जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कोरोना कोषमा सेञ्चुरी बैंकको ८५ लाख सहयोग घोषणा

कोरोना कोषमा सेञ्चुरी बैंकको ८५ लाख सहयोग घोषणा

विश्वव्यापारी महामारीको रुप फैलिएपछि कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि नेपालमा सरकारले बनाएको कोषमा सेञ्चुरी कमर्शियल बैंकले पनि ८५ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकका सीईओ तुलसीराम गौतमका अनुसार कोभिड १९ नियन्त्रणको लागि आफुहरु पनि नेपाल सरकारको साथमा रहेको जनाउदै सरकारको संघीय कोरोना राहत कोषमा ५० लाख रुपैयाँ सहयोग दिईएको हो । त्यस्तै, सातै प्रदेशका सरकारहरुले अलग्गै खडा गरेका कोषहरुमा ५।५ लाखका दरले सहयोग गरिने सीईओ गौगमले जनाएका छन् ।

बैंकले आज बिहिबार मात्रै कोरोना कोषहरुमा सहयोग गर्ने निर्णय गरेको हो । सेञ्चुरी बैंकले लकडाउनको अवधिमा पनि आफ्ना केही शाखाहरुबाट सिमित बैंकिङ सेवा उपलब्ध गराईरहेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई एटीएम तथा मोबाइल बैंकिङ सेवा उपयोग गर्न प्रेरित पनि गर्दै आईरहेको छ ।

13525
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका