जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनएमबि बैंकको कोभिड–१९ रोकथाम कोषमा १ करोड ५१ लाख सहयोग

एनएमबि बैंकको कोभिड–१९ रोकथाम कोषमा १ करोड ५१ लाख सहयोग

एनएमबि बैंकले कोरोना भाइरस नियन्त्रण गर्न स्थापित सरकारको कोभिड–१९ रोकथाम कोषमा १ करोड ५१ लाख सहयोग गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले चेक विभिन्न मन्त्रीहरुसहितको उच्चस्तरीय पदाधिकारीलाई हस्तान्तरण गरे। कोभिड-१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय/व्यक्तिलाई सहयोग पुर्‍याउने उद्देश्यका साथ बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदान दिइरहेको जनाइएको छ।

बैंकले मोबाइल बैंकिङ संरचना अन्तर्गतको क्यू आर कोडमार्फत गरिएको कुल भुक्तानीको १५ प्रतिशत रकम कोभिड–१९ रोकथाम कोषमा प्रदान गरिने जनाएको छ।

‘हामी विश्वास्त छौं कि यो विषम परिस्थितिमा हाम्रो प्रत्येक पहलकदमीले हाम्रो समुदायमा दिगो प्रभाव पार्न हातेमालो गर्नेछ । बैंक यस महामारीलाई परास्त गर्न सरकार र जनतालाई सहयोग पुर्‍याउने नवीनतम विधिहरु र माध्यमहरु अन्वेषण गर्न प्रतिबद्ध छ,’ प्रमुख कार्यकारी अधिकृत केसीले भने।-

11680
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका