जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

नेपाल एसबिआई बैंकका ग्राहकलाई द रुबस होटेलमा छुट

नेपाल एसबिआई बैंक र द रुबस होटेल धनगढी, कैलाली बीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाध्य तथा पेय पदार्थ र आवास सुविधामा १० % सम्म छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्र बैंकका सुदुरपश्चिम प्रदेश प्रमुख,सन्तोष कुमार भण्डारी र द रुबस होटेलका प्रबन्ध निर्देशक, प्रकाश भट्टले आदानप्रदान गरेका थिए । सो कार्यक्रममा बैंक तथा होटेलका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट क्र्याालय सञ्चालनमा छन् ।

माछापुच्छ्रे बैंकका ग्राहकले एप्पलका सामान खरिद गर्दा २० प्रतिशत सम्म छुट पाउने

नेपालमा आईफोनको आधिकारिक विक्रेता जोय स्टोर र माछापुच्छ्रे बैंकबीच सम्झौता भएको छ । नेपालमा आईफोन निर्माता कम्पनी एप्पलका उत्पादन खरिद बिक्री सम्बन्धमा दुई संस्थाबीच सम्झौता भएको हो । उक्त सम्झौतामा जोय स्टोरका तर्फबाट कम्पनीका प्रवन्ध निर्देशक गुरुदत्त शर्मा र माछापुच्छ्रे बैंकका तर्फबाट शाखा कार्यालय न्युरोड, काठमाडौंका शाखा प्रमुख निशेष केसीले एक कार्यक्रम गरी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार नेपालमा आईफोनको आधिकारिक बिक्रेता जोय स्टोरबाट एप्पलका समान खरिदमा माछापुच्छ्रे बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकहरुले छुट सुविधा लिन सक्नेछन् । जोय स्टोरका अनुसार उक्त छुट एप्पलका उप्पादनहरुमा माछापुच्छ्रे बैंक लिमिटेडका कर्मचारी एवम् सेवाग्राहीहरुलाई अधिकतम २० प्रतिशतसम्म छुट पाउनेछन् ।

माछापुच्छ्रे बैंक लिमिटेडका कर्मचारी एवम् सेवाग्राहीहरुलाई सरल र सुलभ मूल्यमा एप्पलका उप्पादन उपलब्ध गराउनका लागि उक्त सम्झौता गरिएको जोय स्टोरका प्रबन्ध निर्देशक गुरुदत्त शर्माले जानकारी दिए । उक्त छुटका लागि कर्मचारी तथा बैंकका ग्राहकहरुले खाता भएको प्रमाण पुग्ने कागजपत्र देखाउनु पर्नेछ, उनले भने, सोही आधारमा जोय स्टोरले छुटमा एप्पलका सामान उपलव्ध गराउनेछ ।

जोय स्टोर नेपालमा एप्पलका उप्पादनहरु बिक्री गर्ने आधिकारिक बिक्रेता हो । जसले काठमाडौंमा ताम्राका कम्प्लेक्स र पोखराको महेन्द्रपुलबाट आधिकारिक रुपमा आईफोन लगायत एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ । जोय स्टोरका प्रबन्ध निर्देशक शर्मा ताम्राकार मोबाईल व्यवसायी संघका अध्यक्ष समेत हुन् ।

नेपाली उपभोक्ताहरुलाई एप्पलका जेनुयन उप्पादनहरु उपलब्ध गराउने उद्देश्य अनुसार आफुले आधिकारिक बिक्रेताको रुपमा काम गर्दै आएको समेत उनले जानकारी दिए । जोय स्टोरले एप्पलका उप्पादनहरु आईफोन, म्याकबुक, एप्पल बाच, एयरपड, हेडफोन र अन्य एसेसोरिजहरु बिक्री गर्दै आएको छ साथै जोय स्टोरले बिक्री गर्दै आईरहेको एप्पलका मोबाईलहरुमा २ बर्षको वारेन्टि, १ बर्षको इन्सुरेन्स, म्याकबुकमा २ वर्षको वारेन्टि र एयरपडमा समेत २ वर्षको वारेन्टिको सुविधा दिइरहेको प्रबन्ध संचालक शर्माले जानकारी दिए ।

ग्लोबल आइएमईबाट वैदेशिक शिक्षा तथा भाषा परीक्षा शुल्कको अनलाइन भुक्तानी गर्दा ५० प्रतिशत छुट

ग्लोबल आइएमई बैंक लिमिटेडले वैदेशिक शिक्षा तथा भाषा परीक्षाका लागि लाग्ने विभिन्न शुल्कहरूको अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।बैंकले सार्वजनिक गरेको योजना अनुसार नेपाली विद्यार्थीहरूले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूको शैक्षिक शुल्क, बीमा शुल्क लगायत विभिन्न भाषा परीक्षाको शुल्क अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्नेछ ।

यो योजना अगस्ट ३१, २०२५ सम्म लागू हुनेछ । अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी सेवामा सेवाग्राहीहरूले भुक्तानीको लागि आवश्यक पर्ने सम्पूर्ण कागजात पुरा गरेपश्चात् बैंकले रकम भुक्तानीको लागि लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्नेछ ।

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा भरतराज आचार्य मनोनित

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा भरतराज आचार्य मनोनित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार आचार्यलाई कोषाध्यक्षमा मनोनयन गरेका हुन् ।
उनले महासंघको उद्योग समिति सभापति तथा रोजगारदाता परिषद्को सहसभापति तथा स्थायी समिति सदस्य भई कार्य सम्पादन गरिसकेका छन् ।

एक दशक बढि समय देखि महासंघमा योगदान दिएका आचार्य विभिन्न उत्पादनमुलक तथा प्रविधिजन्य औदोगिक प्रतिष्ठानमा आवद्ध छन् ।

यसअघि महासंघको कोषाध्यक्षमा निरक केसी थिए । उनको १८ महिने कार्यकाल सकिएपछि महासंघमा कोषाध्यक्ष पद उक्त रिक्त थियो । आचार्यले अब महासंघमा कोषाध्यक्षको बाँकी कार्यकाल सम्हाल्ने छन् ।

प्रभु बैंकद्वारा चैत १ देखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक

प्रभु बैंक लिमिटेडले चैत १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले चैत महिनाका लागि व्यक्तिगत र संस्थागत दुवैको ब्याजदर स्थिर राखेको छ । बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.१०० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

बैंकले व्यक्तिगत मुद्दतीतर्फ ६ महिनादेखि १२ महिना अवधिका लागि ५.१०० प्रतिशत,१२ महिनादेखि ५ वर्ष अवधिका लागि ५.६०० प्रतिशत र ५ वर्षभन्दा माथिका लागि ६.१०० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

यसैगरी बैकले संंस्थागत मुद्दती निक्षेपअन्तर्गत ६ महिनादेखि १२ महिनासम्मका लागि ३.१०० प्रतिशत,१२ महिनामाथि देखि ५ वर्षसम्मका लागि ४.१०० प्रतिशत र ५ वर्षभन्दा माथिको अवधकिा लागि ५.१०० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

बैंकले प्रभु हाईब्रिड बचत खाता अन्तर्गत १२ महिनामाथि देखि ५ वर्षसम्मका लागि ५.६०० प्रतिशत र ५ वर्षभन्दा माथिको अवधकिा लागि ६.१०० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । साथै स्वर्णिम मुद्दती बचत खाताअन्तर्गत(व्यक्तिगत मात्रै)५ वर्ष अवधिका लागि ६.१०० प्रतिशत ब्याजदर तोकेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको ४० करोड घोटलाः सिइओलाई सोध्यो राष्ट्र बैंकले स्पष्टिकरण !

राष्ट्रिय वाणिज्य बैंकमा कृषि कर्जाको चरम दुरुपयोग भएको छ । कुल कर्जाको १३ प्रतिशत कृषिमा लगानी गर्नुपर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष दिलिप ढुंगाना र सिइओ देवेन्द्र रमन खनालको भित्री मिलोमतोमा भएको ३८ करोड कृषि कर्जा काण्ड छताछुल्ल भएको छ । भन्दा फरक पर्दैन ।

चितवनको खैरेनी किरण भूषण ओलीले कुखुरा पोल्ट्री फर्म दर्ता गरी आफ्नो राजनीतिक शक्तिको दुरुपयोग गरी कृषि कर्जा लिई कर्जाको एक किस्ता पनि नबुझाएको बैंकका एक कर्मचारीले आर्थिक बजार न्यूजडटकमसंग बताए ।

नेपाली काँग्रेसका क्षेत्रीय सभापति किरण भूषण ओलीको कुखुरा फार्ममा राष्ट्रिय वाणिज्य बैंकले गरेको ३८ करोड रुपैया लगानी डुब्ने निश्चित नै भएको छ भन्दा अब फरक पर्दैन । चितवनको खैरेनी किरण भूषण ओलीले कुखुरा पोल्ट्री फर्म दर्ता गरी आफ्नो राजनीतिक शक्तिको दुरुपयोग गरी कृषि कर्जा लिई कर्जाको एक किस्ता पनि नबुझाएको बैंकका एक कर्मचारीले आर्थिक बजार न्यूजडटकमसंग बताए ।

स्थानीयबासीका अनुसार उक्त पोल्ट्री फाममा भने एउटा पनि कुखुरा नभएको दाबी गरेका छन् । यसरी हुँदै नभएको कृषिमा पूर्व अर्थमन्त्री तथा नेपाली काँग्रेसका प्रवक्ता प्रकाश शरण महतको ठाडो निर्देशनमा बैंकका अध्यक्ष दिलिप ढुंगाना र सिइओ देवेन्द्र रमन खनालको भित्री मिलोमतोमा उक्त कर्जा प्रवाह गरी अनियमितता भएको देखिन्छ ।

स्रोतका अनुसार किरण भूषण ओलीले ऋणको किस्ता बुझाउनुको सट्टा फेरि कर्जा थप्न दबाब दिएका छन् । उनले ब्लडफ्लुका कारण सबै कुखुरा मरेको र कर्जा तिर्न नसक्ने बताउदै आएका छन् । स्थानीयबासीका अनुसार उक्त पोल्ट्री फाममा भने एउटा पनि कुखुरा नभएको दाबी गरेका छन् । यसरी हुँदै नभएको कृषिमा पूर्व अर्थमन्त्री तथा नेपाली काँग्रेसका प्रवक्ता प्रकाश शरण महतको ठाडो निर्देशनमा बैंकका अध्यक्ष दिलिप ढुंगाना र सिइओ देवेन्द्र रमन खनालको भित्री मिलोमतोमा उक्त कर्जा प्रवाह गरी अनियमितता भएको देखिन्छ । उक्त कृषि फार्मलाई फेरि ५ करोड कर्जा थप गर्ने सहमती भएको खुल्नमा आएको छ । यो कस्तो बैकिङ्ग हो गभर्नर साब ।
सहुलीयत दरको कर्जामा बैंकका अध्यक्ष र सिइओहरुको मिलोमतोमा राजनीतिक पृष्ठभूमि भएका मानिहरुलाई हुँदै नभएको कृषि फर्महरुमा फर्जी कागजको आधारमा करोडौको कर्जा प्रवाह भएको छ । यो घोटला नभए के हो गभर्नर महाप्रसाद अधिकारी ज्यू हेक्का होस् ।

राष्ट्रिय वाणिज्य बैंकले कृषि कर्जा परियोजनाको आधारमा नभई कमिशनको लोभमा राजनैतिक आडमा यसरी कर्जा प्रवाह सर्वसाधारण जनताको अर्बौ रुपैया डुब्ने निश्चित जस्तै भएको छ ।

बास्तविक कृषकहरुको भने दिनदिनै धितो लिलाम गर्दै जाने बैंकहरुले राजनैतिक आडमा दिएका यस्ता करोडौंका कर्जाहरु डुब्ने निश्चित हुँदासम्म पनि केही गर्न सक्दैन । राष्ट्रिय वाणिज्य बैंकले कृषि कर्जा परियोजनाको आधारमा नभई कमिशनको लोभमा राजनैतिक आडमा यसरी कर्जा प्रवाह सर्वसाधारण जनताको अर्बौ रुपैया डुब्ने निश्चित जस्तै भएको छ । यसबारेमा राष्ट्र बैंकको सह प्रवक्ता राजबाबु पाण्डेले पंक्तिकारसंग भने हामीले बैंकलाई पत्राचार गरेर यस घटनाको बारेमा १५ दिने स्पष्किरण सोधेका छौं नि । सिइओ खनाल र अध्यक्ष ढुंगानाकै मिलोमतोमा खराब कर्जालाई पुनकर्जा दिएको, विज्ञापन बोर्ड र कमिशन लिएको, आफन्ताहरुलाई कमशल धितोमा करोडौं कर्जा दिएको भेटिएको । गभर्नर साब हेक्का होस् । सचेत भया ।



बेष्ट फाइनान्सको सीईओ बने बीएन घर्ती

एक दशकपछि बालनरसिंह (बीएन) घर्ती पुनः बैंकिङ क्षेत्रमा सक्रिय बनेका छन् । घर्तीमाथि लागेका आरोप अदालतले सफाइ दिएपछि उनी पुनः बैंकिङ क्षेत्रमा सक्रिय बनेका हुन् ।

बेष्ट फाइनान्स कम्पनीको सञ्चालक समितिले घर्तीलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गर्ने निर्णय गरेको छ । फागुन २६ गतेदेखि लागू हुने गरी घर्ती फाइनान्स कम्पनीको सीईओ बनेका हुन् । उनलाई आगामी ४ वर्षको लागि फाइनान्सको सीईओमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव राजसुन्दर श्रेष्ठले जानकारी दिए ।

उनी तत्कालीन किष्ट बैंकको कामु सीईओ भएर काम गरेको बेला मुद्दा परेको थियो । लामो समय कानुनी झन्झटमा रहेका उनले अदालतबाट ‘क्लिनचिट’ पाएपछि बैंकिङमा पुनः फर्किएका हुन् ।

अब्बल बैंकरका रूपमा पनि परिचित उनले केही समयअघि मात्रै ‘बैंकिङ अनुशासन, दिगो विकासका लागि’ नामक पुस्तक सार्वजनिक गरेका थिए ।

एससीटी-युपिआइ कार्ड मार्फत भुक्तानी गर्दा शुक्र हाउसमा २० प्रतिशतसम्मको छुट

एससीटी–युपिआइ कार्ड मार्फत भुक्तानी गर्दा शुक्र हाउस अफ डाईग्नोस्टिक्स् एन्ड वेलनेस् सेन्टरमा २० प्रतिशतसम्मको छुट हुने भएको छ ।

नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र विगत २ वर्ष देखि आफ्नो सेवाग्राहीहरूको स्वास्थ्यलाई आफ्नो प्रथम प्राथमिकता दिदै आएको शुक्र हाउस अफ डाईग्नोस्टिक्स् एन्ड वेलनेस् सेन्टर बिच एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूलाई विशेष छुट दिने सम्झौता भएको छ ।

एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूले यो छुट पाउनका लागि आफ्नो एससीटी–युपिआइ कार्ड मार्फत भुक्तानी गर्नु पर्छ । ग्राहकहरूले त्यसरी पीओएस मार्फत भुक्तानी गर्दा इन हाउस रुटिन टेस्टमा २० प्रतिशत छुट, इन हाउस स्पेसियलाइजेसन् टेस्टहरूमा १५ प्रतिशत छुट, आउट सोर्स टेस्टहरूमा ५ प्रतिशत छुट, र एक्सरे, यु एस् जी , इ सी जी , र इको गर्दा १० प्रतिशत छुट पाउनेछन् ।

यसका साथै एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूलाई काठमाडौं उपत्यका भित्र घरमै बसी बसी हुने चिकित्सक परामर्श सेवामा ५ प्रतिशत छुट, नर्सिङ केयर सेवामा ५ प्रतिशत छुट, र नेपाल अधिराज्य भरि नै टेलिमेडिसीन् सेवा मा ५ प्रतिशत छुट रहेको छ भने काठमाडौं उपत्यका भित्र निःशुल्क होम कलेक्सनको पनि सुविधा रहेको छ ।

योग्यता नै नपुगेका ओझालाई बीमा प्राधिकरणको अध्यक्ष नियुक्त, बीमा ऐनको धज्जीः ओझा बिरुद्ध अख्तियारमा उजुरी (प्रमाण सहित)

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सिफरिसमा आफ्नै पुरोहितका छोरा शरद ओझालाई नेपाल बीमा प्राधिकरणको अध्यक्ष सरकारले नियुक्त गरेसँगै उनी विवादमा फसेका छन् भन्दा अब फरक पर्दैन । अध्यक्ष ओझा बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको कपी आर्थिक बजार न्यूजडटकमलाई मेल मार्फत प्राप्त भएको छ ।ओझाले अनुभव सम्बन्धमा झुटा विवरण र कागजात बुझाएर सरकारलाई ढाँटेको भन्दै उनीविरुद्ध अख्तियारमा उजुरी परेको देखिन्छ । फरक पर्दैन ।

उजुरीमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बुझाएका कागजात छानबिन गरी कारबाही गर्न माग गरिएको छ । अध्यक्ष ओझाले सरकारलाई गुमराहमा राखेको आरोप लगाइएको छ । अध्यक्ष ओझाले नियुक्ति लिनुअघि प्रबन्धकको रुपमा काम गरेको अनुभव सहितको कागजात पेस गरेको भेटिएको छ अर्थमन्त्रीज्यू हेक्का होस् । उजुरीमा सिफारिस समितिका पदाधिकारीविरुद्ध समेत कारबाहीको माग अख्तियारमा परेको उजुरीमा छ । ‘अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी नियुक्ति सम्बन्धी मापदण्ड २०७३ को पहिलो संशोधनलाई योजनावद्ध रुपमा मन्त्रालयको वेभसाइटबाट हटाइ त्यसमा रहेको ३५ वर्ष नाघेको हुनुपर्ने व्यवस्थालाई ३० वर्ष नाघेको हुनुपर्ने व्यवस्था राखेर किन दरखास्त मागियो?,’ उजुरीमा प्रश्न गरिएको छ । अर्थमन्त्रीज्यू हेक्का होस् ।

अध्यक्ष ओझाले नियुक्ति लिनुअघि प्रबन्धकको रुपमा काम गरेको अनुभव सहितको कागजात पेस गरेको भेटिएको छ अर्थमन्त्रीज्यू हेक्का होस् ।

उजुरीकर्ता दिपेन्द्र बोहराले समितिमा संयोजकको रुपमा काम गरेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, अर्थसचिव, विज्ञ सदस्य ज्योतिन्द्र ओझा र मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखाका अधिकारीहरुलाई कारबाही गर्न अख्तियारलाई आग्रह समेत गरेका छन् । उनीहरुमाथि जालसाजीमा कारबाहीको माग गरिएको हो । मन्त्रिपरिषद्को फागुन १२ गतेको बैठकले ओझालाई प्राधिकरणको अध्यक्ष नियुक्त गरेको थियो । अर्थमन्त्रीज्यू हेक्का होस् । सरकारको मन्त्रिपरिषदले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा बीमा ऐन २०७९ को दफा ८ बमोजिमको योग्यता नै नपुगेको व्यक्तिलाई नियुक्त गर्ने निर्णय गरेको देखिन्छ । सरकारले केही दिन अगाडी नेपाल बीमा प्राधिकरणको अध्यक्षमा कृष्णपुर–८, कञ्चनपुरका ३३ बर्षिय शरद ओझालाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

बीमा ऐनको दफा ८ को उपदफा १ को खण्ड (क) बमोजिम स्नातकोत्तर तह उत्तिर्ण भई बीमा क्षेत्रमा उच्च तहमा पाँच बर्ष काम गरेको अनुभव स्पष्ट रुपमा उल्लेख गरिएको छ । नेपाल बीमा प्राधिकरणमा अध्यक्षमा नियुक्त गर्ने निर्णय गरिएका ओझा कुनै पनि बीमा कम्पनीमा एक दिन काम गरेको अनुभव छैन ।

नेपाल सरकार मन्त्रिपरिषदले गरेको सो निर्णय बीमा ऐन २०७९ को दफा ८, उपदफा १ खण्ड (क) बमोजिमको योग्यता नै नपुगेको व्यक्तिलाई अध्यक्षमा नियुक्ती गर्ने निर्णय गरेको देखिन्छ । बीमा ऐनको दफा ८ को उपदफा १ को खण्ड (क) बमोजिम स्नातकोत्तर तह उत्तिर्ण भई बीमा क्षेत्रमा उच्च तहमा पाँच बर्ष काम गरेको अनुभव स्पष्ट रुपमा उल्लेख गरिएको छ । नेपाल बीमा प्राधिकरणमा अध्यक्षमा नियुक्त गर्ने निर्णय गरिएका ओझा कुनै पनि बीमा कम्पनीमा एक दिन काम गरेको अनुभव छैन । उनको शैक्षिक योग्यता बमोजिमको व्यवस्थापनमा स्नातकोत्तर उत्तीर्ण भएपनि पाँच बर्ष अनुभव नभएर अयोग्य भएको हो । ओझाले सञ्चार उद्यममा काम गरेको, कलेज पढाएको, वकालत गरेको भन्ने अनुभवका आधारमा अध्यक्ष छनौट समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । र, सोही आधारमा मन्त्रिपरिषदले अध्ययन नै नगरी हचुवाको भरमा बीमा प्राधिकरणमा अध्यक्ष ओझालाई नियुक्त गर्ने निर्णय गरेको हो भनिएको छ ।

ध्यक्षमा नियुक्त गरिएका ओझा बीमा क्षेत्रका ज्ञाता होइनन् । बरु उनी अनलाईन समाचार पोर्टल क्लीकमाण्डु डटकमका विशेष संवाददाता हुन् अर्थात कुशल पत्रकार हुन् । उनले यसअघिका अर्थमन्त्री वर्षमान पुनले आयकर ऐनको दफा ५७ माथि गरेको छेडखानीबारे समाचार लेखेर यस वर्षको मंसिर १५ गते एक लाख रुपैयाँ राशीको पुरस्कार प्राप्त गरेको देखिन्छ ।

ओझाको नियुक्तीले बीमा ऐन र कानुनकै धज्जी उडेको मात्रै छैन अदालतमा मुद्दा पर्ने वित्तिकै अन्तरिम आदेश समेत आउने सम्भवना छ । यस्तो अवस्थाले बीमा प्राधिकरण पुनः अध्यक्ष विहिन हुने सम्भावना बढेर गएको विज्ञहरुको दाबी छ । हेक्का होस् । अध्यक्षमा नियुक्त गरिएका ओझा बीमा क्षेत्रका ज्ञाता होइनन् । बरु उनी अनलाईन समाचार पोर्टल क्लीकमाण्डु डटकमका विशेष संवाददाता हुन् अर्थात कुशल पत्रकार हुन् । उनले यसअघिका अर्थमन्त्री वर्षमान पुनले आयकर ऐनको दफा ५७ माथि गरेको छेडखानीबारे समाचार लेखेर यस वर्षको मंसिर १५ गते एक लाख रुपैयाँ राशीको पुरस्कार प्राप्त गरेको देखिन्छ ।
नियामक बीमा प्राधिकरणमा यसअघिका अध्यक्ष सुर्य प्रसाद सिलवाल भ्रष्टाचारको आरोपमा बर्खास्त भएका थिए । सिलवाल पछिका अर्का अध्यक्ष समेत बीमा ऐन बमोजिमको योग्यता नै नपुगेको व्यक्तिलाई नियुक्त गर्ने निर्णय गरिएको देखिन्छ । सचेत भया ।

२० वाणिज्य बैंकको नाफा ३६ अर्ब ६ करोड भन्दा बढि, पहिलो नबिल, दोस्रो ग्लोबल, तेस्रो नेपाल इन्भेष्टमेन्ट मेगा, चौथो एभरेष्ट बैंकः प्रभु बैंकको नाफा ९७ प्रतिशतले बृद्धि

नेपालका २० वाणिज्य बैंकहरुको नाफा डर लाग्दो छ भन्दा फरक पर्दैन । माघ मसान्तसम्ममा २० बैंकले ३६ अर्ब ६ करोड ७० लाख कमाएको भेटिएको छ । नेपालकै ठुलो चुक्ता पुँजी भएको ग्लोबल आईएमई बैंक नाफामा दोस्रो भएको छ । पहिलोमा भेट्रान बैंकर ज्ञानेन्द्र प्रसाद ढुंगाना सिइओ रहेको नबिल बैंक सदाझै नाफामा १ नम्बर छ भन्दा अब फरक पर्दैन । तेस्रोमा मेगा बैंकसंग मर्जर गरेर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक भएको छ भने चौथोमा भारतीय पञ्जाव नेशनल बैंकको समेत लगानी रहेको एभरेष्ट बैंक भएको तथ्याङ्कबाट प्रस्टै देखिन्छ । अर्को महत्वपूर्ण कुरा के छ भने २०८१÷०८२ को माघ मसान्तसम्म युवा बैंकर अशोक शेरचन सिइओ रहेको प्रभु बैंकले ९७ प्रतिशतले नाफा बढाएको देखिन्छ भन्दा फरक पर्दैन ।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले चालु आर्थिक वर्ष २०८१।०८२ को माघ मसान्तसम्ममा ३६ अर्ब ६ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गर्ने सफल भएका छन् । जुन नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १.६२ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको माघ समान्तसम्मको अवधिमा वाणिज्य बैंकहरुले २५ अर्ब ४९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । यसअवधिसम्म आइपुग्दा १० बैंकको नाफा गत वर्षको तुलनामा घटेको छ भने १० वटाको बढेको देखिन्छ ।

नेपालकै ठुलो चुक्ता पुँजी भएको ग्लोबल आईएमई बैंक नाफामा दोस्रो भएको छ । पहिलोमा भेट्रान बैंकर ज्ञानेन्द्र प्रसाद ढुंगाना सिइओ रहेको नबिल बैंक सदाझै नाफामा १ नम्बर छ भन्दा अब फरक पर्दैन ।

राष्ट्र बैंकको तथ्याङ अनुसार चालु आर्थिक वर्षको ७ महिनामा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक पहिलो स्थानमा रहेको छ । बैंकले यसअवधिमा आफ्नो नाफा ०.६२ प्रतिशतले बढाएर ४ अर्ब १ करोड ११ लाख रुपैयाँ पुराएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा भने बैंकले ३ अर्ब ९८ करोड रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै, सर्वाधिक नाफा आर्जन गर्ने दोस्रो नम्बरमा रहेको ग्लोबल आइएमई बैंकले आफ्नो नाफा ४५.०१ प्रतिशतले बढाएर ३ अर्ब ८९ करोड, तेस्रो नम्बरमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४४.५२ प्रतिशतले बढाएर ३ अर्ब ४३ करोड, चौथो नम्बरमा रहेको एभरेष्ट बैंकले २९ प्रतिशतले बढाएर २ अर्ब ५७ करोड, पाँचौ नम्बरमा रहेको नेपाल बैंकले १५६.३१ प्रतिशतले बढाएर२ अर्ब ४५ करोड र एनएमबि बैंकले ४१ प्रतिशतले बढाएर २ अर्ब ३४ करोड पुराएको देखिन्छ ।

राष्ट्र बैंकको तथ्याङ अनुसार चालु आर्थिक वर्षको ७ महिनामा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक पहिलो स्थानमा रहेको छ । बैंकले यसअवधिमा आफ्नो नाफा ०.६२ प्रतिशतले बढाएर ४ अर्ब १ करोड ११ लाख रुपैयाँ पुराएको हो ।

त्यस्तै, माघ समान्तसम्मको अवधिमा प्राइम बैंकको नाफा १४.३१ प्रतिशतले घटेर २ अर्ब १८ करोड, स्टान्र्डड चार्टडको ५ प्रतिशतले घटेर १ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । साथै, प्रभु बैंकको नाफा ९७ प्रतिशतले बढेर १ अर्ब ८३ करोड, लक्ष्मी सनराइजको १२ प्रतिशतले बढेर १ अर्ब ५८ करोड, नेपाल एसबिआई बैंकको२८ प्रतिशतले बढेर १ अर्ब रुपैयाँ रहेको छ । अन्य बैंकको नाफा भने घटेको छ । भन्दा फरक पर्दैन । सचेत भया ।

ज्योति विकास बैंकका ग्राहकलाई डेकोर प्यालेसमा विशेष छुट

ज्योति विकास बैंक लिमिटेड र काठमाडौंको नयाँबजारस्थित डेकोर प्यालेसबीच विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ । यस सम्झौतापश्चात् ज्योति विकास बैंकका ग्राहकहरूले उक्त फर्निचर शोरुममा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

डेकोर प्यालेसमा घर तथा अफिसहरूको लागि चाहिने सम्पूर्ण फर्निचर, सोफा, कार्पेट लगायतका विभिन्न सामग्रीहरू उपलब्ध छन् । बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गरी ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ ।

हालै बैंकले नगरकोटस्थित प्रचलित रिसोर्ट क्लब हिमालय र होटल हिमालयन भिलामा १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ । ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

सिद्धार्थ बैंकद्वारा एएमएल(AML) व्यवस्थापनका लागि मनीपाल टेक्नोलोजिजसँग सम्झौता

ग्राहकहरूको वित्तीय सुरक्षा सुनिश्चित गर्न तथा वित्तीय प्रणालीलाई अझ स्थिर र सुरक्षित बनाउन सिद्धार्थ बैंक र मनीपाल टेक्नोलोजिज लिमिटेडबीच सम्झौता भएको छ ।
यस पहलले सम्पत्ति शुद्धिकरण निवारण(एएमएल) प्रविधिको सुदृढिकरण गरी नेपाल राष्ट्र बैंकका नियामकीय आवश्यकताअनुरूप वित्तीय अपराधको जोखिमलाई न्यूनीकरण गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास बैंकले लिएको छ ।

यस सोलुसनले सिद्धार्थ बैंकलाई कृत्रिम बुद्धिमता(आर्टिफिसियल इन्टलीजेन्स एआई) र मेसिन लर्निङ(एमएल)को प्रयोग गरी कारोबार अनुगमन, ठगी नियन्त्रण तथा ग्राहक पहिचान पद्दति अवलम्बन गर्न सक्षम बनाउनेछ ।

सिद्धार्थ बैंकले मनीपाल टेक्नोलोजिजसँगको सहकार्यमा सम्पत्ति शुद्धिकरण निवारण(एएमएल) प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्य लिएको छ । साथै यस पहलले बैंकिङ उद्योगमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ।