जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

विश्वभर एनपीएलकाे प्रत्यक्ष प्रसारण गर्दै डीसहोम गोले हासिल गर्‍याे ऐतिहासिक उपलब्धि

नेपाल प्रिमियर लिग (एनपिएल) २०२५ को आधिकारिक प्रत्यक्ष प्रसारण साझेदार डीसहोम (गो) एपले उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमांडौ गोर्खाबीचको रोमाञ्चक भिडन्त दुई लाखभन्दा बढी दर्शकसँग प्रत्यक्ष देखाउन सफल भएकाे जनाएकाे छ। दर्शक संख्यालाई प्राविधिक भाषामा, “कन्क्युरेन्ट भ्युवर्सिप” भनिन्छ, जसले डीसहोम (गो) को तयारी र प्रविधिक क्षमता पुष्टि गरेकाे कम्पनीले जनाएकाे छ ।

उद्घाटन खेलमा केही प्रयोगकर्ताहरूले प्रत्यक्ष प्रसारण हेर्न असमर्थता अनुभव गरेका थिए। यो समस्या केवल डीसहोम (गो) को नभएर, धेरै पक्षहरू संलग्न रहेको प्रणालीगत प्रक्रियाका कारण उत्पन्न भएको थियो । विशेषतः एनपिएल सिजन पास को सदस्यता खरिद प्रक्रियामा देखिएका प्राविधिक जटिलताहरूले आइओएस् प्रयोगकर्ताहरूमा असुविधा सिर्जना गरेका थिए। एन्ड्रोइड प्रयोगकर्ताहरूले भने सहजै सदस्यता लिएर प्रत्यक्ष प्रसारण हेर्न सक्षम भएका थिए ।

डीसहोम (गो) एपका इञ्जिनियरहरू र विश्वस्तरीय सहयोगी कम्पनीका विशेषज्ञहरूले लगातार समस्या समाधानमा काम गरिरहँदा पहिलो दिन धेरै समस्याहरु समाधान भएका थिए, दोस्रो दिनदेखि आइओएस् प्रयोगकर्ताहरूले पनि सहज रूपमा एनपिएल सिजन पास को सदस्यता लिएर प्रत्यक्ष खेल हेर्न सक्ने अवस्था आएको थियो ।

यसैगरी, दोस्रो र तेस्रो दिनको खेलमा लगभगसबै प्राविधिक चुनौतीहरू सफलतापूर्वक समाधान भइसकेका छन् । डीसहोम (गो) का आधिकारिक च्यानलहरु मार्फत प्राप्त हजारौं अनुरोधहरूलाई प्रणालीबाट एकैचोटि सक्रिय गरियो । यसका साथै, कुनै प्रयोगकर्ताले दोहोरो भुक्तानी गरेका ग्राहकहरूको रकम फिर्ता प्रक्रिया सुरु भइसकेको छ ।

थप सहजता सुनिश्चित गर्न, बुधबारदेखि खल्ती तथा इसेवा मार्फत एनपिएल सिजन पास को भौचर खरिद गर्न सकिने व्यवस्था गरिएको छ । खल्ती तथा इसेवा बाट खरिद गरिने भौचर नेपालमा मात्र प्रयोग गर्न सकिने सुविधा रहेको छ । प्रत्येक व्यक्तिले आवश्यक अनुसार जतिसक्दो भौचर खरिद गर्न सक्ने सुविधा उपलब्ध गरिएको छ, जसले घरपरिवार र साथीभाईलाई पनि सहकार्य गर्न तथा मोबाइलमार्फत सजिलै एनपिएल हेर्न सहयोग पु¥याउनेछ ।

डीसहोम (गो) ले यो चुनौतीपूर्ण कार्य सफलता पूर्वक सम्पन्न गर्दै नेपालको इतिहासमा पहिलोपटक पूर्ण रूपमा मोबाइल एप मार्फत प्रत्यक्ष खेल प्रसारण गर्ने नेपाली कम्पनीको रूपमा आफ्नो पहिचान स्थापित गरेको छ । यसरी, डीसहोम (गो) अब राष्ट्रिय सिमाना पार गर्दै विश्वस्तरीय प्रत्यक्ष प्रसारण प्लेटफर्म बन्ने यात्रा अघि बढाइरहेको छ र विश्वभरका लोकप्रिय स्ट्रिमिङ सेवाहरूको सूचीमा आफ्नो स्थान सुरक्षित बनाइसकेको छ ।

डीसहोम (गो) एपका आधिकारिक प्रवक्ताले भने, “हामीले सामना गरेका प्राविधिक चुनौतीहरू हाम्रो मात्र नभई, विभिन्न संलग्न पक्षहरूको प्रक्रियासँग सम्बन्धित थिए । यसै कारण पहिलो दिन सबै प्रयोगकर्तालाई सहज अनुभव दिन विभिन्न कठिनाई हुँदा निशुल्क हेर्ने व्यवस्था गर्दा करिब २ लाख दर्शकहरुले सजिलै हेर्न पाएका थिए।

दोस्रो र तेस्रो दिनदेखि सबैले पूर्ण रूपमा सदस्यता लिएर प्रत्यक्ष प्रसारण हेर्न सक्ने स्थिति आएको छ । यस उपलब्धिलाई कम्पनीले नेपाली प्रत्यक्ष प्रसारण क्षेत्रमा ऐतिहासिक उपलब्धि मानेकाे छ भने यस क्रममा दर्शकहरुमा पर्न गएको असुबिधा प्रति क्षमायाचना गर्दै दोहोरिएको भुक्तानी रकम फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेकाे छ ।

पार्टी खोल्न प्रतिस्पर्धा चलेजस्तै उद्योग खोल्ने प्रतिस्पर्धा हुनुपर्छ: ढकाल

नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले देशमा कम्पनी, उद्यमशिलता र उद्योग खोल्ने वातावरण बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय युवा परिषदले बुधवार आयोजना गरेको कार्यक्रममा उनले हाल देशमा राजनीतिक दलहरु खुले जसरी उद्योग खोल्ने वातावरण निर्माण गर्नुपर्ने बताए । जेनजी आन्दोलनपछि नेपालमा नयाँ राजनीतिक दल खोल्ने प्रतिष्पर्धा नै चलेको उनको भनाइ छ। राजनीतिक दल खोल्ने प्रतिस्पर्धालाई व्यङ्ग्य गर्दै उपाध्यक्ष ढकालले कम्पनी, उद्यमशिलता र उद्योग खोल्ने प्रतिष्पर्धा हुनुपर्ने बताए ।

नयाँ राजनीतिक दल खुल्दैमा मात्रै देशमा समृद्धि सम्भव नहुने उनले बताए । उद्यमशिलता, उद्योग र आर्थिक सुधारलाई राजनीतिक एजेण्डाको मुख्य प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ । आगामी निर्वाचनका लागि राजनीतिक दलहरूले तयार गर्ने घोषणापत्रमा कम्पनी दर्ता, उद्यम सञ्चालन र उद्योग विस्तारलाई सहज बनाउने स्पष्ट नीति समावेश गर्नैपर्नेमा जोड दिए ।
राजनीति केन्द्रित सोचले मात्रै देश विकास गर्न नसक्ने भन्दै उनले राजनीति र अर्थतन्त्रलाई समानान्तर रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । उनले पुराना कानूनहरुलाई परिवर्तन गरी समयानुकुल बनाउनुपर्ने पनि बताए ।

५० वर्ष पुराना कानून र प्रणालीले नयाँ पुस्ताको क्षमतालाई सम्बोधन नगर्ने उनको भनाइ छ । उनले दुई ठूला मुलुकको बीचमा रहेको भौगोलिक अवस्थालाई नेपालले रणनीतिक अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए । उनले पुराना पुस्ताको अनुभव र नयाँ युवाहरुको सोचलाई सँगै अगाडी बढाएर देश समृद्ध बनाउन लाग्नुपर्ने बताए । झन्डै ४२ प्रतिशत युवा जनसंख्या भएको नेपालले एआई, मेसिन लर्निङ र नयाँ प्रविधिमा आधारित उद्यमशीलता विकास गर्न सके छिट्टै समृद्धिको बाटो समात्न सकिने उनको भनाइ छ । युवाहरूलाई उद्यम र नवप्रवर्तनमा प्रत्यक्ष पहुँच दिलाउने नीति बनेमा मात्र नेपालले दिगो आर्थिक प्रगति गर्नसक्ने उनको भनाइ छ ।

ढकालले यसो भने
जसरी अहिले देशमा दलहरु खोल्नको लागि प्रेरित भइरहेको छ । दिनानुदिन नयाँ दलहरु खोलिराख्नुभएको छ । आगामी दिनमा कम्पनी, उद्यमशिलता र उद्योग खोल्ने कुरा तपाईहरुको मेनिफेष्ट्रोमा राख्नुपर्छ । किनभने हामीले संचारमा हेर्‍यौं भने कुनैपनि देश पोलिटिक्सले मात्र समृद्धि हुन सक्दैन । जबसम्म हामीले पोलिटिक्सलाई ईकोनोमीसँग सँगसँगै हाल्न सक्दैनौँ । कुनै पनि देश समृद्ध हुन सक्दैन भन्ने मलाई लाग्छ । त्यसले गर्दा म यही मञ्चबाट युवाहरुको आवाजलाई मैले आफ्नो बनाउँदै माननीय मन्त्रीज्युलाई के भन्न चाहे भने आगामी दिनमा जुन पोलिसि बनाउँछौँ । हामीले यस्तो पोलिसि बनाउन पर्‍यो, उद्यमशील गर्ने मान्छेहरुलाई ह्यासल फ्रि एक्सेस दिनुपर्‍यो ।

पुराना पुराना पोलिसि जुन छन्, पुराना कानूनहरु जुन छन्, ५० वर्ष पहिलाको सन्दर्भमा बनाएको कानुनहरुलाई चेन्ज गर्नुपर्‍यो । पहिलाको सिष्टम र अहिलेको सिष्टम, अहिलेको थर्ड प्रोसेस चेन्ज भईसकेको कारणले गर्दा यो जेनेरेशनको जुन सिफ्ट छ, जेनेरेशनको ग्याप छ, यो जेनेरेशनलाई आउने हिसाबले हामीले कानून निर्माण गर्नसक्यौँ र उनीहरुलाई एक्सेस दिनसक्यौँ भने हामी समृद्धिको हिसावमा धेरै टाढा छैनौँ । हामीसँग अथाहा सम्भावना छ । दुई ठूला मुलुकको बीचमा हामी जुन लोकेसनवाई बसिराखेका छौँ । हाम्रो लागी त्यो एउटा सौभाग्य हो । हाम्रो लागि अपरच्युनिटि हो, त्यसले गर्दाखेरी हामी सबैजना मिलेर हाम्रो देशलाई समृद्ध बनाउनपर्छ ।

सरकारी १० वटा कार्यालयको कोषमा ४० अर्ब रुपैयाँ मौज्दात भेटियो

अर्थमन्त्रालय अन्तरगतका १० वटा कोषमा ४० अर्ब रुपैयाँभन्दा बढी मौज्दात रकम रहेको पृष्टि भएको छ । यो रकम कर्मचारीको अवकाश सुविधा, औषधि उपचार, सेवा–सुविधा तथा भत्ता भुक्तानीमा खर्च हुनेगरिएको छ। कर्मचारीको तलबबाट कट्टा हुने रकमसहित सरकारले पनि यस्ता कोषमा नियमित रूपमा रकम थप्ने गरेको प्रतिवेदनले जनाएको छ। सरकारले गरेको अध्ययन प्रतिवेदनले सार्वजनिक गरे अनुसार ती संस्थाहरूले उपदान, निवृत्तिभरण, अवकाश सुरक्षा, औषधि उपचार लगायतका शीर्षकमा कोष खडा गरी सो रकम राखेका हुन् ।

जस अनुसार सबैभन्दा धेरै मौज्दात राष्ट्रिय वाणिज्य बैंकसँग छ २५ अर्ब ७१ करोड रुपैयाँ, कृषि विकास बैंकमा १२ अर्ब २० करोड रुपैयाँ, नेपाल वायुसेवा निगमसँग ६१ करोड रुपैयाँ, सार्वजनिक सेवा प्रसारण नेपालसँग ४२ करोड र निक्षेप तथा कर्जा सुरक्षा कोषसँग ३८ करोड रुपैयाँ रहेको प्रतिवेदनले जनाएको छ। जडीबुटी तथा प्रशोधन कम्पनी लिमिटेडसँग ७ करोड, र काठमाडौँ उपत्यका खानेपानी बोर्डसँग ३ करोड मौज्दात रहेको छ।

जेन्जी आन्दोलनमा बैंकको एटीएम फुटाउने पक्राउ

जेनजी प्रदर्शनमा एटिएम फूटाएको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सिन्धुपाल्चोकको बलेफी गाउँपालिका घर भई भक्तपुरको थिमी नगरपालिका ७ बस्ने २९ वर्षीय बुद्धिमान तामाङलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त थिमीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको एटिएम तोडफोड गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो । भदौ २४ मा प्रहरी वृत्त थिमीमा आगजनी भएपछि एटिएम तोडफोड भएको थियो ।

राष्ट्र बैंकद्धारा मुद्रास्फीति मापन उपभोक्ता मूल्य सूचकाङ्कको गणना प्रणाली परिवर्तन

नेपाल राष्ट्र बैंकले मुद्रास्फीति मापन गर्ने उपभोक्ता मूल्य सूचकाङ्कको गणना प्रणाली र आधारभूत ढाँचालाई परिवर्तन गरेको छ । यसमा परिमार्जन गर्दै केन्द्रीय बैंकले उपभोक्ता मूल्य सूचकाङ्कको सङ्कलन सम्बन्धी अध्ययन प्रतिवेदन नयाँ ढाँचामा लैजाने भएको हो । जस अनुसार राष्ट्र बैंकले हरेक महिना जारी गर्ने उपभोक्ता मूल्यको तथ्याङ्क नयाँ संशोधित आधार वर्ष २०२३/ २४ अर्थात आर्थिक वर्ष २०८० /८१ कायम गर्ने छ ।

यस अघि राष्ट्र बैंकले २०१४/१५ अर्थात ९२०७१/७२० लाई आधार वर्षका रूपमा लिइँदै आएको थियो । अब भने आर्थिक वर्ष २०८०/८१लाई आधार मानेर उपभोक्ता मूल्य मापन हुने छ । यसैगरी राष्ट्र बैंकले प्रादेशिक स्तरमा उपभोक्ता मूल्य सूचकाङ्कलाई ग्रामीण र सहरी क्षेत्र अनुसार वर्गीकरण गरेर प्रकाशन गर्ने भएको छ ।

व्यतित बीमा लेख ५ प्रतिशतले बढ्यो, बीमा सरेण्डर एकल अंकमा झर्‍योः बीमा प्राधिकरण बेखबर !

नेपालका १४ जीवन बीमा कम्पनीहरुको बीमा सरेण्डर एकल अंकमा झरेको छ भन्दा अब चाहि फरक पर्दैन् । तर, जीवन बीमा कमपनीहरुको व्यतित बीमा लेख भने ५ प्रतिशतले बढेको देखिन्छ । यो राम्रो पक्ष पक्कै होइन । जीवन बीमा कम्पनीहरुको पोलिसी सरेण्डर रकम ८.७९ प्रतिशतले घटेको देखिन्छ । नेपालमा सञ्चालित रहेका जीवन बीमा कम्पनीहरुबाट चालु आर्थिक वर्षको असोज महिनासम्ममा सरेण्डरमार्फत साढे तीन अर्ब रुपैयाँ बाहिरिएको देखिन्छ ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कबमोजिम चालु आवको पहिलो त्रैमास अर्थात असोज महिनासम्ममा जीवन बीमा कम्पनीहरुबाट तीन अर्ब ४८ करोड ८५ लाख रुपैयाँ बाहिरिएको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ८.७९ प्रतिशत कम हो । गत आवको असोज महिनासम्म जीवन बीमा कम्पनीहरुबाट पोलिसी सरेण्डरमार्फत तीन अर्ब ८२ करोड ४६ लाख रुपैयाँ बाहिरिएको थियो । भन्दा फरक पर्दैन ।

सरेण्डर रकमसँगै बीमालेख त्याग गर्नेको संख्या पनि गत आवको तुलनामा घटेको छ । गत आवको असोज महिनासम्म २८ हजार ५७ जनाले बीमालेख सपर्मण गरेकोमा चालु आवको असोज महिनासम्म भने २२ हजार ९९९ जनाले मात्रै पोलिसी समर्पण गरेका छन् । यस हिसाबमा बीमालेख समर्पण संख्या १८ प्रतिशतले घटेको छ । भन्दा अब फरक पर्दैन ।

जीवन बीमकहरुमा व्यतित बीमालेख रकम (नविकरण नगरिएको रकम) भने ४.८९ प्रतिशतले बढेको छ । गत आवको तीन महिनामा बीमालेख नविकरण नगरिएको रकम ३५ अर्ब सात करोड २० लाख रुपैयाँ रहेकोमा चालु आवको सो अवधिसम्म ३६ अर्ब ७८ करोड ६७ लाख रुपैयाँ पुगेको देखिन्छ । यता व्यतित बीमालेखको संख्या पनि १.८६ प्रतिशत बढेर १२ लाख २० हजार ५४ वटा पोलिसी रिन्यु भएका छैनन् । गत आवको सोही अवधिसम्म यस्तो संख्या ११ लाख ९८ हजार २९५ रहेका थिए । भन्दा फरक पर्दैन । जीवन बीमा कम्पनीहरुमा पोलिसी सरेण्डरदर कम भएपनि व्यतित भएका बीमालेख संख्या र रकम बढेको बढै छ भन्दा फरक पर्दैन । यस्तो दर बढ्दै जाँदा बीमा कम्पनीहरुको व्यवसायमा प्रतिकुल असर पार्ने देखिन्छ । बीमा प्राधिकरणका अध्यक्ष ज्यू हेक्का होस् ।

नियामक निकाय नेपाल बीमा प्राधिकरण, जीवन बीमा कम्पनी र अभिकर्ताहरुको अथक प्रयास र जनचेतनाका कारण पोलिसी सरेण्डरदर घट्न सफल भएको छ । केही समययता पोलिसी सरेण्डरको अवस्था भयाभह रहेको थियो । केही समययता देशमा उत्पन्न भएको राजनीतिक घटनाक्रम र लाखौं नागरिकहरु सहकारीमा डुबेसँगै बीमितहरुले जीवन बीमाको प्रिमियम पनि सोही सरह लगेर भाग्नै भन्दै पोलिसी सरेण्डर गर्ने चलन नै चलाएको थियो । तर, बीमा कम्पनी र अभिकर्ताहरुको उच्च सक्रियताले पोलिसी सरेण्डरदर घट्न पुगेको छ । यो राम्रो पक्ष मानिन्छ । सचेत भया ।

एनएमबी बैंकले ल्यायो पर्यटकको सहज भुक्तानीका लागि ‘एनएमबी सफ्ट पस’

नेपालको पर्यटन क्षेत्रमा सजिलो डिजिटल भुक्तानी गर्ने प्रविधि प्रयोगमा आएको छ । एनएमबि बैंक लिमिटेडले प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र भिसाख्सँग सहकार्य गर्दै एनएमबि सफ्ट पस (NMB Soft POS) को प्रयोगलाई विस्तार गर्ने गरी सम्झौतामा हस्ताक्षर भएको छ ।

सफ्ट पस एउटा यस्तो नयाँ प्रविधि हो जसले व्यवसायीहरूलाई कुनै भौतिक मेसिन बिना नै आफ्नो एनएफसी इनेबल्ड एन्ड्रोइड स्मार्टफोनको माध्थबाट डिजिटल कार्ड मार्फत भुक्तानी स्वीकार गर्ने अनुमति प्राप्त गर्नेछन ।

पाटा नेपाल च्याप्टरले मुख्यत होटल, ट्राभल एजेन्सी, एयरलाइन्स लगायत पर्यटन क्षेत्रका सरोकारवालाहरूलाई प्रतिनिधित्व गर्दछ । यस साझेदारी मार्फत, एनएमबि बैंकको लक्ष्य पाटाका सदस्यहरूलाई प्रविधि मैत्री बनाउनु रहेको छ ।

एनएमबि सफ्ट पसको प्रयोगले पाटाका सदस्यहरूले आफ्नो भुक्तानी प्रक्रियालाई अझ सुविधाजनक, सुरक्षित र छिटो बनाउन सक्नेछन् । यसले गर्दा पर्यटक र ग्राहकहरूलाई सजिलै भुक्तानी गर्न मद्दत पुग्नेछ । यो प्रविधिको बढ्दो प्रयोगले डिजिटल कारोबारको मात्रा बढाउनुका साथै वित्तीय पहुँचलाई बढावा दिनेछ र सम्पूर्ण पर्यटन क्षेत्रमा आधुनिक डिजिटल भुक्तानी विधिहरूको स्वीकार्यता विस्तार गर्न मद्दत गर्नेछ ।

एनएमबि बैंक र पाटा नेपाल च्याप्टर दुवैको यो संयुक्त प्रयासले नेपालको पर्यटन उद्योगलाई डिजिटल रूपमा अझ उन्नत बनाउने विश्वास व्यक्त गरेका छन् ।

एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८४ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

सिटिजन्स बैंकद्वारा डिजिटल मैत्री ‘सिटिजन्स डीजी बैंक सेवा’ सञ्चालनमा

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले डिजिटल बैंकिङ्गको क्षेत्रमा एक रणनीतिक पहल गर्दै “सिटिजन्स डीजी बैंक” (DiZiBank) नामक एकीकिृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।

छरिएर रहेका विभिन्न डिजिटल सेवाहरुलाई एउटै च्यानल मा केन्द्रीत गरी बैंकका ग्राहकहरुलाई वेब र मोबाइल मार्पmत सहजिकरण गर्नु यसको मुख्य उद्देश्य हो ।

सेवा प्रवाह अझ छिटो र छरितो बनाई यस प्लेटफर्मले बैंक र ग्राहकबीचको सम्बन्धलाई अझ सुदृढ र अन्तरक्रियात्मक बनाउने विश्वास बैंकले लिएको छ । यो सुविधा बैंकको आधिकारिक वेबसाइट https://www.ctznbank.com/ र वा मोवाईल बैंकिङ्ग एप (सिटिजन्स स्मार्ट) मार्फत प्रयोग गर्न सकिनेछ ।

पहिलो चरणमा, यस प्लेटफर्ममा हाल बैंकका ५० वटा विद्यमान डिजिटल सेवाहरु जस्तै अनलाइन खाता खोल्ने, पान अपडेट, राष्ट्रिय परिचयपत्र अपडेट, लकर आवेदन, टिडियस सर्टिफिकेट माग, साथै विभिन्न डिम्याट, मोबाइल बैंकिङ्ग तथा कार्ड सम्बन्धी सेवाहरु उपलब्ध गराइएका छन् । डिजिटल प्रविधिको उच्चतम प्रयोग गरी ग्राहकलाई नवीनतम सेवाहरु दिने लक्ष्यका साथैे भविष्यमा यस प्लेटफर्ममा थप सेवाहरु समावेश गर्दै यसलाई अझ सशक्त बनाउदैे लैजाने बैंकको प्रतिबद्धता रहेको छ ।

हालसालै बैंकले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” सञ्चालनमा ल्याएको छ ।

“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ

यस्तै फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ बचत खाता शुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ५४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

नेपाल एसबिआई बैंककाे लाभांश घाेषणा

नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। मंसिर ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैंकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) बिक्री गर्ने घोषणा गरेको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

५० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज आइतबार पनि बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ बराबर तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले आज दिउँसो २ बजे बोलकबोल प्रक्रियामार्फत उक्त रकम बैंक तथा वित्तीय संस्थाबाट संकलन गर्ने बताएको छ।

राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको गुणफलमा बोलकबोल गर्न सक्नेछन्। यसको साँवा तथा ब्याज भुक्तानी ५ फागुनमा हुनेछ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

नेप्सेमा सुचिकृत कम्पनीले लाभांशको कर आफैं तिर्नुपर्ने

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत कम्पनीले अब लाभांशको कर आफैं तिर्नुपर्ने भएको छ। धितोपत्र बोर्डले जारी गरेको ‘धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका’ को दशौँ संशोधनले यो व्यवस्था स्पष्ट रूपमा लागू गरेको हो।

हालसालै सार्वजनिक गरिएको संशोधनले कर दायित्व वितरण प्रक्रियामा देखिँदै आएको अस्पष्टता हटाउँदै कम्पनीलाई प्रत्यक्ष दायित्वसहित कर तिर्न बाध्य बनाएको छ।

निर्देशनअनुसार अब कम्पनीहरूले आफ्नो बोर्डमा दर्ता भएका संगठित संस्थालाई दिइने बोनस शेयर वा नगद लाभांशका क्रममा लाग्ने कर आफैंले तिरेर मात्र वितरण प्रक्रिया अघि बढाउनुपर्नेछ। यसअघि केही कम्पनीहरूले लाभांश घोषणापछिको कर दायित्व लाभांश प्राप्त गर्ने संस्थाको जिम्मेवारीमा पार्दै आएको पाइन्थ्यो। यसले कर असुलीमा ढिलाइ, लेखापरीक्षणमा समस्या तथा कर व्यवस्थापनमा अस्पष्टता उत्पन्न गरिरहेको बोर्डको मूल्यांकन छ।

दशौँ संशोधनसँगै बोनस शेयर वितरणमा लाग्ने कर पनि सम्बन्धित कम्पनीले नै सरकारले तिर्नुपर्ने प्रावधान स्पष्ट पारिएको छ। खासगरी बोनस शेयर प्राप्त गर्ने संगठित संस्थाहरूले कर तिर्नु पर्ने कि बोनस जारी गर्ने कम्पनीले भन्ने विषयमा बारम्बार विवाद तथा गलत अभ्यास देखिँदै आएको थियो। बोर्डले यस्तो समस्या समाधान गर्न र पूँजीबजारमा कर प्रणालीलाई पारदर्शी बनाउने उद्देश्यले यो व्यवस्था थप बलियो बनाएको जनाएको छ।

धितोपत्र बोर्डले जारी गरेको निर्देशनमा उल्लेख छ—कम्पनीले लाभांश बापत लाग्ने कर आफूले नै तिरेर आवश्यक समायोजन सहित बाँडफाँड प्रक्रिया सम्पन्न गर्नुपर्नेछ। यसले कर समायोजनमा अन्योल हटाउने र कर प्रशासनलाई सहज बनाउने अपेक्षा गरिएको छ। यससँगै लाभांश वितरणसम्बन्धी प्रक्रियामा एकरूपता आउने, लगानीकर्ताले प्राप्त गर्ने रकमप्रति स्पष्टता बढ्ने र कम्पनीहरूको वित्तीय व्यवस्थापन थप व्यवस्थित हुने देखिन्छ।

बोर्डका अनुसार नयाँ व्यवस्था कार्यान्वयनसँगै कर नतिरी लाभांश वितरण गर्न खोज्ने अभ्यास रोकिनेछ। साथै, सूचिकृत कम्पनीहरूले करसम्बन्धी कानुनलाई अझ कडाइका साथ पालना गर्नुपर्नेछ, जसले पूँजीबजारमा समग्र नियमन क्षमता मजबुत हुने बोर्डको तर्क छ।

यस निर्देशिका संशोधनले कर जिम्मेवारीको स्पष्ट निर्धारण गर्दै कर असुली प्रक्रियामा अघि बढ्नुपर्ने मार्गलाई व्यवस्थित बनाएको छ। अब सूचिकृत कम्पनीहरूले लाभांश घोषणा गर्दा कर तिर्ने प्रक्रिया पनि समान रूपमा पारदर्शी र दायित्वयुक्त हुनेछ।

सालपा विकास बैंकले सवा १७ करोडको आइपीओ निष्कासन गर्ने

सालपा विकास बैंकले आइपीओ निष्कासन गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले सालपालाई चुक्ता पुँजीको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँको सेयर निष्कासन गर्न सोमबार अनुमति दिएको हो।

बैंकले अंकित मूल्य १०० रुपैयाँमा आइपीओ निष्कासन गर्नेछ। बैंकको चुक्ता पुँजी हाल ५२ करोड २३ लाख रुपैयाँ छ। बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल छ।