० करोड कुल बीमाशुल्क आर्जन गरेको थियो।

चालु आवको ९ महिना अवधिमा कम्पनीले ९ हजार ४६० वटा संख्यामा दाबी बापत परेको १ अर्ब २६ करोड ८७ लाख रुपैयाँ भुक्तानी गर्दा ४ हजार १५७ वटा दाबी बापत ७२ करोड १८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

इन्स्योरेन्सको वार्षिक प्रतिशेयर नेटवर्थ २८४.२६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १८.३३ गुणा रहेको वित्तीय विवरणमा उल्लेख छ ।

9855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका