जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

साढे १२ लाख संक्रमित, ६९ हजारको मृत्यु

कोरोना भाइरस (कोभिड १९) का कारण सोमबार विहानसम्म १२ लाख ७२ हजार मानिस संक्रमित भएका छन् । कोभिड १९ का कारण ६९ हजर तीन सय ५० जनाको मृत्यु भएको छ भने दुई लाख ६० हजार मानिस निको भएर घर फर्किएका छन् ।

इटलीमा दुई हप्तापछि कोभिड १९ का कारण मृत्यु हुनेको संख्यामा कमी आएको छ । आइतबार इटलीमा ५ सय २५ जनाको मृत्यु भएको छ । १९ मार्चयता इटलीमा २४ घण्टाको अन्तरालमा मृत्यु हुने यो सबैभन्दा कम संख्या हो । इटलीमा कोभिड १९ संक्रमणका कारण अहिलेसम्म १५ हजार ८ सय ८७ जनाको मृत्यु भइसकेको छ ।

स्पेनमा गएको २४ घण्टामा ६ सय ७४ जनाको मृत्यु भएको छ । यो स्पेनमा एक हप्तायता २४ घण्टा अवधिमा मृत्यु हुने सबैभन्दा कम संख्या हो । स्पेनमा यो महामारीका कारण अहिलेसम्म १२ हजार ६ सय ४१ जनाको मृत्यु भएको छ  र अहिलेसम्म १ लाख ३१ हजार भन्दा बढीमा यो रोगको संक्रमण देखिएको छ ।

अमेरिकामा कोभिड १९ को संक्रमण लगातार बढ्ने क्रममा छ । अमेरिकामा संसारमै सबैभन्दा बढी ३ लाख ३५ हजार मानिसमा यो भाइरसको संक्रमण देखिएको छ । यहाँ मृत्यु हुनेको संख्या ९ हजार ५ सय ६२ पुगेको छ । अमेरिकाको न्युयोर्क सिटी कोभिड १९ का कारण सबैभन्दा बढी प्रभावित भएको छ । न्युयोर्कमा मात्र २ हजार २ सय ५६ जनाको मृत्यु भएको छ ।

अमेरिकापछि सबैभन्दा बढी प्रभावित देश फ्रान्स बनेको छ । जहाँ ८ हजार मानिसको मृत्यु भइसकेको छ । बितेको २४ घण्टामा यहाँ मृत्यु हुनेको संख्या ३ सय ५७ पुगेको छ, शनिबार भने यहाँ ४ सय ४१ जनाको मृत्यु भएको थियो । फ्रान्समा अहिलेसम्म ९० हजार भन्दा धेरैमा कोभिड १९ संक्रमण देखिएको छ ।

बेलायतमा बितेको २४ घण्टामा ६ सय २१ जनाको मृत्यु भएको छ । यहाँ मृत्यु हुनेको संख्या ४ हजार ९ सय ३४ पुगेको छ । संक्रमितको संख्या ४८ हजार भन्दा बढी पुगेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन पनि अस्पताल भर्ना भए भएका छन् ।

भारतमा अहिलेसम्म ३ हजार ५ सय ७७ जनामा कोभिड १९ को संक्रमण देखिएको छ भने ८३ जनाको मृत्यु भएको छ । आइतबार मात्र ५ सय ५ जना नयाँ संक्रमित भेटिएका छन् । भारतको २ सय ७४ जिल्लामा कोभिड १९ को संक्रमण भेटिएको छ ।

चैतको किस्ता अन्तिममा गएर तिर्न मिल्ने बनाउनुपर्छ

देश लकडाउनमा गएको १३ दिन बितिसकेको छ । कोभिड-१९ को संक्रमण फैलन नदिन लकडाउन गरिएका बेला पनि बैंकका कर्मचारीहरु भने काममा खटिरहेका छन् ।

यस्तो बन्दाबन्दीका बेला बैंकहरुले दिएको सुविधा नागरिकहरुले कत्तिको उपयोग गरेका छन् ? कोरोनाकै कारण भोलि थप समस्या सिर्जना भए बैंकहरुको अवस्था के होला ? अनि सरकारले चैतको किस्ता असारमा तिर्ने गरी ऋणीहरुलाई दिएको सुविधाबारे बैंकहरुको धारणा के छ ? यिनै प्रश्नमाथि केन्द्रित रहेर ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)पर्शुराम कुँवरसँग गरिएको कुराकानीको सम्पादित अंश :

लकडाउनमा बैंकहरुले कसरी सेवा दिइरहेका छन् ?

सबै क्षेत्रमा असर परेपछि बैंकिङ क्षेत्रमा असर त पर्ने नै भयो । हाम्रै बैंकको कुरा गर्ने हो भने, शुरुका दिनहरुमा ८० देखि ९० वटासम्म शाखा कार्यालयहरु खोलेर सेवा दिएका थियौं । अहिले ४५ देखि ५० वटामात्रै देशभरमा शाखा खोल्ने गरेका छौं । शाखा खोल्नका लागि हामीले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्ने गरेका छौं ।

स्थानीय तहहरुले कहिले शाखा खोलनुस् भन्छन्, कहिले आजचाहिँ खोल्दै नखोलनुस भन्छन् । हाम्रो कोशिसचाहिँ हरेक स्थानीय तहमा शाखा खोल्ने भन्ने हो । कुनै कुनै ठाउँ लु लु खोलिदिनु परो भन्छन् । कहिलेकाहीँ आज नखोल्न परो भनेर बसेका बेला ग्राहकहरुबाट मेरो यस्तो काम परो भनेर फोन आउँछ ।

त्यस्तो बेलामा हामीले स्थानीय तह र सीडीओ कार्यालयसँग सल्लाह गरेर शाखा खोलेर सेवा दिने गरेका छौं । एटीएमहरु भने हाम्रो २४ सैँ घण्टा खुला रहनेछन् । पैसा सकिएका बेला ग्राहकलाई सूचना गरेर बढीमा २ घण्टा बन्द हुन सक्ला, नभए सधंै खुला नै रहनेछन् ।

पैसा निकाल्न नपाएका कारण औषधि नै किन्न नपाउने, खाद्यान्न नै किन्न नपाउने अवस्था नआओस् भन्ने हाम्रो चाहाना हो । केही अप्ठेरो परेको अवस्थामा सम्पर्क गर्न सबैले सक्नुहुनेछ ।

सबै बैंकको अवस्था अहिले यही हो । हामीले सकेसम्म बैंकमा नआउनुस् नै भनेका छौं । हाम्रा कर्मचारीहरु र सर्वसाधारण हाम्रा ग्राहकहरुका लागि पनि सुरक्षाका लागि डिजिटल कारोबार गर्न भनेका छौं । सकेसम्म मोवाइल बैंकिङको प्रयोग गर्नुस् भनेका छौं ।

अहिलेको अवस्थामा नगदमा कारोबार नै नगरेको राम्रो हो । यदि नगद नै चाहियो भने एटीएम मेसिन प्रयोग गर्नुस् भनेका छौं । त्यो पनि भएन भनेचाहिँ बैंकमा आउनुस् ।

हामीले सबै शाखा कार्यालयहरु खोलेर सेवा दिन पाएका छैनौं । साधारण कारोबारको तुलनामा अहिले १५/२० प्रतिशतमात्रै कारोबार भएको छ । सर्वसाधारण जनता बैंकसम्म आउन पाउनुभएको छैन । मानिस नै नआएपछि कारोबार हुने कुरा भएन । अहिले कतिपय हाम्रो शाखा कार्याल्यहरुमा ४/५ वटामा मात्रै ट्रान्जेक्सन हुन्छ ।

यदि हाम्रो बैंक बन्द छ भने खबर गर्नुस् भनेका छौं । सम्पर्क मोवाइल नम्बरहरु वेभसाइटहरुमा राखेका छौं । सम्पर्क गर्नुभयो भने कसरी हुन्छ, हामी ग्राहकहरुको सेवामा खटिनेछौं ।

पैसा निकाल्न नपाएका कारण औषधि नै किन्न नपाउने, खाद्यान्न नै किन्न नपाउने अवस्था नआओस् भन्ने हाम्रो चाहाना हो । केही अप्ठेरो परेको अवस्थामा सम्पर्क गर्न सबैले सक्नुहुनेछ ।

ऋणीहरुले चैतमा तिर्नुपर्ने साँवा ब्याज असारमा तिरे हुने भएको छ । चैतमा नै तिरे १० प्रतिशत ब्याज छुट पाउने राष्ट्र बैंकले बताएको छ, यसलाई कसरी लिनहुन्छ ?

चैतमा नै यो समस्या टुंगिन्छ र वैशापछि समस्या समाधान भइहाल्छ भन्ने हिसाबले चैतको किस्तालाई मात्रै असारसम्म सारिएको छ । यो चैतबाट लम्बियो, वैशाख भन्दा पनि पछि धकेलियो भने समस्या पर्छ ।

राष्ट्र बैंकले पनि गर्न सक्ने धेरै ठाउँ छैन । आफूले जति गर्न सक्ने हो, त्यो राष्ट्र बैंकले गरेको हो । यो शुरुवाती अवस्थामा तत्कालै गर्नुपर्ने कुरा गरेको हो । अहिलेको अवस्था लम्बियो भने, राष्ट्र बैंकले थप केही प्याकेज ल्याउला । कामु गभर्नर सा’पको अन्तरवार्तामा मैले पनि सुनेको छु । भोलि असहज अवस्थामा परेको खण्डमा राष्ट्र बैंकले सहज बनाउने केही नीति लिन्छ ।

यसको सट्टामा बरु चैतको किस्ता अन्तिममा गएर तिर्न मिल्ने बनाउनुपर्छ भन्ने लाग्छ । जस्तो- अन्तिम किस्ता ०७७ सालको चैत मसान्तमा तिर्नुपर्ने छ भने त्यसलाई एक महिनापछि धकेलेर वैशाखमा तिर्न सकिने बनाउँदा सहज हुन्छ होला भन्ने लाग्छ ।

राष्ट्र बैंकले दोस्रो चरणमा ल्याउने प्याकेजचाहिँ कस्तो हुनुपर्छ ?

मलाईचाहिँ कस्तो लाग्छ भने चैत महिनाको किस्ता असारमा तिर्नु भनियो, अब असारमा त असारकै किस्ता पनि त तिर्नुपर्‍यो नि । असारमा अब दुई महिनाको किस्ता तिर्नुपर्ने हुन्छ । दुई महिनाको किस्ता एकैपटक तिर्नु पर्दा त समस्या पर्ला नि ।

यसको सट्टामा बरु चैतको किस्ता अन्तिममा गएर तिर्न मिल्ने बनाउनुपर्छ भन्ने लाग्छ । जस्तो- अन्तिम किस्ता ०७७ सालको चैत मसान्तमा तिर्नुपर्ने छ भने त्यसलाई एक महिनापछि धकेलेर वैशाखमा तिर्न सकिने बनाउँदा सहज हुन्छ होला भन्ने लाग्छ ।

यसो भयो भने दोहोरो प्रेसर पर्दैन । एक महिना थप गरिदियो भने धेरै सहज हुन्छ । यसमा हामीले विचार गर्नुपर्छ भन्ने लाग्छ । विश्वका धेरै देशहरुले यसै गरेका छन् । मलेसियाले पनि क्लियररुपमै एक महिना थपेको छ । राष्ट्रबैंकबाट नयाँ प्याकेज आएको अवस्थामा यो समेटिन्छ भन्ने मलाई लाग्छ ।

शाखा खोलेर सुविधा दिइरहदा बैंकमा खटिने कर्मचारीहरुले आफूलाई कत्तिको सुरक्षित महशुस गरेका छन् त ?

हामीले काममा खटिइरहेका कर्मचारीहरुलाई बैंकले उपलब्ध गराएकै गाडीहरु प्रयोग गर्न भनेका छौं । बैंकका गाडीहरुमा स्यानिटाइज गरेका छौं । हाम्रा सवारी चालकहरुले पनि गाडी चढ्नु भन्दा अगाडि स्टाफहरुलाई पञ्जा दिने, माक्स दिने र हातमा स्यानिटाइजर लगाउन भन्ने गरेका छन् । स्वास्थ्य सुरक्षाका लागि यी सावधानीहरु नअपनाएसम्म चालकले गाडी चलाउँदैनन् ।

बैंकका कर्मचारीहरुलाई यो छुट्टी होइन, यो वर्क  फ्रम होम हो भनेर बुझाएका छौं ।

बैंकमा पुगिसकेपछि पनि आवश्यक सुरक्षा सतर्कता अपानाउनुपर्ने हुन्छ । काम गर्दा दूरी कायम गरेर बस्न भनेका छौं । सबै स्टाफहरु दूरी कायम गरेर काम गर्नुहुन्छ । ग्राहकहरुलाई पनि हामीले यी सावधानीहरु अपनाउन भनेका छौं ।

कतिपय कामहरु घरमा बसेर गर्न नसकिने किसिमका पनि हुन्छ । त्यसका लागि अफिसमै जानु पर्छ । नगद दिने काम छ भने त्यो त अफिसमै जानुपर्छ । घरबाट सम्भव छैन ।

ग्राहकहरुलाई घरबाटै ब्रेकिङ कारोबार गर्न भनेका छौं । हाम्रै कर्मचारीहरुलाई पनि घरबाटै हुने काम घरबाटै गर्न भनेका छौं । जस्तो-ऋण नवीकरण घरमै बसेर गर्न सक्छौं । यसका लागि हामीले सिस्टम बनाइसकेका छौं । धेरै कामहरु घरबाटै गर्न सक्छौं । ती काम अहिले हाम्रा स्टाफहरुले घरबाटै गर्नुहुन्छ ।

ग्राहकहरुलाई पनि हामीले टेलिफोनबाट सम्पर्क गर्नुस भनेका छौं । सकेसम्म घरमै बसेर काम गर्नुपर्छ ।

बैंकका कर्मचारीहरुलाई यो छुट्टी होइन, यो वर्क फ्रम होम हो भनेर बुझाएका छौं । हाम्रा विभागीय प्रमुख, शाखा प्रवन्धकहरुलाई पनि यो होलिडे होइन, यो वर्क फ्रम होम हो आफ्ना कर्मचारीहरुलाई घरमै बसेर काम गर्न भन्नुस् भनेका छौं ।

तर, कतिपय कामहरु घरमा बसेर गर्न नसकिने किसिमका पनि हुन्छ । त्यसका लागि अफिसमै जानु पर्छ । नगद दिने काम छ भने त्यो त अफिसमै जानुपर्छ । घरबाट सम्भव छैन ।

यो संकटले बैंकिङ क्षेत्रलाई कहाँसम्म असर गर्ने देखिन्छ ? भोलि बैंकहरु ठूलै समस्यामा पर्ने पो हुन् कि ?

सबै क्षेत्रमा यसको असर परेको छ । बैंकिङ क्षेत्रमा पनि यसको असर हुन्छ नै । कसरी हुन्छ समस्यामा पर्नबाट जोगाउनुपर्छ । सरकारको पनि धेरै ठूलो क्षमता छैन । विभिन्न दातृ निकायहरुले सपोर्ट पनि गरिरहेका छन् । आपत पर्दा गर्लान् नै । एडीबी, वर्ल्ड  बैंक, आइएमएफ लगायतले सहयोग गर्लान् ।

भर्खर वर्ल्ड बैंकले २९ मिलियन डलर, एडीबीले ६० मिलियन डलर र आएएमएफले ७८.५ मिलियन एबीआरओ त्यो भनेको १०८ मिलियन डलर सहयोग गर्ने भनेका छन् । यो नेपाली रुपैयाँ करिब-करिब २ सय अर्ब रुपैयाँ सपोर्ट गर्ने भनेको हो । कोरोनाकसँग लड्नका लागि यो रकम हो ।

वर्ल्ड बैंकले आगामी १५ महिनासम्ममा १.९ बिलियन डलर विभिन्न देशहरुलाई सहयोग गर्ने भनेको छ । यसमा विभिन्न २५ वटा देशहरु परेका छन्, हाम्रो देश भने परेको छैन । यस अघि २९ मिलियन डलर दिएको कारण पनि हाम्रो देश समावेश नभएको होला । वर्ल्ड  बैंकबाट अन्य सहयोगहरु पनि आइरहेको हुन्छ ।

सहयोगहरु आउलान् । यूएन, वर्ल्ड बेंकहरुले विकासोन्मुख देशहरुलाई सहयोग गर भनेर आहृवान गरिरहेका छन् । हामी समस्यामा गयौं भने सबै क्षेत्रलाई असर गर्छ नै । सबै मिलेर लड्नुपर्छ, असर सबै क्षेत्रलाई पर्छ । आफ्नो क्षमताअनुसार आफू पनि जोगिने हो, अरुलाई पनि जोगाउने हो ।

कतिसम्म ड्यामेज होला भनेर अहिले आँकलन गर्न सकिने अवस्था छैन । चीनमा यो समस्या समाधान भइसक्यो ८१ हजार केसमा १७०० केस बाँकी छ । त्यसमा पनि गम्भीर भनेको ३ देखि ४ सयको हाराहारीमा छन् भन्ने बुझिएको छ । भारत, पाकिस्तानमै यसको संख्या बढिरहेको छ ।

रेमिट्यान्स हाम्रै ग्राहकको छ भने सम्बन्धित ग्राहककै खातामा रकम जम्मा हुन्छ । स्वतः यो जम्मा हुन्छ, केही गर्नुपर्दैन । दोस्रो, अर्को बैंकको खातामा जम्मा हुने, त्यो पनि अटोमेटिक जम्मा भइरहेको छ ।

नेपाल भुटान जस्ता देशहरुमा पनि संक्रमण फैलिरहेको अवस्था छ । ८ लाख जनसंख्या भएको देशमा ५ जनामा भेटिएको छ । हाम्रोमा फाट्टफुट्ट निस्किरहेका छन् । सामाजिक दूरी कायम गरेर यसलाई फैलन नदिन सतर्क रहनुपर्छ । सरकारले जुन कुरा गरिरहेको छ, जनताले पनि साथ दिएका छन् । यो एकदमै राम्रो कुरा हो ।

सिरिसय हुनुभन्दा पहिले नै राम्रो कदम चालिएको छ । यो एकदमै राम्रो कुरा हो । कामना गरौं, ठूलो समस्या आउँदैन । बैंकिङ क्षेत्रमा पनि त्यति ठूलो असर गर्दैन ।

रेमिट्यान्स निकाल्न पाइएन भनेर गुनासो आइरहेको छ, बैंकहरुले यो सुविधामा कत्तिको ध्यान दिएका छन् ?

होइन, त्यो सही होइन । पहिलो कुरा त ७५ प्रतिशतले रेमिट्यान्स घटेको छ । पहिला पहिला जति रकम आउँथ्यो, अहिले त्यसको २५ प्रतिशतमात्रै आएको छ ।

रेमिट्यान्समा तीन किसिमको मोडल छ । जस्तो- मेरो बैंकको कुरा गर्नुहुन्छ भने, आएको रेमिट्यान्स हाम्रै ग्राहकको छ भने सम्बन्धित ग्राहककै खातामा रकम जम्मा हुन्छ । स्वतः यो जम्मा हुन्छ, केही गर्नुपर्दैन । दोस्रो, अर्को बैंकको खातामा जम्मा हुने, त्यो पनि अटोमेटिक जम्मा भइरहेको छ ।

तेस्रो चाहिँ खाता छैन, नगद नै निकाल्नुपर्ने अवस्था छ । यसमा सबैलाई सुविधा हामीले दिएका छौं । बैंकको काउन्टरसम्म पुग्नुपर्‍यो, यो सुविधा पाइन्छ । हामीले नगद जम्मा गर्ने र खाताबाट निकाल्ने काम मात्रै नगर्नू भनेका छौं ।

रेमिट्यान्स पनि काउन्टरबाटै पेमेन्ट भइरहेको छ । कुनै ग्राहकले केही समस्या परे सिधै सम्पर्क गर्नु भए हुन्छ । सबै बैंकहरुले वेवसाइटहरुमा सम्बन्धित मान्छेहरुको सम्पर्क नम्बर राखेका छन् । त्यहाँ सिधा सम्पर्क गरेर ग्राहकहरुले आफ्नो समस्या समाधान गर्न पाउनुहुनेछ । बैंकिङ सुविधामा कुनै कमी हुँदैन । (अनलाइन खबर डटकमबाट लिइएको)

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणालाई मातृशोक

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणालाई मातृशोक परेको छ।

१० बर्षदेखि क्यान्सर रोगबाट पीडित बिजया राज्यलक्ष्मी राणाको आज साढे १२ बजे नर्भिक हस्पिटलमा निधन भएको हो।

नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयन शम्शेर राणाकी पत्नी विजयाको आजै साँझ पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरिएको छ।

कामना सेवाद्वारा विभिन्न ठाउँमा राहत वितरण

नोबेल कोरोना भाइरस (कोभिड–१९) महामारीको रुपमा विश्वभर फैलिएको र नेपाल पनि उक्त भाइरसको उच्च जोखिममा रहेको अवस्थामा सोको रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सिङ्गो देश लकडाउन गरिएको र त्यसबाट सृजित परिस्थितिको कारण दैनिक खानपानमा समस्या भएका मानव सेवा आश्रम बुटलमा आश्रित १३० जना सडक बालबालिका तथा असहाय व्यक्तिहरुलाई कामना सेवा विकास बैंक लिमिटेडले राहत स्वरुप चामल, दाल, चिउरा, तेल लयागतका विभिन्न खाद्य सामग्रीहरु प्रदान गरेको छ ।

बैंकका सञ्चालक भिम प्रसाद तुलाचन तथा बुटवल क्लष्टर प्रमुख खिमलाल भुसालले संयुक्त रुपमा उक्त राहत सामग्री सेवा आश्रमका संयोजक सरु अधिकारी र सह संयोजक टीकामाया थापालाई हस्तान्तरण गर्नु भएको थिया । संयोजक अधिकारीले विपतको बेलामा बैंकले गरेको सहयोग प्रति धन्यवाद दिनु हुंदै अन्य संघ संस्थाहरुले समेत सहयोगका हात अगाडि बढाउने आशा गरेको बताउनु भयो ।

यसै गरी लकडाउनको कारण दैनिक ज्याला मजदुरी गर्ने परिवार तथा न्यून आय भएका व्यक्तिहरुलाई समेत जीविकोपार्जनको लागि निकै गाह्रो भएकोले उनिहरुलाई राहत प्रदान गर्नको लागि बुटवल उप–महानगरपालिका वडा नंं. ७ का अध्यक्ष कमल थापा मार्फत खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको थियो ।

यसै गरी सुर्खेत जिल्ला वीरन्द्रनगर नगरपालिका वडा नंंं. ७ लाई रु ६४ हजार बराबरका चामल, दाल, नुन, तेल लगायतका खाद्य साम्रगी हस्तान्तरण गरेको छ । बैंकले वितरण गरेको खाद्यान्न सामग्रीबाट थोरै भएपनि पीडित तथा विपन्न वर्गलाई राहत मिल्ने विश्वास बैंकले लिएको छ ।


यसै गरी बैंकले आजै कपिलवस्तु जिल्ला विजयनगर गाउँपालिका वडा नंं. १ गुगौली स्थित आगो लागिबाट पीडित २५ घर परिवारलाई राहत स्वरुप लत्ताकपडा वितरण गरेको छ । यही चैत २१ गते भिषण आगो लागिबाट २५ घर जली नगद, लत्ता कपडा, भाँडाकु सहित सम्पूर्ण सामानहरु नष्ट भएका थिए । बैंकका बुटवल क्लष्टर प्रमुख खिमलाल भुसालले उक्त राहत सामग्री वितरण गर्नु भएको थियो ।

साथै, बैंकले भण्डारखाल तथा पशुपति क्षेत्र आसपासमा रहेका बाँदर तथा कुकुरहरुलाई स्याउ, केरा, चोकोपाई, बिस्कुट लगायतका फलफुल तथा खाद्य वस्तुहरु खुवाउने प्रवित्र कार्य गरेको छ । जयबागेश्वरी युवा क्लबको संयोजन र सहकार्यमा बैंकका नायव महाप्रन्धक हरी प्रसाद लम्साल लगायत अन्य कर्मचारीहरुको उपस्थितिमा फलफुल तथा खाद्य सामाग्रीहरु वितरण गरिएको थियो । बैंकले लगातार ५ दिनसम्म यस ठाउँमा रहेका बाँदर तथा कुकुरहरुलाई खाना खुवाउने निर्णय गरेकोछ । लकडाउनको यस विषम परिस्थितिमा मानिसहरुमा आश्रित यि जनावरहरु खानाको अभावमा छट्पटाइ रहेका थिए । यस पवित्र कार्यको लागि बैंकका सम्पूर्ण कर्मचारीहरुले १ दिन बराबरको तलब योगदान गरेका थिए ।

मुक्तिनाथ विकास बैंकद्धारा लकडाउनमा राहत वितरण

नेपाल सरकारले लागु गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई मुक्तिनाथ विकास बैंकले लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत जनकपुरधाममा एक कार्यक्रमका बीच राहत सामाग्री वितरण गरेको छ ।

सो अन्तर्गत विपन्न परिवारका १ सय ५० जनालाई चामल, दाल, आलु, प्याज, तेल, सोयाबडी, साबुन लगायतका सामाग्री वितरण गरिएको छ । जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शिव शंकर साह, वर्तमान अध्यक्ष ललित साह, वरिष्ठ उपाध्यक्ष जितेन्द्र प्रसाद साह, उपाध्यक्ष सुरेन्द्र कुमार भण्डारीको रोहबरमा सो कार्यक्रम गरिएको बैंकका क्षेत्रीय प्रमुख प्रभाष झाले जानकारी दिएका छन ।

यस विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग, आस्वा सेवा, डिम्याट खाता लगायतका सेवाहरु पनि प्रदान गर्दै आएको छ ।

कोरोना विरुद्ध २२ बाणिज्य बैंकको साढे २५ करोड

२२ वटा बाणिज्य बैंकहरुले कोरोना उपचार कोषमा २५ करोड ४० लाख रुपैयाँ सहयोग गरेका छन् । नेपाल बैंकर्स संघका अनुसार बाणिज्य बैंकहरुले संघीय सरकार र प्रदेश सरकारहरुले स्थापना गरेका कोरोना रोकथाम सम्बन्धी कोषहरुमा सहयोग गरेका हुन् ।

आईतवारसम्म सबैभन्दा धेरै रकम सहयोग गर्नेमा प्राईम कमर्सियल बैंक रहेको छ । यस बैंकले कोरोना कोषमा १ करोड ७५ लाख रुपैयाँ सहयोग गरेको हो । त्यस्तै दोस्रोमा सानीमा बैंकले १ करोड ६८ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । तेस्रोमा कृषि विकास बैंकको १ करोड ६० लाख रुपैयाँ सहयोग गरेको हो ।

अन्य पाँच बैंकहरुले भने हालसम्म रकम सहयोग गरेका छैनन् । सहयोग नगर्ने बैंकहरुमा एनआईशी एशिया बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, नबिल बैंक, सनराइज बैंक रहेका छन् ।
कुन बैंकले कति सहयोग गरे?

चिनको वुहान शहरबाट शुरु भएको कोरोना भाईरस (कोभिड–१९) हाल विश्वमा नै फैलिरहेको छ । यो रोगको विश्वभरिमा संक्रमित १० लाख ५७ हजार रहेका छन् भने निको भएर घर फर्किएका २ लाख ४६ हजार १७४ छन । कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ हजार २०६ रहेको छ ।

नेपालमा पनि यो रोगको संक्रमण दर उच्च रहेको छ । उपत्यका बाहिर सात ठाउँमा कोरोना उपचार केन्द्रबाट परिक्षण भईरहेको छ

स्वास्थ्य सामग्री खरिद प्रक्रिया पारदर्शी बनाउँछौं : नेपाली सेना

नेपाली सेनाले स्वास्थ्य सामग्री खरिदको जिम्मा संगठनलाई दिने निर्णयबारे भइरहेको टिप्पणीप्रति सचेत रहेको प्रक्रिया दिएको छ । साथै यो खरिद प्रक्रियालाई पारदर्शी बनाउने दाबी गरेको छ ।

सरकारले हालै मात्र कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा उपचारका लागि चाहिने स्वास्थ्य सामाग्रीहरु खरिदको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । तर यसको चौतर्फी आलोचना भइरहेको छ ।

आइतबार दिउँसो पत्रकारहरुसँग भिडियो कन्फरेन्स गर्दै सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले विपदमा सरकारले प्रयोग गर्न सक्ने संवैधानिक व्यवस्था बमोजिम सेनाले स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी पाएको बताए ।

‘मन्त्रिपरिषदको निर्णय हेर्नु भयो भने स्वास्थ्य मन्त्रायलसँग समन्वय गरी रक्षा मन्त्रायलले नेपाली सेनामार्फत जीटुजी प्रक्रियाबाट खरिद गर्ने भनिएको छ’, सहायक रथी पाण्डेले भने, ‘त्यसैले हामीले विभिन्न निकायसँग समन्वय गरेर यथाशिघ्र स्वास्थ्य सामग्री खरिद गर्ने प्रक्रिया थालिसकेका छौं ।’

उनका अनुसार सेनासहित विभिन्न निकाय रहेको ‘कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर’ले खरिद गर्न आवश्यक सामग्रीको सूची तयार पार्ने काम गरिरहेको छ । प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्यालको नेतृत्वमा रहेको सेन्टरमा विभिन्न मन्त्रालयसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको पनि प्रतिनिधित्व छ । त्यसैले यो सेनाले मात्र नभइ, सबै निकायले पाएको जिम्मेवारी भएको उनले सुनाए ।

‘जिम्मेवारीबाट पछि हट्दैनौं’

सैनिक प्रवक्ता पाण्डेले कोभिड–१९ को स्थानीय संक्रमण देखिएको सन्दर्भमा सेना आफूलाई प्राप्त जिम्मेवारीबाट पछि नहट्ने समेत बताएका छन् । ‘सरकारले हाम्रो संयन्त्रलाई विश्वास गरेर यो जिम्मेवारी दिएको छ । हामी पूरा गर्न तयार छौं’ पाण्डेले अघि भनेका छन् ।

साथै जिम्मेवारी पूरा गर्ने क्रममा आउन सक्ने आक्षेप र चुनौतिलाई बुझेको उनले बताए । पाण्डेले भने, ‘सेनाले नागरिकको जीवन रक्षाका लागि आवश्यक उपकरण गुणस्तरीय र प्रतिष्पर्धी मूल्यमा यथाशिघ्र हासिल गर्नुपर्ने छ ।’ उनले खरिद प्रक्रियामा कुनै द्विधा र शंका नरहोस् भनेर परीक्षणका लागि छुट्टै संयन्त्र तयार गरेको बताए ।

उनकाअनुसार स्वास्थ्य सामग्री खरिदका लागि विभिन्न छिमेकी राष्ट्रसँग प्रस्ताव गरिनेछ । यद्यपि यो प्रक्रिया अहिले सुरु भइससकेको छैन । ‘अहिलेको अवस्थामा सम्बन्धित कम्पनी वा मुलुकमा गएर सामग्री हेर्न सम्भव छैन’, उनले थपे, ‘त्यसैले सम्बन्धित मुलुक र दूतावासलाई गुणस्तरको विषयमा जवाफदेही बनाउने गरी सर्त राख्नेछौं

लक्ष्मी बैंकले दियो सरकारी कोषलाई एक करोड

लक्ष्मी बैंकले कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले स्थापना गरेको कोषहरुमा आर्थिक सहयोग गरेको छ। बैंकले कुल एक करोड रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको हो।

बैंकले एक करोड रुपैयाँमध्ये ३० लाख रुपैयाँ संघीय सरकारी कोषमा दिने निर्णय गरेको छ। बाँकी सात वटा प्रदेशलाई १० लाख रुपैयाँका दरले दिने निर्णय गरेको छ।

सहयोगबाट कोरोना संक्रमणको नियन्त्रण तथा संक्रमितको उपचारमा सहयोग पुग्नुका साथै महामारीबाट नियमित आर्थिक गतिविधि सञ्चालन नभएका कारण प्रत्यक्ष रूपमा प्रभावित व्यक्ति तथा परिवारलाई राहत मिल्ने बैंकले जनाएको छ।

नियमित बैंकिङ सेवाका अतिरिक्त बैंकको सामाजिक उत्तरदायित्वलाई समेत उत्तिकै महत्व दिने बैंकले जनाएको छ।

विश्वभर संक्रमित हुनेको संख्या १२ लाख नाघ्यो, ६४ हजारभन्दा बढीको मृत्यु

विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १२ लाख भन्दा माथि पुगेको छ । जसमा ६४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने कूल संक्रमितमध्ये २ लाख ४६ हजार भन्दा बढि उपचारपछि घर फर्केका छन् । यसरी कोरोना भाइरसले विश्वभर त्रास फैलाइरहेको छ ।

संक्रमित मध्ये ७९ प्रतिशत घर फर्किदा, २१ प्रतिशतको मृत्यु
कोरोना संक्रमित मध्ये ७९ प्रतिशत घर फर्किदा २१ प्रतिशतको मृत्यु भएको तथ्याङ्ले देखाएको छ ।


चीनको उहान शहरबाट शुरु भएको कोभिड–१९ ९कोरोना भाइरस० सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या बढ्दो क्रममा छ ।

विशम परिस्थितिमा नाफा नोक्सानको कुरा नगरौ जनता बचाउने र आफू बच्ने कुरा गरौं

अनुपमा खुञ्जेली नेपाली बैंकिङ्ग इतिहासमा चिनाई राख्नुपर्ने नाम होइन । नेपालकै इतिहासमा वाणिज्य बैंकहरुमा पहिलो महिला सीइओ भित्र खुञ्जेलीको नाम आउने गर्दछ ।
नेपालको चुक्ता पुँजी, ग्राहक सख्या र धेरै प्रोमोटर रहेको निजी क्षेत्रको ठूलो मेगा बैंक नेपाल लिमिटेडको सीइओ हुन् अनुपमा खुञ्जेली ।
नेपाका केही बैंकहरुले मात्रै पाउने गरेको ‘द बैंक अफ द एयर’ अवार्ड केही समय अगाडी यस बैंकले पाएको छ । २७ वाणिज्य बैंक मध्ये धेरै महिला कर्मचारी रहेको त्यसमा पनि सीइओ र डिपुटी सीइओ महिला नै रहेको बैंक मेगा बैंक नेपाल लिमिटेड नै हो भन्दा फरक नपर्ला ।

विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाइरसले नेपाल पनि अछुतो छैन । चैत्र २५ गतेसम्मका लागि सरकारले देशलाई नै लकडाउन गरेको छ । लक डाउनका कारण कुनै पनि व्यक्ति सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था नै छैन ।

यस्तो अवस्थामा पनि नेपालको निजी क्षेत्रको ठूलो मेगा बैंक नेपाल लिमिटेडले सेवा प्रदान गरिरहेको छ । डिजिटल कारोबारलाई प्रोत्साहन दिएका बैंकहरुले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार सुचार गर्न सिमित शाखाहरु संचालन गरि सेवा दिइरहेको अवस्थ छ । यस्तो अवस्थामा बैंक खोलेर सेवा दिन के कस्ता कठिनाईहरु भोग्नु परेको छ ?

शाखा खुलेको मात्रै छ कि कारोबार पनि भएको छ । बैंकको कर्मचरीको अवस्था कस्तो छ । कोरोना भाईरसका कारण बैंकिङ प्रणालीमा कस्तो असर पर्ने देखिन्छ र आगामी चैत्र महिनामा आउने बैंकहरुको नाफामा कस्तो असर पर्नेछ र राज्य कोषमा बैंकहरुले दिएको राहतबारे नेपालकै वाणिज्य बैंकको इतिहासमा प्रथम महिला सीइओ एवं मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीसंग सम्पादक भूपेन्द्र आचार्यले गरेको कुराकानीः   

० नेपालको ठूलो चुक्ता पुजी र ग्राहक भएको मेगा बैंक नेपाल लिमिटेडले यो विशम परिस्थितिमा कसरी सेवा दिइरहेको छ ?
हामीले सबै शाखा प्रमुखहरुको फोन नम्बर सार्वजनिक रुपमै ग्राहकहरुलाई उपलब्ध गराएका छौं । किनभने मोबाईल बैकिङ्ग र एटिएमबाट कारोबार नभए सम्पर्क गर्नको लागि । अर्को कुरा केही शाखा खोलेर हामीले कारोबार गरेको अवस्था छ । हामीले तत्कालै चाहिने अत्यावश्यक सामाग्री खरिदको एलसी कारोबार, चेक क्लियरिङ्ग र रेमिटेन्सका कारोबार गरिरहेको अवस्था छ । यति मात्रै होइन हामी ग्राहकमुखी बैंक भएकोले ग्राहकहरुको डिपोजिट फोनबाटै लिने र कर्जा पनि चाहिए दिने अवस्थामा छौ नि ।

० यति धेरै शाखा सञ्जाल सञ्चालनमा छन् । बैंकका गार्ड, कर्मचारीहरुको सुरक्षाबारे चाहि के सोच्नु भएको छ ?
महत्वपूर्ण प्रश्न सोध्नु भयो । बैंकका कर्मचारी हाम्रा सम्पत्ती हुन् । उनीहरुको सुरक्षाका सबै उपाय हामीले अबलम्बन गरेका छौं । कर्मचारी र गार्डहरुको सुरक्षा चिन्दा बढेको पक्कै छ । तापनि यो बेला हामी बैंकरले सेवा दिनु पर्दछ भन्ने हाम्रो उद्देश्य हो ।

त्यसकारण गार्ड, स्टाफहरुलाई तीन तीन दिनको ब्रेक गरेर काममा लगाएका छौं । अहिले प्रविधिको माध्यामबाटै डिजिटल बैकिङ्गमा काम धेरै भएको छ। हामीले डिजिटल हस्ताक्षर तयार गरी घरबाटै काम गर्ने वातावरण तयार गरेका छौं । यो नौलो अभ्यास पनि हो । कर्जाका ग्राहकहरुलाई र डिपोजिटका ग्राहकहरुलाई फोनबाटै कुरा गरेर समस्या समाधान गरेका छौं ।

कर्मचारी साथीहरुलाई सेनिटाईटर, माक्स दिएका छौं । एक पटक एउटा मात्रै ग्राहकलाई भित्र पठाउन गार्डहरुलाई भनेका छौं । भीड भाड छैन खासै कारोबार नै भएको छैन । घर भित्रै बस्ने बेला हो अहिलेको चिन्ता अर्थतन्त्रको होइन । जीवन बचाउने हो ।

० एटिएमबारे गुनासो बढेको छ, पैसा नहुने साँझपख नै बन्द हुने देखिन्छ नि ?
यस्तो पटक्कै छैन । हामीले एटिएम २÷२ घण्टामा केन्द्रीय कार्यालयबाटै मनिटरिङ्ग गरेको अवस्था छ । पाँच लाख भन्दा कम रकम हुन साथ पैसा राख्ने व्यवस्था मेगा बैंकले गरेको छ । एटिएमहरुमा सेनिटाईजिङ्ग गरेका छौं ।
एउटा बैंकको एटिएमबाट अर्को बैंकको एटिएममा पैसा निकाल्दा कुनै शुल्क लाग्दैन । यो सुविधा हामीले पनि दिएका छौं । बन्द हुँदैन २४ सै घण्टा खुल्ला छ । ढुक्क भए हुन्छ नि । गार्ड राखेका छौं । समस्या भए गार्डले खबर गर्ने व्यवस्था छ ।

० यस्तो कोरोना भाईरसको महामारीको बेला बैंक गएर काम गर्ने कर्मचारी साथीहरुका लागि के कस्ता सहुलियतका प्योकज ल्याउनु भएको छ सीईओ साब ?
समय अनुसारकै कुरा उठाउनु भएको छ । हामी हाम्रा कर्मचारी साथीहरुको लागि केही गर्ने पक्षमा छौं । बोर्डको बैठक बस्न सक्ने अवस्था नभएपनि डिजिडल बैठक गरि केही दिनमा निर्णय पक्कै दिने छौं ।

० राज्यले कोरोना भाईरस बिरुद्ध स्थापना गरेको कोषमा मेगा बैंक नेपाल लिमिटेडले कस्तो सहयोग गरेको छ ?
तपाईले भने जस्तो यो बेला हामी बैंकहरुको उत्तरदायित्व बढेको पक्कै छ । हामीले राष्ट्रिय कोषमा १ करोड दिएका छौं भने ७ वटै प्रदेशमा ५÷५ लाख गरि ३५ लाख दिएका छौं । हाम्रा कर्मचारीहरुले पनि दिने हो । बोर्डका सदस्यज्यूहरुले पनि दिने कुरा पनि छ ।
यो बेला हामीले नगरे कसले गर्ने संसार आज रोहिरहेको छ । नेपाल त्रसित छ । हामी यही समाजका मान्छे । समाजलाई केही पर्दा हेरी बस्ने कुरा हुँदैन । हामीले सामाजिक उत्तरदायित्व कोषबाट खर्च गरेर यो बेला जनता र देश बचाउन केही गर्नु पर्दछ भनेर नै लागि परेको अवस्था छ नि । यो बेला स्वास्थ्यको कुरा महत्वपूर्ण हो । बैंक त फेरि मेहनत गरेर गरौला नि ।

० अहिले बैंकहरुको चैत्र महिनाको वित्तिय विवरण आउँदै छ । यो महामारीले यसमा कस्तो असर पर्ला ?
भूपेन्द्र जी यो विशम र अप्ठ्यारो अवस्थामा नाफा र नोक्सानको कुरा हुँदैन । यो बेला जनता बचाउनु । आफू बच्नु मुख्य कुरा हो । बैंकहरुलाई असर पक्कै पर्ने देखिन्छ । तर, नाफा भन्दा मानव जीवन ठूलो कुरा हो नाफा पछि बनाउन सकिन्छ । यो बेला कर्जा गएको छैन । डिपोजिट पनि छैन । हामीले एलसी र केही बैंक ग्यारेन्टीका अत्यावश्यक भित्र पर्ने काम मात्रै गरेका छौं । नाफा घाटाको हिसाब पछि गरौंला अहिले बच्नु र बचाउनु नै मुख्य सवाल हो नि ।

ग्राहक बचे न बैंक बच्ने हो । त्यसकारण ग्राहकको स्वास्थ्य ठुलो कुरा हो । १० प्रतिशत छुटदिने कुरा छ । शुल्क नलिने कुरा छ । केही असहज पक्कै होला तर, समय अनुसार हामी चल्नु पर्दछ । अर्को कुरा बैंक बनाउन सकिन्छ । तर, साथ जनताकै चाहिन्छ नि ।

० कोरोनाको महामारीको पूर्व तयारी विश्व शक्तिशाली राष्ट्रले गरेको देखिदैन । हामीले त के यो गर्न सक्दछौं र अब यसबाट पाठ सिक्दै जाने हो कि ?
सहि प्रश्न गर्नु भयो भूपेन्द्रजी हामी नेपालीले जीवनमा लकडाउन देखेका थिएनौ । अरु कुरा भोग्दै आए पनि यो लकडाउनले सबै कुरा ठप्प छन् । यो कति लम्बिने हो त्यसमा भर पर्दछ ।

हामीले मात्रै होइन बिश्वका शत्तिशाली र सम्पन्न राष्ट्रहरुले समेत पूर्व तयारी गरेका थिएनन् । हामीले त केपो गर्न सक्दछौं । अब यसको पाठ सिक्दै मान्छेको स्वास्थ्य सबै भन्दा ठूलो कुरा रहेछ नि । त्यसकारण यस्ता रोगसंग उपचार गर्ने पूर्वाधारको तयारी गर्नु पर्दछ । यसका लागि राज्य हामी बैंकसंगै अगाडी बढ्नु पर्ने देखिन्छ । कोरोना भईरस बिरुद्ध सबै एक भएर मुक्ति पाउनु पर्ने देखिन्छ । त्यसकारण घरबाटै सूचना प्रविधिको माध्यामबाटै डिजिटल बैंकिङ्गमा जोड दिनुपर्दछ । यसबाट तपाई सुरक्षित हनुहुन्छ । एटिएम एउटा माध्यम मात्रै हो । सबै भन्दा सुरक्षित भनेको घर भित्रैबाट काम गर्नु हो ।

० राज्यले बैंक ग्राहकहरुका लागि ल्याएको राहतका प्याकेज प्रयाप्त छन् त ?
यो समयले देखाउने हो । लकडाउन लम्बियो भने फेरि केही गर्नु पर्ने अवस्था पक्कै छ । यतिले मात्रै पुग्दैन । यसमा राज्य सचेत र सजक पक्कै होला । हामी राज्यलाई यो विशम र विपतको बेला साथ दिने हो । हामी राज्यसंगै छौं । हातमा हात मिलाएर कोरोना भाईरस बिरुद्ध लड्न बैंक र बैंकरहरु तयार छन् ।

० विश्वव्यापी रुपमा फैलिएको हजारौंको ज्यान लिएको र लाखौं कोरोना बिरुद्ध लडिरहेको बेला विश्व अर्थतन्त्रमा ठूलो क्षती पुगेको समाचार आएका छन् । यसले नेपालको बैंकिङ्ग क्षेत्रमा चाही कस्तो असर गर्ला ?
बैंकिङ्ग प्रणाली देशको अर्थन्त्रको मेरुदण्ड हो । त्यसकारण विश्व बजारको असर त पक्कै हामीमा पर्ने प्रस्टै छ । बैंकिङ्ग प्रणाली मात्रै होइन देशको अर्थतन्त्रलाई नै ठूलो क्षती पुग्ने देखिन्छ । अहिले हाम्रा धेरै व्यवसाय बन्द छन् । पर्यटन ठप्प छ । रेमिटेन्स ठप्प छ । प्रोजेक्ट चलेको छैन, यसले सिधै बैकिङ्ग प्राणालीमा असर पर्ने प्रस्टै छ नि ।

यसले संसारलाई छोएको छ । हामी पनि अब अछुतो पक्कै भएनौ । एडिवीले ५.३% ले अर्थतन्त्र झरेको बताएको छ । समालिएर काम गरेपछि अर्थतन्त्र पक्कै बन्ला बैंकको सूचक फेरि बन्लान । जीवन रहे बैंक रहने हो । त्यसकारण अहिले अर्थतन्त्रका कुरा भन्दा पनि मानवीय क्षतीका कुरा गरिनु पर्दछ ।

० अन्त्यमा लाखौ ग्राहक र करोडौं नेपाली जनतालाई चाहि के भन्नु हुन्छ त ?
विश्वव्यापी फैलिएको कोरोना भईरसको महामारीबाट बच्ने समय हो । परिवार र आफ्नो जीवनको स्वास्थ्यबारे सोच्ने समय हो । त्यसकारण राज्यले दिएको सबै कुरा पालना गरौं ।

आज कोरोना भाईरसका कारण विश्वका शक्तिशाली राष्ट्र रोहिरहेको अवस्था छ । हजारौं मरेका छन् । लाखौं कोरोना भाईरस बिरुद्ध लडिरहेका छन् । त्यसकारण सरकारले गरेको लकडाउन पूर्ण पालना गरौं घरबाटै अफिसको काम गरौं घरबाट वाहिर नजाउ । स्वास्थ रहौं । सुखी रहौं । भन्न चाहान्छु ।
अहिलेको पहिलो आवश्यकता भनेको नै जीवनर्लाइ बचाउने र अरुको जीवन प्रति चनाखो हुने नै हो ।

सनराइज बैंकद्वारा कर्णाली प्रदेशमा PPE हस्तान्तरण

कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिएको र नेपालमा पनि केहि मानिसमा देखिएको परिप्रेक्षमा त्यसको जोखिम बढेको हुदाँ यहाँ विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले निभाएको भुमिका सराहनीय रहेको छ ।

कोरोना भाइरस (कोभिड–१९) जोखिमको न्यूनिकरणको लागि सातै प्रदेशमा सुरक्षाका विभिन्न सामाग्रीहरु वितरण गर्ने बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली प्रदेशको रुकुम जिल्लाको मुसिकोट नगरपालिकामा सहयोग सामग्री वितरण गरिएको छ ।

सो सहयोग सामग्री आज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संघिय सांसद जनार्धन शर्मा प्रभाकरलाई हस्तान्तरण गरेका छन् । उक्त सहयोग सामाग्रीमा १० थान PPE, १००० थान Mask, Sanitizer, Pulse Oximeter र Gloves रहेका छन् ।

हालसम्म सनराइज बैंकले विभिन्न अस्पतालमा ३३० वटा भन्दा बढी PPE उपलब्ध गराई सकेको छ र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको छ ।

अमेरिकामा ५०० नेपालीमा कोरोनाको सङ्क्रमण   

मधुकर अधिकारी वासिङ्टन डिसी,  अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ तर यसको स्वतन्त्ररूपमा पुष्टि हुन सकेको छैन । अमेरिकामा रहेका नेपाली कति सङ्क्रमित भएका छन् भन्नेबारे आधिकारिकरूपमा बताउन कसैले पनि सकेका छैनन् ।

अमेरिकामा रहेको नेपाली दूतावासले नेपालीलाई कुनै समस्या परेको खण्डमा सम्पर्क गर्न भन्दै विभिन्न टेलिफोन नम्बर दिएको छ भने दूतावासको वेबसाइटमा एउटा फर्मसमेत राखिएको छ । रासससँगको कुराकानीका क्रममा अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुन कार्कीले अमेरिकामा पर्यटन वा अन्य प्रयोजनका लागि भ्रमणमा आएका नेपालीलाई विषम परिस्थितिमा उत्पन्न समस्या र भिसालगायतको विषयमा सम्बोधनका लागि अमेरिकी सरकारसमक्ष आवश्यक प्रक्रियाका लागि कूटनीतिक पत्राचार गरेको बताउनुभएको छ । अमेरिका भ्रमणमा रहेका कतिपय नेपालीको भिसाको म्याद सकिएको र उनीहरुमा ‘ओभरस्टे’ हुने हो कि भन्ने आशङ्का रहेको छ ।

अमेरिकाको राज्यसभाको विधायकमा निर्वाचित ह्यारी भण्डारीले नेपालीभाषी अमेरिकीको सहयोगका लागि आफ्नो कार्यालयले विभिन्न कार्यक्रम गरेको बताउनुभयो । भण्डारीले आफ्नो विभिन्न माध्यम तथा स्थानीय नेपाली समुदायसँगको परामर्शका आधारमा दैनिकरूपमा नेपालीभाषीहरु कोरोनाबाट सङ्क्रमित भएको रिपोर्ट आएको बताउनुहुन्छ । भण्डारीको कार्यालयले नेपालीभाषीका लागि बेरोजगार घोषणा गर्ने फर्म तथा व्यवसायमा आधारित कर्जा तथा कतिपय व्यक्तिको सङ्क्रमण परीक्षणका लागि सहयोग गरेको बताउनुहुन्छ । सङ्घीय जनप्रतिनिधिसँग समेत सहकार्य गरेर नागरिकका विभिन्न समस्याको सहजीकरणका लागि काम गरिरहेको उहाँले बताउनुभयो । भण्डारीले मेरिल्याण्ड जनरल एसेम्बलीमा हेल्थ एण्ड गभर्नमेन्ट अपरेशन कमिटीको सदस्यका रूपमा समेत काम गरिरहनुभएको छ । यसपटक मेरिल्याण्डको जनरल एसेम्बली १५८ वर्षमा पहिलोपटक तोकिएको समयभन्दा अगावै कोरोना भाइरसका कारणले अन्त्य गरिएको थियो ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष तथा पेशाले चिकित्सकसमेत रहनुभएका डा केशव पौडेल अमेरिकामा रहेका नेपालीमा मनोवैज्ञानिक सन्त्रास अत्यधिक रहेको बताउनुहुन्छ । कोरोना भाइरसको सामान्य लक्षण देखिएका ८० प्रतिशतभन्दा बढीले खानपान र सामाजिक भेटघाट कम गरी आफैँ क्वारेन्टाइनमा बस्दा यसमा कुनै चिन्ता लिनुनपर्ने पौडेलको भनाइ छ । रासससँग कुरा गर्दै पौडेलले भन्नुभयो, “अमेरिकाभरिका बिरामीको प्रकृति र प्रवृत्ति हेर्दा १५ प्रतिशतलाई अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था आएको र पाँच प्रतिशतलाई इन्सेटिभ केयर युनिट (अति सघन कक्ष) मा भर्ना गर्नुपरेको देखिएको छ । त्यसमध्ये करिब एक दशमलव ४ प्रतिशतका बिरामीले जीवन गुमाउनुपरेको छ । पौडेलका अनुसार करिब ५०० नेपाली कोरोना भाइरसको सङ्क्रमित भएका छन् । तीमध्ये करिब आधाभन्दा बढी अपस्ताल भर्ना नभई सेल्फ क्वारेन्टाइनमा बसेका छन् । कोरोनाका कारण न्यूयोर्कमा बस्दै आउनुभएका अनिल लिम्बूको गत साता निधन भएको थियो ।

नेपालीहरु अमेरिकाको न्यूयोर्क, क्यालिफोर्निया, न्यूजर्सी, पेन्सलभेनिया, टेक्सासलगायतका स्थानमा बढी बसोबास गर्ने तथ्याङ्क छ । यसैगरी मेरिल्याण्ड, न्यूह्याम्पसायर, कनेक्टिकट, भर्जिनिया, नर्थ क्यारोलिना, कोलोराडो वासिङ्टन इलोनोइजमा पनि बसोबास गर्दै आएका छन् । अमेरिकाको पचासै राज्यमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ भने मुख्यरूपमा न्यूयोर्कमा बढी देखिएको । न्ययोर्कमा मात्र करिब ४० हजार नेपाली बसोबास गर्ने गरेको अनौपचारिक तथ्याङ्क रहेको छ ।

तर सङ्घीय सरकारले स्वास्थ्य बीमा नभएकाहरुको पनि उपचार गर्ने र राहत प्याकेजअन्तर्गतको प्रतिव्यक्ति १२ सय डलर उपलब्ध गराउने भएकाले धेरै आत्तिन नपर्ने धारणा भण्डारीको छ । भण्डारीले हरेक राज्यमा बस्ने नेपालीलाई सहयोग गर्न आफ्नो कार्यालयले राज्यपिच्छेको सम्पर्क ठेगानासहितको विवरण आफ्नो वेबसाइटमा राखेकोसमेत बताउनुभएको छ ।

अमेरिकामा ३०० रजिष्टर्ड नर्स आबद्ध रहेको सान सोसाइटी अफ अमेरिकन नेप्लिजको अध्यक्ष रहनुभएकी मञ्जु सङ्ग्रौलाले दिनुभएको जानकारीअनुसार उहाँहरुसँग आबद्ध नर्सहरु सबै ‘एक्टिभ ड्युटी’मा रहेका छन् । यसैगरी एनआरएनए ग्लोबल हेल्थ कमिटीका अध्यक्ष डा सञ्जीव सापकोटाले रासससँग कुरा गर्दै भन्नुभयो, “हामीले अनौपचारिक तथ्याङ्क सङ्कलन गरेका छौँ, यसरी तथ्याङ्क केलाउँदा करिब ५०० कोरोना भाइरसको सङ्क्रमित हुनुभएको देखिएको छ । तीमध्ये ८० प्रतिशतभन्दा बढी घरमा नै आइसोलेसनमा बसेका छन् ।” सापकोटाका अनुसार कोरोना भाइरस पोजेटिभ देखिँदैमा जीवन अन्त्य हुन्छ भन्ने भ्रमबाट सबै मुक्त हुनुपर्छ । अमेरिकामा आफ्नो स्वास्थ्य अस्वस्थाका बारेमा जानकारी दिने विषय गोपनीयताको हक भएकाले पनि यकिन तथ्याङ्क पत्ता लगाउन कठिन हुने सापकोटाको भनाइ छ ।

नागरिक अगुवादेखि नेपाली दूतावासका प्रतिनिधि र अमेरिकाका जनप्रतिनिधिसमेत सबैले एकै स्वरमा सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको मार्गनिर्देशनहरु अक्षरशः पालना गर्न समुदायमा अपिल गरेका छन् ।  (रासस)
–––