जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

सिटी एक्सप्रेसर EMQ बिच रेमिटान्स कारोबार सुरु

ख्यातिप्राप्त रेमिटान्स कम्पनी EMQ लिमिटेडर सिटी एक्सप्रेस मनी ट्रान्सmर बिच रेमिटान्स कारोबर सुरु भएको छ । जापान, यु. ए. ई, जोर्डन स्थित उपभोक्ताहरुले EMQ को सेवाप्रयोग गरि सिटी एक्सप्रेस मार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नु हुनेछ र नेपालमा सिटी एक्सप्रेससंग आबद्ध ७५०० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने छ ।

उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र EMQ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत म्याक्स एलेक्जेन्डर लिउले हस्ताक्षर गनर््भएको छ । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छु«्ट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरुबाट ७५०० भन्दा बढि नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

होलीमा एन आई सी एशिया नगद फिर्ता अफर

एन आई सी एशिया बैंक लिमिटेडले होली पर्वलाई लक्षित गरी यस बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूका लागि विशेष योजना अघि सारेको छ । यस योजना अन्तर्गत मोबाइल बैंकिङ्ग प्रयोग गरी २०७६ फागुन २६ र २७ गते कारोबार गर्दा २०० जना भाग्यशाली ग्राहक महानुभावहरूले १०० प्रतिशत वा अधिकतम रू. ५,०००÷ सम्म नगद फिर्ता प्राप्त गर्न सक्नुहुनेछ ।

बैंकले ल्याएको निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग सेवा सुचारु गरी दैनिक मोबाइल रिचार्ज, विद्युतीय महसुल भुक्तानी, हवाई टिकट, होटल तथा रेष्टुरेन्टहरूमा छुट, विभिन्न अवसर तथा चाडपर्वका बेला बैंकले ल्याएका छुट अफरहरू आदिको उपयोग गरी ग्राहक महानुभावहरूले पर्याप्त फाइदा उठाउदै आउनुभएको छ ।

जसअनुसार बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गर्दा मासिक रू. १५,४००÷ सम्म तथा डेबिट कार्ड प्रयोग गरी मासिक रू. ६,०००÷ सम्मको लाभ ग्राहक महानुभावहरूले लिनुभैरहेको छ । Digital First को रणनीति अवलम्बन गरी डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी बैंकका रुपमा स्थापित हुन सफल भैसकेको यस बैंक विभिन्न छुट तथा नगद फिर्ता अफरहरूका साथ आक्रमक रुपमा अघि बढिरहेको छ ।

प्रत्येक शुक्रबार बेलुकी ८ बजे देखी शनिबार बिहान ८ बजेसम्म संचालित ह्याप्पी आवरमा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी ५ प्रतिशत वा रू. १०० सम्म क्यास ब्याक, पहिलोपटक विजुलीको बिल भुक्तानी गर्दा ५ प्रतिशत वा रू. १,००० सम्म छुट, प्रत्येक बुधबार केएफसी तथा पिज्जा हटमा १० प्रतिशत क्यास ब्याक, प्रत्येक बुधबार daraz.com बाट सामान खरिद गर्दा १० प्रतिशत वा रू. ५०० सम्म छुट, सोनी ब्राभिया टेलिभिजन खरिद गर्दा १० प्रतिशत वा रू. २,००० सम्म छुट लगायत विभिन्न अफरहरू बैंकले सञ्चालन गरिरहेको छ । यस बैैंकको मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी रिचार्ज गर्दा ३ प्रतिशत छुट पनि उपलब्ध छ । यसका अतिरिक्त बैैंकका ग्राहक महानुभावहरूले मोबाइल बैंकिङ्ग र डेबिट कार्ड प्रयोग गरी रू. २ हजार भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा अधिकतम २५ प्रतिशतसम्म छुट प्राप्त गर्नुहुन्छ ।

साथै, यस बैंकले संचालन गरेको ‘जति धेरै कारोबार, त्यति धेरै उपहार’ योजना अन्तर्गत मोबाइल बैंकिङ्ग प्रयोग गरी अधिकतम कारोबार संख्या गर्ने ३ जना ग्राहक महानुभावहरूले प्रत्येक हप्ता जनही रू. ५००÷ तथा मासिक रुपमा अधिकतम कारोबार संख्या गर्ने ३ जना ग्राहक महानुभावहरूले जनही रू. १,००० सम्मको नगद उपहार प्राप्त गर्दै आउनुभएको छ । यस बैंकले संचालन गरेका Swipe More, Save More ‘भाट भटेनी क्यास ब्याक अफर,’ ‘Valentine’s day अफर,’ ‘वल्ड लिंक क्यास ब्याक अफर,’ ‘फुडमान्डु क्यास ब्याक अफर’ लगायतका विभिन्न अफरहरूमा ग्राहक महानुभावहरूको उत्साहजनक सहभागीता रहेको थियो ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४५२ एटिएम, १०७ वटा एक्स्टेन्सन काउण्टर एवं ५७ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब २१ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

गद फिर्ता अफर

सनराइज बैंकद्घारा ट्राफिक कोनको सहयोग

सन्राइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत देशभरका विभिन्न क्षेत्रहरुहरुमा सहयोग पु¥याउदै आएको छ । त्यसै क्रममा बैंकले जिल्ला ट्राफिक कार्यालय कैलालीलाई ट्राफिक कोन प्रदान गरेको छ।

बैंकले ट्राफिक व्यवस्थापनको सहजतालाई मध्यनजर गर्दै धनगढीको कैलाली पुलदेखि रातो पुलसम्म राख्नको लागी ४० थान कोन प्रदान गरेको हो । बैंकले आगामी दिनमा पनि देशभर विभिन्न समाजिक कार्यलाई निरन्तरता दिदैं जाने जनाएको छ ।

विओकेका ग्राहकहरुलाई काठमाण्डौं क्लिनिकमा सर्जरीमा १०% छुट

बैंक अफ काठमाण्डूका ग्राहक महानुभावहरुलाई काठमाण्डौं क्लिनिक अफ कस्मेटिक सर्जरी, अनामनगरमा बिओकेको मोबाईल बैंकिङ्ग र डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा ग्राहक महानुभावहरुलाई १०% को छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र काठमाण्डौं क्लिनिक अफ कस्मेटिक सर्जरीका निर्देशक सुयोग मैनालीले हस्ताक्षर गर्नुभयो ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई ३ लाख रूपैयाँ सहयोग

एन आई सी एशिया बैंकले सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका वडा नं १ स्थित श्री देविस्थान माध्यमिक विद्यालयलाई फर्निचर सामग्री खरिद गर्नका लागि ३ लाख रूपैयाँ नगद सहयोग गरेको छ । मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले विद्यालयका प्रधानाध्यापक नारायण नेपाललाई सो रकमको चेक हस्तान्तरण गर्नुभएको हो । बैंकको सहयोगले विद्यालयमा अध्ययनरत ४ सय ७६ विद्यार्थीहरू लाभान्वित हुनेछन् ।

उक्त सहयोगले विद्यालयको डेक्स, बेन्च लगायत आवश्यक शैक्षिक पूर्वाधारमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ । चेक हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कौशल कोइराला र बैंक व्यवस्थापनका सदस्यहरूको पनि उपस्थिति थियो । बैंकले यसअघि पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४५२ एटिएम, १०७ वटा एक्स्टेन्सन काउण्टर एवं ५७ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब २१ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

एनआईसी एशिया क्यापिटलमा निशुल्क डिम्याट खाता

एनआईसी एशिया क्यापिटलले तेश्रो वार्षिक उत्सवको अवसरमा नयाँ ग्राहकहरुलाई सेवा शुल्कमा छुट योजना ल्याएको छ । योजना अन्तर्गत कम्पनीले फागुन २२ गते देखि २०७७ आषाढ मसान्त सम्म नि–शुल्क हितग्राही खाता खोल्ने तथा पहिलो वर्षको खाता संचालन शुल्कमा छुटको व्यवस्था गरेको छ ।

यसको साथै २०७६ साल फागुन २२ गते देखि २०७६ चैत्र मसान्त सम्म लगानी व्यवस्थापन सेवा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

कृषि विकास वैकको अध्यक्षमा निरौला नियुक्त

तीन दशकसम्म केन्द्रिय वैकको उच्च तहमा कार्यरत रही केही समय अघिमात्र अवकाश प्राप्त गरेका लक्ष्मी प्रपन्न निरौला कृषि विकास वैकको अध्यक्ष पदमा नियुक्त भएका छन् ।

वैकिङ्ग क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल निरौलालाई अर्थ मन्त्रालयले वैकको अध्यक्षमा नियुक्ति गरेको हो । नेपाल राष्ट्र वैकमा रहँदा नीति निर्माणदेखि वैंकको सुपरिवेक्षकको समेत भुमिका निर्वाह गरेका निरौलाले कृषि विकास वैकलाई फरक ढंगले अडाडि बढाउने विश्वास लिइएका छ । २०४६ सालमा सहायक मुद्रा अधिकृतका रुपमा वैकिङ्ग सेवामा प्रवेश गरेका निरौला नेपाल राष्ट्र वैकको प्रवक्ता रहँदा २०७६ माघ ८ गते अवकाश प्राप्त भएका थिए ।

मंगलबार मन्त्री स्तरको निर्णयबाट निर्णयबाट उनलाई अध्यक्षमा नियुक्त गरिएको हो । वैकिङ्ग क्षेत्रको लामो अनुभव र अन्तर्राष्ट्रिय स्तरका नीति निर्माणमा प्रत्यक्ष संलग्न भएका निरौलाको नेतृत्वमा कृषि विकास वैकले नयाँ फड्को मार्ने स्पष्ट देखिन्छ ।

अर्थमन्त्रीमा युवराज खतिवडा नियुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले डा.युवराज खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गरेका छन् । मिर्गौला प्रत्यारोपणका लागि अप्रेसन थिएटरमा जानुअघि प्रधानमन्त्री ओलीले खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गरेका हुन् ।

खतिवडालाई अर्थमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीलाई भेट्न मुख्य सचिव लोकदर्शन रेग्मी अस्पतालमै पुगेका थिए । त्यहीँबाट खतिवडाको नियुक्तिको सिफारिस बनेको हो ।

खतिवडाले आजै अपराह्न ४ बजे राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनीयताको सपथग्रहण लिनेछन् ।

राष्ट्रियसभा सदस्यको दुईवर्षे कार्यकाल सकिएकै दिन मंगलवार खतिवडाले मन्त्रीबाट राजीनामा दिएका थिए ।

नेकपा सचिवालयले खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभाको मनोनित कोटामा उपाध्यक्ष वामदेव गौतमलाई पठाउन सिफारिस गरेको छ । तर प्रधानमन्त्रीले सो सिफारिस मानेका छैनन् । खतिवडालाई अर्थमन्त्रीबाट रोक्नका लागि मात्र वामेदवलाई व्यापारिक घरानाको स्वार्थमा खडा गरिएको बुझाइ प्रधानमन्त्रीको छ ।

संविधान अनुसार, खतिवडा अब ६ महिनासम्म अर्थमन्त्री रहन सक्छन् । त्यसबीचमा उनी संघीय संसदको सदस्य नबनेमा स्वतः उनी मन्त्रीबाट हट्नेछन् ।

सेञ्चुरी कमर्सियल बैंकका ग्राहकलाई डेन्टल क्लिनिकमा विशेष छुट

सेञ्चुरी कमर्सियल बैंक र कमलपोखरी, काठमाण्डौ स्थित गम्स एण्ड गिगल्स डेन्टल क्लिनिकबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

सम्झौता अनुसार बैंैकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले गम्स एण्ड गिगल्स डेन्टलको सेवा सुविधामा २० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको बैंकले जनाएको छ । उक्त सम्झौता पत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र गम्स एण्ड गिगल्स डेन्टलकी डा. नियुक्ति अर्जालले हस्ताक्षर गरेका थिए

प्रभु बैंकले पनि बचतको ब्याज एक प्रतिशत विन्दुले झार्‍यो

बचतको ब्याजदर घटाउने बैंकको संख्या बढ्न थालेको छ। बुधबार प्रभु बैंकले बचतको ब्याज दर एक प्रतिशत विन्दुले घटाएको छ।

बैंकले बचतमा अधिकतम साढे ५ प्रतिशत ब्याज दिने भएको छ। यसअघिको अधिकतम ब्याज साढे ६ प्रतिशत थियो। अब बैंकले कल डिपोजिटमा साढे ३ प्रतिशत मात्र ब्याज दिने छ। विदेशी मुद्राको निक्षेपको ब्याज भने यथावत राखेको छ। बैंकले यस्तो निक्षेपमा एकदेखि २ प्रतिशत ब्याज दिने छ।

बचतको ब्याज घट्दा संस्थागत निक्षेपकर्ताले पाउने कल डिपोजिटको ब्याज पनि कम हुन्छ। यसले गर्दा बैंकहरुको आधार दर घटेर ऋणको ब्याज पनि सस्तो हुन जान्छ।

यसअघि स्ट्यान्डर्ड चार्टर्ड बैंकले बचतको ब्याज घटाएर पाँच प्रतिशतमा झारेको थियो। नबिल, नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकले ब्याज घटाइसकेका छन्।

नेपाल एसबीआइ बैंकले ५ प्रतिशतमा झारेको छ। नबिलले ५.७५ प्रतिशतबाट ५.२५ प्रतिशतमा झारेको छ। एभरेष्ट बैंकले पनि साढे ५ प्रतिशतमा बचतको ब्याज झारेको छ। सनराइज बैंकले पनि ब्याज ६ प्रतिशतमा झारेको छ।

ब्याज घटाउने बारे बैंकर्स संघका औपचारिक कुराकानी भने भएको छैन। तर बैंकरबीच अनौपचारिक कुराकानीमा मुद्दतिको नसके पनि बचतको ब्याज घटाउनुपर्ने छलफल सुरू भएको छ।

अहिले नेपाल इन्भेष्टमेन्ट बैंकले बचतको ब्याज साढे पाँच प्रतिशतमा झारेको छ। हिमलयन र चार्टर्डले ५ प्रतिशतमा झारिसकेका छन्।

कुल निक्षेपमा बचत खाताको हिस्सा ३१.९ प्रतिशत छ। तीन वर्षअघि ४३ प्रतिशत बचतको हिस्सा थियो। बैंकहरुले ब्याज बढाउन थालेपछि बचतको पैसा मुद्दति खातामा सर्न थालेको हो। यसले गर्दा साढे ३० प्रतिशत हिस्सा रहेको मुद्दतिको अहिले ४९ प्रतिशत पुगिसकेको छ। बैंकहरूले मुद्दतिमा ९.७५ प्रतिशतसम्म ब्याज दिन्छन्

अर्थमन्त्री डा खतिवडाले राजीनामा दिने

अर्थमन्त्री डा युवराज खतिवडाले आज आफ्नो पदबाट राजीनामा दिने भएका छन् । राष्ट्रपतिबाट राष्ट्रियसभामा नियुक्त भएका खतिवडाको सांसद्को कार्यकाल मंगलबारदेखि सकिने छ।

मेगा बैंकबाट धरानमा विद्यार्थीलाई वित्तीय साक्षरता

मेगा बैंक नेपाल लिमिटेडले धरानमा विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत मेगा बैंकले सुनसरीको धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।

कार्यक्रममा मेगा बैंक धरान शाखाका प्रबन्धक सविन श्रेष्ठले विद्यार्थीहरुलाई बैंकको महत्व, दैनिक जीवनमा बैंकिङ कारोबारका फाइदाहरु, भविष्यको योजना, बैंकबाट प्राप्त गरिने सेवा, सुविधा, बचत र यसका फाइदाहरु, कर्जा लिने प्रक्रिया, बैंकिङ क्षेत्रको विस्तारले अर्थतन्त्रमा पारेको प्रभाव लगायतका विषयमा विद्यार्थीहरुलाई जागरुक बनाउनुभएको थियो ।

वित्तीय जागरण गराउने उद्देश्यले मेगा बैंकले देशभर छरिएका शाखाहरुमार्फत बिभिन्न जिल्लामा साक्षरता कार्यक्रम गर्दै आएको छ । यो अभियान जारी रहेको मेगा बैंकले जनाएको छ ।