जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१

समाचार

बैंकमा ऋणको माग घट्यो

बैंकमा ऋणको माग घट्यो

कोरोनाको प्रकोपले जनजीवन लगभग ठप्प भएपछि बैंकिङ कारोबार पनि प्रभावित भएको छ। अहिले बैंकमा निक्षेपको कारोबारबाहेक अन्य बैंकिङ सेवा लगभग ठप्प जस्तो भएको छ।

‘पैसा झिक्ने र राख्ने कुरामा अलिकति चाप हुने नै भयो’ बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बिजमाण्डूसँग भने, ‘अब यतिबेला ऋणको माग छैन। अन्य सेवा भनेको छिटपुट मात्रै छ।’

उनका अनुसार, अहिले नेपालबाट भारत उपचारका लागि जानेहरु छिटपुट आउने गरेका छन्। उनीहरुले भारुका लागि कार्ड बनाउने वा उपचारका लागि आवश्यक विनिमय सुविधा लिइरहेका छन्।

‘आन्तरिक रुपमा पैसा पठाउनेहरु पनि छन्। छिटपुट रुपमा प्रतितपत्र खुलेको छ’ उनले भने, ‘तर त्यो निक्कै कम छ।’

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बीचमा बन्द भएको चीनसँगको कारोबार अहिले खुलेको बताए। ‘अहिले त्यहाँ एलसी खोल्ने क्रम बढेको छ’ उनले भने।

बैंकरका अनुसार, पहिले खुलेका एलसीको सामान आउन भने प्रभावित भएको छ। कोरोनाका कारण आयात निर्यात ब्यापार पनि प्रभावित भएकाले सामान ल्याउन समस्या भइरहेको छ।

‘अहिले ऋण ब्यापार निक्कै सुस्त छ। आन्तरिक पनि घटेको छ’ ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी पर्शुराम कुँवर क्षेत्रीले भने, ‘बाह्य ब्यापार पनि घटेकाले एलसी नगन्य छ।’

नगदबाहेक अन्य कारोबार नै घटेपछि ‘बैंकिङ आवर’ घट्ने भएको छ। खासखास ठाउँमा नगद काउन्टर राखेर सेवा दिन बिषयमा छलफल चिरहेको छ। ‘हामी सम्पूर्ण बैंकिङ सेवा दिन तयार छौं। यो कहिले पनि रोकिँदैन’ दाहालले भने, ‘तर ग्राहक र कर्मचारी सुरक्षाका लागि बैंकिङ आवर छोट्याउन सम्बन्धित बैंकहरु स्वतन्त्र छन्।’

बैंकर्स संघअन्तर्गत रहेका सदस्य बैंकका जनशक्ति ब्यवस्थापन विभाग र सञ्चालन विभागका प्रमुखहरुबीच आइतबार छलफल हुने छ। छलफलमा कसरी अगाडि जाने भन्ने निर्णय हुने छ। त्यसपछि संघले सबैको राय लिएर सुझावपत्र तयार पार्ने छ।

कोरोना प्रकोपका कारण अहिले चेकको कारोबार औषतभन्दा बढि देखिएको एनसीएचएलले जनाएको छ। औषतमा दैनिक ५३ हजार चेक कारोबार हुने गरेकोमा अहिले त्यो बढेको प्रमुख कार्यकारी निलेशमान सिंह प्रधानले जानकारी दिए।

कोरोनाका कारण बैंक तथा वित्तीय संस्थाहरुले साधारणसभा, जागिरको अन्तर्बार्तासमेत स्थागित गर्न थालेका छन्।

सहयोगी विकास बैंकले चैत १० गतेका लागि डाकिएको साधारणसभा स्थगित गरेको छ। २५ जनाभन्दा बढि भेला हुनु पर्ने भएकाले साधारणसभा स्थगित गर्नु परेको बैंकले उल्लेख गरेको छ।

यसैगरी मर्जर तथा प्राप्तिको प्रस्ताव अनुमोदनका लागि सिटिजन्स बैंकले डाकेको विशेष साधारणसभा पनि आइतबार सुचना जारी गरेर स्थगित गरिएको छ। बैंकले चैत १० गतेका लागि साधारणसभा डाकेको थियो। सेञ्चुरी कमर्सीयल बैंकले पनि साधारणसभा स्थगित गरेको छ।

4960
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका