नेपाली बीमा बजारमा विगत करिब दुई दशकदेखि निरन्तर आफ्नो अस्तित्व मजबुत बनाउँदै आएको एशियन लाइफ इन्स्योरेन्स पछिल्ला वर्षहरूमा उत्कृष्ट क्षेत्रमा लगानी बढाउँदै अगाडि बढेको छ । २०६४ फागुन १५ गते स्थापना भएको कम्पनीले जीवन बीमा क्षेत्रमा स्थायित्व, सेवा विस्तार र आर्थिक मजबुतीलाई मुख्य आधार मानेर काम गर्दै आएको छ । देशभर विस्तारित आफ्नो संरचना, कर्पोरेट सुशासन र बढ्दो लगानी क्षमताका कारण एशियन लाइफ हाल बीमा उद्योगमा महत्वपूर्ण र विश्वसनीय संस्थाका रूपमा स्थापित हुन सफल भएको छ ।
स्थापना कालदेखि नै सेवा विस्तारलाई प्राथमिकतामा राख्दै आएको कम्पनीले स्थानीयदेखि केन्द्रीय तहसम्म ५० शाखा र ८२ उपशाखाका माध्यमबाट बीमा सेवा पु-याइरहेको छ । कतिपय ग्रामीण तथा अर्धशहरी क्षेत्रमा अझै बीमा सेवाको पहुँच सीमित रहेको अवस्थामा एशियनले आफ्नो शाखा नेटवर्कलाई क्रमशः विस्तार गरी जीवन बीमा सेवामा सर्वसाधारणको पहुँच वृद्धिमा सहयोग पु-याएको छ । यही विस्तारित संरचनाबाट कम्पनीले जनस्तरमा बीमाका सम्भावित आवश्यकता, जोखिमप्रतिको तयारी र आर्थिक सुरक्षाबारे ग्राहकलाई निरन्तर जागरूक गराउँदै आएको छ ।
एशियन लाइफसँग करिब २३ हजार ५६२ जना व्यक्तिगत एजेन्ट तथा आठ जना कर्पोरेट एजेन्ट क्रियाशील छन्, जसले कम्पनीको बीमा व्यवसाय विस्तारमा अत्यन्तै महत्वपूर्ण भूमिका खेलेका छन् । देशका अधिकांश जिल्लामा एजेन्टहरूको उपस्थिति पुगेकाले बीमा बिक्री मात्र नभई दाबी भुक्तानीका प्रक्रिया तथा ग्राहक सेवामा सहजता आएको कम्पनीको अनुभव छ ।
सेवा प्रसारसँगै कम्पनीको लगानी दायरा पनि निरन्तर विस्तार हुँदै गएको देखिन्छ । बीमा प्राधिकरणमा पेश भएको तथ्याङ्कका अनुसार एशियन लाइफ इन्स्योरेन्सले हालसम्म विभिन्न क्षेत्रमा ४६ अर्ब ६१ करोड ४९ लाख ४ हजार रुपैयाँ लगानी गरेको छ । जीवन बीमा कम्पनीहरूको लगानी संरचना सामान्यतया दीर्घकालीन सुरक्षात्मक क्षेत्रतर्फ केन्द्रित रहने भए पनि एशियनले पछिल्ला वर्षमा प्राथमिक र उच्च उत्पादकशील क्षेत्रतर्फ पनि लगानी विस्तार गर्दै आएको छ । यसले कम्पनीको वित्तीय क्षमतासँगै सम्पूर्ण बीमा उद्योगको लगानी प्रवाहलाई पनि मजबुती प्रदान गरेको देखिन्छ ।
नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा नेपाल राष्ट्र बैंकद्वारा जारी गरिने बचतपत्र वा ऋणपत्रहरू सुरक्षित लगानीका रूपमा पहिचान गरिन्छन् । यी क्षेत्रलाई प्राथमिकता दिँदै एशियन लाइफले ६२ करोड ५० लाख रुपैयाँ सरकारी कागजातहरूमा लगानी गरेको छ ।
त्यस्तै, क वर्गका बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेप कम्पनीको प्रमुख सुरक्षित लगानी क्षेत्रका रूपमा रहेको छ । कम्पनीले क वर्गका बैंकमा २७ अर्ब २० करोड ४ लाख रुपैयाँ मुद्दती निक्षेप राखेको छ, जसले कम्पनीको ब्याज आम्दानीलाई स्थिर तथा विश्वसनीय बनाएको छ । क वर्गका संस्थाहरू आफूमा उच्च पूँजीगत आधार र नियामकीय कडाइका कारण जीवन बीमा कम्पनीहरूको प्रमुख लगानी गन्तव्य मानिन्छन् ।
नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ख वर्गका बैंक तथा वित्तीय संस्थाहरूमा एशियन लाइफले २ अर्ब १३ करोड रुपैयाँ मुद्दती निक्षेप राखेको छ । त्यस्तै, ग वर्गका वित्तीय संस्थाहरूमा कम्पनीको २० करोड ५० लाख रुपैयाँ लगानी रहेको छ । यी लगानीले वित्तीय क्षेत्रका विभिन्न तहमा पूँजी वितरणमा योगदान पु-याउने मात्र नभई स्थानीय अर्थतन्त्रमा चलायमानता बढाउन पनि सहयोग पु-याएको छ ।
सूचीकृत पब्लिक कम्पनीहरूको शेयर तथा ऋणपत्र बीमा कम्पनीहरूको अर्को महत्त्वपूर्ण लगानी क्षेत्र हो । एशियन लाइफले सूचीकृत कम्पनीका साधारण शेयरमा ८६ करोड ४३ लाख ६७ हजार रुपैयाँ लगानी गरेको छ । पूँजी बजारमा उतारचढाव यथावत रहेको अवस्थामा दीर्घकालीन दृष्टिकोणसहित गरिएको यस्तो लगानीले कम्पनीको पोर्टफोलियोमा विविधता ल्याएको देखिन्छ । त्यस्तै, सूचीकृत पब्लिक कम्पनीका बन्ड, डिबेन्चर तथा ऋणपत्रमा कम्पनीले ८ अर्ब ९ करोड ३५ लाख २९ हजार रुपैयाँ लगानी गरेको छ ।
एशियन लाइफले पछिल्लो समय विकास, पूर्वाधार तथा नविकरणीय ऊर्जा क्षेत्रमा पनि उल्लेखनीय लगानी विस्तार गरेको छ । कृषि उत्पादन तथा वितरण, शीत भण्डारण, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जा लगायत नविकरणीय ऊर्जा परियोजना, केवलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा कम्पनीले ३ अर्ब ५८ करोड २ लाख १६ हजार रुपैयाँ लगानी गरेको छ । यी क्षेत्रहरू राष्ट्रिय आर्थिक विकासका प्रमुख आधार भएकाले बीमा कम्पनीको दीर्घकालीन लगानीले देशको समग्र विकासमा टेवा पु-याएको देखिन्छ ।
यस्तै, नागरिक लगानी कोष तथा म्युचुअल फण्डका योजनामा कम्पनीले ४ करोड २ लाख रुपैयाँ लगानी गरी पोर्टफोलियोलाई अझ विविध बनाएको छ । अन्य संस्थापक शेयरमा ३ अर्ब ७९ करोड ४९ लाख १२ हजार रुपैयाँ र अन्य विभिन्न क्षेत्रतर्फ ८ करोड १२ लाख ८० हजार रुपैयाँ लगानी रहेको छ । संरचना हेर्दा एशियन लाइफले सुरक्षित, उच्च प्रतिफलयुक्त तथा विकासोन्मुख क्षेत्रतर्फ सन्तुलित ढंगले लगानी गरी आफ्नो वित्तीय स्थायित्वलाई मजबुत बनाइरहेको छ।
कर प्रणाली जटिल र झन्झटिलो हुँदा लगानीकर्ता आकर्षित भएनन् : अर्थमन्त्री खनाल
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपालमा लगानी आकर्षित गर्न वर्तमान कर प्रणाली जटिल र झन्झटिलो रहेको स्वीकार गरेका छन् । उनले कर प्रणालीमा ठूला सुधार आवश्यक रहेको पनि बताएका छन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ भैरहवामा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले नेपालको प्रमुख आर्थिक चुनौती बजेटको आकार नभई बजेट खर्च गर्ने क्षमता रहेको बताए ।
उनले नीति र योजनालाई प्रभावकारी बनाउन हरेक तहमा प्रक्रियाको सरलीकरण अपरिहार्य रहेको भन्दै सार्वजनिक खर्च र परियोजनाको कार्यान्वयनमा पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्नेमा जोड दिए । अर्थमन्त्री खनालले करदाता र कर प्रशासनबीच विश्वासको वातावरण स्थापित गर्नुपर्ने उल्लेख गर्दै लगानीकर्तालाई आकर्षित गर्न र कर तिर्ने प्रक्रियालाई सहज बनाउन पूर्ण रूपमा डिजिटलाइज गर्नुपर्ने उल्लेख गरे ।
उनले कर प्रणालीलाई सरल, पारदर्शी र पूर्वानुमानयोग्य नबनाएसम्म ठूलो लगानी आउन नसक्ने उल्लेख गर्दै सरकार नियन्त्रणकारी नभई सहजिकरणको भूमिकामा रहनुपर्ने बताए। आर्थिक नीति र मौद्रिक नीतिबीच पूर्ण समन्वय हुनुपर्नेमा जोड दिँदै यी दुई नीतिलाई एकै लयमा हिँडाएर बजारमा अस्थिरता आउन नदिने प्रतिबद्धता व्यक्त गरे । उद्योगी तथा व्यवसायीले अर्थमन्त्री रामेश्वरप्रसाद खनालको ध्यानाकर्षण गराउँदै गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालन गर्न माग गरेका छन् ।
शिखर इन्स्योरेन्सलाई ‘मेरिट प्रमाणपत्र’, सम्मान प्राप्त गर्ने नेपालको पहिलो बीमा कम्पनी
शिखर इन्स्योरेन्सले दक्षिण एसियाली लेखा परीक्षक महासङ्घ (एसएएफए) ले प्रदान गर्ने मेरिट प्रमाणपत्र प्राप्त गरेको छ ।
उत्कृष्ट वार्षिक प्रतिवेदन सम्मानमा शिखरले यो प्रमाणपत्र पाएको हो । यो सँगै यो सम्मान प्राप्त गर्ने शिखर इन्स्योरेन्स नेपालको पहिलो बीमा कम्पनी बन्न सफल भएको छ ।
यो उपलब्धि शिखर इन्स्योरेन्सका लागि मात्र होइन, सम्पूर्ण नेपाली बिमा उद्योगका लागि पनि कोशेढुंगा भएको कम्पनीले जनाएको छ । एसएएफएद्वारा प्रदान गरिने यो सम्मान दक्षिण एसियामा वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता, सुशासन, तथा जवाफदेहीपनको उत्कृष्ट अभ्यासलाई मान्यता दिने सबैभन्दा प्रतिष्ठित अवार्डमध्ये एक मानिन्छ ।
यो सम्मानले शिखर इन्स्योरेन्सले पछिल्ला वर्षहरूमा अपनाउँदै आएको मजबुत सुशासन र वित्तीय अनुशासन प्रतिको निरन्तर प्रतिबद्धतालाई थप पुष्टि गर्ने कम्पनीले जनाएको छ ।
सिटिजन्स बैंकको साधारण सभाबाट लाभांश पारित
सर्वोच्च अदालतले सिटिजन्स बैंकको सञ्चालक समितिको निर्वाचन रोकिदिएको छ। सेयरधनी रत्नेश्वरप्रसाद शर्माले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले शुक्रबार बैंक सञ्चालक समितिको निर्वाचन रोकिदिएको हो। बैंकले शुक्रबार १९औं वार्षिक साधारण सभा भने सम्पन्न गरेको छ।
शर्माले सञ्चालक समितिको उम्मेदवार बन्न चाहेका थिए। तर निर्वाचन समितिले आफ्नो उम्मेदवारी रद्द गरिदिएपछि शर्मा सर्वोच्च गएका थिए। उनले साधारण सभा नै रोक्न माग गरेका थिए। सर्वोच्चले शर्माको उम्मेदवारी रद्द सम्बन्धमा लिखित जवाफ मागेको छ। यसका लागि १५ दिनको समय दिइएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलका अनुसार शर्मा संस्थापक र साधारण दुवैतर्फका सेयरधनी हुन्। शर्माले साधारण सेयरधनीका तर्फबाट सञ्चालक पदमा उम्मेदवारी दिएका थिए।
तर निर्वाचन अधिकृत रविन्द्र ढुंगानाले संस्थापक र साधारण दुवैतर्फका सेयरधनीले साधारण सेयरधनीका तर्फबाट उम्मेदवार हुन पाउने कानुनी व्यवस्था नरहेको भन्दै शर्माको उम्मेदवारी मंसिर ८ गते रद्द गरेका थिए।
बैंक व्यवस्थापनले शर्मालाई संस्थापक तर्फबाट उम्मेदवारी दिन आग्रह गरेकामा उनले अस्वीकार गरेका थिए। त्यसपछि शर्मा आफ्नो मौलिक हक हनन् भएको भन्दै सर्वोच्च पुगेका थिए।
अदालतको आदेशमा सञ्चालक चयन नगरेको बैंकले साधारण सभाबाट वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र लाभांश प्रस्ताव पारित गरेको छ। चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँको ५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारण सभाले सर्वसम्मतरुपमा पारित गरेको हो।
साधारण सभाले वासलात, नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरण लगायत एकीकृत वित्तीय विवरण स्वीकृत गरेको छ।
मंसीर १५ सम्म मौद्रिक नीतिको समीक्षा सार्बजनिक गर्ने तयारी
नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षाको तयारीमा जुटेको छ । पछिल्लो समय लगानीको वातावरण कम्जोर हुनुका साथै बैंकवित्तमा रकम धेरै भएर अत्याधिक तरलताको चाँप बढेको छ । यो समीक्षाबाट जेनजी आन्दोलनले पारेको आर्थिक प्रभावलाई सहजिकरण गर्ने धेरैको अपेक्षा छ । राष्ट्र बैंकले आगामी मंसिर १५ गते सम्म चालु आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षा सार्वजनिक गर्ने तयारी गरीरहेको छ । बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिँदा त्यसको व्यवस्थापन स्वयं केन्द्रीय बैंकका लागि चुनौतीपूर्ण बनीरहेको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण बैंकहरुको वित्तीय विवरण दबाबमा छ । बैंकहरुले समयमा ऋणको साँवा तथा ब्याज आम्दानी गर्न सकेका छैनन् । ऋणीले पनि विविध कारण देखाउँदै बैंकहरुलाई गर्नुपर्ने भुक्तानी समयमा गर्न सकेका छैनन् । फलस्वरुप कालो लिष्टमा पर्नेहरु थपीएका छन् । जेन्जी आन्दोलनमा निजी तथा सार्वजनिक सम्पत्तिमाथि तोडफोड हुँदा लगानीकर्ताहरु नीराश छन् । यसको प्रभाव ब्याज भुक्तानी र बैंकको वित्तीय सूचकमा परेको छ । अहिले केन्द्रीय बैंक ब्याजदर बढाउने कि घटाउने भन्ने विषयमा अन्यौल छ । ब्याजदर बढाइए कर्जा विस्तार झनै घट्ने जोखिम देखिएको छ । यसैगरी सिआरआर परिवर्तनबारे पनि मौद्रिक नीति समिक्षामा छलफल भइरहेको छ ।
सिआरआर घट्दा वा बढ्दा तरलता र ब्याजदरमा प्रभाव पर्ने गर्दछ । सिआरआर भनेको वाणिज्य बैंकहरूले निक्षेपको निश्चित हिस्सा केन्द्रीय बैंकमा नगदका रूपमा राख्नुपर्ने अनुपात हो । राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले व्यबसायीका पक्षमा केही नयाँ र सरलीकृत तरीकाले योजना बनाइरहेको बताइएको छ । उनले पछिल्लो समय कालो लिष्टमा परेका व्यबसमयीलार्य केही राहत दिने संकेत देखाउँदै आएका छन् । यसैगरी सुनमा र सेयर बजारमा लागनाी गर्न लगानीकर्ताहरुलाई सरलीकृत नीति ल्याएका छन् ।
गभर्नर पौडेलले बैंकवित्तसँग भएका विभिन्न स्किमहरुमध्ये उपयुक्त स्किम छानेर व्यबसायमा लगानी गर्न सर्बसाधारणलाई आग्रह गरेका छन् । उनले पछाडि परेका समुदायलाई बैंकको स्किमहरूका बारे जानकारी गराएर पुँजीमा पहुँच बढाउनुपर्ने उल्लेख गर्दे आएका छन् । यी कुरालाई मौद्रिक नीीतको समिक्षामा केही आउन सक्ने आँकलन गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघलाई ब्रिटिस काउन्सिल गोइङ ग्लोबल पार्टनरसिप अवार्ड
नेपाल उद्योग वाणिज्य महासंघले ब्रिटिस काउन्सिल गोइङ ग्लोबल पार्टनरसिप अवार्ड पाएको छ। नेपालमा हरित सीप विकास तथा सार्वजनिक र निजी क्षेत्रबीच सहकार्यमा पुर्याएको योगदानबापत महासंघले अवार्ड पाएको हो।
यो अवार्ड एक महिनाअघि लन्डनमा आयोजित गोइङ ग्लोबल सम्मेलनका क्रममा घोषणा गरिएको थियो। सोही अवसरमा नेपाली साझेदारका तर्फबाट शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलले अवार्ड ग्रहण गरेका थिए।
नेपालमा पहिलोपटक ग्रीन स्किल्स एडभाइजरी बोर्ड (जीसाब)को औपचारिक शुभारम्भ कार्यक्रमका अवसरमा सचिव पौडेलले महासंघका महानिर्देशक गोकर्णराज अवस्थीलाई अवार्ड हस्तान्तरण गरेका छन्।
एनएमबि बैंकलाई भिसा इन्टरनेशनलद्वारा ‘एक्सिलेन्स इन कमर्सियल कार्ड बिजनेस’ अवार्ड
एनएमबि बैंकले भिसा इन्टरनेशनलद्वारा हालै आयोजित लीडरशिप कन्क्लाभ नेपाल २०२५ सम्मेलनमा ‘एक्सिलेन्स इन कमर्सियल कार्ड बिजनेस’ अवार्ड प्राप्त गरेको छ ।
यो सम्मान बैंकले व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानीलाई अगाडि बडाउनमा गरेको महत्वपूर्ण योगदानको सम्मानस्वरूप प्रदान गरिएको हो।
एनएमबि बैंकले हाल देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
लुम्बिनी सिरेमिक्स र नबिल बैंकबीच डिलरका लागि च्यानल फाइनान्सिङ सम्झौता
लुम्बिनी सिरेमिक्स लिमिटेड द्वारा उत्पादित लामिनार टाइल्स र नबिल बैंकबीच देशभरका लामिनार टायल्सका डिलरहरूलाई च्यानल फाइनान्सिङ सुविधा प्रदान गर्ने सम्झौता गरिएको छ।
काठमाडौंमा आयोजित कार्यक्रममा लुम्बिनी सिरेमिक्सका प्रमुख वित्त अधिकारी प्रकाश पौडेल र नबिल बैंकका प्रमुख व्यापार अधिकारी टेक राज भट्टबीच सम्झौता–पत्र हस्ताक्षर गरी आदान–प्रदान गरिएको छ ।
यस साझेदारीमार्फत डिलरहरूले सजिलै चालु पूँजी प्राप्त गर्न सक्नेछन्, जसले इनभेन्टरी व्यवस्थापन सहज बनाउने र व्यवसाय सञ्चालनलाई थप सुदृढ बनाउनेछ। नबिल बैंकले ०.५ प्रतिशत लोन प्रशासकीय शुल्क, एलसि तथा बैंक ग्यारेन्टी जारी गर्दा छुट, कर्पोरेट मोबाइल बैंकिङ, सेफ–डिपोजिट लकर र पि.ओ.एस मेसिन शुल्कमा ५० प्रतिशत छुट, निःशुल्क एसएमएस ट्रान्जेक्सन अलर्ट, मुख्य कर्मचारीका लागि अधिकतम ५ लाख सीमासहित निःशुल्क क्रेडिट कार्ड, तथा नबिल केयर अन्तर्गतको क्रिटिकल इलनेस बीमा जस्ता विशेष सुविधाहरू उपलब्ध गराउनेछ।
दुवै संस्थाले यो सहकार्यले डिलरहरूको लिक्विडीटि बढाउने, आर्थिक बोझ कम गर्ने र नेपालको टाइल्स उद्योगको दिगो विकासमा सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।
एक सय रुपैयाँको नयाँ नोटमा नेपालको चुच्चे नक्सा
राष्ट्र बैंकले नेपालको चुच्चे नक्सासहित १०० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकले चुच्चे नक्सासहितको नयाँ नोट छापरेर बिहीबारदेखि चलनचल्तीमा ल्याएको हो। नयाँ नोटको रङ र आकार साबिककै छ। नयाँ नोटको बायाँतर्फ विश्वको सर्वोच्च शिखर सगरमाथाको तस्वीर र दायाँतर्फ लालीगुराँसको पानीछाप छ। नोटको बीचमा नेपालको नक्सा र अशोक स्तम्भको चित्र छ।
दृष्टिविहीनले छामेर नोट पहिचान गर्न सक्नेगरी अशोक स्तम्भसँगै एउटा कालो थोप्ला पनि नयाँ नोटमा राखिएको छ। बायाँतर्फ अण्डाकारभित्र मायादेवीको ‘सिल्भर मेटालिक’ चित्र छ। सुरक्षाका लागि नोटमा २ मीमी चौडा र सीधा हेर्दा रातो तथा ढल्काएर हेर्दा हरियो रङ देखिने सुरक्षा धागो राखिएको छ।
सिटिजन्स बैंकले संचालनमा ल्यायो एकीकृत अनलाइन प्लेटफर्म ‘सिटिजन्स डिजिबैंक’
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ‘सिटिजन्स डिजिबैंक’ नामक एकीकृत अनलाइन प्लेटफर्म संचालनमा ल्याएको छ।
छरिएर रहेका विभिन्न डिजिटल सेवाहरुलाई एउटै च्यानलमा केन्द्रीत गरि बैंकका ग्राहकहरुलाई वेब र मोबाइलमार्फत सहजिकरण गर्नु यसको मुख्य उद्देश्य रहेको बैंकले जनाएको छ।
सेवा प्रवाह अझ छिटो र छरितो बनाई यस प्लेटफर्मले बैंक र ग्राहकबीचको सम्बन्धलाई अझ सुदृढ र अन्तरक्रियात्मक बनाउने विश्वास बैंकले लिएको छ। यो सुविधा बैंकको आधिकारिक वेबसाइट वा मोबाइल बैंकिङ एप मार्फत प्रयोग गर्न सकिनेछ।
पहिलो चरणमा यस प्लेटफर्ममा हाल बैंकका ५० वटा विद्यमान डिजिटल सेवाहरु जस्तै अनलाइन खाता खोल्ने, पान अपडेट, राष्ट्रिय परिचयपत्र अपडेट, लकर आवेदन, टिडियस् सर्टिफिकेट माग, साथै विभिन्न डिम्याट, मोबाइल बैंकिङ तथा कार्ड सम्बन्धी सेवाहरु उपलब्ध गराइएका छन्।
डिजिटल प्रविधिको उच्चतम प्रयोग गरि ग्राहकलाई नवीनतम सेवाहरु दिने लक्ष्यका साथै भविष्यमा यस प्लेटफर्ममा थप सेवाहरु समावेश गर्दै यसलाई अझ सशक्त बनाउँदै लैजाने बैंकको प्रतिबद्धता रहेको छ।
बैंक विगार्ने सिइओलाई हटाउन राष्ट्र बैंकले निर्देशन दिनेः राष्ट्र बैंक १० वाणिज्य बैंकको आईएफएफको प्रतिवेदन पर्खदै ?
नेपालका २० वाणिज्य बैंकका सिइओहरु माथी नै अब राष्ट्र बैंकले छानवीन गर्ने भएको छ भन्दा फरक पर्दैन । बैंक विगार्ने बैंकका सिइओलाई तत्कालै हटाउन राष्ट्र बैंकले संचालक समितिलाई निर्देशन नै दिने भएको हो भन्दा फरक पर्दैन । बंगलादेशी कम्पनीले लेखापरीक्षण प्रतिवेदन बुझाएपछि नेपाल राष्ट्र बैंकले त्यसैका आधारमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको ‘पर्फर्मेन्स रिभ्यू’ गर्ने भएको छ ।
अहिले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को सर्त अनुसार बंगलादेशी कम्पनी होवलदार युनुसले १० ठूला वाणिज्य बैंकको ऋण लगानी लेखापरीक्षण गरिरहेको छ । कम्पनीले लेखापरीक्षणको काम १० दिनभित्र सक्दैछ । त्यसपछि उसले दिने प्रतिवेदनका आधारमा राष्ट्र बैंकले सम्बन्धित बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको कार्यसम्पादन मूल्यांकन गर्न लागेको हो । भन्दा फरक पर्दैन ।
‘कमजोर कार्यसम्पादन रहेका बैंकमा त्यसपछि सुधारका काम सुरु हुनेछन् । त्यो भनेको प्रमुख कार्यकारी अधिकृतलाई बिदा गर्न सकिन्छ,’ राष्ट्र बैंक उच्च स्रोतले पंक्तिकारसंग भनेः– ‘पहिले त तुलनात्मक अध्ययन हुन्छ । उनीहरुको कुरा सुनिन्छ । सुधार योजना के छन् भनेर हेरिन्छ । त्यसमा चित्त बुझेन भने प्रमुख कार्यकारीबाट हटाउन बैंक संचालक समितिलाई निर्देशन जाने छ ।
राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सुपरिवेक्षणलाई बलियो बनाउनु पर्ने बताउँदै आएका छन् । पौडेलले त्यही रणनीति अनुसार जथाभावी ऋण प्रवाह गरेका र स्रोत दुरुपयोग गरेका बैंकका प्रमुख कार्यकारी अधिकृतलाई हटाउनेसम्मको योजना बनाएको एक डिपुटी गभर्नरले पंक्तिकारसँग दाबी गर्यो । अहिले आइएमएफको सर्त अनुसार १० वटा बैंकको मात्र ऋणको गुणस्तर हेर्ने काम भइरहेकामा बाँकी १० वटा बैंकको आफ्नै खर्चमा गुणस्तर परीक्षण गराउने गभर्नर पौडेलको योजना देखिन्छ । ‘आगामी दुई महिनामा गुणस्तर परीक्षण भएका बैंकहरुमा सुधारको काम सुरु भइसक्ने छ ।
प्रतिवेदन सार्वजनिक नभए पनि गुणस्तर कमजोर भएका बैंकले कति रेटिङ पाए भन्ने हामीले बढाएको निगरानीबाटै थाहा हुन्छ,’ राष्ट्र बैंक स्रोतले भन्यो । प्रतिवेदनमा खराब अंक पाएको बैंकमा नेतृत्व परिवर्तन गरेर सुधार थालिने छ । ‘त्यसभित्र व्यवस्थापन मात्र होइन सञ्चालक समिति पनि पर्छ,’ स्रोतले दाबी गर्यो । खराब कर्जा उच्च भएकै भरमा व्यवस्थापन कमजोर रहेछ भनेर मापन नगरिने तर खराब कर्जा बदनियतपूर्वक दिइएका ऋणका कारण बढेको हो/होइन भनेर हेरिने छ नि ति डिपुटी गभर्नरले दाबी गरे ।
पछिल्लो समय नेतृत्व परिवर्तन भएका बैंकहरुमध्ये केहीमा राष्ट्र बैंकले नै हस्तक्षेप गरेको स्रोतको दाबी छ । ‘राष्ट्र बैंकको चाहनामा केही संस्थामा प्रमुख कार्यकारी फेरिइ नै सकेका छन्,’ उनले भने, ‘अबको मूल्यांकन प्रतिवेदन आएपछि हुन्छ नि ।’ ति डिपुटी गभर्नरले दाबी गरे । ऋणको गुणस्तर परीक्षणको काम चलिरहँदा राष्ट्र बैंकले सुपरिवेक्षण विभागमार्फत बैंकहरुले गर्ने अस्वाभाविक खर्चको अध्ययन पनि थालेको देखिन्छ । सचेत भया ।
कुमारी बैंक भिसा लिडरशिप कन्क्लेभमा दुई प्रतिष्ठित अवार्डबाट सम्मानित
यहि मिति २०८२ मंसिर १० मा भिसा इन्टरनेश्नलद्वारा आयोजित “भिसा लिडरशिप कन्क्लेभ नेपाल २०२५” सम्मेलनमा कुमारी बैंक लिमिटेडलाई “एक्सिलेन्स इन क्रस बोर्डर” तथा “एक्सिलेन्स इन कस्टमर क्रेडिट कार्ड बिजनेश प्रिन्सिपल क्लाइन्ट ” अवार्डहरुले सुसम्मानित गरिएको छ ।
यो सम्मान कुमारी बैंकको अन्तर्राष्ट्रिय व्यापार तथा क्रेडिट कार्ड व्यापारमा देखाइएको उत्कृष्टताको लागि प्रदान गरिएको हो ।
आफ्नो स्थापनाकाल देखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीबाट उत्कृष्ट सेवा प्रदान गर्दै विभिन्न अवार्डहरु प्रप्त गर्दै आएको यस बैंकले आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।
विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आधुनिक डिजिटल प्रणालीबाट उत्कृष्टि सेवा प्रदान गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।












