जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नेपाल एसबिआई बैंकको जगेडा कोष भने ३४ प्रतिशत बढ्यो

नेपाल एसबिआई बैंकको जगेडा कोष भने ३४ प्रतिशत बढ्यो

नेपाल एसबिआई बैंकको नाफा गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा यस वर्ष घटेको छ । गत वर्ष यस अवधिसम्म १ अर्ब ६० करोड ६ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको बैंकले यस वर्ष  १ अर्ब ४३ करोड ८२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष बैंकको खुद नाफा १० दशमलव १५ प्रतिशत कम भएको हो ।

यस वर्ष बैंकको सञ्चालन नाफा ७ प्रतिशत कम भएकाले पनि नाफामा कमि आएको हो । यस त्रैमाससम्म बैंकको वितरण योग्य नाफा भने १० करोड ४३ लाख ९१ हजार रुपैयाँ रहेको छ । गत वर्ष २ अर्ब २० करोड रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको यस बैंकले यो वर्ष सोहि अवधिसम्म २ अर्ब ४ करोड ९१ लाख ५१ हजार रुपैयाँमात्र सञ्चालन नाफा गरेको हो । यस वर्ष ६ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी ८ अर्ब ९५ करोड ६२ लाख ५ हजार रुपैयाँ पु¥याएको बैंकको जगेडा कोष रकम गत वर्षभन्दा ३४ प्रतिशत बढी कायम भएको छ ।

गत वर्ष यस अवधिसम्म ३ अर्ब ८५ करोड १४ लाख ५६ हजार रुपैयाँ रहेको जगेडा कोष रकम यस वर्ष सोहि अवधिसम्म  ५ अर्ब १६ करोड ७९ लाख २० हजार रुपैयाँ कायम भएको छ । यस वर्षको तेस्रो त्रैमाससम्म बैंकले १ खर्ब ७ अर्ब २५ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने ९५ अर्ब २१ करोड ६८ लाख ८६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।गत वर्षभन्दा यस वर्ष निक्षेप संकलन ९ प्रतिशत र कर्जा प्रवाह करिब १३ प्रतिशत बढेको हो । निष्क्रिय कर्जा शून्य दशमलव १९ रहेको यस बैंकको प्रतिशेयर आम्दानी २१ दशमलव ४१ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १६३ दशमलव ७२ रुपैयाँ  छ ।

13010
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?