जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मानुषी लघुवित्तको नाफा   घट्यो

मानुषी लघुवित्तको नाफा   घट्यो

मानुषी लघुवित्तको नाफा गत आर्थिक वर्षको तेस्रो त्रैमासको भन्दा यस वर्ष कम भएको छ । बुधवार कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार यस वर्ष कम्पनीले रू. ५२ लाख ९७ हजार खुद नाफा गरेको हो । यो नाफा गत वर्ष यसै अवधिमा रू. ९७ करोड १२ लाख थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ४५ प्रतिशत कम भएको हो ।

यस वर्ष कम्पनीले रू. १ करोड ७ लाख ९ हजार सञ्चालन नोक्सानी व्यहोरेको छ । गत वर्ष यस अवधिमा कम्पनीको सञ्चालन नाफा रू. १ करोड ३८ लाख १४ हजार थियो । यस वर्ष कम्पनीले सम्भावित जोखिम शिर्षकमा गत वर्षभन्दा ७ गुणा बढी रकम छुट्याएकाले सञ्चालन नोक्सानी व्यहोर्नु परेको देखिन्छ । गत वर्ष रू.३५ लाख ६७ हजार छुट्याएको सम्भावित जोखिम शिर्षकमा यस वर्ष रू. २ करोड ६८ लाख ३८ हजार छुट्याएको छ ।

गत वर्षभन्दा यस वर्ष ९ गुणाभन्दा बढी रू. १ करोड ९५ लाख २७ हजार खराब कर्जा उठाएको कम्पनीको निष्क्रिय कर्जाको अनुपात भने गत वर्षभन्दा बढेर ३ दशमलव १४ प्रतिशत कायम भएको छ । गत वर्ष कम्पनीको निष्क्रिय कर्जा १ दशमलव ३८ रहेको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. ७ करोड रहेको छ । कम्पनीको जगेडा कोष रकम रू. ३ करोड १५ लाख ४५ हजार रहेको छ । गत वर्षभन्दा जगेडा कोष रकम २४ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको जगेडा कोषमा रू. २ करोड ५३ लाख ७६ हजार थियो ।

यस वर्ष कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट गत वर्षभन्दा ४ प्रतिशत बढी रू. २८ करोड १९ लाख ८९ हजार सापटी लिएको छ । निक्षेप संकलन गत वर्षभन्दा १९ प्रतिशत बढी रू. ५२ करोड ८८ लाख ६ हजार भएको छ भने गत वर्षभन्दा करिब ५ प्रतिशत कम रू. ७९ करोड ३७ लाख ७९ हजार कर्जा प्रवाह गरेको छ ।

9265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका