जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

बाफियामा सिईओको कार्यकाल र उमेर लिमिट राख्नुहुन्न

जुन बैंकको ७९ सिसिडि छ, उसैले लोनको एड गरेको छ, यस्तोलाई के म्यानेजमेन्ट भन्ने ? 

हाम्रो पनि लगानी छ, म सिईओबाट रिटार्यर भएर वोर्डमा बस्न नपाउने ?

कम्पिटीसनको बजारमा हिमालयन बैंक एक्लै हिड्छ ? 
किन नसक्नु यति बर्ष भईसक्यो । मज्जालै सकिन्छ ।

कम्पिटिसन त बढ्दो छ त ? अरु बैंक ठूलो भैसक्यो ?
ठूलो भएर के भयो त । त्यो राम्रो हुनु पर्यो नी । ठूलो भन्दैमा राम्रो हुनुपर्यो । आफ्नो ईन्टर्नल म्यानेजमेन्ट राम्रो हुनुपर्यो । रिस्क म्यानेज हुनुपर्यो ।

नेपाल इन्भेष्टमेन्ट बैंकसंग मर्ज हुन्छ ? 
बाहिर चर्चामा आएको जस्तो इन्भेष्टमेन्ट बैंकसंग एक रुपैयाँ पनि क्रस होल्डीङ छैन । मर्जरको यो हल्ला मात्रै हो । हविव बैंकको एक्जिट भैसकेपछि अर्को बैंक ज्वाइन भेञ्चर नआउनञ्जेलसम्म मर्जरको बारेमा कुनै ठिसिजन हुँदैन । यो हुँदा हुँदै मान्छेले किन मर्जको कुरा गरिरहेका हुन । हामीले धेरै पटक न्यूज पनि दिईसक्यौँ, हविल बैंक एक्जिट गरेर एकचोटी एक्जिट गरेर सिडिसी बैंक साझेदारको रुपमा आउन खोजीरहेको छ । त्यो नटुंगीकन कसरी हामी मर्ज गर्न सक्छौँ ?

सिडिसी कहिलेसम्म आउँछ ? 
त्यो थाहा भएन मलाई । हविव एक्जीट भएपछि प्रोसेस सुरु हुन्छ ।

कुनै प्रक्रिया शुरु भएन ? 
प्रक्रिया शुरु भएको छ । बिग्रेको थियो फेरी सुधार्न खोजिरहेका छाँै ।

जुन हिमालयन बैंकको बोर्ड संरचना परिवर्तन भयो त्यसले बजारमा एक किसिमको मर्जरको वातावरण बनेको छ भन्ने आएको छ नी ?
छैन । किन भन्दा तपाईले हेर्नुभयो भने सञ्चय कोषको सिइओ चाँहि अध्यक्ष भएका छन् । पाए भने सञ्चय कोषले जति पनि पैसा हाल्न सक्छ । किन मर्ज गर्नुपर्यो । क्यापिटल चाहिएको होईन त हामीलाई । हामीले त राईट ईस्यूबाट जान सक्छौँ । हामीलाई राष्ट्र बैंकले दिएको २ ओटा निर्देशन कार्यान्वयन गर्नुपर्यो । एउटा ५० प्रतिशत पब्लीककोमा छ, त्यो ३० प्रतिशत बनाउनुपर्यो । त्यो हाम्रो यो आर्थिक बर्षभित्र हुन्छ । त्यसपछि हामी ३० प्रतिशत पव्लिकमा हुन्छौँ । अरु बैंक जस्तो हुन्छ अनि । त्यो भन्दा अगाडी मर्ज गर्न पनि मिल्दैन । किनभने एउटा ५० प्रतिशत मात्र भएकाले त्यो मान्दैन । हिमालयन बैंक कस्तो छ भने हाम्रो डाटा हेर्ने हो भने अरु टाईपको बैंक होईन । जथाभावी साखाहरु खोलेर मार्केट लिन खाजेको होईन । हाम्रो प्रोफिट राम्रो छ ।

ठूलो बन्न जरुरी छैन ? 
छैन । किन ठूलो बन्नु ? ठूलो भन्या कति हो ?

मर्ज भएर ठूलो हुँदैन ?
ठूलो भन्या कति हो ? हाम्रो अहिले १३ अर्व क्यापिटल नै छ नि । १४ पुगिसक्यो की क्या हो । कति हुनुपर्ने हो २०, ३० या ४० । त्यो केहि आईडिया भयो भने हुन्थ्यो नि । ठूलो भन्ने त्यो साईज नै डिफाईन नगरी हुँदैन ।

नेपालमा कमर्सियल बैंकको धेरै भयो भन्छन नी ? 
त्यो त हाम्रो समस्या होईन नी । त्यो सेन्ट्रल बैंकको समस्या हो । त्यतिका लाईसेन्स दिएपछि हामीलाई आएर पेल्ने कुरा त भएन नी । लाईसेन्स दिने वेलामा दियो । अव समस्याको समाधान गर्नलाई हामीलाई पेल्ने । हामी त पुरानो बैंक हो नि ।

बैंक धेरै भएको मान्नुहुन्छ ? 
मलाई लाग्छ, जुन उहाँहरुले पोलिटिकल प्रोसेसवाट दिएको थियो लाईसेन्स छ सातवटा बैंकलाई । पहिला तिनिहरुको मिस्टेकले सुधार गर्नुपर्यो । तिनिहरुलाई मर्ज गराएपछि अनि हामी कहाँ आयो भने हुन्थ्यो । नत्र किन स्टाण्र्डलाई, नविललाई सोध्ने । त मर्ज गर मर्ज गर भनेर । नेपालमा छ सात बैंक भएको भए राम्रो हुन्थ्यो । मेरो भनाई जहिले पनि यहि हो । यति मात्र हुने हो भने जति पनि पुग्छ ।

धेरै हुँदाको कम्पिटिसन त बढि छैन ? 
कम्पिटिसन भएको छैन । खाली सिस्टमेटीक रिस्क हुन सक्छ । अहिले पनि बैंकहरुले कोर डिपोजिट पनि १० देखी १५ प्रतिशतसम्म राखेको छ । त्यो घटाउँ भन्दाखेरी माईनस छैन । सेभिङ अकाउन्ट बढाएको छ किन भन्दा कोर डिपोजिट ट्रयाक गर्नका लागि रिस्की विहेवियर भयो ।
रिस्की विहेवियर नहोलाकी भनेर । भारतको यस बैंक हेर्नुहोस् रङ सेक्टरमा, रियल स्टेट, नन बैंक फाईनान्स लाई लोन धेरै दियो । रिस्की सेन्टरमा गयो नि त । त्यो हुन्छ ।

नेपालमा त्यो समस्या आउन सक्छ ? 
रियल स्टेटलाई त डा. युवराज खतिवडाले गभर्नर हुँदा नै रोकिदए । नत्र बैंकहरु सबै डुब्थे होला, रियल स्टेटमा धमाधम गईरहेका थिए । अहिले त लिमिट गर्यो नी । २५ प्रतिशत भन्दा बढ्ता पाउँदैन । २५ प्रतिशत पुग्न लाएको वेलामा राष्ट्र बैंकले कडा गर्छ । त्यहि भएर हाम्रो त्यस्तो रिस्क छैन ।

अव देखिने रिस्कहरु के छन ? 
अहिले त रिस्क त्यँहि छ नि । कोरोना भाईरसले इकोनोमिक तल गयो भने ईण्डस्ट्रीएल सेक्टरका लोन तिर्न सकिन्न, होटेलले तिर्न सक्दैन । सबैजनालाई रिस्क भयो नि ।

हिमालयन बैंकले मर्जरको बारेमा सोचेको छैन ? 
छैन ।

बाहिर सेयर प्राइस बढाउने हल्ला मात्रै हो ? 
हो ।

अव हिमालयन बेंक एग्रेसिभ जान्छ ? 
हामी एग्रेसिभ जाने की नजाने भन्नेमा हाम्रो पार्टनर हविवको एक्जिटलाई कुरीरहेका छौँ । त्यसपछि नयाँ सेयर धनीको रुपमा सिसिडी बैंक आउँछ ।

अहिले लगानी गर्ने फण्ड टन्नै छ नि बैंकमा ? 
छैन । हाम्रो एभ्रेज सिसीडि ७७ प्रतिसत छ । त्यो त राम्रो होईन ।

लोनको डिमाण्ड कम भईरहेको हो ? 
त्यो पनि भन्छ तर तपाई हेर्नुहोस जुन बैंकको ७९ प्रतिशत सिसिडि रेसियो छ लोनको एड गरेको छ । यस्तोलाई के म्यानेजमेन्ट भन्ने ?

संसदमा छलफलका लागी पेश भएको बाफियाको सुझाव के छ ? 
बाफियाको चाँहि यो कार्यकाल अवधी र उमेर लिमिट राख्नुहुन्न भन्ने हाम्रो सुझाव हो । हामी प्राईभेट सेक्टरको हो । नेपाल सरकारको चाहि बैंकहरुमा लागु गरेमा त्यो नेपाल सरकारको कुरा भयो । तर गभर्मेन्टको र प्राईभेट सेक्टरको लागु हुनुपर्ने भन्ने त्यो राम्रो कुरा होईन । राष्ट्र बैंकको कुनै बैंकहरुसंग अफ्ठ्यारो छ भने बोलाएर कुरा गर्नु पर्यो तर ईण्डस्ट्रीलाई अषर पु¥याउनेगरी ल्याउनु भएन ।

हुबहु पास हुने कुरा छ त ? 
मैले सुनेको हुँदैन । धेरै विरोध छ । रुलिङ पार्टीमा पनि त्यस्तो सहमती छैन । कांग्रेसका कतिपय सांसदहरुले विरोध जनाइसकेका छन । हेरौँ के हुन्छ ।

एउटै व्यक्ति लामो समय सिईओमा बस्दा नेगेटिभ ईम्प्याक्ट पर्छ ? 
मलाई त लाग्दैन । कहि कतै भएको छ र ? अमेरिकामा हेर्ने हो भने जेभी डाईमण्ड त्यत्रो कम्पनी चलाईरहेको छ । तिनिहरुको विजनेश त टेस्ट स्टोरीमा देखाउँछ । नेपालमा माात्रै होईन त नभएको जात्रा हाडी गाउँमा भनेजस्तै हुन्छ ।

अन्य देशमा छैन यस्तो ? 
छैन छैन । दिस ईज द प्राईभेट सेक्टर । यहाँ त डिभोजिटरको पैसा भएको हुनाले यो त पब्लिकको नै हो भन्ने कुरा । रेगुलेटर राष्ट्र बैंकको केहि राम्रो भएन भने कारर्वाही गर्नु पर्यो नि । यस्तो एजमा रेष्ट्रिक्सेन लगाएर भएन नी ।

तपाईको कार्यकाल रिन्यू हुन्छ ? 
त्यो त हेर्नुपर्छ । वोर्डको कुरा हो । द्याट ईज नट ईस्यू ईस्यू ईज द्याट । हाम्रो पनि लगानी छ, म सिईओबाट रिटार्यर भएर वोर्डमा बस्न नपाउने ? बस्न नपाउने भएपछि राम्रो भएन नि ।

सिईओमा दोहारिने ईच्छा छ ? 
अहिले त कस्तो लाग्छ भने सिडिसी आउने र हविब बैंक जाने त्यसमा ट्रान्जिसन पिरियड त गर्नुप्यो नि । स्वाट्टै छोड्नु भएन नि । यहाँ हाम्रो कलाम्विङ त कस्तो थियो भने सिडिसी आउँछ एउटा ट्रान्जिसन पिरियड हेरेर अनि छोड्ने भन्ने कुरा हो । तर अफसोच हाम्रो पुरानो वोर्डले सिडिसी बैंकलाई आउन रोकिदियो । रोकेर राष्ट्र बैंकले यो कदम चालेर नयाँ बोर्ड खडा गरेर अगाडी बढोस भनेर गरिराखेको छ । त्यो काम बाँकी छ ।

हिमालयन बैंक बजारमा कसरी अगाडी बढ्छ ? 
हामी हाम्रो आईटीको एक दुईवटा इस्यूहरु डिल गरिरहेका छौँ । हाम्रो ईन्टरर्नल कसरी बलियो वा व्यवस्थित गर्ने भन्नेमा हामी लागिरहेका छौँ । हामी पाँचवटा ब्रान्चहरु खोल्ने तयारीमा छौँ । तर हामी चाँहि ३ सय ब्रान्च खोल्ने योजना छैन । बरु हामीले राष्ट्र बैंकलाई ब्रान्च खोल्दाखेरी स्विकृती लिन नपोरस, जानकारी मात्र दिए पुगोस भन्ने आग्रह छ । काठमाडौं भित्र नै कति ठाउँमा ब्रान्च नै छैन । गाउँवाट शहरमा आएको छ, खुल्नुपर्ने सहरमा होइन  अर्थ पथ Bata 

कामना सेवा विकास बैंकको १२३औं शाखा ललित्पुरको ग्वार्कोमा

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं १७ स्थित ग्वार्कोमा आफ्नो १२३औ शाखा कार्यालय स्थापना गरी समुद्घाटन समारोह गरेको छ ।

ललितपुर महानगरपालिका वडा नं १७ का अध्यक्ष विनोद महर्जन तथा बैंकका संचालक विश्वेश्वर सुवेदीले संयुतm रुपमा शाखाको उद्घाटन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पार्नुभएको थियो । यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।

बैंक अफ काठमाण्डुको २५औं वार्षिकोत्सव

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा वार्षिकोत्सवका विभिन्न कार्यक्रमहरुको कार्यबिधी बनाई सञ्चालन गर्दै आईरहेको छ ।

जस अन्र्तगत बैंकको प्रधान कार्यालय सहित सम्पूर्ण शाखा कार्यालयहरुमा उत्सव स्वरुप सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा केक काटी वार्षिकोत्सव मनाइएको हो ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

कुमारी बैंक र हेरिटेज होटेल बीच सम्झौता

कुमारी बैंक लिमिटेड र हेरिटेज होटेल प्राइभेट लिमिटेडबीच होटलका विशेष सेवाहरुमा कुमारी बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुलाई विशेष छुटको प्रावधान सम्बन्धी सम्झौता भएको छ ।
जिन्दगीको निरन्तर भागदौडमा थकित तन र मनलाई सक्रियशील राख्न लगायत शारीरिक स्फूर्ति एवं मानसिक उर्जा र सचेतना पूर्णजागरणका लागी विश्राम अत्यावश्यक रहेको छ ।

सोही कुरालाई मध्यनजर गर्दै, कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्य मार्फत पोखरास्थित हेरिटेज होटेलका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको हो । बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुले उक्त होटेल बसाईमा रुम शुल्कमा २५%, खानपानमा र स्पा सुविधाहरुमा १५% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

आफ्ना देशव्यापी १२४ शाखा सञ्जाल, १२२ एटिएम, २१ शाखारहित ईकाई तथा ६ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिदैं आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुलभदायी सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

एन आई सी एशिया बैंकका ग्राहकहरूलाई हायात होटल १५% छुट

एन आई सी एशिया बैंक लिमिटेडका ग्राहक महानुभावहरूलाई काठमाडौंस्थित हायात रिजेन्सी होटलका विभिन्न सेवाहरूमा १५% सम्म छुट उपलब्ध गराउने गरी बैंक र होटलबीच समझदारी भएको छ । यो योजना एक वर्षको लागि लागू हुने बैंक र होटलको समझदारी छ ।

समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा होटलको तर्फबाट महाप्रबन्धक राजेश रामदासले हस्ताक्षर गर्नुभयो । उक्त समझदारी बमोजिम यस बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको फूड, बेभरेज, स्पा तथा लाउण्ड्री सेवाहरू प्रयोग गरे वापत रकम भुक्तानी गर्दा कारोबार रकमको १५% सम्म छुट पाउनुहुनेछ । साथै यस बैंकका कर्मचारीहरूलाई पनि सो योजना अनुसारको छुट उपलब्ध हुनेछ । यसैगरी ग्राहक महानुभावहरूले देशभरका २,४०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४५४ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६० वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब २१ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

गुडविल फाइनान्सको सबै ऋणपत्र बिक्री

बाणिज्य बैंकहरुलाई ऋणपत्र बिक्री गर्न हम्मेहम्मे परिरहेका बेला ‘ग’ वर्गको गुडविल फाइनान्सले समयभित्रै सबै ऋणपत्र बिक्री गरेको छ।

गुडविल फाइनान्सले फागुन २८ गतेबाट ऋणपत्र जारी गरेको थियो। फाइनान्सले चैत २ गतेभित्र सबै ऋणपत्र बिक्री गरिसकेको हो। बिक्री नभए चैत १२ गतेसम्म बिक्री खुला राख्ने फाइनान्सको योजना भएपनि २ गतेनै सबै बिक्री भएको प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले बताए।

फाइनान्सले १२ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गरेको थियो। तुलनात्मक रुपमा उच्च ब्याज दर भएका कारण पनि चाँडै बिक्री भएको उनले बताए। फाइनान्सले २५ करोड रुपैयाँको ऋणपत्र निष्कासन गरेको थियो। कम्पनीको ऋणपत्रमा ६३ करोड रुपैयाँको आवेदन परेको थियो।

७ वर्ष अवधिको ऋणपत्रको ब्याज भुक्तानी ६/६ महिनामा हुने छ। ऋणपत्र निष्कासनको लागि बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटललाई नियुक्त गरेको थियो।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि जारी गरेको मौद्रिक नीतिमा फाइनान्सले पनि ऋणपत्र निष्कासन गर्ने व्यवस्था गरेको थियो। संस्थाको हालको चुक्ता पुँजी ८० करोड रुपैयाँ छ। पुँजी कोष व्यवस्थापनका लागि पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले ऋणपत्र निष्कासन गर्ने क्रम बढाएका छन् ।

एक्सेल ट्रिपको आन्तरिक पर्यटकका लागि आकर्षक अफर

नेपालको पहिलो अनलाइन ट्राभल प्लाटफर्म एक्सेल ट्रिपले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ‘राम्रो पोखरा घुमौं पोखरा’ नामक आकर्षक योजना ल्याएको छ।

इ-सेवासँगको सहकार्यमा सुरु गरिएको एक महिने अभियानमा इ-सेवामार्फत टुर प्याकेज लिने ग्राहकले पाँच सय रुपैयाँ छुट पाउने कम्पनीले जनायो।  कोरोना ‘कोभिड-१९’ भाइरसका कारण मुलुकमा विदेशी पर्यटकको आवगमन ठप्प भएपछि कम्पनीले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि प्याकेज ल्याएको कम्पनीका सिइओ ज्ञानेन्द्र खड्काले बताए।

वाह्य पर्यटकको नभएपछि आन्तरिक पर्यटकलाई प्रोत्साहित गर्ने उद्देश्यले कम्पनीले डिजिटल अभियान थालेको उनले बताए। सुरुवातमा पोखरा केन्द्रित ‘राम्रो पोखरा घुमौं पोखरा’ नामक प्याकेज सार्वजनिक गरेको कम्पनीले निकट भविष्यमा चितवन, लुम्बिनी र बन्दीपुरलगायत विभिन्न गन्तब्यमा आकर्षक प्याकेज ल्याउने खड्काले बताए।

‘अहिलेको अवस्थामा विदेशी पर्यटक नेपाल आउन सम्भव छैन। मुलुकमा भएका स्तरीय होटलहरु संचालन गर्न नसक्ने अवस्थामा पुगेपछि व्यवसायीले कर्मचारीलाई केही समयका लागि विदा दिने घोषणा गरिसकेका छन्,’ उनले भने, ‘पर्यटन क्षेत्रमा आवद्ध संस्थालाई सहज पार्ने उद्देश्यले हामीले यो प्याकेज ल्याएका हौं।’

कोभिड न्यूनिकरण भएलगत्तै संसारभरका दुई सय मुलुकमा  नेपालको पर्यटन प्रवर्द्धनमुलक कार्यक्रम गर्ने योजना रहेको उनले बताएका छन्।  मार्च १५ तारिखदेखि अप्रिल १५ तारिखसम्म आयोजना गर्न लागिएको अफरमा ग्राहकले तीन रात होटल बुक गर्दा एक रात नि:शुल्क र दुई रात बुक गर्दा एक रात नि:शुल्क सेवा लिन सक्ने कम्पनीले जनाएको छ।

२९ वटा  होटलसँग सहकार्य गरेको कम्पनीले जनाएको छ। भुक्तानी पार्टनर इ-सेवा र एयरलाइन्स पार्टनर यति एयरलाइन्स रहेको यो अफर अन्तर्गत प्रत्येक साता दुईजना भाग्यशाली ग्राहकले दुईवटा नि:शुल्क एकतर्फी टिकट पाउन सक्ने कम्पनीले जनाएको छ ।

सिटिजन्स बैंकले गर्यो सम्मान नेपाललाई एक लाख सहयोग

सामान्य जीवनयापनको लागि पनि दैनिक मागेर हिंड्नु अवस्था पिडादायक हुन्छ । बिकल्पहरुको अन्त्य भएपछि मानिसहरु विपक्ष्ता तथा अति गरिव, कमजोर आर्थिक अवस्थाले गर्दा मानिसहरु सडक पेटि मन्दिर मस्जिद तथा गुम्बामा आश्रित हुन पुग्दछन यहि कुरालाई ध्यानमा राखी “सम्मान” नेपालले सडक आश्रित मानव मुक्त अभियान नेपाल सञ्चालन गरेको छ ।

सो कार्यलाई सफल पार्नको लागि सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गतएक लाख सहयोग उपलब्ध गराएको छ । यस पवित्र कार्य र यस्ता कार्यहरुलाई बैंकले भविष्यमा पनि बैंकको संस्थागत सामाजिक उतर दायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्निउपलब्ध गराउँदै आएको छ ।

सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै यस बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधि मैत्री योजनाहरु समेत संचालनमा ल्याएको छ ।

अन्तराष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपाल भित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरीद गर्दा २० प्रतिशतसम्म क्यास ब्याक हुने योजना सञ्चालनमा रहेको छ ।

सबैभन्दा बढी रेमिट्यान्स कतारबाट

चालु आर्थिक बर्षमा सबैभन्दा बढी विप्रेषण (रेमिट्यान्स) कतारबाट भित्रिएको छ । खाडी मुलुक कतारमा कार्यरत नेपाली कामदारले चालु आवको पहिलो चार महिनामा अन्य मुलुकको तुलनमा बढी रकम पठाएका हुन ।

नेपाल राष्ट्र बैंकले चालु आवको कात्तिक महिनासम्म नेपाली कामदार कार्यरत १३ मुलुकले पठाएको रेमिट्यान्सको तथ्यांक सार्वजनिक गरेको छ ।

उक्त अवधिमा सबैभन्दा बढी विप्रेषण कताबाट ५३ अर्ब ९३ करोड रुपैंयाँ भित्रिएको छ । सबैभन्दा कम अष्ट्रेलियाबाट एक अर्ब ३४ करोड रुपैंयाँ आएको छ ।

तथ्यांकअनुसार चालु आवको चार महिनामा विश्वभरबाट करिब तीनसय चार अर्ब ९७ करोड रुपैंयाँ भित्रिएको छ ।

पियाजियो ब्राण्डका तीन पाङ्ग्रे सवारी ६.९८ प्रतिशत व्याजमै पाईने

सिभिल बैंक लिमिटेड र विवेक अटोमोवाईल्स्बिच व्यबसायीक सहकार्य सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा विवेक अटोमोवाईल्स्का तर्फबाट अध्यक्ष विवेक दुगडले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौतापत्र अनुसार विवेक अटोमोवाईल्स्बाट पियाजियो ब्राण्डका तीन पाङ्ग्रे सवारी खरिद गर्न महिला ग्राहकहरुलाई विवेक अटोमोवाईल्स्को सिफारिसमा सिभिल बैंक लिमिटेडले ७० प्रतिशतसम्म ४ वर्षे कर्जा सुबिधा प्रदान गर्ने छ । सो कर्जा नेपाल राष्ट्र बैंकद्वारा जारी ६ प्रतिशत व्याज अनुदान कार्यक्रम अन्तर्गत महिलाहरुद्वारा संचालित व्यवसायिक फर्महरुलाई प्रदान गरिने छ । सो अनुदान पछि वार्षिक व्याजदर ६.९८ प्रतिशतमा सो कर्जा सुबिधा प्रदान गरिने छ ।

हालसम्म ४ लाख ३० हजारभन्दा बढी ग्राहकहरु रहेको करीव ५४ अर्व रुपियाँभन्दा बढी निक्षेप परिचालन गरी करीव ५२ अर्व रुपियाँ कर्जा लगानी गरेका छ भने सिभिल बैंकको ११२ वटै शाखाहरु मार्फत यो कर्जा सुबिधा प्रदान गरीने पनि बैंकले जनाएको छ ।

मुक्तिनाथ विकास बैंकमा बचत खाता खोल्दा डिम्याट खाता फ्रि खोल्न सकिने

मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ताहरुको विभिन्न वित्तिय आवाश्यकताहरु पुरा गर्दै बैंकसँगको कारोबारलाई थप दीर्घकालीन तथा मजबुत गराउन साथै बचत खाताहरुमा नविनत्तम सुविधाहरु प्रदान गर्दै जाने योजना अनुरुप कुनै पनि नयाँ बचत खाता खोलेको अवस्थामा बैंकको सहायक कम्पनीको रुपमा रहेको मुक्तिनाथ क्यापिटलमा निःशुल्क हितग्राही खाता (डिम्याट खाता) खोल्न सकिने ब्यवस्था मिलाइएको जनाएको छ ।

देशभर सञ्चालनमा रहेका कुनै पनि शाखा कार्यालयमा ग्राहक स्वंयम उपस्थीत भई आवश्यक कागजपत्र बुझाएको २४ घण्टा भित्र हितग्राही खाता उपलब्ध गराइने ब्यहोरा समेत बैंकले जनाएको छ । भौतिक सेयर प्रमाणपत्र लाई अभौतिकरण गर्न ग्राहकबाट अनुरोध भई आएमा मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सहकार्य गरी अभौतिकरण गर्न समेत सकिने छ । यो योजना सीमित अवधीको लागि मात्र लागु हुनेछ ।

यस विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग, आस्वा सेवा लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले बताउनु भएको छ ।

डिशहोमद्वारा फरक धारको रियालिटी शो सञ्चालन

नेपालमानै पहिलो पटक निम्न आर्थिक अवस्था भएका वालवालिकाहरुको प्रतिभा लाई उजागर गर्नका लागी फरक टेलिभिजन कार्यक्रम डिशहोमले निर्माण तथा प्रशारण गर्न थालेको छ ।

नेपाल भरीका विभिन्न सरकारी विद्यालय तथा बाल संस्थामा ४०० भन्दा वदी वालवबलिकाहरुको अडिसन पछि छानिएका ४० जनाको प्रतिभा प्रस्तुत गर्ने मञ्चको रुपमा सुनौलो तारा कार्यक्रम डिशहोमले सुरु गरेको हो ।

डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा चैत १ गते शनिवार देखी प्रशारण शुरु हुने यो कार्यक्रम हरेक हप्ता शुक्रवार र शनिवार राती ८ः३० वजे प्रशारण हुने छ । रियालिटी टिभी डिशहोमको सम्पुर्ण प्याकेजका ग्राहकहरुको लागी उपलव्ध गराईएको छ ।

शुशिला आर्टस् एकेडेमीको परिकल्पनामा तयार गरिएको यो कार्यक्रम लाई सिल्भर माउण्टेन स्कुल अफ होटल म्यानेजमेन्टले सह प्रायोजन गरेको छ । यस कार्यक्रममा प्रथम, द्वितिय र तृतिय हुने सहभागीहरु लाई क्रमशः नगद रु ५ लाख, ३ लाख र १ लाख डिशहोमले प्रदान गर्नेछ साथमा अन्य आकर्षक पुरस्कारहरु पनि विजेताले प्राप्त गर्ने छन् ।