जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • जनता क्यापिटल लिमिटेडले पायाे मर्चेन्ट बैंकरको अनुमति

जनता क्यापिटल लिमिटेडले पायाे मर्चेन्ट बैंकरको अनुमति

नेपाल धितोपत्र बोर्डबाट जनता क्यापिटल लिमिटेडलाई मर्चेन्ट बैंकरको अनुमति दिएको छ ।
जनता बैंक नेपाल लिमिटेडको शत प्रतिशत लगानीमा स्थापना भएको जनता क्यापिटल लिमिटेडलाई नेपाल धितोपत्र बोर्डबाट धितोपत्र सम्बन्धि कार्य गर्न पाउने गरि अनुमति दिएको हो ।

धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवाको अनुमति प्राप्त गरेको छ ।

कामनपा वडा नं. ११ थापाथलीमा कार्यालय रहेको जनता क्यापिटल लिमिटेडको आफ्नो उदेश्य अनुरुपको व्यवसाय अगाडी बढाउन सम्पूर्ण पुर्वाधार तयार भएको जनता क्यापिटलले जनाएको छ ।

8655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका