जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • ग्राहक तथा कर्मचारीवर्गको स्वास्थ्यमा विशेष सतर्कता अपनाउँदै एन आई सी एशिया बैंक

ग्राहक तथा कर्मचारीवर्गको स्वास्थ्यमा विशेष सतर्कता अपनाउँदै एन आई सी एशिया बैंक

कोरोना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्नको लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभर यातायात, उद्योग, कलकारखाना, विकास निर्माण लगायत क्षेत्रहरू बन्द रहेको अवस्थाबीच मुलुकको अर्थतन्त्रलाई चलायमान राख्न वित्तीय क्षेत्रलाई सञ्चालन गर्न आवश्यक देखिए अनुसार एन आई सी एशिया बैंकले कोभिड–१९ संक्रमण न्यूनिकरण सतर्कताका विधिहरू अपनाई आफ्ना सेवाहरूलाई निरन्तरता दिएको छ ।

विश्वमा पहिलोपटक कोभिड–१९ संक्रमणको जोखिम भेटिएदेखि नै नेपालमा हुनसक्ने जोखिमको परिकल्पना गर्दै विशेष सावधानीका साथ बैंकले ग्राहक महानुभावहरूलाई आफ्ना सेवा तथा सुविधा प्रदान गरिरहेको छ । ग्राहक महानुभावहरू तथा कर्मचारीवर्गको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर बैंकले हालसम्म ५० वटा भन्दा बढी शाखा कार्यालय, कुल ४६१ वटा एटिएम तथा विभिन्न विद्युतीय माध्यमहरूबाट ग्राहक महानुभावहरूको विभिन्न बैंकिङ्ग आवश्यकताहरू पूरा गरिरहेको छ ।

बैंकले सामाजिक सञ्जाल, एसएमएस तथा पोस्टरहरू मार्फत कोभिड–१९ संक्रमण तथा यसबाट सावधानीको उपायका बारेमा जनचेतनामूलक जानकारी दिइरहेके छ । बैंकको शाखा कार्यालयहरूमा ग्राहक महानुभावहरू पुग्नुभन्दा २ घण्टा अगावै ग्राहक महानुभावहरूको चहलपहल हुने क्षेत्र तथा कर्मचारीहरूको कार्यक्षेत्र सम्पूर्ण रुपमा कोभिड–१९ प्रतिरोधक हुने गरी Disinfectant औषधी छर्किने गरिएको छ ।

शाखा कार्यालयमा खटिएका सुरक्षा गार्डद्वारा अत्यावश्यक सेवा लिन आउनुहुने ग्राहक महानुभावहरूलाई मास्क तथा स्यानिटाइजर प्रयोग गर्न सल्लाह दिने गरिएको र स्यानिटाइजरले हात सफा गरेपश्चात मात्र ग्राहकलाई बैंकिङ्ग सुविधा लिन बैंक प्रवेश गराएको छ ।

बैंकले हालसम्म आंशिक रुपमा सेवाहरू सुचारु गरिसकेको अवस्थामा सेवा लिन आउनुभएका ग्राहक महानुभावहरूलाई Thermal Gun को सहायताले ज्वरो (शारीरिक तापक्रम) नाप्ने व्यवस्था गरिएको र तापक्रम उच्च (१०० डिग्री फरेनहाईट भन्दा माथि) भएको खण्डमा तुरुन्त चिकित्सकीय परामर्श लिन सुझाव दिने गरिएको छ ।

ग्राहक महानुभावहरूलाई सेवा लिन आउँदा सामाजिक दुरी कायम राख्न लगाउने व्यवस्था गरिएको छ । शाखामा पुग्नुभएका ग्राहक महानुभावहरूलाई सकेसम्म विद्युतीय माध्यमबाट बैंकिङ्ग कारोबार गर्न आग्रह गरिनुका साथै यसको लागि बैंकले विभिन्न विद्युतीय माध्यमबाट गरिने भुक्तानीका सेवाहरूलाई हाल निःशुल्क गरिएको छ ।

शाखा कार्यालयहरूमा कोरोना भाइरसको संक्रमणबाट सावधानी तथा सुरक्षित रहनको लागि जनचेतनामूलक सूचना राखिएको छ ।
ग्राहक महानुभावहरूको बैंकिङ्ग कार्यमा समस्या आएको खण्डमा सो को समाधानका लागि बैंकले ‘डिजिटल हेल्प डेस्क’ तथा प्रादेशिक तथा उपप्रादेशिक क्षेत्रमा ‘ग्राहक सहायता केन्द्र’ को समेत स्थापना गरेको छ ।

यसैगरी बैंकले ग्राहक महानुभावहरूले एटिएम प्रयोग गर्दा स्यानिटाइजर प्रयोग गर्न अनिवार्य व्यवस्था गरिएको छ । प्रत्येक ४८ घण्टामा एटिएममा कोभिड–१९ प्रतिरोधक हुने गरी Disinfectant औषधी छर्किने व्यवस्था गरिएको छ ।

एटिएमहरूा कोरोना भाइरसको संक्रमणबाट सावधानी तथा सुरक्षित रहनको लागि जनचेतनामूलक सूचना र एटिएमहरूमा भीडभाड गर्न नदिई ग्राहक महानुभावहरूको दुरी कायम गराएर मात्र रकम झिक्ने व्यवस्था समेत मिलाइएको छ ।

कर्मचारीवर्गहरूमा सुरक्षाको बैंकले विश्व जगतमा कोरोना संक्रमणको अवस्था देखिए देखि नै Staff Advisory जारी गरि आफ्ना कर्मचारीलाई उच्च सतर्कता अपनाउन संचार गरिरहेको छ । कार्यालयमा उपस्थित कर्मचारीहरूले मास्क, पन्जा तथा स्यानिटाइजर लगाएर ग्राहक महानुभावहरूलाई सेवा दिने व्यवस्था बैंकले गरेको छ ।

नोटको प्रयोगबाट कोरोना भाइरस जस्तो महामारी फैलिन सक्ने अवस्थालाई ध्यानमा राख्दै बैंकले ग्राहक महानुभावहरूबाट प्राप्त नगद रकमलाई समेत तुरुन्त Disinfectant गरेर जम्मा गर्ने व्यवस्था गरेको छ । सेवामा रहनुभएका कर्मचारीहरूलाई बैंकले सवारीमार्फत घरसम्मै लिन र छोड्न जाने सुविधा बैंकले प्रदान गरिरहेको छ । यस विपतको समयमा परिवारभन्दा अलग रहेका वा लकडाउनले गर्दा विभिन्न स्थानमा रोकिएर रहेका कर्मचारीहरूलाई लकडाउनको कार्यविधि उल्लंघन नहुने गरी परिवार रहेको स्थानसम्म उच्च सावधानीको साथ पु¥याउने व्यवस्था गरिएको छ । यातायातका लागि प्रयोग हुने सवारी साधनहरूमा पर्याप्त मात्रामा Disinfectant औषधी छर्किने तथा चुस्त सफाइको व्यवस्था गरिएको छ ।

कर्मचारीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै विभिन्न सुरक्षाका कार्यक्रमहरूका साथै नेपालमा पहिलो कोरोना संक्रमित भेटिए देखि नै बैंकले कर्मचारीहरूलाई परामर्श दिइरहेको छ ।  सामाजिक दुरी कायम राख्नका लागि बैंकले आपतकालीन कामका लागि बाहेक (एटिएम÷सूचना प्रविधि) कर्मचारीहरूलाई Work From Home को व्यवस्था गरिएको छ । साथै कार्यलय आउने कर्मचारीहरूलाई स्यानिटाइजर, मास्क, पन्जा जस्ता सुरक्षाका सामग्रीको प्रबन्ध गरेको छ ।

यस्तो जोखिमको अवस्थामा पनि कर्मचारी वर्गहरूले देखाउनुभएको सेवाको तत्परताले ग्राहक महानुभावहरूलाई जस्तोसुकै अप्ठ्यारोमा पनि बैंक सेवा प्रदान गर्न तयार रहेको देखाएको छ । साथै, Work From Home को व्यवस्थाले लकडाउनको अवस्थामा पनि कर्मचारीवर्गहरूले आफ्नो घरमै बसेर ग्राहक महानुभावहरूलाई निरन्तर सेवा दिइरहनुभएको छ ।

बैंकले आंशिक रुपमा शाखा कार्यालयहरू सुचारु गरिरहेको अवस्था भएपनि नेपाल सरकारले जारी गरेको बन्दाबन्दीलाई कार्यान्वयका लागि सघाउ पु¥याउनका लागि बैंकले ‘कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ ग्राहक महानुभावहरूलाई घरबाट बाहिर निस्कन नपर्ने गरि कार्ड, मोबाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग लगायतका विद्युतीय माध्यमबाट बैंकिङ्ग कारोबार गर्न प्रोत्साहन गरिरहेको छ ।

जसका लागि विद्युतीय बैंकिङ्गबाट गरिने अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क रुपमा गर्न सक्ने व्यवस्था बैंकले गरिसकेको छ । ग्राहक महानुभावहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधाका साथै कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा QR सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न पनि सक्नुहुन्छ । साथै, नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्डवाहकले एन आई सी एशिया बैंकको एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्डवाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरिसकेको छ ।

यस विषम परिस्थितिमा ग्राहकहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न समेत बैंकले अनुरोध गरकेो छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २१ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू. ३ अर्ब १५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

9645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका