जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा डोनेसन बक्स हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत गण्डकी प्रदेश , मुस्ताङ्ख जिल्लाको बारा मुक्तिक्षेत्र गाउँपालिका स्थित मुक्तिनाथ मन्दिरलाई डोनेसन बक्स प्रदान गरेको छ ।

उक्त सहयोगले मुक्तिनाथ मन्दिर परिसरमा दर्शन गर्न आउने भक्तजनहरुले चढाउने नगद रुपैयाँको व्यवस्थापनमा सहयोग पुग्नेछ । बैंक र उक्त संस्था बिच आयोजित एक कार्यक्रममा बैंकको तर्फबाट डेभलपमेन्ट बैंकका शाखा प्रमुख राजिव पौडेलले गण्डकी प्रदेशका सांसद माननिय महेन्द्र बहादुर थकाली तथा मुक्तिनाथ बिकास समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी वेद प्रसाद अर्याललाई हस्तान्त्तरण गर्नुु भयो ।

बाहुबली सिमेण्टले स्यानीटाइजर र मास्क वितरण

बाहुबलीसिमेण्टको उत्पादक बालाजी सिमेण्ट इण्डष्ट्रिज प्रा.लि.नेपालमा अत्यधिक क्षमता युक्त सिमेण्ट उत्पादक हो, जसले प्रत्येक दिन २००० टन सम्म सिमेण्ट उत्पादन गरी देशभर रहेको आफ्नो बलियो बिक्री सन्जाल मार्फत् सिमेण्ट आपूर्ति गर्दै आएको छ । हाल विश्वभर सन्त्रास फैलाएको कोरोना भाइरस–कोभिड १९ सँक्रमण हुनबाट जोगिन विश्वभर नाक मुखमास्कले ढाक्ने र हातधुने अभियान नै चलाइएको परिप्रेक्ष्यमा कम्पनीले पनि एभरेस्ट प्यारेन्टरल्स् प्रा.ली.को सहकार्यमा उक्त अभियानलाई सहयोग पु¥याउने उद्देश्यका साथ सामाजिकउत्तरदायित्वको अभिभारा बहन गरेको छ ।

कोरोना भाइरस व्यक्तिदेखि व्यक्तिमा सर्ने अधिकतर जोखिमयुक्तभएको अध्ययनहरुले देखाएका छन् । हालनेपालमापनि यो भाइरसको रोकथामको प्रयास भैरहेका छन्, जसको लागि नेपाल सरकार तथानागरिकहरु एवं जिम्मेवार निकायहरुले भरमग्दूर प्रयास गरिरहेका छन् । यसै सन्दर्भमा कम्पनीले पनि कोरोना भाइरस फैलिननदिनआमनागरिकहरुलाई हातधुन स्यानीटाइजर र नाकमुख ढाक्न मास्कवितरण गर्ने कार्य अघि बढाएको छ ।

उक्तवितरण कार्य काठमाडौं उपत्यकाभित्रका धेरै भिडभाड हुने विभिन्न स्थानहरुमा गरिएका छन् ।
“हामी चाहन्छौं देश कोरोनाको त्रासबाट आक्रान्त भैरहेको यस घडीमा यहाँकानागरिकहरुलाई सीमित संख्यामै भएपनिमास्क र स्यानीटाइजर वितरण गरेर उनीहरुको स्वास्थ्य सुरक्षितबनाउन सकौं । वास्तवमाभन्ने हो भनें देशको एक उद्या्ेग भएको नाताले यो हाम्रो सामाजिकदायित्वपनिहो, देशलाई परेको बेलामा साथदिनहामीकहिल्यै पछि पर्ने छैनौ ।”बालाजीसिमेण्ट इण्डष्ट्रिज प्रा.लि.का प्रवन्ध निर्देशन गौरव गाडियाले भन्नु भएको छ ।

हाल काठमाडौं उपत्यकामावितरण गरिए पनियदिआवश्यक परेमा यो अभियानलाई देशैभर फैलाउने लक्ष्यकम्पनीले लिएको छ ।

मध्यरातिदेखि अन्तरराष्ट्रिय उडान बन्द

कोभिड–१९को विश्वव्यापी सङ्क्रमणलाई ध्यानमा राखी सरकारले आज मध्यरातिदेखि लागू हुनेगरी नौ दिनसम्म नेपाल भित्रिने सबै अन्तरराष्ट्रिय हवाई उडान बन्द गरेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सरकारको निर्णयबमोजिम शनिबार जरुरी सूचना निकालेर नेपालमा उडान भर्ने सबै अन्तरराष्ट्रिय वायुसेवा कम्पनीको उडान अवतरण चैत ९ को राति २३ः५९ बजेदेखि चैत १८ सम्म सोही समयावधिका लागि स्थगन गरिएको जनाएको छ ।

प्राधिकरणले यस निर्णयबाट नेपालबाट अन्तरराष्ट्रतर्फ जाने यात्रु, एयर एम्बुलेन्स, कार्गो उडान तथा अत्यावश्यक उडानमा असर नपर्ने स्पष्ट पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसर त्यसविरुद्ध नेपाल सरकारले चालेका कदम र सचेतनाबारे यही चैत ७ गते साँझ राष्ट्रका नाममा गर्नुभएको सम्बोधनमा चैत ९ देखि १८ गतेसम्मका लागि अन्तरराष्ट्रिय उडान स्थगन हुने जनाउनुभएको थियो ।

आजै रातिदेखि कुनै पनि यात्रुवाहक जहाज नेपाल प्रवेश गर्न नपाउने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार विदेशबाट विनायात्रुको जहाज भने नेपाल आउन पाउनेछन् । यहाँबाट विदेश जाने यात्रुलाई ती वायु सेवा कम्पनीले लैजान सक्नेछन् ।

अन्तरराष्ट्रिय उडान स्थगन गरिए पनि आन्तरिक उडान भने यथावत् रहने महानिर्देशक पोखरेलको भनाइ छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायु सेवा कम्पनीले उडान सेवा सञ्चालन गरिरहेका छन् ।

अफवाह फैलाउने सामग्री सम्प्रेषण भएमा उजुरी गर्नुहोस्–काउन्सिल

प्रेस काउन्सिल नेपालले कोभिड–१९ बारे भ्रम र उत्तेजना फैलाने सामग्री प्रकाशन÷प्रसारण नगर्न आमसञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ । काउन्सिल बोर्ड र सचिवालयको संयुक्त बैठकले कोरोना भाइरसबाट अधिकांश देश आक्रान्त बनिरहेका अवस्थामा केही मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्ताबाट हल्ला र अनुमानका आधारमा लापरवाहीपूर्वक तथ्यहीन सूचना सम्प्रेषण हुने गरेको पाइएकाले त्यसो नगर्न अनुरोध गरेको हो । काउन्सिलले जिम्मेवार सञ्चारकर्मी र सञ्चारमाध्यमबाट सम्प्रेषण भएमा तत्काल काउन्सिलमा उजूरी गर्न पनि आग्रह गरेको छ ।

काउन्सिलले नेपाल पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को ५ को दफा १४ को ‘पत्रकार तथा सञ्चारमाध्यमले व्यक्तिको स्वास्थ्य, महामारीलगायत जनस्वास्थ्यसँग सरोकार रहने विषयसम्बन्धी सामग्री पाठक, स्रोता वा दर्शकमा उत्तेजना वा निराशा उत्पन्न हुने गरी अतिरञ्जित तवरमा कोही, कसैका बारेमा पनि सम्प्रेषण गर्नुहुँदैन’ भन्ने प्रावधानको ख्याल गरी सूचना र समाचार सम्प्रेषण प्रवाह गर्न पत्रकार, सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई अनुरोध गरेको हो । “संयमित हुनुपर्ने गम्भीर समयमा समाजका कतिपय जिम्मेवारी व्यक्तिले आममानिसलाई नै आतङ्कित र तरङ्गित बनाउने गरी केही मिडियामार्फत अफवाह फैलाइरहेको देखिन्छ, प्रेस काउन्सिल नेपाल गलत सूचना, समाचार सम्प्रेषण नगर्न यस्ता मिडियालाई निर्देशन दिन चाहन्छ”, काउन्सिलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

काउन्सिलले सूचीकरणका लागि निवेदन फाराम लिने र पत्रपत्रिका वर्गीकरणको प्रमाणपत्र वितरण गर्ने कार्य तत्कालका लागि बन्द गर्ने भएको छ । काउन्सिल पत्रकार आचारसंहिता बनाई देशभरका सञ्चारमाध्यम र पत्रकारको अनुगमन गर्ने राज्यको एकमात्र जिम्मेवार स्वायत्त संस्था हो । काउन्सिलले कुनै पत्रकार, मिडिया र गलत सूचना, समाचार सम्प्रेषण गर्नेका विरुद्ध अनलाइनमार्फत उजूरी सुन्ने गर्दै आएको छ ।

यति र बुद्ध एयरले लुट्नु लुटेपछि भाँडा घटाएको नाटक मञ्चन

नेपालमा नाम कमाएका, नाफा कमाएका यति एयर र बुद्ध एयरले १ हप्ता भाडामा लुट मात्रै मच्चाएनन् । देशको सम्बेदनशील अवस्थाको उपभोग गरे भन्दा अब फरक पर्दैन ।

विश्यव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरससंग जनता लडिरहेका परिस्थितिमा यति र बुद्ध एयरले रातारात भाडाँमा लुट नै मच्चाएको खुलेको छ ।

नेपालमा कोरोना भाइरस देखा नपरे पनि सरकारले अत्यावश्यक सेवा बाहेक सबै कुरा बन्द गरेपछि राजधानी छाडेर घर जानेहरुको भीड बढेपछि यसकोे फाइदा यति र बुद्ध एयरले उठाएका छन् भन्दा फरक पर्दैन ।

विश्व रोएको बेला नेपालले कोरोना नभित्र्याउन सयौं उपाय खोजी गरेको बेला जनतालाई सहयोग र साथ दिनुको साटो भाडामा लुट मच्चाउने यति र बुद्ध एयरलाई कारबाही मात्रै होइन । लाईसेन्स नै खारेज गरिनुपर्ने आवाज उठिरहेको छ ।

४ हजारको भाडालाई ९ हजारसम्म लिने र विरोध भएपछि कारवाहीको डरले घटाएको नाटक मञ्चन गर्ने यति र बुद्ध एयरलाई राज्यले तत्कालै कडा कारवाही गरिनु पर्दछ कि पर्दैन ।

यति सम्मकी यती एयरले काठमाडौं–भद्रपुरको भाडा ९ हजार लिएर लुट नै मच्चाएको खुलेको छ । जबकी त्यहाको भाडा ६ हजार भन्दा बढि पर्दैन । यो कस्तो लुट हो । राज्य कहाँ छ । किन कारवाही गर्दैन । यति एयरलाई के यो देश यति एयरकै हो ? ३ करोड जनताको देश होइन ?
१ हप्ता यी दुई यति र बुद्ध एयरले डबल भाडा उठाएर लुटेपछि सामाजिक सञ्जालमा चर्को बिरोध भएपछि भाडाँ घटाएको नाटक मञ्चन गरेपनि भाडाँ घटेको छैन । टिकट ब्लाकमा नै बिक्री भएको भेटिएको छ ।

जनतालाई दुःखपर्दा लुट्ने । देशले सहयोग मागिरहेको बेला मुन्टो उता फर्काउने यस्ता एयरलाइन्स नेपाली जनतालाई चाहिएको छैन । दशैं, तिहार जस्तै गरि लुट मच्चाउने यि दुई यति र बुद्ध एयरलाई तत्कालै कडा भन्दा कडा कारवाही गरि चेतावनी मात्रै होइन जरिवाना गर्न सरकार अब पछि पर्नु हुँदैन । नत्र जनताले नै कारवाही नर्गलान भन्न सकिदैन । सचेत भया ।

माछापुच्छ्रे बैंक र महानगरिय प्रहरी कार्यालयको संयुक्त पहलमा बिभिन्न स्थानमा हातधुने व्यवस्था

माछापुच्छ्रे बैंक र महानगरिय प्रहरी कार्यालयको संयुक्त पहलमा हाल विश्वभरका अधिकांश देशमा देखिएको कोरोना भाईरसको संक्रमणबाट बच्नको लागि साबुन पानीले हात धुन अनुरोध गर्दै काठमाणडौँका विभिन्न स्थानमा साबुन पानीको व्यवस्था गरेको छ ।

माछापुच्छ«े बैंकले आईतबारदेखि काठमाण्डौँको अत्यन्त भिडभाड हुने स्थान नयाँ बानेश्वर चोकमा ५००० लिटरको पानी ट्याङ्की तथा साबुन÷स्यानिटाईजरको व्यवस्था गरेको हो । आइतबार बिहान बानेश्वर चोकमा व्यवस्था गरिएको हातधुने ठाउँको महानगरिय प्रहरी कार्यालय रानीपोखरी काठमाण्डौका प्रमुख प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेल तथा माछापुच्छ्रे बैंकका निमित्त प्रमुख कार्यकारी अधिृकत सन्तोष कोइरालाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

अत्याबश्यक कामका लागि बाहिर निस्किने आम नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै बैंकले बानेश्वर चोक लगायत काठमाण्डौ तथा भक्तपुरका अत्यन्त भिडभाड हुने प्रमुख १६ स्थानहरुमा हात धुने ठाउँको व्यवस्था गरेको हो । विश्वका अधिकांश देशमा महामारीको रुपमा देखा परेको कोरोना भाईसरको संक्रमणबाट बच्नको लागि साबुन पानीले हात धुनु अनिबार्य रहेको तथा काम बिशेषले बाहिर निस्किने नागरिकको लागि सबै सार्बजनिक स्थानमा हात धुन सम्भब नहुने हुदाँ बैंक तथा महानगरिय प्रहरी कार्यालयले आम नागरिरको स्वास्थ्यलाई ध्यानमा राख्दै उक्त व्यवस्था गरेको हो ।

बैंकिङ्ग क्षेत्र अत्याबश्यक क्षेत्र अन्र्तगत पर्ने भएको हुँनाले माछापुच्छ«े बैंकले आफ्नो मुख्य कार्यालय लगायत सम्पूर्ण शाखा कार्यालयहरुमा ग्राहकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै पर्याप्त स्यानिटाईजरको व्यवस्था गरेको छ । बैंकले अत्याबश्यक बाहेकका अन्य कामको लागि सकेसम्म बाहिर ननिस्किन आग्रह गर्र्दै बैंकिङ्ग कारोबारका लागि बैंकले प्रदान गर्दै आइरहेका बिभिन्न डिजिटल भुक्तानीका माध्यमहरुको उपयोग गर्न सबैंमा आग्रह गरेको छ । साथै बैंकले प्रदान गर्दै आइरहेका डिजिटल भुक्तानीका माध्यमहरुबाट कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने हुदाँ नगद कारोबार लाई कम गरिदिनुहुन समेत सम्पूर्ण ग्राहक महानुभावहरुमा आग्रह गरेको छ ।

सिटिजन्स बैंकको नयाँ शाखा सुर्खेतमा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नयाँ शाखा सुर्खेतमा सञ्चालन भएको छ । बैंकले विरेन्द्र नगरपालिका वार्ड न ६, सुर्खेत स्थित आफ्नै सुविधा सम्पन्न भवनमा स्थानान्तरण गरि बैंकिंग कारोबार सञ्चालनमा लयाएको हो ।

आफ्नै सुविधा सम्पन्न भवनबाट थप छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई बैंकिंग सेवा प्रदान गर्ने उदेश्यले सुर्खेतलाई केन्द्रविन्दु बनाएर सञ्चालनमा ल्याएको हो ।

क्रियाशील रहेका गैर सरकारी संस्थाहरुको आर्थिक कारोवारलाई सहजिकरण गर्न यस शाखाले विभिन्न योजनाहरु  संचालन गर्दै आएकोमा त्यसलाई थप प्रभावकारी र परिस्कृत गर्न विभिन्न आकर्षक योजनाहरु आफ्नै सुविधा सम्पन्न भवनबाट संचालन गर्ने बैंकले जनाएको छ । आयात, निर्यात, व्यापार तथा अन्य व्यवसायिक क्षेत्रमा प्रचुर सम्भावना रहेको र यसलाई टेवा पु¥याँउने हेतुले विभिन्न नयाँ योजनाहरु प्रभावकारी ढंगले संचालन गर्ने बैंकले विश्वास लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९४ वटा शाखा, ९४ वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

कोरोना भाइरसले सृजना गरेको विषम परिस्थितिको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ ।

यस साथ साथै नोट तथा अत्याधिक भिडभाडबाट कोरोना भाइरसको संक्रमण बढ्न सक्ने खतरालाई मध्यनजर गर्दै बैंकले यस बैंकको एटिएम कुनै पनि बैंकको एटिएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ  ।

बैंकमा ऋणको माग घट्यो

कोरोनाको प्रकोपले जनजीवन लगभग ठप्प भएपछि बैंकिङ कारोबार पनि प्रभावित भएको छ। अहिले बैंकमा निक्षेपको कारोबारबाहेक अन्य बैंकिङ सेवा लगभग ठप्प जस्तो भएको छ।

‘पैसा झिक्ने र राख्ने कुरामा अलिकति चाप हुने नै भयो’ बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बिजमाण्डूसँग भने, ‘अब यतिबेला ऋणको माग छैन। अन्य सेवा भनेको छिटपुट मात्रै छ।’

उनका अनुसार, अहिले नेपालबाट भारत उपचारका लागि जानेहरु छिटपुट आउने गरेका छन्। उनीहरुले भारुका लागि कार्ड बनाउने वा उपचारका लागि आवश्यक विनिमय सुविधा लिइरहेका छन्।

‘आन्तरिक रुपमा पैसा पठाउनेहरु पनि छन्। छिटपुट रुपमा प्रतितपत्र खुलेको छ’ उनले भने, ‘तर त्यो निक्कै कम छ।’

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बीचमा बन्द भएको चीनसँगको कारोबार अहिले खुलेको बताए। ‘अहिले त्यहाँ एलसी खोल्ने क्रम बढेको छ’ उनले भने।

बैंकरका अनुसार, पहिले खुलेका एलसीको सामान आउन भने प्रभावित भएको छ। कोरोनाका कारण आयात निर्यात ब्यापार पनि प्रभावित भएकाले सामान ल्याउन समस्या भइरहेको छ।

‘अहिले ऋण ब्यापार निक्कै सुस्त छ। आन्तरिक पनि घटेको छ’ ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी पर्शुराम कुँवर क्षेत्रीले भने, ‘बाह्य ब्यापार पनि घटेकाले एलसी नगन्य छ।’

नगदबाहेक अन्य कारोबार नै घटेपछि ‘बैंकिङ आवर’ घट्ने भएको छ। खासखास ठाउँमा नगद काउन्टर राखेर सेवा दिन बिषयमा छलफल चिरहेको छ। ‘हामी सम्पूर्ण बैंकिङ सेवा दिन तयार छौं। यो कहिले पनि रोकिँदैन’ दाहालले भने, ‘तर ग्राहक र कर्मचारी सुरक्षाका लागि बैंकिङ आवर छोट्याउन सम्बन्धित बैंकहरु स्वतन्त्र छन्।’

बैंकर्स संघअन्तर्गत रहेका सदस्य बैंकका जनशक्ति ब्यवस्थापन विभाग र सञ्चालन विभागका प्रमुखहरुबीच आइतबार छलफल हुने छ। छलफलमा कसरी अगाडि जाने भन्ने निर्णय हुने छ। त्यसपछि संघले सबैको राय लिएर सुझावपत्र तयार पार्ने छ।

कोरोना प्रकोपका कारण अहिले चेकको कारोबार औषतभन्दा बढि देखिएको एनसीएचएलले जनाएको छ। औषतमा दैनिक ५३ हजार चेक कारोबार हुने गरेकोमा अहिले त्यो बढेको प्रमुख कार्यकारी निलेशमान सिंह प्रधानले जानकारी दिए।

कोरोनाका कारण बैंक तथा वित्तीय संस्थाहरुले साधारणसभा, जागिरको अन्तर्बार्तासमेत स्थागित गर्न थालेका छन्।

सहयोगी विकास बैंकले चैत १० गतेका लागि डाकिएको साधारणसभा स्थगित गरेको छ। २५ जनाभन्दा बढि भेला हुनु पर्ने भएकाले साधारणसभा स्थगित गर्नु परेको बैंकले उल्लेख गरेको छ।

यसैगरी मर्जर तथा प्राप्तिको प्रस्ताव अनुमोदनका लागि सिटिजन्स बैंकले डाकेको विशेष साधारणसभा पनि आइतबार सुचना जारी गरेर स्थगित गरिएको छ। बैंकले चैत १० गतेका लागि साधारणसभा डाकेको थियो। सेञ्चुरी कमर्सीयल बैंकले पनि साधारणसभा स्थगित गरेको छ।

डिजिटल कारोबार गर्न बैकर्स संघको आग्रह

नेपाल बैंकर्स संघले सरभर आम ग्राहकलाई बैंकमा नआउन आग्रह गरेको छ । कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने संभावित जोखिम न्यूनकरण गर्न संघले ग्राहकहरुलाई सकेसम्म बैंकमा नआउन आग्रह गरेका हुन् । ‘संक्रमण हुन सक्ने यो अवस्थामा आम ग्राहकलाई डिजिटल कारोबार बढाउन समेत संघले आग्रह गरेको छ ।

संघले गरेको यो आग्रहसँगै डिजिटल बैंकिङ कारोबार गर्दा शुल्क नलाग्ने व्यवस्था पनि गरेको छ । नोटबाट पनि कोरोना बढ्न सक्ने सम्भावना देखिएपछि यसबाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न नोटको सट्टा कार्ड तथा विद्युतिय कारोबारको माध्यम प्रयोग गर्नुहुन सबैमा अनुरोध गर्दछौं,’ संघद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

शाखाहरुमा भिडभाड कम गर्न तथा विद्युतिय कारोबारलाई प्रोत्साहन गर्न बैंक तथा वित्तीय संस्थाहरुले इन्टरनेटरमोबाइल लगायत विभिन्न विद्युतिय माध्यमवाट गरिने कारोवार, कुनै पनि बैंक तथा वित्तीय संस्थाको कार्ड नेपाल भित्र अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाकोे एटीएम प्रयोग गर्दा कुनै शुल्क नलिने व्यवस्था गरेको छ ।

‘इन्टरनेटरमोबाइल बैंकिङ सेवा लिनु भएका ग्राहकहरुले आफ्नो पासवर्ड बिर्सिएमा वा अन्य कुनै प्राबिधिक समस्या भएमा आफ्नो सम्बन्धित शाखामा फोन मार्फत् सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं,’ जारी विज्ञप्तीमा भनिएको छ ।

साथै, बैंकर्स संघको बैठकले कोरोना भाइरसका कारण हुने सक्ने जोखिमबाट बच्न माथिल्लो तहका कर्मचारीलाई छुट्टाछुट्टै भवनमा बसेर वा घरमै बसेर काम गर्न पनि बैठकले सुझाएको छ ।

हिमालयन बैंकले विदेशी मुद्राको निक्षेपको ब्याज दर घटायो

अमेरिकी डलरको भाउ बढ्न थालेपछि हिमालयन बैंकले विदेशी मुद्राको निक्षेपको ब्याज दर घटाएको छ।

बैंकले चैत ९ गतेदेखि लागु हुने गरी डलर निक्षेपको ब्याज दर घटाएको हो। बैंकले यसअघि डलर निक्षेपको मात्र ब्याज तोक्ने गरेकोमा आइतबारबाट डलरसँगै युरो र जीबीपी (बेलायत) को मुद्राको ब्याज दर पनि निर्धारण गरेको छ।

बैंकले यसअघि डलरको ब्याज दर २ प्रतिशत तोकेको थियो। आजबाट साढे एक प्रतिशत ब्याज दिने भएको छ। यसका लागि कम्तिमा एक सय डलर खातामा हुनु पर्ने छ।

बैंकले जीबीपी र युरोको ०.२५ प्रतिशत दर तोकेको छ। बैंकको स्वदेशी बचत खाताको ब्याज दर अधिकतम ५ प्रतशितमा झारिसकेको छ। बैंकले बचतमा न्युनतम साढे तीन प्रतिशत ब्याज दिने छ।

विरामीलाई अनिवार्य क्वारेन्टाइन, नमान्नेलाई कारवाही

कोभिड–१९ को सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उपप्रधानमन्त्री एवं रक्षामन्त्रीको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिले संयुक्त प्रयासबाट मात्रै कोरोनाको जोखिम नियन्त्रणका मुद्दालाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शनिबार बसेको बैठकले बिरामी भएर आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने र जोखिम नबढाउने काम गर्ने निर्णय भएको अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए। त्यस्तो कार्य सुरक्षा निकाय, स्वास्थ्य मन्त्रालय र अन्य तत्सरोकारवाला निकायहरु मिलेर गर्नेछन्।

सरकारले शुरु गरेका कतिपय निर्देशनात्मक कुराहरुलाई कार्यान्वयनमा लैजाँदा त्यसको प्रभावकारिता हेर्नुपर्ने अवस्था आएको ठहर गर्दै समितिले उपचार गर्न आएका व्यक्तिलाई क्वारेन्टाइनमा पठाउने, आइसोलेशनमा राख्ने, बिरामीलाई जाँच गर्न अस्पताल पठाउँदा अनुशासन पालना नगर्ने विषयलाई कडाइका साथ कार्यान्वयनमा ल्याउने निर्णय भएको उनले बताए।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रका नाममा भएको सम्बोधनको कार्ययोजना बनाएर कार्यान्वयन गर्ने र त्यसको अनुगमन गर्ने विषयमा केन्द्रित रहेर छलफल भएको थियो। क्वारेन्टाइनमा बसे/नबसेको विषयको अनुगमनको नेतृत्व गृह र स्वास्थ्यमन्त्रीले गर्दै जोखिमपूर्ण अवस्थामा रहेका बिरामीलाई उच्च सतर्कताका साथ अघि बढाउन सुरक्षा परिचालन गर्नेछन्। क्वारेन्टाइनका लागि विभिन्न क्षेत्रबाट उपलब्ध गराउने भनिएका भवनलाई स्थानीय तहबाट सूचीकृत गराउन आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ। सरकारले त्यस्ता क्वारेन्टाइन कार्यालयहरु एकद्वार प्रणालीका माध्यमबाट सञ्चालन गर्न खोजिएको जानकारी दिइयो।

कोरोनासँग सम्बन्धित पूर्वसूचना र सतर्कता अपनाउनुपर्ने विषय, तयारीको जानकारी र सबै नागरिकले अनुशासनमा बस्नुपर्ने कुरालाई व्यवस्थित गर्न सार्वजनिक, निजी र सबै क्षेत्रका सञ्चारमाध्यमलाई परिचालन र सहकार्य गर्ने निर्णय भएको सञ्चारमन्त्री खतिवडाले जानकारी दिए।

स्वास्थ्य सामग्रीको आपूर्तिमा देखिएका समस्याहरुलाई समाधान गर्न मुलुकभित्र खरिद हुने वस्तुहरुलाई अर्थ मन्त्रालयले बजेट उपलब्ध गराउने, स्वास्थ्य मन्त्रालयले सामान खरिद गर्ने र मुलुकमा उपलब्ध नहुने वस्तुको हकमा भने विदेशी सहायताका लागि अर्थ र परराष्ट्र मन्त्रालयको पहलमा अन्तर्राष्ट्रिय बजारबाट किनेर ल्याउन राजदूतावासमार्फत खरिद प्रक्रिया शीघ्र अघि बढाउने निर्णय भएको छ।

आपूर्ति व्यवस्था प्रभावकारी बनाउन आपूर्तिमन्त्रीको संयोजकत्वमा कार्यदल गठन भएको छ भने यी सबै विषयको कार्यान्वयन गर्न उच्च तहको राजनीति र सामाजिक समन्वय तथा सहकार्य गर्न कृषिमन्त्रीको नेतृत्वमा बेग्लै समिति गठन गरिएको छ। कोरोनासम्बन्धी सरकारले गरेका निर्णयको कार्यान्वयन भए/नभएको निरन्तर अनुगमन गरी प्रभावकारिता ल्याउन उपप्रधानमन्त्रीको नेतृत्वको समितिले काम गर्नेछ।

इटलीमा एकै दिन गयो ७९३ को ज्यान

चीनपछिको कोरोनाको इपिसेन्टर इटलीमा स्थिति झनै भयावह बनेको छ । शनिबार मात्रै त्यहाँ थप ७९३ जनाको ज्यान गएको छ । इटलीमा कोरोनाका कारण एकै दिन भएको यो अहिलेसम्मकै उच्च मृत्यु हो ।

वर्ल्डओमिटर्सका अनुसार, शनिबार थप ७९३ को मृत्यु भएपछि इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८ सय २५ पुगेको छ । कोरोनाको उद्गमस्थल चीनको भन्दा यो १ हजार ५६४ ले बढी हो ।

इटलीमा मृत्युदरसँगै संक्रमण दर पनि बढेको छ । बितेको २४ घण्टामा मात्रै यहाँका ६ हजार ५ सय ५७ मानिसमा कोरोनाको लक्षण भेटिएको छ । योसँगै कुल संक्रमितको संख्या ५३ हजार ५ सय ७८ छ । यीमध्ये २ हजार ८ सय ५७ को अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

लोम्बार्डीमा थप कडाइ

इटलीको लोम्बार्डी कोरोनाबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हो । यहाँ अहिलेसम्म ३ हजार ९५ मानिसको ज्यान गइसकेको छ । स्थिति भयावह बनेपछि इटली सरकारले त्यहाँ थप कडाइका उपायहरू अघि सारेको छ ।

शनिबार अबेर राति जारी गरिएको नयाँ नियमानुसार, सबै किसिमका खेल तथा शारीरिक गतिविधिमा रोक लगाइएको छ । भेन्डिङ मेसिनको प्रयोगमा पनि निषेध गरिएको छ ।