जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • हिमालयन बैंकले विदेशी मुद्राको निक्षेपको ब्याज दर घटायो

हिमालयन बैंकले विदेशी मुद्राको निक्षेपको ब्याज दर घटायो

अमेरिकी डलरको भाउ बढ्न थालेपछि हिमालयन बैंकले विदेशी मुद्राको निक्षेपको ब्याज दर घटाएको छ।

बैंकले चैत ९ गतेदेखि लागु हुने गरी डलर निक्षेपको ब्याज दर घटाएको हो। बैंकले यसअघि डलर निक्षेपको मात्र ब्याज तोक्ने गरेकोमा आइतबारबाट डलरसँगै युरो र जीबीपी (बेलायत) को मुद्राको ब्याज दर पनि निर्धारण गरेको छ।

बैंकले यसअघि डलरको ब्याज दर २ प्रतिशत तोकेको थियो। आजबाट साढे एक प्रतिशत ब्याज दिने भएको छ। यसका लागि कम्तिमा एक सय डलर खातामा हुनु पर्ने छ।

बैंकले जीबीपी र युरोको ०.२५ प्रतिशत दर तोकेको छ। बैंकको स्वदेशी बचत खाताको ब्याज दर अधिकतम ५ प्रतशितमा झारिसकेको छ। बैंकले बचतमा न्युनतम साढे तीन प्रतिशत ब्याज दिने छ।

8030
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका