जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

एभरेष्ट बैंकद्वारा ग्लोबल मनी वीक अन्तर्गत वित्तीय साक्षरता अभियान सम्पन्न

नेपाल राष्ट्र बैंकको संयोजनमा एभरेष्ट बैंकले ग्लोबल मनी वीक २०२५ को अवसरमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। चैत ४ गतेदेखि एक साता लामो अभियान अन्तर्गत बैंकले सातै प्रदेशका विभिन्न विद्यालय तथा क्याम्पसमा वित्तीय सचेतना कार्यक्रमहरू सञ्चालन गरेको हो ।

बैंकले वित्तीय ज्ञान अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरेको यस अभियानबाट करिब ३,००० भन्दा बढी विद्यार्थी लाभान्वित भएका छन् । कार्यक्रम अन्तर्गत बैंकका शाखाहरूले विद्यार्थीहरूलाई वित्तीय प्रणाली, डिजिटल कारोबारको सुरक्षित प्रयोग, बैंकिङ सेवाहरूको सदुपयोग तथा वित्तीय समावेशीकरणका विषयमा जानकारी प्रदान गरेका थिए । साथै, केही विद्यार्थीहरूलाई बैंकका शाखाहरू अवलोकन गराउँदै वित्तीय कारोबारबारे प्रत्यक्ष सिक्ने अवसरसमेत दिइएको थियो ।


‘थिङ्क बिफोर यू फलो, वाइज मनि टुमरो’ नारासहित सञ्चालित कार्यक्रममा युवाहरूलाई वित्तीय योजनासम्बन्धी सचेत गराउनुका साथै उनीहरूको वित्तीय क्षमतामा सुधार ल्याउने उद्देश्य राखिएको बैंकले जनाएको छ ।

ग्लोबल मनी विकमा नबिल बैंकले गर्‍यो देशव्यापी कार्यक्रम


नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक, २०२५’को अवसरमा सातै प्रदेश केन्द्रित देशव्यापी कार्यक्रम सञ्चालन गरेको छ । वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ नबिल बैंकले विद्यार्थी र युवा केन्द्रित कार्यक्रम सञ्चालन गरी यस वर्ष पनि ‘ग्लोबल मनी विक, २०२५’मनाएको हो ।

यही मार्च १७ देखि २३ तारिखसम्म विश्वभर ‘थिङ्क बिफोर यु फलो, वाइज मनी टुमारो’ भन्ने मूल नाराका साथ ग्लोबल मनी विक सञ्चालन गरिएको थियो । यस अभियानअन्तर्गत नबिल बैंकले देशका सातै प्रदेशमा चार हजारभन्दा बढी विद्यार्थी र युवामाझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरेको हो ।

बैंकले विद्यार्थी तथा युवाहरूलाई सानै उमेरदेखि आर्थिक रूपमा सचेत गराउन तथा फाइनान्सियल इन्फ्लुएन्सर्सको लहलहैमा लागेर लगानी गर्न नहुनेबारे जानकारी दिन वित्तीय साक्षरता अभियान सञ्चालन गरेको थियो । सातै प्रदेशमा सञ्चालन गरिएको कार्यक्रममा बचत, बजेट, लगानी, डिजिटल वित्तीय साक्षरता, साइबर सुरक्षालगायतका विषयमा जानकारी गराइएको बैंकले जनाएको छ ।

बैंकले सञ्चालन गरेको उक्त अभियानबाट कोशी प्रदेशका७४४, मधेश प्रदेशका एक हजार ६३, बागमती प्रदेशका ४४१, गण्डकी प्रदेशका ४३४, लुम्बिनी प्रदेशका ५०६, कर्णाली प्रदेशका ४०५ र सुदूरपश्चिम प्रदेशका ४०७ विद्यार्थी तथा युवाहरु वित्तीय साक्षरता कक्षामा सहभागी भई लाभान्वित भएका बैंकले जानकारी दिएको छ ।

नबिल बैंक लिमिटेडले वित्तीय साक्षरताविस्तार तथा डिजिटल बैंकिङलाई अभिप्रेरित गर्ने उद्देश्यले वर्षभर नै विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यस्तै सामाजिक उद्यमशीलता विकासका लागि बैंकले ‘नबिल एसएसई’लगायतका कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ । युवा तथा विद्यार्थीलाई लक्षित गरी सहुलियत ब्याजदरमा शैक्षिक कर्जा, युवा उद्यमशील कर्जा पनि प्रवाह गरिरहेको छ ।

कुमारी बैंकका ग्राहक गोकुल थापा भिसा अभियानमा विजेता घोषित

भिसाले सञ्चालन गरेको ‘दसैँ अभियान २०२४’ अन्तर्गत कुमारी बैंकका ग्राहकहरु मध्य गोकुल थापाले पहिलो स्थान हासिल गरी विजेता बन्न सफल भएका छन् । त्यसैगरि कुमारी बैंककै कार्ड प्रयोगकर्ता क्षितिज भट्टराई पनि विजेता भएका छन् ।

भिसा कार्डमार्फत डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको यस अभियानमा नेपालमा अवस्थित भिसा मेम्बर बैंकहरुबाट टप २५ जना भिसा कार्ड प्रयोगको आधारमा विजेता छानिएको थियो । विजेताहरूले २ जनाको लागि विदेश भ्रमणको दुईतर्फी हवाई टिकट प्राप्त गरेका छन् ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्दै आएको छ ।

ग्लोबल मनी विकको अवसरमा राष्ट्रिय वाणिज्य बैंकले गर्‍यो वित्तीय साक्षरता कार्यक्रम

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशव्यापी रुपमा सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रमबाट १० हजार ३ सय ९२ जना लाभान्वित भएका छन् । ग्लोबल मनी विक २०२५ लाई सफल बनाउने उद्धेश्यले बैंकले देशैभरीका सातै प्रादेशिक कार्यालय र सबै शाखा कार्यालय मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

अन्तराष्ट्रिय रुपमा हरेक वर्ष मार्च महिनामा तेस्रो हप्ता मनाइने ग्लोबल मनी विक बैंकले चैत ४ देखि १० गतेसम्म साताव्यापी ‘थिङ्क बिफोर यु फलो, वाइज मनी टुमारो’ नारासहित सञ्चालन गरेको थियो ।

बैंकले विभिन्न स्कुल तथा कलेजका हजारौं विद्यार्थीहरुको सहभागितामा सातै प्रदेशका शाखा कार्यालयहरुबाट देशव्यापी वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको थियो ।

अभियान अन्तर्गत बैंकिसँग कारोबार गर्दा हुने फाइदाहरु, डिजिटल बैंकिङ, क्यूआर, पोस सेवा, आरविवि स्मार्ट बैंकिङ, इन्टरनेट बैंकिङ, पिन तथा पार्सवर्ड सुरक्षा, ओटिपी, रेमिट्यान्स कारोबार, बचत तथा कर्जाको सदुपयोग सम्बन्धी संचेतना कार्यक्रम सञ्चालन गरेको थियो ।

बैंकका शाखा कार्यालयहरुमा विद्यार्थीहरुलाई भ्रमण गराई सैद्धान्तिक तथा प्रयोगात्मक विधिबाट वित्तीय संचेतना बारे ज्ञान प्रदान गरिएको थियो । यसका साथै सामाजिक सञ्जालबाट चेतनामूलक श्रव्यदृष्य सामग्रीहरु समेत प्रसारण गरिएको थियो ।

सिटिजन्स बैंकका ग्राहकलाई द मल्ल होटलमा छुट हुने

सिटिजन्स बैंक र द मल्ल होटलबीच समझदारी भएको छ । बैंक र लेखनाथ मार्ग, काठमाडौंस्थित द मल्ल होटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ ग्राहकहरूले द मल्ल होटलमा १५ प्रतिशत आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साह गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटी एक्सप्रेसको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न, २०८२ सालको क्यालेन्डर पनि सार्वजनिक

सिटी एक्सप्रेस मनि ट्रान्सफरले काठमाण्डौ कमलादीस्थित आफ्नै कार्यलय भवनमा ‘१८औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा’योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । कोरियाबाट निराजन ढकालले जि मनिट्रान्समार्फत यहाँ सिटी एक्सप्रेसमा आमा निर्मला तिवारीलाई रेमिटान्स पठाउदा ‘१८ औं वर्षमा १८ गुणा,परिवारमा खुशीलाखौ गुणा’योजनाअन्तर्गत आफुले पठाएको रकमको १८ गुणा गरी रु ७ लाख ५४ हजार ३६२ जित्न सफल भएका थिए र सोही रकम उनकी आमा निर्मला तिवारीलाई हस्तान्तरण गरिएको छ ।
उक्त कार्यक्रममा नेपाली चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेस मनि ट्रान्सफरका ब्राण्ड एम्बेसडर जितु नेपालको उपस्थिती रहेको थियो ।

सोही योजनाअन्तर्गत लक्की ड्र मार्फत हरेक महिना २ जनालाई सामसुङको स्मार्ट फोन, हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टिभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरुलाई जनही रु ५०० को सिटी पे वालेट टप अप र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको थियो । जसअन्तर्गत १ हजार ६२० जनाले दैनिक उपहार ( रु ५०० को वालेट टपअप) , २४ जनाले साप्ताहिक उपहार (सामसुङको स्मार्ट टिभी ) र ६ जनाले मासिक उपहार (सामसुङको स्मार्ट फोन ) जित्न सफल भईसकेका छन् ।

सोही कार्यक्रममा सिटी एक्सप्रेस मनि ट्रान्सफरले २०८२ सालको क्यालेन्डर पनि सार्वजनिक गरेको छ । हरेक बर्ष नयाँ–नयाँ विषयवस्तुलाई समावेश गरेर क्यालेन्डर प्रकाशन गर्ने सिटी एक्सप्रेसले यस वर्ष भने आर्थिक सम्वृद्धि बिषय वस्तुमा क्यालेन्डर तयार पारेको छ ।

एभरेष्ट बैंकद्वारा ग्लोबल मनि विक–२०२५ कार्यक्रम सम्पन्न

एभरेष्ट बेैंकले गत चैत ४ गतेदेखि १० गतेसम्म सप्ताहव्यापी अभियानअन्तर्गत ग्लोबल मनि विक–२०२५ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमअन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल÷क्याम्पसहरुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३ हजार भन्दा बढी विद्यार्थीहरुबीच वित्तीय साक्षरता सन्देश दिन सफल भयको छ । उक्त कार्यक्रममा केही विद्यार्थीहरुलाई बैंकको शाखा समेत अवलोकन गराई बैंकले दिने सेवासम्बन्धी जानकारी गराईएको छ ।

Think before you follow, wise money tomorrow भन्ने नाराका साथ सम्पन्न गरिएको विभिन्न कार्यक्रमहरुमा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण,वित्तीय सचेतना, सुरक्षित डिजिटल कारोबार, बैंकहरुले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयहरुमा सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।

पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको यस बैंकमा हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहक संख्या रहेका र देशैभरीे १३१ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६७ एटीएम छन् । विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बंैकिङ सुबिधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिँदै आइरहेको छ ।

प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत

प्रेस चौतारी नेपालको अध्यक्ष गणेश पाण्डे चयन भएका छन् । विराटनगर जारी १० औं महाधिवेशनमा अध्यक्षकाे दाबेदार राजेश राईले दाबी छाडेपछि पाण्डे सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । राईले महाधिवेशनमा निर्वाचन माग गरेका थिए, तर नेतृत्वले निर्वाचन हुन दिएनन्, दाबी छाड्नुअघि उनले भावुक सम्बोधन गरेका थिए ।

उनले सम्बोधन गर्दा प्रतिनिधिकाे रुवाबासी चलेको थियो । केन्द्रीय कमिटीको उपाध्यक्ष चेतन अधिकारी र कृपा भण्डारी चयन भए,महासचिव हिरामान लामा नै दोहोरिए । महाधिवेशनबाट केन्द्रीय समिति सर्वसम्मत घोषणा गरिएको छ ।

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

आजै बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।

नेप्सेको सीईओमा नारद लुईंटेल नियुक्त

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख (सीईओ) मा नारद लुईंटेल नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुईंटेललाई सीईओ नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । सर्टलिस्टमा परेका मध्येबाट सर्लाही हरिवनका ४५ वर्षीय लुईंटेललाई मन्त्रिपरिषद्ले नियुक्त गरेको हो ।

लुईंटेलले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नोतत्तर गरेका छन् । विभिन्न सरकारी तथा गैरसरकारी नियकामा नेतृत्व तहमा रहेर काम गरेको अनुभव उनीसँग छ । उनी पछिल्लोपटक पर्यटन मन्त्रालय अन्र्तगतको तारागाउँ विकास समितिको अध्यक्षका रुपमा २०७२ देखि २०७६ सालसम्म (चार वर्ष) नेतृत्व गरेका थिए ।

उनी लामो समयसम्म पर्यटन व्यवसाय र अध्यापनमा समेत संलग्न थिए ।

एनआईसी एशिया बैंकद्वारा डिजिटल क्यालेन्डर सार्वजनिक

एनआईसी एशिया बैंकले नयाँ वर्ष विक्रम संवत २०८२ सालको आकर्षक साजसज्जामा डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ । नयाँ वर्ष २०८२ ले सम्पूर्ण ग्राहक महानुभावहरु तथा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरु नयाँ आशा, भरोसा एवं उमंग प्रदान गरोस् भन्ने शुभेच्छाका साथ सरल तथा सहज सुविधाको लागि भनेर डिजिटल क्यालेन्डर सार्वजनिक गरेको जनाएको छ ।

डिजिटल क्यालेन्डरमा बैंकले नेपाल सरकारद्वारा प्रकाशित राजपत्रमा उल्लेख भएका बिदा, चाडपर्व, दिवस, पञ्चांग तिथि लगायतका विवरणहरू समावेश गरेको छ ।

साथै आफ्ना विभिन्न प्रोडक्ट तथा सेवाहरुसहित बैंकको नयाँ बनेका भवनहरुको तस्बिरहरुसहित वाल तथा टेबल क्यालेन्डरको आकारमा उक्त डिजिटल क्यालेन्डर बैंकको आधिकारिक वेबसाइट मार्फत सार्वजनिक गरेको छ ।

सिटिजन्स बैंकको अगुवाईमा भण्डारण सेवा परियोजनामा लगानी

सिटिजन्स बैँकको अगुवाईमा माछापुच्छ्रे बैंकसहित २ बै‌कले ९५ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । यी बैंकले नेपालमा पहिलो पटक तेस्रो पक्ष भण्डारण सेवा परियोजनामा लगानी गर्न लागेका हुन् । प्रवद्र्धक कम्पनी उपाय वयरहाउजिङ्ग प्रा.लि. एवं लगानीकर्ता बैंकहरुबिच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण कर्जा व्यवस्थापन भएको छ । उक्त परियोजना काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका, सांगामा निर्माण हुनेछ ।

परियोजनाको अनुमानित लागत करिब १ अर्ब २० करोड ७ लाख मध्ये बैंकहरुले ८५ करोड बराबरको आवधिक कर्जा (निर्माण अवधिको व्याज बाहेक) बढीमा ८०ः२० को ऋण स्वपु¤जी रहने गरि लगानी गर्नेछन् । जसमा सिटिजन्स बैंकले ६० करोड (आवधिक कर्जा ५० करोड, बैंक ग्यारेण्टी सुविधा ५ करोड र क्यास क्रेडिड कर्जा ५ करोड) र माछापुच्छ्रे बैंकले २५ करोड (आवधिक कर्जा) लगानी गर्नेछन् ।

बाँकी स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने छ । परियोजना आगामी दुई वर्ष भित्र निर्माण सम्पन्न गरी भण्डारण सेवा प्रदान गर्ने लक्ष्य रहेकोे छ । सहवित्तीयकरण कर्जा सम्झौता हस्ताक्षर कार्यक्रममा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सिटिजन्स बैंकले स्थापनाकाल देखि नै एकल लगानीका साथै आफ्नो अगुवाई, सह अगुवाई तथा अन्य बैंकहरुसँगको सहवित्तीयकरण कर्जा मार्पmत जलविद्युत, हरित उर्जा, अस्पताल, उत्पादन तथा अन्य क्षेत्रमा उल्लेख्य रुपमा लगानी गर्दै आएको बताए छ ।

प्रवद्र्धक कम्पनी उपाय वयरहाउजिङ्ग प्रा.लि.का तर्फबाट अध्यक्ष सुमन रायमाझीले आगामी दुई वर्ष भित्र परियोजना निर्माण सम्पन्न गरी तेस्रो पक्ष भण्डारण सेवा, प्याकेजिङ सेवा, कार्यालय सामाग्रीको आपुर्ती तथा प्रबन्ध सेवा, लेवालिङ सेवा, ढुवानी सेवा तथा अन्य सम्पुर्ण सेवाहरु प्रदान गरिनेछ । कम्पनीले आवश्यक सरकारी सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रक्रिया पुरा गरेर आयोजना निर्माण शुरु गरि समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे ।