जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

नेपाल धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठको पद धरापमा, नियुक्ती नै विचौलियाको प्रभावमा भएको भन्दै अर्थमन्त्रीलाई ज्ञापन–पत्र !

पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले विचौलियाहरुको प्रभावमा परि नियुक्त गरेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठको पद धरापमा परेको छ भन्दा अब चाहि फरक पर्दैन । अध्यक्ष भए देखि नै सन्तोष नारायण श्रेष्ठले विचौलियाहरुको आग्रहमा नेपाल धितोपत्र बोर्डलाई तहसनहस बनाउँदै आएपछि यति बेला कर्मचारीको आन्दोलन समेत भएको छ भन्दा फरक पर्दैन । नेपालको पूँजीबजार पछिल्ला वर्षहरूमा तीव्र उतार–चढावको चरणमा छ । सेयर बजारमा एकातिर लगानीकर्ताको असन्तोष चरम सीमामा पुगेको छ, भने अर्कोतिर नियामक निकाय धितोपत्र बोर्डको नेतृत्व नै विवादमा परेको छ । बोर्डका अध्यक्षलाई हटाउन राजनीतिकदेखि लगानीकर्तासम्मका विभिन्न पक्षबाट दबाब बढ्दै गएको छ । यसले अर्थमन्त्रालयलाई नै रनभुल्लमा पारेको भेटिएको छ । भन्दा अब चाहि फरक पर्दैन ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई यसअघि नै ओलीले पनि राजीनामा दिन निर्देशन दिइसकेका थिए । तर उनले राजीनामा दिएनन् ।

अर्कोतर्फ तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका नियुक्तिहरु एकैपटक खारेज गर्ने तयारी भएपनि सफल भएका थिएनन् । तत्कालिन ओली सरकारले नियुक्त गरेका नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्षसहितलाई हटाउने तयारी अघि बढेको हो । ओलीले नियुक्त गरेका महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिइसकेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनको राजीनामा पनि स्वीकृत गरिसकेका छन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई यसअघि नै ओलीले पनि राजीनामा दिन निर्देशन दिइसकेका थिए । तर उनले राजीनामा दिएनन् । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने गरी सेबोनमा अध्यक्षका रुपमा ल्याइएका अध्यक्ष श्रेष्ठले विचौलियामार्फत जलविद्युत कम्पनीहरुसँग आईपीओ अनुमतिका लागि घुस मागेको भनेर समाचारहरु बाहिरिएको अर्थमन्त्री खनालज्यू हेक्का होस् ।

कानुनमा हुँदै नभएको विषयलाई देखाएर संसदीय समितिको निर्देशनलाई हवाला दिँदै नेटवर्थका नाममा आईपीओको पाइपलाइनमा रहेका कम्पनीहरु हटाएको विषयमा पनि उनीमाथि छानबिन भएरहेको भेटिएको छ । जेनजी आन्दोलनपछिको सुशीला कार्की नेतृत्वको नयाँ सरकारले पूववत् सरकारबाट नियुक्ति पाएकाहरुले राजीनामा नदिए हटाउने बारे छलफल अघि बढाइसकेको भेटिएको छ ।


मन्त्रिपरिषदले पूर्णता पाउनासाथ अघिल्लो सरकारबाट नियुक्ति पाएकाहरुलाई बोलाएर राजीनामा दिन निर्देशन दिने तयारी थालिएको पनि स्रोतले जनाएको छ । आन्दोलनमार्फत मुलुकलाई नै नयाँ ‘कोर्स’मा पु¥याएका युवा पुस्ता (जेनजी समूह)का अगुवाहरुले पनि अघिल्लो सरकारका नियुक्ति बदर गर्नुपर्ने माग अघि सारेको देखिन्छ । जेनजी आन्दोलनपछि बनेको कार्की नेतृत्वको नयाँ चुनावी सरकारलाई समर्थन दिने शर्त राख्दै हामी नेपालका संयोजक सुदन गुरुङले पूराना सबै राजनीतिक नियुक्ती खारेज गर्नुपर्ने अडान लिएका छन् । गुरुङले संवैधानिक नियुक्तीसहित राजनीतिक प्रभावमा विदेश पठाइएका राजदूतलाई समेत फिर्ता बोलाउनुपर्ने स्पष्ट माग गरेका छन् । हेक्का होस् ।

लगानीकर्ताको हित संरक्षण, दलाल तथा कम्पनीहरूको नियमन, बजार विस्तार र सुधार जस्ता महत्वपूर्ण कार्य यही बोर्डले गर्छ ।

धितोपत्र बोर्ड नेपालको पूँजीबजारको नियामक हो । सेयर, बाण्ड, म्युचुअल फन्ड लगायतका सम्पूर्ण धितोपत्र कारोबारलाई पारदर्शी, विश्वसनीय र सुरक्षित बनाउन यसको जिम्मेवारी हुन्छ । लगानीकर्ताको हित संरक्षण, दलाल तथा कम्पनीहरूको नियमन, बजार विस्तार र सुधार जस्ता महत्वपूर्ण कार्य यही बोर्डले गर्छ । तर पछिल्लो केही वर्षयता बोर्डप्रति लगानीकर्ताको विश्वास घट्दै गएको छ । सेयर बजारमा निरन्तर गिरावट, नियमनमा असंगति, अनुमतिपत्र वितरणमा देखिएका अनियमितता र नीतिगत अस्थिरताले अध्यक्षको नेतृत्वमाथि प्रश्न उठ्न थालेको हो । अर्थमन्त्रीज्यू हेक्का होस् ।

सेयर लगानीकर्ताहरूले धितोपत्र क्षेत्र सुधारका लागि नेपाल बिमा प्राधिकरण, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र नेपाल धितोपत्र बोर्डका नेतृत्वले लगानीर्ताको भावनाअनुसार काम नगरेको भन्दै हटाउन माग गरेका छन् । भन्दा फरक पर्दैन । अर्थमन्त्री रामेश्वर खनाललाई भेट गरी नियामक निकायमा हुने नियुक्तिमा बिचौलियाको प्रभाव बढेको भन्दै पुँजी बजारको सुधारका लागि काम नगरेका अध्यक्ष र सीईओ हटाउन माग गरेका हुन् । भन्दा अब फरक पर्दैन । धितोपत्र क्षेत्रमा भएका कमीकमजोरीका कारणले सुधार, विकास र विस्तार हुन नसकेकोले नेपाल सरकारले तत्कालीन र दीर्घकालीन सुधारका लागि गर्नुपर्ने कामको विवरण चार लगानीकर्ता संघका नेताले अर्थमन्त्री खनाललाई बुझाएका थिए ।


यसरी यो क्षेत्रको सुधारका लागि आवश्यक कदम चालेर तत्काल राहत प्रदान गर्न तथा दीर्घकालमा विकसित पुँजीबजारको रूपमा स्थापित गर्न जनरल इन्भेष्टर एसोसिएसन, नेपाल सेयरधनी संघ, साधारण लगानीकर्ता संघ नेपाल, नेपाल धितोपत्र लगानीकर्ता संघले दबाब दिएका हुन् । नेपालको पुँजीबजारको मुख्य नियामक निकाय नेपाल धितोपत्र बोर्डको कार्यपद्दतिमा आमूल सुधार गर्न आवश्यक भएकोले वरिष्ठलाई पन्छाएर कनिष्ठलाई सर्वेसर्वा बनाउने कार्य तत्काल रोकिनुपर्ने पनि माग छ । सक्षम व्यक्तिहरू नियुक्त गर्ने र सरकार मातहतका धितोपत्र बोर्ड, स्टक एक्सचेन्ज र सीडीएसमा आवधिक सरुवा गर्ने व्यवस्था गरी काममा चुस्त ल्याउने व्यवस्था गर्न पनि उनीहरूको माग छ । भन्दा फरक पदैन । धितोपत्र बोर्डको नेतृत्व विवादले नेपालकै पूँजीबजार अस्थिर बनेको छ। लगानीकर्ताको मनोबल कमजोर बनेको छ भने सेयर कारोबारमा गिरावट आएको देखिन्छ । नयाँ लगानीकर्तालाई बजार प्रवेश गर्न हतोत्साहित भएको अवस्था छ । विदेशी लगानीकर्ताको विश्वास घट्ने खतरा बढेको छ । यसरी नियामक नेतृत्वमाथिको विवादले केवल व्यक्तिगत मात्र होइन, सम्पूर्ण अर्थतन्त्रमा असर पारिरहेको छ । अर्थमन्त्री ज्यू तत्कालै धितोपत्र बोर्डका अध्यक्ष माथी छानवीन होस् ।

नेपाल धितोपत्र बोर्ड ऐन २०६३ को दफा ७ मा बोर्ड अध्यक्षलाई हटाउन सक्ने व्यवस्था छ । जसमा बोर्ड अध्यक्षले बोर्डलाई हानी नोक्सानी पु¥याई बोर्डको हित वा पूँजी बजारको विकास विपरित हुने गरी काम कारबाही गरेमा नेपाल सरकारले तोकिए बमोजिम जाँचबुझ समितिको गठन गरी सो समितिको सिफारिशमा निजलाई अध्यक्षको पदबाट हटाउन सक्ने उल्लेख छ । अर्थमन्त्रीज्यू । यसरी पदबाट हटाउनु अघि अध्यक्षलाई आफ्नो पक्षमा सफाई पेश गर्ने उचित अवसर प्रदान गर्नु पर्ने व्यवस्था गरिएको छ । यसरी अध्यक्ष हटेमा वा निलम्बनमा परेमा बोर्डमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्ने व्यवस्था ऐनमा देखिन्छ । पूँजीबजारमा विकसित विसंगति तथा समस्या समाधान गर्न अर्थमन्त्रालयले चार सदस्यीय कार्यदल गठन गरेको छ । अर्थमन्त्री रामेश्वर खनालले गत शुक्रबार यस्तो निर्णय गरेका हुन् । धितोपत्र बोर्डका कार्यकारी निर्देशक (का.मु.) रुपेश केसीको संयोजकत्वमा बनेको कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेञ्जका कार्यकारी निर्देशक (का.मु.) निरञ्जन फूयाँल सदस्यका रूपमा रहेका छन् । कार्यदलको सदस्य–सचिवमा अर्थमन्त्रालयका उपसचिव शरद निरौला तोकिएका छन् । भन्दा फरक पर्दैन ।

कार्यदललाई पूँजीबजारमा देखिएका समस्या र विसंगतिको अध्ययन गरी लगानीकर्ताको मनोबल वृद्धिका लागि प्रणालीगत तथा प्रक्रियागत सुधारका ठोस कार्ययोजना ५ दिनभित्र पेस गर्ने जिम्मेवारी दिइएको छ । भन्दा फरक पर्दैन ।
अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाबाट नेपाल धितोपत्र बोर्ड (सेबोन)मा एउटा पत्र पुग्यो– बोर्डबाट सञ्चालित कर्मचारी कल्याण कोष र कर्मचारी सुरक्षण कोष तत्काल खारेज गर्नू । साथै प्रचलित कानुन विपरीत बनेका कार्यविधिको आधारमा विगतमा कोषबाट भुक्तानी भएको रकम सम्बन्धित व्यक्तिबाट सरकारी बाँकी सरह असुल उपर गर्ने र कुनै पनि आर्थिक दायित्व पर्ने विषयमा निर्णय गर्नुपूर्व अनिवार्य रूपमा अर्थ मन्त्रालयको सहमति लिनु पर्ने व्यवस्था कार्यान्वयन गर्ने अर्थमन्त्रालयको राजस्व सचिवस्तरीय निर्णय गरेर सेबोनलाई पत्रचार गरेको छ ।

‘धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २२, दफा ११६, विधायन ऐन, २०८१ को दफा १५, नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा, शर्त सम्बन्धी नियमावली, २०६८ को नियम १६७ विपरित जारी भएका धितोपत्र बोर्ड कर्मचारी कल्याणकोष कार्यविधि, २०७१ र धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ तत्काल खारेज गर्ने,’ अर्थमन्त्रालयको गत भदौ ३१ गते राजस्व सचिवस्तरीय निर्णयमा भनिएको छ ।
मन्त्रालयबाट यस्तो पत्र धितोपत्र बोर्डमा पुगेपछि कर्मचारीहरूमा तरङ्ग ल्याएको छ । मन्त्रालयको उक्त निर्णय तत्काल फिर्ता लिनुपर्ने भन्दै बोर्डका कर्मचारीहरूआन्दोलनमा उत्रिएका छन् । कर्मचारीहरूले बोर्डका अध्यक्ष तथा कार्यकारी निर्देशकहरूको गाडीको चाँबी थुतेर राखेका छन् । ‘अर्थमन्त्रालयले पटक–पटक बोर्डको स्वायत्ततामाथि प्रहार गर्याे । यसपटक नियमावली, नियम अनुसार भएका व्यवस्था कटौती गर्ने काम गर्याे,’ बोर्डका एक कर्मचारीले भने, ‘मन्त्रिपरिषद बैठकबाट भएको निर्णय अर्थमन्त्रालयको राजस्व सचिवले कटौती गर्ने काम गरेको छ । नीतिनियम तथा विनियमावलीमा व्यवस्थालाई राजस्व सचिवले कटौती गर्नु बोर्डको स्वायत्ततामाथि ठाडो हस्तक्षेप हो ।’

उनका अनुसार मंगलबार बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ र कार्यकारी निर्देशकसहित उच्च तहका कर्मचारीहरूको गाडीको चाबी थुतेको र आजदेखि आन्दोलनको कार्यक्रम घोषणा गरिएको हो । अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा समन्वय महाशाखा प्रमुख महेश आचार्य अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशन बमोजिम धितोपत्र बोर्डलाई चिठ्ठी पठाएको बताउँछन् । यदि कर्मचारीहरू आन्दोलित भए अख्तियारमा जान उनको निर्देशन छ । ‘सेबोनलाई पठाएको चिट्ठी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पठाएको निर्देशन बमोजिम हो । मन्त्रालय आफैंले लेखेर पठाएको होइन । अख्तियार दुरुपयोग अनुसन्धानको निर्देशन अनुसार लेखेर पठाएको हो । मन्त्रालयले नियम अनुसार पाउने सुविधा कसैको रोक्दैन, नियम भन्दा बाहिर दिँदैन । अख्तियारको निर्देशन जे हो, त्यो कार्यान्वयको चिट्ठी हो,’ आचार्यले भने, ‘नचाहिने विषयमा आन्दोलन गरेर हुन्छ ? चाहिने विषयमा गर्दा हुन्छ । नियमअनुसार काटेको छ र ? आन्दोलन गर्ने भए अख्तियारमा जानूहोस् ।’

यामक निकायमा कर्मचारीहरूले अर्थमन्त्रालयको पत्रविरुद्ध विद्रोह गरिरहँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का कर्मचारीहरूले अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंलाई राति १२ बजेसम्म थुनेका छन् । अदालतको निर्णय कार्यान्वयन नगरेको भन्दै नेप्सेका कर्मचारीहरूले आफ्नै सीईओ र अध्यक्षलाई मंगलबार १२ बजेसम्म थुनेका हुन् ।
‘अदालतको फैसला कार्यान्वयन गर्दैन भन्दै अदालतको मानहानी गरेपछि अध्यक्ष र सीईओलाई राति १२÷१ बजेसम्म थुनेका हौं । सरकारले स्थापना गरेको श्रम अदालतको निर्णय नमान्ने निर्णय गरेपछि हामी कर्मचारीहरू आक्रोशित भएका हौं,’ नेप्से कर्मचारी संघका अध्यक्ष नवराज थापाले भने । बोनस सम्बन्धी श्रम अदालतको निर्णय कार्यान्वयन गर्न आलटाल गरेको र पुनरावेदनका लागि सर्वाेच्च अदालत जाने धम्की दिएपछि आफूहरूले नाराबाजीसहित आन्दोलन गरेको उनले बताए ।
‘श्रम अदालतको निर्णय खुरुक्क कार्यान्वयन गर्नु भनेर हामीले भनेका हौं,’ थापाले भने, ‘हामी रातिसम्म बस्यौं । भात खुवायौं, पानी दियौं, ट्वाइलेट, बाथरुम जान दियौं । १२ बजेतिर हामीले आन्दोलनका काय्र्रकम घोषणा गर्याैं, १२ बजेतिर घरतिर हिड्यौं ।’

के हो विवाद ?
राम्रो आम्दानी र नाफा गरिरहेको नेप्सेले कर्मचारीहरूलाई अर्थमन्त्रालयको स्वीकृति लिएर वार्षिक १ प्रतिशत बोनस सेयर वितरण गर्दै आएको छ । नेप्सेले राम्रो नाफा गरिरहेको हुँदा कर्मचारीहरूले ५ प्रतिशतसम्म बोनस पाउनुपर्ने माग राखे । तर, नेप्से सञ्चालक समितिले ६÷७ वर्ष अगाडि कर्मचारीहरूको उक्त मागलाई खारेज गर्याे । कर्मचारीहरूको बोनस वितरणमा विवाद उत्पन्न भएपछि बोनस ऐन २०३० को दफा १६ बमोजिम नेप्सेका कर्मचारीहरू श्रम कार्यालय काठमाडौंमा पुगे । तर, श्रम कार्यालयले कर्मचारीहरूको विरुद्धमा निर्णय सुनायो । श्रम कार्यालयको निर्णय चित्त नबुझेपछि उनीहरू बोनस ऐन २०३० दफा १६ को उपदफा ३ बमोजिम श्रम अदालतमा मुद्दा हाले । अदालतले वर्षाैंपछि २०८२ असार ५ गते नेप्सेका कर्मचारीहरूको पक्षमा फैसला सुनायो, श्रम कार्यालय काठमाडौंको निर्णय नमिलेको भन्दै बदर गर्याे । श्रम अदालतले फैसला नै गरेपछि नेप्से सञ्चालक समितिले अदालतको फैसला कार्यान्वयनमा लैजान खोज्यो । तर, बोनस नियमावलीमा सरकार मातहत रहेका संस्थानले बोनस वितरण गर्दा मन्त्रालयको स्वीकृति लिनुपर्ने निर्णयले अदालतको फैसला कार्यान्वयनमा नेप्सेलाई बाधा पुग्यो ।

त्यसपछि अदालतको फैसला कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा नेप्से सञ्चालक समितिले कानुनविदहरूसँग छलफल गर्याे, राय माग्यो । कानुनी सल्लाहकारको सुझावपछि गत असोज ३ गते नेप्से सञ्चालक समितिले श्रम अदालतको फैसला विरुद्ध सर्वाेच्च अदालत जाने निर्णय गर्याे । सर्वाेच्च अदालत जाने भनेर गैरकानुनी निर्णय र श्रम अदालतको अपहेलना गरेको भन्दै आफूहरूले सीईओ र अध्यक्षलाई थुनेको नेप्से कर्मचारी संघका अध्यक्ष थापा बताउँछन् ।
‘असोज ३ गते र ४ गते बिदा थियो । असोज ५ गते सीईओ कार्यालय आउनु भएन, असोज ६ गते पनि बिदा थियो । बिदाको समयमा नियोजित ढंगले कम्पनी सचिव मुराहरि पराजुलीलाई खबर नै नगरी सञ्चालक समितिले श्रम अदालत जाने निर्णय गरेपछि हामी आक्रोशित भएका हौं,’ नेप्से कर्मचारी संघका अध्यक्ष थापाले भने, ‘असोज ३ गते सर्वाेच्च अदालत जाने निर्णय फिर्ता नलिएसम्म नेप्सेका सीईओ र अध्यक्षको राजीनामा मागेका छौं ।’

उनका अनुसार श्रम ऐन २०३० को दफा १६ को उपदफा ३ मा श्रम अदालतले गरेको निर्णय अन्तिम हुने भनेर व्यवस्था गरेको छ । तर, सञ्चालक समिति अदालतको फैसला विरुद्ध सर्वाेच्च जाने भनेपछि कर्मचारीहरूले घेरा हालेको उनको भनाइ छ ।
नेप्से उच्च स्रोतका अनुसार बोनस नियमावलीले अर्थमन्त्रालयको स्वीकृति लिएर बोनस वितरण गर्नुपर्ने व्यवस्था छ । तर, श्रम अदालतले अर्थमन्त्रालयलाई विपक्षी बनाएको छैन, विपक्षी बनाउन पनि मिल्दैन । त्यसैले श्रम अदालतकौ फैसलालाई मात्रै आधार मानेर तत्काल बोनस भुक्तानी गर्दा निर्णयकर्तामाथि प्रश्न उठ्न सक्ने भएकाले सर्वाेच्च अदालत जाने निर्णय गरेको नेप्से स्रोतको भनाइ छ ।

‘नेप्सेले वर्षैपिच्छे १ प्रतिशत स्वीकृत लिएर बाँडिरहेको छ । तर, ५ प्रतिशत बोनस वितरण गर्नुपर्ने श्रम अदालतको फैसला कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा हामीले छलफल गर्याैं । राय लिँदा अर्थमन्त्रालयको स्वीकृति लिनुपर्छ, सर्वाेच्चबाट जितेर आएपछि कर्मचारीलाई बोनस दिए भइहाल्यो भन्नु भयो,’ नेप्से उच्च स्रोतले भन्यो, ‘स्वीकृति लिन जाँदा अर्थमन्त्रालयले दिँदैन, प्रक्रियामा जाँदा समय लाग्छ, त्यसैले श्रम अदालतको फैशला सिधैं कार्यान्वयन गर्नुपर्छ भनेर कर्मचारीहरूले दबाब दिए । त्यसरी जाँदा भोलिका दिनमा अन्य निकायले प्रश्न गर्ने ठाउँ रहन्छ । प्रक्रिया पूरा गर्न दिनुहोस् भन्दा ढोका थुनेर बल जफत गरे, प्रभावमा पार्ने काम गरे, सीईओ र अध्यक्षलाई १३ घण्टा थुने ।’ सचेत भया ।

जेन्जी आन्दोलनकै कारण दक्षिण कोरिया र युएईद्वारा भिषा बन्द, नयाँ र पुराना पार्टी बीच सत्ता संघर्ष जारीः संविधान संशोधन र निर्वाचन प्रक्रिया अन्यौलमा !

नेपालमा भएको २ दिने जेन्जी आन्दोलनले दक्षिण कोरिया र युएई जस्ता मुलुकले कामदार र भिजिट भिषा बन्द गरेका छन् भन्दा अब चाहि फरक पर्दैन । जेन्जी आन्दोलनसंगै लगानी वातावरणमा राजनीतिक स्थिरताको महत्व सर्वविदित छ । जेनजी आन्दोलनले देखाएको प्रमुख चुनौती नै यही हो । आन्दोलनपश्चात पुराना पार्टी र नयाँ नेतृत्वबीच सत्ता संघर्ष बढेको छ । संविधान संशोधन र निर्वाचन प्रक्रियामा अन्योल देखिएको छ । भन्दा अब फरक पर्दैन ।

नीति निरन्तरता नभएकाले लगानीकर्ताले दीर्घकालीन योजनामा प्रतिबद्ध हुन सकेका छैनन् । विदेशी रोजगारमा निर्भरता र लगानी संकट नेपालको अर्थतन्त्र रेमिट्यान्समा निर्भर छ । तर नेपालमा जेनजी आन्दोलनका कारण संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाली नागरिकका लागि वर्किङ (कामदार) भिसासहित भिजिट भिसा पनि बन्द गरेको देखिन्छ । गत सोमबारदेखि लागू भएको निर्णयअनुसार नेपाली नागरिकका नयाँ भिसा आवेदन स्वीकृत नहुने देखिन्छ । यूएईले नेपालमा हालसालै भएको जेन–जी आन्दोलनका क्रममा तोडफोड, आगजनी, लुटपाटका घटना र ठूलो संख्यामा कैदी भागेको घटनापछि सुरक्षा चासो बढाएको र त्यसैको कारण भिसा रोकिएको जनाइएको छ । पछिल्लो समय नेपाली नागरिकहरू सबैभन्दा बढी भिजिट भिसामा यूएई गइरहेका थिए ।


दुबईस्थित विभिन्न कम्पनीहरूले नेपालीका लागि भिसा आवेदन टाइपिङ नै गर्न नपाइने अवस्था आएको र पहिले टाइप भएका भिसा समेत रद्द हुन थालेको देखिन्छ । एक सुरक्षा कम्पनीले आफ्ना सेक्युरिटी गार्डका लागि पेश भएका भिसा अस्वीकृत भएको जनाएको छ । एक वेयर हाउस कम्पनीका पीआरओले २५ जना नेपाली श्रमिकका लागि आवेदन दर्ता गरिए पनि सबै भिसा अस्वीकृत भएको बताएका छन् । यूएई इमिग्रेशनले बाहिरी मुलुक (नेपाल) बाट हालिने नयाँ भिसा रोकिदिएको पुष्टि भएको छ । भन्दा अब फरक पर्दैन । कोरियामा ई–७ भिसामार्फत सीपयुक्त नेपाली कामदार पठाउने बाटो पनि बन्द भएको छ । वैदेशिक रोजगार विभागले मंगलबार सूचना जारी गर्दै गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, २०८० हाल कार्यान्वयन नगर्ने निर्णय भएको जनाएको हो । मन्त्रालयको निर्देशनअनुसार ई–७ भिसामा कोरिया जाने प्रक्रिया तत्काल रोकिएको हो । भन्दा फरक पर्दैन ।

हाल नेपाली श्रमिकहरू रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत मात्र कोरिया जान सक्नेछन् । यसैबीच रोकिएका देशबाट अन्य देशमा अब नोपलमा आन्तरिक लगानी कमजोर हुँदा वैदेशिक रोजगारी अझै बढ्ने देखिन्छ । जेनजी आन्दोलनपछिको अविश्वासले धेरै युवाले देशभित्र भविष्य छैन भन्ने धारणा बनाएको देखिन्छ । वैदेशिक रोजगारबाट आउने रेमिट्यान्सले तत्काल खपत धाने पनि, दीर्घकालमा उत्पादनशील लगानीमा कमी ल्याउँछ । यसरी, आन्तरिक लगानी कमजोर हुँदा विदेश पलायन अझै बढ्ने देखिन्छ । लगानी वातावरण पुनः सुधार्न सरकारले र नीतिनिर्माताले तुरुन्तै केही कदम चाल्नु आजको आवश्यकता हो । यद्यपि परिस्थिति चुनौतीपूर्ण छ, नेपालमा लगानीको सम्भावना अझै बलियो छ । जलविद्युत, पर्यटन, सूचना प्रविधि र कृषि क्षेत्रमा लगानी अवसर विशाल छन् ।

भारत र चीन जस्ता दुई ठूला बजारको बीचमा रहेको भौगोलिक स्थिति नेपाललाई लाभकारी बनाउँछ । यदि राजनीतिक स्थिरता कायम गर्न सकियो भने, नेपाल अझै आकर्षक लगानी गन्तव्य बन्न सक्छ । भन्दा अन्यथा नहोला । समस्या धेरै छन्, तर सम्भावना पनि त्यत्तिकै देखिन्छ । सरकार र निजी क्षेत्र मिलेर विश्वास निर्माण गर्न सके, नेपालमा लगानी फेरि आउने प्रस्टै देखिन्छ । जेनजी आन्दोलनपश्चात नेपालको लगानी वातावरण गम्भीर संकटमा परेको छ । आन्तरिक उद्योगीको निराशा, अन्तर्राष्ट्रिय लगानीकर्ताको अविश्वास, बैंकिङ क्षेत्रमा आएको दबाब, राजनीतिक अस्थिरता–यी सबैले लगानीमैत्री वातावरणलाई कमजोर बनाएको भन्दा चाहि फरक पर्दैन । तर चुनौतीसँगै अवसर पनि छन् । पारदर्शी शासन, स्थिर नीति र सुरक्षा सुनिश्चित गर्न सके, नेपालले फेरि लगानी आकर्षण गर्ने क्षमता राख्छ । अन्यथा, पूँजी पलायन, उद्योग बन्द र रोजगार अभावका कारण मुलुक अझै आर्थिक संकटतर्फ धकेलिन निश्चित देखिन्छ । सचेत भया ।

सरकारी राहत प्याकेजको नाडाले गर्‍यो स्वागत

जेनजीको आन्दोलनका क्रममा क्षति बेहोरेका व्यावसायिक प्रतिष्ठानलाई लक्षित गरी सरकारले ल्याएको राहत प्याकेजको निजी क्षेत्रले स्वागत गरेको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गाडीका शोरुम आगजनी र तोडफोडमा परेका व्यवसायीको मर्का सम्बोधन हुने गरी राहत प्याकेज ल्याइएको भन्दै स्वागत गरेको हो।

‘आन्दोलनका क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापार तथा व्यावसायिक प्रतिष्ठानको पीर, मर्का र आवाजलाई सम्बोधन गर्दै सरकारले घोषणा गरेको राहत प्याकेजलाई नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल स्वागत गर्दछ। यस किसिमको निर्णायक कदमले सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै देशको अर्थतन्त्रलाई पुनर्जीवित गर्न प्रतिबद्ध रहेको स्पष्ट सन्देश दिएको छ,’ नाडाले बुधबार प्रेस विज्ञप्तिमार्फत भनेको छ।

जेनजीको आन्दोलनका क्रममा भदौ २४ गते थापाथलीस्थित गाडीका केही शोरुममा तोडफोड र आगजनी भएको थियो। शोरुममा ३० वटा गाडीमा क्षति पुगेको थियो। नाडाले प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालसँग भेटेर राहत प्याकेज ल्याउन आग्रह गरेको थियो।

‘हाम्रो अनुरोधलाई सरकारले उच्च प्राथमिकताका साथ सम्बोधन गरी निर्णयमा परिणत गरेको देख्दा हामी सबै उद्योगी व्यवसायीले आत्मबल पाएका छौं। यसले सरकार निजी क्षेत्रको आवाजलाई कदर गर्ने मात्र नभई तत्काल कार्यान्वयनमा जान तयार रहेको प्रमाणित गरेको छ,’ नाडाले भनेको छ। नाडाले सरकारी राहत प्याकेजलाई ‘उद्योगी व्यवसायीलाई हौसला दिने आधार’ भनेको छ।

सरकारले आगजनीमा परेका व्यावसायिक प्रतिष्ठानलाई लक्षित गरी क्षतिको ५० प्रतिशत बीमा दाबी अग्रिमरुपमा भुक्तानी गर्ने, सवारीसाधन आयातमा ८० प्रतिशत कर्जाको व्यवस्था गर्ने, व्यवसाय पुनर्स्थापनाका लागि सामान आयात गर्दा भन्सार महसुल र अन्तःशुल्कमा ५० प्रतिशत छुट दिने, सहुलियत दरमा कर्जा उपलब्ध गराउने लगायत १२ वटा व्यवस्था गरेको छ।

पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न सरकारले गर्‍यो आह्वान

सरकारले जेनजीको आन्दोलनमा क्षति पुगेका संरचनाहरुको पुनर्निर्माणका लागि सहयोग गर्न आह्वान गरेको छ। सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरी सहयोगका लागि आह्वान गरेको हो।

कोषको नाममा राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलिएको छ। अर्थ मन्त्रालयले कोषमा सहयोग गर्न तिनै तहका सरकार, निजी क्षेत्र, स्वदेशी विदेशी नागरिक, गैर आवासीय नेपाली, विकास साझेदार, मित्र राष्ट्र लगायतलाई आग्रह गरेको छ।

कोषमा आर्थिक सहयोग गर्नेको चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा कट्टी गर्न पाइने मन्त्रालयले जनाएको छ।

मन्त्रीको सचिवालयका नाममा कार्यकर्ता भर्ती बन्द

अन्तरिम सरकार खर्च खटौतीमा लागि निर्मम रुपमा प्रस्तुत हुने सन्देश दिएको छ । अर्थमन्त्ती रामेश्वर खनालको प्रस्तावमा असोज ५ मा बसेको मन्त्रिपरिष्‌द बैठकले सांसदका स्वकीय सचिव(पीए) देखि मन्त्रीको सचिवालयका नाममा कार्याकर्ता भर्ती गर्ने कार्य अन्त्य गर्ने निर्णय गरेको छ ।

पुनरुत्थान र सार्वजनिक संरचनाको पुनर्निर्माण र मर्मत, सार्वजनिक सेवा सुचारु, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक राहत समेतका लागि विकास आयोजनाको पुनर्प्राथमिकीकरण, अनुत्पादक खर्च कटौती र मितव्ययिता कार्यम गर्ने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ । सोही निर्णय कार्यान्वयनको लागि अर्थ मन्त्रालयले सबै मन्त्रालय तथा निकाय, प्रदेश सरकार तथा सबै स्थानीय तहलाई पत्राचार समेत गरिसकेको छ ।

आन्तरिक सरकार विशेष गरी चालु खर्च कटौतीमा निर्मम रुपमा प्रस्तुत भएको हो । चालु आर्थिक वर्ष २०८२ / ८३ मा मन्त्रालयगत बजेट सूचना प्रणालीमा प्रविष्ट भएका चालु तर्फका नयाँ क्रियाकलाप/कार्यक्रमको कार्यक्रम सञ्चालन मोडालिटी स्पष्ट नभएको, कार्यक्रमको प्रतिफल सुनिश्चित नभएको वा अनुत्पादक क्रियाकलाप/कार्यक्रममा विनियोजित रकम आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २१ बमोजिम रोक्का राख्ने निर्णय गरेको छ ।

अब सार्वजनिक निकायका पदाधिकारी र कर्मचारीलाई नियमित कामका लागि बैठक भत्ता उपलब्ध नगराउने निर्णय सरकारले गरेको छ । तर, कानून बमोजिम गठन भएको समितिको काममा कार्यालय समय बाहेकको बैठकको भत्ता उपलब्ध गराउन सकिने निर्णयमा उल्लेख छ । त्यस्तै सरकारी, आफ्नो वा आफ्नो परिवारको स्वमित्वमा रहेको निजी आवास प्रयोग गर्ने पदाधिकारीले आवास सुविधा वापतको रकम लिन नपाउने भएका हुन् । परामर्श सेवाका नाममा पैसा बाँड्ने बेथितिको पनि सरकारले अन्त्य गर्ने भएको हो ।

‘विद्यमान जनशक्तिबाट सम्पादन हुने कामको लागि विनियोजित बजेटको उपयोग गरी बाह्यसेवा परामर्शबाट काम गर्न/गराउन नपाउने,’ मन्त्रिपरिषद्बाट निर्णय भएर अर्थ मन्त्रालयले गरेको परिपत्रमा उल्लेख छ । यस्तै विधेयक, नियम, विनियम, कार्यविधि, दिग्दर्शन, मापदण्ड र निर्देशिका बनाउने जस्ता कामका लागि सेवा परामर्श नलिने निर्णय सरकारले गरेको हो ।

विद्यमान जनशक्तिबाट सम्पादन हुन नसक्ने अवस्था हो भनी सम्बन्धित लेखा उत्तरदायी अधिकृतबाट प्रमाणित गराएर मात्र पुँजीगत अनुसन्धान तथा परामर्शका लागि खर्च गर्न सकिने निर्णय भएको छ । यस्तै सरकारले पानी, बिजुली र सञ्चार महसुल लगायतका सेवा खर्चमा मितव्ययिता कायम गर्ने निर्णय गरेको छ । पानी, बिजुली र सञ्चार महसुल वापत विनियोजित बजेटबाट खर्च धान्ने गरी मितव्ययी ढंगले खर्च गर्न अर्थ मन्त्रालयले सम्पूर्ण सरकारी निकायमा परिपत्र गरेको हो ।

कार्यालयमा आवश्यक नपरेको समयमा बत्ती, एअरकन्डिसन, पंखा जस्ता बिजुली खपत हुने यन्त्र उपकरण चलेको छ कि भनी सम्बन्धित कर्मचारी स्वयंले नियमित चेक गर्नुपर्ने परिपत्रमा उल्लेख छ । सरकारी कार्यालयको लागि न्यूनतम आवश्यकताभन्दा बढी कोठा र सुविधा भएको घर बहालमा नलिने, सरकारी कार्यालयहरूले सकेसम्म व्यापारिक क्षेत्र र प्रमुख मार्गमा घर बहालमा नलिने निर्णय सरकारले गरेको छ ।

विदेशस्थित कुटनीतिक नियोगहरूमा कार्यरत कर्मचारीहरूको निवासको लागि घरभाडामा लिनु पर्दा वा अब आइन्दा घरभाडा नवीकरण गर्नुपर्दा व्यापारिक क्षेत्र र शहरका प्रमुख मार्गहरूमा नलिने निर्णय गर्दै अर्थ मन्त्रालयले परिपत्र गरेको छ ।

संघ, प्रदेश र स्थानीय तहका पदाधिकारी तथा कर्मचारीहरूमा सवारी साधन, मोबाइल फोन, फर्निचर, ल्यापटप, डेस्कटप कम्प्युटर, मोटरसाईकल जस्ता सामान उपयोगमा पुरानो सामान प्रयोग गर्ने निर्णय समेत सरकारले गरेको छ ।

सरकारले जेनजी आन्दोलनका क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट क्षति भएका कार्यालयहरूलाई आवश्यक पर्ने भवन, टेबल, कुर्सी, दराज, सोफा लगायतका कार्यालय सामान, मेशिन उपकरण, फर्निचर जस्ता सामग्री नजिकको कार्यालयमा भएकोबाट हस्तान्तरण गराई उपयोग गर्ने निर्णय गरेको हो । यसरी हस्तान्तरण भएको सामानको हस्तान्तरण कार्यालय प्रमुख तहको निर्णयबाट नै हुनेगरी सरकारले निर्णय गरेको हो । यस्तै सरकारी भौतिक संरचनाको बीमा गर्ने कार्य सुरुवात गर्ने निर्णय समेत सरकारले गरेको छ ।

मञ्जुश्री फाइनान्सद्वारा १५ प्रतिशत लाभांश दिने घोषणा

मञ्जुश्री फाइनान्सको लाभांश घोषणा भएको छ । कम्पनीले आफ्ना सेयरधनीलाई गत वर्षको नाफाबाट दिने लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) दिने घोषणा गरेको हो । कम्पनीको असोज ७ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को संचित मुनाफा तथा वित्तीय विवरणको आधारमा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नख्खु जेलबाट भागेका शिवशिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा पक्राउ

जेनजी आन्दोलनको मौका छोपेर ललितपुरस्थित नख्खु कारागारबाट भागेका शिवशिखर बहुउद्देश्यीय सहकारीका अध्यक्ष केदारनाथ शर्मा पुनः पक्राउ परेका छन् । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई बुधबार ललितपुरको सानेपाबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका शर्मालाई सीआईबीले पुनः नख्खु कारागार बुझाएको छ ।

शर्मालाई यसअघि पनि भारतीय प्रहरीको सहयोगमा २०८० असार १२ गते मुम्बईबाट पक्राउ गरी नेपाल ल्याइएको थियो । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका उनी जेनजी आन्दोलनको अव्यवस्थाबीच नख्खु जेलबाट भागेका थिए ।

उनीमाथि बचतकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी हिनामिना सम्बन्धी उजुरी परेको छ । सहकारी ठगीका साथै २२ अर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा समेत दायर भएको छ । शर्माले २०७७ सालमा भक्तपुरमा सञ्चालित शिवशिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारीलाई गाभेर शिवशिखर बहुउद्देश्यीय सहकारी खोलेका थिए । मोरङमा सञ्चालनमा आएको तुलसी सहकारी पनि उनीकै संलग्नतामा स्थापित भएको हो । तर, ती सबै सहकारी संस्थामा आर्थिक अपचलन भएपछि सहकारीहरू संकटमा परेका थिए भने उनी फरार भएका थिए ।

टेलिकमको विलिङ प्रणालीको ठेक्का फेरि रोकियो

नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद ठेक्का फेरि रोकिएको छ । टेलिमले प्राविधिक रूपमा योग्य ठहरिएको चिनियाँ कम्पनी ह्वावे टेक्नोलोजिजले प्रस्ताव गरेको मूल्य खोल्ने मिति स्थगित गरेसँगै विलिङको ठेक्का फेरि रोकिएको हो ।

जेनजी आन्दोलनका कारण बुधबार प्रस्तावित मूल्य खोल्ने भनिएको मिति पहिले नै सारिएको थियो । तर, टेलिकमले अर्को सूचना जारी नभएसम्मका लागि मूल्य खोल्ने मिति पुनः स्थगित गरेको टेलिकमले एक सार्वजनिक सूचना जारी गरेर जानकारी दिएको छ ।

१५ भदौमा टेलिकमले ह्वावे मात्र प्राविधिक रूपमा योग्य ठहरिएको भन्दै ३० भदौमा मूल्य खोल्ने निर्णय गरेको थियो । सो मितिमा चर्किएको जेनजी आन्दोलनका कारण ठेक्का खोल्न सकेन् ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि आएको नयाँ सरकारले थप प्रक्रिया बुझ्न र आवश्यक जानकारी लिन केही समय पर्खन गरेको आग्रह अनुसार टेलिकमले बिलिङको ठेक्का दिने काम रोकेको उल्लेख छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल नियुक्त भएसँगै टेलिकमले विवादित बिलिङ ठेक्का अघि बढाउने इच्छा तत्कालै नदेखाएका कारण ठेक्का खोल्ने मिति अर्को सूचना जारी नभएसम्मको लागि सार्नुपरेको टेलिकमले जानकारी दिएको छ ।

टेलिकमले १८ मार्च २०२५ मा आह्वान गरेको ठेक्कामा ह्वावे र ह्लेल क्लाउडले मात्र प्रस्ताव पेस गरेका थिए । यसमध्ये ह्वावेलाई मात्रै प्राविधिक रूपमा योग्य ठहर्‍याइएको छ ।

हाल टेलिकमको बिलिङ प्रणाली एसिया इन्फोले सञ्चालन गर्दै आएको छ । प्रणाली पुरानो भएकाले पटक–पटक सेवा अवरुद्ध हुने गरेको भन्दै टेलिकमले नयाँ ठेक्का गर्न चाहेको हो ।

गत २५ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमको बिलिङ प्रणाली खरिद (मर्मतसम्भारसम्बन्धी टेन्डर)मा अनियमितता भएको भन्दै विशेष अदालमा मुद्दा दायर गरेसँगै यो विषय थप पेचिलो बनेको हो । यो मुद्दामा टेलिकमकै प्रवन्ध निर्देशकसङ्गीता पहाडी अर्यालसहितका कर्मचारीलाई भ्रष्टासार मुद्दा लागेको छ ।

लक्ष्मी सनराइज बैंकको नेतृत्वमा १५ अर्बको वित्तीय व्यवस्था, दुधकोशी–२ जलविद्युत आयोजना अघि बढ्ने

लक्ष्मी सनराइज बैंकको अगुवाइमा बैंक तथा वित्तीय संस्थाहरूले ७० मेगावाट क्षमताको दुधकोशी–२ (जलेश्वर) जलविद्युत आयोजना निर्माणका लागि लगानी गर्ने भएका छन् । आयोजनाको कुल लागत करिब १५ अर्ब रुपैयाँ रहने बताइएको छ । यसमध्ये ७० प्रतिशत रकम सहवित्तीयकरणमा सहभागी बैंकहरूले लगानी गर्नेछन् भने बाँकी ३० प्रतिशत रकम संस्थापक लगानीकर्ताहरूले जुटाउनेछन् ।

सहवित्तीयकरणमा लक्ष्मी सनराइन बैंक अग्रणी बैंकको रुपमा छ भने एभरेष्ट बैंक सह–अगुवा बैंक र सानिमा बैंक सदस्य बैंकका रूपमा रहेका छन् । कुल परियोजना वित्त १० अर्ब ५० करोड रहने छ । दुधकोशी–२ (जलेश्वर) जलविद्युत आयोजनाले २०७७ असोज ७ गते विद्युत विकास विभागबाट विद्युत उत्पादनको अनुमति र २०७८ मंसिर ६ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद–बिक्री सम्झौता गरिसकेको छ ।

परियोजनाका प्रवर्द्धकहरूमा आयु मलुन हाइड्रोपावर लि, कदम केसी, किरण मल्ल, श्रीमती अभिज्ञा मल्ल,विक्रम गौतम, विकास गौतम, अरुण अग्रवाल, नरेन्द्र गुप्ता, डा। हिमाल भट्टराई र विभिन्न प्राइभेट इक्विटी भेन्चर क्यापिटल रहेका छन् ।

आयोजना २०२९ जुलाई भित्र निर्माण सम्पन्न हुने लक्ष्य छ । उत्पादन सुरु भएपछि वार्षिक करिब ४१७ गिगावाट आवर विद्युत राष्ट्रिय प्रसारण लाइनमा आपूर्ति हुने र यो आयोजना देशकै ठूला स्वतन्त्र ऊर्जा उत्पादकमध्ये एक बन्ने अपेक्षा गरिएको छ ।

सोलुखुम्बु जिल्लामा दुधकोशी नदीमा निर्माण हुन लागेको अर्धजलाशययुक्त यो आयोजना नेपालको स्वच्छ ऊर्जा उत्पादनमा महत्त्वपूर्ण टेवा पुर्याउने विश्वास गरिएको छ ।

सेवासुविधा फिर्ता गर्ने आदेशविरुद्ध सेबोनका कर्मचारी आन्दोलित

अर्थमन्त्रालयले पठाएको एक पत्रले नेपाल धितोपत्र बोर्ड (सेबोन) भित्रै ठूलो खैलाबैला मच्चिएको छ । राजश्व सचिवस्तरीय निर्णयमार्फत सेवासुविधा गैरकानूनी रहेको भन्दै एकमुष्ट फिर्ता गर्नुपर्ने आदेश आएपछि असन्तुष्ट कर्मचारीहरुले कार्यालयमै तालाबन्दी गर्दै आन्दोलन सुर गरेका हुन् । मंगलबारदेखि सुरु भएको यो आन्दोलन बुधबार बिहानैदेखि पनि निरन्तर जारी रहेको छ ।

बुधबार बिहानैदेखि कार्यालय परिसरमा भेला भएका कर्मचारीहरुले हातमा प्लेकार्ड बोकेर नाराबाजी गरिरहेका छन् । उनीहरुले सरकारको निर्णय अन्यायपूर्ण भएको भन्दै विरोध गरिरहेका हुन् । आन्दोलनरत कर्मचारीहरुले मंगलबारदेखि नै अध्यक्ष सन्तोषनारायण श्रेष्ठ, कार्यकारी निर्देशक तथा उपकार्यकारी निर्देशकका गाडीका चाबी खोसेर राखेका छन् । त्यससँगै कार्यालयको सम्पूर्ण कामकाज समेत ठप्प पारिएको छ ।

अर्थमन्त्री डा. रामेश्वर खनालले भने निर्णय कार्यान्वयन गर्ने अडान रहेका छन् । ०५२/५३ सालदेखि गैरकानूनी ढंगले वितरण भएको सुविधा जसरी भए पनि फिर्ता गर्ने उनको अडान छ । अर्थमन्त्रालयले स्रोतले भन्यो, ‘अहिले धेरै खर्च कटौतीको निर्णय मन्त्री ज्यूले गर्नु भएको छ । जहाँसम्म सेबोनको कुरा छ त्यसबाट ब्याक हुने कुरै छैन । निर्णय कार्यन्वयन हुन्छ नै । ‘

०५२/५३ सालदेखि तत्कालीन मन्त्रिपरिषद र मन्त्रीस्तरमा निर्णय भई पारित भएका कार्यविधिअनुसार तलबबाहेकका सेवासुविधा वितरण हुँदै आएको थियो । तर, अहिले अर्थमन्त्रालयले त्यसलाई गैरकानूनी भन्दै तत्काल फिर्ता गर्न निर्देशन दिएको छ । सेवासुविधाको नाममा बितेका वर्षमा पाएको रकम फिर्ता गर्नुपर्ने मागले कर्मचारीहरुलाई एकैपटक ठूलो आर्थिक दायित्व थोपरेको कर्मचारीहरुको गुनासो छ ।

अर्थमन्त्रालयले असोज २ गते पठाएको पत्रमा धितोपत्र सम्बन्धी ऐन २०६३, विधायन ऐन २०८१, नेपाल सरकार कार्यविभाजन नियमावली २०७४, धितोपत्र बोर्ड कर्मचारी सेवा, शर्तसम्बन्धी नियमावली २०६८ लगायतका कानुनी प्रावधानलाई उल्लंघन गरी बनेका कोष र कार्यविधि तत्काल खारेज गर्न भनिएको छ । नेपाल धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्यविधि २०७१ र कर्मचारी सुरक्षण कोष कार्यविधि २०७५ खारेज गरी विगतमा सो कोषमार्फत भुक्तानी भएको रकम सरकारी बाँकी सरह असूल गर्न निर्देशन दिइएको हो ।

निर्देशन अनुसार कार्यान्वयन भएमा सामान्य कर्मचारीहरुले समेत हालसम्म पाएका सेवासुविधा बापत करोडौ रुपैयाँ फिर्ता गर्नुपर्ने हुन्छ । यो रकम तत्काल जुटाउनुपर्ने अवस्था आउनाले कर्मचारीहरु थप आक्रोशित बनेका छन् । विगतका सरकारकै निर्णय अनुसार पाइएको सुविधा अहिले आएर गैरकानूनी भन्दै उठाउनु अन्याय भएको उनीहरुको भनाइ रहेको छ ।

यता, कर्मचारीहरुले अर्थमन्त्रालयको निर्णयले धितोपत्र बोर्डको अस्तित्वमै प्रश्न उठाएको आरोप लगाएका छन् । वर्षौअघिदेखि कानुनी प्रक्रियामार्फत पारित भएका नियम र कार्यविधिलाई अहिले आएर उल्ट्याउने कामले संस्थामा अस्थिरता सिर्जना गरेको कर्मचारीहरुको भनाइ छ । आन्दोलनरत कर्मचारीहरुले तत्काल निर्णय फिर्ता लिन माग गरेका छन् ।

तालाबन्दीले बोर्डको कामकाज प्रभावित बनेको छ । दैनिक नियामक गतिविधि, लगानीकर्तासँग सम्बन्धित काम, शेयर बजार निगरानीजस्ता नियमित कार्यहरु अवरुद्ध भएका छन् । कार्यालय ठप्प हुँदा लगानीकर्ताहरु पनि अन्योलमा परेको बताइएको छ ।

सानिमा बैंकको लाभांश घोषणा, सेयरधनीलाई एक अर्ब ७ लाख रुपैयाँ बाँड्ने

सानिमा बैंकले लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको असोज ३ गते बसेको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ७.३६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

बैंकको चुक्ता पुँजी हाल १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ छ। बैंकले कर प्रयोजनसहित १ अर्ब ७ लाख ५४ हजार रुपैयाँ लाभांश बाँड्नेछ।

नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर सानिमाको साधारण सभाले पारित गरेपछि सेयरधनीले लाभांश रकम पाउनेछन्।

सुरक्षाकर्मीको निगरानीमा पूर्व प्रधानमन्त्री ओलीदेखि सचिवसम्म

जेनजी आन्दोलनमा भएको दमन र विध्वंशबारे छानबिनका लागि गठित जाँचबुझ आयोगले पाँच जनालाई उपत्यका छाड्न रोक्न सिफारिस गरेसँगै सुरक्षाकर्मीले उनीहरुमाथि निगरानी बढाएको छ। आइतबार बसेको आयोगको बैठकले छानबिनको दायरामा रहेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकसहित ५ जनालाई विदेश भ्रमणमासमेत रोक लगाउन सरकारलाई पत्र लेखेको थियो।

आयोगले सिफारिस गरे पनि सरकारले भने यसबारेमा हालसम्म कुनै निर्णय गरेको छैन। सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले यसबारेमा दसैं बिदापछि निर्णय हुन सक्ने संकेत गरेका छन्। ‘आइतबार मन्त्रिपरिषद्को बैठकमा राहदानी रोक्का सम्बन्धी कुनै निर्णय भएको छैन,’ मन्त्री खरेलले भने।

आयोगले ओली र लेखकसँगै तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई विदेश जान नदिन भनेको हो। सँगै, उनीहरुलाई काठमाडौं उपत्यका छाड्न नदिन पनि भनिएको छ।

आयोगले बयानका लागि उनीहरुसँग सोधपुछ गर्नुपर्ने जिकिर गर्दै यस्तो सिफारिस गरेको हो। गृह मन्त्रालयले भने प्रहरीलाई उल्लेखित ५ व्यक्तिमाथि निगारनी राख्न निर्देशन दिएको छ।

जेनजी आन्दोलनका क्रममा भदौ २३ गते प्रहरीले बर्बर दमन गरेको थियो। प्रदर्शनकारीमाथि अत्याधुनिक हतियारबाट अन्धाधुन्ध गोली चलाइएको थियो। जसका कारण १९ जनाको त्यही दिन मृत्यु भएको थियो भने ३०० भन्दा बढी गोली लागेर घाइते भएका थिए।

प्रहरी दमनको विरोधमा २४ गते कर्फ्यू उल्लंघन गर्दै प्रदर्शन भएको थियो। प्रदर्शनका क्रममा लुटपाट, तोडफोड र आगजनी मच्चिएको थियो। सार्वजनिक सम्पत्तिदेखि निजी सम्पत्तिमा ठूलो क्षति पुगेको थियो। दुई दिनको घटनामा ६ दर्जनभन्दा बढीले ज्यान गुमाएका छन्। कैयौं घाइते विभिन्न अस्पतालमा उपचाररत छन्। सोमबार थप एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।

त्यसैले ओलीदेखि संलग्न सबैलाई अनुसन्धान हुनुपर्ने माग उठिरहेको छ। आयोगले सिफारिस गरे पनि हाल प्रहरीकोमा भने त्यस प्रकारको कुनै सूचना पुगेको छैन।

‘अहिलेसम्म कुनै औपचारीक पत्र आएको छैन। तर, हामीले मौखिक आधारमा निगरानी भने गरेका छौं,’एक उच्च प्रहरी अधिकृले भने।

प्रदर्शनकारीहरु आगो लगाउन बालुवाटार पुगेपछि तत्कालीन प्रधानमन्त्री ओली राजीनामा दिएर नेपाली सेनाको हेलिकप्टरबाट निस्किएका थिए। तत्कालीन गृहमन्त्री लेखकले भने २३ गते बेलुका नै राजीनामा दिएका थिए। ओली हाल भक्तपुरको गुण्डू क्षेत्रमा बस्दै आएका छन्। तत्कालीन गृहमन्त्री भने मातृ शोकमा छन्।

त्यतिखेरका गृहसचिव रहेका दुवाडीलाई नयाँ सरकारले असोज ५ गते सरुवा गरिसकेको छ। यस्तै, काठमाडौंका तत्कालीन सीडीओ रिजाल पनि सरुवामा परेका छन्।

राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख थापाले भने अवकाश पाइसकेका छन्। उनले भदौ २९ गते अवकाश पाएका थिए।