जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • क्रेडिट कार्डमा बैंकहरुको लुट

क्रेडिट कार्डमा बैंकहरुको लुट

प्राय सबै वाणिज्य बैंकहरुले आफ्ना ग्राहकहरुलाई क्रेडिट कार्ड दिने गर्दछन् । विकास बैंकहरुले भने क्रेडिट कार्ड जारी गर्न पाउँदैनन् । वाणिज्य बैंकहरुको एकाधिकार रहेको क्रेडिट कार्डमा ग्राहक कसरी ठगिएका छन् भने कुरा क्रेडिट कार्ड होल्डरलाई नै थाहा नहुन पनि सक्छ । हुने खाने र उच्च कर्मचारीहरुले नै बैंकको क्रेडिट कार्ड बोकेका हुन्छन् । क्रेडिट कार्ड लिन आम्दानीको आयस्रोत देखाउन पर्ने हुन्छ र बैंकलाई विश्वासमा लिने प्रकारका प्रमाण पेश भए पछि मात्रै क्रेडिट कार्ड ग्राहकहरुले पाउछन् ।

क्रेडिट कार्डबाट तत्कालै पैसा आफूसँग नभएको बेला जस्तै ऋण लिएर सामान खरिद र पैसा क्रेडिट कार्डबाट निकाल्न पाइने व्यवस्था छ । एउटा समय सीमा तोकिएको हुन्छ । १ महिना त्यस समय भित्र कार्डबाट चलाएको पैसा नतिरे भोलि पल्ट ५ सय देखि हजार सम्म जरिवाना बैंकहरुले लिने गरेका छन् । यो लुट नभए के हो ? यसको उत्तर गर्भनर डा. चिरनजीवी नेपालसंग छ ? यदि समयमै कार्डको पैसा नबुझाए ब्याजको स्याज र जरिवाना समेत बैंकहरुले निर्धक भएर लिने गरेका छन् । तर, नियमक निकाय राष्ट्र बैंक बेखबर जस्तै बनेर टुलुटुलु हेरिरहेको देखिन्छ । जनताको पैसामा बैंकहरुले नै लुट मच्चाइरहेका छन् । गर्भनर साब ?

यति मात्रै होइन अधिकाशं बैंकहरुको त आफ्नै एटिएम मेसिनमा आफ्नै बैंकको क्रेडिट कार्ड चल्दैन । अरु बैंकको एटिएम प्रयोग गरे ५०० रुपैया खाताबाटै लुटिन्छ । यो बस्तो बैकिङ्ग नम्स हो गर्भनर साब ? अधिकाशं बैंक्हरुले मास्टर कार्ड, ल्याउने सम्झौता गरेको महिनै दिन हुँदा पनि कार्ड जारी गर्न सकेको देखिदैन । सम्झौता गर्ने अनि कार्ड नदिने दर्जनौ बैंकहरुलाई किन कारवाही हुँदैन गर्भनर साब ? बैंकहरुलाई जे गर्न पनि छुट ? जति लुटे पनि छुट ? यति मात्रै होइन गर्भनर डा. चिरनजिवी नेपालज्यू क्रेडिट कार्ड लिँदा र रिनु गर्दा १ हजार देखि ५ हजार बैंकहरुले लिने गरेका छन् । एन आई सी एशिया बैंक बाहेक सबै बैंकले कार्डको पैसा धेरै थोरै लिने गरेका छन् । यो लिन छुट छ कि छैन प्रस्ट कसले गर्ने हो ?

सहि सुचना प्रवाह नगर्ने
यो पनि एउटा ठगी योजना हो । जब तपाईको अकाउण्टमा कुनै पनि बेला ब्यालेन्स मिनिमम लेभलभन्दा तल आयो भने तपाईको मोवाइलमा म्यासेजको लाइन लाग्ने गरेको असर देख्नुभएकै होला । तर, क्रेडिटको बिल जम्मा गर्नका लागि तपाईलाई कुनै म्यासेज आउँदैन । किनभने बैंकहरुले नै चाहदैनन् कि तपाईले पहिलो महिनामै सबै भुक्तानी गर्नुहोस् । बरु, बैंकहरु चाहन्छन् कि तपाईले अझै ढिलो गर्नुहोस् र पछि ढिलो भएकोमा राम्रै रकम जरिवाना बैंकले लिने गरेको छ । यो लुट कहिले सम्म हो ?

ब्याज नलिने भन्ने भ्रम
ग्राहकहरुलाई प्राय क्रेडिट कार्डमा शुन्य प्रतिशतमा ब्याजको प्रतिबद्धता गरिन्छ । तर, तपाई अचम्म मान्नुहुन्छ होला, सुन्य प्रतिशत ब्याजमा पनि इएमआईको शर्त र नियम लागू हुन्छ । यदि एउटा मात्र शर्त तपाईले उल्लंघन गर्नुभयो भने ५ वा १० होइन, २० प्रतिशत भन्दा बढी ब्याज बैंकले रकम लिएको भेटिएको छ । यो कस्तो ठगी हो गर्भनर साब ?

प्वाइन्टको नाममा चर्को ठगी
क्रेडिट कार्डबाट खरीद गर्ने क्रममा तपाईलाई केही पेब्याक प्वाइन्ट्स प्राप्त हुन्छ । तर, बैंकले तपाईलाई कहिल्यै पनि बताउँदैन कि तपाईले आफूले प्राप्त गर्ने प्वाइन्टलाई कसरी रिडिम गर्ने भनेर । जानकारी नहुँदा लाखौं प्वाइन्ट्स त्यत्तिकै खेर जान्छ र तपाईको क्रेडिट कार्ड एक्सपायर भइदिन्छ । यसबाहेक जब तपाईको प्वाइन्ट्सले १००० देखि १०००० को ल्याण्डमार्क क्रस गर्छ, तब बैंकले तपाईलाई यो बताउँदैन कि ‘तपाईको यति प्वाइन्ट भयो, र, तपाईले त्यसलाई रिडिम गरेर क्यासब्याकको सुविधा लिनसक्नुहुन्छ ।’ यो कति दिन चल्ने हो । लुट कान्छा लुट नेपालमै छ छुट जस्तै भएन र गर्भनर साब ?

कार्ड रिनु गर्दा ठगी
तपाईको कार्ड रिनो गर्दा बैंकहरुले ७ सय देखि ५ हजारसम्म लिने गरेका छन् । यो ठगी हो कि होइन । प्राय मानिसहरु आफ्नो क्रेडिट कार्ड त्योभन्दा माथिको ¥याङ्क भएको क्रेडिट कार्डबाट अपग्रेड गर्ने गर्छन् । बैंकले पनि प्राय आफ्ना ग्राहकलाई यो अफर गर्छ कि यस्तो अपग्रेडेसन गर्दा कुनै पैसा लाग्दैन । सिल्भर कार्डलाई गोल्डमा र गोल्डलाई प्लाटिनममा अपग्रेड गराउन अक्सर महङ्गो पर्न जान्छ । तपाईले यो क्रममा थाहा पाउनुपर्छ कि नयाँ क्रेडिट कार्डका लागि तपाईले १ हजारदेखि ५ हजार सम्मको शुल्क चुकाउनुपर्ने हुनसक्छ । यो धेरै ग्राहकहरुलाई थाहा हुँदैन । तर बैंकहरु ठग्न छाडेका छैनन् । गर्भनर साब । अनि पो नाफा बढेर अर्ब पनि क्लबमा बैंक पुगेका रहेछन् नि ।

लिमिट थप्दा पनि शुल्क लाग्ने
हाम्रो कार्डको क्रेडिट लिमिट निःशुल्क नै बढाइयो भनेर हामी ग्राहकहरु प्राय खुशी हुने गर्छौ । क्रेडिट कार्डधारीहरुलाई प्राय बैंकबाट फोन आउँछ र भनिन्छ कि तपाईको क्रेडिट कार्डको क्रेडिट लिमिट निःशुल्क बढाइयो । तर यो झुट हो । भ्रम मात्र हो । यसमा पनि शुल्क बैंकले लिने गरेका छन् । क्रेडिट कार्डमा सबै कुरामा शुल्क लिने परम्परा छ । गर्भनर साब के यो मुलुकमा सबै कुरामा लुट्ने छुट बैंकहरुलाई छ ?

यसको उत्तर अब अर्थमन्त्री डा. युवराज खतिवडासंग हामीले माग्ने हो कि तपाईले उत्तर दिने हो ? तर, कमै मानिसले मात्र थाहा पाउँछन् कि तपाईको लिमीटेडको हिसाबले तपाईले तिर्नुपर्ने वार्षिक शुल्क समेत बढाइन्छ । तर, यसको जानकारी बैंक आफैले तपाईलाई कहिल्यै दिंदैन । गर्भनर साब, ठुला १० टप बैंक भनिनेहरुले ५ हजार देखि २ हजारसम्म क्रेडिट कार्ड बनाएको शुल्क लिने गरेका छन् । म आफैले ५ हजार देखि २ हजार तिरेर कार्ड बनाएको प्रमाण मसंग छ । छानबीन होस । सचेत भया । राजतिलक साप्ताहिक

8010
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?