जोडिनुहोस
शनिबार, पुस ५, २०८२
शनिबार, पुस ५, २०८२

कोभिड १९ विरुद्धको लडाईमाअग्रमोर्चामा रहेकाहरुलाई सञ्चार क्षेत्रको सम्मान

प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा कोभिड १९ विरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, पत्रकार, सञ्चारकर्मी, सुरक्षाकर्मी, सबै प्रकारका राष्ट्रसेवक र स्वअनुशासन रही सहयोग गर्नुहुने आमनागरिकको योगदानको कदरस्वरुप आज राष्ट्रिय गानको साथै एक मिनेट ताली बजाइएको छ ।

तिलगंगा, सञ्चारग्राममा आयोजित उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आर्चाय, प्रेस काउन्सिल नेपालका का.बा.अध्यक्ष किशोर श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्याल, पत्रकार महासंघका महासचिव रमेश विष्ट, सचिव प्रकाश थापा, रामप्रसाद दाहाल, कोषाध्यक्ष राजेश मिश्र, केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, गोविन्द चौलागाइँ, फोटो पत्रकार क्लबका अध्यक्ष विकास कार्की, काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुषाललगायत पदाधिकारी एवं मिडियाकर्मीहरुको उपस्थिति थियो ।

उहाँहरुले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा कर्मचारीहरुले यो विषम परिस्थितिमा पनि आफ्नो ज्यान,परिवारको पर्वाह नगरी देश र जनताको हितमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै सामुहिक राष्ट्रिय गानपश्चात ताली बजाउनु भएको हो ।

शक्ति र उर्जा बटुल्दै अदृश्य शक्तिसंग लडौ. एकले अर्कोलाई सहयोग गरौं

कृष्ण बहादुर अधिकारी नेपाली बैंकिङ्ग इतिहासमा अब चिनाई राख्नु पर्ने नाम होइन । नेपालको सबैभन्दा पूरानो र सरकारी स्वामित्वको बैंक नेपाल बैंक लिमिटेडका सीइओ हुन् कृष्ण बहादुर अधिकारी । नेपालको बैंकिङ्ग इतिहासमा करिब दुई दर्शक विताएका यूवा र अनुभवी बैंकरको पंक्तिमा अधिकारीको नाम आउने गर्दछ । २०६१ साल देखि निरन्तर नेपाल बैंकमा काम गरेका अधिकारीको नेतृत्व बैंकले पाएपछि बैंकले खराब कर्जा घटाउने देखि पहिलो पटक शेयरधनीलाई लाभाशं समेत बाड्ने बैंक बनेको छ । नेपाल बैंक लिमिटेड भन्दा अब चाहि फरक पर्दैन ।

अहिले विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाइरसले नेपाल पनि अछुतो छैन । केही संकेतहरु देखिएका छन् । वैशाख ३ गतेसम्मका लागि सरकारले देशलाई लकडाउन गरेको अवस्था विद्यमान छ । लक डाउनका कारण सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था नै छैन र हुँदैन पनि ।

यो अवस्थामा पनि नेपालको सबैभन्दा पूरानो बैंक नेपाल बैंक लिमिटेडले ९६÷९७ शाखाबाट सेवा प्रदान गरिरहेको देखिन्छ । डिजिटल कारोबारलाई प्रोत्साहन दिएको यस बैंकले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार सुचार गर्न अधिकाशं शाखाहरु संचालन गरि सेवा दिइरहेको देखिन्छ । यस्तो अवस्थामा बैंक खोलेर सेवा दिन के कस्ता कठिनाईहरु भोग्नु परेको छ ?

शाखा खुलेको मात्रै छ कि कारोबार छ । बैंकका कर्मचरीको स्वास्थ्य अवस्था कस्तो छ । कोरोना भाईरसका कारण नेपालको बैकिङ्ग क्षेत्रलाई कस्तो असर पर्ने देखिन्छ । केही दिन भित्र आउने बैंकहरुको वित्तिय विवरणमा यसले कस्तो असर गर्ने देखिन्छ र नेपाल बैंकर्स एसोशियशनले हालै मुद्दती खाता र बचत खातामा डिपोजिट ब्याजदर यो विशम परिस्थितिमा किन घटायो ?
यिनै र यस्ता विषयमा युवा बैंकर एवं नेपाल बैंक लिमिटेडका सीइओ कृष्ण बहादुर अधिकारीसंग आर्थिक बजार न्यूज डटकमका सम्पादक भूपेन्द्र आचार्यले गरेको कुराकानीः

० यो विशम र अप्ठ्यारो परिस्थितिमा नेपालका २७ वाणिज्य वाणिज्य बैंकहरुले निक्षेपका व्याजदर घटाउनुको कारण चाही के होला ?
नेपालको अर्थतन्त्र र व्यापार व्यवसायलाई राहत होस् भनेर नै व्याजदर घटाएको अवस्था हो । डिपोजिट व्याजदर घटेपछि मात्रै बेष्ट रेट घट्ने प्रक्रिया हुन्छ । यो सकारात्मक साथ नै घटाएको हो । कुनै मौका छोपी घटाएको भन्नु गलत होला नि ।

० नेपालकै सबै भन्दा पूरानो बैंक नेपाल बैंक लिमिटेडले यो विशम अवस्थामा कस्तो सेवा दिईरहेको छ त सीइओ साब ?
हामीले ९६÷९७ वटा शाखाबाटै ग्राहकलाई सेवा दिएका छौं । गत शुक्रबार त १७६ वटै शाखा खोली सेवा दियौं । ११ देखि १ बजे सम्म हामीले शाखा सञ्चान गरेको अवस्था छ ।

६० प्रतिशत जनसंख्या मात्रै अहिले बैंकिङ्ग र वित्तिय प्रणालीमा आवद्ध हुनुहुन्छ । स्थानीय तहहरुमा एटिएम छैन । त्यहा शाखा खोलेर नै सेवा दिनुपर्ने अवस्था छ । औषधी मुलो, खाद्यान्न, तेल, तरकारी, दुध आदि बस्तु किन्न पैसा त ग्राहकहरुलाई दिनै प¥यो नि । त्यो हामीले गरेका छौं । अरु एलसी, बैंक ग्यारेन्टी, आवश्यक सामाग्रीहरुको लागि मात्रै गरेको अवस्थामा छ ।

० विषम परिस्थितिमा बैकमा आएर कामगर्ने कर्मचारी साथीहरुको स्वास्थ्यबारे चाही तपाई कति चिन्तित रहनु भएको छ त ?
यो बेला कर्मचारी मात्रै होइन लाखौं ग्राहक, प्रोमोटर, शेयरधनी लगायत सबै जनताको स्वास्थ्यको कुरा गर्नपर्छ । अर्को कुरा कर्मचारी साथीहरुका बारे हामी सचेत र सजक छौं । रोगसंग लडन तत्कालका लागि चाहिने सबै प्रकारको स्वास्थ्य सामाग्री दिएको अवस्था छ ।
कर्मचारी साथीहरु कम मात्रै काममा आउनु भएको छ । लाने र ल्याउने काम हामीले गरेका छौ नि ।

० कोरोना भाईरसको महामारीका बीच पनि बैंक पुगेर काम गर्ने कर्मचारी साथीहरुलाई चाही के कस्ता बीमा र बोनसका कुरा ल्याउनु भएको छ ?
यही कर्मचारीहरु नै आउनु पर्छ भनेका छैनौं । त्यसले पनि उहाँलाई मोटिभेट भइरहेको छ । फाइनान्सियल मोटिभेट कसरी गर्ने भन्ने विषयमा अहिले बहस चलिरहेको छ । निर्णय गरिसकेका छैनौं । तर, केही सुविधा चाही दिने सोचमा छौं ।

यो नियमित नै काम भएकाले यसलाई कसरी हेर्ने भन्ने पनि छ । बैंकले भविष्यमा प्रमोसन गर्दा कसरी मूल्यांकन गर्ने भन्ने लगायतका प्रोत्साहन गर्ने कुरा पनि छन् । अर्को कुरा हामीले साथीहरुको बीमा गर्नेबारे बीमा कम्पनीहरुसंग छलफल चलाएका छौं । यो लकडाउन कति बढेर जाने हो । त्यसमा भर पर्ने छ । अर्को कुरा कर्मचारी साथीहरु बैंकका सम्पत्ति हुनुहुन्छ । उहाँहरुलाई संरक्षण गर्ने दायित्व हाम्रो हो । त्यसकारण हामी सचेत र सजक छौ नि ।

० राष्ट्र बैंकले बैंकका ग्राहकहरुका लागि केही सहुलियतका प्याकेज ल्याएको देखिन्छ । यसलाई कसरी लिनु भएको छ त ?
यो स्वातयोग्य छ । सकारात्मक छ । केन्द्रीय बैंकले ल्याएको यो पहिलो चरणको प्याकेज हो । यस्ता प्याकेज अरु पनि आउँछन भन्ने छ । प्रोभिजन टाइमिङ अवधि पनि बढाउन सकिन्छ । उद्योगीहरुलाई यसले फाईदा नै गर्छ । लोनलाई रिसेड्युल गर्ने रिस्ट्रक्वारिङ गर्ने कुराले पनि केही राहत पक्कै दिनेछ ।

किनभने उद्योगहरु चल्न सकेका छैनन् । असारसम्म लोनलाई सम्बोधन गरेर केही पुग्दैन भन्ने लाग्छ । हामी बैंकहरुले यो बलो ठूलो योगदान दिएका छौं र दिनुपर्ने दायित्व पनि हो । लकडाउन फेरि लम्बियो भने फेरि सोच्नु पर्ने अवस्था पक्कै आउने छ । ग्राहकहरुलाई चैत्र र वैशाखको किस्ताकाकुराको आर्थिक भार पक्कै बढ्ने छ । त्यसकारण राज्यस्तरबाटै सबै पक्षको गहन अध्ययन गरि सबै पक्षलाई समेटिने किसिमबाट सम्बोधन हुनु पर्दछ । यो बेला जनतालाई बचाउने बेला हो । जनता, देश, तपाई, हामी सबै बचेर अगाडी बढ्नुपर्दछ । अरु कुरा त भैहाल्छ, परिवर्तनका कुरा समाजका कुरा मानव रहे न रहने हो भूपेन्द्र जी ।

० बैंकहरुको वित्तिय विवरण केही दिन भित्रै आउने देखिन्छ । यो लकडाउनले नाफामा कस्तो असर पर्ला त ?
अर्थतन्त्रको मुटु नै बैकिङ्ग क्षेत्र हो । अर्थतन्त्र चलायमान बैकिङ्ग प्रणाली भित्रैबाट हुने हो ।
अर्कोतिर आर्थिक रुपमा पनि निकै ठूलो असर गरेको छ र यो कुनै एक देशको मात्रै नभई विश्वव्यापी भएकोले यसको ठूलो असर पर्ने निश्चित छ । नेपालमा पनि आर्थिक रुपमा यसको असर ठुलो छ । यसको असर कति लामो समयसम्म हुने हो त्यो हेर्न बाँकी छ । यो समयले देखाउदै जाने नै छ ।

नेपालका बैंकहरु अहिले समन्वयमा काम गरिरहेका छन् । नेपाल बैंकर्स एशोसियसन र नियमनकारी निकायसंगको समन्वयमा काम भईरहेकोले गर्दा समस्यामा केही कम छन् । तर, देशकै अवस्था गाह्रो भईसकेपछि के हुन्छ भन्ने अन्योल छ । त्यसलाई चिर्दै अगाडी बढ्नुपर्छ ।
यो बेला नाफा घाटाको कुरा हुँदैन होला ।

बैंकहरुले अबको १५÷२० दिनमा आफ्नो वित्तिय विवरण प्रकाशन गर्ने नै छन् । समय र परिस्थिति हेरेर चल्नु पर्दछ । अहिले अप्ठ्यारो, कठिन र विशम अवस्थामा छ । सबैतिर बैंकलाई मात्रै होइन, व्यवसाय ठप्प छ । नाफा घाटा भन्दा पनि व्यवसायीलाई सफल बनाएर बैंक अगाडी बढ्ने हो, चिन्ता बढेको छ । अर्को कुरा आफ्नो भाग कटाएर राज्यलाई यो बेला केही दिनु पर्दछ भन्ने भावना बढेको छ ।

देश लकडाउन हुनु भन्दा पहिला नै हाम्रो सञ्चालक समितिले निर्णय गरेर १ करोड दियो र कोष स्थापना गर्न यसले मद्दत पु¥यायो र राज्यले कोष नै खडा ग¥यो । २७ वाणिज्य बैंकहरुमा सबै भन्दा पहिला निर्णय गर्ने बैंक हो, नेपाल बैंक लिमिटेड । त्यसकारण राज्यलाई अप्ठ्यारो पर्दा हामी सधै अग्र पंक्तिमा रहने बैंक भित्र पर्दछौं । अर्को कुरा हामीले ७ वटै प्रदेशमा ५÷५ लाख गरि ३५ लाख दिएका छौं । जम्मा १ करोड ३५ लाख कोराना बिरुद्ध लड्न सहयोग गरेको अवस्था छ ।

० सीइओ साव तपाई नेपालको सबै भन्दा पूराना बैंकको सीइओ मलाई भनिदिनु हामी नेपालीले भूकम्प, नाकाबन्दी समाजका आमुल परिवर्तन देख्यौ तर, कहिले जीवनमा नभोगेको लामो लकडाउनमा तपाई हाम िछौं । यसबाट पाठ सिक्दै कस्तो तयारी गर्नुपर्ला ?
भूपेन्द्रजी अत्यन्तै समसामयिक सान्दभिक प्रश्न सोध्नु भयो । यो घर देश विशेष नभई विश्वव्यापी समस्यामा हो । यसमा दुईमत छैन । एउटालाई पर्दा अर्काेले सहयोग गर्ने परम्परा छ । तर, अहिले विश्वका देशका सहयोग हात आएका छैनन् । विश्व रोईरहेको छ । रोगसंग लड्न धौधौ परेको समाचार हेर्न र पठ्न पाइन्छ ।

त्यसकारण हामीले दीर्घकालीन व्यापार व्यवसायमा ध्यान दिनु प¥यो । अर्को वर्ष यसले ठूलो असर अर्थतन्त्रका साथै बैकिङ्ग प्रणालीमा पर्नेमा दुई मत छैन । त्यसकारण दीर्घकालिन सोच राख्दै रिर्जव फण्डको व्यवस्था हुनु जरुरी देखिन्छ । अर्को कुरा स्वास्थ्यका पूर्वधारको तयारी गरिनु जरुरी छ । प्रस्तै भन्नु पर्दा जीवनमा स्वास्थ्य नै ठूलो कुरा रहेछ भन्ने कुरा यसबाट प्रमाणित भएको देखिन्छ । यसका सबै पूर्वाधारहरुलाई राज्यले लगानी गर्न अब सुरु गरिनु पर्दछ । यसमा हामीले साथ र सहयोग दिने नै हो ।

अर्को कुरा भूपेन्द्रजी यो बेला सुरक्षित मापदण्ड हामी सबैले अपनाउनु पर्दछ । यसलाई अबसरकोरुपमा लिदै मोबाइल बैकिङ्ग इन्टरनेट बैकिङ्ग चलाउन सकिन्छ । यो सिक्ने अवसर पनि भन्न चाहान्छु । एटिएमबाट भन्दा पनि घरबाटै कारोबार गर्नु उचित छ ।

० राष्ट्र बैंकमा हालै नयाँ गर्भनर आउनु भएको छ । उहाँबाट तपाईहरुको आशा चाहि के छ ?
गर्भनर महाप्रसाद अधिकारीज्यू बैकिङ्ग बुझेको अनुभवी र दक्ष गर्भनर मुलुकले पाएकोमा हाम्रो बैकिङ्ग प्रणाली खुशी छ । हामीसबैले चाहेको शालिन स्वभावको र सोचेर निर्णय लिने गर्भनर हामीले पाएका छौं ।

अर्को कुरा नेपाल राष्ट्र बैंक भित्रै विभिन्न पदमा रहि ३० वर्ष काम गर्नु भएको १ कार्यकाल डिपुटी गर्भनर भैसकेको मान्छे हामीले गर्भनर पाएका छौं । राज्यले केन्द्रीय बैंकको गर्भनर उचित व्यक्ति छनौट ग¥यो । उहाँले अप्ठ्यारो बेला नेतृत्व सम्हाल्नु भएको छ । यसमा हामीले साथ दिनु पर्दछ । देश विदेश र नेपाली अर्थतन्त्रले चिनेका मान्छे गर्भनर पाउँदा बैकिङ्ग प्रणाली अत्यन्तै खुशी छ ।

० अन्त्यमा लाखौं ग्राहक, शेयरधनी, प्रोमोटर र नेपाली जनतालाई केही भन्नु छ ?
यो समय धैर्य धारण गर्ने समय हो । घरमै बसेर इन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्गबाटै कारोबार गरौं । हामीले लकडाउन पूर्ण रुपले पालना गरौं । विशम परिस्थितिमा अत्यन्तै संम्बेदनशील बनौं ।

ठूलो आर्थिक महत्वकाक्षा यो बेला कसैले पनि नराखौ । यो लडाईलाई जितौ । निराश कहिले नबनौ । शक्ति र उर्जा बटुल्दै अदृश्य शक्तिसंग लडौं र एकले अर्कोलाई यो बेला सहयोग गरौं । अति आवश्यक सामान किन्न मात्रै एटिएम जाऔं । परिवारसंगै बसौं । नयाँ नयाँ कुरा सिकैं । त्रसित नबनौ । विश्वव्यापी रुपमा फैलिएको यो कोरोनाको महामारीबाट तपाई, तपाईको परिवार आफन्तजन र जनता बचाउने कर्तव्य तपाईकै हातमा छ ।

कुमारी बैंकमा डिपुटी सीइओद्वय गिरी र भण्डारी सहित २८ जनाले किन छोडे जागिर

नेपाली बैंकिङ्ग इतिहासमै ठूलो अवकाश कुमारी बैंकका कर्मचारीले दिएका छन् । भन्दा पत्याउन गाह्रो होला । तर, यो सत्य हो ।
नेपालको ठूलो र सबल बैंक कुमारी बैंकले देवः विकास बैंकसंग प्राप्तीको सम्झौता गरेसंगै भीआरएसलाई टेक्दै बैंकका डिपुटी सीइओद्वय राजीव गिरी, उमेश भण्डारी, सहित रीना रिजाल, सीपा रेग्मी लगायत २८ जनताले स्वइच्छा अवकास लिएको खुलेको छ ।

कुमारी बैंकले आधा दर्जन विकास बैंक मर्जर गरेपछि कर्मचारीहरुको संख्या बढि रहेको र फेरि देवः विकास बैंक भित्र्याउँदा कर्मचारी बढ्ने भएपछि बैंकले मर्जरको सुविधा उपभोग गर्दै भिआरएसको प्रक्रिया अपनाएरपछि ठूलो संख्यामा कर्मचारीले विदाई लिएको देखिन्छ ।
यसबारेमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीलाई सम्पर्क गर्दा उनीले भनेः–२८ जना साथीहरुले भिआरएसको माध्यामबाट विदाई लिनु भएको बताए ।

पछिल्लो समय बीमा र डिपोजिटका प्रोडक्टले चर्चा कमाएको र विश्वास बटुलेको कुमारी बंैकबाट यति धेरै कर्मचारीले सबै पटक विदाई लिँदा कस्तो असर पर्ला भनी सीइओ सुरेन्द्र भण्डारीलाई प्रश्न गर्दा उनीले भनेः– देवःविकास बैंक हामीले निकट भविष्यमा प्राप्ती गदैछौं । यसै भित्र रहि भिआरएसको स्किम आएको थियो । यसैबाट कर्मचारी साथीहरुले स्वइच्छा अपकास लिनु भएको छ । उहाँहरुले २ वर्षको तलब (कर कट्टी) गरि पाउनु हुनेछ र उहाँहरुको बैंकमा रहँदा चढेको गाडी आफै लैजान पाउने हामीले निर्णय गरेको अवस्था छ ।

विगतमा जनता बैंकमा पनि तीन जना डिपुटी सीइओले यस्तै भिआरएसबाट अबकास लिएको घटना सेलाउन नपाउँदै कुमारी बैंकमा यति ठूलो मात्रामा कर्मचारीले अवकाश लिएको यो पहिलो घटना मान्न सकिन्छ । कुमारी बैंकको बोर्डले चैत्त ६ गते नै निर्णय गरेपनि भालि बैशाखा १, २०७७ बाट यो निर्णय लागु हुने सीइओ भण्डारीले आर्थिक बजार न्यूज डटकमसंग बताए ।
कुनै पनि निर्णय परिवर्तनकै लागि गरिने र परिर्वतनले राम्रो कुरा आउने भएकै कारण कुमारी बैंकले यस्तो निर्णय गरेको देखिन्छ ।

बैंकले १५ दिनको अवधी राखी भिआरएसको सूचना जारी गरेपछि २८ जना कर्मचारीले सोको फाइदा लिँदै अवकास लिएका हुन् । के यति धेरै कर्मचारीले एकैचौटी यति ठूलो धनराशी लिएर अवकास लिएका छन् । यसले शेयरधनी प्रोमोटर र लगानीकर्तालाई घाटा हुँदैन त भनी सीइओ भण्डारीलाई प्रश्न गर्दा उनीले भनेः– केही घाटा होला तर, देवः विकास बैंक प्राप्तीबाट बैंकको इन्जी बढ्ने छ । केही पछि यसले बैंकलाई फाइलाई नै हुन्छ । यो मर्जरको सुविधा भित्रै रहेर गरिएको हो ।

अर्को महत्वपूर्ण पक्ष के छ भने दुईजना डिपुटी सीइओ राजीव गिरी र रमेश भण्डारीलाई अब कुलिङ्ग पिरियट (६ महिना अवधी) लाग्ने छैन । अरु बैंकमा जागिर खानको लागि । यो अर्को फाइदाको पक्ष पनि मान्न सकिन्छ ।

को हुन गिरी र भण्डारी
राजिव गिरीले २५ वर्ष स्टाण्डर्ड चार्डड बैंकमा विताएका दक्ष र अनुभवी बैंकर मानिन्छन् । उनीले ६ वर्ष कुमारी बैंकमा काम गर्दा २ वर्ष ४ महिना का.मु सीइओ भएर बैंक चलाएको अनुभव बढुलेका छन् । करिब तीन दर्शकको बैकिङ्ग अनुभव भएका गिरी बैकिङ्ग प्रणालीको इतिहास हुन भन्दा फरक पर्दैन ।

उमेश भण्डारीले दुई दर्शक लामो बैकिङ्ग अनुभव बटुलेका बैंकर हुन। उनीले करिब आधा दर्जन विकास बैंकमा सीइओ नै भएर काम गरेका थिए । उनीले माछापुच्छ्रे बैंकमा पनि काम गरेको अनुभव छ । उनीले करिब २ वर्ष कुमारी कैंकमा विताएका थिए । यी दुबै बैंकरलाई कुलिङ्ग पिरियड अब नलाग्ने देखिन्छ । सचेत भया ।

सनराइज बैंकको प्रादेशिक कार्यालय मार्फत पिपिई हस्तान्तरण

सनराइज बैंकको प्रदेश ५ को प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व अन्र्तगत व्यक्तिगत सुरक्षात्मक उपकरण जम्मा २५ थान प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई औपचारिक कार्यक्रमका बिच हस्तान्तरण गर्नुभएको छ ।

साथै गते बी.पी. कोइराला स्वास्थ्य विज्ञान संस्थान, धरानका प्राध्यापक डा. गौरी शंकर शाहलाई बैंकका प्रदेश १ का प्रादेशिक कार्यालयको प्रमुख विबेक निरौलाले ३३ थान पिपिई हस्तान्तरण गर्नुभएको थियो । प्रादेशिक कार्यालयका प्रमुख विबेक निरौलाल विपत्तिको समयमा राज्यलाई सहयोग गर्नु बैंकको सामाजिक उत्तरदायित्व भएको बताउदै कोरोना संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि व्यक्तिगत सुरक्षात्मक उपकरण प्रदान गरेको बताए ।

हालसम्म सन््राइज बैंकले विभिन्न अस्पतालमा ५०० वटा भन्दा बढी पिपिई उपलब्ध गराई सकेको छ र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको छ ।

ग्राहक तथा कर्मचारीवर्गको स्वास्थ्यमा विशेष सतर्कता अपनाउँदै एन आई सी एशिया बैंक

कोरोना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्नको लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभर यातायात, उद्योग, कलकारखाना, विकास निर्माण लगायत क्षेत्रहरू बन्द रहेको अवस्थाबीच मुलुकको अर्थतन्त्रलाई चलायमान राख्न वित्तीय क्षेत्रलाई सञ्चालन गर्न आवश्यक देखिए अनुसार एन आई सी एशिया बैंकले कोभिड–१९ संक्रमण न्यूनिकरण सतर्कताका विधिहरू अपनाई आफ्ना सेवाहरूलाई निरन्तरता दिएको छ ।

विश्वमा पहिलोपटक कोभिड–१९ संक्रमणको जोखिम भेटिएदेखि नै नेपालमा हुनसक्ने जोखिमको परिकल्पना गर्दै विशेष सावधानीका साथ बैंकले ग्राहक महानुभावहरूलाई आफ्ना सेवा तथा सुविधा प्रदान गरिरहेको छ । ग्राहक महानुभावहरू तथा कर्मचारीवर्गको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर बैंकले हालसम्म ५० वटा भन्दा बढी शाखा कार्यालय, कुल ४६१ वटा एटिएम तथा विभिन्न विद्युतीय माध्यमहरूबाट ग्राहक महानुभावहरूको विभिन्न बैंकिङ्ग आवश्यकताहरू पूरा गरिरहेको छ ।

बैंकले सामाजिक सञ्जाल, एसएमएस तथा पोस्टरहरू मार्फत कोभिड–१९ संक्रमण तथा यसबाट सावधानीको उपायका बारेमा जनचेतनामूलक जानकारी दिइरहेके छ । बैंकको शाखा कार्यालयहरूमा ग्राहक महानुभावहरू पुग्नुभन्दा २ घण्टा अगावै ग्राहक महानुभावहरूको चहलपहल हुने क्षेत्र तथा कर्मचारीहरूको कार्यक्षेत्र सम्पूर्ण रुपमा कोभिड–१९ प्रतिरोधक हुने गरी Disinfectant औषधी छर्किने गरिएको छ ।

शाखा कार्यालयमा खटिएका सुरक्षा गार्डद्वारा अत्यावश्यक सेवा लिन आउनुहुने ग्राहक महानुभावहरूलाई मास्क तथा स्यानिटाइजर प्रयोग गर्न सल्लाह दिने गरिएको र स्यानिटाइजरले हात सफा गरेपश्चात मात्र ग्राहकलाई बैंकिङ्ग सुविधा लिन बैंक प्रवेश गराएको छ ।

बैंकले हालसम्म आंशिक रुपमा सेवाहरू सुचारु गरिसकेको अवस्थामा सेवा लिन आउनुभएका ग्राहक महानुभावहरूलाई Thermal Gun को सहायताले ज्वरो (शारीरिक तापक्रम) नाप्ने व्यवस्था गरिएको र तापक्रम उच्च (१०० डिग्री फरेनहाईट भन्दा माथि) भएको खण्डमा तुरुन्त चिकित्सकीय परामर्श लिन सुझाव दिने गरिएको छ ।

ग्राहक महानुभावहरूलाई सेवा लिन आउँदा सामाजिक दुरी कायम राख्न लगाउने व्यवस्था गरिएको छ । शाखामा पुग्नुभएका ग्राहक महानुभावहरूलाई सकेसम्म विद्युतीय माध्यमबाट बैंकिङ्ग कारोबार गर्न आग्रह गरिनुका साथै यसको लागि बैंकले विभिन्न विद्युतीय माध्यमबाट गरिने भुक्तानीका सेवाहरूलाई हाल निःशुल्क गरिएको छ ।

शाखा कार्यालयहरूमा कोरोना भाइरसको संक्रमणबाट सावधानी तथा सुरक्षित रहनको लागि जनचेतनामूलक सूचना राखिएको छ ।
ग्राहक महानुभावहरूको बैंकिङ्ग कार्यमा समस्या आएको खण्डमा सो को समाधानका लागि बैंकले ‘डिजिटल हेल्प डेस्क’ तथा प्रादेशिक तथा उपप्रादेशिक क्षेत्रमा ‘ग्राहक सहायता केन्द्र’ को समेत स्थापना गरेको छ ।

यसैगरी बैंकले ग्राहक महानुभावहरूले एटिएम प्रयोग गर्दा स्यानिटाइजर प्रयोग गर्न अनिवार्य व्यवस्था गरिएको छ । प्रत्येक ४८ घण्टामा एटिएममा कोभिड–१९ प्रतिरोधक हुने गरी Disinfectant औषधी छर्किने व्यवस्था गरिएको छ ।

एटिएमहरूा कोरोना भाइरसको संक्रमणबाट सावधानी तथा सुरक्षित रहनको लागि जनचेतनामूलक सूचना र एटिएमहरूमा भीडभाड गर्न नदिई ग्राहक महानुभावहरूको दुरी कायम गराएर मात्र रकम झिक्ने व्यवस्था समेत मिलाइएको छ ।

कर्मचारीवर्गहरूमा सुरक्षाको बैंकले विश्व जगतमा कोरोना संक्रमणको अवस्था देखिए देखि नै Staff Advisory जारी गरि आफ्ना कर्मचारीलाई उच्च सतर्कता अपनाउन संचार गरिरहेको छ । कार्यालयमा उपस्थित कर्मचारीहरूले मास्क, पन्जा तथा स्यानिटाइजर लगाएर ग्राहक महानुभावहरूलाई सेवा दिने व्यवस्था बैंकले गरेको छ ।

नोटको प्रयोगबाट कोरोना भाइरस जस्तो महामारी फैलिन सक्ने अवस्थालाई ध्यानमा राख्दै बैंकले ग्राहक महानुभावहरूबाट प्राप्त नगद रकमलाई समेत तुरुन्त Disinfectant गरेर जम्मा गर्ने व्यवस्था गरेको छ । सेवामा रहनुभएका कर्मचारीहरूलाई बैंकले सवारीमार्फत घरसम्मै लिन र छोड्न जाने सुविधा बैंकले प्रदान गरिरहेको छ । यस विपतको समयमा परिवारभन्दा अलग रहेका वा लकडाउनले गर्दा विभिन्न स्थानमा रोकिएर रहेका कर्मचारीहरूलाई लकडाउनको कार्यविधि उल्लंघन नहुने गरी परिवार रहेको स्थानसम्म उच्च सावधानीको साथ पु¥याउने व्यवस्था गरिएको छ । यातायातका लागि प्रयोग हुने सवारी साधनहरूमा पर्याप्त मात्रामा Disinfectant औषधी छर्किने तथा चुस्त सफाइको व्यवस्था गरिएको छ ।

कर्मचारीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै विभिन्न सुरक्षाका कार्यक्रमहरूका साथै नेपालमा पहिलो कोरोना संक्रमित भेटिए देखि नै बैंकले कर्मचारीहरूलाई परामर्श दिइरहेको छ ।  सामाजिक दुरी कायम राख्नका लागि बैंकले आपतकालीन कामका लागि बाहेक (एटिएम÷सूचना प्रविधि) कर्मचारीहरूलाई Work From Home को व्यवस्था गरिएको छ । साथै कार्यलय आउने कर्मचारीहरूलाई स्यानिटाइजर, मास्क, पन्जा जस्ता सुरक्षाका सामग्रीको प्रबन्ध गरेको छ ।

यस्तो जोखिमको अवस्थामा पनि कर्मचारी वर्गहरूले देखाउनुभएको सेवाको तत्परताले ग्राहक महानुभावहरूलाई जस्तोसुकै अप्ठ्यारोमा पनि बैंक सेवा प्रदान गर्न तयार रहेको देखाएको छ । साथै, Work From Home को व्यवस्थाले लकडाउनको अवस्थामा पनि कर्मचारीवर्गहरूले आफ्नो घरमै बसेर ग्राहक महानुभावहरूलाई निरन्तर सेवा दिइरहनुभएको छ ।

बैंकले आंशिक रुपमा शाखा कार्यालयहरू सुचारु गरिरहेको अवस्था भएपनि नेपाल सरकारले जारी गरेको बन्दाबन्दीलाई कार्यान्वयका लागि सघाउ पु¥याउनका लागि बैंकले ‘कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ ग्राहक महानुभावहरूलाई घरबाट बाहिर निस्कन नपर्ने गरि कार्ड, मोबाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग लगायतका विद्युतीय माध्यमबाट बैंकिङ्ग कारोबार गर्न प्रोत्साहन गरिरहेको छ ।

जसका लागि विद्युतीय बैंकिङ्गबाट गरिने अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क रुपमा गर्न सक्ने व्यवस्था बैंकले गरिसकेको छ । ग्राहक महानुभावहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधाका साथै कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा QR सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न पनि सक्नुहुन्छ । साथै, नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्डवाहकले एन आई सी एशिया बैंकको एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्डवाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरिसकेको छ ।

यस विषम परिस्थितिमा ग्राहकहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न समेत बैंकले अनुरोध गरकेो छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २१ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू. ३ अर्ब १५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

प्रभु पेले ल्यायो ‘मोवाइल वालेट’ सुबिधा

प्रभु पेले स्मार्टफोन नहुने विपन्न बर्गलाई लक्षित गरी मोवाइल वालेट सुविधा संचालनमा ल्याएको छ । यस अन्तरगत (१२३४ अंकमा लेखिएका र एबीसीडी लेखिएका) बारफोनबाट प्रभु पेको सुविधा प्रयोग गर्न सकिन्छ ।

उक्त सेवा युएसएसडी मार्फत मोवाइल रिचार्ज, टेलिफोन विल भुक्तानी, टेलिभिजन विल भुक्तानी तथा इन्टरनेट लगायतका विल भुक्तानी घर बसीबसी गर्न सकिन्छ । यसबाट रेमिट्यान्स भुक्तानीको सुविधा समेत प्रयोग गर्न सकिने छ । विशेषगरी स्मार्ट फोन नहुने विपन्न बर्गले अब आफ्नो सामान्य मोवाइल ‘बारफोन’ बाट यो सेवा संचालन गर्न सक्नेछन् ।

कोरोना संक्रमणको सन्त्रासका बीच देशमा जारी लकडाउनको अबस्थामा मोवाइल वालेटबाटै समपूर्ण बैंकिङ कार्यहरु भइरहेको अबस्थामा बारफोन प्रयोगकर्ताहरु सोबाट बचित भइरहेकोले यो समयमा प्रभु पेको नयाँ सुविधा महत्वपूर्ण हुन सक्छ ।

प्रदेश नं. ७ लगायत सुदुरपश्चिममा सरकारले समेत कोरोना संक्रमणको उच्च जोखिममा राखेको अबस्थामा स्मार्ट फोन पनि नहुने र हिडडुल गर्न पनि नपाउने अवस्थालाई लक्षित गरी एनसेलसँगको सहकार्यमा प्रभु पे ले यस्तो सुविधा ल्याएको हो ।

जसबाट म्यासेजहरु आदान प्रदान गर्दा शुल्क लाग्ने छैन । यो सेवा ग्रामिण क्षेत्रलाई वित्तीय पहुँच पुराउनका साथै टाढाटाढा घर भएर नगद कारोबार गर्न नसक्ने व्यक्तिका लागि अति प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

प्रयोग गर्ने तरीका

Ncell सिम भएका साधारण फोन प्रयोगकर्ताले rg सहित कम्तिमा ४ डिजिटको आफुले रोजेको नम्बर (जसलाइ mpin भनिन्छ) लेखि 31041 मा SMS  गर्नुपर्ने हुन्छ । त्यसपछि प्रयोगकर्ताको Ncellनम्बर प्रभु पेमा रजिष्र्टण्ड हुन्छ । अब प्रयोगकर्ताले *31041*mpin#  थिचेपछि बिभिन्न सुबिधाहरु मोबाइलमा देखिन्छ र हातैबाट सम्पुर्ण सुबिधा प्रयोग गर्न सक्नुहुनेछ ।

एभरेष्ट बैंकद्वारा बि।सं २०७७ को ई-क्यालेन्डर सार्वजनिक

एभरेष्ट बैंक लि। ले आफ्नो बि।सं २०७७ को ई(क्यालेन्डर सार्वजनिक गरेको छ । हालविश्व भरी फैलिएको कोविड –१९ को विशम परिस्थितीलाई ध्यानमा राखी एभरेष्ट बैंकले आफ्नो ई-क्यालेन्डर सार्वजनिक गरेको छ ।

हालको कठिन परिस्थितीमा बैंकले सबैलाई ई-क्यालेन्डर प्रयोग गरी नेपाल सरकारलाई यस कोविड –१९ को रोक्थाममा सहयोग पुर्याउनको लागि मद्दत गर्न अनुरोध गरेको छ । यस कोविड –१९ को माहामारीको रोक्थाम भए पश्चात मात्र बैंकले आफ्नो प्रिन्ट गरेको क्यालेन्डरवितरण गर्ने छ ।

यस नयाँवर्षको ई-क्यालेन्डर “मन्दिरको शहरस् हाम्रो सम्पदा, हाम्रो धरोहर, हाम्रो पहिचान” को मुख्य विषय अन्तर्गत सार्वजनिक गरीएको हो ।

वीरगञ्ज बसेका ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि

पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि पुनः जाँचका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो ।

भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो । जसमध्ये तीन जनाको प्रारम्भिक रिपोर्ट मिश्रित खालको आएको र पुनः परीक्षणका लागि टेकु पठाइएको हेटौंडा स्थित प्रयोगशालाका प्रमुख नारायण कार्कीले जानकारी दिए ।

हेटौंडाको प्रयोगशालाले त्यो जानकारी नारायणी अस्पताललाई पनि गराएको थियो । त्यसलगत्तै वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका उनीहरुलाई शुक्रबार नै नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ ।

संक्रमण पुष्टि भएकामध्ये दुई जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए । उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा आएको स्थानीयले बताएका छन् ।

सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु त्यही बेलादेखि भारत फर्केका छैनन् । मार्च ४ तारिकमा रिटर्न ट्रेन टिकेट भए पनि लकडाउनका कारण उनीहरु रोकिएका थिए ।

लकडाउन खुलेपछि घर फर्कन भनी उनीहरुले १५ अप्रिलका लागि टिकट काटेका छन् । घर फर्कनुअघि एकपटक स्वास्थ्य जाँच गराउनु उपयुक्त सम्झेर उनीहरु आफैँ नारायणी अस्पतालमा पुगेको मस्जिदका मौलाना अलि असगरले बताए ।

‘लकडाउनको समयमा उहाँहरु मस्जिदमा आउनुभएको हो । त्यही बेला प्रहरीसँग समन्वय गरेर हामीले बेग्लै राखेका थियौँ’ मौलना असगरले भने ‘छुट्टै राखिएकोले उहाँहरुसँग धेरै कुराकानी पनि भएको छैन । घर जाने बेलामा एक पटक स्वास्थ्य जाँच गराउनु उपयुक्त हुन्छ भनेर अस्पताल जानुभएको हो ।’

त्यसपछि अस्पतालमा जाँच भएको तर रिपोर्ट आइनसकेको जानकारी आफूले पाएको उनले बताए ।

अब नेपाल लाइफको बिमा शुल्क कनेक्ट-आईपीएसमार्फत भुक्तानी गर्न सकिने

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टमबाट भुक्तानी सुविधा दिँदै आएकोमा अब कनेक्ट आईपीएसमार्फत पनि अनलाईन भुक्तानी गर्न सकिने भएको छ।

कनेक्ट आइपीएसमाआवद्ध कुनै पनि बैङ्कको खातामार्फत घरमै बसीबसी आफ्नो बिमा शुल्क भुक्तानी गर्न सकिने छ । कम्पनीको शाखा-उपशाखा कार्यालयमा गई आफ्नो प्रिमियम भुक्तानी गर्दै आएका सेवाग्राहीहरुले अब सहज र सरल तरिकाबाट कनेक्ट आईपीएसमार्फत अनलाईन भुक्तानी गर्न सक्नेछन्।

जुनसुकै समयमा जहाँसुकैबाट अनलाईन भुक्तानी गर्न सकिने यो सेवाले बिमितहरुको समयको बचत हुने कम्पनीले जनाएको छ ।

नेपाल लाइफले आफ्ना सेवाग्राहीहरुलाई समय सापेक्ष प्रविधिमैत्री सेवा प्रवाह गर्दै आइरहेको छ । यसअघि नै नेपाल लाइफको प्रिमियम डिजिटलहरु इ-सेवा तथा प्रभु-पेबाट अनलाइन भुक्तानी भइरहेको छ ।

त्यस्तै, फोन-पेमार्फत आफ्नो बैङ्क खाता कनेक्ट गरी र नेपाल इन्भेष्टमेण्ट बैङ्कको इन्टरनेट बैङ्कमार्फत अनलाइन भुक्तानी भइरहेको समेत कम्पनीले जनाएको छ ।

नेपाल लाइफले अन्य डिजिटल पेमेन्ट सिस्टमबाट पनि बिमा शुल्क भुक्तानीको व्यवस्था गर्दै जाने विज्ञप्तिमा उल्लेख गरेको छ ।

बचतकर्ताको उच्च मनोबल बनाउने काम गरेका छौं

प्रद्युमन पोखरेल चिनाई राख्नुपर्ने नाम होइन । नेपालको बैकिङ्ग इतिहासमा २६ वर्ष विताउका पोखरेलले एक दर्जन बैंक र विकास बैंकमा उच्च पदमा रहि कार्य सम्पादन गरिसकेका छन् । नेपालको सबैभन्दा ठूलो विकास बैंक मुक्तिनाथ विकास बैंकका सीइओ हुन प्रद्युमन पोखरेल । विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनका प्रथम उपाध्यक्ष समेत रहेका पोखरेल सालिन स्वभाव र सोच विचार गरेर निर्णय गर्ने बैंकरहरुको सूचि भित्र पर्दछन् ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसले नेपाल त्रसित बनाएको छ । यही वैशाख ३ गतेसम्मका लागि सरकारले देशलाई नै लक डाउन गरेको छ । लक डाउनका कारण कुनै पनि व्यक्ति सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था छैन ।
यस्तो अवस्थामा पनि नेपालका विकास बैंकहरुले सेवा प्रदान गरिरहेका छन् । डिजिटल कारोबारलाई प्रोत्साहन दिएका विकास बैंकहरुले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार सुचार गर्न सिमित शाखाहरु खोलेर सेवा दिइरहेका छन् । यस्तो अवस्थामा मुक्तिनाथ विकास बैंकले खोलेर सेवा दिएको छ ।

मुक्तिनाथ विकास बैंक मात्रै खुलेका छन् कि कारोबार पनि भइरहेको छ । बैंकका कर्मचारीहरुको कस्तो सुरक्षा विधि अपनाइएको छ र नेपालका विकास बैंकहरुले कसरी सेवा दिइरहेका छन् भनेर जानकारी लिन डेभलपमेन्ट बैंकर्स एशोसियन नेपालका प्रथम उपाध्यक्ष एवं मुक्तिनाथ विकास बैंकका सीइओ प्रद्युमन पोखरेलसंग आर्थिक बजार न्यूज डटकमका सम्पादक भूपेन्द्र आचार्यले गरेको कुराकानीः–

० हामीलाई थाहा नै छ कोरोना भाईरसको आक्रमणबाट विश्व नै त्रसित छ । हजारौले ज्यान गुमाएका छन् । लाखौं बिरामी छन् । नेपाल अहिले लकडाउन छ । यो विशम परिस्थितिमा मुक्तिनाथ विकास बैंकले कस्तो सेवा दिइरहेको अवस्था छ ?
अहिले आफै उच्च सचेत भएर सेवा दिनु पर्ने बेला छ । हामी ग्राहकहरुलाई पैसा झिक्न नपाएर औषधी र खाद्यान्न किन्न नपाइने अवस्था पटक्कै आउन दिने छैनौ । जीवनलाई जोखिममा राखेर जनतालाई सेवा दिईरहेका छौं ।

हामीले शुक्रबार र आईतबार सबै शाखा खोली सेवा दिएको अवस्था छ । अरु विकास बैंकले पनि ग्रामीण र शहरी सबै ठाउँमा यो दुखको घडीमा जीवनलाई जोखिममा राखी सेवा दिएका छौं र बचतकर्ताको उच्च मनोबल बनाउने काम गरेका छौं ।

० देश लकडाउन भएको अवस्थामा खुलेका बैंकका शाखामा काम गर्ने कर्मचारीहरुको स्वास्थ्य अवस्थाबारे चाहि के सोच्नु भएके छ, सीइओ साब ?
महत्वपूर्ण प्रश्न सोध्नु भयो । कर्मचारी हाम्रा सम्पत्ती हुन् । सम्पत्तीको रक्षा गर्नु हाम्रो पहिलो दायित्व हो । हाम्रो पहिलो प्राथमिकता भनेकै कर्मचारी साथीहरुको सुरक्षा नै हो ।

त्यसकारण सेनिटाइजर, माक्स र पञ्जाको पर्याप्त व्यवस्था गरेका छौं । ज्वरो नाप्ने मेसिनको व्यवस्था गरेका छौं । ज्वरो आएका ग्राहकहरुलाई बैंक प्रवेश निषेध छ । केही टाढाबाटै कारोबार गर्ने व्यवस्था मिलाईएको छ ।
उनीहरुलाई ल्याउने लैजाने व्यवस्था गरेका छौं ।

० मुक्तिनाथ विकास बैंक नेपालकै सबैभन्दा धेरै ग्राहक शाखा सञ्जाल र नाफा कमाउने बैंक हो । यस बैंक्ले स्थानीय तहमा एटिएम कार्ड नलिएका ग्राहकलाई कसरी सेवा दिएको छ ?
स्थानीय प्रशासनको सहकार्यमा हामीले प्रायः सबै ठाउँका शाखा निश्चित सेवा दिएका छौं । अर्को कुरा के छ भने अहिलेको परिस्थितिमा शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा धेरै कारोबार भएको छ ।

० कर्मचारी जो बैंक शाखा खोली सेवा दिएका छन् । उनीहरुको लागि राहतका प्याकेज ल्याउनु भएको छ त ?
यो विशम र अप्ठ्यारो बेला सबैले आ–आफ्नो ठाउँमा सेवा दिनुपर्दछ । यसको मुल्याङ्कन हामीले गर्ने हो । केही गर्ने हो कि भन्ने छलफल मै छौं नि ।

० राज्यले ग्राहकका लागि ल्याएको सहुलियतका प्याकेजलाई कसरी लिनु भएको छ ?
सकारात्मक छन् । तर, अपूग होला जस्तो देखिन्छन् । अर्को कुरा के छ भने राष्ट्र बैंकले दिएको निर्देशन अनुसार ग्राहकहरुलाई चैत्रसम्म कर्जाको साँवा ब्याज हाल्न छुट छ । कुनै शुल्क हामी लिदैनौ । बैंक भनेको ग्राहकमुखी सेवा हो । ग्राहकलाई नगद चाहिए हामी तुरुन्तै दिन तयार छौं ।

मैले अगाडी नै भनिसके चैत्र मसान्त भरी छुट छ । हामीले फोन गरेका छैनौ । राष्ट्रिय समस्या आएको छ । कोरोना भाइरसले देश लकडाउनमा छ यो हामीले बुझेका छौं । हामी पनि यही समाजका मान्छे हौ । हामी सहयोग पक्कै गर्दछौं ।

० बैंक, विकास बैंक र वित्तिय कम्पनीहरुको रिजल्र्ट आउने बेला हो । चैत्र मसान्त यसलाई चाही अब कसरी हेर्ने त ?
अहिले नाफा नोक्सान र हिसाब किताब हेर्ने बेला होइन । यो भन्दा माथीको कुरा छ । स्वास्थ्य यसबारे सबैले सोच्नु प¥यो । जनता तपाई, हामी परिवार बच्नुप¥यो । देश बचाउनु प¥यो । अरु कुरा त पछि भईहाल्छ नि । जीवन रहे सबै रहने हो भूपेन्द्रजी ।
देशको अवस्था राम्रो भएपछि सबै राम्रो हुन्छ । ढिलो चाडो नाफा कमाउला । हिजो भूकम्प पछि पनि हामीले प्रगति गरेकै हो । त्यसकारण यो अदृश्य शक्ति कोरोना भाईरसबाट पहिला बच्ने काम गर्नुप¥यो नि ।

० यस्तो महामारीको अवस्था छ । फेरी बैंक विकास बैंक र वित्तिय संस्थाले कसरी फड्को मार्ने देख्नु भएको छ ?
भूपेन्द्रजी एउटा धुव्र सत्य के हो भने जति कालो रात आयो उति नै उज्यालो दिन हुन्छ । त्यसकारण आत्तिनु हुँदैन नयाँ गर्भनर साब आउनु भएको छ । फेरि नयाँ र उत्तम नीति आउने छ । सबै कुरा अध्ययन र अनुसन्धान गरेर सबै उपाय निश्कने निश्चित छ । डराउनु पर्ने, तर्सिनु पर्ने सकिहाल्यो भनेर चिच्याउनु पर्ने र आशु खसाई हाल्नु पर्ने छैन । अहिले संसार नै समस्यामा छ । यो बुझ्नु जरुरी छ ।

० राज्यले कोरोनाबाट लड्न स्थापना गरेको राज्यकोषमा कस्तो सहयोग छ । तपाईको बैंकको सीइओ साब ?
कुरा चलिरहेको छ । हाम्रो बैंकको बैंठक बसेको छैन । हामी एउटा निर्णयमा पुग्ने नै छौं । यो बेला सबै नेपाली एक भएर लाग्नु पर्दछ । सरकारलाई हाम्रो साथ सधै रहने नै छ ।

आउँदो आर्थिक वर्षको सामाजिक उत्तरदायित्व कोषबाट निकासा गरेर भए पनि केही राहत दिने पक्षमा हामी छौं ।
अर्को कुरा के महत्वपूर्ण छ भने पैसामा भन्दा अहिले अरु कुराको आवश्यकता बढेको छ । त्यो काम मुक्तिनाथ विकास बैंकले गरेको छ । हामीले स्थानीय तहमा राहत बाँडेका छौं । सल्यानको विकट ठाउँदेखि काठमाडौंका विभिन्न ठाउँमा ।

० अहिले यो विशम परिस्थितिमा विकास बैंकहरुले डिपोजिटका व्याजदर घटाएको अवस्था पनि छ नि कारण के होला ?
हो हामीले घटाएका छौं । निक्षेपमा कस्तीमा ५.७ बढिमा ६ बचत खातामा र मुद्दतीमा ९ प्रतिशत व्यक्तिगत तर्फ र संस्थागत तर्फ ८ प्रतिशत दिने निर्णय संघले गरेको छ । अर्को कुरा निक्षेपमा व्याजदर घटेपछि कर्जामा पनि घट्ने निश्चित छ । हाम्रो बैंकले त साना कर्जामा ब्याज यसभन्दा अगाडी नै घटाएको इतिहास छ । हामी ग्राहकमुखी बैंक हौं नि ।

० सीइओ साब, तपाई डाटा बेबमा कुरा गर्ने बैंकर मानिनुहुन्छ मलाई भनिदिनुहोस् । कोरोनाले देश फर्किएका लाखौं नेपालीले अब के गर्ने हो त ?
अत्यन्तै सान्दर्भिक र मार्मिक प्रश्न सोध्नु भयो । यसमा धेरै कुरा छन् । राज्यले तीन खम्बे नीति ल्याएर अब कृषिका उत्पादनलाई अगाडी ल्याउनु जरुरी छ । जुन जनशक्ति नेपाल आएका छन् । उसलाई कृषि उत्पादनमा लगाउनु पर्दछ । तपाईलाई थाहा छ । नेपालमा महिनामा साढे २ अर्बको चामल, १ अर्बको तरकारी, १ अर्ब बराबरकै फलफूल विदेशबाट आउने गरेको छ ।

यो सत्यलाई बुझि अबका दिनमा फाइनान्स, बैंक, विकास बैंक र गाउँगाउँका सहकारी संस्थाबाट कर्जा लिएर कृयिा उत्पादन बढाउन राज्य लाग्नु प¥यो । हामी राज्यलाई साथ दिन तयार छौं । यो जनशक्तिलाई अब विदेश पठाउनु हुँदैन । देशको काँचुली फेर्न तर्फ लगाउनु उचित होला । यसलाई राजनीतिक दल र तीनका नेताको इच्छा शक्ति हुनु पर्दछ । हामी त माध्याम मात्रै हौ । इमान्दारिता हुनुप¥यो । अर्को पक्ष कोरोनाको फाइदा पनि छ । त्यो हो परिवारसंग आएको जनशक्ति हाम्रो सम्पत्ती हो । यसलाई आफ्नै देशमा रोजगार दिनु प¥यो नि ।

० लकडाउनले नेपालमा कति फाइदा कति बेफाइदा पु¥यायो त सीइओ साब ?
फाइदा यस कारणले भयो कि समयमै राज्यले लकडाउन ग¥यो । रोग फैलन पाएन । रोगथामका काम भए । आज चीन पनि लकडाउनबाट बच्न सक्यो । अर्को कुरा ताईवान र सिंगापुरमा यसपाली पूर्व तयारीले क्षती कम भयो ।

उनीहरु बचेका छन् । उनीहरुले रोगसंग लड्ने सबैचीज पहिलानै व्यवस्था गरे । जसले उनीहरु खुसी छन् । स्वास्थ्य छन् । अस्पताल पुग्न परेको छैन । रोग आउने डरले सीमामा तत्कालै बन्द गरे । देश राईट समयमा लकडाउन नगरेको भए हामीले पनि ठूलोक्षती व्यहोर्नु पर्ने थियो नि । अहिले धेरैको टेस्ट भएको छ । आत्ति हाल्नु पर्ने देखिदैन नि । राम्रो पक्ष भनेको के छ भने हामी बिन्दास परिवारसंगै छौं । स्वास्थ्य छौं । घर भित्रै छौं । स्वास्थ्य के हो भन्ने बुझेका छौं ।

० कोरोना भाईरसको पाठ सिक्दै अब चाही के तयारी गर्नु पर्ला ?
हेर्नुहोस सबै कुरा भोगेका हामी नेपालीले लकडाउन भोगिरहेका छौं । यसबाट धेरैकुरा सिक्नु पर्दछ । एउटा उदाहरण म भन्दछु, जापान र जर्मनी दोस्रो विश्वयुद्ध पछि नाजुक अवस्थामा पुगेको थियो तर, २ दर्शक भित्र कति प्रगति भयो । यसबाट हामीले पनि सिक्नु प¥यो नि । रोगसंग लड्ने उपकरण, रोगथामका उपायको खोजी अब राज्यले गर्नु पर्ला । साना ठूला अस्पताल बनाउदै डाक्टर नर्स उत्पादन गर्नुपर्ला । यसका लागि हामी तयार छौं । बैंकहरुले कर्जा लगानी गर्दै र राज्यलाई साथ दिनपछि पदैनौ ।

० राष्ट्र बैंकले नयाँ गर्भनर पाएको छ । कस्तो आशा राख्नु भएको छ त ?
हामीले चाहेका राम्रा मान्छे गर्भनर पाएका छौं । उहाँ ३० वर्ष राष्ट्र बैंक भित्रै बसेर बैंकिङ्ग र वित्तिय प्रणालीलाई बुझेको मान्छे हुनुहुन्छ । अर्को कुरा नीति निर्माण गर्ने ठाउँ नेपाल लगानी बोर्डमा समेत काम गरि सकेको मान्छेबाट बैकिङ्ग क्षेत्रले ठूलो आशा गरेको छ ।
गर्भनर साब दक्ष, योग्य र क्षमतावान मान्छे हो । गर्भनरमा हुनुपर्ने गुण उहाँमा छ । यो विशम परिस्थितिमा आउनु भएको छ । हामी सहयोग गर्न तयार छौं । बैकिङ्ग प्रणाली खुशी छ । हामी आशावादी पक्कै पनि छौं ।

० अन्त्यमा लाखौं ग्राहक, प्रोमोटर, शेयरधनी र नेपाली जनतालाई केही भन्नु छ ?
यो अप्ठ्यारो समय हो । यो चाडो अन्त्य हुने विश्वास हामी सबैले गर्ने पर्दछ । सकारात्मक सोचौं । घरबाटै काम गरौ विश्व स्वास्थ्य संगठन र सरकारले दिएका निर्देशन पूर्ण रुपमा पालना गरौं । आफू बचौं, परिवार र जनता र देश बचाऔं । केही सिकौं । योग गरौं । किताब पढौ । नयाँ नयाँ सृजना गरौं देश र जनता आफू र परिवारलाई बचाउने जिम्मा तपाई हामी कै काँघमा आएकाले सचेत र सहज बनौ ।

दर्जनौ बैंक र वित्तिय संस्थाले यसरी गरे गर्भनर महाप्रसाद अधिकारीको चाकरी

सुन्दा पनि अचम्म लाग्ने हेर्दा त लाज लाग्ने काम केही वाणिज्य बैंक तीनका प्रमुख कार्यकारी अधिकृतले गरेका छन् भन्दा पत्याउन गाह्रो होला तर, यो सत्य हो ।

नेपाल राष्ट्र बैंकले गर्भनर पायो हामी सबै खुशी छौं । यसमा दुई मत छैन । तर, २७ वाणिज्य बैंकका थरी÷थरीका सीइओहरुको वधाई दिने तरिका चाहि अचम्मकै देखियो ।

विश्व अहिले कोरोना भाईरसबाट रोहिरहेको छ । लाखौं मानिस मरिसके, लाखौं लाख मानिस रोगसंग युद्ध जस्तै गरि लडिरहेका छन् । नेपालमा पनि यो अदृश्य शक्तिका केही लक्षण (संकेत) देखापरेको छ ।

यो विशम र अत्यन्तै अप्ठ्यारो अवस्थामा हाम्रँ पढे लेखेका र आफूलाई समाजमा प्रतिष्ठित भनौदा नेपाली बैंकरहरुको चरित्र हेर्दा रुन मन लाग्छ ।
नयाँ गर्भनरलाई बधाई दिन केही बैंकर मध्यराती १०÷११ बजे लकडाउन उल्लघन गर्दै घर पुगे । केहीले समय पनि मागेको समाचार आएको छ । केहिले गर्भनरलाई पठाएको बधाईको रिप्लाई नभएको गुनासो पनि गरेका छन् ।

यो विषम परिस्थितिमा केही वाणिज्य बैंक, नेपाल एसबीआई बैंक र सरकारी स्वामित्व भनिने कृषि विकास बैंकले त गर्भनरको फोटो र शुभकामना विभिन्न अनलाईन पोष्टमा विज्ञापन नै गराएको देखिन्छ । चाकरीको पनि हद हुन्छ ।

विश्व रोएको छ । हामी रोगसंग लड्न भगवानसंग प्रार्थना गरिरहेका छौं । तर, यो मौका छोपी शुभकामना दिने र चाकरी बजाउनेहरुको कमी छैन यो देशमा भन्दा अब चाही फरक पर्दैन ।

यस्ता नचाहिने बधाईका विज्ञापनको पैसा राज्य कोषमा दिनु पर्ने बेलामा चाकरीमा खर्च गर्नु कत्तिको उचित होला । माननीय अर्थमन्त्री डा. युवराज खतिवडा ज्यू ।

नयाँ गर्भनरले देशको विषम परिस्थितिमा राष्ट्र बैंक समालेका छन् । उनी आफैमा राम्रो बैकिङ्ग बुझेका मान्छे भित्र पर्दछन् । तर, यो दुखद र विशम अवस्थामा यति धेरै चाकडी गर्नुको पछाडी चाही के छ ? त्यो अब हामीले खोजी गर्ने निर्णय गरेका छौं ।
हामीले केही दिन अगाडी एउटा गर्भनरका बधाईको समाचार प्रकाशन गरेपछि नयाँ गर्भनर महाप्रसाद अधिकारीज्यूले एउटा टुईट गर्दै भनेका छन् । लकडाउन छ । फोनबाटै बधाई दिनु होला ।

गर्भनरका बधाई विज्ञापन नगर्नु होला । राज्यले गरेको लकडाउन पालना गरौं भनेर तर, नियमक निकायको प्रमुखले भने विपरित बधाई दिनेहरुलाई चाही कस्तो कारवाही हुने हो त्यो हेर्न बाँकी नै छ । सचेत भया ।

लकडाउन छिट्टै अन्त्य हुँदैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली र सात प्रदेशका मुख्यमन्त्रीबीच आज कोरोना भाइरस रोकथाम र नियन्त्रणबारे भिडियो कन्फरेन्सका माध्यमबाट भई लकडाउनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।

सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्री ओलीले छलफल सञ्चालन गर्दै यसबीचमा रोकथामका लागि भएका प्रयासहरू सकारात्मक नै रहेको र यसलाई अझ समन्वयात्मक ढङ्गले अघि बढ्न जरूरी रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ हुने, भावुक कुरा गरेर लापरबाही स्वीकार्य नहुने र सङ्क्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको स्पष्ट गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “भारतमा सङ्क्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन । यसमा नरम बनेर लापरबाही नगर्न म आग्रह गर्दछु ।”

उहाँले सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको स्पष्ट पार्दै सरकार स्वयंले अधिकारका साथ काम गरेको हुनाले १५ दिन घरमा बस्दै बीचबीचमा एकपटक निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगर्न आग्रह गर्नुभयो । उहाँले स्वयंसेवकहरू स्वयंसेवी भावनाले कार्य गर्ने र त्यसवापत कुनै लाभ नखोज्ने हुनुपर्ने बताउनुभयो ।
लकडाउनमा प्रशासनिक लापरबाही हुन नहुनेमा जोड दिँदै उहाँले मेला लाग्ने तथा मान्छे जम्मा हुने आदि क्रियाकलाप गर्न रोक्न प्रशासन र प्रहरी सजग हुनैपर्ने निर्देशन दिनुभयो । उहाँले जनतालाई दुःख दिन होइन, जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन सबैलाई सचेतनताको लागि आह्वान गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सामाजिक दूरी कायम गर्नुको अर्काे विकल्प नै नरहेको स्पष्ट गर्दै सरकार प्रभावकारी र सफल रूपमा यस काममा केन्द्रित रहेको हुँदा अनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्वहरूबाट प्रभावित नहुन पनि आम नेपाली दिदीबहिनी तथा दाजुभाईलाई अनुरोध गर्नुभयो । उहाँले कोरोना सङ्क्रमणको नियन्त्रण र यसको अन्त्य गरिसक्दासम्म मुलुकको स्वास्थ्य उपचारको क्षेत्रले गुणात्मक फड्को मार्ने, प्रयोगशाला, उपकरण र स्वास्थ्य सामग्री तथा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष प्रगति हासिल भइसक्ने पनि बताउनुभयो ।

करिब ४ घण्टाभन्दा चलेको छलफलमा सातै प्रदेशका मुख्यमन्त्रीले आआफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका पहल र स्थितिबारे जानकारी गराउनुभएको थियो ।