जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • एक्सेल ट्रिपको आन्तरिक पर्यटकका लागि आकर्षक अफर

एक्सेल ट्रिपको आन्तरिक पर्यटकका लागि आकर्षक अफर

नेपालको पहिलो अनलाइन ट्राभल प्लाटफर्म एक्सेल ट्रिपले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ‘राम्रो पोखरा घुमौं पोखरा’ नामक आकर्षक योजना ल्याएको छ।

इ-सेवासँगको सहकार्यमा सुरु गरिएको एक महिने अभियानमा इ-सेवामार्फत टुर प्याकेज लिने ग्राहकले पाँच सय रुपैयाँ छुट पाउने कम्पनीले जनायो।  कोरोना ‘कोभिड-१९’ भाइरसका कारण मुलुकमा विदेशी पर्यटकको आवगमन ठप्प भएपछि कम्पनीले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि प्याकेज ल्याएको कम्पनीका सिइओ ज्ञानेन्द्र खड्काले बताए।

वाह्य पर्यटकको नभएपछि आन्तरिक पर्यटकलाई प्रोत्साहित गर्ने उद्देश्यले कम्पनीले डिजिटल अभियान थालेको उनले बताए। सुरुवातमा पोखरा केन्द्रित ‘राम्रो पोखरा घुमौं पोखरा’ नामक प्याकेज सार्वजनिक गरेको कम्पनीले निकट भविष्यमा चितवन, लुम्बिनी र बन्दीपुरलगायत विभिन्न गन्तब्यमा आकर्षक प्याकेज ल्याउने खड्काले बताए।

‘अहिलेको अवस्थामा विदेशी पर्यटक नेपाल आउन सम्भव छैन। मुलुकमा भएका स्तरीय होटलहरु संचालन गर्न नसक्ने अवस्थामा पुगेपछि व्यवसायीले कर्मचारीलाई केही समयका लागि विदा दिने घोषणा गरिसकेका छन्,’ उनले भने, ‘पर्यटन क्षेत्रमा आवद्ध संस्थालाई सहज पार्ने उद्देश्यले हामीले यो प्याकेज ल्याएका हौं।’

कोभिड न्यूनिकरण भएलगत्तै संसारभरका दुई सय मुलुकमा  नेपालको पर्यटन प्रवर्द्धनमुलक कार्यक्रम गर्ने योजना रहेको उनले बताएका छन्।  मार्च १५ तारिखदेखि अप्रिल १५ तारिखसम्म आयोजना गर्न लागिएको अफरमा ग्राहकले तीन रात होटल बुक गर्दा एक रात नि:शुल्क र दुई रात बुक गर्दा एक रात नि:शुल्क सेवा लिन सक्ने कम्पनीले जनाएको छ।

२९ वटा  होटलसँग सहकार्य गरेको कम्पनीले जनाएको छ। भुक्तानी पार्टनर इ-सेवा र एयरलाइन्स पार्टनर यति एयरलाइन्स रहेको यो अफर अन्तर्गत प्रत्येक साता दुईजना भाग्यशाली ग्राहकले दुईवटा नि:शुल्क एकतर्फी टिकट पाउन सक्ने कम्पनीले जनाएको छ ।

8200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका