सांग्रिला डेभलपमेन्ट बैंक चैत ४ देखि १० गतेसम्म आयोजित ग्लोवल मनि विकमा विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । बैंकले सातै प्रदेशमा रहेका बैंकका शाखाहरूले विद्यालय तथा क्याम्पसका विद्यार्थीहरूका साथै आम नागरिकलाई वित्तीय साक्षरता सम्बन्धि जानकारी प्रदान गरेको जनाएको छ ।
बैंकको औचित्य ब्याजदर, कर्जा, रेमिट्यान्स, डजिटल बैंकिङ्ग, पिन नम्बर, ओटीपी तथा पासवर्ड र यसको सुरक्षाका साथै बचत, लगानी, तथा बैंकसँग कारोबार गर्दाका फाइदा लगायतका विषयमा तालिमहरू सञ्चालन गर्नुका साथै जनचेतनामूलक ¥यालीहरू पनि आयोजना गरेको जनाएको छ
।
बैंकले सामाजिक सञ्जालबाट समेत चेतनामूलक विभिन्न श्रव्यदृष्य सामग्रीको प्रचार प्रसार गरिएको छ । ग्राहकहरूको प्रगाढ विश्वास र भरोसाले गर्दा यस सांग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर ११२ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।
ज्योति विकास बैंकद्वारा ग्लोबल मनि विक अभियान अन्तर्गत वित्तीय साक्षरताका कार्यक्रम सम्पन्न
ज्योति विकास बैंकले चैत ४ गते देखि १० गतेसम्म मनाइएको ग्लोबल मनी विक अभियान अन्तर्गत विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। ग्लोबल मनी विक २०२५ को मुख्य नारा ‘थिङ्क बिफोर यू फलो, वाइज मनि टुमरो’भन्ने विषयवस्तुमा केन्द्रित भई युवावर्गमा एक सप्ताहसम्म बैंकले विभिन्न शाखाहरु मार्फत देशका विभिन्न ठाउँहरुमा वित्तीय साक्षरता र सचेतनाका कार्यक्रमहरु आयोजना गरेको हो ।
बैंकले डिजिटल माध्यम र सोसल मिडिया मार्फत पनि विभिन्न सचेतना तथा अन्य जानकारीमूलक कार्यहरु सञ्चालन गरेको छ । यस अभियानमार्फत करिब १ हजार जनाभन्दा बढी व्यक्तिहरु प्रत्यक्षरुपमा लाभान्वित भएका छन् ।
सो कार्यक्रम अन्तर्गत बैंकका प्रादेशिक तथा क्लस्टर कार्यालयहरु अन्तर्गत रहेका विभिन्न शाखा कार्यालयहरु मार्फत सोही क्षेत्रका विद्यालय तथा कलेजहरुमा आधुनिक बैंकिङ्ग, बैंक तथा वित्तीय संस्थाका मुख्य कार्यहरु, वित्तीय अनुशासन, आवश्यकता तथा चाहनाहरु, वित्तीय लक्ष्य, बचत, लगानी, खर्च, विद्युतीय वित्तीय सेवाहरू, नगद रहित कारोबार, धितोपत्र बजार, विद्युतीय ठगी, ओटीपी सम्बन्धी ज्ञान लगायतका विषयहरूलाई समावेश गरी १५ वटा भन्दा बढी तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो ।साथै, बैंकले ग्लोबल मनी विक अवधि भर बैंकका सामाजिक सञ्जालहरुमा विभिन्न अडियो भिजुअल सामग्रीहरु प्रकाशित गर्ने तथा प्रभात फेरी कार्यक्रमहरु आयोजना गरि विभिन्न वित्तीय सूचनाहरु पनि प्रवाह गरेको छ ।
फलस्वरूप बैंकका यस्ता कार्यक्रमहरुले वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने तथा सानै उमेरदेखि बालबालिका र युवाहरूमा वित्तीय साक्षरता प्रवर्द्धन गर्ने, उनीहरूलाई वित्तीय निर्णयहरू लिन र भविष्यमा सक्षम नागरिक बन्न आवश्यक ज्ञान, सीप र व्यवहारले सशक्त बनाउने उद्देश्यमा स्पष्ट योगदान पुर्याउने बैंकको विश्वास रहेको छ ।
संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ ।
आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ ।
ग्लोबल आइएमई बैंकद्वारा सातै प्रदेशमा विद्यार्थी तथा युवा लक्षित कार्यक्रम सम्पन्न
सगठग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२५को सेरोफेरोमा विद्यार्थी तथा युवा युवतीहरु लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सप्ताहव्यापी रुपमा सञ्चालन गरेको छ । बैंकले युवा तथा विद्यार्थी लक्षित वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सातवटै प्रदेशहरुमा संचालन गरेको हो ।
बैंकले ग्लोेबल मनि विक २०२५ को अवसर पारेर देशव्यापी रुपमा आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा ६ हजार भन्दा बढी विद्यार्थी तथा युवा–युवतीहरुको सहभागिता रहेको थियो ।
यसका साथै, नेपाल राष्ट्र बैंक तथा अन्य संस्थाहरुले आयोजना गरेको कार्यक्रममा समेत ग्लोबल आइएमई बैंकका कर्मचारीहरु वित्तीय सचेतना अभिवृद्धि व्यानर सहित सहभागि भएका थिए ।
ग्लोबल आइएमई बैंकले आफ्ना ३५५ वटै शाखाहरुमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग प्रवद्र्धन कार्यक्रमहरु सञ्चालन गर्ने उद्देश्य राखेको छ ।
कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३८५ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
‘ग्लोबल मनी वीक’मा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको देशव्यापी वित्तीय साक्षरता कार्यक्रम
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ‘ग्लोबल मनी वीक–२०२५’ को अवसरमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गरेको छ।
‘ग्लोबल मनी वीक २०२५’ लाई सफल बनाउने उद्देश्यले बैंकले चैत ४ गतेदेखि १० गतेसम्म सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरुमार्फत वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको हो।
कोशी प्रदेशमा १२, मधेश प्रदेशमा १२, वाग्मती प्रदेशका १६, गण्डकी प्रदेशका १३, लुम्बिनी प्रदेशमा १४, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा १० गरी बैंकका जम्मा ८३ वटा शाखा कार्यालयहरुले वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको बैंकले जनाएको छ।
‘ग्लोबल मनी वीक–२०२५’ कै सन्दर्भमा बैंकले लुम्बिनी प्रादेशिक कार्यालय, हेटौंडा, धनगढी, हरिवन, लालबन्दी र स्याफ्रुबेँसीमा वित्तीय साक्षरता सम्बन्धी र्याली समेत गरेको थियो।
वित्तीय साक्षरता कार्यक्रममा बैंकिङ प्रणली, बचत तथा कर्जाको योजना, बचतको आवश्यकता, खाताका प्रकार, मोबाइल बैंकिङ, डिजिटल बैंकिङ, क्यूआर, पिन तथा पासवर्ड सुरक्षा, साइबर सुरक्षा, डिजिटल ठगीबाट जोगिने उपायहरु आदि विषयमा विद्यार्थीहरुलाई ज्ञान प्रदान गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा छ।
बैंकले हालै प्रकाशित गरेको वित्तीय साक्षारतामा आधारित चित्र पुस्तक “डिजिटल बैंकिङको जादु” र साइबर सुरक्षा अन्तर्गत पर्चा सातै प्रदेशबाट विभिन्न विद्यालयका विद्यार्थीहरुलाई वितरण गरेको थियो। साथै, बैंकले आफ्नो सामाजिक सञ्जालबाट चेतनामूलक सामाग्रीहरु समेत प्रसारण गरेको थियो।
एनएमबि बैंकको सुनवल शाखा साबिक स्थानबाट पराजुली कम्प्लेक्समा स्थानान्तरण
एनएमबि बैंकको सुनवल शाखा पहिलेको स्थानबाट केहीपर दक्षिणतर्फ स्थानान्तरण भएको छ। उक्त शाखा पहिलेको स्थानबाट नजिकै दक्षिणपट्टी विपरित दिशामा पराजुली कम्प्लेक्स नयाँ भवनमा अत्याधुनिक सेवासहित स्थानान्तरण भएको बैंकले जनाएको छ। ८८ वर्षीय जेष्ठ नागरिक समाजसेवी गङ्ग बहादुर पुनले शाखाको उद्घाटन गरेका छन्।
एनएमबि बैंक सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवालीले सबै जनतामा वित्तीय पहुँच पुर्याउन एनएमबि बैंक अत्याधुनिक सेवासुविधा प्रदान गर्नेगरी स्थानान्तरण गरिएको जानकारी दिए। उनले सुनवल क्षेत्रका स्थानीयलाई गुणस्तरीय बैकिङ सेवा दिन आफूहरू सदैव प्रतिबद्ध रहेको बताए।
कार्यक्रममा बैंकका एडमिन हेड सिताराम डुम्रे, अधिकृत रन्जिव श्रेष्ठ, पूर्वप्रदेश उद्योगमन्त्री खड्ग बस्नेत, जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष विष्णु प्रसाद पौडेल, सचिव चण्डी प्रसाद पाण्डे, रेडक्रस सोसाइटी नवलपरासी उपसभापति कृष्ण लामिछाने, एनएमबि लुम्बिनी प्रदेश रिस्क म्यानेजर कमल न्यौपाने लगायत समाजसेवी, उद्योगी र व्यवसायीहरूको उपस्थिति थियो।
स्ट्यान्डर्ड चार्टर्ड बैंकको नयाँ अध्यक्षमा वेणुगोपाल रंगनाथन नियुक्त
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको अध्यक्ष पदमा वेणुगोपाल रंगनाथनलाई नियुक्त भएका छन् । ४६९औं सञ्चालक समितिको बैठकले २०२५ मार्च २१ देखि लागू हुने गरी बैंकको अध्यक्ष पदमा वेणुगोपाल रंगनाथन नियुक्त भएका हुन् ।
आइतबार कार्यवाहक गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले रंगनाथनलाई शपथ खुवाइन् । वेणुगोपाल २००७ को जुनदेखि स्ट्यान्डर्ड चार्टर्डसँग आवद्ध रहँदै आएका छन् । उनले मुख्य रूपमा कर्पोरेट र इन्भेस्टमेन्ट बैंकिङ (सीआईबी) का लागि जोखिम व्यवस्थापन कार्यमा विभिन्न वरिष्ठ भूमिकाहरूमा काम गरिसकेका छन् ।
हाल उनी भारत र दक्षिण एसिया क्लस्टर (जसमा बंगलादेश, श्रीलंका र नेपाल समावेश छन्) का लागि प्रमुख जोखिम अधिकृत (सीआरओ) हुन् । ३२ वर्षभन्दा बढी समयको बैंकिङ अनुभव रहेको वेणुगोपालले विभिन्न भौगोलिक क्षेत्रहरू र व्यावसायिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । उनी चार्टर्ड एकाउन्टेन्टसमेत हुन् ।
महालक्ष्मी विकास बैंकद्वारा देशैभरी वित्तीय साक्षरता तथा सचेतना कार्यक्रमहरु सम्पन्न
र्र्थी तथा युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्ति विकासका लगि वित्तीय साक्षरताका कार्यक्रम, प्रभातफेरी कार्यक्रम सञ्चालन गरेको छ ।
देशभरी गरिएको कार्यक्रमहरुमा १२ सय जनाभन्दा बढीको सहभागिता रहेको र उक्त कार्यक्रमहरुमा बचत, कर्जा, लगानी, सफा नोट, विद्युतिय वित्तीय सेवाहरु, विप्रेषण, गुनासो सुनुवाई, वित्तीय सेवाप्रदायक संस्था, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बीमा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुहरुमा जानकारी गराइएको छ ।
साथै, यस बैंकको आधिकारिक सामाजिक सञ्जालका माध्यहरुबाट समेत विभिन्न सचेतनामूलका जानकारीहरु पोष्ट गर्नुका साथै भिडियो सामाग्रीहरु समेत प्रसारण गरिएको छ । यस कार्यबाट किशोर÷किशोरी तथा युवा÷युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंकद्वारा ग्लोबल मनि विकका अवसरमा सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न कार्यक्रम आयोजना गरेर यस वर्षको ग्लोबल मनि विक मनाएको छ । बैंकले ७ वाटै प्रदेशमा रहेका अफ्ना ४९ शाखा कार्यालयहरु बाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेर Think before you follow, Wise Money Tomorrow भन्ने मूल नाराका साथगत चैत्र ४ देखी १० गते सम्म सञ्चालन भएको ग्लोबल मनि विक हजारौँ सर्वसाधारण तथा लक्षित वर्गलाई वित्तीय ज्ञान प्रदान गरेर सम्पन्न गरेको छ ।
ग्लोबल मनि विकअन्तर्गत बैंकले कोशी प्रदेशको भोजपूर, महेन्द्रचोक विराटनगर,बिर्तामोड, इटहरी,कर्सिया र शहिदभूमि,मधेश प्रदेशको वीरगन्ज, निजगढ, बोदेबर्साइ र जनकपूर, बाग्मती प्रदेशको भरतपुर,भैंसेपाटी, मनहरी, मंगलपूर, चरिकोट, नारायणगढ, नारायणगोपाल चोक,धुमबाराही, ग्वार्खो, नयाँबजार, हरिहरपूरगढी, ज्यामिरे, टाँडी, कुलेश्वर, टेकु, लामबगर, डिल्लीबजार र सिन्धुली,गण्डकी प्रदेशको अमरापुरी,धारापानी बाग्लुङ, चामे, दमौली, कावासोती र कोल्हुवा,लुम्बिनी प्रदेशको तुलसीपूर, जीतपूर, कालिकानगर, मनिग्राम, ओडारी, कोहलपूर र सूख्खानगर कर्णाली प्रदेशको जाजरकोट,जुम्ला, जुफल, सिमीकोट र नाम्खामा तथा सुदूरपश्चिम प्रदेशको ढकारी र पाटनमा विभिन्न वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरी वित्तीय ज्ञान प्र्रदान गर्ने कार्य गरेको छ ।
यस कार्यक्रम्रमा उपस्थित युवा तथा विद्यार्थी वर्गमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकाश पारिएको बैंकले जनाएको छ । यस सँंगै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बैंकिङको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराईएको थियो । नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बंैकिङ प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ । यसबाट बंैकिङ प्रणाली मजबुत हुने साथसाथै युवा र विद्यार्थीमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा एटीएम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइहरुबाट आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आईरहेको छ ।
ग्लोबल मनि विकमा नेपाल एसबिआई बैंकको वित्तीय साक्षरता कार्यक्रम
नेपाल एसबिआई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ग्लोबल मनि विक २०२५ को अवसरमा “think before you follow, wise money tomorrow”भन्ने नाराका साथ चैत्र ४ देखी १० गतेसम्म वित्तीय साक्षरता कार्यक्रमहरुको आयोजना गरेको छ ।
सातै प्रदेशमा आयोजना गरिएको उक्त कार्यक्रमले स्कुल तथा कलेजका विद्यार्थीहरूलाई बचतको महत्व, ऋण तथा लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगीसम्बन्धी सचेतना र अन्य आधारभूत बैंकिङ तथा वित्तीय अवधारणालगायत विभिन्न विषयहरूमा जानकारी गराएको थियो ।
उक्त कार्यक्रमहरु कोशी प्रदेशको धर्मदेवी, बेल्टार, धरान, लिमचुङबुङ, बर्गाछी९बिराटनगर०र दमक, मधेस प्रदेशको राजगढ, लहान, चन्द्रनिगाहापुर, जनकपुर, हरिवन रसिमरा, बागमति प्रदेशको दरबारमार्ग,न्यूरोड रत्ननगर, हाकिमचोक, बट्टार,धादिङ, पाटन, बनेपा र हेटौंडा,गण्डकी प्रदेशको वालिङ, बागलुङ, सिसुवार पोखरा, लुम्बिनी प्रदेशको पाल्पा, लमही, दाङ, सुनछहारी र भैरहवा,कर्णाली प्रदेशको सुर्खेत, सुदुरपश्चिम प्रदेशको धनगढी, शिबनाथ, अत्तरीया, गन्यापधुरा र महेन्द्रनगरनगरलगायतका विभिन्न स्थानहरुमा सञ्चालित कार्यक्रममा पन्ध्र सय भन्दा बढी बालबालिका तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
नेपाल एसबिआई बैंकले बिगत ३१ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
लुम्विनी विकास बैंकद्वारा वर्दघाटको न्यू लाइफ माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
लुम्विनी विकास बैंक लिमिटेड वर्दघाट नवलपरासी शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय रूपमा मनाउदै आइरहेको ‘ग्लोबल मनि विक–२०२५’ को अवसरमा लुम्विनी विकास बैंक लिमिटेड वर्दघाट नवलपरासी शाखाले “Think Before You Follow, Wise Money Tomorrow” भन्ने नाराका साथ यही चैत्र १० गते वर्दघाटस्थित न्यू लाइफ माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।
बैंकमा कार्यरत शाखा प्रबन्धक विक्रम गौतमले वित्तीय साक्षरता सम्बन्धि सहजीकरण गरेका थिए । उनले वित्तीय साक्षरताको महत्त्व र दैनिक जीवनमा यसको प्रयोग, वचत, डिजिटल बैकिङ, फ्रड र फ्रडबाट सुरक्षित रहने उपाय तथा बैंकले प्रदान गर्ने अन्य बैकिङ सेवाको बारे अभिमुखिकरण दिएका थिए ।
कार्यक्रममा सहभागीको तर्फबाट प्रिज्मा ज्ञवालीले वित्तीय साक्षरता जस्तो महत्त्वपूर्ण कार्यक्रम गरेकोमा बैंकलाई हार्दिक कृतज्ञता ज्ञापन गरेकी थिइन।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको विभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ ।
एनआईसी एशिया बैंकको कमलादी शाखा नजिकैको आफ्नै भवनमा स्थानान्तरण
एनआईसी एशिया बैंकको कमलादी शाखा नजिकैको आफ्नै भवनमा स्थानान्तरण गरिएको छ । काठमाण्डौ महानगरपालिका–२८, कमलादीमा सञ्चालनमा रहेको बैंकको कमलादी शाखा चैत १० गते आइतबारदेखि सोही स्थानबाट करिब २०० मिटर पूर्वउत्तरतर्फ रहेको आफ्नै भवनमा स्थानान्तरण भएको हो ।
नयाँ भवनमा स्थानान्तरण भएसँगै उक्त शाखाको सम्पूर्ण बैंकिङ कारोबार आजका मितिबाट नयाँ ठाउँबाट सञ्चालन हुने बैंकले जनाएको छ ।
नवील स्टक डिलरद्वारा ग्लोबल मनि विकको अवसरमा लगानी सचेतना कार्यक्रम सञ्चालन
नबिल स्टक डिलर लिमिटेडले ग्लोबल मनी विक २०२५ को अवसरमा आयोजना गरेको लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
यस कार्यक्रमको उद्देश्य युवाहरूलाई वित्तीय स्वतन्त्रता प्राप्त गर्न तथा नेपाली पूँजी बजारमा लगानी अवसरहरू अन्वेषण गर्न शिक्षित र सचेत गराउनु रहेको कम्पनीले एक विज्ञप्ति जारी गरी जनाएको छ।
ग्लोबल मनि विक एक वार्षिक विश्वव्यापी सचेतना अभिवृद्धि अभियान हो, जसले सुनिश्चित गर्दछ कि युवा पुस्ता प्रारम्भिक उमेरदेखि नै वित्तीय रूपमा सचेत बनून् र उनीहरू क्रमशः वित्तीय निर्णय लिन आवश्यक ज्ञान, सीप, दृष्टिकोण र व्यवहारलाई आत्मसात् गर्दै वित्तीय कल्याण तथा वित्तीय स्थिरता प्राप्त गर्न सक्षम बनून्। यस वर्षको नाराका रूपमा ‘सोचेर निर्णय गरौं, भोलि बुद्धिमानीपूर्वक खर्च गरौं'( “Think before you follow, wise money tomorrow.”) राखिएको छ।
नबिल स्टक डिलर लिमिटेडले नेपाल धितोपत्र बोर्डको आह्वान र समर्थनमा मार्च १७ देखि २३ सम्म यो कार्यक्रम आयोजना गर्यो, जसले युवा तथा प्रारम्भिक उमेरका व्यक्तिहरूलाई लगानी शिक्षा तथा सचेतनामा सशक्त बनाउन महत्वपूर्ण कोशेढुङ्गा स्थापित गरेको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीले गण्डकी प्रदेशको वालिङ स्याङ्जास्थित नेपाल आदर्श क्याम्पस, लुम्बिनी प्रदेशको पाल्पास्थित तानसेन मल्टिपल क्याम्पस, काजिमौवा पाल्पा तथा तानसेन पाल्पास्थित पाल्पा आवासिया माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्यो। यस कार्यक्रमबाट २०० भन्दा बढी विद्यार्थीहरूले वित्तीय निर्णय लिन आवश्यक ज्ञान, सीप तथा व्यवहार सिक्ने अवसर प्राप्त गरे।
ग्लोबल मनी विक २०२५ को समर्थनमा, नबिल स्टक डिलरले एक्सेल बिजनेस कलेज, नयाँ बानेश्वरसँगको सहकार्यमा स्टक डिलर भ्रमण कार्यक्रम पनि सञ्चालन गर्यो, जसमा विद्यार्थीहरूलाई डिलरको कार्यप्रणाली, पूँजी बजारमा स्टक डिलरको भूमिका तथा व्यावहारिक परिदृश्यहरूको बारेमा जानकारी प्रदान गरिएको थियो ।
६५० भन्दा बढी सहभागीहरूलाई समेट्ने यो लगानी शिक्षा तथा सचेतना कार्यक्रम नबिल स्टक डिलर लिमिटेडद्वारा सफलतापूर्वक सम्पन्न गरिएका प्रमुख पहलकदमीहरूमध्ये एक हो।
नबिल बैंकको पूर्ण स्वामित्वमा सञ्चालित नबिल स्टक डिलर लिमिटेड, जसले दलाल नम्बर ७७ अन्तर्गत कार्य गर्दछ, देशकै ठूला स्टक डिलर, बजार निर्माता तथा शेयर दलालहरूमध्ये एक हो। यसले ग्राहकका वित्तीय लक्ष्यहरू अनुरूप ब्रोकरेज सेवा, पिएमएस(पोर्टफोलियो म्यानेजमेन्ट सेवा), मार्जिन ट्रेडिङ तथा डिपोजिटरी पार्टिसिपेन्ट जस्ता विविध धितोपत्र विनिमय सेवाहरू प्रदान गर्दै आएको छ।












