जोडिनुहोस
शुक्रबार, पुस ४, २०८२
शुक्रबार, पुस ४, २०८२

कोरोना नियन्त्रण कोषमा कर्मचारी सञ्चय कोषको ५ करोड सहयोग

कर्मचारी सञ्चय कोषले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि ५ करोड रूपैंया आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विश्वव्यापी रूपमा महामारी फैलाएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई फैलिन नदिन तथा सो को रोकथाम एवम् नियन्त्रणको लागि नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्धारा स्थापना गरिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५ करोड रूपैंया आर्थिक सहयोग गरेको हो ।

कर्मचारी सञ्यच कोषको संचालक समितिको अध्यक्षमा (अर्थसचिव राजस्व ) का रामशरण पुडासैनीलाई नेपाल सरकाले नियुक्त गरको छ । पुडासैनी कोषको अध्यक्ष नियुक्ति भएसँगै बुधबार (२०७६÷१२÷१९) बेलुका बसेको पहिलो बैठकले कोरोना नियन्त्रणको लागि ५ करोड रुपैयाँ सहयोग गरेको हो ।

एनएमबि बैंकको कोभिड–१९ रोकथाम कोषमा १ करोड ५१ लाख सहयोग

एनएमबि बैंकले कोरोना भाइरस नियन्त्रण गर्न स्थापित सरकारको कोभिड–१९ रोकथाम कोषमा १ करोड ५१ लाख सहयोग गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले चेक विभिन्न मन्त्रीहरुसहितको उच्चस्तरीय पदाधिकारीलाई हस्तान्तरण गरे। कोभिड-१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय/व्यक्तिलाई सहयोग पुर्‍याउने उद्देश्यका साथ बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदान दिइरहेको जनाइएको छ।

बैंकले मोबाइल बैंकिङ संरचना अन्तर्गतको क्यू आर कोडमार्फत गरिएको कुल भुक्तानीको १५ प्रतिशत रकम कोभिड–१९ रोकथाम कोषमा प्रदान गरिने जनाएको छ।

‘हामी विश्वास्त छौं कि यो विषम परिस्थितिमा हाम्रो प्रत्येक पहलकदमीले हाम्रो समुदायमा दिगो प्रभाव पार्न हातेमालो गर्नेछ । बैंक यस महामारीलाई परास्त गर्न सरकार र जनतालाई सहयोग पुर्‍याउने नवीनतम विधिहरु र माध्यमहरु अन्वेषण गर्न प्रतिबद्ध छ,’ प्रमुख कार्यकारी अधिकृत केसीले भने।-

कोरोना कोषमा सेञ्चुरी बैंकको ८५ लाख सहयोग घोषणा

विश्वव्यापारी महामारीको रुप फैलिएपछि कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि नेपालमा सरकारले बनाएको कोषमा सेञ्चुरी कमर्शियल बैंकले पनि ८५ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकका सीईओ तुलसीराम गौतमका अनुसार कोभिड १९ नियन्त्रणको लागि आफुहरु पनि नेपाल सरकारको साथमा रहेको जनाउदै सरकारको संघीय कोरोना राहत कोषमा ५० लाख रुपैयाँ सहयोग दिईएको हो । त्यस्तै, सातै प्रदेशका सरकारहरुले अलग्गै खडा गरेका कोषहरुमा ५।५ लाखका दरले सहयोग गरिने सीईओ गौगमले जनाएका छन् ।

बैंकले आज बिहिबार मात्रै कोरोना कोषहरुमा सहयोग गर्ने निर्णय गरेको हो । सेञ्चुरी बैंकले लकडाउनको अवधिमा पनि आफ्ना केही शाखाहरुबाट सिमित बैंकिङ सेवा उपलब्ध गराईरहेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई एटीएम तथा मोबाइल बैंकिङ सेवा उपयोग गर्न प्रेरित पनि गर्दै आईरहेको छ ।

नेपाल एसबिआई बैंकद्वारा कोरोना भाइरस नियन्त्रणको लागि रु १ करोड सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणको निम्ति कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष र कोरोनाबाट प्रभावितको सहयोगको लागि जम्मा रु १ करोड सहयोग गर्ने निर्णय गरेको छ ।

उक्त रकम मध्ये रु ५० लाख केन्द्रिय सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा र प्रत्येक प्रदेश सरकारको कोषमा रु ५ लाख सहयोग गर्नेछ । यसका साथै बा“कीको रु १५ लाख बैंकले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा खर्च गरिने जनाएको छ ।

बैैंकले स्थापनाकालदेखि नै आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल सरकार तथा विभिन्न संस्था, वर्ग र व्यक्तिलाई प्राथमिकतामा राखेर विभिन्न कार्यमा सहयोग गर्दै आएको छ ।

प्रभु बैंकद्धारा कोरोना नियन्त्रण कोषमा १ करोड १ लाख सहयोग

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) को महामारी रोकथाम, नियन्त्रण तथा उपचारको लागि नेपाल सरकारद्धारा स्थापित कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा प्रभु बैंकको तर्फबाट १ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रधानमन्त्री कार्यालयका सचिव राम नारायण बिडारीलाई कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा प्रभु बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १ करोड १ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । उक्त अवसरमा अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडा र उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टको समेत उपस्थिति रहेको थियो ।

प्रभु बैंकले देशमा आईपर्ने संकट तथा असहज परिस्थितिको समयमा सामाजिक हितलाई ध्यानमा राख्दै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग उपलब्ध गराउँदै विभिन्न समाजपयोगी कार्यक्रमहरुमा आफ्नो उपस्थिति जनाउँदै आएको छ । बैंकले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उपलब्ध गराएको यो सहयोगराशीबाट कोरोना भाईरस (कोभिड–१९) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार एवं कोरोना संक्रमण महामारीबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्ने नेपाल सरकारको कार्यमा सहयोग पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

कामना सेवाको डिजिटल सञ्चालक समितिको बैठक

कामना सेवा विकास बैंक लिमिटेडले विद्युतीय प्रविधिको प्रयोग गरी भिडियो कन्फरेन्स मार्फत सञ्चालक समितिको २८९ औं बैठक सम्पन्न गरेको छ । बैंकको इतिहासमा यो पहिलो डिजिटल बैठक हो । नियमित बैैठकको अलावा हालको अवस्थाको बारेमा गहन विश्लेषण एवं भावी रणनीतिको सम्बन्धमा नीतिगत निर्णय गर्न तथा आवश्यक दिशानिर्देश गर्न समेत यो डिजिटल बैठक फलदायी रहेको बैंकका अध्यक्ष सुदिप आचार्यले बताउनु भयो ।

बैंकले हालसालै आफ्नो नियमावलीमा संशोधन गर्दै विद्युतीय प्रविधिको माध्यमद्वारा भिडियो कन्फरेन्स मार्फत सञ्चालक समितिको बैठक बस्न सक्ने व्यवस्था गरेको थियो । यो बैंकलाई डिजिटाइजेसन र अटोमेसनको पायोनियर बनाउने लक्ष्यको कोसेढुङ्गोको रुपमा यस डिजिटल बैठकलाई लिएको बैंकका प्रमुख कार्याकारी अधिकृत प्रविण बस्नेतले बताउनु भयो । २०७६ साल गत कार्तिक २७ गते बैंकको वार्षिकोत्सव तथा भवन समुद्घाटन समारोहमा समेत माननीय अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा एकै दिन ५० वटा शाखा डिजिटल अनावरण गरिएको थियो ।

आज सम्पन्न सञ्चालक समितिको बैठकले ग्राहक महानुभावहरुलाई थप सेवा सुविधा दिने बारे तथा देश लकडाउनमा परेका कारण पिडामा परेका गरिब तथा असहाय व्यक्ति तथा परिवारहरुको दैनिकी सञ्चालन तथा सहजीकरणको निमित्त वडा, गाउंपलिका तथा नगरपालिकाहरुसँग सहकार्य गर्दै अगाडि बढ्न बैंक व्यवस्थापनलाई निर्देशन समेत दिएको छ । यसै गरी मानिसहरुसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आश्रित जनावरहरुमा समेत खाने तथा पिउने पानीको समस्या परेको कुरा विभिन्न संचार माध्यमहरुद्वारा जानकारीमा आएको हुंदा सो सम्बन्धमा समेत सक्दो सहयोग गर्न बैंक व््यवस्थापनलाई निर्देशन गरेको बैंकका अध्यक्ष सुदिप आचार्यले जानकारी गराउनु भयो ।

कोरोना संक्रमितको संख्या ६ पुग्यो

नेपालमा अर्को कोरोना नयाँ संक्रमित थपिएका छन्। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छैठौं कोरोना संक्रमित भेटिएको जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले  चैत ४ गते कतार एयरको क्युआर ६५२ फ्लाइटबाट दोहाबाट काठमाडौँ आएकी बागलुङकी महिलामा कोरोना भाइरस संक्रमण भेटिएको जानकारी दिएका हुन् । उक्त जहाजबाट नेपाल आउने तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा अहिलेसम्म ११ सय ८४ जनाको कोरोना परीक्षण भएको छ। जस मध्ये ६ जनामा कोरोना संक्रमण देखिएको हो।

मेगा बैंकबाट कोरोना रोकथाम कोषमा १ करोड ३५ लाख सहयोग

मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि संघीय र प्रदेश सरकारले स्थापना गरेको कोषमा कूल १ करोड ३५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि केन्द्रीय सरकारले स्थापना गरेको कोषमा १ करोड रुपैयाँ र सातै वटै प्रदेशले स्थापना गरेको कोषमा ५–५ लाख गरी जम्मा १ करोड ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय मेगा बैंक सञ्चालक समितिले गरेको हो । सहयोग रकम केन्द्रीय र प्रदेश सरकारको कोषमा जम्मा गरिने मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले जानकारी दिनुभयो ।

सिइओ खुञ्जेलीका अनुसार, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंकले गर्ने यो सहयोग रकम भित्र मेगा बैंकका १२ सय भन्दा बढी कर्मचारीका साथै सञ्चालक समितिका सदस्यहरुले पनि व्यक्तिगत योगदान गर्नेछन् । जसअन्तर्गत सहायक तहका कर्मचारीले २ दिनको तलब, अधिकृत तहका कर्मचारीले ३ दिनको तलब, प्रबन्धक तहका कर्मचारीले ४ दिनको तलब र उच्च व्यवस्थापन तहले ५ दिनको तलब बराबरको रकम करिब ३्० लाख ८७ हजार रुपैयाँ प्रदान गर्नेछन् । त्यसै गरी सञ्चालक समितिका प्रत्यक सदस्यले रु. २५ हजार सहयोग गर्दै १ लाख ७५ हजार रुपैयाँ प्रदान गर्नेछन् । ‘कोरोना भाइरस संक्रमणको रोकथाम, त्यसको नियन्त्रणका साथै उपचारका लागि देशव्यापी रुपमा केन्द्रीय सरकार र प्रदेश सरकारले चालिरहेको अभियानमा ऐक्यबद्धता स्वरुप हामीले यो सहयोग गरेका हौं, यो खतरानाक भाइरसको उपचारबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने हाम्रो कामना छ ।’– सिइओ खुञ्जेलीले बताउनुभयो । विपद्को बेलामा राज्यलाई व्यक्तिगत सहयोग गर्ने बैंकका सम्पूर्ण कर्मचारीहरु, बैंक कर्मचारी युनियन लगायत सञ्चालक समितिलाई उहाँले आभार प्रकट गर्नु भएको छ ।

ग्राहकको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकले यो संकटपूर्ण अवस्थामा सतर्कता अपनाउन आफ्ना ग्राहकहरुलाई आग्रह पनि गरेको छ । बन्दाबन्दीको समयमा पनि ग्राहकको हितलाई ध्यानमा राख्दै देशभरका विभिन्न शाखाहरुबाट बिहान ११ बजेदेखि अपरान्ह १ बजेसम्म सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ । खोलिने शाखाहरुको नाम, शाखा प्रबन्धकहरुको नाम र फोन नम्बर बैंकले दैनिक रुपमा आप्mनो वेबसाईट र आधिकारिक फेसबुकमा अद्यावधिक गर्ने गरेको छ । तर, अत्यावश्यक बाहेक अन्य सेवाका लागि मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, पोस, क्यूआर भुक्तानी जस्ता डिजिटल माध्यमहरुको प्रयोग गर्न मेगा बैंकले आफ्ना ग्राहकहरुलाई अनुरोध पनि गरेको छ ।

लकडाउनको पहिलो अनुभव ः जनता त्रसित

उत्तरी छिमेकी मुलुक चीनबाट करिब तीन महिना अघि फैलिएको कोरोना भाइरस (कोभिड १९) ले गर्दा विश्वभरमै आतंक फैलिएको छ । विश्वका शक्तिशाली मुलुकहरु समेत कोरोना भाइरसको कारण आतंकित भइरहेका छन् । अहिलेसम्म कोरोना भाइसको खोप तयार हुन नसकेकोले त्यसको प्रभाव विश्वमा परेको छ । कोरोना भाइरलले गर्दा विश्वभरको अर्थतन्त्र ध्वस्त हुन सक्ने सम्भावना समेत बढेर गएको छ । पछिल्लो समयमा सबै देशहरुमा यसको प्रभाव परिरहेको छ । त्यसबाट नेपाल समेत अछुतो रहन सकेन । धनी मुलुकहरुले त्यसलाई नियन्त्रण गर्न सकिरहेका छैनन् भने हाम्रो जस्तो आयातमा निर्भर रहेको मुलुकले त्यसलाई थेग्न सक्ने सम्भावना निकै न्यून रहेको भएपनि सरकारले भने केही प्रयासहरु गरिरहेको छ । तर सरकारले जति प्रयास गर्नुपर्ने थियो त्यति प्रयास भएको छैन ।

कोरोना भाइरसको प्रभावलाई रोक्न सरकारले चैत्र ११ गतेदेखि चैत्र १८ गतेसम्म मुलुकभरमै लकडाउन गर्ने निर्णय गरेको छ । सम्भातिव संक्रमणलाई रोक्नका लागि लकडाउन गरिएपनि लकडाउन गर्नुभन्दा पहिला विदेशबाट नेपाल आउने हवाईजहाजहरुलाई निर्वाध रुपमा नेपाल आउन दिएको हुनाले कोरोना भाइरस लागेका मुलुकहरुबाट समेत हवाई मार्ग हुँदै सयौँ मानिस नेपाल आएका हुनाले उनीहरुसँगै कोरोना भाइरस समेत नेपाल भित्रिएको छ । अहिलेसम्म नेपालमा उक्त रोगका कारण कसैले ज्यान गुमाउनु परेको छैन भने दुई जना नेपालीमा त्यो रोग लागेको पुष्टि भएको छ । त्यो रोग लाग्ने व्यक्तिहरु समेत विदेशबाट आएका हुनाले उनीहरु सँगै त्यो रोग नेपाल भित्रिएको हो । विश्वका धेरै देशमा एक व्यक्तिबाट अर्को व्यीक्तमा सो रोग सरेको हो ।

नेपालमा आउने व्यक्तिहरुलाई रामोसँग चेकजाँच गरेर एयरपोर्टबाटै रोग लागेको प्रमाणित भएको खण्डमा सम्बन्धिद देशमा नै फर्काउने गरिएको भए अहिले नेपालमा यस्तो अवस्था नै आउन सक्ने थिएन । नेपालले २०२० लाई भ्रमण वर्ष मनाउने घोषणा गरेको थियो । विश्वमा कोरोना भाइरसको संक्रमण भइरहँदा हाम्रा पर्यटनमन्त्री योगेश भट्टराईले नेपाल कोरोना भाइरसमुक्त देश भएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । मन्त्रीको त्यस्तो अभिव्यक्ति आएपछि कोरोना भाइरस लागेका मुलुकहरुबाट नेपालमा आउने विदेशी व्यक्तिहरुको ताँती बढेको थियो । उनीहरु सुरक्षित हुनका लागि नेपाल आएका थिए । मन्त्रीजस्तो जिम्मेवार व्यक्तिले विश्वमै कोरोना भाइरसको प्रकोप बढिरहेको बेला यस्तो अभिव्यक्ति दिनु गैर जिम्मेवारीपनको पराकाष्ठा थियो । मर्ने डर विश्वका सबै मुलुकका मानिसलाई हुन्छ, मर्ने डरले कोरोना भाइरस नभएको मुलुक भन्दै पर्यटकहरु नेपाल भित्रिँदा तिनीहरुबाटै संक्रमण नेपाल प्रवेश गरेको थियो । त्यसमा पनि नेपालीहरुबाटै त्यो कोरोना भाइरस नेपालमा भित्रिएको अहिले प्रमाणित भएको छ ।

अहिलेसम्म नेपालमा दुई जना व्यक्तिमा उक्त भाइरस लागेको प्रमाणित भएको छ भने एक जना उपचारपछि घर फर्किएको छ भने एक जना युवती उपचारार्थ अस्पतालमा रहेकी छिन् । हाम्रा छिमेकी मुलुकहरु चीन र भारतका केही सीमाहरु खुल्ला रहेका हुनाले त्यस्ता सीमाबाट दैनिक रुपमा हजारौं व्यक्तिहरु हिडडुल, आवात जावत गर्न सक्ने भएकाले त्यहाँबाट समेत संक्रमण फैलिन सक्ने सम्भावना रहेपनि सरकारले भने ढिलो गरी सीमा बन्द गराएको छ । दक्षिणी छिमेकी मुलुक भारतसँगको विशेष सम्बन्ध र खुल्ला सीमानाका कारण हजारौं व्यक्तिहरु प्रत्येक दिन नेपाल आउने र हजारौं नेपालीहरु पनि भारत जाने भएकाले संक्रमण फलिन सक्न सम्भावना अझ बढी हुन्छ । पछिल्लो समयमा संक्रमण बढ्दै गएपछि मात्र नेपाल सरकारले भारत र चीनसँगको सीमा बन्द गरेको छ ।

भारतमा अहिले पनि लाखौं नेपालीहरु बसोबास गरिरहेका छन् । उनीहरु विभिन्न व्यवसाय गरेर त्यहाँ बसेको भएपनि भारतमै कोरोना भाइरस फैलिएपछि हजारौं नेपालीहरु नेपालमा फर्किएका छन् । सो क्रममा अहिलेसम्म जारी रहेको छ । नेपालले भारतसँगको सीमा नाका बन्द गरेपनि विभिन्न सीमानाकाहरुमा भारतबाट नेपाल प्रवेश गर्ने नेपालीहरुको भिड लाग्ने गरेको छ । आफ्ना नागरिकलाई नेपाल प्रवेश गराउन नेपाल सरकार केही लचिलो भएर हजारौँ नेपालीलाई नेपाल प्रवेश गराएको छ । सीमा नाका बन्द गरेपछि पनि नेपाल प्रवेश गरेका व्यक्तिहरु पछिल्लो समयमा कहाँ कहाँ छन् उनीहरुको अवस्था कस्तो छ ? सरकारले लागू गरेको लकडाउन र आइसोलेनसनको नियमलाई पालना गरेका छन् कि छैनन् भनेर सरकारले त्यसको खोजविनसम्म गर्न सकेको देखिएको छैन ।

विदेशबाट (चाहे त्यो भारत नै किन नहोस्) आएका व्यक्तिहरु घटीमा १४ दिन आइसोलसनमा वा क्वारेन्टाइनमा बस्नुपर्ने निर्देशन दिएको भएपनि त्यसको सही रुपमा पालना हुन सकेको छ, छैन भनेर सरकारले त्यसको खोजविन सम्म गर्न सकेको छैन । नेपालमा नेपालको इतिहासमै लकडाउनको अभ्यास नभएकाले र नेपाली जनतालाई र सरकारलाई नै लकडाउनको अनुभवसम्म नभएकाले यसको पालनामा समस्या देखिएको हो । जनताले लकडाउनलाई पनि कफ्र्युजस्तै ठानेका छन् । लकडाउन भनेको विलकुल फरक हो । कफ्र्युमा सरकारले आवश्यक सामान खरिद गर्न केही समय कफ्र्यु खुल्ला गरिदिन्छ तर लकडाउनमा त्यस्तो व्यवस्था हुँदैन । लकडाउन भनेको अत्यावश्यक काम बाहेक घरबाहिर निस्किन पाइँदैन । अभ्यास र अनुभव नै नभएकाले नेपालमा भने त्यसलाई बन्दजस्तै ठानेर केही सर्वसाधारण जनता घर वाहिर निस्किएका छन् । त्यसलाई अन्यथा मानिनु हुँदैन ।

थाहै नभएको विषय भएकाले नेपालमा मात्र होइन छिमेकी मुलुक भारतमा समेत लकडाउनको उल्लंघन भएको भन्दै त्यसमा सरकारले आपत्ति जनाएको छ । भारतले समेत चैत्र १२ गते देखि २१ दिनका लागि पुरै भारत लकडाउन गरेको छ । लकडाउन गर्नुभन्दा पहिला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनतालाई सम्बोधन गरेका छन् । भारतमै गत आइतबार अर्थात चैत्र ९ गते जनता कफ्र्यु भनेर एक दिन लकडाउन गरिएको थियो । सो भन्दा अघिल्लो दिनपनि भारतीय प्रधानमन्त्रीले देशबासीको नाममा सन्देश दिएका थिए । भारतको इतिहासमै ३ दिनको अन्तरालमा देशबासीको नाममा सन्देश दिने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो पहिलो प्रधानमन्त्री भएका छन् ।

तीन दिन अगाडि जनता कफ्र्यु भनिएको लकडाउन गरिएपनि कोरोना भाइरस अझ फैलिएपछि पुरै भारतभर २१ दिन लकडाउन गर्न सरकार बाध्य भएको प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका थिए । लकडाउनका समयमा पनि गरिब र गरिबीको रेखामुनि रहेका मजदुर, ट्याक्सी ड्राइभर ठेला चलाउने व्यक्तिहरुलाई केन्द्र सरकार र राज्य सरकारले दैनिक एक हजार रुपैँयाको दरले उपलब्ध गराउने र आवश्यकीय खाद्यान्न समेत उपलब्ध गराउने घोषणा गरेका छन् । एक परिवारका लागि ३० किलो आँटा र १५ किलो चामल सहित नुन, तेल गरिब जनतालाई निःशुल्क दिइने व्यवस्था मिलाइएको र त्यसको लागि १५ हजार करोड भारु रुपैँया व्यवस्था गरिएको प्रधानमन्त्री मोदीले बताएका छन् ।

हामीकहाँ दैनिक रोजगारी गरेर परिवार पाल्नेहरुले संख्या ठुलो रहेको मध्यम वर्गीय परिवारको बाहुल्यता रहेकाले गर्दा धेरै दिन लकडाउन हुँदा त्यस्ता परिवार भोकभोकै बस्नुपर्ने बाध्यता हुन सक्छ । निम्नवर्गीय परिवारलाई लकडाउनको बेला सरकारले सहयोग गर्नु आवश्यक छ । दैनिक रोजगारी गरेर त्यहीबाट सामान खरिद गरी परिवार पाल्ने व्यक्तिहरुले एक दुई दिन रोजगारी गर्न नपाएको खण्डमा उनीहरुको परिवार भोकै बस्नुपर्ने अवस्था आउन सक्ने भएकाले त्यस्ता परिवारलाई सरकारले सहयोग गर्नु सरकारको दायित्व र कर्तव्य समेत हो ।

हुने खाने व्यक्तिहरुले आवश्यक पर्ने सबै सामान घरमा भण्डारण गर्ने गरेका हुन्छन् तर निम्न वर्गीय परिवारले बढीमा एक दुई दिनको लागि मात्र सामान राख्न सक्ने भएकाले लकडाउनको समय लागु भइन्जेल निम्न वर्गीय परिवारलाई तत्काल सहयोगको आवश्यकता पर्दछ । त्यसैले उनीहरुलाई सहयोग गर्नु आवश्यक छ । लकडाउनको समयमा जनतालाई आवश्यक पर्ने पानी, दुध, औषधी व्यवस्था लगायत अन्य सामानहरुको अभाव हुन नदिनु सरकारको कर्तव्य हो । सरकारले अत्यावश्यक बस्तुहरुको विक्रि वितरणमा रोक लगाएको खण्डमा जनता सडकमा उत्रिन बाध्य हुन्छन ।

त्यसैले खाद्यान्न, दुध, पानी, औषधी लगायतका सामान विक्रि गर्ने पसलहरुलाई बन्द गराइनु उपयुक्त हुँदैन । सरकारले त्यस्ता पसल खुल्ला राख्न आग्रह गर्र्नुको बदला प्रहरी लगाएर बन्द गराउन खोज्नु जनतलाइ सडकमा आउ भन्न खोज्नु हो । अहिले कालीमाटी बजारबाट व्यवसायीहरुले तरकारी ल्याएर बेच्न सक्ने अवस्था सम्म नरहेको र उपभोक्ताहरुले समेत तरकारी खान नपाएकाले गर्दा उद्योगी व्यवसायी र उपभोक्ता दुवै मारमा परेका छन् । कालीमाटी तरकारी बजारमा तरकारी विक्रि नभएर फाल्नुपर्ने अवस्था सिर्जना भएको छ भने उपभोक्ताहरुले तरकारी खान पाएका छैनन् त्यसैले सरकारले निश्चित समय निर्धारण गरेर खाद्यान्नको विक्रि वितरण गर्ने व्यवस्था मिलाउनु पर्ने आवश्यकता देखिन्छ ।

पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस रोक्नका लागि विश्वका देशहरुले गरेको प्रयासलाई अझ प्रभावकारी रुपमा लागू गर्नुपर्ने बताइरहेको छ । केही नेपालीहरु वा आफूहरुलाई समाजका स्वघोषित अगुवाहरुले कोरोना भाइरसको परीक्षण नै गलत भएको र परीक्षण नै नगरी रिपोर्ट सार्वजनिक गरेको आरोप सरकारमाथि लगाइरहेका बेला विश्व स्वास्थ्य संगठनले नेपालको टेकुमा रहेको प्रयोगशालाले गरेको परीक्षण विश्वसनीय भएको र उक्त परिक्षणको कार्यलाई काठमाडौ उपत्यकाबाहिर सम्म पु¥याउन आग्रह गरेका छ ।

आफूलाई विज्ञ बताउने व्यक्तिहरुले मुलुकलाई संकट परेको बेला सहयोग गर्नुको बदला उल्टो सरकारमाथि झुठो आरोप लगाउनुको अर्थ के ? विश्व स्वास्थ्य संगठनको प्रतिनिधि समेत त्यहाँ रहने भएकाले परीक्षणलाई विश्वसनीय रुपमा स्वीकार गर्न सबैलाई आग्रह गरेको हुनाले त्यसलाई विश्वास गर्नु सम्पूर्ण नेपली जनताको धर्म र कर्तव्य समेत हो । स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने सामाग्री उपलब्ध गराउन सकेको छैन, त्यसो भनेर सरकारलाई गाली गलौज गर्नुको कुनै अर्थ रहँदैन । सरकारलाई अझ बढी काम गर्न र स्वास्थ्यकर्मीलाई आवश्यक सामाग्री उपलब्ध गराएर जनताको जिऊ धनको रक्षा गर्नु सहज गराउन सरकारको दायित्व हो ।

एनसीसी बैंकले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि रु १ करोड दिने

एनसीसी बैंकले कोभिड–१९ नियन्त्रणका लागि स्थापना भएको सरकारी राहत कोषमा कुल १ करोड रुपैंया दिने भएको छ । उक्त रु १ करोड सहायता रकम अन्र्तगत प्रत्येक प्रदेशको राहत कोषमा रु ५ लाखको दरले रु ३५ लाख तथा बाँकी रु ६५ लाख केन्द्रिय सरकारको राहत कोषमा योगदान गर्ने निर्णय बैंकले गरेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत बैंकले सो रकम प्रदान गर्न लागेको हो ।

कोरोना भाइरसको प्रकोपलाई फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधोपचार र विपन्न वर्गलाई खाधान्नको व्यवस्था लगायतका काममा सहयोग पुग्ने हेतुले यो सहायता रकम प्रदान गर्ने निर्णय भएको बैंकका सीइओ रमेश अर्यालले आर्थिक न्यूजडटकमलाई बताए ।

लकडाउनको अवधिमा पनि अत्यावश्यक सेवा अन्र्तगत यस बैंकले एटिएम सेवा, नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी जस्ता सेवा सुविधाहरु प्रदान गर्नुका साथै आफ्ना ग्राहकहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग जस्ता डिजिटल बैंकिङ्ग माध्यमहरुको अत्याधिक प्रयोग लाई उचित बढावा र प्रोत्साहन दिदै आईरहेको जानकारी समेत गराएको छ ।

माछापुुच्छ्रे बैंकद्धारा कोरोनाभाइरसको संक्रमण जोखिम रोक्न १ करोड ६ सहयोग ।

माछापुुच्छ्रे बैंक लि.ले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न रु.१ करोड ६ लाख बराबरको सहयोगको घोषणा गरेको छ । बैंकले कोरोना रोकथाम तथा उपचार र आवश्यक तयारीका लागि केन्द्रिय सरकार अन्तर्गतको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई रु.५१ करोड उपलब्ध गराउने घोषणा गरेको छ भने सात वटै प्रदेश सरकारलाईरु.५÷५ लाखका दरले कुुल ३५ लाख रकम सहयोग हस्तान्तरण गरिसकेको छ ।

सात वटै प्रदेश सरकारका मुख्यमन्त्रीहरुलाईरु.५÷५ लाखका दरले कुुल ३५ लाखको चेक हस्तान्तरण गरेको हो ।

यसअघि बैंकले आमनागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै काठमाण्डौं महानगरीय प्रहरी कार्यालयको समन्वयमा काठमाण्डौ र भक्तपुरका अत्यन्त भिडभाड हुने प्रमुख १६ स्थानहरुमा पानी ट्यांकी सहित हातधुने ठाउँको व्यवस्था गरेको थियो । साथै, स्थानीय निकायहरुको समन्वयमा बैंकले दैनिक ज्याला मजदुुरी गरेर छाक टार्दै आएका अतिविपन्न परिवारलाइ खाद्यान्न उपलब्ध गराएको हो । उक्त कार्यहरुमा बैंकले रु. २० लाख खर्च भएको जनाएको छ ।

बैंकले कोरोना विरुद्ध देशभरका अभियानलाई सघाउन संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै रु.१ करोड ६ लाख सहयोग गरेको हो ।

बैंकिङ्ग क्षेत्र अत्याबश्यक क्षेत्र अन्र्तगत पर्ने भएको हुँनाले माछापुच्छ«े बैंकले लकडाउनको समयमा हरेक दिन देशका विभिन्न स्थानमा शाखा कार्यालयहरु खोल्दै आएको छ । साथै बैंकले भाइरसको संक्रमण जोखिम न्यूनिकरणका लागि अत्याबश्यक बाहेकका अन्य कामको लागि सकेसम्म बाहिर ननिस्किन आग्रह गर्र्दै बैंकिङ्ग कारोबारका लागि बैंकले प्रदान गर्दै आइरहेका बिभिन्न डिजिटल भुक्तानीका माध्यमहरुको उपयोग गर्न सबैंमा आग्रह गरेको छ । साथै बैंकले प्रदान गर्दै आइरहेका डिजिटल भुक्तानीका माध्यमहरुबाट कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने हुदाँ नगद कारोबार लाई कम गरिदिनुहुन समेत सम्पूर्ण ग्राहकमहानुभावहरुमा आग्रह गरेको छ ।

लकडाउनले जनता र देशलाई बचाएको छ, अरुपछि सोचौला

अनिल केशरी शाह नेपाली बैंकिङ्ग क्षेत्रको अत्यन्तै परिचित नाम भित्रको एउटा नाम हो भन्दा अब फरक पर्दैन । जीवन नै बैकिङ्ग इतिहासको पाना भित्र विताएका शाह यति बेला नेपाल कै पुरानो निजी क्षेत्रको बैंक नबिल बैंकको सीइओ छन् । यो विपतका बेला शाह के गर्दै छन् । नबिल बैंकले यो महामारीबाट बच्न र बचाउन के के कदम चाल्दैछ ?

अहिले विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाईरसले नेपाल त्रसित बनाएको छ । चैत्र २५ गतेसम्म सरकारले देशलाई लकडाउन गरेको छ । यहीकारण कुनै पनि व्यक्ति सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था नै छैन ।

यस्तो अवस्थामा पनि नेपालको सबैभन्दा पुरानो निजी क्षेत्रको बैंक नबिल बैंकले सेवा प्रदान गरिरहेको अवस्थामा देखिन्छ । डिजिटल कारोबारलाई प्रोत्साहन दिएको नबिल बैंकले डिजिटल करोबार गर्न नसक्ने ग्राहकलाई कारोबार गर्न शाखाहरु खोलेर सेवा दिइरहेको देखिन्छ ।
यस्तो अवस्थामा बैंक खोलेर सेवा दिन के कस्ता कठिनाईहरु भोग्नु परेको छ ? नबिल बैंक मात्रै खुलेको छ कि ? कारोबार पनि भइरहेको छ । बैंकका कर्मचरीहरुको स्वास्थ्य अवस्था बारे बैंक कति सचेत छ । बैंक र बैंकरहरुले यो विशम परिस्थितिमा राज्यलाई कस्तो योगदान दिएका छन् । यी आदि विषयमा नबिल बैंकका सीइओ एवं नेपाल बैंकर्स एशोसियशनका पूर्व अध्यक्ष अनिल केशरी शाहसंग सम्पदक भूपेन्द्र आचार्यले गरेको कुराकानी ।

० विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण नेपाल पनि अछुतो छैन । देश पूर्वरुपमा लकडाउन छ । यो विशम र अप्ठ्यारो परिस्थितिमा नेपाल को निजी क्षेत्रको पूरानो बैंक नबिल बैंकले कस्तो सेवा दिएको छ ?
हामी बैंकहरुले नेपाल बैंकर्स एशोसियशनमा छलफल गरी यो बेला डिजिटल बैकिङ्गको सेवा दिने निर्णय ग¥यो । (पेन पैसा) मोबाइल बैकिङ्ग विश्व बजारमा चलेको छ । एउटा उदाहरण यस्तो छ, केनिया जस्तो देशमा मोबाइल बैंकिङ्ग प्राय सबै जनताले चलाउने गरेका छन् । कारण पढेर शिक्षित भएर होइन क्राइम भएर हो । पैसा चोरी भएर हो ।

त्यसकारण सूचना प्रविधीबाटै कारोबार गरेका छन् । फोनबाटै कारोबार गरौं फोनमा मनि छ । अर्को कुरा हामीले एटिएमबाट ग्राहकहरुलाई सेवा दिएको अवस्था छ । अहिले कर्जा छैन, डिपोजिट छैन । घर चलाउन पैसा चाहिन्छ । त्यो एटिएमबाट पाइन्छ । कुनै पनि शुल्क लाग्दैन । वाणिज्य बैंक, विकास बैंक र वित्तिय कम्पनीहरुको एटिएममा यो सुविधा हामीले प्रदान गरेका छौं । हामीले जनतालाई पैसा नभएका कारण ओषधी र खाद्यान्न किन्न नसक्ने परिस्थिति उत्पन्न हुन दिदैनौ । यो बेला हामी सबैको ठूलो कर्तव्य हुन्छ ।

० नबिल बैंकले कति शाखा सञ्जालबाट यो विशम परिस्थितिमा ग्राहकहरुलाई सेवा दिएको छ ?
हामीले दिने पिच्छे फरक÷फरक शाखा खोलेका छौं । जहाँ एटिएम छैन । त्यहाका शाखा प्रायः खुल्ला गरेका छौं । हामीले ओषधी र खाद्यान्न ल्याउनका लागि एलसीको कारोबार पनि गरेका छौं । दाल, चामल, तेल आदि बस्तु किन्न एटिएमबाटै पैसा ग्राहकवर्गले झिक्नु भएको छ । हामी पनि यहि नेपाली समाजका मान्छे हौं । समाज प्रति उत्तरदायित्व हामी बैंकरको यो विशम परिस्थितिमा झनै बढेको छ ।

० नेपाल पूर्णरुपमा लकडाउन छ जनता घरमै छन् । यो बेला नबिल बैंकले केही शाखा खोली सेवा दिएको भन्नुभयो । यो कोरोना भाइरसको महामारीबाट बैंकको कर्मचारीलाई बचाउन कस्तो प्रवन्ध मिलाउनु भएको छ त ?
राम्रो प्रश्न सोध्नु भयो । हामीले अत्यन्तै चनाखो भएर काम गरेको अवस्था पक्कै छ । ग्राहक कम आएका छन् । कर्मचारी सिमित छन् । कारोबार नगन्य छ । तरपनि कर्मचारीहरुलाई चाहिने सबै व्यवस्था हामीले गरेका छौं । हाम्रा कर्मचारीको फुल इन्स्योरेन्स गरेका छौं । यो बेला कार्यलयमा काम गर्ने कर्मचारीलाई भत्ता बढाएका छौं ।

कुपनको व्यवस्था गरेर १÷१ गरी ग्राहकलाई भित्र पठाएका छौं । भित्र कारोबार गर्न जाँदा सेनिटाइजर, माक्स, पञ्जा ग्राहकले अनिवार्य लगाउन निर्देशन नै दिएको अवस्था छ । यही अनुसार हाम्रा कर्मचारीले पनि गरेका छन् । हामीहरुले यस्तो विशम परिस्थितिमा जीवनलाई जोखिममा राखेर सेवा दिइरहेको छौं भन्दा अब फरक पर्दैन । उदाहरणका लागि जसरी नर्स, डाक्टर र अस्पतालका कर्मचारीहरुले सेवा दिनु भएको छ । हामीले पनि यसरी नै सेवा दिएका छांै । यो बेला लुक्ने बेला पक्कै होइन काम गरेर देखाउने बेला हो नि ।

० कोरोना विरुद्ध लड्न राष्ट्रिय स्तरको कोष राज्यले खडा गरेको छ । यसमा तपाईहरुले कस्तो सहयोग रहन्छ ?
यो कोषमा केही बैंक र बैंकर साथीहरुले नगद पैसा दिनु भएको छ । पैसा मात्र दिएर सबै दायित्व पूरा पटक्कै हुँदैन । नबिल बैंक अरु केही गर्ने हो कि भन्ने सोचमा छ । बैठक भएको छैन । नयाँ कुराको सहयोग राज्यलाई गर्ने कि भन्ने पक्षमा छौं । केही दिनमै हामी एउटा निर्णय पक्कै गर्ने नै छौं । हामी पनि राज्यको एउटा महत्वपूर्ण अंग हो । त्यसकारण राज्यलाई यो विपतको बेला सहयोग नगर्ने कुरै भएन हामी पक्कै केही गर्दछौं ।

० अहिले विश्व बजारको अर्थतन्त्र तहसनहस भएको देखिन्छ । यसले नेपालको बैकिङ्ग प्रणालीमा कस्तो असर पर्ने अनुमान गर्नु भएको छ ?
कुनै पनि देशको वित्तिय क्षेत्र अर्थतन्त्रको मुुटु हो । मुटु विग्रेपछि के हुन्छ । यो प्रस्टै छ । त्यसकारण यसको संरक्षण गर्ने दायित्व राज्यको हो । यस महामारीले सबै क्षेत्रलाई छुने छ । राम राम सत्य हो । जस्तै गरि लैजाने देखिन्छ । अहिले केही समयको लागि अर्थतन्त्रको खुट्टा भाचिएको होला । तर, हात त भाचिएको छैन नि । तग्रिन सकिन्छ ।

आत्तितु पर्ने छैन । तर, सचेत र सजक भने पक्कै हुनुपर्दछ । यसका लागि अर्थमन्त्री, उद्योगी, व्यापारी बैंकर सबै पक्ष मिलेर अगाडी बढ्नुप¥यो । अहिले जनता बच्नु प¥यो । जीवन बचाउन प¥यो नि ।

० राज्यले बैंकका ग्राहकहरुका लागि ल्याएका सहुलियतका प्योकजलाई चाहि कसरी हेर्नु भएको छ त ?
यो हाम्रो सुझावबाटै आएको हो । यो आवश्कता पनि थियो आयो । हामीले यो बेला नाफा खोज्ने बेला होइन । जीवित रहने र राख्ने बेला हो । ब्याज नलिने, घरबेटीले भाडा नलिने कुरा राम्रा पक्ष पक्कै हुन ।

राज्यले अझै राम्रा सहुलियतका प्याकेट जनतालाई दिनु प¥यो । ग्यास, पानीको भाउ कम गर्न १÷२ महिनाको भ्याट छुट दिनु पर्दछ । अर्थतन्त्रलाई उठाउने हो भने एउटा ठूलो र महत्वपूर्ण सहुलीयतको प्याकेज तत्कालै ल्याउनु प¥यो । तीन महिना भ्याट नलिने, भन्सारका दर, घटाउने, दैनिक आवश्यकताका सामानमा भारी छुट दिने कुरा आउनु प¥यो । ब्याज छुट, घरभाडा छुट, स्कुलको शुल्क छुट, दिएर मात्रै पुग्दैन नि ।

अहिले केही सुविधा आएको छ । केन्द्रीय बैंकले जारी गरेको सर्कुलरलाई सकारात्मक रुपमा लिनुपर्छ । विद्युतीय कारोबारमा पनि शुल्क नलिने भन्ने कुरा आएको छ । अर्कोतिर चैत्र मसान्तमा १० प्रतिशत ब्याजमा मिनाह दिनसक्ने भनेको छ । बैंकले आफ्नो आम्दानीबाट दिने भन्ने कुरा छ । राज्यले गरेको निर्णय पालना गर्नु हाम्रो कर्तव्य हो । दायित्व पनि हो ।

यसले ग्राहकलाई ठूलो राहत मिलेको देखिन्छ । हामी यसै समाजका मान्छे हौं । समाजलाई केही गर्नु पर्दछ । भन्ने हाम्रो पनि सोच छ । तर, यी भन्दा राम्रा सहुलियतका उपाय राज्यले जनतालाई दिनु प¥यो भन्ने मेरो कुरा हो ।

० लकडाउन बढेको छ । पूर्व तयारी तपाईहरुको चाहि कस्तो थियो ?
लकडाउनले साच्चै भन्दा देश बचाएको छ । जनता बचाएको छ । पहिलो कुरा यो बुझ्नु जरुरी छ । अर्को कुरा आज देश लकडाउन नभएको भए हामी हजारौ अस्पतालमा हुने थियौ होला । लाखौ विरामी हुने थियौ र भागाभागको अवस्था सृजना हुने अवस्था आउने थियो । यो हुन पाएन सरकारलाई धन्यवाद दिनै पर्दछ ।

अर्को कुरा के हो भने अब नाफा होइन । महामारीबाट बच्ने उपाउ खोजौ । गरिब, ज्यालादारी गर्ने मजदूरहरुको रोजीरोटीको बारेमा सोच्नु प¥यो । अनिल केशरी शाहको लागि लकडाउन राम्रो होला तर, फरक जाती, भाषी, मजदूर, भारी बोकेर खाने हजारौं जनताको रोजीरोटीबारे राज्यले सोच्नु जरुरी छ । घरवेटीले भाडा छुट दिने, बैंकरले ब्याज छुट दिने त होला तर, गरिबले पेट कसरी पाल्ने भन्ने चिन्ता अहिलेको पहिलो चिन्ता पक्कै होला नि ।

अन्त्यमा केही छ कि ?
जीवन रहे सबै रहने हो । आफू पनि बचौं । अरुलाई पनि बचाऔं । लकडाउनको पालना गरौं । घरबाट बाहिर नजाउ । यो सत्य हो । हाम्रा लागी । तर, लेबरको लागि लकडाउन फरक छ । मजदूरको लागि पृथक छ । भन्ने कुरा राज्यले बुझ्नु अत्यन्त जरुरी छ । भारी बोकेर पेट पाल्नेहरुलाई नजिकबाट हेनु प¥यो ।

त्यसकारण यो विपत र अप्ठयारो समयमा हामी बैंकरले पनि नाफा हेर्नु भएन । सबै मिलेर यो महामारीबाट मुक्ति पाउनु जरुरी देखिन्छ । विश्व आज कोरोना भाईरसबाट रोहिरहेको अवस्थ छ । हजारौं मरेका छन् । लाखौं रोगसंग लडेका छन् । त्यसकारण आफू सुरक्षीत हुनु पहिलो कर्तव्य हो । आत्तिनु पर्दैन । यो देश र जनता बचाउने बेला हो । सचेत रहौं, स्वास्थ रहौं । घरबाट अफिसको काम गरौं, डिजिटल बैंकिङ्गबाट कारोबार गरौं भन्न चाहान्छु ।