जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

प्युठानमा एनआईसी एशियाको शाखारहित बैंकिङ्ग सेवा

एन आई सी एशिया बैंकले ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सवलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्ने क्रममा प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं.९, लामाचौरमा आपm्नो ५५ औं शाखारहित बैंकिङ्ग सेवा फागुन १८ गतेबाट संचालनमा ल्याएको छ । बैंकिङ्ग सेवाको समुद्घाटन सोही वडाका अध्यक्ष नर बहादुर बुढामगरले गर्नुभयो । उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा बैंकले गोपाल कृष्ण बुढामगरलाई नियुक्ती गरेको छ ।

ग्रामीण क्षेत्रका स्थानीयवासीहरूले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नुहुनेछ । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि लामो दूरीसम्म हिड्नुपर्ने वाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबार गर्न सहज हुने विश्वास बैंकले लिएको छ । यस्तो सेवाबाट स्थानीयवासीहरूले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा जस्तै टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम आदिको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४५१ एटिएम, १०७ वटा एक्स्टेन्सन काउण्टर एवं ५५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब २१ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

आजभन्दा १० वर्ष अगाडि प्राइम लाइफले जसले जति योगदान गर्छ उसले त्यति नै पेन्सन पाउनुपर्छ भन्ने मान्यतामा योगदानमा आधारित पेन्सन योजना ल्याइसकेको हो 

प्राइम लाइफ इन्स्योरेन्सको पछिल्लो अवस्था कस्तो छ सङ्क्षेपमा बताइदिनुहोस् न ?

हामीले केही दिनअघि मात्रै हाम्रो अर्धवार्षिक वित्तीय विवरण प्रकाशित गरेका छौँ । त्यो वित्तीय विवरण अनुसार एक हजार ३० करोडको बिमा कोष बनेको छ । बिमा समितिको निर्देशनको परिधिभित्र रहेर तोकिएको क्षेत्रमा ११ सय ९७ करोड विविध क्षेत्रमा लगानी भएको छ । त्यसको मुनाफाको अवस्था हेर्दा पनि १५ करोड ६० लाख रुपियाँ हामीले ६ महिनामा मुनाफा आर्जन गरेका छौँ । त्यो अवधिमा हाम्रो कुल बिमा शुल्क एक सय ५९ करोड भएको छ ।

हामीले बिमा शुल्क सङ्कलन गरिरहँदा कमिसन, व्यवसाय प्रवद्र्धन, कार्यालय सञ्चालन र दाबी सबै गर्दाखेरि झण्डैझण्डै ९४ करोड रुपियाँ खर्च गर्नुपर्दोरहेछ । त्यो एक सय ५९ करोड रुपियाँ ल्याइरहँदा ९४ करोड रुपियाँ चाहिँ हाम्रो खर्च हुँदोरहेछ । खर्च भन्नाले सबै खर्च होइनन् । जस्तो, दाबी भुक्तानीको ३४ करोड भनेको फिर्ता मात्र गरेको हो । त्यसलाई खर्च भन्न मिलेन तर अब कमिसन दिएको खर्च, व्यवसाय प्रवद्र्धन खर्च र हामीले कर कार्यालय सञ्चालन गर्न गरेको खर्च झण्डैझण्डै ९६ मा ३४ घटाउँदा ६२ करोड जति खर्च हामीले गर्दा रहेछौँ । मोटामोटी ४० प्रतिशत खर्च हुँदोरहेछ ।

जुन बिमितको बिमा कोषमा बाँकी ६० प्रतिशत जानुपथ्र्यो तर हामीले ६२ करोड मात्रै पठाउन सक्ने क्षमता हुँदाहुँदै पनि एक सय १९ करोड रुपियाँ बिमा कोषमा सार्न सफल भएछौँ । रकमको हिसाबले कुरा गर्ने हो भने ५४ करोड रुपियाँ हालेछौँ । प्रतिशतको हिसाबले एक सय ५९ करोडको एक सय १९ करोड भनेको झण्डैझण्डै ७२ प्रतिशत जति हुन आउँदोरहेछ । सबै खर्च कटाएर नेटिङमा गर्दा ७२ प्रतिशत जति हुन आउँदोरहेछ । खर्च कटाएर पठाउन सक्ने हिसाबले कुरा गर्दा ६२ को एक सय १९ भनेको त झण्डैझण्डै एक सय ९० प्रतिशतको हाराहारीमा आयो । त्यो हेर्दा पछिल्लो अवस्था प्राइम लाइफको आर्थिक गतिविधिको हिसाबले असाध्यै सन्तोषजनक मात्रै होइन, ज्यादै राम्रो छ ।

आज कसैले १६ वर्षदेखि ५४ वर्षको उमेर भित्रको व्यक्तिले जीवन बिमाको उपहार लिइरहँदा अर्को वर्ष ठ्याक्कै हामीले १५ वर्षको अवधिको अर्को बिमा लेख उहाँहरूलाई उपहारका रूपमा प्रदान गर्दछौँ । त्यो उपहार दिइरहँदा बिमाको रकम डबल भयो ।

यहाँहरूले हरेक वर्ष एउटा नयाँ योजना ल्याउने गर्नुभएको छ । पछिल्लो समयमा ल्याएको प्रडक्ट कत्तिको सफल भयो ?

गतवर्ष हामीले ‘जीवन उपहार’ ल्याएका हौँ । जीवन उपहार झण्डै डेढ वर्ष भयो अहिले । त्यो जीवन उपहार आफैँमा अहिले सम्मको अद्वितीय बिमा योजना छ किनभने बिमाको पहिलो उद्देश्य भनेको जोखिम बहन हो । जीवन उपहार योजना भन्ने बिमा योजनामा फिक्स पिरियड छ । यसमा १६ प्रतिशत मात्रै हो र यो ५४ वर्ष उमेरकाले मात्रै गर्न पाउँछन् । ७० वर्ष पछिको त्यसमा समावेश छैन । आज कसैले १६ वर्षदेखि ५४ वर्षको उमेर भित्रको व्यक्तिले जीवन बिमाको उपहार लिइरहँदा अर्को वर्ष ठ्याक्कै हामीले १५ वर्षको अवधिको अर्को बिमा लेख उहाँहरूलाई उपहारका रूपमा प्रदान गर्दछौँ । त्यो उपहार दिइरहँदा बिमाको रकम डबल भयो । भन्नाले जोखिम बहन डबल भयो । २५ लाख बिमा यदि कसैले गर्छ भने एक वर्षपछि अब ५० लाखको बिमा हुने भयो । अब उसले पहिलो बिमाको तिर्नुपर्छ ।

दोस्रोमा उसले तिर्नुपरेन र दुईवटै बिमा लेखमा निरन्तर रूपमा हामी बोनस पनि प्रदान गर्छौं । त्यो बिमा लेखले आर्जन गरे अनुसारको बोनस र अर्को जोखिम पनि बहन गरिदिँदै जान्छौँ । त्यो जोखिम बहनको हिसाबले र लाभको हिसाबले यो असाध्यै राम्रो परियोजना हामीले तयार गरेको छौँ । यो साल पनि मैले दुईवटा बिमा योजना सुरु गर्न खोजेको थिएँ । त्यसका विशेषता तयारी गरेर बिमा शुल्क निर्धारणका लागि एक्चुरी कहाँ पठाएको छु । त्यो भ्यालुएसन नसकिएका कारणले एक्चुरी अलिक व्यस्त भएकोले यो तयार भएर आउन बाँकी छ । सायद आगामी वर्षको वैशाखतिर एउटा अथवा दुईवटा फरक किसिमको बिमा योजना ल्याउने प्रक्रियामा छौँ ।

जीवन बिमा क्षेत्रमा सबै कम्पनीले उस्तै खालका प्रडक्ट ल्याउने र अस्वस्थ प्रतिस्पर्धा गर्ने प्रवृत्ति बढ्दै गएको छ, यसलाई कसरी नियन्त्रण गर्न सकिएला ?

अर्कोले जे गर्यो त्यसमा अर्को नाम राखिदियो, एक रुपियाँ प्रिमियम कम गरायो अनि गर्यो । त्यो हो अस्वस्थ प्रतिस्पर्धा भनेको । त्यसकारण हामी स्वनियममा नै हुनुपर्छ ।

यसलाई अस्वस्थ प्रतिस्पर्धा भनेर मैले नै भनिहाल्न मिल्दैन किनभने सबैले आफूले गरेको काम ठीक गरेको छु भनेरै गरिरहेका हुन्छन् । स्वस्थ र अस्वस्थ भन्ने कुरा अर्को पक्षले भन्दिने होरु। हामी एउटा जिम्म । हामी एउटा जिम्मेवार पदमा बसेका व्यक्ति हौँ । प्रमुख कार्यकारीको पद साह्रै जिम्मेवारपूर्ण हो । आज प्राइम लाइफको लगानीयोग्य रकम १२ सय करोड पुगिसक्यो । मुखले बोल्दा १२ सय करोड भन्ने सजिलो लाग्छ तर १२ सय करोड भनेको धेरै ठूलो धन राशि हो । त्यत्रो ठूलो धन राशि लगानी गरेर बिमितलाई केन्द्रविन्दुमा राखी बिमितको हितमा काम गर्छु भनेर जिम्मेवारी लिएर बसेको प्रमुख व्यक्ति स्वनियमन हुनुपर्छ ।

जनताको त्यत्रो रकमको जिम्मेवारी लिएर तपाईंहरूको जोखिम पनि बहन गरिदिन्छौँ र भविष्यमा तपाईंहरूलाई फिर्ता दिन्छौँ भनेर एउटा दायित्व बोकेर बसेको संस्थाको प्रमुखले यस्तो–यस्तो काम गर्नुहुँदैन भनेर नियम कानुनले एउटा सामान्य परिधि मात्रै तोकिदिने हो । त्यसलाई गलत किसिमले प्रयोग गर्छु अथवा झुक्याउँछु भनेर काम गर्नु नै गलत हो ।

त्यसकारण यो खोसाखोस गर्ने, एकै प्रकारका बिमा योजना ल्याउने काम कपी मात्र होइन चोरी नै हो । जस्तो हामी विद्यार्थीकालमा स्कुल–कलेजमा पढ्दा जान्ने विद्यार्थीको नजान्ने विद्यार्थीले चोथ्र्यो, उसले सारेर चोथ्र्यो भनेजस्तै यो पनि एउटा चोरी नै हो । आफ्नो अनुसन्धान र विचारबाट, आफ्नो एउटा नयाँ किसिमको प्रयोगबाट बिमा योजना तयार गर्न सक्नुपर्छ । ज्यादै ठूलो आकाश जमिन नै फरक हुने गरेर बिमा योजना तयार गर्न सकिँदैन किनभने त्यसका पनि सीमित क्षेत्र छन् । त्यसो भन्दैमा अर्कोले जे गर्यो त्यसमा अर्को नाम राखिदियो, एक रुपियाँ प्रिमियम कम गरायो अनि गर्यो । त्यो हो अस्वस्थ प्रतिस्पर्धा भनेको । त्यसकारण हामी स्वनियममा नै हुनुपर्छ ।

यो आज गर्ने र भोलि छुट्कारा पाउने व्यवसाय होइन । म यहाँ बसेर कुरा गरिरहँदा कुनै न कुनै मेरो शाखा–उपशाखाबाट एक जना कसै न कसैको २० वर्ष अथवा २५ वर्षको एउटा बिमा लेख जारी भइसक्यो होला । त्यो आज जारी भएको बिमा लेखको २० वर्षको जिम्मेवारी ममाथि छ ।

आज मैले मेरो व्यवसाय बढी देखाउन भनेर गलत प्रक्रियाले काम गर्छु भने अर्को कम्पनीले पनि त्यो गर्न सक्ने क्षमता राख्छ नै । आज मैले मेरो कार्यकालमा राम्रो रिजल्ट देखाउँछु भोलि जे पर्लापर्ला भनेर काम गर्ने हो भने त्यो व्यवसायमाथि, उद्योगमाथि नै प्रहार हो । यो आज गर्ने र भोलि छुट्कारा पाउने व्यवसाय होइन । म यहाँ बसेर कुरा गरिरहँदा कुनै न कुनै मेरो शाखा–उपशाखाबाट एक जना कसै न कसैको २० वर्ष अथवा २५ वर्षको एउटा बिमा लेख जारी भइसक्यो होला ।

त्यो आज जारी भएको बिमा लेखको २० वर्षको जिम्मेवारी ममाथि छ । मैले आज क्षणिक निर्णय गरेर, क्षणिक मेरो मात्र गतिविधि प्रमाणित गर्ने गरेर अथवा राम्रो काम गरेँ भनेर मैले आफ्नो कामको मात्रै प्रशंसा गर्ने हिसाबले काम गरिरहँदा २० वर्षपछि आज मैले लिएको दायित्वको जिम्मेवारी कसरी कम्पनीले बहन गर्न सक्छ ? हो, यस्तो किसिमको दीर्घकालीन सोच राखेर हामी कुन खालको व्यवसायमा छौँ ? यस्तो स्वनियममा भएर कुन हदसम्म आफुले आफूलाई अनुशासित राखेर काम गर्नुपर्छ भनेर सोचेर गर्ने हो भने यस्तो अस्वस्थ्य प्रतिस्पर्धाको कुरा आउँदै आउँदैन । म त छोटो समयका लागि बस्ने हो ।

कहाँ त्यो लामो कुरा हेर्ने, मेरो कार्यकालमा म राम्रो देखाइदिन्छु, भोलि दुःख पाउँदा अर्कैले पाउला भन्ने सोचेर हिँड्ने किसिमले काम गर्ने हो भने मात्रै यी यस्ता खालका प्रश्न आउने हुन्छन् । त्यसकारण सबै बिमा कम्पनीका प्रमुख साथी हामी सबै स्वनियममा बसौँ । सही प्रक्रिया र सही ढङ्गले काम गरौँ । त्यसपछि यो अस्वस्थ प्रतिस्पर्धा भन्ने त आउँदै आउँदैन ।

बिमितले १५ वर्ष, २० वर्षको सपना हेरेर, सपनाका आधारमा आजको दिनमा क्यास फ्लो गर्नु भनेको सानो कुरा होइन, त्यसैले उहाँहरूलाई दिग्भ्रमित गरेर, गलत सूचना दिएर काम गर्नु त्यो भन्दा गलत प्रक्रिया र गलत काम अर्को हुँदैन । त्यसैले यो प्रतिस्पर्धालाई नियन्त्रण गर्न हामी नै स्वनियन्त्रित र स्वनियममा बस्नुपर्ने हुन्छ र सही ढङ्गले जानुपर्ने हुन्छ । यो कसैलाई दोष लगाएर नियमनकारी निकायले गरिदेओस् भनेर होइन । कुनै अवस्थामा नियमनकारी निकायलाई पनि गुहार्नुपर्ने अवस्था आइपर्ला किनभने सबै जना स्वनियममा बस्न थालेनन् । साह्रै गाह्रो साघुँरो  हुँदै गयो भने त ल है यसमा त नियन्त्रण गरिदिनुपर्यो भनेर उहाँहरूलाई पनि हामीले अनुरोध गर्न जानुपर्ला तर अहिले हाम्रो त्यो अवस्था होइन ।

यो प्रतिस्पर्धालाई नियन्त्रण गर्न हामी नै स्वनियन्त्रित र स्वनियममा बस्नुपर्ने हुन्छ र सही ढङ्गले जानुपर्ने हुन्छ । यो कसैलाई दोष लगाएर नियमनकारी निकायले गरिदेओस् भनेर होइन ।

लगानीका क्षेत्र बढे पनि अधिकांश कम्पनी ब्याज आम्दानीमै सीमित छन्, लगानी क्षेत्र बढ्न नसक्नुको कारण के हो ?

सुरुमा हामीले अलिकति भए पनि लगानीको क्षेत्र फराकिलो बनाइदिनुप¥यो, यही ब्याज खाने क्षेत्रमा मात्र लगानी गरेर कति दिन बस्ने भनेर हाम्रै अनुरोधमा यो खालको काम भएको हो । आफ्नो लगानीको पाँच प्रतिशतसम्म लगानी घरजग्गा, रियलस्टेट डेभलपमेन्टमा पनि लगानी गर्न सक्नुहुन्छ भन्ने निर्णय भयो । यसको नीति त बन्यो तर कार्यान्वयन पक्षमा भने अलिकति नीतिगत कठिनाइ उत्पन्न भएको छ । हामी जीवन बिमा गर्ने कम्पनी हाँै । त्यो रियल स्टेट कम्पनी त हामी होइनौँ । हामीले सीधै त्यहाँ लगानी त गरौँला तर त्यसको रेखदेख गर्नुपर्ला । जस्तो बिल्डिङ नै बनाएर भाडामा दियो भने पनि रेखदेख गर्नुपर्ला ।

त्यो रेखदेख गर्न पनि त एउटा अर्को निकाय खडा गर्नुपर्ला । त्यसलाई कानुनी रूपले चलाउने किसिमको संस्था खडा गर्ने भए अन्य कम्पनी नै खडा गरेर जानुपर्ने भयो । आफ्नो मातहतमा सिस्टम कन्सर्ट नै खडा गरेर जानुपर्ने भयो । होइन यसलाई अब औपचारिक निकायभन्दा पनि अनौपचारिक निकाय कुनै म्यानेजमेन्ट कमिटी जस्तो कुनै अनौपचारिक निकायलाई जिम्मेवारी दिउँभन्दा पनि त्यहाँ स्वनियमकै कुरा आउँछ । त्यसलाई स्वनियमको हिसाबले सोच्दा त्यो फेरि पारदर्शी हुँदैन कि । एउटा अनौपचारिक एकाइलाई त्यो काम गर्न दिइरहँदा हामी इमानदारपूर्वक काम गरौँला तर त्यो पारदर्शी हुँदैन । पारदर्शी हुन फेरि कतै न कतै नियमनकारी निकाय चाहे बिमा समिति होस्, चाहे राष्ट्र बैङ्क होस्, चाहे कम्पनी रजिस्ट्रार होस् कुनै न कुनै ऐनले तोकेको निकायप्रति जिम्मेवार संस्थाबाट काम गरायौँ भने हामी पारदर्शी रूपले कुनै पनि आक्षेपबाट बच्न सक्छौँ । त्यो व्यवस्था गर्न हामीलाई अलिकति कठिनाइ भइरहेको छ ।

अर्को सबै जीवन बिमा कम्पनीको लगानीयोग्य रकम जोडेर त्यसको पाँच प्रतिशत भन्यो भने ठूलै रकम बन्नेवाला छ तर एउटा एउटा व्यक्तिगत गर्दा त त्यो त्यतिविधि ठूलो आकारको भएन । आज सबैभन्दा धेरै लगानीयोग्य रकम भएको कम्पनीले पनि दुई अर्ब, साढे दुई अर्ब, तीन अर्ब रुपियाँभन्दा बढी लगानी गर्न सक्ने अवस्थामा छैन । समग्र बिमा कम्पनीको हिसाब गर्योे भने हामी १५–१६ अर्बसम्म लगानी गर्न सक्ने अवस्थामा पुगौँला । त्यो १५ अर्ब लगानी गर्न कि त हामी सबैको एउटा कन्सोर्टियम बन्नुपर्यो । त्यो कन्सोर्टियम बनिरहँदा पनि त्यो हाम्रो एक्सपोर्टिज होइन । त्यसकारण सबैको कन्सोर्टियमबाट एउटा एकाइ खडा गरेर जानुपर्ला कि । बैङ्कमा फिक्समा राख्नुको बदलामा तपाईंहरूको डाइरेक्ट इन्भेस्टमेन्टमा हामीलाई कन्सोर्टियम पार्टरन बनाएर गर्नुस् भनेर कि त बैङ्कहरूसित कन्सोर्टियममा जार्नुपर्ला, त्यो कुरामा हाम्रो त्यति पहल भइसकेको छैन । यी दुई–तीनवटा सोचमध्ये हाम्रो जीवन बिमक सङ्घ भर्खरै मात्र स्थापना भएको छ । हामीले प्रारम्भिक चरणका दुई/तीन वटा मिटिङ गरेर जल्दाबल्दा इस्युमा मात्र भर्खरै केही निर्णय गरेका छौँ । अब पछिल्लो चरणमा यस विषयमा व्यापक छलफल गरेर जानुपर्ने छ । यसमा गर्नुपर्ने अर्को एउटा बाध्यता के छ भने त्यस्तो सेक्टरमा लगानी गरिसकेपछि त्रैमासिक रूपमा यसको प्रतिफल त आउँदैन । हामीलाई पनि जिम्मेवारी छ । भित्री रूपमा हामी खँदिलो होऔँला बलियो होऔँला तर त्यो हामी खँदिला छौँ भनेर कहीँ न कहीँ त देखिनु पनि पर्छ । जस्तो मैले यो छ महिनामा १५ करोड ६० लाख मुनाफा गरेँ भनेर भनिरहँदा त्यही ब्याज आर्जन गरेको आधारमा भनेको हुँ ।

लिक्विडेट नहुने क्षेत्रमा गरेको लगानी भित्र जतिसुकै राम्रो आम्दानी भइरहेको भए पनि यो वित्तीय विवरण प्रकाशनमा ल्याउन पाइँदैन । त्यो देखाउन नपाउँदा बाहिर मुनाफा घट्यो भन्नेबित्तिकै भित्री रूपमा हामी जतिसुकै बलियो भए पनि अरू साधारण सेयरधनीले सजिलैसित त्यो कुरा स्वीकार्दैनन् ।

अहिले झण्डैझण्डै १२ प्रतिशत सेयरमा लगानी छ । त्यो त्यहाँ छैन । अब यो अर्को पाँच/सात प्रतिशत जाँदा त फेरि मेरो कुल लगानीको एउटा हिस्सा करिब १५ प्रतिशत भनौँ न सेयरमा लगानी गर्न पाउने प्रावधान म्युचुअल फन्डमा लगाउनुपर्छ । तिनीहरू तुरुन्तै लिक्विडेट त हुँदैनन् । लिक्विडेट नहुने क्षेत्रमा गरेको लगानी भित्र जतिसुकै राम्रो आम्दानी भइरहेको भए पनि यो वित्तीय विवरण प्रकाशनमा ल्याउन पाइँदैन । त्यो देखाउन नपाउँदा बाहिर मुनाफा घट्यो भन्नेबित्तिकै भित्री रूपमा हामी जतिसुकै बलियो भए पनि अरू साधारण सेयरधनीले सजिलैसित त्यो कुरा स्वीकार्दैनन् । सबैलाई यो वित्तीय विवरणमा हाम्रो यति लगानी छ, त्यो यसमा देखिएको छैन तर पनि अब यो कुरा सेकेन्डरी हो । त्यो पहिलो किसिमको लगानीको प्रारूप या लगानी गर्ने प्रक्रियामा यदि हामी प्रस्ट हुन सक्यौँ भने हामी जान्छौँ त्यो क्षेत्रमा र आज नभए पनि भोलि त त्यसको प्रतिफल आइ नै हाल्छ । मैले भने जस्तो लगानीकर्तालाई हामी निश्चिन्त बनाउन सक्छौँ होला ।

बिमा समितिले जोखिममा आधारित पुँजी लागू गर्दैछ, यो कत्तिको उपयुक्त छ ?

यो असाध्यै उपयुक्त कुरा हो । जोखिममा आधारित पुँजी आवश्यकताको आज हाम्रो नियमनकारी निकायबाट आएको छ त्यो असाध्यै राम्रो र स्वागतयोग्य कुरा हो । बिमा क्षेत्र अरूको नासो लिएर चल्ने संस्था भएकाले जोखिममा आधारित पुँजीको आवश्यकता छ । जसरी बैङ्कमा क्यापिटल एडुकेसीका कुरा हामी गर्छौं एउटा बैङ्कले एउटा ऋणीलाई कर्जा लगानी गरिरहँदा त्यसमा डिपोजिटरको ९० रुपियाँ जान्छ भने १० रुपियाँ प्रवद्र्धकको पनि अथवा सेयरधनीको पनि जानुपर्छ भन्ने जुन मान्यतामा राष्ट्र बैङ्कले क्यापिटल एडुकेसी मेन्टेन गरेको छ । हाम्रो पनि अवस्था त्यही हो । हाम्रो पनि १० प्रतिशत सेयरधनीको जिम्मेवारी हो । ९० प्रतिशत त बिमितको पैसा हो । त्यो पैसालाई हामी व्यवसाय बढाउँदै जाने, अनि व्यापक रूपमा व्यवसाय बढिरहँदा लगानीकर्ताको स्टेक नबढ्ने । लगानीकर्ताको आफ्नो जोखिम जस्ताको तस्तै राख्ने भोलि क्यापिटलले सबअब्जरभरको काम गर्ने न हो । गाह्रो साँघुरो परेको बेला पुँजीले नै त्यसलाई धानोस् भनेर जति स्तरको जोखिम बहन गरिरहेको छ त्यही स्तरमा पुँजीको व्यवस्था जरुरी छ ।

जोखिममा आधारित पुँजी आवश्यकताको आज हाम्रो नियमनकारी निकायबाट आएको छ त्यो असाध्यै राम्रो र स्वागतयोग्य कुरा हो । बिमा क्षेत्र अरूको नासो लिएर चल्ने संस्था भएकाले जोखिममा आधारित पुँजीको आवश्यकता छ ।

हामी दुई अर्ब भनिरहेका छौँ, ठीक छ भोलिका दिनमा केही कम्पनीले आफ्नो व्यवसाय बढाउँदै गएपछि त्यो दुई अर्ब नै क्यापिटल बेस, रिस्क बेस क्यापिटल रिक्वायरमेन्टको लेभलमा पुुगिहाल्छ, आज नपुगे पनि भोलि । बरु सुरुमै यो भनेर गर्नुभन्दा व्यवसायका आधारमा नै क्यापिटल बेस, रिस्क बेसको व्यवस्था गरिदिएको भए अझ राम्रो हुन्थ्यो । अब यो दुई अर्बलाई बेस मानेर बाँकी भनेको जति व्यवसायको रिस्क बढ्दै जान्छ । त्यो अनुसारले क्यापिटल मेन्टेन गर्दै जानुपर्छ भनेर त्यसलाई नियमनकारी निकायले राम्रोसित नियमन गर्नुपर्ने हुन्छ । त्यसलाई बढीमा एक आर्थिक वर्ष, असार मसान्त नभई मेरो सही भ्यालुएसन कति हो भन्ने थाहा हुँदैन । जब मेरो भ्यालुएसन रिपोर्ट आएर ल तिम्रो रिस्क यति हो यसका लागि रिस्क क्यापिटल मेन्टेन गर्न यति क्यापिटल हुनैपर्छ भनेर एक्चुरी रिपोर्ट आइसकेपछि बढीमा डेढ वर्षमा त्यति पुँजी पुर्याउनुपर्छ भन्ने किसिमको प्रावधान राखेर जानुपर्छ । जसले सक्दैनन् अर्को विकल्प खोजेर लाग्नुहुन्छ होला, यो व्यवसायमा विश्वास गर्नेले जोखिम लिए अनुसार क्यापिटल बढाउँदै जानुपर्छ । अर्काको पसिना, अर्काको श्रम र अर्काको सपनामा त्यत्तिकै खेलवाड गरेर आफूले मुनाफा मात्र कमाउने उद्देश्यले हेर्न पाइँदैन । त्यो त गर्नैपर्ने चिज हो र सही समयमा आउन लागेको छ ।

प्राइम लाइफका आगामी योजना के छन् ?

प्राइम लाइफ जहिले पनि कुनै न कुनैमा लिड गरेर नै हिँडिरहेको कम्पनी हो । चाहे हिजो ब्रान्डिङका कुरा हुन् अथवा सार्वजनिक रूपमा बिमालाई प्रवद्र्धन गर्न ‘शून्य वा तीन विचार गरौँ एकछिन’ भन्ने किसिमको समग्र बिमा उद्योगलाई नै आकर्षित गर्ने नारा अगाडि बढाएको हिसाबले होस् अथवा जीवन उपहार जस्तो बिमा योजना अनि खाली महिला दिदीबहिनीलाई मात्र लक्षित गरेर ल्याइएको बिमा योजना नारी जीवन बिमाको योजना होस् अथवा जुन पेन्सन प्लान । जसलाई नेपाल सरकारले पनि दुई तीन वर्षदेखि स्वीकार गरेको छ । आजभन्दा १० वर्ष अगाडि प्राइम लाइफले जसले जति योगदान गर्छ उसले त्यति नै पेन्सन पाउनुपर्छ भन्ने मान्यतामा योगदानमा आधारित पेन्सन योजना ल्याइसकेको हो । अब वित्तीय र आफ्नै किसिमको काम प्राइम लाइफले गर्दै आएको छ । इतिहासमा पनि गरेको थियो, आज पनि गर्छ र भोलिका दिनमा पनि हामी गर्दै जान्छौँ ।

आजभन्दा १० वर्ष अगाडि प्राइम लाइफले जसले जति योगदान गर्छ उसले त्यति नै पेन्सन पाउनुपर्छ भन्ने मान्यतामा योगदानमा आधारित पेन्सन योजना ल्याइसकेको हो । अब वित्तीय र आफ्नै किसिमको काम प्राइम लाइफले गर्दै आएको छ । इतिहासमा पनि गरेको थियो, आज पनि गर्छ र भोलिका दिनमा पनि हामी गर्दै जान्छौँ ।

आजको दिन डिजिटल एजको हो । यो डिजिटल एजमा धेरै कुरा डिजिटल्ली गराउनुपर्छ भन्ने हाम्रो मान्यता हो । हामीले घरमै बसेर नवीकरण बिमा शुल्क तिर्ने प्रावधान सुरु गरिसकेका छौँ । केही हदसम्म बिमाका लागि आवश्यक प्रस्ताव फार्म पेस गर्ने काम पनि घरै बसेर गर्न सकिने खालका, सानो एमाउन्ट पाँच लाख सम्मको बिमा गर्दा घरमै बसेर गर्न सकिने सुरु गरिसकेका छौँ । अब निकट भविष्यमा बिमितलाई हाम्रा प्रस्तावित बिमितलाई बिमा गर्ने काम सबैभन्दा सरल र सबैभन्दा भरपर्दो माध्यमबाट गर्ने भन्ने हिसाबमा अगाडि बढाउने नै हाम्रो योजना हो ।

कम्पनीका लागि मुनाफा त्यति नहोला तर नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व पूरा ग प्रकारका पनि बिमा योजना हामी ल्याउँदैछौँ । हामी एचआईभी पोजेटिभ भएका व्यक्तिको पनि बिमा गर्ने योजनासहित अगाडि बढेका छौँ ।

प्रोडक्टको सवालमा राम्रो आकर्षक प्रोडक्ट दिने हो र केही नौलो किसिमको प्रोडक्ट सायद कम्पनीका लागि मुनाफा त्यति नहोला तर नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व पूरा गर्ने प्रकारका पनि बिमा योजना हामी ल्याउँदैछौँ । हामी एचआईभी पोजेटिभ भएका व्यक्तिको पनि बिमा गर्ने योजनासहित अगाडि बढेका छौँ । त्यस्तै गरेर हाम्रो आफ्नै भवन तयार हुने अवस्थामा छ । अब हामी आफ्नै भवनबाट बिमाका सेवा दिने, बिमाका सुविधा दिने र सकेसम्म बिमाका संस्थापना सञ्जाल व्यापक रूपमा बढाएर जाने हाम्रो योजना हो । शाखा–उपशाखाले नभ्याएको ठाउँमा सम्पर्क कार्यालय, सम्पर्क कार्यालयले पनि नसक्ने ठाउँमा अहिले हामीले सुरु गरेको छौँ घुम्ती बिमा ।

शाखा–उपशाखाले नभ्याएको ठाउँमा सम्पर्क कार्यालय, सम्पर्क कार्यालयले पनि नसक्ने ठाउँमा अहिले हामीले सुरु गरेको छौँ घुम्ती बिमा ।

हामीले वर्षको तीन, चार पटक हाम्रा अभिकर्तालाई तालिम दिइरहेका छौँ । एक्सपर्ट बाहिरबाट ल्याएर पनि हामीले तालिम दिइरहेका छौँ । हाम्रा स्टाफलाई विदेशमा पठाएर ट्रेनिङ दिइरहेका छौँ । इनहाउस ट्रेनिङ दिइरहेका छौँ । अब यी सबै कुरा ट्रेनिङको शिक्षाबाट नै उपलब्ध गराउन सक्ने हुनाले हामी त्यसमा प्रयत्नरत छौँ । प्राइम लाइफको अर्को महत्वपूर्ण कार्ययोजना भनेको कर्मचारी र अभिकर्तालाई बढीभन्दा बढी बिमा सम्बन्धी जानकारी, बिमा सचेतना र बिमा शिक्षा उपलब्ध गराउने अनि हामी आफैँ पनि गाउँगाउँ जहाँसम्म पुग्न सक्छौँ, त्यहाँ गएर कार्यक्रम गर्ने, बिमा सम्बन्धी जनचेतना फैलाइदिने काम गरेका छौँ । जस्तो हिजो गास, बास, कपास भन्थ्यौँ । आज हामी के भन्न थालेका छौँ भने अब गास, बास, कपास भनेको न्यूनतम आवश्यकता भइसक्यो । अब त्यो विषयमा कसैले सोच्नैपर्दैन । त्यो सबैसित उपलब्ध छ । अब भनेको स्वास्थ्य, शिक्षा र बिमा हो । यो न्युनतम आवश्यकता भैसकेको छ । समयपोष्ट

एभरेष्ट बैंकको न्यूरोड कम्प्लेक्समा नयाँ शाखा सञ्चालन

एभरेष्ट बैंकले आफ्नो न्यूरोड कम्प्लेक्समा अवस्थीत न्यूरोड शाखा औपचारिक रुपमा संचालनमा ल्याएको छ । बैंकको नयाँ परिसरमा ग्राहकमैत्री संरचना मात्र नभएर यसले आधुनिक बैकिङ्ग सुविधाहरु पनि प्रदान गर्ने उदेश्यले शाखा सञ्चालनमा ल्याएको हो ।

नयाँ शाखा परिसरको औपचारिक उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्ता मनि सिवाकोटीले गरेका हुन् । उद्धघाटन समारोहमा डेपुटी गर्भनर र प्रमुख कार्यकारी अधिकृत जीके नेगीले शाखाका पुराना तथा वफादार ग्राहकहरुलाई संयुक्त रुपमा सम्मानित गरेका छन् ।

चेक डिपोजीट, यूटिलिटी बिल भुक्तानी र एटीएम जस्ता आधुनिक बैकिङ्ग सुविधाहरु र ई–लबीमार्फत ग्राहकहरुलाई सहज बैकिङ्ग सेवा प्रदान गर्न यो शाखालाई डिजाइन गरिएको छ । सो अवसरमा अन्य विशिष्ठ अतिथिहरु डा. सन्धिर कुमार, डीजीएम र बैंकका अन्य वरिष्ठ अधिकारीहरुको उपस्थीति रहेको थियो ।

इबीएलको हाल ग्राहक संख्या १० लाख भन्दा बढि रहेको छ । एभरेष्ट बैंक, हालै बेष्ट म्यानेज कमरर्सियल बैंकबाट सम्मानित हुनुका साथैै क्यामेल्स रेटिङ अन्तर्गत बेष्ट रेटड कमर्सियल बैंक बन्न सफल भएको छ । बैंकले ९५ स्थानिय शाखा, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२३ एटिएम बाट  मजबुत सेवा प्रदान गदै आईरहेको छ ।

नेपाल बैंकद्वारा अविष्कार केन्द्रलाई १० लाख

नेपाल बैंकले राष्ट्रि आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई ब्राण्ड एम्बास्डर घोषणा गरेको छ । आज आविष्कार केन्द्रमा भएको एक समारोहबीच पुनलाई ब्राण्ड एम्बास्डर घोषणा गरिएको हो ।

एसियाको नोबेल पुरस्कार मानिने म्याग्सेसे पुरस्कार विजेता महावीर पुनलाई नेपाल बैंकले ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको बैंकका प्रवक्ता प्रकाश अधिकारीले बताए ।  साथै आजै उक्त समारोहमा राष्ट्रिय आविष्कार केन्द्रलाई १० लाख रुपैयाँ सहयोग गर्ने पनि भनिएको छ । यद्यपि चेक भने हस्तान्तण भएको छैन ।

बोर्ड बैठकले पास गरे पछि आवष्कार केन्द्रलाई उक्त रकम उपलब्ध गराउने नेपाल बैंकले जानकारी दिएको छ । ‘हामी आविष्कार केन्द्रसँग सहकार्य गर्ने तयारीमा छौं,’  उनले भने ‘त्यसैले हामीले उहाँलाई एम्बास्डरमा नियुक्त गरेका हौं ।

राष्ट्रिय बाणिज्य बैंकको अढाई अर्बको ऋणपत्र आउँदै

राष्ट्रिय बाणिज्य बैंकले अढाई अर्ब बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले एक हजार रुपैयाँ दरका २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो।

बैंकले १५ लाख कित्ता ऋणपत्र परिपत्र विधिबाट र दश लाख कित्ता ऋणपत्र सार्वजनिक निष्काशन प्रक्रियाबाट जारी गर्नेछ। बैंकले ऋणपत्र जारी गर्न एनआइबिएल एस क्यापिटललाई बिक्रि प्रवन्धक नियुक्त गर्न सोमबार सम्झौता गरेको छ।

सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र एनआइबिएल एस क्यापिटलबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले हस्ताक्षर गरे।

बैंकको चुक्ता पूंजीको कम्तीमा २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने प्राबधान बमोजिम निष्काशन गर्न लागेको यो ऋणपत्रको अवधि ६ बर्षको रहेको छ । १०.२० प्रतिशत व्याज ६–६ महिनामा प्रदान गरिने यो ऋणपत्र निकट भविष्यमा निष्काशन गरिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

५ वाणिज्य बैंक र १ वित्तिय संस्थाका सीइओ र संचालकलाई सर्वोच्च अदालतले बोलायो

४ वटा वाणिज्य बैंक र एउटा वित्तिय संस्थाका संचालक र सीइओ साबहरुलाई सर्वोच्च अदालतले छलफलका लागि बोलाएको छ ।
चार बैंक र एक वित्तिय संस्थाले भैरब कुण्ड जलविद्युत आयोजनाको लिलामीको लागि १५ दिने सूचना जारी गरेपछि सो विरुद्धको मुद्दामा सर्वोच्च अदालतले यस्तो फैसला गरेको हो ।

नेपाल बैंकर्स संघका अध्यक्ष सीइओ रहेका बैंक सानिमा बैंकको नेतृत्वमा बैंक अफ काठमाण्डू, एनएमबी बैंक, एनआईसी एशिया बैंक, ग्लोबल आईएमई बैंक र मञ्चुश्री फाइनान्स कम्पनीले उक्त आयोजनामा कर्जा दिएका थिए ।

लिलाम गर्न चाहनेले २१ गतेभित्र आवेदन दिनुपर्ने र २३ गते लिलामी प्रक्रिया टुग्याउने बैंकको योजना थियो । प्राकृतिक विपतका कारण आयोजना सञ्चालन आएदेखि नै समस्यामा पर्दा रुण अवस्थामा पुगेकाले तत्कालका लागि लिलामी प्रक्रिया रोकी पाउँ भन्दै सञ्चालकहरुको तर्फबाट सूर्यबहादुर थापाले सर्वोच्चमा रिट निवेदन दिएका थिए ।
उक्त निवेदनको सुनुवाइ गर्दै माननीय न्यायधीश सुष्मलता माथेमाको इजलासले फागुन २९ गते दुवै पक्षलाई छलफलमा बोलाउँदै सोमबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।


सानिमा बैंकको नेतृत्वमा बैंक अफ काठमाडौं, एनमएमबि, एनआइसी एसिया, ग्लोबल आइएमई बैंक र मञ्जुश्री फाइनान्सले आयोजनामा ऋण लगानी गरेका थिए । ३४ करोड रुपैयाँ ऋण लिएको आयोजनाले बैंकहरुलाई सावाँ ब्याज गरेर ३६ करोड रुपैयाँ तिरिसक्दा पनि अझै ४२ करोड रुपैयाँ तिर्न बाँकी छ ।


आयोजना सञ्चालनमा आएको लामो समय भइसक्दा पनि एकपछि अर्को समस्यामा पर्दै गएपछि अधिकांश समय आयोजनाले विद्युत उत्पादन गर्न सकेको छैन । जसका कारण उसले विद्युत बेचेर आम्दानी नै गर्न सकेको छैन । ३ मेगावाटको आयोजना जोगाउन सञ्चालकहरुले २१ करोड रुपैयाँभन्दा बढी सापटी र १३ करोड रुपैयाँ सेयर लगानी थपिसकेका छन् ।

५४ करोड रुपैयाँ लागत आउने अनुमानसहित अघि बढाइएको आयोजनाको निर्माणमा भएको ढिलाइका कारण सुरुवातमै लागत ६४ करोड रुपैयाँ पुगेको थियो । सञ्चालनमा आएपछि पनि नियमित बाढी र पहिरोका कारण आयोजना सञ्चालनमा हुन नसक्दा बैंक ऋण तिर्नकै लागि थप ३३ करोड रुपैयाँ आयोजनामा लगानी भएको छ । यो सँगै आयोजनाको लागत झण्डै एक खर्ब रुपैयाँ पुगेको छ ।
जे भए पनि लगानी बढाउने नाममा कर्जा दिने अनि दादागिरी गर्ने बैंकहरुको परम्परा अन्त्य होस् । सचेत भया ।

मुक्तिनाथ विकास बैंकद्धारा प्राणोदय आधारभूत विद्यालयलाई सहयोग

मुक्तिनाथ विकास बैंकले लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत भक्तपुर, ठिमी स्थीत श्री प्राणोदय आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुदको सामाग्री वितरण गरेको छ । उक्त सामाग्रीहरु श्री प्राणोदय आधारभूत विद्यालयका प्राधानाध्यापक सरिता अधिकारीलाई मुक्तिनाथ विकास बैक ठिमी शाखाका शाखा प्रमुख दिनेश श्रेष्ठले हस्तान्तरण गर्नुभयो । बैंकले यस सहयोगबाट विद्यार्थीको सिकाई प्रकियामा थप सहयोग पुग्ने अपेक्षा गरेको छ ।

यस विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग, आस्वा सेवा, D-MAT खाता लगायतका सेवाहरु पनि प्रदान गर्दै आई बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले बताउनु भएको छ ।

बैंक अफ काठमाण्डूको भिसा नगद फिर्ता योजना

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो कार्ड बाहक ग्राहक महानुभावहरुको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम् लाभ लाई मध्यनजर गर्दै बिओके भिसा नगद फिर्ता योजना सार्वजनिक गरेको छ ।

कार्ड बाहक ग्राहक महानुभावहरुले नगद फिर्ता योजनाको सदुपयोगको लागि एक महिना भित्र POS तथा E-Commerce कारोबार गर्दा रु. ५०० नगद फिर्ता पाउनु हुनेछ । जस अन्र्तगत एक महिना भित्र कम्तीमा २ वटा एइक् कारोबार गर्दा रु. २५० नगद फिर्ता पाउनु हुनेछ तथा कम्तीमा २ वटा E-Commerce कारोबार गर्दा रु. २५० नगद फिर्ता पाउनुहुने बैंकले जानकारी गराएको छ । उक्त नगद फिर्ता योजना अंग्रेजी क्यालेण्डर अनुशार लागू हुनेछ । यस योजनाको उच्चतम फाइदा सदुपयोगको लागि प्रत्येक कारोबार रु. ५०० वा सो भन्दा बढि हुनुपर्नेछ । उक्त नगद फिर्ता योजना सिमित अवधिको लागि मात्र भएकोले छिटै लाभ लिन ग्राहक महानुभावहरुलाई अनुरोध गरेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

सनराइज बैंकको खोकनामा एक्सटेन्सन काउण्टर संचालन

आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । यसै क्रममा ललितपुरको खोकनामा ९ औँ एक्सटेन्सन काउण्टरको संचालनमा ल्याएको छ ।

औपचारिक कार्यक्रमा ललितपुर महानगरपालिकाका वडा नं २१ का अध्यक्ष रबिन्द« मर्हजनले र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । बैंकले सर्वसाधारण र उद्यमीलाई निक्षेप संकलन तथा रकम भुक्तानी लगाएचका सेवा दिने उद्देश्यले एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको बताएको छ ।

हालसम्म बैंकको शाखा संख्या १३० वटा पुगेको छ । साथै बैंकले नेपाल अधिराज्य भर ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ९ वटा एक्सटेन्सन काउण्टर र १२३ वटा ए.टि.एम मार्फत आफ्ना ६ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।¬ साथै बैंकले आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरmमा पनि थप शाखाहरm संचालन गर्दैजाने योजना रहेको छ ।

मोबाइल बैंकिङ्ग र क्रेडिट कार्डमा बैंकहरुको लुट कहिलेसम्म गर्भनर साब ?

नेपालमा जसलाई जे गर्न पनि छुट छ । भन्दा अब फरक पर्दैन होला । नेपालका २७ वाणिज्य बैंकहरुले घुमाई फिराई ग्राहकबाट लुट मच्चाएका छन् । भन्दा फरक पर्दैन । आफ्नै खाताको पैसा चलाउदा पनि बैंकहरुले मोबाइल बैंकिङ्ग प्रयोग गरेवापत ५० रुपैया देखि १ हजार रुपैयासम्म सेवा शुल्क लिन्छन भन्दा पत्याउन गाह्रो होला तर यो सत्य हो ।

अधिकाशं बैंकहरुले सेवा शुल्को नाममा लुट मच्चाएका मात्रै छैनन् । मनलाग्दी ग्राहकहरुको खाताबाट पैसा लिएको खुलेको छ । २७ वाणिज्य बैंक मध्ये सबैभन्दा बढि मोबाइल बैंकिङ्ग प्रयोग गरेवापत सेवा शुल्क लिने बैंक हो हिमालयन बैंक लिमिटेड यो बैंकले मोबाइल बैंकिङ्गबाट बारोबार गरे बापद १ हजार पैसा लिने गरेको खुलेको छ ।

यस बैंकका अध्यक्ष सरकारी संस्था कर्मचारी सञ्चयकोषका प्रमुख अधिकृत तुलसी गौतम छन् । सीइओ प्रथम गर्भनरका छोरा अशोक राणा छन् । तर, यो बैंकले राष्ट्र बैंकको निर्देशनको धज्जी उडाउँदै जथाभाबी सेवा शुल्क उठाएको खुलेको छ ।

मोबाइल बैंकिङ्ग सेवा शुल्कको नाममा सबैभन्दा कम एनआईसी एशिया बैंकले लिएको देखिन्छ । यस बैंकले मात्रै ५० रुपैया लिएको छ भने हिमालयन बैंकले १ हजार । यो कस्तो लुट हो गर्भनर साब ? एउटा बैंकको ५० रुपैया र अर्को बैंकको १ हजार कहाँ छ नियमनकारी निकाय गर्भनर साब ?

मोबाइल बैैंकिङ्गमा एनबी बैंकले २५०, सानिमा बैंकले २५० सेवा शुल्क लिएको खुलेको छ । यस्तै दर्जनौ बैंकले सेवा शुल्कको नाममा लाखौ लुट्ने गरेको तथ्य वाहिर आए पनि निकम्मा नेपाल राष्ट्र बैंक कारबाही गर्दैन, बोल्दैन अर्थमनत्रीज्यू कारण के हो ?

अर्को कुरा के छ भने क्रेडिट कार्ठ रिनो गर्नु पर्दा २७ वाणिज्य बैंकहरुको आ–आफ्नै शेवा शुल्क छ । तरकारीको मुल्य जस्तै यो कस्तो नियम हो गर्भनर डा. चिरनाजीबी नेपाल ज्यू ?

क्रेडिट कार्ड रिनो गर्दा नबिल बैंकले १ हजार लिने गरेको छ भने अन्य एनएमबी र सानिमा बैंकले ७५०, मेगा बैंकले ४५० सबैभन्दा कम एनआईसी एशिया बैंकले मात्र ५० रुपैया लिने गरेको खुलेको छ । तर राष्ट्र बैंकले सेवा शुल्क नलिन पटक÷पटक आग्रह मात्रै गरेको छैन । निर्देशननै जारी गरेको छ । तर छाडा रागो जस्तै गरिन मनपरि सेवा शुल्क लिन छुट कसले दियो बैंकहरुलाई अर्थमन्त्री डा. युवराज खतिवडा ज्यू ?

यति मात्रै होइन गर्भनर डा. नेपाल ज्यू खाता बन्दा गर्दा रु ५०० (६ महिना अगाडी गरे) पछि गरे ५० रुपैया लिने वाणिज्य बैंकहरुको पनि कमि छैन । बैंकहरुले कति दिन ग्राहक लुट्ने ? प्रस्ट उत्तर अब गर्भनर नेपालज्यूले होइन अर्थमन्त्री डा. खतिवडाले २ करोड भन्दा बढि बैंकका ग्राहकलाई दिनुपर्दछ कि पर्दैन । सचेत भया ।

बिओकेभित्र सफाइको काम छ, त्यही प्राथमिकतामा हिँडिरहेको छु

लुम्बिनी बैंक गाभिपछि बैंकिङबाट बिदा भएका शोभनदेव पन्त केही समयको बिरामपछि बैंक अफ काठमाण्डू फर्किए। बिओकेमा फर्किएपछि भने उनी निकै ‘लो प्रोफाइल’ मा बसेर काम गरिरहेका छन्। कन्जरभेटिभ बैंकिङ स्कुलिङबाट हुर्किएका पन्त पछिल्लो समय केही आक्रामक पनि देखिन खोजेका छन्। आफ्नो स्वभावभन्दा फरक बैंकिङमा उत्रिएका हुन् कि ।

चालु बर्षको ६ महिनाको पनि पछिल्लो तीन महिनामा बैंकको नाफा अघिल्लोभन्दा बढेको छ। निक्षेपभन्दा ऋणको विस्तार बढी छ। बैंक अलिकति आक्रामक देखिन खोजेको हो ?
पहिलेदेखि नै हेर्नु हुन्छ भने बैंक अफ काठमाण्डू (बिओके) आन्तरिक रुपमा बलियो बैंक हो। मर्जर गर्दा खेरी ऋण ६० अर्बबाट अहिले ८४ अर्ब हाराहारीमा पुगिसकेका छौं। बिओके कहिले पनि एक्स्ट्रा एग्रेसिभ बैंक होइन। हामी त्यो हुने सोचाइमा पनि छैनौं। वित्तीय क्षेत्रमा सबैको हितको लागि पनि दीर्घकालसम्म चल्ने संस्था भएकाले आक्रामक हुन जरुरी छैन। प्रणालीगत जोखिम बैंकभित्र पनि र समग्र बैंकिङमा पनि नहोस् भनेर हामीले नियमित वृद्धिमा जानु पर्छ। वार्षिक १५/२० प्रतिशतको वृद्धिभन्दा माथि जाने भन्ने हाम्रो सोचाइ पनि छैन।

समग्र बजारको वृद्धि एकातिर अनि आफ्नो वृद्धि चाहिं शतप्रतिशत  भयो भने त कहीँ न कहीँ सम्झौता गर्नुपर्छ, यसबाट जोखिम पनि हुन्छ। यसमा हामी सजग छौं। बजारको वृद्धिलाई हेरेर नै १५/२० प्रतिशतको वृद्धिमा हामी हिँडेको हो। हो, अलिकति वृद्धि यसपाली देखिएको छ। तर आक्रमकै भने हुन खोजेको होइन।

कताकता दोस्रो त्रैमाससँगै आक्रामक भएको संकेत नाफा नोक्सान हिसाब खाताबाट देखियो ?
त्यस्तो इम्प्रेसन आएको होला, तर हामी एक्स्ट्रा ग्रोथ गरेर जाने पक्षमा छैनौं। नियमित ग्रोथबाटै जाने हाम्रो प्रवृत्ति हो र योजना पनि। त्यस्तो देखिएको मात्र हो। बैंकको नेटवर्थ पनि बढेर आएको छ। यसले गर्दा बैंकमा ‘कम्फर्ट जोन’ हरू बढेको छ। पुँजीले पनि बैंकलाई ‘सेफ्टी कुसन’ राम्रै दिएको छ। ८०-२० प्रतिशत सीसीडी (कर्जा-पुँजी-निक्षेप अनुपात) छ। हामीले अलिकति सीसीडीलाई बढाएका छौं। तर त्यो पनि सीमाभित्र।

आगामी दिनमा यो एग्रेसन देखिँदैन ?
हो यसलाई अपवाद माने हुन्छ। हामी त्यो ‘मोटिभ’ बाट जाँदैनौं। बजारको औसत ‘ग्रोथ’ नै हाम्रो पनि ग्रोथ हुने भन्ने हो।

लुम्बिनी बैंकबाट तपाईको छवि अलिकति ‘कन्जरभेटिभ’ बैंकिङ गर्ने भन्ने बनेको छ। मर्जरले गर्दा बैंकको ‘स्ट्रेन्थ’ त बढ्यो, तर बिओके कता कता हराए जस्तो। यही समयमा ‘नोटिस’ मा नपरेका बैंक भने माथि आए ?
यो पर्सेप्सनको कुरा हो। बिओके हराएको होइन। राष्ट्र बैंकले मर्जरको नीति ल्याएपछि बिओके र लुम्बिनी त्यतातिर लागे। लुम्बिनी सानो भए पनि राम्रो बैंक थियो। बिओके कन्जरभेटिभ बैंक भनेरै चिनिएको थियो। त्यही भएर मर्जरका लागि पनि हामीले पहल गर्‍यौं। अहिले आएर त्यसलाई पुनरावलोकन गर्ने हो भने बिओके हराएको होइन कि बिओकेले एउटा राम्रो बैंक हुने बाटोका जति पनि सूचकहरु छन् त्यसलाई अझ बढी बलियो बनाउन पछ्याइरहेको देखिन्छ। जोखिम ब्यवस्थापन र सुशासन, खराब ऋण, प्रतिफल, कर्मचारीको उत्पादकत्व सबैमा हामी राम्रो देखिएका छौं।

यी कुरालाई हेर्दा बिओके आज एकदमै राम्रो बाटोमा छ। मर्जरपछि पनि हामी अर्ग्यानिक वृद्धिमा नै गएका छौं। अरु जस्तो ८ वटा वित्तीय संस्थालाई गाभेर हामी गएका छैनौं। मर्जरप्रति हामी नकारात्मक छैनौं। राम्रो संस्था आयो भने हाम्रो सञ्चालक समिति मर्जरको बारेमा सकारात्मक छ।

बिओके बजारबाट हराएको होइन। पब्लिसिटी धेरै गर्दैनौं, पत्रिकाबाजी, होडिङबोर्डमा जाँदैनौं। बैंकिङ ‘सो बिजिनेस’ पनि त होइ। यो भनेको ग्राहक सेवा र जोखिम ब्यवस्थापन तथा सेयरधनीको प्रतिफल हेर्ने हो। यसमा हामी आन्तरिक रुपमा धेरै नै काम गरिरहेका छौं।

२७ वटाको भीडमा त कहीँ न कहीँ आफ्नो छुट्टै पहिचान हुनु पर्‍यो नि ?
२७ वटा बैंक छन्। २७ वटाले अलग अलग के बेच्ने ? बैंकले निक्षेप लिने हो र ऋण दिने हो। टेक्नोलोजी बढाउने हो। २७ वटाको आआफ्नै युनिक पोजिसनिङ त हुँदैन। निक्षेप लिएर त्यसको सुरक्षा गर्ने हो। संस्थागत सुशासन पालना गर्ने हो।

नबिल र नेपाल इन्भेष्टमेन्टजस्ता पुराना बैंकहरु त आफ्नो पहिचान जोगाउनका लागि नेटवर्किङमा लागेका छन्। ब्रान्डिङ सुरु गरेका छन्। परम्परागत बैंकिङ गर्नेहरु त अब यसरी हुँदैन भनेर फरक ढंगले अगाडि बढ्न खोजेको देखियो। त्यो त बिओकेले पनि सोच्नु पर्ने होइन र ?
हामीले ९०/९२ ठाउँमा सञ्जाल विस्तार गरेका छौं। कसैको ४०० पनि पुगेको होला। त्योसँग तुलना गर्दा ९० कम हो। जहाँ जहाँ शाखा छन्, ती शाखाको पर्फर्मेन्स पनि राम्रो भएर जानु पर्छ भन्ने हाम्रो बुझाइ छ। त्यो शाखाले प्रतिफल दिनु पर्छ।

हाम्रो बैंकिङ क्षेत्रमा सबैभन्दा ठूलो समस्या जनशक्तिको छ। शाखा खोल्यो, स्कुलबाट भर्ना गर्‍यो, पठायो। यसले गर्दा सञ्चालन जोखिम उच्च हुन्छ। जति शाखा सञ्जाल छन्, त्यसलाई अझै बढाउने भनेको जोखिम बढाउने हो। हामी शाखा विस्तारमा एग्रेसिभ भयौं तर कसैले पनि त्योसँग जोडिने जोखिम बुझिरहेका छैनौं। हाम्रा साथीहरुले त्यो बुझिरहेका छैनन्। कतिपय साथीहरु पब्लिसिटीको दौडमा लागे। बैंकको ‘फन्डामेन्टल थिम’ भनेको जोखिम ब्यवस्थापन हो। त्यसलाई किनारा लगाएर काम गर्न सकिँदैन।

अहिले सञ्चालन जोखिम एकदमै बढेको छ। जस्तो साइबर होस् वा आन्तरिक प्रणाली । जनशक्तिको गुणस्तर हेरौं। बैंकभित्रको पूर्वाधार हेरौं, शाखा खोलेको छ, तर त्यो कसरी चलेको छ भनेर मनिटरिङ गर्ने मेकानिज्म राम्रो छैन। यसले त समस्या मात्र बढाउँछ। यसबाट निक्षेपकर्ताको पैसा डुब्छ। लगानीकर्ता अप्ठेरोमा पर्छन्।

सेवा एउटै सबैको। कार्टेलिङले ब्याज दर पनि एउटै। अब प्रतिस्पर्धा सकियो। यो भीडमा केही फरक हुनु पर्‍यो नि !
अहिले आएर हेर्दाखेरी नियामकबाट ‘स्प्रेड रेट’ नै तोकियो। यसपछि ‘इफिसेन्सी’ त सकियो। इफिसिएन्ट बैंकले अलिकति बढी चार्ज गर्न नसक्ने अवस्था बन्यो। यो त पाउनुपर्ने हो। अब त्यो अवस्था छैन। स्प्रेड रेटलाई लागू गर्न हुने थियो कि थिएन ? यसमा बहस गर्नुपर्छ।

निक्षेपमा एकखालको बेन्च मार्क तोकियो बैंकर्सबाट। यो एउटा समझदारी हो कार्टेलिङ त म भन्दिन। ‘गाइडेड’ पाथमा बैंक हिँडेको छ। इफिसिएन्ट बैंकलाई यसले ‘स्पेस’ नै दिएन। ४.४ प्रतिशत असारसम्म झारिसक्नु पर्छ। यस्तोमा हामी बैंकहरु कसरी फरक देखिन सक्छौं र ?

ब्रान्डिङ राम्रो छ। शाखा धेरै छ, निक्षेप आउँछ भन्ने भनाइ आयो। यसबाट ‘कस्ट अफ फण्ड’ मेरो कम भयो होला। तर स्प्रेड त ४.४ प्रतिशत नै हो। अनि हामी कसरी फरक हुन सक्यौं र ! हामी गाइडेड पाथमा हिँडेका कारणले फरक हुन गाह्रो छ।

अहिलेको प्रतिस्पर्धामा बिओके कहाँनेर छ ?
वित्तीय क्षेत्रको एक ‘प्लेयर’ भएका नाताले हामीले लगानीकर्ताको अपेक्षालाई सुरक्षित गर्ने हो, निक्षेप सुरक्षित गर्ने हो। नियामकको अपेक्षालाई सुरक्षित गर्ने हो। त्यतिले मात्र पुग्दैन उचित प्रतिफल पनि दिनु पर्छ। हामी अर्ग्यानिक प्रतिफलमा छौं। हाम्रो १७ प्रतिशत हो औसत प्रतिफल, त्यो हामी यो वर्ष पनि दिन्छौं। बैंकलाई ‘प्रुडेन्टली’ अगाडि बढाएका छौं। राष्ट्र बैंकले भनेका प्रत्येक नीति नियमभित्र हामी अँटाएका छौं। सबैमा हाम्रो कम्प्लायन्स छ। पुँजी कोष अनुपातलाई हमीले मेन्टेन गरेका छौं। यो सबैमा हामी खरो उत्रिएका छौं। आन्तरिक रुपमा हामी बलियो भएपछि टोल-टोलमा साइनबोर्ड चाहिन्छ जस्तो लाग्दैन।

यसरी बुझ्दा भो, एउटा साइज र प्रतिस्पर्धासँग एउटा कन्जरभेटिभ बैंकर डराइरहेको छ ?
यो एकदमै गलत हो। प्रतिस्पर्धासँग डराएको भए यो प्रतिफल कसरी आउँथ्यो ? प्रतिस्पर्धामा नअटेको भए त बैंक नै जीवित हुँदैनथ्यो नि।

एकातिर खर्च बढ्ला तर खर्चसँगै लक्ष्य पनि तोकिएको हुन्छ। खर्च बढाउँदा पनि लक्ष्य भेटिएन भन्ने कताकता डर लाग्ने ?
हामीले मर्जर गर्दाखेरी ७८३ जना कर्मचारी थिए। त्यतिबेला ६० अर्बको ऋण थियो हामीसँग। मर्जर पछिका तीन वर्षमा २५ प्रतिशतका दरले वृद्धि गर्‍यौं। अहिले ऋण हाम्रो ८४ अर्ब जति पुगेको छ। मर्जर गर्दा नाफा १०१ करोड थियो। गत वर्ष नाफा १८८ करोड गरेका छौं। ८३५ जना कर्मचारी पुगेका छन्।

इफिसिएन्टली हाम्रो स्टाफहरुले डेलिभरी गरिरहेका छन्। प्रति कर्मचारी उत्पादकत्व झन्डै ८८ प्रतिशतले बढेको छ। यो एकदमै राम्रो होइन र ? यसलाई कसरी प्रतिप्पर्धाबाट डराएको भन्नु हुन्छ ? अहिले कतिपय बैंकले हिजो खोलेका शाखाहरु बन्द गर्नुपर्ने अवस्था आइसकेको छ। युग डिजिटाइजेसनमा छिरिसकेको छ। बैंकिङको कन्सेप्ट नै परिवर्तन भइरहेको छ। नियो बैंकको कन्सेप्ट आइसकेको छ। अब केही समयपछि अहिले भएका धेरै शाखा बन्द गर्नुपर्ने हुन्छ। कतिपय ठाउँमा हामीले खोलेको शाखा चल्ने अवस्थै छैन। सहर बजारमा एउटै घरमा चारवटा बैंकको बोर्ड लागेको छ। अब त्यहाँ पाँचौ लैजाने ?

हिजोका समस्याहरु आज देखिएका छन्। आज हामीले जुन नीति लिएर हिँड्दैछौं त्यो भोलि अर्को समस्या बन्दैछ। के हामी समस्या मात्र बढाउने त ? हामीले त प्रुडेन्ट बैंकिङ गरिरहेका छौं। प्रुडेन्ट बैंकिङलाई प्रतिस्पर्धाबाट भागेको कसरी भन्न मिल्ला र ? भोलि बन्द गर्नुपर्ने शाखा छन् भने आज नखोल्दा त त्यो दूरदर्शिता होइन र ? भएकै शाखाको क्षमता बढाउनु राम्रो होइन र ? आज कुनै शाखाले २ अर्बको ऋण दिइरहेको छ भने त्यो शाखाबाट ४ अर्ब ऋण विस्तार गर्दा त्यो झनै राम्रो हुने होइन र ?

पछिल्लो दुई वर्ष एकदमै ‘लो प्रोफाइल’ मा बस्नु भयो। बैंकर्स संघमा नभेटिने, बाहिरी फोरमहरुमा पनि नभेटिने। सल्लाह सुझाव पनि नदिने। किन मौनता रोज्न थाल्नु भयो ?
तपाईँको अब्जरभेसन ठीकै हो। नयाँ पुस्ता आइरहेको छ। उनीहरुमा निक्कै इनर्जी छ। अब बैंकिङ नयाँ पुस्तालाई नै जिम्मा लगाउनु पर्छ। लुम्बिनीबाट बिदा हुँदा मैले त्यसबेलै भनेको थिएँ- अब म बैंकिङबाट मोटामोटी रूपमा बाहिरिएँ भनेर। मैले बैंकिङमा धेरै समय बिताए। जे गर्न सक्ने त्यो गरेँ। त्यसमा खुसी पनि छु भनेको थिएँ। फर्किएर आउने इच्छा पनि थिए। वातावरण यस्तो बन्दै गयो म बिओके फर्किनु पर्‍यो।

बैंकिङ उद्योग भनेको बैंकभित्रको कोर समस्या समाधान गर्ने हो। बाहिर होहल्ला गरेर ती समस्या पार लाउन सकिँदैन। धेरै ठूला मान्छेले बढ्ता सिकायो भने नयाँ पुस्ताको उन्नति पनि हुन सक्दैन। त्यति सिकाउने हो जति सिकाउँदा उसलाई झर्को लाग्दैन। निरन्तर सिकाएँ भने त्यसले झर्को लाग्छ। नयाँ पुस्ताको उन्नति रोकिन्छ। हामी उमेरले र काम गरेका हिसाबले सिनियर भइयो होला। तर गार्जेनसिप त सबैको राष्ट्र बैंककै हो। उसले भनेको नीति नियममा हिँड्नै पर्छ।

हो, यति हुँदाहुँदै पनि नयाँ पुस्ताले प्रुडेन्ट बैंकिङलाई छाड्नु हुँदैन। उनीहरुले नचाहिने कुरालाई स्वीकार गर्नु हुँदैन। नयाँ पुस्ताले उत्कृष्ट अभ्यासहरुलाई किनारा लगाउनु हुँदैन। दबाब आउला, त्यो दबाब थेग्नु पर्छ।

पछिल्लो दुई-अढाइ वर्षमा पनि बिओकेभित्र आफूले जे सक्छु, बल, बुद्धि र तागतले भ्याएसम्म जसरी काम गरिरहेको छु। बिओकेमा फर्किएर आएपछि मैले अलिकति चुनौती लिएको छु। यसमा अलिकति बढी काम गर्नुपर्ने हुन्छ। मर्जरलाई सफल रुपमा अवतरण गर्नुपर्ने थियो। सुशासनमा काम गर्नुपर्ने थियो। कर्मचारीको उत्पादकत्व बढाउनु पर्ने थियो। यो निरन्तर गर्नु पर्ने काम हो। बिओकेमा भएका चुनौतीहरुलाई सम्बोधन गर्ने हिासबले त्यसैमा लागिरहेको छु। यो बैंकले तलब दिएपछि काम त बैंककै गर्नु पर्‍यो नि।

लुम्बिनीमा तपाई देखिनु हुन्थ्यो यता आएपछि हराउनु भयो ? काम त हिजो पनि त्यही हो।
म अहिले लो प्रोफाइलमा रमाइरहेको पनि छु। ‘कोर’ काम गर्ने हो। बैंकको आन्तरिक मुद्दाहरुलाई समाधान गर्ने हो। बाहिर धेरै बोलेर हिँडेर आफ्नो भित्रको प्राथमिकतालाई किनारा लगाउँदा उपलब्धि हासिल हुँदैन।

राष्ट्र बैंकले पुँजी बृद्धि योजना ल्यायो। त्यसमा बिओके र लुम्बिनी मर्ज भए। अरु मर्जरमा गएनन्। तपाई त्यो बेला मर्जरको पक्षमा देखिनु भएको थियो। तर पछिल्लो समय बिग मर्जरको कुरा आउँदा तपाईँका तर्कहरु विपक्षमा आए। किन परिवर्तन हुनु भयो भन्ने बजारको पनि प्रश्न हो यो ?
त्यो होइन। तपाईहरुको गलत बुझाइ हो। मेरो भनाइ के हो भने हामीले मर्जरबाट के प्राप्त गर्ने भन्ने कुरामा स्पष्ट हुनुपर्छ। हामीले पुँजी बढाउन खोजेको हो कि, संख्या घटाउन खोजेको हो ? यसमा स्पष्ट हुनु पर्छ। यदि हामीले संख्या घटाउने हो भने पुँजी बढाउने अरु उपाय दिनु हुँदैन थियो। मेरो भनाइ यति मात्र हो।

मर्जर गर्दाखेरीमा हिजो हामीले लाइसेन्स बाँड्यौं। आवश्यक पनि थियो होला। तर अलिकति दीर्घकालीन सोचाइ राखेर गर्नुपर्छ भन्ने हो मेरो कुरा। मर्जर सही तरिकाले गरौं, सही नियत राखेर गरौं भन्ने हो मेरो भनाइ। लाइसेन्स दिँदै ‘प्रुडेन्टली’ गरेको भए यो अवस्था आउँदैन थियो कि ! अब मर्जर गर्दा पनि हतारमा नगरौं भन्ने कुरा हो मेरो। हकप्रद र एफपिओलाई रोकेर पुँजी बढाएको भए मर्जर अगाडि बढ्थ्यो नि। म त सुरुवातदेखि नै मर्जरको पक्षको मान्छे हो। मैं आफैंले बिओकेसँग प्रस्ताव गरेको हो मर्जर गर्न, पुँजी बढाएर मात्र जाँदा त्यसले अर्ग्यानिक ग्रोथ हुँदैन त्यही भएर मर्जरबाट हामी हिँडेको हो। मर्जरले हामीलाई राम्रो पनि भयो। दुवै बैंकको क्षमता एक भएपछि झन् राम्रो भएको छ। सेयर स्वामित्व विविधीकरण भएको छ। सुशासनमा अझ सुधार भएको छ। बैंकमा हुन-नहुने काम भएका छन् भने त्यो बाहिर आउँछ मर्जरबाट।

अघि तपाईले २ वर्ष कहाँ हराउनु भयो भन्ने गरेको प्रश्नको उत्तर अब म दिन्छु। मर्जरबाट हामीले एउटा चुनौती लिएका थियौं। त्यो चुनौती पालना गर्नु पर्‍यो। मर्जर भएर आउँदा प्रति कर्मचारी उत्पादकत्व १२ लाख थियो। राम्रो संस्थाको ३५ लाखदेखि ४० लाखसम्म छ। मैले यहाँ काम गर्नु पर्‍यो नि। समय त्यसमा गयो। कमसेकम अब १२ बाट २४ लाखमा पुगेका छौं, अझै हामीलाई यसले पुगेको छैन। भनेपछि मैले यहाँभित्र काम गर्नुपर्ने छ, बाहिर हल्ला गरेर गफ लगाएर मैले के गर्ने ? मैले बाहिर भाषण गर्ने अनि भित्र काम भएन भने मजा आउँदैन। हो, लुम्बिनीमा हुँदा एउटा अवस्थामा पुगियो अनि बोल्न थालियो। लुम्बिनीलाई एउटा बाटोमा हिँडायौं। राम्रो बनायौं। अनि एउटा नतिजा आएपछि बोल्न सकियो। बिओकेमा सुरुवातदेखि थाल्नु छ। सफाइको काम छ यहाँ। अहिले आएर प्रथमिकता फेरि घर सफाइमा छ मेरो। मैले त यहाँ काम गर्ने हो नि।

अन्तिम प्रश्न, जुन बजारले उत्तर सुन्न खोजेको छ। अजय श्रेष्ठ  थुनामा परेपछि बिओके र खासगरी तपाईमाथि ब्यक्तिगतरूपमा बजारले आक्षेप लगायो, जोगिने कुरामा पनि फँसाइयो भनेर। यस्तै खाले मुद्दा अरू बैंकमा पनि छन्, तर तपाईमाथि नै प्रश्न  उठाए। किन तपाई नै पर्नु भयो आक्रमणमा ?
जसले प्रश्न उठाए उनीहरुसँग राखेर एउटा छलफल चलाउँदा दुईतर्फी कुरा आउँछ। एकतर्फी कुरा मात्रै गर्दा तपाईले पूरा उत्तर पाउनु हुन्न। मेरो तर्फबाटको जवाफ म  दिन्छु। बिओकेमा अजय श्रेष्ठबाहेक पनि केही घटनामा पनि फर्जरी काम भएको देखियो। तपाईले बजारको एउटा प्रश्न छुटाउनु भयो, बैंकले हतारमा मुद्दा बुझायो भन्ने।

यो एकदमै गलत हो। हामीले एउटा संगठित गिरोहबाट ठगी, जालसाजी  भएको थाहा पायौं। अरु बैंकमा घटना घटाउन प्रयास गरेर नभएपछि यो बैंकमा आएर  घटना घटाइयो भन्ने प्रशस्त प्रमाण भेटियो। सुरुमा सञ्चालक समितिमा छलफल भइसकेपछि सकेसम्म पैसा उठाउने प्रयास गरियो। ९/१० महिना साथीहरु पैसा उठाउन लाग्नु भयो, तर पैसा उठेन। कुनै पनि उपाय नलागेपछि पुरै टिमले यो ऋणीले नियतबस नै बैंकलाई ठगेको हो भन्ने निष्कर्ष निकाल्यो। एउटा प्रतिवेदन उहाँहरुबाटै आयो- यो संगठित अपराध हो। यो समान्य तरिकाबाट उठ्ने अवस्था छैन। प्रतिवेदन आएपछि हामीले के गर्ने ?

अर्को प्रश्न पनि थियो बजारको- ऋण असुली न्यायाधिकरण (डिआरटी) मा मुद्दा हालेको भए पनि त हुन्थ्यो नि। डिआरटीले जालसाझीको केस हेर्ने हो ? त्यसले ठगीको केस हेर्ने हो ? त्यो अनुसन्धान गर्ने निकाय हो ? 

बिओकेले हतारमा गरेको निर्णय पटक्कै होइन। सम्पूर्ण टिमले अब यो ऋणीबाट बैंकको पैसा उठ्दैन, यो ठगी हो भन्ने स्थापित भएपछि सञ्चालक समितिमा धेरै छलफल भयो। ऋण उठाउने कुनै उपाय छैन भन्ने निष्कर्ष निस्किएपछि हामीले राज्यको कानुनलाई हातमा लिएर बसेर त हुँदैन। त्यसपछि हामी प्रहरीमा पुग्यौं। तपाईँको घरमा चोरी भयो, डकैती भयो भने तपाई कहाँ जानु हुन्छ ? तपाई आफैं अनुसन्धान गर्ने हो र ? बिओकेले हाम्रोमा ठगी भयो, जालसाजी भयो, हामीलाई नक्कली ट्रेस म्याप राखेर झुक्याइयो यसमाथि अनुसन्धान गरिदिनु पर्‍यो भनेर प्रहरीलाई भनेको हो। हामीले न कुनै कर्मचारीमाथि किटानी जाहेरी गरेका छौं। एउटा ‘कर्पोरेट सिटिजन्स’ भएर कानुनसंगत हिँड्ने संस्थाले निक्षेपकर्ताको हित संरक्षण गर्नुपर्ने छ। यस्तो संस्थामा ठगी हुन्छ भने त्यो संस्थाले के गर्ने ?

अरु बैंकले गरेका छैनन् भन्ने तपाईको प्रश्नको पनि म उत्तर दिन्छु। ती बैंकले यस्तो मुद्दा लुकाएर ठिक गरिरहेका छन् ? संगठित रुपमा भएका अपराध लुकाउनु ठीक हो ? तपाई भएको भए लुकाउनु हुन्थ्यो ? 

हामीले राज्यको अनुसन्धान गर्ने निकायलाई अनुसन्धान गर्न भनेका हौं। हामी ठगियौं बैंक ठगियो भनेर गएका हौं। यसो गर्दा हामीले के गर्न नहुने काम गर्‍यौं ? अब त्यसपछि जे जे भयो त्यसमा बिओकेले के गर्न सक्छ र ? अदालतबाट एउटा फैसला हुन्छ अनि बिओकेलाई त्यहाँ दोष लगाएर हुन्छ ? कागजपत्र सबैतिर उपलब्ध छ। निक्षेपकर्ताको संरक्षण गर्न भनेर हामी बसेका छौं। त्यो निक्षेप कसैले लुट्न खोज्छ भने रोक्नु बिओकेको काम होइन र ?

अर्को कुरा पनि उठेको थियो। प्रहरीले नआइज भन्दा भन्दै पनि बिओके गयो भनेर। तपाईको घरमा चोरी भयो, डकैती भयो अनि तपाई प्रहरीकोमा जानु भयो। प्रहरीले यो मुद्दा लिन्न म, किनभने यो मुद्दा लिएपछि तपाईमाथि पनि छानबिन गर्नुपर्ने हुन्छ, तपाईको श्रीमतीको पनि बयान लिनु पर्ने हुन्छ भन्यो। अनि के गर्ने मैले ? मैले छानबिन गर्नुस् भन्नु परेन ? जहाँसम्म साथीहरुले दुःख पाए, त्यसमा त बिओकेको पुरै परिवार दुःखी छ। वास्तविक रूपमा त हामी रोएका छौं साथीहरुले दुःख पाउँदा। छानबिन गर्ने निकायमा केही कुरा अभाव छ भने त्यसलाई पनि सुधार गर्ने हो। अनुसन्धान नै नगर्ने भन्ने होइन। उहाँ (आरोप लगाउने) हरु त गोहीका आँशु खसाल्नु भयो। परिवार त हाम्रो थुनिएका हुन् नि। बिजमाण्डू

७० बर्ष माथिका लागि चन्द्रागिरि केवलकार सेवा निशुल्क

ज्येष्ठ नागरिकहरुको सम्मानका लागि चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केवलकारमा सेवा लिने ७० बर्ष नाघेका आन्तरिक तथा बाह्य पर्यटकलाई केवलकार सेवा निशुल्क प्रदान गर्ने व्यवस्था गरिएको छ ।

बच्चा देखि बृद्धसम्म सबैका लागि निर्माण गरिएको एकीकृत पर्यटकीय गन्तव्यमा ज्येष्ठ नागरिकहरुको भ्रमणलाई उत्साहित बनाउने उद्देश्यले यो योजना ल्याइएको हो । यो योजना अन्र्तगतको सेवा लिन पर्यटकहरुले ज्येष्ठ नागरिकको परिचय खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनुपर्ने छ ।

आफ्नो जन्मदिनको अवसरमा चन्द्रगिरि केवलकार चढ्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई निशुल्क केबलकारको व्यवस्था कम्पनी व्यवस्थापनले यस अघि नै गरिसकेको छ । त्यसका अतिरिक्त तीन फीटसम्म उचाईं भएका बालबालिकाहरूलाई पूर्णत निशुल्क केबलकार चढ्न पाउने व्यवस्था कम्पनी स्थापनासँगै गरिँदै आइएको छ । साथै केबलकारको शुल्कमा स्थानीय नागरिक र विद्यार्थीहरुलाई पच्चीस प्रतिशत र शारीरिक रुपमा फरक क्षमता भएका व्यक्तिलाई पचास प्रतिशत छुटको व्यवस्था कम्पनीले गर्दै आएको छ ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल र रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।