जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • युनाइटेड फाइनान्सको खुद नाफा बढ्यो

युनाइटेड फाइनान्सको खुद नाफा बढ्यो

युनाइटेड फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार फाइनान्सले सो अवधिसम्ममा ७ करोड १६ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड ४ लाख रुपैयाँ बढी हो। गत आवको सोही अवधिसम्ममा फाइनान्सले ५ करोड १२ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी बढेसँगै अन्य सञ्चालन आम्दानी बढेपछि खुद नाफा बढ्न टेवा पुगेको देखिन्छ।

फाइनान्सले सो अवधिसम्ममा ७ करोडभन्दा बढी नाफा कमाएको देखिएपनि वितरण योग्य मुनाफा भने ऋणात्मक रहेको छ। फाइनान्सले प्रकाशित गरेको वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा वितरण योग्य मुनाफा ७ लाख ७६ हजार रुपैयाँ ऋणात्मक रहेको छ। फाइनान्सले जनरल रिर्जभमा १ करोड ४३ लाख र नियामकिय जगेडामा ६ करोड ४४ लाख रुपैयाँ सारेका कारण वितरण योग्य मुनाफा ऋणात्मक भएको हो।

चैत मसान्तसम्ममा ६ अर्ब ५९ करोड ३ लाख रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ८१ करोड ६९ लाख रुपैयाँ कर्जा लगानी गरेको यस फाइनान्सले २६ करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ। जुन गत आवको सोही अवधिको तुलनामा ५ करोड ९९ लाख रुपैयाँ बढी हो। समीक्षा अवधिमा फाइनान्सको सञ्चालन मुनाफा २ करोड ९१ लाख रुपैयाँ बढेर १० करोड २३ लाख रुपैयाँ पुगेको छ।

१ अर्ब ४ करोड ८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सको जगेडा कोषमा २४ करोड १६ लाख ४ हजार रुपैयाँ, शेयरधनी कोषमा ७ करोड ७६ लाख रुपैयाँ र शेयर प्रिमियममा १५ करोड ८६ लाख रुपैयाँ रहेको छ। फाइनान्सको वार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ १८ पैसा रहेको छ भने प्रतिशेयर कुल सम्पत्तिको मूल्य ७९१ रुपैयाँ ८६ पैसा रहेको छ। त्यसैगरी, फाइनान्सको मूल्य आम्दानी अनुपात १८.५२ गुणा रहेको छ।

5470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका