महालक्ष्मी विकास बैंकले वैदेशिक रोजगारबाट फर्केका नेपालीको हकमा आर्कषक ब्याजदरमा नव उद्यम कर्जा सञ्चालनमा ल्याएको छ । वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुसँग व्यवसाय सञ्चालन गर्न आवश्यक सीप, अनुभव र केही रकम बचत समेत हुने तर पर्याप्त लगानीको अभावको कारणले आफुले चाहेको व्यवसाय गर्नबाट वञ्चित व्यक्तिहरुलाई लक्षित गर्दै नव उद्यम कर्जा सञ्चालनमा ल्याएको हो ।
कृषि, ब्यापार, सेवा तथा उत्पादनमा आधारित विभिन्न व्यवसाय सञ्चालन गरी उद्यमशीलता विकास गर्न सकिने अभिप्रायका साथ सञ्चालनमा ल्याइएको यस्तो कर्जा प्रतिस्पर्धी व्याजदरमा उपलब्ध गराइनेछ ।
यस प्रकारको कर्जामा १० लाखदेखी १ करोडसम्म सीमा रहने छ । कर्जाको अवधी न्यूनतम २ वर्ष देखी अधिकतम १५ वर्ष सम्म रहनेछ । यो कर्जा स्कीमबाट नेपाल फर्र्किएका युवाहलाई आत्मनिर्भर बनाउन, स्वदेशमै रोजगारी सिर्जना गर्न, उद्यमशिलता विकास गर्न, विप्रेषण मार्फत आउने रकमको सही सदुपयोग गर्न तथा समग्र देशको आर्थिक विकासमा टेवा पु¥याउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । नेपाल मै रहेका व्यतिmहरुले समेत साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालन तथा विस्तार गर्न विभिन्न कर्जा शिर्षक अन्तर्गत यस्तो सुविधा उपभोग गर्न सक्नेछन् ।
‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३१ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर करिब ८ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् ।
हातमा कालोपट्टी बाँधेर विरोध जनाउँदै कर्मचारी
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का कर्मचारीले आन्दोलन जारी रहेको बताएका छन्। बिहीबार नेप्सेका कर्मचारीले हातमा बिरोधस्वरुप कालोपट्टी बाँधेका छन् भने भित्तामा आन्दोलन जारी रहेको पम्प्लेट टाँसेका छन् । उनीहरुले ‘हाम्रो आन्दोलन जारी छ, अध्यक्ष हेमन्त बस्याल, सीईओ चुडामणी चापागाईं’ लेखेर भित्तामा टाँसेका छन् । उनीहरुले टाँसेको पम्प्लेटमा नेप्से कर्मचारी संघ लेखिएको छ ।
नेप्सेको सञ्चालक समितिले श्रम अदातलको आदेश विपरित निर्णय गरेको भन्दै कर्मचारीहरु केही दिन यता आन्दोलनमा छन् ।
मंगलबार राति मात्रै कर्मचारीले कार्यालमा थुनेर राखेपछि नेप्सेका अध्यक्ष, सीईओसहितका उच्च तहका पदाधिकारीलाई मध्य रातमा प्रहरीले उद्धार गरेको थियो ।
आन्दोलनमा उत्रिएका कर्मचारीहरूले नेप्सेका अध्यक्ष, सीईओ र कम्पनी सचिव सहितका पदाधिकारीलाई मध्य रातसम्म कार्यालयमै थुनेर राखेपछि प्रहरीले उद्धार गरेको थियो ।
राति १ बजे नेपाल प्रहरीले रेस्क्यु गरेर उनीहरूलाई घर पुर्याएको थियो । नेप्सेका कर्मचारी युनियनले श्रम अदालतमा नाफाबाट कर्मचारीले बोनस पाउनुपर्ने भन्दै दिएको निवेदनमा बोनस दिन आदेश दिएको थियो ।
तर, श्रम अदालतको आदेश विपरित नेप्से सञ्चालक समितिले कर्मचारीलाई बोनस नदिने निर्णय गरेपछि आन्दोलित हुन बाध्य भएको उनीहरू बताउँछन् ।
सहुलियत घोषणा गर्दै राष्ट्र बैंकः किस्ता तिर्ने म्याद थप
नेपाल राष्ट्र बैंकले जेनजी आन्दोलनबाट क्षति पुगेका व्यवसायका लागि सहुलियत घोषणा गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकले सरकारले घोषणा गरेबमोजिम किस्ता तिर्ने म्याद थप गर्ने, ०.५ प्रतिशत प्रिमियममै कर्जा उपलब्ध गराउने र सवारी साधन किन्न ८० प्रतिशतसम्म ऋण दिने व्यवस्था ल्याउन लागेको हो । राष्ट्र बैंकले आजभोलि नै परिपत्र गरेर यस्तो व्यवस्था गर्न लागेको स्रोतले बतायो ।
जसअनुसार जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योगी, व्यापारिक तथा व्यावसायिक प्रतिष्ठानका ऋणीले तिर्नुपर्ने साँवा तथा व्याजको भुक्तानी गर्नुपर्ने अवधि थप गरिनेछ । यसैगरी जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रभावित उद्योगी, व्यापारिक, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनस्र्थापना गरी सञ्चालन गर्न आधार दरमा बढीमा ०.५ प्रतिशत मात्र प्रिमियम थप गरी सहुलियत दरमा कर्जा उपलब्ध गराइनेछ । यी राहत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामार्फत् उपलब्ध गराउनेछ ।
यता सवारी साधन किन्न पनि बैंकबाट मूल्यको ८० प्रतिशतसम्म ऋण पाइने भएको छ । हाल सवारीसाधन किन्न ६० प्रतिशतमात्र कर्जा पाइन्छ । जेनजी आन्दोलनबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिहरुमा व्यावसायिक रूपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधनको क्षति भइ नयाँ खरिद गर्नुपर्ने भएमा बैंक कर्जामा कर्जा मूल्य अनुपात (लोन टु भ्यालु रेसियो) कम्तिमा ८० प्रतिशत हुने व्यवस्था राष्ट्र बैंकले मिलाउने भएको छ ।
यसैगरी कर्मचारीको रोजगारी सुनिश्चित गर्न राष्ट्र बैंकले पेरोल प्रोटेक्सन स्किम ल्याउँदै छ । जसअनुसार बैंकिङ प्रणालीमार्फत पारिश्रमिक उपलब्ध गराउने भएमा आधार दरमा बढीमा ०.५ प्रतिशत मात्र प्रिमियम थप गरी कर्जा दिइनेछ । सो कर्जामा राष्ट्रिय पुनर्निर्माण कोषबाट ६ महिनाको लागि २ प्रतिशत अनुदान उपलब्ध गराउने सरकारले घोषणा गरिसकेको छ ।
ओलीसहित शीर्ष नेताहरूको पासपोर्ट रोक्काको तयारी
सरकारले प्रमुख दलका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी थालेको छ । जेनजी आन्दोलनको दमनमा संलग्न भएकाहरू र भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दायरामा परेकाहरूमाथि यस्तो कदम चाल्नेबारे छलफल भएको स्रोतको भनाइ छ । सुशीला कार्की नेतृत्वको सरकारले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूलाई पासपोर्ट रोक्कासहित कानुनी दायरामा ल्याउने तयारी गरेको हो ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकको पासपोर्ट रोक्का गर्ने र कांग्रेस सभापति शेरबहादुर देउवा तथा उनकी पत्नी आरजु राणा देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत माथि सुक्ष्म निगरानी गरिने स्रोतको दाबी छ । तर हालसम्म भने कसैको राहदानी आधिकारिक रूपमा रोकिएको छैन ।
यसबीच, कांग्रेस सभापति देउवा र उनकी पत्नी आरजुले असोज ३ गते नयाँ राहदानी निकालेको पाइएको स्रोतको दाबी छ । भदौ २४ मा बुढानीलकण्ठस्थित देउवा निवासमा तोडफोड र आगजनी हुँदा पासपोर्ट जलेको वा हराएको अनुमान गरिएको थियो । त्यसपछि नयाँ पासपोर्ट प्राप्त गरेलगत्तै उनीहरूको पासपोर्टमा थाइल्यान्डको भिसा पनि लागेको दाबी गरिएको छ ।
सरकार यसबारे सतर्क बनेको र पासपोर्ट रोक्का गर्ने विषयमा गृहकार्य भइरहेको स्रोतको दाबी छ । यता सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानमन्त्री देउवा, उनकी पत्नी आरजु राणा देउवा, निवर्तमान ऊर्जा मन्त्री दीपक खड्का, माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सम्पत्तिमाथि अनुसन्धान सुरु गरेको छ । विभागले आगजनीग्रस्त देउवा, प्रचण्ड र खड्का निवासमा पुगेर मुचुल्का उठाएको थियो । त्यहाँबाट भेटिएका पैसाका टुक्रा, खरानी र भिडियो सामग्री नेपाल प्रहरीको फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइएको स्रोतको दाबी छ । जेनजी आन्दोलनका क्रममा घर आगजनी हुँदा उनीहरूको घरमा ठूलो धनराशी फेला परेको भिडियो सार्वजनिक भएपछि विभागले अनुसन्धान थालेको हो ।
देउवा दम्पत्तीमाथि गैरकानुनी सम्पत्ति आर्जन, पदको दुरुपयोग र भूमिगत गिरोहसँग सम्बन्ध रहेको आरोप लाग्दै आएको छ । त्यस्तै निवर्तमान ऊर्जामन्त्री खड्कामाथि पनि पदको दुरुपयोग गरी स्वार्थ जोडिएको काम गरेको आरोप लाग्ने गरेको छ । माओवादी केन्द्रका अध्यक्षमाथि पनि क्यान्टोन्मेन्ट लगायतका घोटालाको आरोप लाग्दै आएको छ ।
सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुनअनुसार, गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको प्रमाण भेटिए भ्रष्टाचारको मुद्दा चलाउन सकिने व्यवस्था छ । यदि प्रमाण भेटिएन भने पनि गैरकानुनी सम्पत्तिको फाइल अख्तियारमा पठाइनेछ।
अहिलेको अवस्थामा देउवा दम्पती र अन्य नेताहरूले सम्पत्तिको वैध स्रोत पुष्टि गर्न नसके कानुनी फन्दामा पर्ने सम्भावना बढेको देखिन्छ । राहदानी रोक्काको तयारी र सम्पत्ति शुद्धीकरण छानबिन दुवै प्रक्रियाले राजनीतिक वृत्तमा तरंग ल्याएको छ।
यसैबीच माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दलका नेतालाई भ्रष्टाचार छानबिनका नाममा जेल हाल्ने चलखेल हुन सक्ने दाबी गरेका छन् ।
‘विभिन्न बहानामा अराजकता फैलाउने, संविधान खारेज गर्ने, अन्तरिम संविधान जारी गर्ने, लोकतान्त्रिक दलका नेता तथा कार्यकर्ताहरुलाई भ्रष्टाचार छानबिनका नाममा जेल हाल्ने, लोकतान्त्रिक राजनीतिक दलहरुलाई प्रतिबन्ध लगाउने र आफू अनुकूल निर्वाचन र परिणामबाट आफ्नो कठ्पुतली पात्रमार्फत् स्वार्थ सिद्ध गर्ने प्रतिगामी तथा प्रतिक्रियावादी चलखेलहरु बाँकी नै रहेका छन्,’ पार्टीको केन्द्रीय समिति बैठकमा पेश गरेको संक्षिप्त राजनीतिक तथा संगठनात्मक प्रस्तावा प्रचण्डले भनेका छन्।
बैंकहरुलाई एक वर्षभन्दा कम अवधिका लागि पनि सेयर कारोबार गर्न दिन कार्यदलको सुझाव
बैंक तथा वित्तीय संस्थाहरूले सूचीकृत संगठित संस्थाको सेयर तथा ऋणपत्रमा एक बर्षभन्दा बढी अवधिका लागि मात्र लगानी गर्न पाउने व्यवस्था खारेज गर्न सुझाव दिइएको छ।
अर्थमन्त्री रामेश्वर खनालले सेयर बजारमा सुधारका लागि गठन गरेको कार्यदलले बैंकहरुलाई एक वर्षभन्दा कम अवधिका लागि पनि सेयर कारोबार गर्न दिन सुझाव दिएको हो।
‘बैंक तथा वित्तीय संस्थाहरूले सूचीकृत संगठित संस्थाको सेयर तथा ऋणपत्रमा एक बर्षभन्दा बढी अवधिका लागि मात्र लगानी गर्न पाउने व्यवस्था खारेज गर्ने,’ कार्यदलको सुझाव छ।
खनालले असोज ३ गते नेपाल धितोपत्र बोर्ड(सेबोन)का कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा कार्यदल गठन गरेका थिए।
पहिले बैंक खाता निधो गरौं, अनि मात्रै पैसा पठाऔंः राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालमार्फत हुने ठगीबाट सचेत रहन सबैलाई आग्रह गरेको छ । पछिल्लो समय मेसेन्जर ह्याक गरेर पैसा माग्ने प्रवृत्ति बढेपछि केन्द्रीय बैंकले एक भिडियो सन्देश जारी गर्दै सावधानी अपनाउन सुझाव दिएको हो ।
भिडियोमा दुई दाजुभाइ कफी पिइरहेका बेला एक साथीको मेसेन्जरबाट पैसा आवश्यक परेको भन्दै मेसेज आउँछ । तर, रकम पठाउन खोज्दा बैंक खातामा अर्कैको नाम देखिएपछि उनीहरूले शंका गर्छन् । भाइले तुरुन्तै फोन गरेर सोधपुछ गर्दा साथीले आफूले पैसा नमागेको स्पष्ट पार्छन् ।
राष्ट्र बैंकले यसरी देखाइएको दृश्यमार्फत पैसा पठाउनु अघि अनिवार्य रूपमा फोन वा प्रत्यक्ष सम्पर्क गरेर निधो गर्नु आवश्यक रहेको सन्देश दिएको छ ।
सन्देशमा भनिएको छ,“हामी सबैले यस्ता घटनाबारे सुनेका छौं तर साथी–भाइ वा आफन्तले पैसा मागे भन्दैमा केही नसोची पैसा पठाउने प्रवृत्ति रोक्नुपर्छ। अबदेखि फोन गरेर बुझौं, निधो गरौं अनि मात्रै पैसा पठाऔं।”
दशैंको दिनबाहेक सार्वजनिक बिदामा बैंक खुला रहने
दशैंको दिन बाहेक अन्य सार्वजनिक बिदामा बैंक र भन्सार खुला राखिने भएको छ। अर्थ मन्त्रालयले मंगलबार निजी क्षेत्रका प्रतिनिधिसँग गरेको छलफलमा अर्थसचिव घनश्याम उपाध्यायले यस्तो जानकारी दिएका हुन्।
उनका अनुसार आयात–निर्यात र वित्तीय कारोबारमा अवरोध नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था मिलाइएको हो। उपाध्यायले हालैको पहिरोका कारण अवरुद्ध तातोपानी नाका खुलाउन सरकार गम्भीर रहेको पनि बताए।
मंगलबार अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा मन्त्रालयमा उद्योगी तथा व्यवसायीहरूसँग विस्तृत छलफल भएको थियो। छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, नेपाल अटो डिलर्स एसोसिएसन, चौधरी ग्रुप र भाटभटेनी ग्रुपलगायतका प्रतिनिधिहरू सहभागी थिए।
उद्योगी तथा व्यवसायीहरूले कर सहुलियत, सहुलियतपूर्ण कर्जा, बीमा रकमको शीघ्र भुक्तानी लगायतका माग राखेका थिए। जवाफमा अर्थमन्त्री खनालले व्यापार तथा उद्योग क्षेत्रलाई सहजीकरण गर्ने उद्देश्यले सरकार एकीकृत व्यापार पुनरुत्थान योजना ल्याउन लागेको बताए। “कर नीति र मौद्रिक नीतिबाट दिन सकिने सहुलियतका लागि सरकार सकारात्मक छ,” उनले आश्वासन दिए।
दशैंमा नयाँ नोट नहुँदा खल्लो
दशैं नजिकिँदै गर्दा नेपाली बजार, बैंक, पसल र सडकहरू चहलपहलले भरिएको छ । पसलमा भिड छ । दशैंको यो माहोलसँगै दाजुभाइ–दिदीबहिनीलाई दक्षिणा दिने परम्परा अझै नेपाली समाजमा निकै महत्व राख्छ । यस क्रममा चम्किला नयाँ नोटको स्थान फरक नै हुन्छ ।
नयाँ नोट केवल पैसाको मूल्यको प्रतिक मात्र होइन, यो चाडपर्वको रमाइलो, सम्मान र समृद्धिको पनि प्रतिक पनि हो । बच्चाहरू र युवा पुस्ता दक्षिणा पाउँदा नयाँ नोट हेरेर खुसी हुने गर्छन् । यसले चाडपर्वको उत्साहलाई प्रगाढ बनाउँछ । तर पछिल्ला दुई वर्षदेखि त्यो परम्परा थोरै भत्किएको छ । राष्ट्र बैंकले नयाँ नोट वितरण नगरी सुकिला नोट वितरण गर्दै आएको छ । यसले दशैंको रमाइलो र उत्सवमा खल्लोपन ल्याएको अनुभव धेरैले गरेका छन् ।
सुकिला नोटले व्यवहारिक आवश्यकता त पूरा गरेको छ, तर सांस्कृतिक र मनोवैज्ञानिक दृष्टिले त्यो चमक र आनन्दको कमी देखिन्छ । नयाँ नोट दशैंको समय केवल दक्षिणाको लागि मात्र नभइ सम्पूर्ण उत्सवको प्रतिक हो । चम्किला नोटले सामाजिक सम्मान र पवित्रता दिने गर्छ । यसै कारण दशैंको विशेष दिनमा मानिसहरू नयाँ नोट पाउने आशा राख्छन् ।
पुराना नोट दिनु भन्दा नयाँ नोट दिने संस्कारले दुवै पक्षमा उत्साह थप्ने गर्छ । बच्चा र युवा पुस्ताले नयाँ नोटको प्रतिक्षा गर्दा रमाइलो अनुभूति हुन्छ । तर सुकिला नोट मात्र हुँदा त्यो उत्साह कम हुने गरेको अनुभव धेरैले गरेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार नयाँ नोट छाप्ने परम्परा केही वर्षयता रोकिएको छ । यसको मुख्य कारणहरू आर्थिक र सुरक्षा सम्बन्धी छन् । नयाँ नोट छाप्न विदेशी मुद्रण कम्पनीमा अर्डर दिनुपर्छ, जसमा ठूलो परिमाणमा विदेशी मुद्रा खर्च हुन्छ । त्यसैगरी, नोटमा सुरक्षा विशेषता (धबतभचmबचप, जययिनचबm, अययिच कजषतष्लन ष्लप) थप्दा लागत अझ बढ्छ । यसै कारण विगतका केही वर्षदेखि राष्ट्र बैंकले नयाँ नोट छपाइमा सीमितता राखेको छ । यसबाहेक बजारमा चल्तीमा रहेका नोट पर्याप्त भएकाले पुराना नोटलाई सफा गरेर पुनः वितरण गर्ने नीति अपनाइएको छ ।
नोटको छपाइ लागत नोटको दरअनुसार फरक हुन्छ । उदाहरणका लागि, ५०० दरको नोट छाप्न प्रति नोट करिब ६ रुपैयाँ ६८ पैसा खर्च हुन्छ, जुन सबैभन्दा महंगो हो। १००० दरको नोटमा प्रति नोट ३ रुपैयाँ ३७ पैसा, १०० दरको नोटमा २ रुपैयाँ ९९ पैसा, ५० दरको नोटमा २ रुपैयाँ ६७ पैसा, २० दरको नोटमा १ रुपैयाँ ७३ पैसा, १० दरको नोटमा १ रुपैयाँ ४० पैसा र ५ दरको नोटमा १ रुपैयाँ ६८ पैसा खर्च हुन्छ। यसरी नोटको दर र सुरक्षा विशेषताले छपाइ लागत फरक पर्छ ।
साना दरका नोट छोटो समयमै बिग्रिन्छन् । राष्ट्र बैंकका अनुसार, ठूला नोट जस्तै ५०० र १००० को आयु करिब चार वर्षसम्म रहन्छ भने साना दरका नोटको आयु दुई–दुई वर्षभन्दा अलिक बढी मात्र हुन्छ । नोट झुत्रिने कारणहरूमा मासु काट्ने हातले कारोबार गर्नु, चाडपर्वमा पूजा गर्दा रङ वा पानीले भिजाउनु, गाडीमा भाडा राख्दा नोट भाँच्चिनु र अन्य दैनिक प्रयोगका कारणहरू पर्दछन्। यसरी नोट छिटो बिग्रिनुले नयाँ नोटको आवश्यकता बारम्बार देखिन्छ ।
नयाँ नोट नपाउँदा सर्वसाधारण र व्यापारी दुवै प्रभावित भएका छन्। बैंकमा नयाँ नोट लिन जाने क्रम पहिले लामो लाइन लाग्ने गथ्र्यो, अहिले त्यो कम भएको छ। ग्राहकले नयाँ नोट खोज्दा धेरै असजिलो महसुस गर्छन्। पसल र बजारमा पनि सुकिला नोट उपलब्ध नभएपछि व्यापारीले ग्राहकलाई आवश्यक नयाँ नोट दिन सक्दैनन्।
यसले दशैंको परम्परागत उत्साहलाई केही खल्लोपन बनाएको छ। मानिसहरू पुराना वा च्यातिएका नोट पाएर दक्षिणा दिने संस्कारमा कमी आएको अनुभव गरेका छन्। दशैंमा नयाँ नोट नपाउँदा मनोवैज्ञानिक असर पनि परेका छन्। चम्किला नयाँ नोटको प्रतीक्षा गर्ने परम्परा युवा पुस्तामा पनि जीवित छ। तर सुकिला नोट मात्र हुँदा त्यो अनुभव कम हुन्छ। यसले चाडपर्वमा उत्सवको प्रतीकात्मकता कम भएको अनुभव दिन्छ। बच्चाहरू नयाँ नोट पाउँदा रमाउँथे, तर सुकिला नोटले त्यो उत्साह पुरा गर्न सक्दैन।
साथै, पछिल्लो समय डिजिटल कारोबार तीव्र रूपमा बढेको छ। मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्युआर कोड, डिजिटल वालेट (जस्तैः खल्ती, आइ–सेवा, आइएमई पे) को प्रयोगले नगदको आवश्यकता कम गरेको छ। तर चाडपर्वमा भने डिजिटल माध्यमबाट दक्षिणा दिने संस्कार अझै प्रचलनमा आएको छैन।
पुरानो पुस्ता हातमा नोट पाएर मात्र दक्षिणा दिनुको महत्व मान्ने भएकाले डिजिटल विकल्प पूर्ण रूपले स्वीकारिएको छैन। यसले देखाउँछ कि डिजिटल कारोबारले सहजता त दिन्छ, तर सांस्कृतिक परम्परालाई पूर्ण रूपले प्रतिस्थापन गर्न सक्दैन।
राष्ट्र बैंकले आगामी दशैं अघिमा सीमित मात्रामा नयाँ नोट छाप्ने सम्भावना भने देखिएको छ । यसका साथै पुराना नोटलाई आकर्षक बनाउन, सुरक्षा विशेषता थप्न र पुनः वितरण गर्न सकिने रणनीति बनाइरहेको छ। डिजिटल दक्षिणा अभियान सुरु गरेर नयाँ पुस्तालाई यसमा परिचित गराउने र जनचेतना कार्यक्रममार्फत पुराना नोटलाई पनि सम्मानपूर्वक दिने संस्कृतिलाई प्रोत्साहित गर्ने उपायहरू अघि सारिएका छन्।
नेपालमा नयाँ नोट छाप्ने इतिहास लामो छ । नेपाल राष्ट्र बैंक स्थापना भएलगत्तै १९५९ सालदेखि आफ्नो नोट प्रचलनमा आएको थियो। सुरुमा भारतीय रिजर्भ बैंकमार्फत छापिएका नोट पछि नेपालले विदेशी मुद्रण कम्पनीहरूमार्फत आफ्नै डिजाइनका नोट छाप्न थालेको हो। १९९० दशकदेखि बेलायत, जर्मनी, फ्रान्स र भारतका मुद्रण कम्पनीमार्फत नियमित रूपमा नयाँ नोट छापिन थालेको थियो। तर पछिल्ला वर्षमा यो क्रम अवरुद्ध भएको छ।
नोट छपाइको खर्च हरेक वर्ष ठूलो हुन्छ। विगतका वर्षमा नयाँ नोट बजारमा पठाइए पनि धेरै नोट चाँडै झुत्रिने गरेकाले राष्ट्र बैंकले वार्षिक रूपमा ४०–५० अर्ब रुपैयाँ बराबरका नोट नष्ट गर्नुपरिरहेको छ। यस कारण, प्रत्येक वर्ष करिब साढे दुई अर्ब रुपैयाँ खर्च विदेश जान्छ। राष्ट्र बैंकले नोट छपाइका लागि ग्लोबल टेन्डरमार्फत विदेशी कम्पनीहरूमार्फत अर्डर दिन्छ।
नोटको आयु र यसको चाँडै बिग्रिनुको कारणले नयाँ नोटको माग दशैंमा विशेष रूपमा देखिन्छ। ठूला नोट ४ वर्षसम्म चल्छन् भने साना नोट २–२.५ वर्षमा बिग्रन्छन्। मासु काट्ने हातले कारोबार गर्नु, गाडीमा भाडा राख्दा नोट भाँच्चिनु, पूजा गर्दा रङ वा पानीमा भिजाउनु जस्ता कारणले नोट झुत्रिन्छ। डिजिटल कारोबारको बढ्दो प्रभावले नगदको आवश्यकता घटाए पनि दशैंमा हातमा नोट पाउनु अझै महत्व राख्छ।
नयाँ नोट नपाउँदा सामाजिक असर पनि परेको छ। पुराना नोट दिँदा दशैंको प्रतीकात्मकता कम हुन्छ। बैंक कर्मचारी, व्यापारी र साधारण उपभोक्तालाई केही असुविधा भएको छ। बैंकमा भिड कम भएको छ भने ग्राहकले नयाँ नोट खोज्दा असजिलो महसुस गर्छन्। पसल र बजारमा पनि सुकिला नोट नपाउँदा व्यापारीले ग्राहकलाई नयाँ नोट उपलब्ध गराउन सक्दैनन्।
डिजिटल दक्षिणा अझै पूर्ण रूपमा प्रचलित छैन। नयाँ पुस्ता डिजिटल भुक्तानीमा सहज भए पनि पुरानो पुस्ता अझै हातमा नोट पाएर मात्र दसैंको महत्व अनुभव गर्छ। यसरी डिजिटल कारोबारले सहजता ल्याए पनि सुकिला नोटको सांस्कृतिक महत्त्व अझै कायम छ।
यसरी, दशैंमा नयाँ नोटको चमक हराए पनि सांस्कृतिक मूल्य अझै नेपाली मनमा जीवित छ। सुकिला नोटले व्यवहारिक आवश्यकता पूरा गरेको छ भने पनि दशैंको प्रतीकात्मकता र उत्सवको रमाइलो अझै केही कमी महसुस भएको छ । भविष्यमा सीमित मात्रामा नयाँ नोट वितरण र डिजिटल दक्षिणा अभियानमार्फत यो खल्लोपन कम गर्ने सम्भावना छ।
दशैंको पर्व केवल आर्थिक कारोबारको माध्यम मात्र होइन, यो समाज, संस्कार र संस्कृति जोगाउने अवसर पनि हो। नयाँ नोट नपाए पनि, परम्परागत अभ्यास, सामाजिक सम्मान र उत्सवको भावना अझै नेपाली मनमा जीवित छन्।
अब अनलाइन सञ्चारमाध्यम दर्ता सूचना विभागबाटै हुने
सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता सूचना तथा प्रशारण विभागबाटै हुने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए ।
‘छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन २०४८ बमोजिम अनलाइन सञ्चार माध्यम दर्ता गर्ने प्रयोजनका लागि सूचना तथा प्रशारण विभागका महानिर्देशकलाई स्थानीय अधिकारीको रुपमा तोक्ने निर्णय भएको छ,’ सञ्चारमन्त्री खरेलले भने ।
यसको मतलब अब अनलाइन दर्ता तथा नवीकरण जिल्ला प्रशासन कार्यालयबाट गर्नुपर्ने छैन
नारायणी विकास बैंक राष्ट्र बैंकले हस्तक्षेप गर्दै, सिइओद्वारा राजीनामा, खराब कर्जा ५१ प्रतिशत माथीः राजनीतिक नेतृत्वले संरक्षण गरेको खुलासा !
नारायणी विकास बैंक यति बेला संकटमा मात्रै फसेको छैन । नेपाल राष्ट्र बैंकले हस्तक्षेप गर्ने तयारी गरिरहेको खुलासा भएको छ । खराब कर्जा ५१ प्रतिशत माथी पुगेसंगै राष्ट्र बैंकको टोली आकस्मीक निरिक्षणमा पुगेको छ भन्दा अब फरक पर्दैन । तत्कालीन राष्ट्र बैंकका एमाले गभर्नर महाप्रसाद अधिकारीले नारायणी विकास बैंकको नेतृत्व र सञ्चालक समितिलाई राजनीतिकरुपमा संरक्षण गरेकै कारण यति बेला यो बैंक तहसनहस भएको हो भन्दा फरक पर्दैन । अर्थमन्त्रीज्यू हेक्का होस् । नेपाली जनताको रगत र पसिनाबाट जम्मा भएको डिपोजिटमा बैंक नेतृत्वले लुट मच्चाए पनि तत्कालीन गभर्नर अधिकारीले आँखा चिम्लेकै कारण नारायणी विकास बैंक डुबेको एक राष्ट्र बैंकका एक डिपुटी गभर्नरले पंक्तिकारसंग दाबी गरे ।
नारायणी डेभलपमेन्ट बैंकको २०७९ असार ८ गते सम्पन्न विशेष साधारण सभाले चुक्ता पुँजी २६ करोड २४ लाख ६७ हजार ६ सय रुपैयाँको १ः१ अनुपात अर्थात् १ सय प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्याे । सेयरधनीहरूको भेलाबाट पारित भएको २ महिनापछि बिक्रीका लागि अनुमति माग्दै बैंक २०७९ भदौमा नेपाल धितोपत्र बोर्ड (सेबोन) पुग्यो । तर, सेबोनले १७ महिनापछि अर्थात् विसं २०८० पुस १९ गते मात्रै बैंकलाई हकप्रद सेयर जारी गर्न अनुमति दिएको देखिन्छ । बोर्डबाट अनुमति पाएको २ महिनाभित्र हकप्रद सेयर बिक्री गरिसक्नुपर्ने व्यवस्था छ । तर, बैंकले हकप्रद सेयर समयमै सेयर जारी गर्न सकेन । किनभने बैंकका आधारभूत सेयरधनीहरूले समयमै सेयरको हक बराबरको रकम जम्मा गरेनन् । सेयर बिक्रीका लागि आह्वान गर्नुपूर्व आधारभूत सेयरधनीहरूको नाममा कायम रहेको सेयरको हक बराबरको रकम जम्मा गर्नुपर्ने हुन्छ । तर, आधारभूत सेयरधनीहरूले समयमै रकम जम्मा नगर्दा बैंकको हकप्रद सेयर स्थगित भएको भेटिएको छ ।
त्यसपछि बैंकले पुनः हकप्रद सेयर बिक्रीका लागि २०८१ चैत १२ गते सेबोनमा फेरि आवेदन दियो । तर, सेबोनले विसं २०८२ जेठ १ गते पत्राचार गर्दै हालसम्म बैंकको वित्तीय लगायत अन्य विवरणमा भएका परिवर्तनसहित पुनः निवेदन पेश गर्न निर्देशन दियो । जेठ ७ गते पुनः आवेदन पेस गरेको बैंकलाई भदौ १५ गते सेबोनबाट हकप्रद सेयर जारी गर्न अनुमति दियो । बैंकले असोज २ गतेदेखि प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर बिक्रीमा राखेको छ ।समस्याग्रस्त सूचीबाट फुकुवा हुँदा र विसं २०८१ फागुन २० गते राष्ट्र बैंकले दिएको निर्देशन बमोजिम न्यूनतम चुक्ता पुँजी र पुँजी कोष पर्याप्तता कायम गर्न बैंकले हकप्रद सेयर जारी गर्नुपर्ने बाध्यता छ । सोही कारण बैंक ४ वर्षअघिको प्रस्तावलाई कार्यान्वयन गरिरहेको छ । तर, यसबीचमा आधारभूत सेयरधनीको असहयोग र सेबोनबाट अनुमति दिन ढिलाइ भएका कारण राष्ट्र बैंकको निर्देशन लागू गर्न सकेको थिएन । भन्दा फरक पर्दैन ।
चुक्ता पुँजी २६ करोड २४ लाख ६७ हजार रुपैयाँ रहेको यस बैंकमा २०८२ असारसम्ममा निक्षेप ४४ करोड ९६ लाख ७५ हजार रुपैयाँ र कर्जा लगानी ३३ करोड ३० लाख ८६ हजार रुपैयाँ रहेको छ । तर, निष्क्रिय कर्जाको अनुपात (एनपीएल) ५०.९७ प्रतिशत छ भने प्राथमिक पुँजी कोष ७.८४ प्रतिशत ऋणात्मक छ । बैंकको सञ्चित नोक्सानी ४५ करोड ३९ लाख २१ हजार रुपैयाँ देखिन्छ । समस्याग्रस्त अवस्थाबाट फुकुवा हुँदा निक्षेप संकलनमा लगाइएको सीमा, अर्थतन्त्रमा देखिएका समस्याबाट परेको असरले कर्जा असुलीमा देखिएका समस्या, बैंकले कायम गर्नुपर्ने न्यूनतम् चुक्ता पुँजीको अभावको कारणले पुँजी कोष नकारात्मक हुन गई व्यावसायिक विकास तथा विस्तार हुन नपाउनु, प्रारम्भिक रूपमा बैंकले गरेको पुँजीगत खर्च, कर्जा लगानी गर्ने अवस्था नरहेकोले ब्याज आम्दानीमा कमी आउनु, सञ्चालन खर्च यथावत् रहिरहनु लगायत कारणले बैंकको नाफामा नकारात्मक असर परेको भेटिएको छ ।
फेरि चौथो पटक हकप्रद सेयर बैंकले निकालेको भेटिएको छ । विसं २०५८ असोज १२ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता साबिक नारायणी औद्योगिक विकास बैंक (हाल नारायणी डेभलपमेन्ट बैंक)ले विसं सोही वर्षको असोज ३० गते राष्ट्र बैंकबाट ‘ख’ वर्गको विकास बैंकका रुपमा वित्तीय कारोबार सञ्चालन गर्न अनुमति पाएको थियो । साथै, कात्तिक १ गतेदेखि कारोबार सञ्चालन सुरु गरेको हो। १२ वर्षपछि २०७० चैत २७ गते राष्ट्र बैंकले समस्याग्रस्त वित्तीय संस्था घोषणा गरेको थियो । राष्ट्र बैंकले ७ वर्षपछि अर्थात् विसं २०७७ साउन २१ गते मात्रै समस्याग्रस्त संस्थाको सूचीबाट हटाएको देखिन्छ ।
बैंकले हालसम्म ४ पटक हकप्रद सेयर जारी गरिसकेको छ । आर्थिक वर्ष २०६१÷६२ मा १ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले २०६३ मा सर्वसाधारणलाई ३० प्रतिशत आईपीओ जारी गरेर २ करोड रुपैयाँ पुँजी पुर्याएको थियो । आईपीओ जारी पश्चात् छैठौं वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस र ४० प्रतिशत हकप्रद सेयर जारी गरेर बैंकले ३ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी पुर्याएको थियो । त्यसपछि बैंकको आठौं वार्षिक साधारण सभाबाट २५ प्रतिशत र नवौं वार्षिक साधारण सभाले ५० प्रतिशत बोनस वितरण गरेर ६ करोड ५६ लाख २५ हजार रुपैयाँ पुँजी पुर्यायो । बैंकको १८औँ वार्षिक साधारण सभाबाट पारित गरेर १ सय प्रतिशत हकप्रद जारी गरेर १३ करोड १२ लाख रुपैयाँ पुँजी पुर्याएको बैंकले १९औँ वार्षिक साधारण सभाबाट फेरि हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेर चुक्ता पुँजी २६ करोड २४ लाख ६७ हजार रुपैयाँ पुर्याएको छ । हाल कायम चुक्ता पुँजीको सत प्रतिशत हकप्रद सेयर बिक्री खुला गरिरहेको छ । भन्दा फरक पर्दैन ।
विसं २०८० भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले असोज ८ गतेदेखि लागू हुने गरी विष्णु रेग्मीलाई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गर्याे । तर, स्वास्थ्य अवस्थाका कारण थप काम गर्न असमर्थ रहेको भन्दै रेग्मीले गत भदौ २० गते राजीनामा बुझाए । भदौ २८ गते बसेको सञ्चालक समितिले भदौ ३० गतेदेखि लागू हुने गरी रेग्मीको राजीनामा स्वीकृत गर्याे । बाह्य रुपमा स्वास्थ्य समस्यालाई कारण देखाए पनि सञ्चालक समितिले काम गर्ने वातावरण नबनाउँदा रेग्मीले सीईओ पदबाट राजीनामा बुझाएको देखिन्छ ।
‘रेग्मी सीईओ बन्दा ४८ करोड रुपैयाँ भन्दा बढी ऋण प्रवाह भएको थियो । रेग्मीले करिब ३० करोड रुपैयाँ ऋण असुली गर्नु भयो । अझै १८÷२० करोड रुपैयाँ कर्जा लगानी छ । त्यो ऋण उठ्नै नसक्ने छ,’ बैंक स्रोतले भने, ‘५० प्रतिशत खराब कर्जा छ । विगतमा दिएका कर्जाहरू सबै बिग्रिएका छन् । त्यो समाधान नै हुँदैन ।’ स्रोतका अनुसार रेग्मी सीईओ हुँदा आन्तरिक रूपमा बैंक लाइनमा आउँदै थियो । तर, केही कर्जा असुल नै हुन नसक्ने अवस्थाको रहेको र बैंकको समस्या समाधान हुने छाँटकाँट नदेखेपछि राजीनामा दिएको उनको देखिन्छ ।
‘भोलिका दिनमा कहाँनेर फसिन्छ भन्ने डरले छाडे । कपोलकल्पित संस्थामा कर्जा गएको छ । संस्था छैन, कागज बनाएर कर्जा दिएका छन् । आधिकारिक रुपमा कम्पनी दर्ता भएका छन् । तर, ती कम्पनीले काम नै गर्दैनन् । १० लाख रुपैयाँ पर्ने धितोलाई १ करोड रुपैयाँ भ्यालुएसन गरिएको छ,’ रेग्मीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘राम प्रसादको धितो श्याम प्रसादले, श्याम प्रसादको धितो हरिले, हरिको धितो राम प्रसादले प्रयोग गरेर ऋण लिएका छन् । २÷४ जना समूह बनाएर ऋण लिएर दुरुपयोग भएको छ । तर, ऋण तिर्ने बेलामा एकले अर्काेलाई तिर्छ भनेर आफू पन्छिन खोज्छन् ।’ बैंक स्रोतका अनुसार कर्जा लगानीमा व्यापक बेथिति रहेको छ । ‘डडेल्धुरा, नुवाकोटका मान्छेलाई ऋण दिएको छ । उनीहरूलाई भेट्न कहाँ जाने हो ? न उनीहरूको फोन उठ्छ न गतिलो धितो छ ? सबै ल्याइते धितो राखिएको छ । घुस खाएर लगानी गरेका अधिकांश फाइल भेटिएको छ ।
राष्ट्र बैंकको आकस्मिक निरीक्षण किन ?
बैंकको बढ्दो एनपीएल र पुँजी कोष पर्याप्तता कायम गर्न नसकेकाले राष्ट्र बैंकले हालै आकस्मिक निरीक्षण गरेको छ । स्रोतका अनुसार बैंक झनै समस्यामा पर्न थालेको र सीईओले समेत राजीनामा दिएपछि राष्ट्र बैंकले आकस्मिक निरीक्षण गरेर फर्किएको राष्ट्र बैंक स्रोतको दाबी छ । ‘राष्ट्र बैंकको सरप्राइज अनुगमन टोली आएर फर्किएको छ । नियमित निरीक्षण निरन्तर चलिरहन्छ । तर, यसपटक राष्ट्र बैंकले आकस्मिक निरीक्षण टोली ९/१० दिन बसेर फर्किएको छ । अब राष्ट्र बैंकको रिपोर्ट के आउँछ त्यो भने हेर्न बाँकी छ,’ स्रोतले भन्यो । यो बैंक पनि कर्णाली डेभलपमेन्ट बैंककै बाटोमा पुगेको भेटिएको छ । सचेत भया । (राजतिलक साप्ताहिकबाट साभार गरिएको)
जेन्जी आन्दोलनको चौतर्फी असरः भष्ट्राचारग्रस्त अर्थतन्त्र संकटमा फस्ने खतरा !
जेन्जी आन्दोलनले ठूला दुई पाटी कांग्रेस र एमालेको दुई तिहाई नजिकको सरकारलाई राजिनामा दिन बाध्य बनाएर नयाँ सरकार गठन गरि ६ महिना भित्र चुनाव गर्ने वातावरण तयार गरेपनि भष्ट्राचारग्रष्त अर्थतन्त्र थप संकटमा फसेको छ भन्दा अब चाहि फरक पर्दैन । जेन्जी आन्दोलनले नेपालको अर्थतन्त्र यति खरानी बनेको छ कि २ बर्षको राज्यको बजेट भन्दा बढि क्षति भएको भेटिएको छ । जेन्जी आन्दोलनले सर्वोच्च अदालत, संसद भवन देखि मिडिया, सार्वजनिक सम्पत्ती र व्यक्तिका सम्पत्ती समेत ध्वस्त भएको देखिन्छ । यो नेपालकै इतिहासमा सबैभन्दा ठूलो क्षति मानिन्छ । दुई दिने जेन्जी आन्दोलनले नेपालमा आउने लगानी कमजोर मात्र भएको छैन लगानीको वातावरण वन्न समेत समय लाग्ने देखिन्छ ।
जेनजी आन्दोलनले नेपालको राजनीतिक, सामाजिक संरचना मात्र हल्लाएको छैन, यसको सिधा प्रभाव मुलुकको लगानीको वातावरणमा समेत परेको भेटिएको छ । आन्दोलन पश्चात सार्वजनिक सम्पत्ति, निजी उद्योग र वित्तीय क्षेत्रमाथि भएको आक्रमणले लगानीकर्ताको मनोबल कमजोर बनाएको छ । यसले गर्दा नेपालमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मात्र होइन, आन्तरिक उद्योगी–व्यवसायीले गर्ने लगानी समेत जोखिमपूर्ण बन्दै गएको देखिन्छ ।
नेपालकै आर्थिक विकास र रोजगारी सिर्जनामा ठुलो महत्व राख्ने लगानी वातावरण अहिले सबैभन्दा संवेदनशील मोडमा पुगेको छ । ‘स्थिरता नभएको ठाउँमा लगानी टिक्दैन’ भन्ने तथ्यलाई फेरि एकपटक प्रमाणित गर्दै, आन्दोलनपछिका घटनाले लगानीकर्तालाई सोच्न बाध्य बनाएको हो । भन्दा अब फरक पर्दैन ।

जेनजी आन्दोलनका क्रममा व्यापक तोडफोड, आगजनी र सरकारी–निजी सम्पत्तिमा भएको क्षतिले लगानीमैत्री वातावरण नष्ट भएको छ । ठूला कन्भेन्सन हल, होटल, पसलदेखि बैंकका शाखा कार्यालयसमेत तोडफोड भएका घटनाले मुलुकमा विधिको शासन कमजोर भएको सन्देश बाहिर गएको देखिन्छ । ‘लगानीकर्ताले सर्वप्रथम सुरक्षाको ग्यारेन्टी खोज्छन् । तर आन्दोलनले देखाएको अनिश्चितताले नेपाललाई जोखिमयुक्त गन्तव्यको हो कि भन्ने डर लगानीकर्तामा देखिन्छ ।
हालको अस्थिर परिस्थितिले नेपालको करिब ६१ खर्ब रुपैयाँको अर्थतन्त्रमा आधा जति नोक्सान भएको विश्लेषण गरिदै छ । देशलाई अहिले डुब्न लागेको डुङ्गासँग तुलना गर्दै सबैले मिलेर बचाउनुपर्ने आवश्यकता देखिन्छ । नेपालकै सुस्त र भ्रष्टाचारग्रस्त अर्थतन्त्र आन्दोलनका कारण थप संकटमा परेको देखिन्छ । होटल क्षेत्रमा मात्र करिब २५ अर्ब रुपैयाँको क्षति भएको तथ्य छ । यसपटक भएको क्षति बिमाले धान्न सक्दैन । कोभिड महामारीताका पनि बिमाले भुक्तानी गर्न सकेको थिएन । भन्दा फरक पर्दैन । उद्योग, सम्पदा, सरकारी निकायदेखि मिडिया र न्यायपालिकासम्म असर परेको देखिन्छ । यो क्षति नेपालको दुई वर्ष बराबरको बजेट बराबर हो । अर्थतन्त्र ठप्प हुँदा दैनिक नोक्सानी भइरहेको, रोजगारी गुमिरहेको, गरिबी बढ्ने खतरा र युवा पलायन चुलिने जोखिम बढ्ने प्रस्टै देखिन्छ ।

नेपालका उद्योगी–व्यवसायी लामो समयदेखि राजनीतिक अस्थिरता, कर नीति र प्रशासनिक जटिलताबाट पीडित छन् । आन्दोलनपछिको अवस्थाले उनीहरूको आत्मविश्वास झन् घटाएको छ । नेपाल उद्योग तथा व्यवसायी महासंघले भदौ २३ गतेदेखि सुरु भएको जेन जि आन्दोलनपछि देशभर देखिएको तोडफोड, आगजनी र लुटपाटप्रति गम्भीर चिन्ता व्यक्त गरेको भेटिएको छ । आन्दोलनको शुरुवात युवा पुस्ताले भ्रष्टाचार विरुद्ध पवित्र मनसायका साथ गरे पनि त्यसलाई अपहरण गरी सार्वजनिक संरचना र निजी उद्योग–व्यवसायमा आक्रमण गरिनु दुर्भाग्यपूर्ण भएको महासंघको दाबी छ । महासंघले तोडफोड र आगजनीका कारण ठूलो संख्यामा रोजगारी गुमेको, निजी क्षेत्रको मनोबल कमजोर बनेको र देशको अर्थतन्त्र दशकौँ पछाडि धकेलिएको उल्लेख गर्दै सत्य तथ्य छानबिन गरी दोषीमाथि कारबाही र प्रभावित व्यवसायका लागि क्षतिपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेको देखिन्छ ।
साथै, लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय हितको रक्षा गर्दै जनताको ज्यान–धनको सुरक्षा सुनिश्चित गर्न राज्यलाई अपिल गरेको छ । पहिलेदेखि नै बैंकिङ क्षेत्रमा कर्जा विस्तार सुस्त हुँदै आएको छ । झन् जेनजी आन्दोलनपछि लगानी वातावरण असुरक्षित भएपछि बैंकले पनि उच्च जोखिमका कारण ठूला परियोजनामा लगानी गर्न हिच्किचाएका छन् । ठूला उद्योगीहरू वैदेशिक बजारतर्फ आकर्षित भइरहेका छन् । नेपालमा लगानी गर्नुभन्दा विदेशमा पूँजी लगानी गर्नु सुरक्षित देखिएको छ ।
नेपालमा विगत दुई दशकदेखि विदेशी लगानीलाई आकर्षित गर्ने विभिन्न नीतिहरू बने पनि त्यसको प्रभाव न्यून रह्यो । जेनजी आन्दोलनपश्चात त विदेशी लगानीकर्ताको विश्वास झन् घटेको देखिन्छ । भन्दा अब फरक पर्दैन ।

केही प्रस्तावित बहुराष्ट्रिय कम्पनीहरूले हाललाई परियोजना रोक्ने वा स्थगित गर्ने निर्णय गरेका छन् । पर्यटन, ऊर्जा र पूर्वाधार क्षेत्रलाई नेपालले वैदेशिक लगानी आकर्षणको मुख्य थलो मानेको थियो । तर आन्दोलनमा होटल, ट्राभल एजेन्सी र पर्यटन पूर्वाधारमा भएको क्षतिले अन्तर्राष्ट्रिय लगानीकर्ताको दृष्टि बदलिएको छ । जेनजी आन्दोलनपछि करोडौं लगानीमा बनेका काठमाडौं नक्सालमा बनेको पाँचतारे हिलटन होटल जस्ता क्षेत्रहरु ध्वस्त भएका छन् । भन्दा फरक पर्दैन । नेपालको औद्योगिक क्षेत्रमा साना उद्योग र प्रविधि क्षेत्रका विदेशी लगानी (एफडीआई) उल्लेखनीय रूपमा बढेको छ । तथापि, लगानी प्रतिबद्धताअनुरूप लगानी भने भित्रिन सकेकोे देखिदैन । आर्थिक वर्ष २०८१–८२ को असार मसान्तसम्म प्रत्यक्ष वैदेशिक लगानीका लागि दर्ता भएका ८ सय ४० वटा उद्योगमध्ये ८ सय २४ वटा साना उद्योग मात्रै छन् । असारसम्म विदेशी लगानीका ३ सय ८२ वटा अर्थात् ४६ प्रतिशत परियोजना सूचना प्रविधिमा केन्द्रित छन् । उद्योग विभाग, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण शाखाका अनुसार लगानी प्रतिबद्धता र स्वीकृतिका पक्षमा अघिल्लो वर्षको तुलनामा केही गिरावट देखिएको छ भने सेवा र पर्यटन क्षेत्रमा सर्वाधिक लगानी आकर्षित भएका छन् । तर जेनजी आन्दोलनसँगै यसमा कमी हुने देखिएको प्रस्टै देखिन्छ ।
उद्योग विभागका अनुसार २०८१–८२ मा कुल ८ सय ४० वटा परियोजनाका लागि कुल ६४ अर्ब ९६ करोड ५१ लाख ४३ हजार रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यसमध्ये सेवा क्षेत्रमा सबैभन्दा बढी ३० अर्ब ९० करोड ७७ लाख रुपैयाँ, पर्यटन क्षेत्रमा २६ अर्ब ८२ करोड ४२ लाख रुपैयाँ र उत्पादनमूलक उद्योगमा ३ अर्ब ८४ करोड २० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । यसैगरी, ऊर्जामूलक क्षेत्रमा २ करोड ५५ लाख रुपैयाँको एउटा मात्रै उद्योगले नेपालमा प्रत्यक्ष लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको देखिएको छ । कृषि उद्योगमा भने १४ अर्ब ६६ करोड रुपैयाँको प्रतिबद्धता आएको छ । पूर्वाधारमूलकमा ५ करोड रुपैयाँको मात्र लगानी आएको छ । उत्पादनमूलक क्षेत्रमा ५५ वटा, सेवा क्षेत्रमा ८४ उद्योग, कृषिमा १२ वटा, पर्यटनमा ३ सय ४ र सूचना प्रविधिमा ३ सय ८२ वटा उद्योगले लगानीको प्रतिबद्धता गरेका छन् । परियोजनाको संख्याका आधारमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा ३ सय ८२ वटा लगानी प्रस्ताव स्वीकृत भएका छन्, जुन कुल लगानी संख्याको ४६ प्रतिशत हो । भन्दा अब फरक पर्दैन ।
नेपालमा लगानीको चासो देखाउनेमा चीन, भारत, जापान, अमेरिका, बंगलादेशलगायतका मुलुकका लगानीकर्ता बढी छन् । विभागका अनुसार नेपालमा अहिलेसम्म ७ हजार २ सय ३९ परियोजनामा ५ खर्ब ९४ अर्ब ७० करोड ६६ लाख ४० हजार रुपैयाँ लगानी प्रतिबद्धता भएको छ । झन्डै तीन दशकको अवधिमा स्वीकृत भएको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ३६ प्रतिशत हाराहारीमा मात्र वास्तविक लगानी भित्रिने गरेको नेपाल राष्ट्र बैंकको तथ्यांकमै उल्लेख छ । राष्ट्र बैंकले सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदनले सन् १९९५–९६ देखि २०२१–२२ सम्मको अवधिमा स्वीकृत रकमको ३६ दशमलव २ प्रतिशत हाराहारीमा मात्र वास्तविक लगानी भित्रिएको देखाएको हो । मुलुकमा लगानीका लागि ठूलो परिमाणमा प्रतिबद्धता प्राप्त भए पनि त्यसको कमै मात्र लगानी भित्रिने गरेको छ । लगानी प्रतिबद्धताको ३० देखि ३५ प्रतिशत लगानी मात्र भित्रिने गरेको विभागको भनाइ छ ।

उद्योग विभागको तथ्यांकले ठूला र मझौला उद्योगहरूको तुलनामा साना उद्योगहरूको संख्या उल्लेखनीय रूपमा बढी छ । कुल लगानी र रोजगारीको अवसर पनि बढ्दै गएको देखिन्छ । सरकारले उद्योग दर्ता, पेटेन्ट, ट्रेडमार्क र वातावरणीय परीक्षणजस्ता नियामक प्रक्रियाहरूमा सक्रियता देखाएको छ । विभागले ५० करोड रुपैयाँसम्म कुल पुँजी हुने उद्योग व्यवसाय र विदेशी लगानी गर्न सकिने उद्योग व्यवसायसम्बन्धी आवेदन र स्वीकृति गर्ने व्यवस्था मिलाएको छ । यसरी नेपालमा लगानीको वातावरण हुँदाहुँदै पनि विभिन्न आन्दोलनका कारण यसमा गिरावट आउन सक्ने देखिन्छ । भन्दा अन्यथा नहोला । सचेत भया ।
राष्ट्र बैंकले किन ठूला १० वाणिज्य बैंकको पूर्ण लेखा परिक्षण सार्वजनिक नगर्ने सहमती ग¥योः गभर्नर साब !
सुन्दा पनि अचम्म लाग्ने हेर्दा त घिन लाग्ने काम नेपाल राष्ट्र बैंकबाट भएको छ भन्दा अब यहि फरक पर्दैन । भनिन्छ ठूलो १० वाणिज्य बैंकहरुले गर्ने पूर्ण लेखा परिक्षण विवरण गोप्य राख्न नेपाल राष्ट्र बैंक सहमती भएको भेटिएको छ । १० ठूला वाणिज्य बैंकहरूको पूर्ण लेखा परीक्षण सुरु भएको छ । अन्तर्राष्ट्रिय स्वतन्त्र लेखा परीक्षकमार्फत परीक्षण सुरु भएको हो । १० ठूला वाणिज्य बैंकहरूको पूर्ण लेखा परीक्षण सुरु भएको छ । नेपालले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)बाट विस्तारित कर्जा सुविधा लिनका लागि बैंकहरूको वास्तविक अवस्था देखाउनुपर्ने शर्त राखिएको थियो । सोहीअनुसार ठूला १० बैंकको पूर्ण लेखा परीक्षण गर्ने प्रस्ताव अघि सारिएको थियो । आईएमएफले पनि यही आधारमा विस्तारित कर्जा सुविधा स्वीकृत गरेको भेटिएको छ ।
लेखापरीक्षणका लागि छनौट भएका १० बैंकहरूमा ग्लोबल आइएमई बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, एनआइसी एशिया बैंक, एनएमबि बैंक र प्रभु बैंक परेके देखिन्छ । बैंकहरुले भने प्रतिवेदन सार्वजनिक नगर्ने सर्तसहित परीक्षण गर्न सहमति जनाएका हुन् । बैंकरहरूले आफ्ना कमी कमजोरी लुकाउन प्रतिवेदन सार्वजनिक गर्न नहुने अडान लिँदै आएका थिए । लामो समयसम्म मौन विरोध भएपनि अन्ततः आईएमएफ र नेपाल राष्ट्र बैंक पनि सोही सहमतिमा पुगेपछि काम अघि बढेको हो । राष्ट्र बैंकका अनुसार प्रतिवेदनको सारांश मात्र बाहिर आउनेछ भने विस्तृत विवरण भने गोप्य राखिनेछ भनिएको छ ।
पूर्ण प्रतिवेदन सार्वजनिक गर्नु आवश्यक छैन । ‘बैंकहरूको आन्तरिक विवरण बाहिर ल्याउँदा संस्थामा थप क्षति पु¥याउन सक्ने भएकाले प्रतिवेदन सार्वजनिक नगर्ने सहमति भएको राष्ट्र सेंतके दाबी हो । आईएमएफले नेपाललाई सन् २०२२ जनवरी १२ मा विस्तारित कर्जा सुविधा स्वीकृत गरेको थियो । सो क्रममा नेपालले आर्थिक सुधारका विभिन्न प्रतिबद्धता जनाएको थियो ।यस अन्तर्गत नेपालले ३९ करोड ५९ लाख अमेरिकी डलर (करिब ५४ अर्ब रुपैयाँ) बराबरको निब्र्याजी ऋण लिने सम्झौता गरेको हो । भन्दा फरक पर्दैन । हालसम्म नेपालले ६ किस्तामध्ये ३३ करोड १८ लाख डलर (करिब ४५ अर्ब ४५ करोड रुपैयाँ) प्राप्त गरिसकेको छ । तर, ठूला बैंकहरूको पूर्ण लेखा परीक्षण नगरी सातौं किस्ता प्राप्त गर्न ढिलाइ भएको देखिन्छ ।
बैंकहरूको पूर्ण लेखा परीक्षण गर्ने प्रक्रिया पहिलो पटक गत वर्ष सुरु भएको थियो । त्यतिबेला भारतीय लेखा परीक्षण फर्म केपीएमजी एस्योरेन्स एन्ड कन्सल्टिङ सर्भिसेस एलपीपी छनोट भएको थियो । तर, केपीएमजीले अस्वाभाविक बजेट माग गरेको भन्दै केन्द्रीय बैंकले प्रक्रिया नै रद्द गरिदियो । त्यसपछि बैंकहरूले बारम्बार ढिलाइ गर्ने प्रयास गरे पनि आईएमएफले कर्जाको किस्ता रोकेपछि केन्द्रीय बैंक बाध्य भई दोस्रो प्रक्रिया सुरु गर्नुप¥यो ।
दोस्रो पटकको प्रक्रियामा बंगलादेशी लेखा परीक्षण फर्म हाउलादर युनुस एन्ड कम्पनी छनोट भएको छ । राष्ट्र बैंकका अनुसार उक्त फर्मसँग ५ महिने सम्झौता गरिएको छ र निकट भविष्यमा काम सुरु गर्ने तयारी भइरहेको छ । यसअघि नै आईएमएफले प्रतिवेदन सार्वजनिक नगर्ने सहमतिमा पुगेपछि काम अघि बढ्न सहज भएको हो । प्रतिवेदनको सारांश मात्र उपलब्ध गराइने र आन्तरिक विवरण गोप्य राखिने प्रावधानसहित बैंकहरूको माग पूरा गरिएको छ ।
नेपालको बैंकिङ क्षेत्र पछिल्लो समय विभिन्न समस्यामा फसेको छ । कोरोना महामारीपछिको असर, अर्थतन्त्रको सुस्त वृद्धि, कर्जा लगानी अनुत्पादक क्षेत्रमा बढी हुनु, नाफा उन्मुख नीतिका कारण इभरग्रिनिङ बढ्नु जस्ता चुनौतीले बैंकहरूको अवस्था जटिल भएको छ । यस्ता समस्याका कारण नै बैंकहरू लेखा परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न हिचकिचाइरहेका छन् ।
आईएमएफले नेपालका बैंकहरूको वास्तविक अवस्था बुझ्न चाहेको हो । तर, प्रतिवेदन गोप्य राख्ने सर्तमा पनि आईएमएफ सहमत भएको छ । यसका कारण अब विस्तारित कर्जा सुविधाको बाँकी किस्ता पाउन सहज हुने अपेक्षा गरिएको छ ।
नेपालका ठूला १० वाणिज्य बैंकहरूको पूर्ण लेखा परीक्षण गर्ने प्रक्रिया सुरु भएको छ तर प्रतिवेदन सार्वजनिक नगर्ने सहमतिले यसलाई विवादास्पद बनाएको छ । पारदर्शिता कायम गर्नुपर्ने अपेक्षा बीच गोपनीयता कायम गरिएको यस प्रक्रियाले दीर्घकालीन रूपमा बैंकिङ क्षेत्रमा विश्वास बढाउँछ वा घटाउँछ भन्ने प्रश्न भने अझै बाँकी नै छ । यसबीच, आईएमएफबाट प्राप्त कर्जा सुविधा निरन्तरता पाउने अवस्था बनेको छ र नेपाल राष्ट्र बैंकले ५ महिने अवधिमा काम सम्पन्न गर्ने तयारी गरेको छ । सचेत भया ।












