जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

यो बेला आफ्नो आशु आफै पुस्ने हो, आफ्ना लागि आफैले गर्ने हो, हुने खानेले ठूलो आर्थिक आकांक्षा राख्नु गलत हुनेछ

पर्शुराम कुँवर बैकिङ्ग इतिहासमा चिनाई राख्नु पर्ने व्यक्तित्व होइन । नेपालका पूराना बैंकरहरुको अग्र पंक्तिमा उहाँको नाम आउने गर्दछ । नेपालको बैकिङ्ग प्रणालीमा ३ दर्शक भन्दा बढी विताउनु भएका पर्शुराम कुँवर नेपालकै सबैभन्दा ठूलो चुक्ता पूँजी भएको बैंक ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ ।
अहिले नेपाल ४०÷४५ दिन देखि लकडाउनमा छ ।

जनता घरभित्रै अदृश्य शक्तिबाट आएको रोग कोरोना भाईरस विरुद्ध लडिरहेका छन् । अत्यावश्यकका केही उद्योगधन्दा बैंक बीमा त खुलेका छन् । तर, पर्यटन, होटल बन्द नै छन् । यो लगातारको लकडाउनले नेपालको अर्थतन्त्रलाई कस्तो असर पर्दछ । बैंकले ब्याजदर घटाउन पर्ने चर्को आवाज उठेको छ । रेमिटेन्स घटेको छ । पर्यटन उद्योग त पशुपति आर्यघाटमै पुगेको देखिन्छ । यी र यस्तै विषयमा पूराना बैंकिङ्ग व्यक्तित्व एवं ग्लोवल आईएमई बैंक लिमिटेडका सीइओ पर्शुराम कुँवरसंग आर्थिक बजार न्यूज डटकमका सम्पादक भूपेन्द्र आचार्यले गरेको कुराकानी ।

० यो विपत र विषम अवस्थामा बैंकहरुसंग माग्नेहरुको भीड नै देखिन्छ नि ?
बैंक आफैमा व्यापर हो । नाफा बढेको छ । प्रोभिजन नदेखाई नाफा देखाउदा त वितरण मुखि नाफा देखिदैन भने माग्नेहरुलाई कसरी दिने ? अर्को कुरा अर्को वर्ष त बैंक कहाँ पुग्लान कल्पना गर्न पनि कठिन छ । यो अवधीमा बैंकहरुले कुनै शुल्क लिएका छैन, त्यो नै ठूलो राहत हो ।

व्याज, साँवा असारसम्म छुट छ । रेमिटेन्स घटेको छ । तरपनि, माग्नेहरुको भीड बढेको बढै छ । साना साना लगानीकर्ताहरुले खाई नखाई शेयर किनेका होलान् । उनीहरुलाई २ पैसा प्रतिफल दिने दायित्व हाम्रो अझै बढेको छ । यस्तै भए उनीहरुलाई चाहि के दिने ?

० ५ प्रतिशत व्याजमा कर्जा दिनु प¥यो भनी उद्योगपति र व्यापारीले भनिरहेका छन् नि ?
बैंकको नाफा छैन् । विग्रेको छ । व्यापारी वर्गले त माग्ने नै भए नि । हामी दिन सक्दैनौ । पर्यटन र होटललाई हेर्नु पर्ने छ । सहयोग गर्ने बाटो कहाँ छ ? हामी बैंक नै पीडामा छौं । व्यालेन्स बिग्रेको छ । कहाँबाट दिने ?

० राहत राज्यले दिनु पर्ने होइन र ?
राज्यलाई पत्याउने देश नै रोहिरहेका चाहि छन् । मासिक साधारण खर्च ५५ अर्ब खर्च छ । राजश्व १०÷१२ अर्ब उठेको छैन ? कामदार मजदूरलाई राहत दिने हो । सानालाई राहत छैन । ठूला हुने खानेहरुले राहत माग्ने ? संसारभरी गरिब मजदूर बिपन्नलाई राहत दिएका उदाहरण छन् । मजदूर वर्ग चुप छ । उसको कुरा सुनिदैन अनि ठूलो वडा चाहि ठूलो स्वरमा राहत मागिरहेका चाहि छन् । यो राम्रो होइन ।

० लकडाउनले अर्थतन्त्रलाई चाहि कस्तो असर पार्ने देख्नु भएको छ त ?
यो कति समय जाने हो । त्यसमा भर पर्दछ । औषधी कहिले आउने हो । रोगको परिक्षण कहिले सकिने हो । यसमा भर पर्दछ । भारत, रसिया, बेलायतमा यो रोग बढेको छ । अरु देशमा चाहि क्रमश घटेको देखिन्छ । त्यसकारण पहिला रोगथाम हुनुपर्दछ । लकडाउन थपिएको थपिएै छ, स्थिति राम्रो छैन । बैशाख २३ गतेसम्म १० अर्बको हाराहारीमा राजश्व उठेको तथ्याङ्क छ । मासिक साधारण खर्च चाहि ५५ अर्ब भन्दा बढि छ । अनि अर्थतन्त्र कहाँ पुग्दछ ? गतवर्ष यहि बेला ६० अर्ब राजश्व उठेको थियो । तर, अहिले ८०÷८१ अर्बको टार्गेटमा १० अर्ब उठेको छ । अर्को कुरा आम्दानी घटेपछि माग्ने बढेको चाहि छन् ।

अर्थमन्त्रीले भन्नु भएको छ । धेरै माग्ने हो, भने कर बढाउने छु भनेर । सबै दुःखमा छन् । अर्को कुरा यो बेला दिने मजदूर, विपन्न वर्ग र दैनिक ज्यालादारी गर्नेलाई हो तर, उनीहरुको रेकर्ड नै छैन । बैंक खाता नै छैन । चाहेर पनि दिन सकिदैन । त्यसकारण राहत हुने खानेले पाएर माग्ने पनि ठूलो हुने खाने नै बढि भए यो चाहि सत्य हो ।

० सीइओ साब रेमिटेन्स घटेको छ । यसले बैंक र वित्तिय संस्थाको तरलतामा कस्तो असर पार्ने देख्नु भएको छ ?
गर्भनर साबले नै रेमिटेन्स घटेको बताउनु भएको छ । पैसा आएको कम छ । विश्वका प्राय जस्तो मुलुक लकडाउनमै छन् । कामदार भएका मुलुकको पनि अर्थतन्त्र हल्लिएको छ । अनि पैसा आउने कुरा गैण छ । विदेशबाट कामदार नेपाल आएको अवस्था छ । धेरै कुरा छन् । यसले बैंक र वित्तिय क्षेत्र मात्रै होइन मुलुकको अर्थतन्त्रलाई नै कता लाने हो । त्यो समयले नै देखाउने छ । अर्को कुरा के छ भने गरिब, निमुखा, ज्यालादारी गर्ने कामदार, कम्पनीका मजदूर भोक भोकै छन् । उनीहरुलाई दिनु प¥यो । ठूलाबडालाई मात्रै दिनेकुरा सुनिन्छ । यो राम्रो होइन। ४०÷४५ लाख मजदूरलाई केही दिन प¥यो । गरिब भोकै बस्ने धनीलाई सबै छुट र राहत चाहिने यो बुझ्न गाह्रो छ ।

० अब कृषि उत्पादन बढाउदै र आत्मनिर्भर हुने कुरा पनि उठेको छ नि ?
भनिन्छ ४०÷४५ लाख कामदार छन् । उनीहरुले के गर्दै छन् ? विदेश गएर फकिएर आएका छन््, राजधानी छोडेर घरमा पुगेका छन् । यो दक्ष जनशक्तिलाई कृषिमा लगाउनु अब चाहि जरुरी छ । आफ्नै देशमा केही गरिनु पर्दछ । काम ठूलो सानो हुँदैन भन्ने बुझ्नु जरुरी छ । अब बजेटमा सरकारले कृषिका कार्यक्रम ल्याउनु प¥यो आयात घटाउदै खाद्यान्नमा हामी निर्भर हुनु जरुरी छ । आधुनिक कृषि विधी अपनाउनु पर्दछ ।

राज्यले कृषि उत्पादन किन्छु भन्ने वित्तिकै कृषिका उत्पादन बढ्ने छन् । रोजगार बढ्ने छ । त्यसकारण यो अवसर पनि हो । यसलाई सदुपयोग गर्दै जानु पर्दछ । साच्चै भन्दा भूपेन्द्रजी यो बेला आफ्नो आँखाको आशु आफै पुस्ने हो । आफ्ना लागि आफैले गर्ने हो । अरुले गर्दैन । यो बुझ्नु जरुरी छ । मागेर कति दिन चल्दछ । काम गरेर खाने हो । हिम्मत गर्ने हो । स्रोत जुटाउने योजना बनाउने र रोजगारी सृजना राज्यले गर्नुपर्दछ ।

० यो अप्ठ्यारो र विषम परिस्थितिलाई अवसरमा बदल्दै जानु पर्ने बेला पनि होइन र ?
यो संकटबाट पाठ सिक्दै अवसर खोजिनु पर्दछ । चुप लागेर बसेर केही हुँदैन र केही पाइदैन । यो चाहि सत्य हो । केही विदेशी मुुलुकले खाद्यान्नमा प्रतिवन्ध लगाएका छन् । अब हामीले आफै देशमा उत्पादन बढाउनु पर्दछ र खाद्यान्नमा आत्मनिर्भर बन्नै पर्दछ । आधारभूत खाद्यान्न उत्पादन बढाउनु पर्दछ । तरकारी, फलफूल, माछामासुको खेती बढाउनु पर्दछ । निर्यात गत वर्ष भन्दा घटेको छ, बढाउनु प¥यो । दुई तिहाई जनसंख्यालाई कृषिमा लगाउदै आधुनिक कृषिका कार्यक्रम ल्याउनु जरुरी छ । त्यसका लागि राज्यले ऐन कानुन परिवर्तन गर्ने हिम्मत गर्नु प¥यो नि ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एक तिहाइ कर्मचारीमार्फत सेवा सञ्चालन गर्न निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एक तिहाइ कर्मचारीमार्फत सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।

एक तिहाइ कर्मचारीको प्रयोजनको लागि कार्यालयले सञ्चालन गरिरहेका सवारी साधनमध्ये २५ प्रतिशतलाई सवारी पास उपलब्ध गराउने पनि राष्ट्र बैंकले जनाएको छ।
कर्मचारीमा हुन सक्ने संक्रमणलाई मध्यनजर गर्दै संस्थाको व्यवसायलाई निरन्तरता दिन सकेसम्म घरैबाट काम गर्ने र कार्यालयमा जानुपर्ने कर्मचारीलाई सिफ्ट अनुसार काम गराउने रणनीति अपनाउन राष्ट्र बैंकले निर्देशन दिएको छ।
बैंकिङ सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने कर्मचारी र सेवाग्राहीको सुरक्षाको लागि न्यूनतम स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन स्यानिटाइजर प्रयोग गर्ने, मास्क र पञ्जा लगायतका सुरक्षा उपकरण प्रयोग गरेर सेवा दिन बैंकले निर्देशन दिएको छ।
त्यसैगरि सेवाग्राहीको भिडभाड नहुने सुनिश्चितता गरेर सेवा प्रवाह गर्ने, विद्युतीय माध्यमबाट हुने कारोबारलाई थप प्रोत्साहित गरेर सेवा दिन पनि बैंकले निर्देशन दिएको छ।
त्यस्तै बैंकिङ सेवा सुचारु गर्न आवश्यक सवारी साधनको हकमा सम्बन्धित संस्थामा रहेकामध्ये बढीमा २५ प्रतिशत सवारी साधन सञ्चालन गर्न बैंकको प्रधान कार्यालयले सवारी नम्बर, प्रयोग गर्नेको नाम, जाने/आउने स्थान र समय खुलाएर राष्ट्र बैंकलाई उपलब्ध गराउन पनि निर्देशन दिइएको छ।

खुल्दै सेयर बजार, २ प्रतिशत घटबढ हुँदा सर्किट ..?

चैत्र ११ गते देखि बन्द भएको सेयरबजार बैशाख ३० गते मंगलवारदेखि खुल्ने भएको छ। नेपाल धितोपत्र बोर्डले एक सूचना जारि गर्दै कार्यालयहरु आइतवारदेखि र सेयर कारोबार मंगलवारदेखि खोल्न निर्देशन दिएको छ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले  नेप्से, सिडिएससी, मर्चेन्ट बैंकर र ब्रोकरसँगको छलफलपछि धितोपत्रको दोस्रोबजार कारोबार खोल्ने निर्णय गरेको  बताए ।

अहिलेका लागि बजार दैनिक दुई घण्टा ११ बजेदेखि १ बजे सम्म मात्रै खुल्ला हुने छ। दिनमा ३ प्रतिशत भन्दा बढी परिवर्तन नहुने गरि कारोबार गर्ने व्यवस्था गरिएको छ।

कारोबारको रकम अनिवार्य रुपमा विद्युतीय माध्यमबाट भुक्तानी गर्नुपर्ने र साउन १ गते पछि कारोबार पनि अनिवार्य रुपमा अनलाइन माध्यमबाट गर्नुपर्ने बोर्डले जनाएको छ।

लगानीकर्ताले अनिवार्य रुपमा मेरो सेयरबाट राफासाफ गर्नुपर्ने र असार सम्म मेरो सेयरको खाता खोल्दा शुल्क नलाग्ने पनि बोर्डले जारि गरेको सूचनामा उल्लेख छ।

धितोपत्रको कारोबार सँग सम्बन्धि कार्यालय खोल्दा एक तिहाइ कर्मचारी मार्फत आलोपालो गरि खोल्न बोर्डले निर्देशन दिएको छ।
त्यस्तै एक तिहाई कर्मचारीको लागि एक चौथाई सवारीलाई मात्र बोर्डले पास दिने जनाएको छ। त्यसको लागि कार्यालय प्रमुखले सवारी साधनको विवरण बोर्डमा दिनुपर्ने छ।
लगानीकर्तालाई पनि पास चाहियमा ब्रोकरको सिफारिसमा एकपटकको लागि पास उपलब्ध गराउने बोर्डले जनाएको छ।

अधिकांश बीमा कम्पनीहरुका शाखा कार्यालय खुले

सरकारले आजदेखि लकडाउन खुकुलो गर्दै बैंक तथा वित्त कम्पनी तथा बीमा कम्पनीहरुलाई कार्यालय सञ्चालन गर्न दिने निर्णय गरेपछि अधिकांश बीमा कम्पनीका कार्यालय खुलेका छन् ।

४० वटै बीमा कम्पनीको केन्द्रीय कार्यालय केही दिनअघिदेखि सञ्चालनमा आएपनि शाखा कार्यालयहरु भने खुलेका थिएनन् । सरकारले पास उपलब्ध गराएर एक तिहाई कर्मचारीबाट सबै सेवा प्रदायकका कार्यालय खोल्ने निर्णय गरेसँगै बीमा कम्पनीका अधिकांश शाखा कार्यालयहरु सञ्चालनमा आएका हन् । बीमा कम्पनीहरुले उपत्यकाका तीन वटै जिल्ला र राजधानी बाहिर रहेका शाखा कार्यालयहरु सञ्चालन गरेका हुन् ।

राजधानी काठमाडौंका केही शाखा कार्यालय पास अभावको कारण खोल्न नसकेको भएपनि बीमा समितिले सबैलाई पास उपलब्ध गराएर आइतबारदेखि शतप्रतिशत कार्यालय खोल्ने तयारी गरिएको छ । बीमा कम्पनीहरुलाई पास उपलब्ध गराउने सम्बन्धमा बीमा समितिले आजै ठोस निर्णय गर्नेछ

ग्रीन डेभलपमेन्ट बैंकको नाफा बढ्यो

ग्रीन डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा १ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकले गत बर्षको सोहि अवधिमा १ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत बर्षको तुलनामा बैंकको नाफा १४ प्रतिशतले बढेको छ ।
चैत मसान्तसम्म्मा बैंकको खुद ब्याज आम्दानी २५ प्रतिशत र संचालन नाफा १४ प्रतिशतले बढेको छ । गत बर्षको तुलनामा बैंकले खुद ब्याज आम्दानी बढाएर ६ करोड ३२ लाख रुपैयाँ पुराएको छ । त्यस्तै, बैंकले संचालन मुनाफाबाट चैत मसान्तसम्ममा २ करोड ३२ लाख रुपैयाँ पुराएको छ।

बैंकले तेस्रो त्रैमासको अवधिसम्ममा १ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ अर्ब ५ करोड रुपैयाँ कर्जामा लगानी गरेको छ ।हालको बैंकको चुक्ता पुँजी ५९ करोड रुपैयाँ रहेको छ भने रिर्जभ कोषमा २ करोड ७२ लाख रुपैयाँ रहेको छ। बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३३ पैसा र प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ४८ पैसा रहेको छ

सगरमाथा इन्स्योरेन्सको नाफा   बढ्यो

सगरमाथा इन्स्योरेन्सले आर्थिक वर्ष (७६/७७ ) को तेश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।

तेश्रो त्रैमाससम्म आईपुग्दा खुद मुनाफामा भने सामान्य वृद्धि आएको छ। चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा कम्पनीलले १७ करोड ४१ लाख खुद मुनाफा गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासको तुलनामा नाफा १ प्रतिशतले मात्र वृद्धि हो।  अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासमा कम्पनीले १७ करोड १९ लाख खुद मुनाफा गरेको थियो ।

चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ७० करोड  कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमासमा कम्पनीले १ अर्ब ५८ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । कुल बीमा शुल्क रकम ८ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै खुद बीमा शुल्क आर्जन रकम ११ प्रतिशतले कम हुँदै ७४ करोड ३६ लाख पुगेको छ।

कम्पनीको वार्षिक प्रति शेयर आम्दानी २३ रुपैयाँ २९ पैसा छ भने किताबी मूल्य २०७ रुपैयाँ ६५ पैसा रहेको छ।  त्यस्तै मूल्य आम्दानी अनुपात २५ गुणा छ।

तेश्रो त्रैमास सम्म कम्पनीले ८० करोड ७३ लाख कुल दावी भुक्तानी गरेको छ भने ४२ करोड ९९ लाख खुद दावी भुक्तानी गरेको छ।  भुक्तानी हुन् बाँकी दावी रकम ९६ करोड ११ लाख रहेको छ।

८६ प्रतिशतले पुँजी वृद्धि हुँदा अहिले कम्पनीको चुक्ता पुँजी १ अर्ब पुगेको छ। जगेडा कोष ५१ प्रतिशतले कम हुँदै ३४ करोड ४७ लाख छ भने बीमा कोष २७ प्रतिशतले वृद्धि हुँदै ६२ करोड १३ लाख रुपैया रहेको छ

मेरो माइक्रोफाइनान्सको ६ लाख ५९ हजार सहयोग

मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले विभिन्न स्थानमा क्वारेन्टिनमा रहेका ६ लाख ५९ हजार रुपैयाँ बराबरको राहत दिने भएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामहरी दाहलले विभिन्न १८ स्थानका क्वारेनटाइनमा रहेकाहरुको लागि खाद्य प्रबन्धको लागि उक्त रकम बराबरको सहयोग गर्ने स्वीकृत गरेका हुन् ।

संस्थाको चैत २ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार कोरोना कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको थियो । यसका लागि अतिरिक्त संस्थाको कार्यालय रहेका स्थानमा यसको प्रभावलाई अध्ययन गरी १० लाख रुपैयाँ बराबरको खाद्यन्नको लागि राहत स्वरुप दिने भन्ने निर्णय भएको थियो ।

सोही अनुसारको उक्त रकमबाट प्रथम चरणमा संस्थाको विभिन्न शाखा कार्यालयहरुबाट कार्यालय अन्तर्गत रहेको क्वारेन्टाइनमा खाना व्यवस्थापनको लागि स्थानीय स्तरमा योगदान गर्नको लागि रकम सहयोग गर्ने निर्णय भएको थियो । उक्त स्वीकृत अनुसारको रकम क्वारेन्टाइनमा रहेको स्थानिय निकायमा चेक मार्फत खाद्य सहयोगमा खाद्य सामाग्री खरिद गर्न सहयोग वितरण गर्न संस्थाले आग्रह गरेको छ ।

७ करोड ६९ लाख ९८ हजार  रुपैयाँ खुद नाफा

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सानिमा लाइफ इन्स्योरेन्सले  ५७ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ  । गत वर्ष यसै अवधिसम्म कम्पनीले रू। ३५ करोड ७१ लाख बीमाशुल्क आर्जन गरेको थियो । गत वर्षभन्दा करिब ६३ प्रतिशत बढी बीमाशुल्क कम्पनीले आर्जन गरेको हो ।

यस त्रैमासमा कम्पनीले  ७ करोड ६९ लाख ९८ हजार  रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष कम्पनीले  ७ करोड ६८ लाख ४२ हजार रुपैयाँ  खुद नाफा कमाएको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा शून्य दशमलव २० प्रतिशतले बढेको हो । सर्वसाधारणलाई आईपीओ जारी गर्ने तयारी गरेको यस कम्पनीको हाल १ अर्ब ४० करोड रुपैयाँ  रहेको छ । कम्पनीले सर्वसाधारणलाई ६० करोड रुपैयाँ बराबरको आईपीओ जारी गरी २ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्नेछ ।

तेस्रो त्रैमाससम्म कमपनीको जगेडा कोषमा ११ करोड ८७ लाख ५९ हजार रहेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको जगेडा कोष १० प्रतिशतले कम भएको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको जगेडा कोषमा  १३ करोड २० लाख ७९ हजार रुपैयाँ रहेको थियो । कम्पनीको जीवन बीमा कोषमा ७७ करोड २३ लाख ७५ हजार रुपैयाँ  र महाविपत्ति कोषमा १ करोड ३१ लाख ९५ हजार रुपैयाँ  रहेको छ ।

यस वर्ष कम्पनीले बीमालेख धितोमा २ करोड १० लाख ८९ हजार रुपैयाँ  कर्जा प्रवाह गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले बीमालेख धितोमा कर्जा प्रवाह गरेको थिएन । तेस्रो त्रैमाससम्म कम्पनीको कुल कायम रहेको बीमालेखको संख्या २३ हजार २७१ रहेको छ । यो संख्या गत वर्ष यसै अवधिमा कुनै पनि बीमालेख जारी गरेको थिएन ।

अजोड इन्स्योरेन्सको नाफा  बढ्यो

अजोड इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ३ करोड ५१ लाख खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिसमम रू. २ करोड ६० लाख थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा ३५ प्रतिशत बढी भएको हो ।

बुधवार सार्वजनिक भएको कम्पनीको वित्तीय विवरण अनुसार यस वर्ष रू. ६० करोड ६३ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको तेस्रो त्रैमासभन्दा यस वर्ष कम्पनीले १४२ प्रतिशत बढी बीमाशुल्क आर्जन गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २५ करोड ४ लाखमात्र बीमाशुल्क आर्जन गरेको थियो ।

बीमाशुल्क आर्जन बढ्दै गएकाले आगामी दिनहरुमा व्यवासायिक विविधिकरण गरी गुणस्तरिय ग्राहकमुखी नयाँ सुविधा शुरू गरी अझ वित्तीय रूपमा सबल बनाउने योजना कम्पनीको रहेको छ । हाल रू. ७० करोड चुक्तापूँजी रहेको यस कम्पनीले बीमा समितिबाट रू. १ अर्ब चुक्तापूँजी कायम गर्न सर्वसाधारणमा आईपीओ जारी गर्ने गरी स्वीकृति पाएको हो । २०७५ असार २१ गतेदेखि यस कम्पनीले औपचारिक रुपमा कारोबार शुरु गरेको हो ।

नयाँ निर्जिवन बीमा कम्पनीको रुपमा सञ्चालित यस कम्पनीमा तेस्रो त्रैमाससम्म ७० हजार ४०० बीमालेख कायम रहेको छ । यस अवधिसम्म कम्पनीले २ हजार ३६८ बीमालेख नबिकरण गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीले ५१ प्रतिशत बढी दाबी भुक्तानी गरेको छ । गत वर्षको तेस्रो त्रैमाससम्म १२० जनालाई रू. ११ करोड ३ लाख दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष १ हजार ५६८ जनालाई रू. १६ करोड ६८ लाख दाबी भुक्तानी गरेको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याज छुट सम्बन्धि निर्देशन ल्याएपछि आफू २/३ रात सुत्न नसकेको ,,,?

चालु आर्थिक वर्षको अन्तिम त्रैमास (बैशाखदेखि असार मसान्त) सम्म सानिमा बैंकको ब्याज आम्दानी करिब ४५ करोड रुपैयाँले घट्दै छ। प्रभु बैंकको पनि ४५ करोड हाराहारीले घट्दैछ।

जनता बैंकलाई गाभेर सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको ग्लोबल आइएमइ बैंकको ९५ करोड रुपैयाँ हाराहारीले ब्याज आम्दानी घट्दैछ। नेपाल राष्ट्र बैंकले अघिल्लो साता कोभिड-१९ ले प्रभावित उद्योग-ब्यापार तथा साधारण ऋणको ब्याज दर कम्तिमा २ प्रतिशत बिन्दुले घटाउन निर्देशन दिएपछि बैंकहरुको आम्दानी ह्वात्तै घट्ने भएको हो।

ब्याज आम्दानी घटेसँगै करिब १५ देखि १७ वटा बैंकहरु चौथो त्रैमासमा नोक्सानीमा जाने देखिएको छ। अघिल्लो नौ महिनाको आम्दानीले वर्षभरी वासलात नाफामा देखिए पनि बैशाखदेखि असारसम्मको भने नोक्सानीमा देखिने भएको हो।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई चैतमा कायम ब्याजमा दुई प्रतिशत बिन्दुले घटाउनु भनेको छ। अर्थात चैतमा कसैको ब्याज १० प्रतिशत छ भने असारमा आठ प्रतिशतका दरले हिसाब गरेर तिर्दा हुन्छ।

२७ वटा वाणिज्य बैंकको औसतमा हेर्ने हो भने एक बैंकले ५१ करोड रुपैयाँका दरले ब्याज आम्दानी गुमाउनेछन्। बैंकरका अनुसार, राष्ट्र बैंकले छुट दिन पर्दैन भनेको क्षेत्रलाई हटाएर गणना गर्दा पनि औषतमा ४५ करोड रुपैयाँ एक त्रैमासमा ब्याज आम्दानी कम हुनेछ। बहुमत बैंकको नाफा एक त्रैमासमा ४५ करोड रुपैयाँभन्दा कम छ।

राष्ट्र बैंकले निक्षेपको ब्याज घटाउन भने रोकेको छ। असारमा निक्षेपकर्तालाई बैंकहरुले पाकेको ब्याज खातामा हालिदिनु पर्छ। अर्थात ब्याज खर्च बढ्छ। ऋणको ब्याज छुटले आम्दानी भने घट्छ। आम्दानी घट्ने र खर्च बढ्ने हुँदा बैंकहरुको समग्र वासलात नै डामाडोल हुने बैंकरहरु बताउँछन्।

राष्ट्र बैंकको निर्देशन सोचबिचार नगरी आएको हुनाले बैंकहरु नोक्सानीमा जाने अवस्था सृजना भएको उनीहरुको तर्क छ।

बैंकर्स संघका अध्यक्ष भुवन दाहालले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याज छुट सम्बन्धि निर्देशन ल्याएपछि आफू २/३ रात सुत्न नसकेको सुनाए।

‘नाफा-घाटा, आम्दानीमा भएको ह्रास आदि विषयको पूर्ण विश्लेषण नगरी २ प्रतिशत ब्याज राहत दिने जुन निर्णय भयो त्यो कारण २/३ रात त म राम्ररी सुत्न पनि सकिन,’ दाहालले बिजमाण्डूसँग भने, ‘कोभिड-१९ कारणले घाटामा गएकाहरुलाई एउटा विधि तय गरी सहयोग गर्नुपर्छ भन्ने कुरामा हामीहरु सदैव तयार छौं।’

दाहालले ब्याज छुटका बिषयमा संघको धारणा गभर्नरलाई लिखित र मौखिक रूपमा राखेको बताउँदै राष्ट्र बैंकले आहत पक्षले मात्र राहत पाउने गरी नीति संशोधन गरिदिनेमा आशावादी रहेको बताए।

‘नेपालको थोरै प्रोफेसनल ब्यक्तिहरुमा महा सर (महाप्रसाद अधिकारी) पर्नु हुन्छ। मैले श्रद्धा गर्ने ब्यक्तिहरुमध्ये महा सर अग्रपङ्तिमा पर्नु हुन्छ। उहाँको निर्देशन अनुसार हामी चल्छौं,’ दाहालले भने, ‘तीन महिना मात्र होइन लामो समयसम्म केही ऋणीहरुलाई ब्याज लगायतका विविध सहयोग चाहिन्छ भने दिनु पनि पर्छ।’

तर कतिपय विषय निर्देशनभन्दा पनि सुझावबाट हल हुने दाहालको ठम्याइ छ। ‘ब्याज छुटलगायतका विषयमा राष्ट्र बैंकले हामीलाई सुझाव दिँदा (नैतिक दबाब) सर्प पनि मर्छ र लाठी पनि भाँचिँदैन। अहिलेको निर्देशन कार्यान्वयन गर्दा घाटामा नगएका, बैंकको भन्दा राम्रो प्रतिफल भएका, नियमित पारिश्रमिक पाइरहेका आदिले पनि राहत पाउनु हुन्छ,’ उनले भने, ‘यसमा संशोधन हुन्छ भन्नेमा आशावादी छौं।’

राष्ट्र बैंकको ब्याज छुट नीति कुन पृष्ठभूमिमा आयो भनेर धेरैले नियमन विभागका निर्देशक किरण पण्डितसँग बुझ्ने प्रयाससमेत गरेका थिए। पछिल्लो समय नीति नियम तर्जुमा गर्दा बिचार विमर्श गर्ने समूह नियमन विभागमा अत्यन्त कम भएको जनाउँ दिँदै एक प्रमुख कार्यकारीले भने- ‘महा सर (गभर्नर) भएको ठाउँमा कसरी यस्तो आयो भनेर सोधेको हो। उहाँ (पण्डित) पनि अलमलमा पर्नु भयो।’

‘समग्रमा भन्दा विचार विमर्श नगरी नै निर्देशन जारी गरिएको रहेछजस्तो लाग्यो। गभर्नर र तलका ब्यक्तिहरुको बडी ल्याङ्ग्वेज पढ्दा हतार हतार केही गर्नै पर्ने दबाब उहाँहरुमाथि परेजस्तो देखियो,’ ती बैंकरले भने, ‘यही कारण बैंकहरु नोक्सानमा जाने खालको नीति आयो।’

उनले एउटा वर्ग र समूहलाई राहत दिँदा निक्षेपकर्ताको हित संरक्षण गर्नुपर्ने दायित्व बोकेको बैंकहरु भने आहतमा परेको बताए।

गभर्नर भएपछि ल्याएको पहिलो निर्देशन विवादमा परेपछि अधिकारीले पनि दबाब महसुस गरेका छन्। उनले निर्देशन जारीपछि वित्तीय क्षेत्रका थुप्रै ब्यक्तिहरुसँग भेटघाट गरिसकेका छन् भने कतिपयसँग फोनमा कुराकानी गरिरहेका छन्।

‘अहिलेको नीति असारसम्मका लागि हो। त्यसैले वित्तीय क्षेत्रलाई ठूलो असर गर्दैन’ भन्ने तर्क अधिकारीले भेटिएकाहरुसँग राख्ने गरेका छन्। उनले आफ्नो नीतिको बचाउ गर्दै कोभिड-१९ को असर लामो समयसम्म नपर्ने भएकाले केही समय कुर्न भन्ने गरेका छन् । बिजमाण्डू

मानुषी लघुवित्तको नाफा   घट्यो

मानुषी लघुवित्तको नाफा गत आर्थिक वर्षको तेस्रो त्रैमासको भन्दा यस वर्ष कम भएको छ । बुधवार कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार यस वर्ष कम्पनीले रू. ५२ लाख ९७ हजार खुद नाफा गरेको हो । यो नाफा गत वर्ष यसै अवधिमा रू. ९७ करोड १२ लाख थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ४५ प्रतिशत कम भएको हो ।

यस वर्ष कम्पनीले रू. १ करोड ७ लाख ९ हजार सञ्चालन नोक्सानी व्यहोरेको छ । गत वर्ष यस अवधिमा कम्पनीको सञ्चालन नाफा रू. १ करोड ३८ लाख १४ हजार थियो । यस वर्ष कम्पनीले सम्भावित जोखिम शिर्षकमा गत वर्षभन्दा ७ गुणा बढी रकम छुट्याएकाले सञ्चालन नोक्सानी व्यहोर्नु परेको देखिन्छ । गत वर्ष रू.३५ लाख ६७ हजार छुट्याएको सम्भावित जोखिम शिर्षकमा यस वर्ष रू. २ करोड ६८ लाख ३८ हजार छुट्याएको छ ।

गत वर्षभन्दा यस वर्ष ९ गुणाभन्दा बढी रू. १ करोड ९५ लाख २७ हजार खराब कर्जा उठाएको कम्पनीको निष्क्रिय कर्जाको अनुपात भने गत वर्षभन्दा बढेर ३ दशमलव १४ प्रतिशत कायम भएको छ । गत वर्ष कम्पनीको निष्क्रिय कर्जा १ दशमलव ३८ रहेको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. ७ करोड रहेको छ । कम्पनीको जगेडा कोष रकम रू. ३ करोड १५ लाख ४५ हजार रहेको छ । गत वर्षभन्दा जगेडा कोष रकम २४ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको जगेडा कोषमा रू. २ करोड ५३ लाख ७६ हजार थियो ।

यस वर्ष कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट गत वर्षभन्दा ४ प्रतिशत बढी रू. २८ करोड १९ लाख ८९ हजार सापटी लिएको छ । निक्षेप संकलन गत वर्षभन्दा १९ प्रतिशत बढी रू. ५२ करोड ८८ लाख ६ हजार भएको छ भने गत वर्षभन्दा करिब ५ प्रतिशत कम रू. ७९ करोड ३७ लाख ७९ हजार कर्जा प्रवाह गरेको छ ।

युनाइटेड फाइनान्सको खुद नाफा बढ्यो

युनाइटेड फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार फाइनान्सले सो अवधिसम्ममा ७ करोड १६ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड ४ लाख रुपैयाँ बढी हो। गत आवको सोही अवधिसम्ममा फाइनान्सले ५ करोड १२ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी बढेसँगै अन्य सञ्चालन आम्दानी बढेपछि खुद नाफा बढ्न टेवा पुगेको देखिन्छ।

फाइनान्सले सो अवधिसम्ममा ७ करोडभन्दा बढी नाफा कमाएको देखिएपनि वितरण योग्य मुनाफा भने ऋणात्मक रहेको छ। फाइनान्सले प्रकाशित गरेको वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा वितरण योग्य मुनाफा ७ लाख ७६ हजार रुपैयाँ ऋणात्मक रहेको छ। फाइनान्सले जनरल रिर्जभमा १ करोड ४३ लाख र नियामकिय जगेडामा ६ करोड ४४ लाख रुपैयाँ सारेका कारण वितरण योग्य मुनाफा ऋणात्मक भएको हो।

चैत मसान्तसम्ममा ६ अर्ब ५९ करोड ३ लाख रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ८१ करोड ६९ लाख रुपैयाँ कर्जा लगानी गरेको यस फाइनान्सले २६ करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ। जुन गत आवको सोही अवधिको तुलनामा ५ करोड ९९ लाख रुपैयाँ बढी हो। समीक्षा अवधिमा फाइनान्सको सञ्चालन मुनाफा २ करोड ९१ लाख रुपैयाँ बढेर १० करोड २३ लाख रुपैयाँ पुगेको छ।

१ अर्ब ४ करोड ८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सको जगेडा कोषमा २४ करोड १६ लाख ४ हजार रुपैयाँ, शेयरधनी कोषमा ७ करोड ७६ लाख रुपैयाँ र शेयर प्रिमियममा १५ करोड ८६ लाख रुपैयाँ रहेको छ। फाइनान्सको वार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ १८ पैसा रहेको छ भने प्रतिशेयर कुल सम्पत्तिको मूल्य ७९१ रुपैयाँ ८६ पैसा रहेको छ। त्यसैगरी, फाइनान्सको मूल्य आम्दानी अनुपात १८.५२ गुणा रहेको छ।