जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

एनएमबि बैंकको १४ दशमलब ०६ प्रतिशतले नाफामा वृद्धि

एनएमबि बैंकले तेस्रो त्रैमाससम्ममा १४ दशमलब ०६ प्रतिशतले नाफामा वृद्धि गरेको छ ।  बैंकले चालू अबको तेस्रो त्रैमाससम्ममा १ अर्ब ८८ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

यस अवधिमा बैंकको वितरण योग्य नाफा ५८ करोड ७७ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको यसै अवधिमा बैंकको वितरण योग्य नाफा ९७ करोड २१ लाख रुपैयाँ रहेको थियो। बैंकको खुद ब्याज आम्दानी बढेका कारण नाफा बढ्न सहयोग पुगेको हो। बैंकले चैत मसान्तसम्ममा ४ अर्ब २९ करोड खुद ब्याज आम्दानी गरेको छ। यो गत आवको यसै अवधिको तुलनामा १ अर्ब २० करोड रुपैयाँ धेरै हो। बैंकको सञ्चालन नाफा भने ४७ करोड २७ लाख करोड रुपैयाँ घटेर १ अर्ब ८७ करोड ६४ लाखमा झरेको छ।

चैत मसान्तसम्ममा बैंकले १ खर्ब २७ अर्ब ९३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १५ अर्ब ५६ करोड लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत आवको अन्त्यसम्मामा बैंकले ९७ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

 

सनराइज बैंकको वितरण योग्य नाफा १७ करोड ५५ लाख २० हजार रुपैयाँ

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सनराईज बैंकको नाफा २३.७१ प्रतिशतले घटेको छ । गत आवको चैत मसान्तको तुलनामा १ अर्ब २२ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आवको सोही अवधिमा खुद नाफा २९ करोड ८ लाख रुपैयाँले घटाएर ९८ करोड ५२ लाख रुपैयाँमा सीमित भएको छ ।

बैंकद्धारा सार्वजनिक चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य नाफा १७ करोड ५५ लाख २० हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

सो अवधिमा बैंकले ८६ अर्ब ३५ करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन गरी ८० अर्ब १४ करोड १७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

जसबाट बैंकले २ अर्ब ९९ करोड ४३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरको छ । जुन गत आवको चैत मसान्तको भन्दा १३.२६ प्रतिशत अर्थात ३५ करोड ६ लाख रुपैयाँ बढी हो । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ६४ करोड ३७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

साथै सो अवधिमा बैंकले १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

यस्तै, चालु आवको चैत मसान्तसम्म बैंकको खराब कर्जा अनुपात १.३२ प्रतिशत, कष्ट अफ फण्ड ७.२७ प्रतिशत, बेसरेट १०.०२ प्रतिशत, स्प्रेडरेट ४.८६ प्रतिशत र सीसीडी रेसीयो ७६.३७ प्रतिशत रहेको छ ।

साथै सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी १३.०६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४१.९९ रुपैयाँ र मूल्य आम्दानी अनुपात १६.७६ गुणा रहेको छ ।

एनसीसी बैंकको १ अर्ब १६ करोड ५८ लाख ८६ हजार रुपैयाँ खुद नाफा 

नेपाल क्रेडिट एण्ड कर्मस एनसीसी  बैंकको नाफामा सामान्य सुधार देखिएको छ । बैंकद्वारा सार्वजनिक चालु आवको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकले सो अवधिमा ०.१५ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ ।

गत आवको चैत मसान्तसम्म १ अर्ब १६ करोड ४० ३० हजार रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको सोही अवधिमा १ अर्ब १६ करोड ५८ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

समीक्षा अवधिमा बैंकको वितरण योग्य नाफा ३० करोड ५३ लाख २९ हजार रुपैयाँ वितरण योग्य नाफा रहेको छ ।

यसैगरी, बैंकले चालु आवको चैत मसान्तसम्म ६६ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरी ६६ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले २ अर्ब ५० करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १२.३४ प्रतिशत अर्थात २७ करोड ५४ लाख रुपैयाँ बढी हो ।

साथै सो अवधिमा बैंकको सञ्चालन मुनाफा भने ६० करोड ६२ लाख रुपैयाँ रहेको छ ।

यसैगरी समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात २.७५ प्रतिशत, कष्ट अफ फण्ड ७.२५ प्रतिशत, वेसरेट १०.३६ प्रतिशत, स्प्रेडरेट ५.०८ प्रतिशत र सीसीडी रेसियो ७६.९६ प्रतिशत रहेको छ

मेगा बैंक, खुद नाफा साढे १९ प्रतिशत बढ्यो

मेगा बैंक नेपाल लिमिटेड (MEGA) ले गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु अवको यसै अवधिमा २३ करोड ६८ रुपैयाँ अर्थात १९.५० प्रतिशतले खुद नाफा वृद्धि गरेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चैत मसान्तसम्ममा बैंकले १ अर्ब ४५ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको यसै अवधिमा बैंकले १ अर्ब २१ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा ४५ करोड ९८ लाख ४७ हजार रुपैयाँ रहेको छ।

राष्ट्र बैंकको व्यवस्था बमोजिम बैंकले बैधानीक जगेडा कोषमा ३० करोड ४७ लाख र नियामकीय जगेडा अन्तर्गत ६८ करोड ६५ लाख रुपैयाँ व्यवस्थापन गर्दा शेयरधनीलाई बाँड्ने रकम भने न्यून देखिएको हो।

चुक्ता पूँजी १० अर्ब ३८ करोड ८६ लाख २१ हजार रुपैयाँ रहेको यस बैंकको वार्षिक प्रतिशेयर आम्दानी १८.८३ रुपैयाँ छ। यस अवधिमा बैंकको जगेडा कोषमा १ अर्ब ९० करोड ७९ लाख रुपैयाँ, शेयरधनी कोष (रिटेन्ड अर्निङ्ग) मा १ अर्ब ४३ करोड ६४ लाख सञ्चित रहेको छ।

चैत मसान्तसम्म बैंकले ८५ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब ७४ करोड लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। आठ प्रतिशतले बचत संकलन बढाएको बैंकले १२ प्रतिशत बढीले कर्जा लगानी बढाएको हो।

चालु आवको तेस्रो त्रैमासम्ममा बैंकको खुद ब्याज आम्दानी, शुल्क कमिसन आय बढेपछि सञ्चालन नाफा पनि बढेको छ। बैंकले गत आवको चैत मसान्तको तुलनामा ४३ करोडले खुद ब्याज आम्दानी वृद्धि गर्दै ३ अर्ब १८ करोड ३३ लाख रुपैयाँ कमाएको छ। बैंकको सञ्चालन नाफा पनि ३७ करोड रुपैयाँ बढेर २ अर्ब ७ करोड ७५ लाख पुगेको छ।
चैत मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात घटेर १.३२ प्रतिशतमा छ। बैंकको प्रतिशेयर नेटवर्थ १३२.१९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०.६७ गुणा, निक्षेप संकलन लागत ७.१८ प्रतिशत, आधारदर ९.९४ प्रतिशत, स्प्रेडदर ५.२२ प्रतिशत र पूँजीकोष अनुपात १२.५६ प्रतिशत रहेको छ।

नेपाल एसबिआई बैंकको जगेडा कोष भने ३४ प्रतिशत बढ्यो

नेपाल एसबिआई बैंकको नाफा गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा यस वर्ष घटेको छ । गत वर्ष यस अवधिसम्म १ अर्ब ६० करोड ६ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको बैंकले यस वर्ष  १ अर्ब ४३ करोड ८२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष बैंकको खुद नाफा १० दशमलव १५ प्रतिशत कम भएको हो ।

यस वर्ष बैंकको सञ्चालन नाफा ७ प्रतिशत कम भएकाले पनि नाफामा कमि आएको हो । यस त्रैमाससम्म बैंकको वितरण योग्य नाफा भने १० करोड ४३ लाख ९१ हजार रुपैयाँ रहेको छ । गत वर्ष २ अर्ब २० करोड रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको यस बैंकले यो वर्ष सोहि अवधिसम्म २ अर्ब ४ करोड ९१ लाख ५१ हजार रुपैयाँमात्र सञ्चालन नाफा गरेको हो । यस वर्ष ६ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी ८ अर्ब ९५ करोड ६२ लाख ५ हजार रुपैयाँ पु¥याएको बैंकको जगेडा कोष रकम गत वर्षभन्दा ३४ प्रतिशत बढी कायम भएको छ ।

गत वर्ष यस अवधिसम्म ३ अर्ब ८५ करोड १४ लाख ५६ हजार रुपैयाँ रहेको जगेडा कोष रकम यस वर्ष सोहि अवधिसम्म  ५ अर्ब १६ करोड ७९ लाख २० हजार रुपैयाँ कायम भएको छ । यस वर्षको तेस्रो त्रैमाससम्म बैंकले १ खर्ब ७ अर्ब २५ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने ९५ अर्ब २१ करोड ६८ लाख ८६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।गत वर्षभन्दा यस वर्ष निक्षेप संकलन ९ प्रतिशत र कर्जा प्रवाह करिब १३ प्रतिशत बढेको हो । निष्क्रिय कर्जा शून्य दशमलव १९ रहेको यस बैंकको प्रतिशेयर आम्दानी २१ दशमलव ४१ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १६३ दशमलव ७२ रुपैयाँ  छ ।

देवः विकास बैंकको नाफा २३ करोड 

कुमारी बैंकमा विलय हुन लागेको देवः विकास बैंकले चालू आर्थिक वर्षको नौं महिनामा २३ करोड ४९ लाख ८२ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिसम्म २९ करोड १८ लाख ८९ हजार रुपैयाँ थियो । बैंकले मंगलवार सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद नाफा १९ दशमलव ५० प्रतिशत कम भएको हो ।

यस वर्ष गत वर्षभन्दा सञ्चालन नाफा २० प्रतिशत घटेकाले नाफामा पनि कमि आएको हो । गत वर्ष ४१ करोड ९२ लाख ८९ हजार रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले यस वर्ष ३३ करोड ५० लाख २९ हजार रुपैयाँ मात्र सञ्चालन नाफा गरेको छ । बैंकको खुद व्याज आम्दानी भने यस वर्ष १८ दशमलव २५ प्रतिशत बढी  ८२ करोड ३६ लाख ३१ हजार रुपैयाँ भएको छ । यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा  १ करोड १८ लाख १८ हजार रुपैयाँ छ ।

हाल  ३ अर्ब १७ करोड ७१ लाख रुपैयाँ चुक्तापूँजी रहेको यो बैंकले गत वर्षभन्दा ३१ दशमलव ९४ प्रतिशत बढी  ६४ करोड १२ लाख २३ हजार रुपैयाँ जगेडा कोष रकम कायम गरेको छ । निक्षेप संकलन  २३ अर्ब ५४ करोड ५० लाख रुपैयाँभन्दा बढी गरेको बैंकले कर्जा प्रवाह  २१ अर्ब ३५ करोड ८२ लाख ९० हजार रुपैयाँ गरेको छ । गत वर्षभन्दा यस वर्ष निक्षेप संकलन ८ प्रतिशत र कर्जा प्रवाह ६ प्रतिशत बढी भएको हो । निष्क्रिय कर्जा गत वर्षभन्दा यस वर्ष बढेको छ । गत वर्ष यस अवधिसम्म १ दशमलव ६६ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ३ दशमलव ५७ प्रतिशत कायम भएको छ । वार्षिक  ९ दशमलव ८६  प्रतिशत प्रतिशेयर आम्दानी रहेको यस बैंकको प्रतिशेयर नेटवर्थ  १३१ दशमलव ५९ रुपैयाँ छ

कुमारीको बैंक नाफा १ अर्बभन्दा बढी

 कुमारी बैंकले  १ अर्ब १ करोड २७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत वर्ष यस अवधिसम्म बैंकको खुद नाफा १ अर्ब ३२ लाख रुपैयाँभन्दा बढी थियो । गत वर्षभन्दा यस वर्ष बैंकको नाफामा शून्य दशमलव ९४ प्रतिशतको बृद्धि देखिएको हो ।

यो अवधिसम्म बैंकको वितरणयोग्य नाफा भने  ४ करोड ५० लाख ६१ हजार रुपैयाँमात्र रहेको छ । यो नाफाबाट बैंकले शेयरधनीहरुलाई लाभांश दिन सक्नेछ । यस वर्ष सञ्चालन नाफा ४ दशमलव २१ प्रतिशत बढी भएको छ । गत वर्ष तेस्रो त्रैमाससम्म  १ अर्ब ४२ करोड ८६ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले  १ अर्ब ४८ करोड ८९ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको छ ।

खुद व्याज आम्दानी गत वर्षभन्दा २३ दशमलव २६ प्रतिशत बढी भएको छ । गत वर्ष यस अवधिसम्म २ अर्ब २३ करोड ३० लाख रुपैयाँभन्दा बढी खुद व्याज आम्दानी गरेको बैंकले यस वर्ष सोहि अवधिसम्म २ अर्ब ७५ करोड २६ लाख रुपैयाँभन्दा बढी खुद व्याज आम्दानी गरेको हो ।१० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर ९ अर्ब ५५ करोड ४१ लाख ३० हजार रुपैयाँ पु¥याएको बैंकको जगेडा कोष रकम ३ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रहेको छ । गत वर्ष यस अवधिसम्म बैंकको जगेडामा  २ अर्ब ९ करोड रुपौयँभन्दा बढी रकम रहेको थियो । यो वर्ष बैंकले साढे ४५ प्रतिशतले जगेडा कोष रकम बढाएको हो ।

यस वर्ष बैंकले ८५ अर्ब ५० करोड ६७ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने ८९ अर्ब ७० करोड ५० लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्षभन्दा यस वर्ष १६ दशमलव ८१ प्रतिशत बढी निक्षेप संकलन र २२ दशमलव ८५ प्रतिशत बढी कर्जा प्रवाह गरेको हो । बैंकको प्रतिशेयर आम्दनी  १४ दशमलव १३ रुपैयाँ र प्रतिशेयर नेटवर्थ  १३२ दशमलव ६५ रुपैयाँ छ ।

कृषि विकास बैंकले    २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन  

कृषि विकास बैंकले पनि आश देखाएको छ । बैंकले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमाससम्मा १ अर्ब २५ करोड रुपैयाँ लगानीकर्तालाई वितरण गर्न सक्ने जनाएको छ ।

गत चैत मसान्तसम्ममा २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २ अर्ब २१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद नाफामा १७ करोड २१ लाख रुपैयाँको संकुचन देखिएको हो ।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात ४.२२ प्रतिशतबाट घटेर ३.६५ प्रतिशत कायम भएको छ ।

खुद ब्याज आम्दानीमा आएको गिरावटले बैंकको खुद नाफामा पनि प्रभाव देखाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ अर्ब ३० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ३६ करोड रुपैंया खुद व्याज आम्दानी गरेको छ।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ६ करोड ७८ लाख रुपैयाँले घटेर २ अर्ब ७० करोड रुपैयाँमा खुम्चिएको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको सञ्चालन मुनाफा २ अर्ब ७६ करोड रुपैंया थियो ।

सरकारको अग्राधिकार शेयर सहित बैंकको चुक्ता पूँजी १४ अर्ब ४४ करोड ८२ लाख रहेको छ । बैंकमा ९ अर्ब ५५ करोड ६४ लाख ६० हजार साधारण र ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ सरकारको अग्राधिकार शेयर रहेको छ । बैंकको जगेडा कोषमा १० अर्ब ४३ करोड रुपैयाँ सञ्चित रहेको छ भने रिटेर्न अर्निङ्ग २ अर्ब ४३ करोड छ ।

प्रतिशेयर आम्दानी २६ रुपैयाँ ५५ पैसा रहेको बैंकको मूल्य आम्दानी अनुपात १३.८६ गुणाले बढी छ ।

 नेपाल लाइफको निरन्तर छलाङ

देशकै टप जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १८ अर्ब ४१ करोड बिमाशुल्क आर्जन गरेको छ ।

अघिल्लो वर्षको यही अवधिसम्म कम्पनीले १५ अर्ब १९ करोड बिमा शुल्क आर्जन गरेको छ । बिमाशुल्क आर्जनतर्फको यो बढोत्तरीले कम्पनी प्रगति पथमा लम्किरहेको बुझ्न सकिन्छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा बिमा शुल्क आर्जनतर्फ २१.२४ प्रतिशतको प्रगति गरेको देखिएको हो ।

समीक्षा अवधिमा कम्पनीले पुनर्बिमा कमिसन आय, लगानी, कर्जा तथा अन्यबाट हुने आय, बिमालेखको धितोमा कर्जाबाट हुने आयमा समेत बढोत्तरी गरेको छ ।

अघिल्लो वर्षको यही अवधिसम्म २ करोड १७ लाखम ासीमित पुनर्बिमा कमिसनको आय बढेर २ करोड ६९ लाख, ३ अर्ब १५ करोडमा सीमित लगानी, कर्जा तथा अन्यबाट हुने आय बढेर ४ अर्ब १० करोड तथा ७७ करोड ७३ लाखमा सीमित बिमालेखको धितोमा कर्जाबाट हुने आय बढेर १ अर्ब १५ करोडको उचाईमा पुगेको हो ।

कम्पनीले समीक्ष्गा अवधिमा ५ अर्ब १९ करोड बढीको दाबी भुक्तानी गरेको छ । यस्तो भुक्तानी अघिल्लो वर्षको यही अवधिमा ६अर्ब ५६करोड थियो ।

समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले जीवन बिमा कोषको आकार बढाएर ८१ अर्ब  ३७ करोड पुर्याएको छ । अघिल्लो वर्षको यही अवधिसम्म जीवन बिमा कोषको आकार ६० अर्ब ६२ करोडमा सीमित थियो । यो हिसाबले जीवन बिमा कोषतर्फ कम्पनीले ३४.२३ प्रतिशतले छलाङ मारेको देखिएको छ ।

कम्पनीको जगेडा तथा कोष ४ अर्ब ४५ करोड रहेकोमा घटेर २ अर्ब ७३ करोडमा सीमित भएको छ भने महाविपत्ति जगेडाकोषको आकार ४३ करोड ६७ लाखबाट  बढेर ४७ करोड ५७ लाखको उचाईमा पुगेको छ ।

चालु आबको तेश्रो त्रैमाससम्म नेपाल लाइफ इन्स्योरेन्सले ४६ करोड ७५ लाख नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म ४६ करोड ७२ लाख नाफा आजृन गरेको थियो ।

समीक्षा अवधिमा नेपाल लाइफको प्रतिसेयर आम्दानी ११.३४ रुपैयाँ(अन्तिम सेयर संख्याको आधारमा गरिएको), प्रतिसेयर नेटवर्थ १५८.३६रुपैयाँ, पीई अनुपात ९२.९२ गुणा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७०१ रुपैयाँ र औसत प्रतिफल १०.०१ प्रतिशत र

महालक्ष्मी विकास बैंकका ऋणीहरुलाई व्याजमा १०% छुट

महालक्ष्मी विकास बैंक लि. ले हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले उत्पन्न असहज परिस्थितिमा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन बमोजिम २०७६ चैत्र महिनामा भुक्तानी गर्नुपर्ने किस्ताहरु मध्ये चैत्र मसान्त भित्रमा भुक्तानी भएका किस्ताहरुको व्याज रकममा १०% छुट प्रदान गरेको छ । ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता÷ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै जम्मा व्याज रकमको १०% छुटबाट हुन आउने व्याज रकम ग्राहकको खातामा जम्मा गरी सकेको छ ।
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या करिब ५ लाख भन्दा बढी रहेको छ ।

बंगलादेश बैंकले अर्ब कमाउँदा ३ करोड लाभांस क्षमता

चालु आर्थिक वर्ष ०७६/०७७ को तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्ममा नेपाल बंगलादेश बैंकको खुद नाफा साढे १३ प्रतिशतले घटेको छ ।

यो अवधिमा बैंकको ब्याज तथा फि कमिसन आम्दानीमा सुधार देखिए पनि कर्मचारी तथा सञ्चालन खर्च बढेपछि नाफा घटेको हो ।

चालु आर्थिक वर्षको चैतसम्ममा बैंकले एक अर्ब ५० लाख रुपैयाँ नाफा गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.५७ प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको चैतसम्ममा बैंकले एक अर्ब १४ करोड १४ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

चालु आर्थिक वर्षको नौ महिनामा बैंकले निक्षेप र कर्जाको ब्याजदर अन्तर (स्प्रेड) बढाउँदा पनि नाफा घटेको हो । चैतसम्ममा बैंकको स्प्रेड रेट ४.८८ प्रतिशत छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको स्प्रेड रेट ४.७१ प्रतिशत थियो । चालु आर्थिक वर्षको चैतसम्ममा बैंकको वितरण योग्य नाफा भने २ करोड ८० लाख रुपैयाँ रहेको छ ।

बैंकले चालु आर्थिक वर्षको सो अवधिमा खुद ब्याज आम्दानी १.४ प्रतिशतले बढाएको छ भने फि तथा कमिसन आम्दानी पनि १७.०७ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको कर्मचारी खर्च करिब ९.५२ प्रतिशतले बढेपछि नाफा कम भएको बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको चैतसम्ममा बैंकले २ अर्ब १४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । त्यसैगरी बैंकले सो अवधिमा ७५ करोड ८२ लाख रुपैयाँ फि तथा कमिसन आम्दानी गरेको छ । चालु आर्थिक वर्षको चैतसम्ममा बैंकको निक्षेप ६३ अर्ब २९ करोड रुपैयाँ रहेको छ भने कर्जा ५९ अर्ब ८० करोड रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको चैतसम्ममा बैंकको नाफासंगै प्रतिशेयर आम्दानी पनि घटेको छ । चालु आर्थिक वर्षको चैतसम्ममा बैंकको प्रतिशेयर आम्दानी १६ रुपैंया १६ पैसा छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी १८ रुपैंया ८२ पैसा थियो । चालु आवको यस अवधिमा बैंकको मूल्य आम्दानी अनुपात भने १२.१९ गूणा बढी छ ।

चालु आर्थिक वर्षकोे चैतसम्ममा बैंकको खराब कर्जा केही बढेको छ । गत आर्थिक वर्षको चैतसम्ममा बैंकको खराब बर्जा १.८६ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षकोे सोही अवधिमा २.७६ प्रतिशत पुगेको छ ।

चैतसम्ममा बैंकको आधार ब्याजदर पनि ९.८९ प्रतिशतमा झरेको छ । गत आर्थिक चैतसम्ममा बैंकको आधार ब्याजदर १०.६९ प्रतिशत रहेको थियो

सिभिल बैंकको वितरणयोग्य नाफा १९ करोड ऋणात्मक, ईपिएस ६ रुपैयाँ

सिभिल बैंक (CBL) ले आर्थिक वर्ष ०७६/०७७ को तेस्रो त्रैमाससम्ममा ३६ करोड ५ लाख खुद नाफा गरेको छ । बैंकको यो नाफा गत आवको यसै अवधिको तुलनामा २७ प्रतिशत कम हो।

बैंकले अघिल्लो चैतमा ४९ करोड ३८ लाख नाफा कमाएको थियो । खराब कर्जा घटाएपनि कर्मचारी खर्च तथा संचालन खर्च बढेपछि नाफा प्रभावित भएको हो। लकडाउनको कारण बैंकको तेस्रो त्रैमासिक अवधिको कमाई प्रभावित भएको देखिन्छ। शाखा विस्तारले पनि खर्चै बढेको छ।

बैंकको वितरण योग्य नाफा १९ करोड ऋणात्मक भएको छ । बैंकको खुद नाफा घटेपनि निक्षेप, कर्जा, खुद ब्याज आम्दानी तथा संचालन नाफा लगायतमा भने सुधार देखिएको छ ।

बैंकको खराब कर्जा अनुपात २.९६ प्रतिशत छ । अघिल्लो चैतसम्म ३.९० प्रतिशत थियो । बैंकले समीक्षा अवधिसम्ममा ४९ अर्ब निक्षेप संकलन गरी ५१ अर्ब कर्जा प्रवाह गरेको छ । अघिल्लो चैतको तुलनामा निक्षेप कर्जामा सुधार आएपनि गत पुसको भन्दा घटेको छ। यस अवधिसम्ममा बैंकले १ अर्ब ७० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ १ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ६४ पैसा छ । यस्तै बैंकको मूल्य आम्दानी अनुपात २२.९८ प्रतिशत, कोषको लागत ८.१५, आधारदर १०.९२ र स्प्रेडदर ४.०९ प्रतिशत छ ।